July 26, 2025

म यस्तै छु


 जोखेर र हिसाब गरेर 

जीवनको बहिखतामा 

मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्  

बनवटी र फोस्रा आदर्श ओठमा भिरेर

देखावटी लय बोकी 

मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्   

यत्ती हो म मनको सुन्छु 

र मन देखि म तिमीलाई सुनीरहेको छु 

निस्वार्थ निशर्त !!

यही सत्य हो 

र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न 


जीवन भए सम्म मृत्‍यु परास्त हुन्छ 

र म तिमी भए सम्म जिन्दगी जित्छु 

तर तिमी बिना 

जिन्दगी बाँचे पनि 

मुर्दा श्वास फेरे जस्तो हुन्छु 

केबल जिउदो लाश 



July 4, 2025

हामीलाई विकास चाहिन्छ तर के गर्ने ?

 


हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ। 

हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।

हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने  चाहन्छौं। तर कसरी?

पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको  तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ। 

यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा  छ। भूगोल पनि हाम्रोमा कठिन  छ।

हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।  



June 29, 2025

बा

-  विशाल बिहानी

कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु,
संघर्षले बनेका ‘बा’का घाउलाई के सोध्नु ।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँडामाथि हिँड्ने बाउलाई के सोध्नु ।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु ।

यहाँ आज जति बनेको छु, जे बनेको छु म,
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।



June 28, 2025

दासढुंगा घटनाको रहस्य

 दासढुंगा घटनाको रहस्य  बारे के.पी. ओली :






June 27, 2025

यो नेपाल हो

- रमेश राज भट्टराई 

यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्न हुँदैन

लाखौँ रुपैयाँ खर्च गर्‍यो क्याम्पस जानलाई
तेही नि हाम्रो औकात हुँदैन जागिर खानलाई
आफ्नै मान्छे भए देखि जागिर पाइदो रहेछ
यो देशमा त राम्रो होइन हाम्रो चाइदो रहेछ

भैगो अब यस्ता कुरा खोल्नै हुँदैन
यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन

घुसकै कुरा अगाडि आउँछ जुन क्षेत्रमा पनि
जति धेरै पढे पाने के काम भयो तनि
युवाहरू पढे लेखे विदेशी तिरै गए
विदेश किन पस्नु पर्थ्यो देशमै अवसर भए



June 26, 2025

नेपालमा कती प्रदेश?

नेपालमा कती प्रदेश बनाउने? धेरै प्रदेश बनाए बिदेश जस्ती हुन्छ कि? प्रश्न माथी अर्को प्रश्न। अनि एउटा कार्टुन पनि।