सगरमाथा र शेर्पा भन्नासाथ पश्चिमी देशहरूमा ठूलो विश्वास र सम्मानका साथ हेरिन्थ्यो। विश्वको सर्वोच्च शिखर र त्यहाँको आरोहणमा जीवन समर्पण गर्ने शेर्पाहरूको साहस, इमानदारी र व्यावसायिकताको विश्वभर प्रशंसा हुन्थ्यो।
तर अहिले यी दुवै शब्द ठगीको धन्दासँग जोडिएर आएका छन्। हालैका समाचारहरूले यो विषयलाई मुख्य समाचारमा राखेका छन्। मुख्य रूपमा एभरेष्टका गाइडहरू लाई ठगीको धन्दामा सक्रिय रहेको आरोप लगाइएको छ (Fake Rescue at Mt Everest)।
एभरेष्टका गाइडहरूमाथि विदेशी आरोहीहरूलाई गोप्य रूपमा औषधि खुवाएर महँगो हेलिकप्टर उद्धार गराउने २० मिलियन अमेरिकी डलर (लगभग २७ करोड नेपाली रुपैयाँ) को बीमा ठगी गरेको आरोप लागेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार गाइडहरूले हेलिकप्टर उद्धार गराउन विभिन्न तरिका अपनाएका थिए — जस्तै कृत्रिम चिकित्सकीय आपतकालिन नाटक गर्नु, खानामा ठूलो मात्रामा बेकिङ पाउडर (baking powder) मिसाएर ग्यास्ट्रिक डिस्ट्रेस (पेट दुख्ने) लक्षण देखाउनु, जुन सामान्यतया altitude sickness सँग जोडिन्छ। अरूलाई अत्यधिक पानीसँग औषधि खुवाएर लक्षण ट्रिगर गरिएको थियो।
आरोहीहरूले बान्ता, चक्कर लाग्ने वा शरीर दुख्ने जस्ता लक्षण देखाएपछि उनीहरूलाई तल झर्न सल्लाह दिइन्थ्यो र महँगो आपतकालिन हेलिकप्टर उद्धारमा सहमत गराइन्थ्यो। प्रहरीका अनुसार अपरेटरहरूले त्यसपछि नक्कली चिकित्सकीय र उडान कागजात बनाएर अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्स कम्पनीबाट खर्च दाबी गर्थे।
यो घटनाले सगरमाथा र शेर्पा समुदायको छविमाथि ठूलो धक्का पुगेको छ। पहिले जसरी पश्चिमी पर्यटकहरूले शेर्पाहरूलाई विश्वास गर्थे, अब त्यो विश्वासमा ठेस पुग्ने देखिन्छ।




0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !