Showing posts with label कथा/ साहित्य/ निबन्ध. Show all posts
Showing posts with label कथा/ साहित्य/ निबन्ध. Show all posts

May 30, 2009

जिन्दगी, खजाना र हामी


'गमका खजाना तेरा भी है मेरा भी
ये नजराना तेरा भी है मेरा भी... ।'
- (जगजीत/लता)

जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को स्वर्गीय सतह ! शब्दको ढाढस कतिसम्म न्यानो हत्केला भएर शिरमा नरम मालिस बन्न सक्छ, यही गजलले मलाई प्रवचन दियो । यसको तालले आफ्नो बेताललाई कहाँसम्म प्लास्टर गर्छ भने, घाउको चिराचिरा स्वतः मखमलको स्वाभाविक जुनीमा फेरिइसक्छ ।

मानौँ हामी जिन्दगी नामको प्रतियोगीतामा कुदिरहन्छौँ र एउटा-एउटा खजानाको तिर्खाले रन्थनी छुटेर बहुलाइरहन्छौँ । यस्तो बहुलाइरहनुको निरन्तरता त्यहाँसम्म चालू भइरहन्छ, जहाँहाम्रो समग्र दौडको अघिल्तिर एक मान्छे खरानी वा माटोको चिता वा खाल्डो जम्काभेटमा देखिँदैन । खजाना भेट्ने लफडामा हामी जिन्दगीलाई सुमसुम्याउन छाडेर एकैचोटि मृत्युको काखमा सुहाउँदो बच्चा बन्न पुग्छौँ क्यार । तर लफडैलफडाको धुनमा सँगालिन आइपुगेको हाम्रो दुःखको भने कुनै तौल रहन्न । संवेदनाको चौकिल्ला छल्दैछल्दै तौलको हिसाब निकाल्ने त्यसो त हामी जुँगामुठे व्यापारी पनि होइनौँ । यद्यपि यही दुःख पनि त यात्राभरि कमाएको र हाम्रै भागको खजाना हो नि, माथिको गजलले यस्तै केही भन्छ सायद । र, यस्तो निर्विवाद खजानाको धनी आफू एक्लै पनि त होइन नि ! म पनि तिमी पनि... । साथी भएपछि कहीँ नभएको कहाली ब्युँताएर सुर्ताउने के नै काम ?
यसैकारण आत्माको इनारमा तृप्‍तिको फिँज उठ्छ ।

जिन्दगीमा हामीलाई छडीले छुलुक्क पारीपारी पाठ पढाउने गुरु दुःखहरू निकै हुन्छन् । हामी अनुभूतिमा नोट गरिरहन्छौँ । गुरुको अपेक्षा त हामीलाई सदा रहन्छ नै । गुरुकै कुरामा, बालापनमा तिनले कति-कति हाम्रा बदमासीका अघि पनि आँखा चिम्लिँदै उल्टै मिठाइ टक्र्याएर फकाएका छैनन् (थिएनन्) र ? दुःखहरू पनि ती गुरुभन्दा कुनै मानेमा कम छैनन् । तिनले यात्राभरिको रङ्गीविरङ्गी मन्डपमा हाम्रो सिर्जनशीलताको सिउँदो भरेर समाजमा निर्भीक भएर हिँड्न भरपर्दो रेखा दिन्छन् । भने, दुःख बेकामी हुन्छन् नै कुन अर्थमा र ? प्यारा गुरु दुःखहरू.., जसले हामीलाई कुनै मोडमा खुत्रुक्कै बसाए पनि सम्हालिएर चिप्लिनलाई सरल 'लिक' दिए ।

भित्ताको तस्वीरमा एकपटक हाँसेको त्यो रुप र त्यही पल छाडेर हामी हिँड्दै गर्छौँ अघि झन् अघि ...। तर तस्बिर उस्तै गरी हाँसिरहन्छ । तस्वीरमा कैद हुनुको कुनै अपशोच त्यस चेहरालाई हुन्न । कारण, त्यही त त्यसको स्वाभाविकता हो क्यार । अर्थात् फ्रेमको चार कुनामा स्थिर जीवन रच्नु । दुःखको फ्रेमभित्र हाम्रो यात्रा पनि त्यस्तै तस्वीरजस्तो स्वाभाविक लाग्छ । यही दुःख त रहेछ अन्तरङ्ग साथी, जसको आडमा हामी सुख र चैनको झिल्कादार आतिसबाजीलाई झट्ट नियाल्न भ्याउँछौँ-सक्छौँ ।

कसैले भनेको छ कतै- 'फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन ।' हामीमध्ये धेरैजसो त्यस्तो फकाउने मान्छे नभएर निस्ताउँछौँ । घरमा बसिरहँदा 'खाजा खायौ ? खानुपर्दैन त बदमास मान्छे ?' भन्ने गाली सुन्न नपाएर भोकै दुब्लाउँछौँ । कलेजमा कक्षा सकिएपछि घर फिर्ने बेलामा 'बाइ है फुच्चु !' भन्ने बिदाइ-सम्बोधन नपाएर एक्लिन्छौँ । 'राम्रो नाटक चल्दा पनि तिमीबिना त्यो नाटकघरमा भूतघर बेहोर्नलाई जान मन लागेन' भन्ने समभाव व्यक्त गर्ने आत्मीय साथी नपाएर हुरुक्क बन्छौँ । आफू मन दुखाएर अनाम नदीको किनारैकिनार एक्लै बहकिइरहँदा खोजी गर्ने कोही नहुँदा पटक-पटक मर्छौँ ।

- तर दुःख त अपेक्षाभरि सधैँ साथै हुन्छ ।
- कुनै गुनासोलाई मनबाट निकासी गर्नुपर्दैन ।
- हैरानीलाई पकेटमा च्यापेर हिँड्ने मौका मिल्छ ।


March 24, 2009

प्रमुख अतिथी

शेखर ढुङेल

०३-१८-२००९

नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । सचिब बनी संगै जानेहरुको सुची बन्दै बिग्रने क्रमले तिब्रता पएको छ । भ्रमण टोलीमा सम्मिलित हुन चाहनेहरु आफ्नो खुल्ला टेन्डर नेताको कानमा झोस्दै थिए । खाली खाली हुने नेताको भन्छा, कोठामा मानिसहरुको भिड छ । भान्छामा समानहरु छताछुल्ल देखिन्छ । आखिर यस्तो मौकामा खाली हात को पो आउदो होर ?, नेता श्रीमती फोनमा आफु बिदेस जान लागेको कुरो इस्टमित्र लाई सुनाउदै ब्यस्त ।

उता पुरानो दलका नेताको पनि तयारी कम छैन । १५ बर्ष पहिले आफुले राजदुत हुँदा भान्छे बनाएर लगेको चेलो, जो आयोजक समितीको प्रमुख नै बनेको छ । नेता श्रीमती आफन्त लाई सुनाउदै थिन ‘हेर डाँडा घरे काइला बाजेको छोरो को भाग्य ?,  त्यत्रो सम्मेलनको आयोजक भएको छ रे!, सुनिस बास्सै इङ्लिस पनि कस्तो राम्रो बोल्छ रे उस्ले हामीले लगाएको गुन बिर्सेंनछ । त्यही राम्रो भयो सत्ता बाट फुस्किए पछी कसैले वास्ता गरेको होइन । लामो समय पछी बिदेस जान पाइने भैइयो बुझिस ?,  मैले नेताजी लाई सम्झाइ सके त्यस्तै राम्रो दुई चार जना मान्छे खोज्नोस यस पटक पनि जस्ले गुन पनि नबिर्सियोस पैसा पनि देओस कि कसो माहिली ? भन्दै थिन उनी । त्यही कुरो उन्ले नेता लाई पनि सुनाइन नेता ले उ उ मात्र भने

अर्को सत्तारुढ दलको नेताको चुरिफुरीको त के कुरा ? यो कार्यक्रमको प्रमुख अतिथी बन्न ब्यबस्था मिलाउन आँफैले नियुक्ती गरी पठाएका राजदुत लाई भनी सकेका छन ‘म आउनु पर्छ त्यहा’ । अरु दलका आउँलान जसरी हुन्छ रोक्नोस । यसै बिषयमा आयोजक पक्ष र राजदुत बिच पानी बाराबर भैसकेको कुरा बाट नेता अनभिज्ञ नै थिए । उन्को अर्को पनि योजना छ यही मौका मा अबैध तरिकाले कमाएको सम्पत्ति बिदेस पुर्‍याएर त्यही पढ्दै गरेको छोराको नाम मा ब्यवसाय खोली दिने । भोली के हो कसो हो के थाहा भन्थे उनी । आफ्नो भाई अनी बहिनीको श्रीमान लाई कुनै हालत मा छुटाउन नहुने सुझाब थियो नेता श्रीमतीको । किन्नु पर्ने सामान को लिस्ट पनि तयार पारीन उन्ले .

सम्मेलन को मिती नजिकिदै जादा आयोजक समिती का बिभिन्न सदस्य हरु कार्यक्रम को फेरिस्त तयार गर्दै थिए । आफ्नो आफ्नो खुबी र छ्यमता क बारेमा घम्सा घम्सी बिबाद थियो उ भन्दा म योग्य भएको मैले यो ठाउँ पाउनु पर्छ नत्र कार्यक्रम हुनै नसक्ने जिकिर गर्दै थिए सबै । धेरै पटक मिटिङ बस्यो प्रमुख अतिथी कस्लाई बनाउने भनेर ? आयोजक प्रमुख एउटा को प्रस्तव लान्थे बाँकी सदस्य बाट घोर आपत्ति हुन्थ्यो । अर्को ले आफ्नो नेता को नाम प्रस्ताब गर्दथे झन घोर आपत्ति हुन्थ्यो । प्रत्यक सदस्य का आ - आफ्नै नेता को लागि प्रस्ताब् लाने र कसैले पनि अरु को प्रस्ताब स्विकार गर्ने सोचेका पनि छैनन ।

आयोजक समितीका प्रत्येक सदस्यले आफ्न नेतालाई प्रमुख अतिथी बन्न आउने भनी आश्वासत पार्न छोडेका छैनन । त्यसैले नेता र नेता श्रीमती अनी सहायक बनी आउनेहरुको देस बाँकी कार्यक्रम ओझेलमा परि सकेको थियो । बिहानै नेताहरुका पुग्ने कागज आयो ? मेरो नाम छकी छैन ? कहिले सम्म आऊद छ ? म त गाँउ बाट बिदा भएर आइसके, नाम आएन भनेत राम्रो हुन्न है नेता ज्यु भनी धम्काउन समेत थालि सके ।

आज फेरी बैठक बस्यो आयोजक समितीको सबै सदस्यहरुको हातमा प्रमुख अतिथी र सहायक्हरुको सुची छ । आफ्नो सुची को समर्थन जुटाउन मरिहत्ते गरी राखेका छन । आयोजक मध्यका एकले प्रस्तावित नेताको बारेमा चर्चा गरे, देशमा वहाँको यस्तो देन छ उस्तो त्याग छ उहा लाई नै प्रमुख अतिथी बनाउनु पर्दछ । अर्को सदस्यले प्रतिबाद गर्दै भने उन्ले यस्ता भ्रष्टाचार गरेका छन यस्तो दुराचारी छन तीनलाई त कुनै हालतमा बोलाउनु हुन्न भन्दै आफ्नो नेताको बखान र प्रस्ताब गरे । दोस्रोको प्रस्ताब सुन्ने बित्तिकै तेस्रो कमिजको बाउला सार्दै टाइको सुर्केनो फुस्काउदै बुद्रुक्क उफ्रे र चोर औंला ठाडो पार्दै प्रस्तावित नेताको अबगुन, चरित्र, नैतिकता को प्रश्न उठाउदै कुनै हालतमा हुँदैन भने । चौथोले बिनम्रता पूर्वक भने ‘हेर मैले प्रस्ताब गरेका नेता नयाँ हुनुहुन्छ वहाँले भ्रष्टाचार गर्नु भएको छैन वहाँ को बारेमा बिबाद नगरौ’। अर्कोले अस्विकार गर्दै भने ‘के भन्दै हुनुहुन्छ मित्र, वहाँ जस्तै नेताले गर्दा देसमा साम्प्रदायिक, जातियदंगा भई राखेको छ, वहाँ त हुँदै हुन्न’ भन्दै आफ्नो नेताको प्रस्ताब राख्यो बाँकी अरु गलल हासे । अर्कोको पालो उन्ले पनि आफ्नो नेताको बयान गरे अर्कोले त्यस्तालाई बोलाए त कार्यक्रम कै बेइज्जत हुन्छ भने । एक्ले अर्काको प्रस्तावित नेतालाई भए नभएका आरोपले नङ्याउन कोइ पनि पछी हटेनन ।

प्रमुख अतिथीको टूङो आज लाग्ने र ढुक्क भै तयारी गर्न सबैले आ आफ्ना नेतालाई बैठकमा आउनु भन्दा पहिले फोनबाट खबर गरी आएका थिए । बाद बिबाद, भना भनका बिच निर्णय हुन सकेन । एकले प्रस्ताब् राखे भोट गर्ने। सबैको सहमति भयो । सबले आ आफ्ना नेतालाई भोट हाले सबको एक एक भोट आइ सबैको बराबर कस्तो बिचित्र!,  अब के गर्ने ?,  कस्तो समस्या ? कुनामा बसेका पर्यवेक्षक उठेर भने ‘नेता बोलाउने काम बन्द गर्ने’ । ‘हो !हो! कोइ पनि नबोलाउने’ सबै को एकै स्वर भयो । हो हो एस्लाई पनि नबोलाउने उस्लाई पनि नबोलाउने नेता बोलाउने कार्यक्रम बन्द । सबैले अमिलो मनले ‘हो, हो’ भनी हात मीलाए । घर पुगेर सबैले फोन गरे आफ्ना नेताहरुलाई नेता ज्यु कार्यक्रम रद्ध भयो।



March 7, 2009

अप्रिल १५, २०२५ (कथा)

आज पुरानो नेपाली पात्रो अनुसार नेपालीहरूले विक्रम सम्बत्को २०८२ साल मनाइरहेका हुन्थे । तर यो कुरा धेरै पुरानो भैसकेको छ । आज भन्दा १४ वर्ष अघि नै सरकारले विक्रम संबतको प्रयोगलाई निषेध गर्‍यो र ग्रेगरियन क्यालेण्डरको प्रयोगबाट सरकारी काम-कारवाही हुने नया कानूनी व्यवस्था जारी गरेको थियो । विक्रम संबतको प्रयोगलाई प्रतिबन्धित गरिसकेपछि , नया संबत् जारी गर्ने ताका बिभिन्न जातजातीहरूले आ-आफ्नो संबतलाई सरकारी प्रयोगमा लिइनुपर्छ भनेर हड्ताल र प्रदर्शन पनि गरेका थिए, तर देशव्यापी रूपमा कुनै एउटा जातीय सम्बतको निर्विवाद प्रयोग हुने स्थिति नभएपछि, बिभिन्न जाती समूहसंगको बैठकमा ततकालीन प्रधानमन्त्रीले जातीय संबतलाई आ-आफ्ना जातिय राज्यमा प्रयोग गर्न पाउने व्यवस्थासहित, इस्वीय सनको प्रयोगलाई राजकीय रूपमा अपनाइयो । त्यसैले आज अप्रिल १५ , २०२५ हो , २०८२ को वैशाख १ गते भन्ने स्मरण कमैले गर्ने गरेका छन् ।

***********************************************************************************
तत्कालीन समयमा १४७,१८१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अबिभाज्य नेपाल अहिले, स-साना जातीय राज्यको खुकुलो कन्फेडेरेसनको रूपमा अस्तित्वमा छ । उत्तर र दक्षीणका भूभागमा सीमावर्ती मुलुकले इच्छाए अनुरूपका प्रान्तीय सरकारहरू कार्यरत छन् भने बीचको पहाड र उपत्यकाका केही भूभागहरूमा केन्द्रीय सत्ताको नाम मात्रको उपस्थिति बाँकि छ । तत्कालीन सिंगो नेपालको बिभाजनक बिशृंखला यसरी शुरू भयो :

सन् २०१० को जुलाइसम्म लेखेर जारी हुनुपर्ने गणतन्त्र नेपालको नया संविधान समयमा बन्न सकेन । त्यसपछिको ६ महिनाको थप अवधिमा समेत संविधानको प्रारूप तयार बनेन, अत: जारी हुने कुरै रहेन । अन्तरिम संविधानको व्यवस्था अनुरूप नया संविधानका हरेक दफा र धाराहरू , संविधानसभा सदस्यहरूको दुई तिहाइ बहुमतले पारित हुनु पर्ने व्यवस्थाका कारण पनि मुख्य दलहरू बीच सहमति निर्माण हुन र मुख्य मुद्दालाई पारित गराउन सम्भव हुन सकेन । संविधान निर्माण नभए पनि राज्यसत्तालाई आफ्नो नियन्त्रणमा लिन आंशिक रूपमा तत्कालीन एकीकृत माओवादी सफल भयो । त्यो यसरी सम्भव भयो :

नेपाली सेनामा माओवादी छापामारहरूलाई प्रवेश दिलाउने कुरामा तत्कालीन प्रधासेनापति पूर्ण रूपमा बिरुद्द उभिए । सेना समायोज समितिमा रहेका सदस्यहरूको बहुमत पनि सम्पूर्ण माओवादी छापामारलाई राष्ट्रिय सेनामा प्रवेश दिनुहुन्न भन्ने पक्षमा रहेको हुँदा, समायोजन समितिका अध्यक्ष रहेका प्रधानमन्त्रीले यो कुरा बुझेर समायोजन समितिको बैठक नै कहिलै डाकेनन् । तर , सन् २००९ को अन्त्यतिर प्रधान सेनापति कटुवाल उमेरका कारण सेवानिबृत्त बनेपछि , सो पदमा उत्तराधिकारी बनेर आएका छत्रमान गुरूङ स्वभावले नै सरकारसंग मिलेर चल्नु पर्छ भन्ने खालका थिए । उनको यो बिनम्र स्वाभावको माओवादी नेताहरूले भरपूर सदूपयोग गरे । त्यसपछिको अवस्था भने माओवादीले चाहे अनुरूप बन्यो । सेना र उसको माथिल्लो नेतृत्वमा रहेका अफिसरहरूलाई माओवादी राजनैतिक योजनाका पक्षमा राखिरहेर उनीहरूको उपयोग गर्ने कुरालाई माओवादी नेतृत्वले बढी सकृय भएर आफ्नो रणनीति अन्तर्गत राख्यो ।

संविधान समयमा बनेन, सेना समायोजन पनि समयमा भएन , तर यो रिक्ततामा चलखेल गर्न सक्ने अर्को बलीयो राजनैतिक वा सामरिक शक्तिको नेपाली भूमिमा उपस्थिति नै थिएन, अत: माओवादीको सत्ता कब्जा गर्न चाहने मुरादमा पनि कुनै बिघ्न आएन । माओवादीले आफ्ना छापामारहरूलाई फेरि कहिलै सेनामा समायोजन गर्ने इच्छा नै देखाएन , बरू आफ्ना छापामारहरूलाई सेनाले पाए सरहका सबै सुबिधा, पद र अवसर दिएर छुट्टै शिविरहरूमा नै राजनैतिक प्रशिक्षणका साथ राखिरह्यो । यो समानान्तर शक्तिलाई सदैव अलग्गै सुरक्षित राख्दा नै कुनै पनि समयमा आफ्ना बिरुद्द खडा हुने परिस्थितिका लागि ' बार्गेनिङ चिप्स' का रूपमा प्रयोग गर्न सकिने चतूर ध्येय उसको थियो ।

यी सबै कुराहरू राज्य सत्ताको केन्द्रमा भइरहँदा पनि माओवादीहरूलाई सत्ताबाट हटाउन भने कसैले सकेन । एमालेको उपाध्यक्षको पदमा रहेकै बखत माओवादीमा प्रवेश गरी पोलिट ब्यूरओमा पुगेका बामदेव गौतमको पछिल्लो कार्यकालमा नेपाल पुलिसमा पूर्णत माओवादीकरण भैसकेका हुनाले र अलिक पछि गएर नेपाली सेनामा समेत माओवादी र जातीवादी राजनीतिक पक्षमा पूर्णत: माहौल कायम भएको हुनाले , सत्ता कब्जा गर्ने कार्य माओवादीको पक्षमा अनुकूल बनेको थियो । तर माओवादी पहिलाको जस्तो शक्तिशाली भने थिएन , बरू अरू राजनैतिक शक्तिहरू कमजोड र लुप्तप्राय: बन्नुको लाभ उसलाई मिलेको थियो र नै प्रशासन, प्रहरी र सेना पनि यही शक्तिको आड भरोसमा टिक्न सकिने निर्विकल्प बाटोमा लागेको थियो ।
सेनाले आफ्नै ढंगले भर्ति खुलाएर जवान र अधिकृतहरूको तहमा माओवादी छापामारहरूलाई प्रकृयागत प्रवेश पनि दिने नीति अख्तियार गरेको थियो ।

************************************************************************************

सन् २०१० सम्ममा लिम्बूवान संयुक्त राज्य परिषदले आँफू नेपाल राज्यबाट स्वायत्त बनेको एकतर्फी घोषणा गरेर अलग्गिएको बताएको थियो । यो कुरालाई नै अनुसरण गरेर तमोर वारिपट्टिका खुम्बुहरूले पनि ' स्वतन्त्र खुम्बुवान'को घोषणा गरे । उता पश्चिम तराईका थारूहरू , पश्चिम पहाडका खाम मगरहरू ,गण्डक प्रदेशका मगरहरू , बाग्मती प्रदेशका तामांग र नेवारहरू सबै जातीय संगठनहरूले सन् २०१२ सम्ममा स्वतन्त्र जातीय प्रदेशहरूको एकतर्फी घोषणा गर्दै आ-आफ्ना क्रान्तिकारी राज्य परिषदहरू गठन गरेको थियो , हिजोसम्म माओवादी, कांग्रेस र एमाले , राप्रपा, जनशक्ति आदि दलमा रहेका कतिपय बिभिन्न जनजाती युवा नेताहरू, जातीय राजनीतिको यो बिगबिगीमा फाइदा उठाउन हाम फालेका थिए । केन्द्रमा अस्तित्वरत माओवादी सत्ताले यो जातीय राज्यको स्व-घोषणालाई स्वीकृत नदिएपनि , केन्द्रको सशक्त उपस्थिति राज्य स्तरमा देखाएर आफ्नो प्रभाव कायम राख्न सक्ने स्थितिमा थिएन । उनीहरूको नीति सकेसम्म यी जातीय राज्यहरूको नेतृत्वलाई आफ्नो केन्द्रीय नेतृत्व स्वीकार गर्न लगाउने सम्म मात्र थियो ।

सुनसरी र मोरङभन्दा पश्चिमका तत्कालीन नेपालका १३ वटा जिल्लाहरूमा- सुनसरी ( दक्षीण )मोरङ (दक्षीण), धनुषा, महोत्तरी, बारा, पर्सा, सिराहा,सर्लाही, रौतहट,नवलपरासी ( दक्षीण), रूपन्देही ( दक्षीण) , कपिलबस्तु, बाँके- बिभिन्न तराईवादी पार्टीहरूको स्वघोषित सरकारको नियन्त्रण थियो । आ-आफ्नो राष्ट्रिय एवं सुरक्षा चासोका कारण उत्तर र दक्षीणतर्फका सीमावर्ती नेपाली भूभागहरू भने स्वतन्त्र तराई र हिमाली राज्यहरूको रूपमा मात्र रहन गए । यी राज्यहरूको सम्पूर्ण राज्ययन्त्रमाथि नजिकका छिमेकीहरूको पूर्णत नियन्त्रण नै थियो भन्ने सबैको बुझाइ थियो । बिभिन्न जातीय राज्यहरू भित्र पनि , अलग जातीहरूको बहुसंख्यक प्रभाव क्षेत्रभित्र स-साना उप-राज्यहरूको सेना राज्य परिषदको व्यवस्था थियो । कर उठाउने , आँफू खुसी निर्णय लिएर राज्य र केन्द्रीय सरकारले गर्ने हरेक कार्य गर्न चाहने प्रवृत्ति सर्वत्र व्याप्त थियो ।

क्रमश:



February 17, 2009

गौरी

शिव प्रकाश

प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो।

आशुतोस एकाएक विदेशिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो । तर कुनै साथीबाट गौरीलाई थाह भयो आशुतोस भोली नै उड्दै छ भनेर !

भोलीको उडान् आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो फोनको घण्टी बज्यो । आशुतोसले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु" गौरीको आवाज सुनेर आश्चार्य र मौनता दुबै छायो आशुतोसमा । "तर... तर.....तर गौरी अहिले त धेरै अवेला भइसक्यो"। ‘भयो होला तिम्रो लागि, तर मेरोलागि भएको छैन’ प्रतिउत्तरमा गौरीले भनी । गौरीको अस्वाभाविक र अप्रत्यशित चाहना ! उ नचाहेर पनि गौरीबाट टाढिनु त छदै छ त्यसमथि हृदयको खोपीमा बसेकी गौरीबाट विछोडिने घाउ उ भित्रभित्रै पिलिइरहेको थियो । त्यो पीडा उसले गौरीसामू व्यक्त गर्न सकेको थिएन।

तर.....गौरी किन यति अबेला, आखिर त्यस्तो के ? आशुतोस बोलिनसक्दै गौरीले भनि "त्यो पनि मैले भन्नु पर्छ तिमी पुरुष..........'।"

रात निक्कै छिप्पिसकेको हुनाले गौरीलाई मनाउने प्रयत्न गर्‍यो भोली भेट्ने बाचा गर्दै । गौरीले आशुतोसप्रति आवेश पोख्दै भनि "तिमी पुरुषहरु मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।" पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरु पनि त यसरी बेला न कुबेला ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरुको अत्तो थाप्छौ र दोष चाहीँ पुरुषहरुलाई दिन्छौ ।"

"ल उसोभए विहान आठबजे होटल ग्रिनल्याण्डको ११ एघार नं कोठामा भेट ।" गौरीले फोन विसाई । "म पुरुषको भोको होइन । कर्णध्वजको अलावा लाखौं पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामू.......? म मात्र प्रेमको भोको हुँ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याया पनि आशु नै हो, अरुकोही हुन सक्दैन । मभित्र एउटा साम्रज्य बनाएको छ उसले । त्यो साम्रज्यमा आफैभित्र अधिनस्त शासित छु म । बाचाउँ भने कसरी बचाउँ अनि भत्काउँ भने कसरी भत्काउँ त्यो साम्राज्य.......!" यस्तै तर्क र तिस्रनाहरु तेस्याउदै गौरीले त्यो रातसँग रातभर वहसगरेर रात विताई।

आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोससामू आफूलाई रित्याउन चाहन्छे।

आशुतोस होटलको कोठामा छिर्ने वित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोस किंकर्तव्यविमुढ हेरिरन्छ एकहोरो गौरीलाई । निशब्द उभिएको छ एउटा सग्लो पुरुष ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको छ मानौ कुनै मूर्ति जस्तो !

आशुतोस निमग्न छ गौरी निशब्द छे । हेरिरहेछन् एक अर्कालाई । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी!

एकाएक सम्पूर्ण सीमा र बन्धनहरुलाई नाघ्दै गौरी आशुतोसमाथि यसरी विसर्जित हुन्छे मानौ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ।

स्तब्धता



January 23, 2009

भ्रम

शेखर ढुंगेल
अमेरीका

नमस्कार !

कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”

"मेरो नाम दीपक हो म माथिल्लो टोलमा बस्छु ।” अनि सोध्यो- “तपाईं डाक्टर साहेब होइन ?” उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला-बेलामा अलग-अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।

यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर् यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो “होइन म खाते हुँ । दीपक !”

"'के भन्नु हुन्छ किन मजाक गर्नु भो डाक्टर साहेब?” किरणले फेरि दोहोर्‍यायो “होइन म खाते नै हुँ ।” दीपकले भन्यो- “यो सेतो कोट…।” किरणले हल्का हाँस्दै भन्यो “विश्वास गर्नुहोस् म खाते नै हुँ ।”

दीपकले विश्वास गरेन र फेरि थप्दै गयो “सेतो कोट यो महँगो घडी यो व्यक्तित्व तपाई डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ठूलो मान्छे भएर ?” दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो “यो कस्तो मुर्ख मनिस होला एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उल्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।”

घरमा बच्चाले म:म, तन्दुरी चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो- म साच्चिकै डाक्टर भैदिएको भए हो म फलानो अस्पताल क्लिनिक वा कुनै ठूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें ऊ खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ठूला-ठूला नेतासित पहुँचको गफ छोडिदिएको भए फोन ठेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म “पक्का काम हुन्छ चिन्ता नगर्नुहोस्” भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गर्थ्यो होला । मेरो म:म र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गर्थ्यो होला । त्यो प्याकेट गाडीसम्म पुर् याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित जेहोस् जोसुकै होस् दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।

अरु दुई ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।

किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो- “म व्यापारी । घर जग्गा गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ ।”

किरणले १० बर्षअघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ठूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।

कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।

किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्ष पहिलाको कुरा हो उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरे पछि ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए परिचय गर्नै परेन .

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी ब्यापारी प्रहरी सेनाका अधिकृतजस्तै थियो- छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।
आज किरण डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । “हजुरको म:म तयार भयो” दीपक पनि सामानको पर्खाइमा थियो दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले “मलाई किन ढाँटेको?” भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन- कहाँको यथार्थ कहाँको भ्रम

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । “यो सेतो कोट महँगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त ?“ दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो- “दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो पाजेरो चढेको देख्या छैन खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन महँगो अत्तर छर्केर टाई ढल्काएको देख्या छैन लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब चुसुवा महान समाजसेवी बन्या सुन्या छैन हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं यो कोट मेरो मालिकले जापानबाट यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी म यो गाडीको ड्राइभर ! किरणको छर्राझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । “अब त उसको भ्रम पक्कै टुट्यो होला ” किरण हाँस्दै अगाडि बढ्यो ।




January 21, 2009

बर पिपलको पातहरु ।

:-लुना

१०८ वटा गेडा रुद्राक्ष मालाको जप सिद्दिए पछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो एना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी दीइन, बाजेले "आयुष्मान भब !" आशीर्बाद दिए ।

कान्छा छोरा हरीशरण पिढींको खाटमाथि छाम-छाम, छुम-छुम गर्दै रेडियो मिलाउदै थिए , उनलाई पनि ललाटमा चन्दन टिका लगाइ दिए । बिहानी को पूजा कर्म सिद्दियो ।

तोरिको कून्युमाथि उल्टो पारेर राखेको मान्द्रो लाई आँगन मा फैलाए पण्डित बाजेले । “ओसीएछ शितले…, घामको तातो लागोस अनी फिजाम्ला कून्यु लाई …” पिढींमा रेडियो सुन्न बसेका छोरातिर हेर्दै पण्डित बाजेले भने ।

आँगनमै खुइलिएको बाक्लो पुरानो खाटमा बस्दै डाके पण्डित बाजेले “आ! साना, किन बस्छस चि' साँ, ह्या ताता घाम पर्‍याछन, आइज ! ”

हरीशरण एक हातले रेडियो र अर्को हातले लौरो समाउँदै ट्याक ट्याक को भरमा बा को छेउमा आएर बसे । पण्डितनी बज्यै ले एकै छिनमा तातो दुध काँसको गिलासभरी ल्याएर बाजेलाई दिइन । गिलास हातमा समाउदै पण्डित बाजेले भने “खोइ त साना लाई ? ”, पण्डितनी बज्यैले “सारोबारो गर्दैछु, ल्याइ हालेँ …” भन्दै भान्सामा गएर दूध ल्याउदै दुई गिलास मा राखेर सेलाउन थालदै थिइन, हरीशरण ले भने “आमा दिनोस मै सारोबारो गरुला ” । पण्डितनी बज्यैले “ तातो छ है साना! पोल्ला नि!” भन्दै हातमा गिलास जतनले थमाइ दिइन ।

हरीशरण जन्मदै आँखा नदेख्ने अन्धो जन्मिए । लट्ठी, बा- आमा नै उन्को सहारा भएको छ यो २४ बर्से उमेर सम्म पनि, अनी रेडियो मन बहलाउने साथी । रेडियो सुन्दा सुन्दा उन्ले संसारमा कती महादेश छन, कुन महादेश मा कती देश छ, ति देशहरुको नाम के-के छन, कुन कुन देशमा कती कती जनस्न्ख्या छ, कुन देशमा महिलाको संख्या कती - पुरुष को सन्ख्या कती छ, संसार मा कती वटा हिमाल-पहाड छन, कती उचाइका छन , तिनका नाम के-के हुन, नेपालमा कती अञ्चल छ, जिल्ला कती, नाम के- के, कहाँ कुन भुभागमा के कस्तो खेती पाती हुन्छ, के कस्ता पशुपंक्षि हुन्छन, कुन देशका राष्ट्रपती - प्रधान मन्त्रिका नाम के के हुन जस्ता सामान्य ज्ञान सम्बन्धी कुराहरु जानिसकेका थिए । उनी सुनेको भरमा खररर भन्न सक्थे । मस्तिष्क तिक्ष्ण थियो ।

उनको यही क्षमतालाई गाउँका स्कुले केटाकेटीहरु स्कुलको हाजिरी जबाफ प्रतियोगितामा प्रयोग गर्थे अर्थात सामान्य ज्ञान सम्बन्धी जानकारी लिन हरीशरणसँग सोध्न आइपुग्थे । हरीशरण पनि खुशी भएर सम्झी सम्झी बताइ दिन्थे । केटाकेटिसँग उनी पट्टकै झिँजो मान्दैनथे । केटाकेटी पनि उनलाई ' सान्दाइ ' भनेर खुब झ्यामिन्थे ।

पण्डितनी बज्यै, छोरा यसरी भुलेको देखेर सन्तोष लिन्थिन र कहिले काही आँगनमा झुम्मिएर बसेका केटाकेटिहरुलाई मेबा काटेर खान दिन्थिन , कहिले छोराको लागि बनाउँदै गरेको पुवामा पिठो थपेर धेरै बनाइ सबैलाई बाँडिदिन्थिन ।

हरीशरण लट्ठीको सहराले टेक्दै गाउँको बर पिपलको चौतारी सम्म पुग्थे, जुन चौतारी गाउँका मान्छेहरुको गफ गर्ने - छलफल गर्ने थलो थियो, घाँस-दाउराको भारी बोकेर आउनेहरुको बिश्रामको चौतारी थियो त्यो, चट्पटे दाईले चट्पटे बेचेर गुजारा गर्ने चौतारी थियो त्यो, फूल मायाकि आमाले काँक्राको चिरा बेचेर आफ्ना ५ लालाबालाहरुको पेट भर्ने थालो थियो त्यो , अनी मगर्नी साँहिलीको बादाम बेचेर आबारा दाई र बुढी आमालाई पाल्ने थालो थियो त्यो । तिजमा नारायणी नुहाएर फर्केकाहरुले नाच्ने थालो थियो त्यो बर पिपल को चौतारी । झन हरीशरण को त के कुरा ! उसको खुशी नै थियो त्यो चौतारी ।

उनी लट्ठीको सहाराले दिनको २-३ पटक त्यहाँ पुग्थे । घर देखी १०- १५ मिनेटको बाटो लट्ठीको सहाराले ट्याक ट्याक गर्दै जब जब चौतारीको नजिक पुग्थे तब तब बर पिपल का पातहरु सररर सर्सराएर स्बागत गरेको भान हुन्थ्यो हरीशरणलाई । चौतारी मा गफ गर्न बस्नेहरुले काँक्रा-बदाम, चट्पटे किन्दा हरीशरणलाई पनि दिन्थे । त्यसोत कहिले काही कोही नहुँदा (किनेर दिने मान्छे नहुँदा) चट्पटे दाइले “सानो दाई ! चट्पटे खाइलिनोस !” भन्दै दिन्थे, फूलमायाकि आमाले “सान्कान्छा ! लु’ खा शितालो काग्रा ” भन्दै काँक्रा दिन्थिन, बदाम बेच्ने साहिलिले यताउता हेर्दैँ कसैले नदेखेको मौका पारेर जिस्काउँदै “लु, खोस्ल्याउँदै खाउ है बदाम” भन्दै हातमा दिँदा चुटुक्क चिमोटेर दिन्थीन् । हरीशरणलाई साहिलीको यो चिमोट्याइ खुब मिठो लाग्थ्यो ।

हरीशरण बेला बेलामा चौतारीको हिरो हुन्थ्यो रेडियो मा सुनेको कुरा सुनाएर। झन अझ चुनाव को बखत मा त के चाहियो र ! कहाँ कुन नेताले कती भोटले जित्यो – हार्‍यो सबै खररर रेडियोले बोलेझैँ गरी भनिदिन्थ्यो । अनी सबै बाट बाह ! बाह ! को ताली पाउँथ्यो । गफ गर्नेहरुले चौतारी नजिकैको चिया पसलबाट चिया मगाएर खुवाँउथे रामशरणलाई । रामशरण साहिलीले मेरो ‘बाह ! बाह !’ सुनी कि सुनिन होली भन्दै कान ठाडो पारेर साहिलिको स्वरमा ध्यान दिन्थ्यो ।

यि दुई बिच अमूक प्रेम थियो। साइली “म तिमीलाई प्रेम गर्छु” भन्न जान्दिनथि तर बदाम दिएर मायाले चिमोट्दै प्रेम दर्शाउँथी, हरीशरण पनि आँखाले नदेख्ने भए पनि मनले देख्ने ज्ञानी थियो । त्यसैले “साहिली ! म सँग बिहे गर्छ्यौ ?” भन्न सक्दैनथ्यो, आफ्नो जिन्दगी को भार उमाथि थोपर्न चाह्दैँन थियो । यती हुँदाहुँदै पनि साहिली को चिमोट्याइ सँग उ बेहत खुशी थियो ।

कहिले काही उरेन्ठेउला छिमेकी गाउँका केटाहरुले चौतारी मा बस्दै बदाम खाने निहुँमा साइलीलाइ जिस्काउँदा हरी शरण भित्र भित्रै रिसले कामेर सुनिरहन्थ्यो । साइली मुखाले थी । त्यस्ता लाई हदै सम्मको जबाफ फर्काउँथी । हरी शरण डराउथियो त्यतीखेर, कतै तिनिहरुले नराम्रो व्यबहार त गर्ने होइन्न साहिलीलाइ भनेर । अनी मनमनै सोच्थ्यो ' बरु एउटा गतिलो मान्छे सँग पोइल गए हुन्थियो साहिली ' । आँफैले माया गरेको साहिलीलाई यती सम्म सोच्न बिबश थियो उ । आफू अन्धो भएको महशुस गरेर यतिखेर बेस्मरी दुख्थ्यो उ । अनी भगवान सँग असाध्यै चित्त दुखाएर मन मनै भन्थ्यो “हे भगवान ! मेरो के दोष थियो जन्मदै अन्धो बनायौ ?? ” चित्त दुखेको अर्को मनले भन्थ्यो “छैनन् भगवान!”

पण्डित दम्पतीलाई कान्छा छोराको भबिष्यप्रती असाध्यै चिन्ता थियो ।'हुने हार दैब नटार' मन बुझाएर बस्नु बाहेक अहिले सम्मलाई अरु कुनै उपाय थिएन उनिहरुसँग ।

पण्डित दम्पती का जेठा छोरा को नाम रामशरण थियो । रामशरण सानै देखी पढ्न मा तेज थिए । पण्डित दम्पतिले आफ्नो बुताले भ्याएसम्म खर्च गरेर रामशरणको पढाई मा लगानी गरेका थिए । उनी अमेरिकामा थिए । अमेरिका पठाउन पनि भाग्य ले साथ दिएको थियो । एका तिर उत्कृष्ट पारीणाम त थियो नै अर्को तिर काठमाण्डौमा सरकारी उच्च ओहदा मा आफ्ना चिनेका मान्छे थिए पण्डित बाजेको । उनैबाट छात्रबृत्ती सुबिधा मा अमेरिका पढ्न पठाएका थिए रामशरण लाई ।

माटो बिज्ञान मा पि .एच् .डि . गरे रामशरणले । तत्पश्चात अमेरिकि सरकारले दिने सुबिधा अनुसार उनी २ बर्षको लागि अमेरिकामा नै जागीरे भएका थिए । २ बर्ष पछी नेपाल फर्किने योजना थियो रामशरणको । यही जागिर अबधिमा उनी थोरै समय मिलाएर नेपाल आएका थिए, बा-आमा, भाई गाउले सबै लाई भेट्न् ।

पण्डित बाजेको घरमा खुशी छाएको थियो रामशरण आउने दिन ताका । २ तले काठ- ढुङ्गा - माटोले बनेको घरका झ्यालहरु हरिया रङ्गका थिए । माटो का भित्ताहरु रातो र सेतो माटोले पोतिएको थियो । गाउले छिमेकी आईमाईहरुले पण्डितनी बज्यैलाई घर पोत्न सघाएका थिए । घर शुन्दर चहकिलो देखिएको थियो । बारीमा मेबा, कागती, आप, अंबा, काफल, केराका बोट बुट्यान थिए । आँगनमा तुलसिको मोठ , नजिकै बाह्रमासे फूल्ने घन्टी फूल ढक्मक्कै रातै भएर फूलेको थियो, आँगनको डिलभरी बाबरी र चमेली का फूलहरु सेताम्मे फूलेको थियो । धेरै बर्ष पछि पण्डित बाजेको घरमा आएको यो खुशीको बातावरणमा आज पण्डित बाजेले यि सम्पूर्ण सौन्दर्यको स्वाद पाएका थिए । उनको मन कविमय भएको थियो । उनी खुशीले गुनगुनाउन लागे:-

" न धुलो न धुवाँ, न हतार न चटार

शान्त थपक्क गमक्क गमक्क

रातो माटो हरियो झ्याल सुन्दर यो चमक  

कसरी न गुनगुनाउ ! देखी यो सौन्दर्य झमक !

बोट बुट्यान झुम्म झुम्म हरित हर्ष

खुशी बनी झर्छन यहाँ बादल बर्षा

झ्याङिएर मात्तिएर फक्रिन्छे तरु लता

मोहित हुनेछ राम शरण देखेर यो सुन्दरता

°°°°°                  °°°°°

अहा! फूल वरिपरि सुमधुर चमेली

टाढा सन्सनाउँछे बग्दै नारायणी शुसेली

रात उज्यालो मुस्कुराउँदा शितल जुनेली

हास्छे यहाँ मसक्क मस्की बिहानी उजेली ……

पण्डित परिवारको यो खुशी गाउलेहरुलाई पनि लागेको थियो । गाउलेहरुले पनि स्बागत गरे । सबै खुशीले फूलेल भए । रामशरण आए । उन्ले भाईलाई छत्रे टोपी र हातैले छोएर समय थाहा पाउन सकिने घडी ल्याइ दिएका थिए । आफूले अमेरिकामा भाईको लागि सक्दो बुझ्दै गरेको पनि बताए । पण्डितनी बज्यै भगवान भरोसामा थिईन । सधैं मंगल चौथीको ब्रत लिन्थिन । मन मनै ' ठुला अम्रिका मा छ , त्याँ त बडे बडे जान्ने डाग्डर हुन्छ्न रे, कुनै दिन हाम्रा सानाको पनि दिन आउँला कि ! ठुलाले केही त गर्ला ! ' आमाको मन सधैं आशाबदी हुन्थ्यो । भाकल पनि गरेकी थिन उन्ले । आँफैले कातेको धागोले लाख बत्ती बालेर भगवान लाई खुशी बनाउन दत्त चित्त परेर लागेकी थिन उनी । त्यसैले फुर्सद भो कि कपास र चोखो खरानी समाइ हाल्थिन ।

राम शरण अमेरिका फर्कने फर्कने बेला भएको थियो । एक दिन साँझ पण्डितनी बज्यैले धागो कात्दै रामशरण लाई भनिन “ठुला ! बे गर बाबु !, म त डाँडा माथिको घाम हुन लागि सकेँ, बुहारी को मुख देख्न पाए, बुहारी ले चुलो चौका धानिदिए कती सुख ले मर्दी हुँ म् ! ”

“आमा ! अब एकै बर्ष त बाँकी छ, उताबाट फर्केपछी गरुँला, अहिले फुर्सद पनि छैन , फेरी जिन्दगी बिताउने कुरा हो, हातार गरेर पनि भएन नि आमा” रामशरणले भने ।

पण्डितनी बज्यैले भनिन “ल है बाबु ! अर्को साल त बुहारीको मुख देख्न पाम्ला नै मैले ? '

छोराले आज्ञाकरी बालक ले झै टाउको हल्लाए स्विकृतिमा । छेउमै बसेर आमा छोराको गन्थन सुनिरहेका पण्डित बाजेको अनुहार सूर्यदोयको उज्यालोझैँ धपक्क भो ।

पण्डित बाजेले ४ बिगाहा बन्धकिमा राखेको जग्गा पनि निखानेका थिए छोराको आगमन संगै । अमेरिका फर्कने बेलामा छोराले बा-आमा बुढाबुढी भाईसकेकाले अब खेतिपतिमा जोतिनु भन्दा बरु ४ बिगाहा जग्गा भरीनै रुख-बिरुबा लागाइदिनु मान्छे राखेर, म फर्के पछी बागबानी केन्द्र खोल्छु गाउलेहरुसँग मिलेर अरु जग्गा पनि जोडेर , भने ।

रामशरणको सपना थियो गाउँमै बागबानी केन्द्र खोलेर आफूले हासिल गरेको ज्ञान मार्फत गाउँ घरका किसानहरुलाई सक्दो सहयोग गर्ने र कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान का बिद्यार्थीहरुलाई पनि भोलिको लागि आँफै नमुना बनेर प्रस्तुत गर्ने ।

कुन माटोमा कस्तो खेती कसरी गर्नु पर्छ देखी लिएर पशु पंक्षि सम्बन्धी पनि यथेस्ट ज्ञान हासिल गरेका थिए उन्ले । आफ्नो यस योग्यता-प्रतिभालाई नेपाली माटोमा खर्च गर्न चाहन्थे रामशरण ।

१ बर्षमा अमेरिकाबाट फर्किए पछी आफ्नो सपना पुरा गर्ने बचन दिएर उ आमा, बा, भाई, गाउले सँग बिदाबरी भएर हिड्यो । अमेरिका फर्कने बेलामा काठमाण्डौ हुँदै फर्कनु पर्ने थियो । जसै काठमाण्डौ आए उनलाई कृपा गरेर अमेरिका पठाउन सहयोग गर्ने परिवार ले आफ्नै भान्जी शितलसँग विवाह को प्रस्ताब राखे । रामशरणले टार्न सकेनन । काठमाण्डौबाट अचानक खबर आयो पण्डितबाजेलाई । अहिले नै बिहा गर्ने थाहा पाएर बुढा बुढी बाल्ल परे ।

गाउँघर कै कन्या रोजेर धुम धाम ले विवाह गराउँला भन्ने सपना काठमाण्डौको बबरमहल को क्षणिक कागजमा टुङिने भो । पण्डित बाजे खिन्न भए , बज्यै खङ्रङ भाईन । पण्डित बाजेले मनको पिर लाई अनुहारमा आउन नदि सम्झाउँदै भने “हेर बुढी ! पढे लेखेको छोराले पढे लेखेकी बुहारी रोज्यो, अब आफूसँगै लान्छ रे, उता बसुन्जेल सगै बस्न, उस्को खुशीमा हामी खुशी हुनु पर्छ ' । पण्डितनी बज्यैले भनिन “यतिका थोरै दि 'ना कसरी भ्याम्ला त सरदाम जुटाउन !” पण्डित बाजेले भने “ हामी आसिक दिन मात्रै जाने हो काठमाण्डौ, सबै उतैकाले बन्दोबस्त गरी सके रे !, कोर्ट म्यरिजमा त सरदाम के चाहियो र ! ”

पण्डितनी बज्यैले भनिन , “ कोट मारिज भन्या कोट ला' र गर्ने हो हजुर ?”, “अदालत जस्तो ठाउँ मा गर्ने बे लाई त्यस्तो भन्छन” बुढाले भने ।

“ ए …… !” बुढी झन गलिन् । “ यत्रा घर आँगन हुना हुनै चोर- पुलिसका ठाममा बे ! …… ” पण्डितनी बज्यैले आशु खसालिन ।

विवाह सिद्धियो । रामशरण - शितल अमेरिका गए ।

बर्ष बित्यो, २ बर्ष बित्यो, ३ बर्ष बित्यो, ४ बर्ष लाग्यो छोरा बुहारी आएनन् । यसै बिचमा जुम्ल्यहा नाती नातिना जन्मेको खबर आयो । अहिले उनिहरुले उतै बैक बाट ऋण झिकेर घर पनि किनेछन । ' छोरो उतै फस्यो' पण्डित बाजे ले बुझे ।

बेला बेलामा छोराले पैसा त पठाए, तर त्यो पैसाले पण्डित परिवारमा खुशी ल्याउन सकेन, न्यास्रो मेट्न सकेन । झन जुम्ल्याहा नाती नातिनाको मुख देख्न नपाउदाको पिर आफ्नै ठाउँ मा थियो ।

छोराको सपना ' बागबानी फार्म ' बनाउने बगैचा पनि झाडिले भरिँदै गएको थियो । जङल भएको बगैचा हेर्दै बुढा झोक्राउँथे । बज्यै को पिरको सिमाना थिएन । आशु नझारेको दिन हुँदैनथ्यो ।

एउटा छोरा आँखा नदेख्ने अन्धो, अर्को बुढेश कालको सहारा अमेरिकामै नै बस्ने छनक बुझेर पण्डित बाजे भित्र भित्रै गल्दै गएका थिए ।

दिन नजिक आईपुगेको महशुस गरे पण्डित बाजेले । एक दिन एकान्त मा छोरा हरीशरण लाई बोलाएर भने “कान्छा ! साना ! अहिले सम्म त तेरो दाह्री, कपाल मैले नै खौरिएँ, लङौटी मैले फेर्ने काम मैले गरे बाबु, अब मेरा शेखा पछी तलाई हेर्ने बुढी आमा मात्रै हुन्छिन, म त थल्ली सकेँ बाबु , मेरो सेखा पछी नारायणी नदी नजिक छ, हाम फालेस, उतै भेटौँला बाबु - छोरा ” । हरीशरणले कुरा बुझ्यो । बुढी आमाको बोझ नबनिदे भन्न खोजेका थिए बा ले ।

नभन्दै केही दिन पछी पण्डित बाजेले प्राण त्यागे । १३ दिने किर्या सिद्दिए को भोली पल्ट् १४ औं दिनको दिन गाउँ बाट हरी शरण हराए । गाउँ ले हरुले जहाँ तही खोजे भेट्टाएनन् । बर पिपलका पातहरु ले हाबामा सररर दु:ख प्रकट गरे । साइलिले कसैले नदेख्ने गरी आशुको थोपा झारी ।

:-लुना



January 18, 2009

विवशता

शेखर ढुंगेल
अमेरीका

आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे ।

उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे । सम्पुर्ण जवानी घृणा, डर, त्रास, शोषणको बिंडो थाम्दैमा बित्यो । त्यस्तो कुनै पनि दिन भएन- आराम र शान्तिसित वितेको होस् । कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पुर्ण समय खोसेर लान्थे । रात मात्र होइन, बिहान अनि मध्यान्हसमेत उसको भएन । नचाहेको पाहुना, नचाहेको खाना, नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो । प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी । कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी । उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो- यो समाजको बन्द कोठामा चल्ने अवैध व्यवसायको लागि ।

बच्चामै आमा-बाबु गुमाएकी रोजी -रुक्मिणी) १३ बर्षै उमेरमा र्स्वर्गको भ्रमण गराउने, सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन् । रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन् ।

ठूलो घर, मोटर, नेता, व्यापारीसितको उठबस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा । सहारा विहीन अनि अभावमा पिल्सिएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना, भाग्यरेखा साँच्चिकै र्स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो । त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो ।

आज, भोलि, पर्सि गर्दै उनी बेचिंदै गइन्, लुटिंदै गइन् । मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै, थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर, डोली चर्ढाई लैजान, न त बन्यो सपनाको महल । आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पिल्सिन पुग्यो । प्रत्येक आगन्तुक उनको शुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो, तर दोहोर्‍याएर ऊ फेरि आउँदैनथ्यो ।

समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो । प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो । सडकमा उनी स्वतन्त्र हिंड्न सक्दैनथिन् । नाम-उपनामले चिन्नेहरु खिज्याउने, जिस्काउने गर्थे । त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो । एकदिन घरबेटी आमासित उनले हिसाब मागिन्, परिणाममा मनमुटाब हातलाग्यो । उनी छुट्टै कोठा लिएर बस्न थालिन् । आफूजस्तै नगरबधुसित सर्म्पर्क बर्ढाई उनीस्वयं धन्धा चलाउन थालिन् । नाम चलेका पत्रकार, नेता, समाजका ठेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे । अँध्यारो कोठाभित्र नाङ्गिएका कैयौं नकाबहरु उनको आँखामा छन् । गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन् । त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ठेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित 'सत्य सेवा' को चङ्गुलमा फस्न पुगिन् । निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपुर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी । उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन् । रोजीलाई यस पटक जिउ बेच्ने, मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले ।

रोजीको जीवन 'दो दिनकी चाँदनी फिर उही अँधेरी रात' को नियतिमा परिणत भैसकेको छ । उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भाइटीका । घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ । घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी, कसैसित मनको बह, व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई ।

सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ । उनले बुझिन्, उनको जीवन नर्कमय भैसक्यो । उनी जिउँदै मरिसकि छन् । उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन् । सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन । उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन्- कोही मुगलान पसेका, कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन् ।

अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार । कहाँ जाने, कसरी बाँच्ने- त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा । खोरबाट निस्कने दिन नजिकिंदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी- थुक्क जिन्दगी ! उनलाई थाहा छ- न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा ।

त्यही चिसो कुना, त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई । त्यहाँ कोही छैन तैपनि त्यै ठाउँमा जीवन विर्सजन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी । त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्‍यो । उनलाई पुछ्न पनि मन लागेको छैन । बगोस् सबै बगोस्, फेरि फेरि रुनु त पर्नेछैन । रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ..........। यस्तो उनको दैनिकी नै हो । एकान्त कोठामा एउटै साथी आँशु मात्रै त छ । अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के - गम्छाले ओठको कलेटी मेट्न खोज्दछिन्, त्यहाँ त धेरै छ्रि्रहरु बनिसकेका छन्.......खटखट.......टिङटिङ...ढोका खुल्दछ .........सदरखोरको सिपाहीले 'पोको-पन्तरो बोकर घर जान निस्क' भन्ने आदेश दिन्छ । रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन् । सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्‍याउँछ ।

भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको । लाशको फोटो । शीर्षक प्रायः एकै खालको हुन्छ- बेवारिसे लास पशुपति जङ्गल छेउमा ।



January 17, 2009

निशा - दमन

- लुना


आज उसको मन बेस्मरी दुखेको छ ।
नदुखोस् पनि किन ! हरपल शब्दहरुको मार्फत उ निशाको साथमा थियो ।
' नामै निशा ! मनै निस्ठुर ! ' उ भुत्भुतायो एक्लै……
यतिका मन दुखेर पनि खुशी पनि उत्तिकै लाग्या छ उसलाई आफ्नो ह्रृदयकी निशाले अवार्ड पाउदा !
निशालाई उसले बारम्बार लेख्न प्रेरित गर्थ्यो । उस्लाई थाहा थियो निशा लेखिका होइनन भन्ने कुरा तैपनी उसले के देखेको थियो कुन्नी निशाका केही कमेन्टहरुमा (शब्द हरुमा) निशालाई उ खुब उक्साउँथ्यो ।
यसरी उक्साउने माध्यम " पृथीवी" ब्लग थियो । जहाँ नेपालदेखी संसारभरका गम्भिर लेख हुन्थ्यो खास गरी बातावरण सम्बन्धि । यस्को साथै कथा-कविता - साहित्य सम्बन्धी लेखहरु पनि हुन्थ्यो त्यहा । त्यही लेखहरु सम्बन्धी विभिन्न पाठकहरुको शब्द जमघट हुन्थ्यो त्यहा । दुनियाँले भाव पोख्थे । तिनै भाब लहरीमा लहरिदै यि दुई निशा र दमनको भावनात्मक भेट भएको थियो । यस्तो लाग्दथ्यो मानौ यि दुई देबकोटाका मुना - मदन थिए । " निशा - दमन " ।

यसरी शब्द लहरीमा लहरिदै छलाङ मार्थे यिनिहरु ! कहिले निशा पछारिन्थी - कहिले दमन । दमनले मायाले उठाउँथ्यो । कहिले काही एक खुट्टे खेल्दै मायाले जिस्काएर उठाउँथ्यो । ( यहाँ एक खुट्टे खेल्दै भन्नुको तात्पर्य उ हरफै पिछे ‘???’ चिन्ह राख्दै लेख्थ्यो ) यो देखेर निशा मरिमरी हास्थी । निशा उस्तै थि , हरफै पिछे ‘!!!’ चिन्ह राख्थी । यो उस्को मनको आबाज थियो । जब जोड दिएर भन्नु पर्थ्यो अनी उ ‘!!!’ राख्थी । यो दमनले बुझेको थियो ।

जब दमन पछारिन्थ्यो तब निशाले कबिता गुन गुनाउदै उठाउथी । दमनको शब्दमा ताता थैया गरेर निशा कहिल्यै थाक्दिन थि……
मायालु शब्द भाबको लिस्नो चढेर दमन निशालाई एउटी लेखिकाको रुपमा कल्पना गर्दै फूल बर्षाउथ्यो । निशालाई यो तारिफ गर्हौ लाग्थ्यो । कहिले काही त उस्लाई दमनको तारिफ गर्ने ह्रिदय- आकाशले निशालाई थिचे झै महशुस हुन्थ्यो । निशाले आफ्नो यथार्थलाई आफ्नै मनको ऐनाबाट छर्लङ्ग हेरेकी थिई । त्यसैले एक दिन उसले मेलमा भनेकी थिई ' म लेखिका होइन दमन , मैले अहिलेसम्म कुनै किताब लेखेकी छैन ' । दमनले कुरा बुझेको थियो तर आफ्नो ह्रृदयको निशालाई बडो चतुर्याइ पूर्वक हौसला दिएर लेखिरहन्थ्यो ।निशाका शब्द शब्द्लाई तारिफका फूल माला पहिर्‍याउँथ्यो ।


निशा अब त साच्चै नै सपना देख्न थालेकी थिई । उसले सोची ' उस्को मनलाई खुशी बनाएर म दमनको सपनालाई बिपनामा परिणत गरेर उसले म प्रति वर्षाएको तारिफको गुन तिर्ने छु । साच्चै नै त्यो दिन कस्तो होला जुन दिन म एउटा लेखिकाको रुपमा चिनिने छु । कल्पना गर्दै फूलेल भएर निशाले हावामा नै "सा रे ग म प ध नि स ता धिन धिन ता" मा हराएकी थिई । निशाले अबार्ड नै जित्ने गरी लेख्न सक्नुमा दमनको प्रोत्साहन पनि एक प्रमुख कारण थियो । २०७५ पेजमा लेखिएको अत्यन्तै धेरै पेज भएको उपन्यास थियो त्यो "मथिङल खलबल" । एउटै किताबमा समाहित गर्न गार्हो भएर पुस्त्क १ , पुस्तक २ गर्दै पुस्तक ५ सम्म पुगेको थियो । एउटै उपन्यास यती धेरै पेजमा लेखिएको उपन्यास बिरलै हुन्छ्न संसारमा । यतिका धेरै पेज भएर पनि त्यो उपन्यासको हरफ हरफ यति ह्रृदय छुने थियो कि मान्छेहरु त " मथिङल खलबल " पढदा पढ्दै आफ्नो दैनिक कार्यशाला जान पनि भुलेको चर्चा -----कतिको कालेज छुटेछ ---ब्यापारीले ब्यापार गर्न भुलेछन किताब पढुन्जेल ----आदी आदी। हगांमा र चर्चाले पुरै अखबार, पत्रपत्रिका हुँदै टि.भी च्यानलहरु नै तातेका थिए ---। कोही चाँही उपन्यास पढ्दा पढ्दै खानै भुलेर भोको पेटले गर्दा बेहोश भएर ढल्दा छिमेकिले उठाएर अस्पातल ल्याउनु परेको कुरा अस्पातलबाटै हट न्युजमा प्रसारण भएका थिए । यि यस्ता अचम्म लाग्दा घटनादेखि लिएर अचम्मको पनि अचम्म अझ शताब्दी कै महा अचम्मको घटना भारतका राष्ट्रपतिले " मथिङल खल्बल " पढ्दा पढ्दै भाव विव्हल भएर हात जोड्दै भगवानलाई प्रार्थना गरेछन " हे ! भगवान ! मेरो देश सहित सम्पूर्ण संसारभर भएको एटम बमलाई बिना हानी निस्तेज तुल्याउन एउटा बैज्ञानिकको जन्म गराउ ! बरु नेपालमै गराए पनि गराउ ! हामी त्यतीखेर झेली गर्दैनौ । प्रभु ! यो मथिङल खलबलले मेरो मथिङल खलबल भो , बल्ल सत्य कुरा बुझे ! संसारलाई बचाउ ! " भन्दै क्वां क्वां रोएको दृश्य दुनियाँ भरको टि.भी. ले देखाइ रहेको थिए ।

निशालाई टि.भीमा दमनले पहिलो पटक होइन कि जिन्दगी मै पहिलो पटक देखीरहेको थियो । न काली न गहु गोरी , दाँत थोरै उछिटिएको , सागर जस्तो अथाहा थाहा नपाई सक्नु भव सागर भाव बोकेका आँखा ! हसिली - हिस्सी परेकी ! ऊ एकछिन त इन्टरभ्युको शब्दमा भन्दा पनि निशाको चलिरहेको ओठ मै हरायो - कहिले आँखामा -- कहिले निधार --- उ त हेर्दा हेर्दै लोलाएछ ---। बिज्ञापनमा  ढाटाटाऽऽटाराम !!! गर्दै कुन चाँही औषधीको क्याप्सुल खादा मुसा सिंह भएको देखाउँदा पो उ निशाको मोहनीबाट ब्युझियो । निशा टि.भी. मा थिईन । बारम्बार मुसा सिंह बनेको बिज्ञापन दोहोरिएर आइरहेको थियो । उस्लाई झर्को लाग्यो । टिभी अफ गर्‍यो ।

उस्ले समाचारपत्रहरुमा " मथिङल खलबल " को हङागामा पढेपछि बजारमा उक्त किताब किन्न गएको थियो । नेपालदेखि टाढा पृथ्वीको अर्को कुनाको शहरमा त्यो नेपाली पुस्तक बेच्ने पुस्तकालय मुश्किलले भेटेको थियो । प्रथम सस्करण मै किताब सिद्दिएको थाहा पाएर उ निराश भएको थियो । अनी खुब चित्त पनि दुखाएको थियो निशासँग । कम्तिमा पनि यसो यो कुराको जानकारी त दिनु पर्छ मलाई ! उस्ले निशाले आफूलाई यतिसम्म भन्नु पर्ने अधिकार नै झै गरी सोचेको थियो । बजारमा जे कुराको पनि जब अनिकाल शुरु हुन्छ तब त्यसको दोब्बर, तेब्बर मूल्य तिरेमा त्यो बस्तु पाउन सकिन्छ भन्ने तथ्य बाट उ अनभिज्ञ थिएन । त्यसैले तेब्बर मुल्य तिरेर उक्त किताब खरिद गरी छाडेको थियो । यसरी दमनले २०७५ पेजको किताब पुरा दिन लगाएर पढेको थियो । पुरै किताब पढि सके पछी एक्दमै खुशी भएको थियो र एक्दमै चित्त पनि दुखाएको थियो । कुनै एक शब्दमा पनि उस्ले दमनलाई सम्झेकी थिइन । केही आभाष त दिनुपर्छ ! निशा यती निस्ठुरी ! उ ताजुब भएको थियो । बेस्मरी दौड जितेर थाकेको खेलाडी जस्तो भएको थियो उसको मन । उ एकोहोरो आफ्नै कोठाको चारै भित्ता र यत्रतत्र छरिएका किताब - प्राक्टिकल गर्न बाँकी रहेका पानाहरुमा आफूलाई भुलाउने क्षणिक कोशीस गरिरह्यो । कहिले भित्तामा टागिएको तैलिए चित्रमा मनलाई अल्मल्याउन खोज्थ्यो कहिले गमालामा हरिताम्मे झागिएको टि ग्रास भित्र हराउन खोज्थ्यो । टि-ग्रासमा दुई तीन-दिन देखि पानी राख्न भुलेको रहेछ क्यारे ! उस्कै मन झै मुर्झाएको देख्यो । उठेर एक मग पानी खन्यायो गमलामा । निशालाई टि ग्रास मन पर्छ । यो उस्लाई थाहा थियो । एक छिन् हेरी रह्यो टि ग्रासलाई । अँह ! मन भुलेन । यत्रतत्र छरपस्टिएका बस्तुहरु झै भो आज उस्को भाबुक मन । उस्लाई आफ्नै मनदेखि माया लागेर आयो । निस्ठुरी निशा ! उ फेरी भुत्भुतायो ।

उ बाहिर निस्केर मनलाई भुलाउने बिचार गर्‍यो । आज माइनस १० पुगेको छ बाहिर । दुई हप्ता देखी लगातार हिउ परेको पर्‍यै छ , रोकिएको छैन । उस्ले सकेसम्म को न्यानो लुगा लगायो झ्याउ नमानी । उ सकेसम्म गर्हौ लुगा लगाउ नै मन नपराउने मान्छे । त्यसैले अरु बेला जाडोमा बाहिर निस्केर हात खुट्टा तन्कौनु भन्दा कोठा भित्रै ब्याम गर्थ्यो । कहिले काही निशासँग च्याटमा कुरा हुँदा ' ब्यायाम गर्दै छु ' भन्थ्यो । निशाले 'कस्तो अल्छि मान्छे ! कोठा भित्र बसेर ब्यायम गर्नु भन्दा बरु न्यानो लुगा लगाएर २ कि मि हिंडे ब्यायाम पनि हुन्छ , तिम्रो मथिङल पनि तिम्रो आँखाले रसस्वादन गरिरहेको स्बाद सँगै भुल्दा आराम त पाउछ मथिङलले ! भनेर कराउथी । अनी उ ‘ल ! ल! अब जान्छु’ भन्थ्यो । मन्मनै यो मेरै छेउमा हुँदी हो त मलाई धकेलेरै बाहिर पठाउथी होला भन्दै फिस्स हासेको थियो ।

अहिले उ ' मोरी ' ! भन्दै फत्फतायो । माथि काठे किल्लामा उनिको मफलर अड्कियो । तान्यो आएन । कुर्ची माथि टेकेर बिस्तारै झिक्यो । झन्डै न उध्रिएको ! यो मफलरसँग पनि उस्को आत्म कथा गासिएको छ । घाटिमा दुई फन्को मार्दै उस्ले निशाको कबिता सम्झियो -- , आउ रङ्गमा समाहित होउ ,
रङ्ग नै त हो नि जिबनलाई रङ्याउने
आउ ! रङ्गमा घुलिदेउ
जिबनलाई उमङ्ग देउ ---
अरु हरफ भुल्यो अहिले उस्ले ।
यो कुनै उच्च कोटिको हाइफाइ कबिता त थियो कि थिएन उस्लाई पनि थाहा भएन तर भावनालाइ भने खुब छोएको थियो दमनको मनलाई ।

त्यही दिन अर्थात कबिता पढेको दिन कै साँझपख उ क्रिस्मस मार्केट तिर गएको थियो टहलिन । चिसो अत्यधिक बढ्दै थियो । क्रिस्मस मार्केटको रमझमले चिसोलाई भुलाउन खोजे झै भान हुन्थ्यो । साउथ अमेरिकनहरुले उनिबाट बनेका थरी थरीका सुइटर - पन्जा - मफलर आदी झुन्डाएका थिए । उ त्यो हेर्दै काठमान्डौको ठमेल तिर झुन्डाइने उनिका स्विटर - मफलरले सजिएका रोड सम्झिरहेको थियो । अनायसै एकदमै कलरफूल मफलरमा उस्को आँखा टासियो । आजै दिउसो तिर निशाको ' रङ्गमा रङ्ग घोलिदेउ ' कबिताले उस्लाई रङ्याइ रहेको थियो । त्यसैले पनि होला उस्को त्यही रङिन मफलरमा आँखा टासिएको । उस्लाई त्यो मफलर मानौ निशाले नै बुनेर त्यहा उसैको लागि राखिदिएको जस्तो पो लाग्यो । उस्ले त्यो मफलर किन्यो र कान छोपिने गरी घाटीलाई दुई फन्को लगाएर एक भाग पछाडि र अर्को भाग आफ्नो छाती सम्म पुग्ने गरी छोड्यो ।
बिस्तारै हातले मफलरलाई छुदै आफ्नै छातीमा हात पुर्याउदा मफलर मानौ निशाको कोमल हात भएर उस्लाई सुम्सुम्याइरहेको भान भो उस्लाई ।
उ एक्लै फिस्स हसेको थियो । अहिले त्यो मफलर छुँदा फेरी उ फिस्स हास्यो र बाहीरियो । मुटु काप्ने जाडो ! हिउमा बुटले कुल्चदै उ सडकको किनारै किनार हिडिरह्यो । आज उस्लाई हट रेड वाइन पिउने इच्छा भो । केही परको बारमा पस्यो । हट वाइन मगाएर उ झ्यालबाट बाहिर हेर्दै सोचिरह्यो । हट वाइन आइपुग्यो टेबलमा । तातो भएकोले वाइनबाट बाफ उडिरहेको थियो । उस्ले बाफलाई फू गर्‍यो । वाइनमा तरङ्ग आयो । बाफ पनि दाया बाया हुँदै उडिरह्यो । उ उडिरहेको बाफलाई हेर्दाइ फेरी अतितमा हरायो ।
एक दिन उस्ले निशालाई घुर्की लगाउन आफूले वाइन खाएर रात कटाएको कुरा शब्द मार्फत घुर्काएर लेखेको थियो । बिचरी निशाले साचै पत्याएर यस्तरी लेखेकी थी’ कि प्रत्यक शब्द शब्द निशाको आशु बनेर बोली रहे झै लागेको थियो उस्लाई । पछी पछुताएर ' होइन यसो पो त ' भन्दै पुन शब्दलाई मोडेको थियो निशाको मन ढुक्क बनाउन ।

यति तड्पिन्थ्यो उ निशाको पिरमा । वाइनबाट बाफ निस्कन छोड्यो । उ अतितको तन्द्राबाट ब्युझियो । हेर्दा हेर्दै वाइन चिसै भएछ ! चिसै वाइन एक घुट्को मै तन्कायो । फेरी हट वाइन मगाउ कि झै लाग्यो तर मगाएन । निशाले शब्द मार्फत नशा लाग्ने गरी अल्कोहल नखानु भनेर कसम खुवाएकी थिई । उ अल्कोहोलिक पनि थिएन । एक पेग - दुई पेग गर्दै लियो भने गिलासका गिलास रित्तिन सक्छ र उस्ले निशालाई दिएको बचन पनि रित्तिन सक्थ्यो फेरी बचन संगै जिबन पनि त रित्तिन सक्थ्यो ! यो उस्ले राम्रै बुझेको थियो । उ अपार्ट्मेन्टमा जान हतरियो । उ बारबाट बाहिरियो । फर्कदा अघी आफूले डोब दिएका हिउँहरु जस्ताका तस्तै थिए । उ त्यही डोब - डोब माथि कुल्चदै हिडिरहेको थियो । यसो गर्दा उस्लाई आनन्द आइरहेको थियो । आफ्नो एक्छिनको केटाकेटी मनतिर हरायो। उस्लाई यतिखेर निशा पनि त्यसै गर्दै छे जस्तो लागि राखेको थियो । उ फेरी एक्लै फिस्स हास्यो। अनि उ अहिले कोठामा आइपुग्यो । एक हप्ता भएको थियो निशाको मेल नाआएको । उस्लाई मेल खोल्न पनि मन लाग्याथेन । तर के सोच्यो कुन्नी ल्याप टप अन गर्‍यो । ल्यापटपसँग रिस पोख्दै पावर बटनमा बेस्सरी थिचेर अन गर्यो ! निशाको १७ वटा मेल आइसकेको रहेछ --------!!!!उस्ले आँखा चिम्म गर्‍यो ! गहिरो सास फेर्‍यो ! मेल खोलुँ कि नखोलुँ मन दोधार भो !पहिलो थियो -- दमन ! तिमी कहाँ छौ ? खुशीको खबर सुनाउनु थियो तिमीलाई !
दोस्रो -- मैले अबार्ड पाए नि !
तेस्रो -- तिम्रै प्रेरणाले लेख्न घच्च्याएको थियो मलाई
चौथो -- यस्को हकदार मेरो आत्माले तिमीलाई मान्छ --
पाचौ --एबम रितले
---
--
पन्ध्रौ -- किन रिप्लाई गर्दैनौ ?
सोर्हौ -- तिम्रो बधाई बिना मेरो खुशी अधुरो हुने छ ---
सत्रौ -- त्यो एउटा जिबन को पार्ट थियो , जस्लाई केही फिक्सन मिसाएर कल्पनाको क्यानभासमा मैले रङ्ग दिएकी थिए । रङ्गले मूर्त रुप लिएर सजिएछ । त्यो कल्पनाको लहरमा पौडिरहदा मैले तिमीलाई भुसुस्क्कै बिर्सेंछु ---त्यसरी पौडिन सिकाउने तिमी नै थियौ ---, पौडिन रहर जगाउने पनि तिमी नै थियौ --- दमन ! एक शब्द पनि तिमी प्रति नलेखेर मैले मन दु:खएकी छु तिम्रो । तिमी अहिले मेरो शब्द अगाडि बसिरहेका छौ -- यो पढुन्जेल मनमनै 'मेरी प्यारी निशा' पनि भन्दै छौ । केही शब्द त लेख --दमन !
म तिम्रो शब्दको पर्खाइमा छु !
निशा



January 14, 2009

लुना द न्यु ब्लगरको - मथिङ्गल खलबल

- लुना

प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब " पृथ्वी " ब्लगमा उस्को एक पाठक (मायालु साथी नै भनु) बहुलाएकी खबर पढ्यो तब उस्को आत्माले निर्क्योल गर्‍यो उ नेपाल जानेछ र चन्द्रालाई भेट्नेछ । यसै पनि उसलाई अक्टोबरमा पारिवारिक भेटघाटकोलागि नेपाल जानु थियो । जसो तसो उ जुलाईमा मिलाएर गयो । आज जुलाई ९ तारिखको दिन उ काठमान्डौ एअरपोर्टमा पाइला राख्दै चन्द्राको ठेगानामा पुर्याइदिन ट्याक्सी ड्राइभरलाई अनुरोध गर्छ ।

ट्याक्सी एअरपोर्टबाट हिंड्यो । गेट बाहिर पुगेपछिको भिषण ट्राफिक जामले उसलाई गोगबु प्रहरी चोकसम्म पछ्याइरह्यो । यसै त चिसो मुलुकबाट फर्किएको उ झन काठमान्डौको जुलाइको गर्मीले असिन पसिन भयो । झन चन्द्राको अत्यासले उ निस्सासियो । ट्राफिक जाममा परेका सवारी साधनका धुँवाले उसको नाकलाई पोल्दै फोक्सो र मुटुसम्म पुगेर कुस्ती खेलिरहेको थियो । उ ती कुस्ती खेली रहेको धुबालाई बेवास्ता गर्दै आफ्नै मथिङ्गलसँग कुस्ती खेलिरहेको थियो त्यो ट्राफिक जामको पट्यार लाग्दो पर्खाइ भित्र ।

उस्ले चन्द्रालाई कम्प्युटरमा "ज्ञ" टाइप गर्न सिकाएको थियो । कस्तो क्षण थियो त्यो ! "प्रकाश सर ! ज्ञ लेख्न आएन मलाई !" चन्द्रा भन्थि, अनि प्रकाशले यसो गर उसो गर भन्दा चन्द्रा यताउता टाइप हान्दै दिक्क भएकी थिई । त्यही बेला प्रकाशले चन्द्राको औंला समातेर "यि यसरी टाइप गर" भन्दा कस्तरी दुबैको जिउ सिरिङ्गग भएको थियो ! प्रकाशको छातीले चन्द्रालाई घप्लक्कै छोपेर टाइप सिकाउदा चन्द्रा फत्रक्कै गलेकी थिई । एक छिन् त तातै भएर संसार नै आगो बले जस्तो देखेकी थिई , त्यस्तै महशुस प्रकाशले पनि गरेको थियो । त्यसपश्चात दुबै झस्किएर अलग भएका थिए । यिनै मिल्तीका दिनहरुमा चन्द्रा र प्रकाशको बिचमा देशको परिस्थितीको बारेमा गम्भिर छलफल हुन्थ्यो । दुबै अत्यन्तै चिन्तीत थिए आफ्नो मुलुकको लागि । दुबै बिदेशमा तर आत्मा दुबैको नेपालमा थियो । अन्य कुरामा छेड् छाड् भएर झगडा परे जस्तो भए पनि जब नेपालको विषयमा कुरा निस्कन्थ्यो तब दुबै एकै भावले गम्भिर हुन्थे । कुरा गर्दै जादा दुबैको आँखामा आशु भरिन्थ्यो । कहिले काही प्रकाशले भन्ने गर्थ्यो "चन्द्रा ! तिमी सार्है भाबुक छ्यौ , पागल हुन्छ्यौ है यसरी सोच्न थाल्यौ भने !" चन्द्राले जिस्किएर भन्थी - "पागल भए तिमीले सम्हाली देउला नि त मलाई ! बरु त्यो दिन छिट्टै आओस ! म तिमीलाई यही बहानामा निस्फिक्रीसँग अगालोमा बाध्ने थिए ।" चन्दाले यसोभन्दा प्रकाश बेसरी तर्सिएको थियो ! साच्चैको कल्पना गरेर ! त्यो देखेर चन्द्रालाई दया माया लाग्यो । उसले त्यतिबेला "धत ! जोक पो गरेको त !" भनेर प्रकाशलाई फुल्याएकी थिइ ।

प्रकाशको जिन्दगी नै साहित्यक क्षेत्र थियो । यसैमा उ आफूलाई जिउदो पाउथ्यो । त्यो चन्दाले पनि बुझेकी थिइ । उ जतीखेर प्रकाशको लेख प्रकाशित हुन्थ्यो उत्ती नै बेला पढेर त्यसमा प्रतिकृया जनाइहाल्थी । खान-निदाउन यतीसम्म कि ट्वाइलेट जाँदा पनि प्रकाशको लेख पढेर उ सोच्थी कहाँ के प्रतिकृया दिनु पर्छ भनेर । चन्द्राको यो झक्झक्याउने उर्जाले प्रकाशलाई सधैं लेख्न प्रेरित गरिरहन्थ्यो । यस्तै यस्तै नाताबाट आज चन्द्रा प्रकाशको हृदयमा बसेकी थिइ । जब प्रकाशले उसको प्रिय मित्र बहुलाएको खबर "पृथ्वी" ब्लगमा पढेको थियो तब देखि प्रकाशको शान्ति हराएको थियो ।

उ यस्तैकुराहरु सोच्दै थियो, परबाट एक हुल आन्दोलनकारी 'जिन्दाबाद ' ! 'मुर्दाबाद ' ! नारा लगाउंदै अगाडि बढिरहेका थिए , उ अतितबाट झस्कियो । "ओहो......!" पर मान्छेको हुल देखेर उ दौडिएरै चन्द्राको घरसम्म पुग्ने बिचार गर्‍यो । उस्ले ट्याक्सी ड्राइभरलाई भन्यो, "दाई ! पैसा लिनुस् ! म दौडिएर जान्छु ।" ड्राइभरले भने, "भो, ओहो ! हजुर ! कसरी त्यति टाढा पुग्नसक्नु हुन्छ ! एकछिन् पर्खनुस् !" प्रकाशले भन्यो, "दाई ! सक्तिन म पर्खन ! यहाँ एक छिन् पनि पर्खिन सक्तिन म ! मेरो यो छ्ट्पटिएको मनले बरु दौडिएर नै शान्ती प्राप्त गर्ला ! म एक मिनेट पनि यो समयसँग रोकिन सक्तिन !" उ आँफै नै बहुला झै दौडियो ! करीब साँझतिर उ चन्द्राको बासस्थान भएको गाउमा पुग्यो । चन्द्राको तस्बिर देखाउंदै घर सोध्यो । अलि पर पुगे पछि चन्द्राको घर आयो । जसै जसै चन्द्राको घर नजिक आएको थियो उसको मुटुको धडकन निस्सासिएर बढी रहेको थियो .......... उसले गेटको प्वालबाट चियाएर हेर्यो ! चन्द्रा बरन्डामा बसेर एक्लै फत्फताइ रहेकी थिइ .... "प्रकाश ! प्रकाश ! उमालाई बचाउ ! !! प्रकाश त्यो मलाई पनि मार्न आउँदै छ !" अनी एकै छिनमा उ फेरी हास्न थाली !

"मथिङ्गल खलबल "


January 3, 2009

सडक सुनसान् छ ।

पोस्तक श्रेष्ठ
मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका छानाहरुलाई, रुखहरुलाई। सडक पनि सुनसान् छ-उनको जीन्दगी जस्तै। पर पर सम्म कोही देखिदैन। हिंउ अविरल् परिरहन्छ। उनी अतितको गर्भमा बिलिन हुदै जान्छिन्। हराउंदै जान्छिन्।उसले उनीलाई स्कूलदेखि नै मनपराएको रहेछ। कलेज पुगे पछि भने औपचारीक प्रस्ताव आयो। तर त्यो प्रेम प्रस्तावलाई उनले त्यति गम्भिररुपमा लिईनन्। उनी आफैंलाई थाहा छैन, उनी कुन पदार्थले बनेकी थिईन् तर उनीलाई यो प्रेम भन्ने चिज बिल्कुलै महसुस् भैरहेको थिएन। प्रेममा केही दर्द हुन्छ, भावुकता हुन्छ, केही तडप, केही रोमान्च हुन्छ। उनलाई यो सब केही पनि त भैराखेको थिएन ।मानौं उनमा कुनै संवेदना नै थिएन। उनको ध्यान कहि कतै थियो त पढाइमा, व्यक्तिगत बिकासमा। तर उसंग घुमफिर्, भेटघाट, पार्टी भने मज्जैसंग हुन्थ्यो। धुलिखेल्, नगरकोट, थानकोट, गोदावरी, ककनी कुनै घुम्ने ठाउँ बाकिराखेनन् । उसले बेला बेलामा मौका छोपेर प्रेम प्रसंग ल्याउथ्यो। "ठिकै छ नि, म यहिं छदै छु नि, अहिले नै बिहे गर्ने हो र" उनले टारिदिन्थिन्। उ त्यसपछि चुप लाग्थ्यो।

आईएस्सी पछि उ पढ्न भारत गयो केही बर्षको लागि । तर उसले हरेक महिना जस्तो पत्र लेखिरहन्थ्यो। इन्टर्नेट, इमेल् आइसकेको थिएन। उसको दुई-तीन पत्र पछि उनी एउटा पत्र लेख्थिन्। उसको पत्रमा मायाको कुरा हुन्थ्यो, हरेक सुख-दु:ख् बांड्ने कुरा हुन्थ्यो। जीवन भरको साथको कुरा हुन्थ्यो। तर उनी पढाइको कुरा लेख्थिन्, भविष्य निर्माणको कुरा लेख्थिन् । उसले सिविल इन्जिनीयरिंगको डिग्री लिएर नेपाल फर्कियो र एउटा जलबिद्युत परियोजनामा काम पनि गर्न थाल्यो। यता उनीले पनि स्नातक सकिन् र एउटा गैर सरकारी संस्थामा जागीर खान थालिन्। अब उसले बिहेको लागि जोड गर्न लागेको थियो। तर उनी अझै बिहेको लागि तयार थिइनन्। उनको लक्ष अझ पर पर सर्दै थियो। अब उनी जीम्याट परीक्षाको तयारी गर्न लागिरहेकी थिइन। उनी एम् बि ए पढ्न अमेरीका जान चाहन्थिन्। उनी डीभी फर्म पनि भरिरहन्थिन् र उसलाई पनि डीभी फर्म भर्न उक्साइरहन्थिन्। तर उ विदेश जान त्यति लालायित देखिन्थेन। उ त्यति धेरै महत्वाकांक्षी थिएन। उसको पारिवारीक आर्थिक स्थिति ठिकै थियो। उसले हासिल गरेको शिक्षा र उसको नोकरीमा उ संतुष्ट देखिन्थ्यो। उसले उनलाई संझाउने हर कोशीस् गर्‍यो।

हेर- हामीले एक् तहको शिक्षा हासिल गरिसक्यौं। हामी दुबैको जागीर र आम्दानी पनि राम्रो छ। नेपालमा हाम्रो जीवन आरामदायी नै हुनेछ। हामीलाई किन विदेश जान पर्‍यो र। आफ्नै देशमा बसौं। उमेर ढल्किन लागेका बाबु-आमालाई छोडेर जानु राम्रो होइन। उनको जवाफ हुन्थ्यो -हेर, तिमी जे सुकै भन, म कुवाको भ्यागुता बन्न चाहन्न। मेरो गन्तब्य अझै टाढा छ। मेरो लक्ष अझै प्राप्त भैसकेको छैन। म औसत नेपाली भन्दा माथि पुग्न चाहन्छु। तिमी पनि जी आर इ तयारी गर। हामी दुबैजना संगै अमेरीका जानु पर्छ।

अन्तत: उ अमेरीका जान राजी भएको थियो। उसलाई मन त थिएन, तर उनको चाहनाको अगाडी उसले आत्मसमर्पण गरेको थियो । त्यसपछि उसले पनि जी आर ई को तयारी गर्न थालेको थियो। दुबैले अमेरीकाका विश्वविध्यालयहरुमा पत्राचार पनि थालेका थिए। दुबै जना खुशी नै थिए। सबै कुरा सहजरुपमा अघि बढिरहेको थियो। अकस्मात, एउटा अनपेक्षित कुरा भयो। । उनलाई एउटा नातेदार मार्फत् अमेरीका बाट बिहेको प्रस्ताव आयो। युवक अमेरीकी पासपोर्टवाला रहेछ। त्यसपछि उनी अब उ बाट तर्केर हिंड्न थालेकि थिईन्। अमेरीकी राहदानीवाला संग बिहे गरेर जान पाउनु भन्दा अरु सजिलो उपाय अरु के हुन सक्छ र। उनले प्रस्ताव सहर्ष स्वीकार गरिन्। युवकको बारेमा धेरै सोधिखोजी गर्न जरुरी पनि ठानिनन्।

यता उसलाई भनिन्, माफ गर, घर परिवारले मेरो बिहे अन्तै छिनिदिएछन्। तिम्रो मेरो साथ यहाँसम्म मात्र हुने भयो। तिमीसंग बिताएका क्षणहरु मेरो लागि सम्झना रहने भयो। यो सुनेर उ स्तब्ध भएको थियो।

उनको अमेरिकी राहदानीवाला युवकसंग टिकाटाला भयो। त्यसपछि फियान्से भिजामा अमेरीका प्रस्थान् अनि अमेरीकामा बिवाह। तर उनीलाई यी सबै बिकासक्रम् एउटा यान्त्रिक घटना लागिरहेको थियो। पति साधारण युवक् थिए। अमेरीकी पासपोर्ट बाहेक आहा भन्नु पर्ने खास केहि थिएन। शिक्षा अन्डर् ग्र्याड मात्र। सेप्टेम्बर ११, २००१ पछिको आर्थिक मन्दीमा परेर जागीरबाट बर्खास्तगीमा परेपछि एउटा भारतीयको रेस्तुरेन्टमा कार्यरत। उनका संगतहरु पनि आम मानिसहरुसंग। जो संग पनि बोल्ने, हल्का-फुल्का कुरा गर्ने। यथार्थ कल्पना भन्दा नितान्त फरक। उनी खिस्रिक्क परिन्। तर यी सबै कुराबाट ध्यान् हटाएर पढाइ जारी राख्ने निधो गर्छिन्। श्रीमानबाट कुनै आपत्ती हुंदैन।

उनी पुर्णकालिन बिध्यार्थी भएको कारण श्रीमानले दुई-दुई ठाउंमा काम गर्न थाल्छन्। कोठाको भाडा, रासन पानी, स्वास्थ्य बीमा, कारको इन्स्टल्मेन्ट, फोनको बील, बत्तीको बील र उनको कलेजको शुल्क समेतको भार सबै श्रीमानको थाप्लोमा पर्छ। उनको एम बी ए सकिन्छ। एउटा राम्रो कम्पनीमा जागीर पनि मिल्छ। छिट्टै ब्यबस्थापकीय तहमा पदोन्नती पनि हुन्छ। तर श्रीमानसंग खटपट पनि बढ्दै जान्छ। शिक्षा कम् भएको, तल्लो स्तरको जागीर र संगत पनि तल्लो स्तरकै मानिसहरु । भित्र भित्र दबिएका यी बिषयहरु सतहमा निस्कन्छन्। उनको संगत भने उच्च तहमा, धेरै पढेका, राम्रो जागीर भएका, एलिट वर्गमा हुन्छ। भिन्नता बढ्दै जान्छ। दूरी बढ्दै जान्छ र अन्तत: पार पाचुके हुन्छ। आफुले डीग्री हासिल गरुन्जेल् श्रीमानले भोग्न परेको दुंखको यहाँ सम्झना हुँदैन।

त्यसपछि, उनको हिमचिम एउटा गोरा सहकर्मीसंग हुन्छ। लन्च डेट, डिनर् डेट हुदै सम्बन्ध बेडरूम सम्मै पुग्छ। उनीहरु अब एउटै अपार्ट्मेन्टमा बस्छन्। पश्चिमा संस्क्रिती-ब्वाइ फ्रेन्ड-गर्लफ्रेन्ड । बेला बेलामा उनी बिवाहाको कुरा ल्याउछिन्। हनी, बिवाह पछि त प्रेमको अन्त्य भैहाल्छ नि। हाम्रो प्रेमको अन्त्य होस भन्ने म चाहन्न। गोरेले कुरा टारीदिन्छ। समय बित्दै जान्छ। उनका आँखा वरीपरि अब उमेरका रेखाहरु देखा पर्न थालेका छन्। हाँस्दा गालामा चाउरी पनि पर्न थालेछ। फुलेका एक्-दुई केश राशी पनि देखिन्छन्। गोरे केटा साथी पनि अब पहिले जस्तो रमाईलो छैन। घर पनि ढिलो आउने, केही भन्दा झनक्क रिसाउने, कहिले आउदै नआउने गर्न थाल्छ। उसको इमान्दारीतामा शंका लाग्छ। केही दिनको चियो- चर्चा पछि गरे पछि पत्ता लाग्छ-उ अर्कै तरुनीसंग लहसीसकेछ। उनी अकासबाट खसेजस्तो हुन्छिन्। पत्ताल् धसिए जस्तो हुन्छिन्। तर उनी के गर्न सक्थिन् र? अब गोरे साथी संग बसिरहनुको कुनै अर्थ छैन। उनी अब एक्लै बस्छिन्। उनी नितान्त एक्लै हुन्छिन्। साथ छ त उनको एकाँकीपन। साथ छ त उनको अतित । महत्वाकांक्षाको उडान अब सकिएको छ। उनी अब अवतरण भैसकेकीछन्, यथार्थको धरातलमा।


पर चर्चमा घन्टा बज्छ। उनी अतितको घुम्टोबाट बाहिर निस्किन्छिन्। यतिबेलासम्म हिँउ थामिईसकेको हुन्छ। सडक अझै सुनसान छ-उनको जीन्दगीजस्तै।



January 1, 2009

लघु कथा - ''ब्यक्तित्व परिचय

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो, जस्मा त्यही गाउँका गिनेचुनेका मै हुं भन्ने नेताहरु र समाजसेवी भनाउँदाहरु नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाट्टिएर उपस्थित भएका थिए। उनिहरुका गफहरु पनि त्यस्तै ठुला ठुला थिए। सबैले नै एकअर्कामा आ-आफ्नै छोरा,छोरिहरु र आ-आफ्नै बढाइ चडाइका कुराहरु गरिरहेका थिए। त्यहि बिचमा एउटा भद्र भलाद्मी हुँ भन्नेले पोशाकको बारेमा केही कुरा भनी रहेको थियो। जुन कुरा यस् प्रकार थियो। ''साचै भन्ने हो भने मान्छेलाई पोशाकले पनि उस्को ब्यक्तित्वको परिचय दिन्छ। जस्तै भनुँ न, एउटा राष्ट्रभक्त नेताको चिनारी नै दौरा सुरुवाल हो। आजकलको फेशन छ नि ठुला ठुला लुगा लगाउने,च्यातिएको जस्तो लुगा लगाउने,टोपी फर्काएर लगाउने यी यस्ता फेशन गर्नेहरु पडाइमा पनि असफल हुन्छन,बानि ब्यहोरा पनि ठीक हुँदैनन। यस्ताहरुबाट समाज, देशले के आशा गर्ने ? त्यसैले मैले त मेरा छोरा,छोरिहरुलाई यस्ता लुगाहरु लगाउन बाट बन्चित गरेको छु। भरसक कुनै कार्यक्रममा जादा अझ नेपाली दौरा,सुरुवाल लगाएर जानु भन्छु। आज मैले मेरो छोरालाई यो कार्यक्रममा दौरा,सुरुवाल नै लगाएर आइज भनेको छु । त्यो आज दौरा,सुरुवाल लगाएर नै यहाँ आउछ। आज्ञाकारी छ, मेरो बचन काट्दैन। आशा छ त्यो पनि म जस्तै देश,समाज सेवक नै हुन्छ भन्ने...”। 

उक्त ब्यक्तिले आफ्नो भनाइ पूरा गर्न नपाई अर्को एकजनाले आफ्नो भनाइ शुरु गर्‍यो। "...खै! म पनि त मेरो छोरालाई कत्ती भन्छु यस्तो लुगा नलगा भनेर तर मान्दैन। त्यस्ले त त्यस्तै,त्यस्तै लुगा लगाउछ र मलाई उल्टै जवाफ दिन्छ। '' बुवा मान्छेको भित्री मन सफा हुनुपर्छ, सोचाइ फराकिलो हुनु पर्छ, देशप्रतिको भावना स्वछ हुनुपर्छ। त्यही हो देशप्रतिको आस्था। दौरा,सुरुवाल लगाएर मात्र देशको जयगान गाएर मात्र उन्नती हुँदैन। खै त !देशको उन्नती हुने भए यहाँ जत्ती पनि दौरा,सुरुवाल लगाउने नेताहरु छन अथवा थिए के ती सबै देशभक्त नै हुन त ?, यदी त्यसो हो भने आज देश किन यो स्थितिमा पूग्थ्यो त ? किन ती नेताहरु आज भ्रष्ट र घूसखोरीको नामले चर्चित छन त?, तपाइ आँफै सोंच्नुहोस् त ?, तपाइहरु जस्तै दौरा,सुरुवाल लगाउनेहरु नै होइनन देशका नेताहरु ? कि हामीजस्ता लुगालगाउनेहरु हुन त ? खै त ! मैले पनि त यस्तै लुगा लगाएर नै पनि कक्षामा पहिलो भएकै छु। म आफु इमान्दार छु। घर समाज,देशको बोझ भएको छुइन जस्तो लाग्छ। बरु हजुरहरुलाई पो अनेक अनेकका आरोप,प्रत्यारोप हरु खप्न परेको मैले देख्दैछु। बरु हामी त भविश्यमा केही गरौ भनेर लागि परेका छौ... ''

उस्ले आफ्ना छोराका भनाइहरु पूरा गर्न के लागेको मात्र थियो। यत्तिकैमा दुइजना पुलिसहरुले एउटा जवान दौरा,सुरुवाल लगाएको केटोलाई घिसार्दै नानाथरी भन्दै त्यही सभा स्थलतिर ल्याइरहेको थियो, जुन केटोको बुवाले अलिक अगाडिमात्र आफ्नो छोरा,छोरिको प्रसङ्मा पोशाक र ब्यक्तित्वको बर्णन गरिसकेको थियो। उसैको छोरालाई नै दौरा,सुरुवालमा ठाट्टिएकै अवस्थामा पुलिसहरुले त्यो अव्स्थामा ल्याएको देखेर सबै अवाक बनिरहेका थिए। पुलिसहरुले उस्लाई मनपरी भनी रहेकाथिए “तँ नै होइनस लुकिचोरी ड्रग्स खाने?, अनी अरु साथीहरुलाई पनि खान वाध्य गर्ने ?, ल भन अब यस्तो कार्य गर्छस कि गर्दैनस?, राष्ट्रिय पोशाकको बेइज्जत गर्छस?'' यसरी अनायस त्यहाको वातवरण बद्लिन गएकोमा सबै किंकर्तब्यबिमूढ भए। यत्तिकैमा अर्को यौटा जवान ठिटो त्यहा उपस्थित भयो जस्ले चाँही आफु कलेज फर्स्ट भएको खबर आफ्नो बुवालाई सुनाउन आएको थियो जुन केटोको पोशाक भने त्यस्तै थियो जुन पोशाकको अगाडि नै नकारात्मक कुरा त्यही दौरा,सुरुवाल लगाएर पुलिसको फन्दामा पर्ने केटोको बुवाले जनाइ सकेको थियो। यसरी त्यहा भएको घट्नाले सबै मौन बने अनी पोशाकले ब्यक्तित्व परिचय दिन्छ भन्ने कुरामा सोंच्न वाध्य बने।



December 30, 2008

चिट्ठी --आमा लाई

शेखर ढुंगेल
नेपाल आमा,

सास्टाङ्ग दण्डवत!

फोन मा हिजै कुरा त भा’को हो, तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ भनी लाइन काटियो ।तिमी निरास होउली भनेर यो चिट्ठी लेख्दै छु ।हुलाकी छोरा ले नहराइ हडताल नगरि बेलै मा पुर्‍याइ देला भन्ने आसा राखेको छु ।

तिमी भन्न खोज्दै थियौ क्यारे अँग अंग मा पिडा छ ।कतै पोलेको कतै काटेको घाऊ शरीर भरी छरे , के गर्छेउ त म टाढा छु ,तन मन पल पल मा तिमी नै माथि छ ।तैपनी त्यस्को के अर्थ लाग्दछ र ?। मैले आसुँ पुछ्न नखोजे को होइन । तिम्रो बाँकी क्रान्ति कारी सन्तान ले ए छाड् हामी गर्छौं सेवा भनी मलाई धकेले ।अहिले तिनीहरु तिम्रो आस्तिव नै नमान्ने भाका छन रे तिम्रो जन्म दिन पनि नमनाउने भनी एकमत भएका छन रे ?। तिम्रो पुर्खा ले बनाएको पात्रो पनि फ्याकेर उधारो मा कता को हो नयाँ पात्रो लेराउने रे ।तिमी लाई टुक्रा टुक्रा पारी आफ्नो आफ्नो नाम मा लेखाउने सल्लाह गर्दै छन रे ।तिम्रै छोरा हरु लाखौं लाख छिमेकी लाई तिम्रै सन्तान हुन भनी तिम्रो नाम को नागरिकता पनि दिएरे ।ती नव सन्तान आफ्नै चेली बेटी को आस्मिता माथि अत्याचार गर्दै छन रे ।गोउर की तिम्री छोरी रुंदै थी ।ती सन्तान अझै बन्दुक र भाला बोकी तिमी सित के के माग्दै छन रे ।

‘बडो माया गर्ने भाको मलाई छोडि सात समुन्द्र पारी पुगिस तेरा सन्तान लिएर!’ भन्दी होउली तिमी ।तिम्रा कुरा पनि ठिक्कै हो ।मेरा पनि कुरा सुन आमा, जसरी झरना बग्द्छ अबिरल माथि बाट मुनी त्यसै गरी माया पनि बग्दो रैछ माथि बाट मुनी ।तिम्रा माया म मा मेरो माया सन्तान मा ।माया साँच्ची कै झरना जस्तै एकोहोरो हुँदो रेछ । हा हा तिमी मलाई फटाहा, गफाडी मोरा भन्दी होउली के गर्छौ त, तिम्रा सन्तान दक्षिण एसिया कै गफाडि नम्बर एक मा गँनिदा रेछन!। यस्तै बिधी को नियम रेछ म पनि बाँधिए के गर्छेउ रोएर तिमी?। मलाई थाहा छ तिम्रो रिंन तिर्नु छ ।कहिले काही पठाइ देको आङ ढाक्ने लत्ता र घर खर्च पनि खोसी लगे भन्छ्यौ । आमा तिमी अब कहिले ठीक हुन्छ्यौ ?, कहिले तन्दुरुस्त हुन्छ्यौ ?, कहिले बन्द गर्लान भाई भाई ले काट्ने मार्ने काम ?, कहिले रोकिएला तिम्रो आँखा को आसुँ बग्ने क्रम ?, तिम्रो काँख मा उफ्रने क्रान्ति पुत्र हरु ले तिम्रो घाऊ निको पार्लान् ?। तिन लाई सम्झाउन खोजे आमा घाटी नै मर्काइ दिउँ भन्छन ।तिम्रो नाम मा हज्जार अरब को रिंन लिएका छन खोइ तिम्रो आङ खाली नै छ ।मन त झनै फाटेको छ रे ।

यो चिट्ठी त लेखेँ, तर बुझ्छेउ कि ? कसै ले पढ्दै सिधै अर्थ लगाई देला कि उल्टो मलाई थाहा छैन ।एक त तिम्रो आँखा धमिलो, त्यस माथि पनि बिजुली प्रशाद को १४ घण्टा को सुताइ, कुन बेला कस्ले पढिदेला यो चिट्ठी ?। अस्ती कता हो सुरु गर्‍या रे भोली पल्ट मेसिन बीग्र्‍र्यो रे। तिमी लाई नयाँ बनाउछु भन्दै छन कतै तिम्रो नाम नै फेरिदिने त होइनन भन्ने चिन्ता लगेको छ। आमा कहिले काही तिमी लाई भेटन आउँदा छिमेकी लाई सोधनु पर्ने होकी मेरो आमा कता बसनु हुन्छ हं भनी ।

बुढा सन्तान ले त गरेनन गरेनन लक्का पठ्हा हरुले पनि तिम्रो मल्हम पट्टी गर्न जानेनन्, तिमिले जानी जानी यस्ता झगडालु सन्तान जन्माएकी त पक्कै होइनौ । कुन वल्ला घरे पल्ला घरे छिमेकी ले तिम्रा सन्तान को दिमाग मा के को धुलो हली दिए कुन्नी शान्ती कहिल्यै हुँदैनन ।एक-आपस मा लड्या् लडै छन । तिमी नै भन त, म त्याँ आएर के गरु ?। तिम्रो वरि परि बसेर सेवा गर्छु भन्ने अरु भाई को कुरा सुन्छु, कुट्ने घर नै भत्काइ देको खबर सुन्छु ।मैले यहाँ बाट नै सबै खबर पाको छु तोड्फोड को फोटा हेर्या  छु । गरी खाउ भनी दयालु छिमेकी ले बनाइ देको कल कारखाना पनि नयाँ बनाउनेरे भनी तोड्फोड र बन्द भै राखेखा छन रे ।खोइ आमा साउने झरी जस्तो तिम्रो आसुँ कहिले कस्ले पुछने हो ?। तिमी लाई सताउने छिमेकी आज तिम्रो सेवा गर्छु भनी तिम्रा सन्तान लाई फकाउँदै पो छ रे ?। तिम्रो सेवा गर्छु भनी बसेका दुई चार सन्तान पनि एक आपस मा लडेर शिथिल् भैसके ।माया को स्वाङ् पार्ने धुरन्धरहरु तिम्रो काँख छोडि टाढा टाढा भागी सकेका छन ।तिमिले भन्न सक्दछ्यौ ‘गोही को आसुँ नझार मोरा’ भनेर, तर के गर्नु तिमी लाई नसम्झी बस्न पनि त सक्दिन । जिउदो छऊन्जेल कम्सेकम् चिन्ता सम्मन त गर्छु ? भुलेको त छैन नि ?

फेरी तिमी सोच्दि होउली म भने यहाँ मस्ती मा छु, त्यस्तो छैन आमा! ।त्यहा तिमी लाई जस्तै यहाँ मलाई पनि मन दुखेको छ, त्यहा बाट सुख खोज्न आई पुगेका सन्तान को त्यहाँ को तुश ले छोड्न सकेको छैन। एउटा भन्छ मेरो झन्डा बोक, आर्को भन्छ मेरो झन्डा बोक ।म भन्छु हामी एउटै आमा का सन्तान होउँ तिम्रै नाम को मात्र झन्डा बोकुं ।उनि हरु मलाई नचिने झै गर्छन् ।बेला बेल्ला मा छूट्टा-छुट्टै भोज गर्दछन ।मलाई कसै ले बोलाउदैनन् ।’म पनि नेपाल आमा कै सन्तान हुँ नी! मलाई चिन्दैनौ?’ भन्छु ।सबै त्यसै भन्दछन्, तैले किन हाम्रो झन्डा बोकिनस?,  तिम्रो सन्तान लाई यो के भाको आमा जहाँ पुगे पनि बिबाद मात्रै गर्दछन ।म त एक्लो बृहस्पति भाको छु कसै को झन्डा नबोक्दा तिन्का आँखा को कसिङर् पो भाको छु । तिम्रो मात्रृत्व ले नताने को होइन, तिम्रो पिडा नबुझेको होइन । स्वाभिमानी बन्नु भन्ने तिम्रो आशिर्वाद बिर्सेंको पनि छैन, त्यही स्वाभिमान ले कता कता मलाई छुच्चो पनि बनाएको छ ।सबै कुरो बुझेर पनि स्वार्थी बनी बाँचेको छु मुगलान मा ।नमरी बांचे काल ले सांचे तिमीलाई मल्हम पट्टी गर्न म आउँला एक दिन ।

आज लाई बिदा पाउँ।

तिम्रो अभागि मुग्लाने छोरो।



December 28, 2008

साँढे, गिद्ध र चमेरो

एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो ।

हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, साँढे र चमेरो लगाएत वनभरिका सबै मिलेर बिरोध गरे । पुरै जंगल मेरै हो भन्ने हात्तिको केहि लागेन र उस्ले आत्मसमर्पण गर्‍यो।

यता हात्तीको आत्मसमर्पणलाई जंगलभरीका सबैले विजयोत्सवको रुपमा मनाउँदै थिए भने उता हात्तीले धेरै खाएको र त्यो ठुलो भाग सबैमा बराबर बाँडने नारा दिएर हिँडने गिद्ध, साँढे र चमेरोहरु भने आफैं हात्तीको स्थानमा बस्ने सपना देख्‍दै थिए।

आफ्नो दूरदृष्टीको कारण नै यो सब सम्भब भएको भन्दै बुढो गिद्ध, अबको मुखिया आफै हुनु पर्ने कुरा अघी सार्थ्यो भने आफ्नै बल र धाकको कारण हात्ती भागेको भन्दै सो को जश लीन साँढे आतुर थियो। उता आफ्नै मेलमिलापको नीतिका काराण सबैको एकता भएकोले अब उसैलाई सबैकुरा सुम्पीनु पर्ने बिचार चमेरोको थियो ।

त्यसपछि छलफल, छलछाम, नीति-कूटनीति र छिमेकको आशिर्वाद सम्म लिएर चमेरोको सहायतामा साँढेले प्रबन्धनको जिम्मा लियो।

साँढेको जिम्मामा जंगल गएपछि बुढो गिद्ध सपना भंग भएकोले अर्ध पागल भएर भौतांरिन थाल्यो, चमेरो पनि आफ्नो पुरानो चरित्र अनुशार कहिले साँढेको बिरोध त कहिले भजन गाउँदै हिडंन थाल्यो।

अहिले सो वनमा साँढे नै मुखिया बनेको छ। मुखिया बने पनि उसले आफ्नो मिचाहा प्रबृत्ती त्यागेको छैन । न त, उसले अरु प्राणिकोलागी केहि गरेको छ, न त, खानमा नै उ पुरानो हात्तीभन्दा कम छ ।

यौटा उच्छृङ्खल साँढेको त्यो रबाफ देखेर त्यहाँ आजकल धेरैको संख्यामा गोरु, बहर र रांगा समेत छाडा भएर भाग माग्दै हिंडन थालेका छन र सो ठाउँको हालत झन झन जर्जर हुँदै गएको छ ।



December 27, 2008

लघुकथा - सकारात्मक प्रश्न

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि त यो ब्यस्त दुनियाँमा आएर म ब्यस्तताभित्र हराएकी छु मैले यहाँ आफुलाई समय र कमाइको रफ्तारमा मात्र दौडाइ रहेकी छु। कहाँ फुर्सद र ?भावना र कल्पनालाई सप्तरङी इन्द्रेणिको माला बनाएर साहित्यको भंडार् भर्ने ?। अनी कस्को समय छ र साहित्यिक परीवेश भित्र हराउने ? अनी आफ्नो अस्तित्व कहाँ खोज्नु र पाउनु मैले ? । यस्तै यस्तै प्रश्न र दुबिधामा अल्झिएर आफ्नो अतित मा हराउन पुग्छु म । दु:ख ,पीडा, समस्या ,अभाव साथ नै भए पनि लेखन क्षेत्रमा आफु रमाएको आफुले अरु बाट पाएको सम्मान ,एउटा छुट्टै अस्तित्व, आफ्नो बेग्लै छवी तर आज गास,बास, कपासको राम्रो बन्दोबस्त भएपनी सम्पन्नता र बैभव को लिस्नो चढि रहेता पनि आफ्नो लेखकिय अस्तित्व गुमेर त्यो फुच्चे केटाले गरेको ब्यङ्यातमक पर्श्नहरुले म कता, कता मर्माहत बन्न पुगे र सम्झिन थाले उस्का ब्यङ्यात्मक पर्श्नका लहरहरु ।

''तपाइ लेख्ने मान्छे हो र ?''
''खै त मैले नेपालमा तपाईंको नाम सुनिन त ?''
''खै तपाईं के के लेख्नु हुन्छ ?(ब्यङ्यात्मक भाव ले मेरो डाइरी तान्दै पल्टाउन थाल्छ )
म पनि बिच बिच्मा उस्का पर्श्नका जवाफ दिरहेकी हुन्छु ।
''तपाइ ले गीत पनि लेख्नु भएको रे ?''(अलिक अगाडि मैले अर्को ब्यक्तिसँग कुरा गरी रहेको सुनेर उस्ले त्यस प्रकारको प्रश्न मलाई गरिरहेको थियो )''क- कस्ले गाएकाछन त तपाईंका गीत हरु'' भन्दै ब्यङ्यात्मक हासो उडाउदै अहिलेका केही चर्चित एक दुई वटा ब्यान्ड हरुको नाम लिन्छ । म मध्यम बर्गका गायक हरुको नाम लिन्छु ।''ए तिनिहरु त हराइ सके'' भन्दै ब्यङ्यात्मक हासो उडाउछ अनी फेरी उस्ले त्यसरी नै अर्को प्रश्न तेर्स्याउछ ''तपाइ त्यो अहिलेको बरिष्ट लेखक  ……लाई चिन्नु हुन्छ ?भनेर उस्को नाम लिन्छ अनी म झन अवाक बन्छु त्यो फुचेले जस्को नाम लिएको थियो ऊ त्यही केटो थियो जस्लाई मैले मेरै घरमा साहित्यिक परीवेश बनाएर साहित्यिक गोस्ठिहरु गरी एउटा लेखक बन्ने प्रेरणा दिएकी थिए र फल स्वरूप उस्को प्रतिभामा अंकूर पलाई रहेको थियो।

म हर्षले बिभोर पनि भएं किन कि मैले उत्साह र प्रेरणा दिएको केटो यौटा बरिष्ट लेखक मा गनिएको सुन्दा त्यस्ता हजारौ युवाहरुको म प्रेरणाको श्रोत थिए तर आज त्यो फुच्चेले मेरो औकात तौलिएर यदी त्यो बरीष्ट लेखकलाई चिने भने मात्र म यौटी लेख्ने महिला हुँ भन्ने उस्को भाव ले पर्श्न गर्दा साचै म अवाक बने।  मैले साँच्चै आफुलाई अती नै ओझेल मा धकिलिएको महशुश गरे र आँफैलाई धिक्कारे अनी सोचें, साच्चै म आफ्नो सानो देश र ठाउँमा यौटा चम्किलो तारा नै थिए भने आज यती ठुलो देशमा आएर धुलोको कण समान नै भैछु । अनी त्यो फुचे केटोको पर्श्नलाई मैले सकारात्मक् नै ठाने, हुन पनि त हो; अमेरिका आएको चार बर्ष भयो उस्ले मेरो नाम कहाँ बाट सुनोस ?अनी कसरी मेरो परिचय् पाओस यहाँ आएर मेरा लेख्ने हातहरुले कलम को मोह बिर्सिएर पसिना को मर्म मात्र बुझ्न थालेका छन अनी कसरी म लेखिका भएको प्रमाण कसैले पाउनु ? । हो, अहिले म आफ्नै रेस्टुराँको ''गूड् वेटरेस '' भएकी छु सबैलाई बाड्ने मीठो भावनात्मक शब्दहरुको बद्लामा ग्राहक हरुलाई मीठो मुस्कान छर्दै ''नमस्ते ''को सट्टा मा ''हेल्लो हाउ आर यू ?' 'भन्ने ब्यवसायिक वाक्य मात्र बाड्न सक्षम भएकी छु। मेरो परिचय् ''राईटर्''बाट ''वेट्रेस'' मा अनुवाद भएको छ । आजकल राम्रो लेखिका बाट ''गूड् वेट्रेस'' भन्ने प्रशङ्सात्मक शब्दहरु पाउन थालेकी छु ।

हो, मेरो परिचय् यही भएको छ। मैले नौलो पहिचान पाइरहेकी छु पुरानो अस्तित्व बाट म ओझेल भाईरहेकिछु, अनी म फेरी त्यो फुच्चेको प्रश्नहरुलाई आत्मसात गर्न पुग्छु। साच्चै, यथार्थ मा उस्का प्रश्न हरु सहि थिए भन्ने मलाई भान हुन्छ यस्तै कल्पनामा म हराइ रहेको बेला अनायस एउटा ग्राहक को वाक्यले म झस्किन्छु उस्ले भनी रहेको हुन्छ ''मे आइ गेट सम मोर वाटर ''? । म हठात को साथ जग को पानी उठाएर उस्को ग्लास भर्न पुग्छु उस्ले हाँस्दै ''थ्यान्क् यू'' भन्छ म उस्लाई ''वेल काम ''भन्दै अरु टेबलमा पाहुना हरुसँग मुस्कान साट्न थाल्छु ।



December 22, 2008

कथा - देवी

सुमन बगाले
आबुँ खैरेनी ढकलटार ५ तनहुँ, (हाल इराक)


उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने हो त्यो वातवरण सकेसम्म पुराइदिएका थिए । साधरण परिवारमा साधरण हिसावले नै जिवकोपार्जन गर्दै आयो । साच्ची नै भन्नु पर्दा ३ महिनासम्म खान पुग्ने जमीनपनि छैन । जति छ त्यो जमीनलाइ कहिल्यै फुर्सत दिएनन् । दिनहुँ दुख्ख दिन्छन् । कहिले कुटो कोदालोले कहिले हलो ले कोतारेर कहिले पानीले लचप्पै निर्थुक्कै बनाइ भिजाइ दिन्छन् । सँगैको सधेरीले कहिले आली तासेर साधको ढुङगा सारेर भएपनि खुब साध मिच्थ्यो । बाबालाइ अरुको निबेक गर्दै थाहै हुदैन थियो भने आमा र उसलाइ भने त्यसको पत्ता हुन्थ्यो किनकी उसले त्यस तरकारी बारीमा फलफुललाइ भने पानी निकै हालेको थियो । फेरी उसले साँधलाइ जस्ताको तस्तै बनाइदिन्थ्यो । साह्रै घचेडो सहेको थियो । पछि ठुलो भएर त्यो साहुको जमीनपनि किनेर मेरो बारीको साथी बनाउछु भन्ने उसको मनमा दाउ थियो । कहिले काहि त कागजको भकुन्डो लात्ताले हान्दा त्यहि बारीमा पुग्थ्यो कति मायाले हुर्काएको टुसाहरु उसले आखै नहेरी बललाइ त्यहि बाट मच्चाएर त्याहिबाट आगनीमा फाल्दा लडबडिएर कति बोट भाचिन्थे पनि भने उसलाइ रिस उठयो भने त्यहि बारीमा गइ लडीबुडी खेल्थ्यो । आमा बाबाले फेरी लतारेरै या फकाएर भएपनि उसलाइ त्यहि बारीबाट घर भित्र हाल्थे । उसको रिसपनि धेरै खायो त्यो बारीले त्यैपनि उसैलाइ नै पालीरहेको थियो । एक न एक फल फलाएकै हुन्थ्यो । तर बिडम्बना जति फलाएपनि ति तिन परिवारलाइ कहिल्यै साल भरीलाइ पुग्ने अन्न उपलब्ध गराउन भने सकेको थिएन । साच्चिनै भन्नु पर्दा गर्व गर्नुपर्छ पर्ने ठाँउ छ त्यो अन्नदातामा ।


उ सानै बाट झोडी थियो मतलव मुर्खता । कसैले केहि भने त मुखले जवाफ दिन भन्दापनि हातले कर्मकाण्ड पुराइदिन्थ्यो । अनी त्यो बाट त्यस्तो कुनै प्रतिक्रिया आउदैन्थ्यो थियो । ५ बर्षमा नै आमा बाबाले उसलाइ नजिकैको प्राथामीक विद्यालयमा कक्षा एकमा भर्ना हाली दिए । मानी नमानी भएपनि गयो । एक दुइ हप्ता यस्तै भयो त्यसपछि त बानी पर्यो कि क्याहो स्कुल नै प्यारो लाग्न थालेछ बिस्तारै बिस्तारै हुलमिल हुदै केहि कुराहरु सिक्न थालेछ । तर आफनो बानी व्यहोरामा भने कुनै परिवर्तन गर्न सकेन किनकी उ एक झोडी थियो ।

छिमेकीहरुले कुरा काट्थे कस्तो उराउन्ठेउलो जन्मीयो, कस्तो बदमास भन्थे उ सहन्थ्यो तर एकजनाले उसलाइ ‘घरमा खान पाउदैन कसरी मेरो छोरालाइ मार हान्यो यसले’ भनी आखा के तरेको थियो यसरी भनी एक लौरो उठाएर दिएछ बुढो त त्यही मार्यो नी भन्दै थुचुक्कै बस्यो । अरु छिमेकीले उसको लौरो खोसे र हकारे पनि रिसले आगो हुदै घरतिर हुत्तियो । बाबाले गाली गर्नु भयो आमाले भने सम्झाउनु भयो। उसले बिद्यालयमा सुधा मिसले सिकाउनु भएको पाठ बाबा आमालाइ सुनाइदियो बुढाबुढी मख्खै परीहाले । एक छिनपछि त सुरु भइहाल्यो भोली तिन चार पटटी मेला परेको छ कसको जाने कस्को नजाने भन्ने कुराको छलफलमा दुबै दम्पत्ति व्यस्थ देखिन्थे ।

भोलीपल्टको कुरो आयो उ सानो गाँठीको भएर होला प्राय जसो कक्षा एकको लाइनमा अगाडी नै हुन्थ्यो । सँगैको साथी कुले आएन भनी । कुलेन्द्र कडेल हो नाम तर उसले कुलेन्द्रलाइ कुले भनी बोलाउथ्यो । हिजो बुढोलाइ लौरीले हानेको सजाय गल्तीको सजाय भनी लाइनमा सबैको अगाडी बोलाएर बदमास भनी दुइ तिन लौरी पिठीयुँमा हान्नु भयो विद्यालयका प्रधान अध्यापकले अझै हान्नु हुन्थ्यो कि क्या हो सुधा मिसले रोक्नुभयो । बेलुकी घर फकर्दा सुधा मिस र उ प्रायजसो सँगै फर्किन्थे मिसको घर उसको घर हुदै १० मिनेटको बाटो अली पर जानु पर्यो ।

त्यस दिनको मिसको रोकाइले उसको मनमा कौतहल जाग्न थाल्यो किन रोकेको होला अरु सर मिस हरुपनि थिए कोसैले केहि बोलेका थिएनन् । त्यो मिसलाइ मात्र किन चासो पर‍यो  भन्ने कुराले उसको कलिलो मनमा डेरा जमायॊ दुइ तिन दिनपछि मीसलाइ सोधेछ । सानो मान्छेलाइ त्यसरी सजाय दिनु हुदैन नि त फकाउनु पर्छ फुलाउनु पर्छ नी भनी उत्तर दिनु भयो । उसलाइ पनि हो कि जस्तो लाग्यो त्यस दिन देखी मिससँग अली नजिक हुन थाल्यो । बिद्यालय आउने जाने क्रममापनि मिससँगै सँगत बढन थाल्यो । मिसको सँगतलॆ छाडा काममापनि धेरै कमी आइसकेको भने एक बाट दुई कक्षामा जाँदा दोस्रो स्थान हासिल गर्यो । अबिरले रात्तामै भइ पुरस्कार लिएर मिसको हात समाउदै घरमा आउदा एक छिन त आमा बाबापनि खुशी भए भने मिसलाईपनि बधाई दिए । दुई तिन ओटा कपी चार पाँच ओटा शीसाकलम पनि थियो । आमाले भन्दै हुनुहुन्थ्यो । दुई तिन महिनालाई भने ढुक्कै भयो कापी कलम किन्नको लागी । पुरस्कार लिएर प्रगति गर्‍यो भन्नु कहा हो कहा आर्थिक कारोबारमा टेवा पुरायो भनी पो रमाउछन । हुन त त्यहा भन्दा बढि सोच्ने क्षमतापनि थिएन होला उनीहरुसँग । अरुपनि यस्तै तितामिठा घटना घटयो होला तर दिमागमा आएन ।

कक्षा दुईमा पुग्दापनि मिस साथमा नै हुनुहुन्थ्यो । बिद्यालयका शिक्षकहरु मिसलाइ कर्के नजरले हेर्थे । झन बाबुराम सुबेदी शिक्षकले त पछिपछि पनि कुरा कटदै हिडथे । बाटोमा एक सैनीक गण पार गरेर जानु पर्यो त्यसका बाटो ढुक्ने गरी गार्ड बसेका सैनीकहरुलेपनि शुशेली मार्थे, उसलाइ भने ढाहा लाग्थो । आफनो मिसलाइ र उसैमाथी मायापनि गर्ने अरुले आखा लगाउदा रिस उठनु स्वभाविक नै थियो । अरुले लानु भन्दा मै बिहे गर्छु यो मिसलाइ भन्ने सोच मनमा आउन थाल्यो अब उसको दिमागमा । उसलाइ कता कता मिससँग बिबाह गर्न मन लाग्यो । मिसलाइ भित्र भित्रै मन पराउन थालेछ । उसलाइ मिससँग हात समातेर हिडदापनि पल्ला घरका माने शान्ता भाउजुसित हात समाउदै शशुराली गएको जस्तो भान हुन्थ्यो ।अब मिसको साडीको फेरो होइन अंकमाल गर्न उसका भावना हरु आतुर देखिन्थे । मिससँगै विद्यालय जादा आफुपनि सर भए भै लाग्न थाल्यो । मिसका ति लज्जालु मिर्मिरे आखाले उसैलाइ खोजीरहेको जस्तो भान हुन्थ्यो । मिसका ति नरम हातले स्पर्श गर्दा कता कता काउकुति लाग्न थाल्यो । मिसलाइ एकोहोरो हेरेर हैरान पार्थ्यो । बिद्यालयको खाजा खाने छुट्टिमा मिसलाइ नै खोजीरहन्थे आखाहरु । यता कतै निदेख्दा सुन्यतामा बिलाउथ्यो । बाटोमा हिडने उराउन्ठेउला केटाहरुले वाह क्या छ यार भनी छेड हान्दै हिडदा मिस नसुनेको झै गरी हिडनुहुन्थ्यो पर पुगी उसलाइ नै हेरी लज्जाउदै मुस्कुराउनुहूथ्यो तर केहि बोल्नुहून्थेन । ति मौनतामा फुस्केका मुस्कानले सुमन म तिमीलाइ मन पराउछु किन अरुले मलाइ छेड हान्छन भने जस्तो लाग्न थाल्यो उसलाइ ।

मिसले पनि अरुलाइ भन्दा उसलाइ अलि बढि नै माया गर्नुहुन्थ्यो । मिसको मन पर्नुमा के कुन्नी रहस्य थियो त्यो भने जान्ने कोशीश कहिल्यै गरेन । उसलाइ यति मात्र थाहा छ म मिसलाइ मन पराउछु । मीससँग बिबाह गर्यो भने कापी कलम पनि मिसले नै किनी दिनुहून्छ खानापनि मिसले नै बनाउनु हुन्छ लुगापनि धोइदिनु हुन्छ । घरमापनि सिकाइदिनु हुन्छ यस्तै यस्तै फाइदाहरु मनमा आउन थाले । अझै मुख्य कुरो कसैले आखापनि नलगाउने यस्तै यस्तै सोच्दै कक्षा दुइको पढाइमा धेरै लत छोडेछ परिणाम पास मात्र भएछ ।

मिसलाइ नरमाइलो लागेछ कि कसो हो उसलाइ बोलाएर किन यसरी बिग्रेको पढाइ त किनै खस्केछ नि त भन्नुभयो, हप्काएजस्तो पनि गर्नु भयो । उसले साहास बटुलेर मिसलाइ भनेछ मिस म तपाईसँग बिहे गर्न चाहान्छु । मिसले उसको अन्तरआम्माबाट निस्केको यो कुरालाइ हावामा उडाउदै हास्दै भन्दै हुनुहून्थ्यो कस्ले सिकायो यस्ता कुरा, यो बेला त पढने हो पढेर ठुलो मान्छे बन्नु पर्छ सबैले मान्ने गुन्ने हुनुपर्छ, देश आफनो आमा बाबाको सेवा गर्न सिक्नुपर्छ यति सानो उमेरमा पनि बिहे गर्छ त । पछि म ठुलो हुन्छु त्यसपछि तपाइ म सँग बिबाह गर्नु हुन्छ भनी सोधेको मुस्कुराइको साथ ल, ल सोचैला नी भन्नु भयो । उसको मनमा एक निराशको साथै उत्साहपनि थपियो । निराश यस कारणले भयो की मिसले उसको प्रेम प्रश्तावलाइ हावामा उडाइदिनु भयो भने उत्साह चाहि सोचौला नि भन्ने वाक्यले अलि बढि आश जगायो ।

बच्चाले पनि कत्ति साह्रै हेपेको हो मलाइ त भन्दै गुनगुनाउदै हुनुहुन्थ्यो । उ भने निराश मुद्रामा एकोहोरो मिसलाइ हेरीरहयो । यसरी नै दिनचार्यहरु वित्दैगयो एक समय एक सैनिक जवान बाटो ढुकी बसेको रहेछ मिससँग बोल्नको लागी । हाइ हेलो भन्दै नजिकीदै गयो । प्राय: त्यो बाटो बढि नै जिस्काउने त्यही नै थियो । उसलाइ सहि नसक्नु भएको थियो तर मिसले समाल्नु भयो नत्र त्यहा पक्कैपनि ठुलै घटना हुने सक्ने अबश्था आएको थियो । यसरी नै त्यो सैनीक हप्ता महिना गर्दा गर्दै मिसको प्रेममा पागल भनु या मीसलाइ आफनो प्रेममा फसाइसकेको रहेछ । तर उसको भने धेरै पढेर मिससँगै बिबाहगर्ने सोचले पढनमा पनि ज्यादै ध्यान बढदै गएको थियो । फलस्वरुप दुइबाट तिनमा जादा दोस्रो स्थान नै हासिल गरेछ । मिसपनि रमाउनु भयो भने उसको त झन कुरै भएन । उसले मिसलाइ फेरी सोध्यो । मिस अब म यसरी नै पढदै गए भने तपाइ मसँग बिबाह गर्नु हुन्छ नी भनेर । तर यो बेला भने मिसले ज्यादै चोटिलो जवाफ दिनु भयो ।

छाँगाबाट खसेको जस्तो भयो! चारै तिर अन्धकार छायो, मनमा अनेकौ तरङगहरुले गाठो पर्न थाल्यो । भोलीपल्ट देखी उ मिसबाट टाढा टाढा हुन थाल्यो । बिद्यालय आउँदा पनि मिस भन्दा पहिल्यै आउने र जाँदा पनि पहिल्यै जाने बानी बन्यो । यता उता गाउ समाजमा मानिसहरु शङखाले हेर्थे । कुकुरलाइ घ्यु पच्दैन भनेको यही रहेछ भनी कुरा काटन थाले । उसको बाबा आमापनि मिससँग किन रिसाएको भन्दै गाली गलज गर्थे । रिसाएको छैन भनी कुरा टारिदिन्थ्यो । यसरी नै मिस र सैनिकको प्रेम भने दिनको दुइ र चारको चौगुनाले बढदै गएछ । बिद्यालयसम्म उहि सैनीक पुराउन जान्थ्यो भने छुटदापनि उही सैनीक बिद्यालयको गेटमा नै हाजीर भइसकेको हुन्थ्यो । उ कहिले मिसहरुको पछि पछि हुन्थ्यो भने कहिले अगी अगी हुन्थ्यो । उसलाइ समाउने हात कहिले सैनीक समात्थ्यो भने कहिले काही गाउले को आखा छली गाला समेत चिमोटन पछि पर्दैनथ्यो । उ धेरै भावुक बन्नै गयो । खै उसलाइ कता चित्त बुझेन छ की कसो हो उ एक दिन आमा बाबासँगै भन्दैथियो । म त्यो स्कुलमा पढ्दिन् । अर्कै स्कुलमा पढाइदे नत्र स्कुलै जान भनी धम्कायो पनि । तर बाबु आमालाइ त्यसको धक्काइले केहि छोएन भनु या उनीहरुको त्यस्तो कुरामा सोच्ने फुर्सदै थिएन ।

एक दिन एक्कासी गाउ छोडी पलायन भएछ । गाउ नै शुन्यताले छायो । मिसलाइ पनि केहि सँकोच त परेको थियो तर उनी अपरिचीत जिबनसाथीको माया प्रेममा फसेर होकि के हो त्यति ख्याल राख्नुभएन । केहि महिनापछि बढदो प्रेमलाइ अझ सहि दिशा दिनकोलागी मिसले आफनो सर्बस्व ठानेर सबै जिउ ज्यान सुम्पीदिनुभएछ परीणाम रुवरुप मिस बिबाह पुर्व नै दुइ जिउको हुनुभयो । एक सैनीक नै थियो सरुवा मागेर त्यहा बाट अन्तै सरुवा भइदिएछ । गाउ समाजबाट घृणा अनी तिरस्कार सहन नसकी मिसले एक दिन आफुलाइ आफै देखी घृणा लागेछ कि कसो हो डोरीको साहायताले बगैचाको आपको हाँगामा झुण्डीएर प्राण फालीदिनु भएछ ।

दिन वित्यो, हप्ता वित्यो, बर्ष वित्यो । यसरी नै समयको चक्रले नेटो काटदै थियो । सँयोग भनुँ या परिस्थितिले चौध वर्षपछि मेरो सरुवा त्यहि सुधा मिसको गाउमा पार्यो । मनमा कता कता विगतका अविस्मरणीय क्षणले डर जमाउन थाल्यो त्यैपनि जानु नै पथ्र्यो म सरुवापत्र लिएर त्यहि ठाँउमा पुग्याँ । माघको महिना डम्म कुहिरोले ढाकेको मौसम एकदम ठन्डी थियो । आज गाउ घुम्नुपर्यो भन्ने सोचले म एक अन्जान पर्यटक बनेर त्यहि गाउ घुम्न निस्केँ । मनमा भने कता कता डर लागीरहेको थियो । विस्तारै पाइलाहरु अगाडी बढे अलि परैबाट सुमनको घर देखियो नजिकै पुगी नियालेर हेरेँ कतै केहि देखिदैन थियो । बाह्रैमास फल फलाउने ति बारीमा गन्धे र लेते झारले सेत्तामै हुने गरी फूल फूलाएका रहेछन भने सधेरीले ले साँध मिच्दै आधि भन्दापनि बढिमा आफनो कब्जा जमाइसकोको रहेछ । घरका काठहरुमा धमिराले गण जमाइसकेको रहेछ भने छानाहरुमा ऐजेरु अन्य झार उर्मीएको देखियो । यसैले प्रष्ट देखायो कि यो घर छोडेको पनि धेरै बर्ष भइसकेको हुनुपर्छ । नजिकैको छिमेकी भन्दैहुनुहुन्थ्यो सुमनको पलायन पछि बुढाबुढि देवघाट बृद्धा आश्राममा शरण लिएका छन रे । मन खल्लो भयो । विस्तारै विस्तारै बाक्लो कुहीरोलाइ पर्छादै पारीलो घामले डेरा जमाउदै थियो । अहिले भने पारी पट्टि भएको हो हल्ला र्छलङग देखीयो मानिसको घुइचो थियो । साना तिना बालबच्चाहरु रङगी बिरङगी पोशक हातमा पुजाका सामाग्रीले सजिएका थिए । मलाइ लाग्यो पक्कै त्यहा कुनै जात्रा हुनुपर्छ । पाइलाहरु ति भिडतिरै बढे । मन कापिरहेको थियो । नजिकै पुग्दा त्यहा सरस्वतिको मन्दिर बनेका रहेछ । श्रीपंचमीका दिन भएकाले सबै प्राय स्कुले बालबच्चाहरु लाइन बध्ध भएर बसेका रहेछन । मन्दिर नजीकै पुगेँ मन्दीरको साइनबोर्डमा मेरा आखा टक्क अडिए शिक्षाका सुधा विश्वकर्माको नाममा बनाइएको सरस्वतिको मन्दीर पो रहेछ । मेरो सातोपुत्लो गयो । हो तिनी उही सुधा रहेछिन । उनीको सबै जानकारी त्यहि बोर्डमा लेखीएको थियो मेरै कारणले उनीले यो सँसार छोडेकी रहेछिन । मैले गरेको पापको पश्चतापले मलाई नै जलाउदै थियो । लाखौ अन्धा बालबालीकाहरुलाइ ज्ञानको ज्योति दिने एक विद्याकी देवी सरस्वतिलाइ पो मैले दुइदिनको लागी ओछ्यान तताउने साधन बनाएको रहेछु । आफुले गरेको त्यो कुकर्मको फलले मलाइ नै पोल्दै गयो ।यस्तै यस्तै सोचले गर्दा अनायसै आशुका ढिक्काहरु ख्स्न थाले । नजिकै आएर एक स्कुले नानी भन्दै थिइन ‘सर! सर तपाइपनि मन्दीरमा पुजा गर्न आउनु भएको हो यो फुल चढाउनु, विद्या की देवीले धेरै ज्ञान दिनुहुन्छ’ । साच्चीनै भन्नुपर्दा म मा ज्ञानकै कमीले गर्दा यो परिस्थीति व्योहोर्नु परेको थियो । फूल हातमा लिएर चढाउन के लागेको मात्र थिएँ मन्दिर भित्रबाट सुधा मिस ज्ञानको ज्योतिले भन्दै थियो । ‘सैनिक दाइ! अरुपनि मैले जस्तै अकालमै ज्यान फाल्ने कति भए?’ ।मैले गल्तीको पश्चताप गर्ने ठाउँसम्मपनि पाइन । ………………………।

सुमन भित्रको सुधा कथा सँग्रहबाट साभार ।



December 19, 2008

कथा - डायरीका पानाहरु

कृष्ण प्रसाई

१३ अप्रील, १९८९

४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच दिनअघि मात्र मालसामान सहित गौरीशंकर हिमाल अरोहणको लागि वेदिङ्ग भन्ने सेर्पा गाउँबाट प्रस्थान गरेथ्यो । दिनहुँ बढ्दै गइरहेको भौगोलिक उचाइमा फेरिने सासले सधैँ प्रेरणा र उत्सुकता भर्ने गर्दा रहेछ । हिमाली यात्रामा भौतिक साधनको कठिनाई पर्ने हुनाले जीवन साध्न पनि कठिन हुँदो रहेछ भन्ने अनुभव म दिन प्रतिदिन सँगाल्दै आइरहेको छु । मानिसले संसारमा धेरै अचम्मका कुराहरु भोग्नुपर्दा रहेछ । जताततै हिउँको साम्राज्य पाल्ने सेतो संसार जीवनमा यसरी पहिलोपल्ट देख्दा मलाई स्वर्गको अनुभूति भैरहेको छ । झन् घाम ओर्लि सकेपछिको दृश्य त वर्णन गरेर साध्य नभएको स्वर्णिम र अद्धितीय हुँदो रहेछ । सुनको बिहान कसरी छेउकै पाथिभरा हिमालमा खस्ने गर्छ अहो ! त्यहाबाट देखिने पाँचवटा थुम्का भएका चुचै चुचा हिमालहरु कसरी आकाशै छेडुँला झैँ गरेर उभिएका छन् । साच्चै स्वर्ग मेरै छेउ उभिएको भान मलाई परिरहने गर्छ ।

अहिले मलाई घरको सम्झनाले क्याप्प घाँटी समाइरहेछ । निकेचिता अहिले के गर्दै होली उसले चिठ्ठी नलेखेको पनि महिना दिनभन्दा ज्यादा भैसक्यो । कति निष्ठुरी बन्न सकेकी ऊ ! आजभोलि अफिस त जाँदै होली । हिँड्ने बेलामा उसले अपहत्ते गरेर मलाई ठयाम्मै छोड्न मानेकी थिइन । सायोनारा भनेर एयरपोर्टबाट छुटिसकेपछि पनि मलाई उसले धेरै बेरसम्म हेरेकी थिई । हामी चढेको विमान तोक्यो नगरको स्वच्छ आकाश छेडेर पश्चिमतिर हुइँकिएपछि पुनः मैले मेरो जन्म भूमिलाई वायुयानको सानो सिसे झ्यालबाट हेरेको थिएँ । मलाई यस्तो लागेथ्यो अब त अन्तै कतैको संसारमा आफूलाई मृत्युसँगको लडाईमा होम्न हुइँक्याउँदैछु । मनभित्र असाध्यै कहाली छुटेर आएथ्यो । सहयात्री ओमकाइको गफमा आफूलाई भुलाउन खोज्दा पनि मनको औडाहा रोकिएन मन मडारिन छोडेर र जर्जर ज्यान बाउँठिन छोडेन । हवाइ अड्डा सम्म आएर आमाले पनि अत्यन्तै माया गरेर गालामा म्वाइँ खाँदै सफलताको कामना गर्नुभएको थियो । यस्तो मौका बहुत कम आमाका ज्यादै थोरै छोराहरुलाई मिल्ने गर्छ । सफल आरोहणपछि निकेचितालाई बुहारी बनाएर आमाको मन उज्यालो पार्ने उद्देश्यले नै मैले उनीसँग चार महिनाअघि नै इन्गेजमेन्ट गरिसकेको छु ।
घरबाट यता लाग्नुअघि हामी सबै सदस्यलाई आफ्ना-आफ्नै आफन्तहरुले एक प्रकारले सधैका लागि बिदा दिएझैँ गरी कुराहरु गरेका थिए । त्यति बेला मेरो मन असाध्य चिसो भएथ्यो । हुन पनि हामी माथि भनिएझैँ मृत्युसँगको यात्रामा निस्केका जस्तै थियौँ । हिमालको कठोर आरोहणलाई मृत्युसँगको युद्ध नभनेर के भन्ने त?।


१५ अपि्रल १९८४

जेसुकै होस् मैले आफ्नो कठोर यात्रा भोगेर यस ठाउँसम्म आइपुगेको छु । हिरोतासानले त हिजै बेसक्याम्म फर्किउँ भनेथ्यो । मैले कसै गरी मानिनँ । ५२०० मीटर अग्लाइको एडभान्स वेसक्याम्पबाटै असफल भएर ऊ तल फर्कियो । केही क्षणअघि म अल्पाइन स्टाइल कैम्प ६८०० मीटर अग्लो पहाडमा आइपुगेको छु । एडभान्स बेसक्याम्पबाट १६०० मीटर माथिल्लो यो चुचुरोमा आइपुग्दा म दुई पटकसम्म लडिसकेँ । सुजुकीसानले मलाई बडो ज्यानको जोखिम उठाएर उठाउनमा सहयोग गर्‍यो । बिचरा सारै सोझो मान्छे छ ऊ पनि ! मैले नै उसलाई पर्वत चढ्ने उसको सुषुप्त जिज्ञासामा साहस हालेर उसको मन उकासेको थिएँ ।

पर्वत चढ्ने काम सोच्दा र सुन्दा मात्र सजिलो र सस्तो लाग्दो रहेछ । तर होइन रहेछ यथार्थ ज्यादै कठोर र कटु हुँदो रहेछ । लेन्स क्यामेराले हेर्दा नजीकै देखिने चुचुराहरु पनि उक्लिँदै जाँदा अरु माथि माथि सरेझैँ लाग्दो रहेछ । मित्रताको महत्व त अझ विकसित रुपमा मैले यही हिमालय यात्रामा मात्र सोच्न सकेँ । मातृवत् ममता र हार्दिकताले ठाउँ छोड्ने वित्तिकै जीवन कसरी अपूर्ण हुन्छ त्यो हिमाल चढेर पीटन रोप सिटी र कैँचीको सहयोग लिएर अटुट रुपमा माथि उक्लनेलाई मात्र थाहा हुन्छ । एकले अर्कोलाई तान्ने एकले अर्कोलाई उकास्ने र दुवैले दुवैलाई अटुट अनन्त र अविस्मरणीय सहयोगको विकसित स्थान नै हिमालय हुँदो रहेछ । महानता भएन भने मानवता भएन भने र ममता भएन भने मान्छे नै मृत्युको मुखमा परिदो रहेछ भन्ने वाक्य पहाडले जहिले पनि बोल्न सक्ने रहेछ । हिमालले जहिँतहीँ बक्दो रहेछ ।

१६ अपि्रल १९८४

केही क्षणअघि सुजुकीसानले र मैले तात्तातो कफी पियौँ । त्यसपछि शरीरलाई तातो प्रदान गर्ने चक्कीहरु सेवन गर्यौ। हाम्रो विदेशी रक्सीलाई हिमालको चिसोले हंश नै कोपरिदिदो रहेछ । त्यसले कुनै न्यानोपनाको स्वाद नै शरीरलाई चखाएन । चक्कीहरुको सेवन बरु प्रभावकारी लाग्दो रहेछ हिमालमा । यहाँसम्म आइपुग्दा हामीले धेरै पटक तलतिर हाम्रो शक्तिशाली दुर्बीनले हेर्दा हाम्रा दलका झैँ लाग्ने र अन्दाज मात्र गर्न सकिने एक जोडी छाँयाहरु कहिले पीटन भसाउँदै र कहिले रोप समाउँदै गरेका देखिन्थे । यस्तो लाग्थ्यो उनीहरु बडो सुस्तरी कछुवाचालले हामी भएतिर उक्लिरहेका छन् । हिजोभन्दा आजको यात्रा अझ कठिन थियो । हिमपातले गर्दा यात्रालाई अझ कठिन पार् यो । निकेचिताका बुबाले सत्तरी वर्षको उमेरमा हाम्रो सर्वाेच्च शिखर फुजीसान चढेर सफलता पाएको अहिले दन्त्यकथा झैँ लागिसकेको छ । कठोरताको पराकाष्ट टेकेको कुरा त हुनेवाला ससुराले पनि भनेकै हुन् । फुजीसानभन्दा धेरै अग्लो यो हिमाल यात्राको लागि प्रस्थान गर्दा घर फर्किन सक्छु कि सक्दिन भनेर मैले धेरै पटक गाढा तरीकाले मेरो स्थानीयतालाई हेरिसकेको थिएँ । जीवनमा थोरै पटक मात्र मैले त्यसरी कुनै वस्तुमा आँखा फ्याँक्ने गरेको छु । मृत्यु र जीवनको दोसाँधमा आफ्नो हंश लिएर बास बस्दा हिजो हाम्रै छेउ कसरी हिउँले भरिएको ढिस्को खसेथ्यो ! हिजोको कुरा सम्झँदा सम्म पनि मन सिरिङ्ग हुन्छ । त्यति बेला सधैँ आफूलाई नास्तिक हुँ भनेर तर्क दिने सुजुकीसानले पनि ईश्वरको नाउँ जप्दा मलाई समेत अचम्म र डर दुवै एकै पटक लागेथ्यो । अज्ञानताभन्दा ठूलो ज्ञान अरु केही हुँदो रहेनछ । मैले यही सिकेँ । नजान्नु नबुझ्नु र थाहा नपाउनु आनन्दको पर्यायवाची नाम रहेछ । दिमाग दिन प्रतिदिन अनुभवहरुको भण्डार भैरहेको छ ।


१७ अपि्रल १९८४

आजभोलि मेरो सोचाइ एकदमै अनौठो हुन लागेको छ । सायद वातावरण परिवर्तन भएर यसो हुन सक्छ । हुन पनि मैले यस्तो कठोरताको अनुभव बोकेर जोखिमको सामना अब बोक्नुपर्ने पनि छैन होला । उँभो हेर्दा जतिसुकै भिरालो र अपुठ्यारो लागोस् तर मैले हिउँका सन्ततिहरुसँग घोलिने मौका पाएर समस्त कठोरतालाई नै दिन-दिनै पचाउँदैछु । भनौँ चिसोको साम्राज्य र सेता हिमालयहरु मेरो डायरीका दैनिकी अंशहरु बनिसकेका छन् । हो पहाड जति स्वच्छ सफा र सेतो छ त्यति नै संत्रासपूर्ण भयावह र कहालीलाग्दो पनि छ । प्रत्येक दिनका कमेरा प्रत्येक पाइलाहरु यस भूमिका लागि नौला र नटेकेका छन् । सिरेटो र स्याँठहरुसँग जुझ्न सक्ने मन कम साहसिलो छैन । साहसको कुरा गर्दा मलाई अहिले ती भरियाहरुको याद आइरहेछ । आँट हिम्मत र जोसको खोलो बगाएर पेशालाई नै साहसमा अनुवाद गर्ने ती शेर्पा भरियाहरु कम महान छैनन् । नजिकको देउता हेला भएझै तिनीहरुलाई यी हिमशिखरहरुको महत्वसँग कुनै सरोकार नै छैन । अति नै निर्दोष र निश्चल छन् तिनीहरु । सरदार भनाउँदा शेर्पा केही चलाख देखिए पनि उनको पापरहित मनको चिनारी मातेको बेलामा थाहा पाउन सकिन्छ । यस्तो लाग्छ पहाडी जातिलाई प्रकृतिले नै आफ्नो समस्त स्वभाविक गुण छरेर अरु मान्छे भन्दा बढी प्राकृतिक बनाएको हुन्छ । पहाडको चिसो जलवायुले नै उनीहरुलाई इमान्दारिताको निष्कपटताको र निष्कलंकताको जुहार पहिराइदिन्छ ।

त्यसमा पनि हाम्रा सरकारी लिजेन्ट अधिकृत झन् मजाका मान्छे छन् । सम्भाव्यतः उनलाई पनि पहाडले नै निकालेको हुनुपर्छ । त्यस्ता अधिकृत बहुत कम पर्वतारोहीले मात्र आफ्नो यात्रामा पाउन सक्छन् भन्ने मलाई लाग्छ । बेसक्याम्पमा उनलाई छोडिराखेर हामी पर्वतारोही दलका सबै सदस्यहरु उँभो लाग्दा उनी हामीले दिएको अतिशक्तिशाली दूरवीनले धेरै टाढासम्म हामीलाई हेरिरहेका थिए । हाम्रो यात्रामा उनी समेत अत्यन्तै चिन्तित देखिएर सफलताको कामना गरेका थिए ।

हाम्रो सफलताको कामना गर्दै शेर्पा सरदारले शकुनको प्रतिक भनेर सुनपातीको कलिलो हाँगो र धुपीको पात दिएको थियो । आगोमा मासु नपोल्ने शेर्पा सम्प्रदायका सबै सदस्यहरु काटमारको काममा झन् सतर्क हुँदारहेछन् । यसो गर्न अधर्म ठान्ने उनीहरु रुख विरुवा समेत काट्यो भने पाप सम्झिँदा रहेछन् । सुनपातीको कलिलो हाँगो हामीलाई दिने बित्तिकै भाँच्चिएको देखेर ठूलो अपशकून हुन्छ कि भनेर डराएको सरदार शेर्पाले जिब्रो निकालेर अँध्यारो अनुहार लगाएको थियो । तर हामीहरु कसैलाई यस्ता घटनाले छोएर मन बिगारेको मैले देखिनँ ।

जेहोस् आफ्ना् सम्पूर्ण साहस बटुलेर म यति माथि सास फेर्न सफल भैरहेको छु । अहिले म आफूलाई नितान्त एक्लो पाइरहेको छु । एकनासले तेसर्िएर रहेका यी हिमका मरुभूमिहरुले कसरी निष्ठुरी सिरेटो बगाइरहेका छन् । यस्तो लाग्छ यी ठिही लाग्ने पिण्डहरुले मान्छेलाई सास्ती सिवाय केही बाँड्न सकेका छैनन् । दुःख भोग्न र अफ्ठ्याराहरुसँग खेल्ने शोख भएका मानव अस्थिराजरहरु मात्र यस्ता निर्दयी पर्खालहरुमा पाइला राख्न रुचाउँछन् । अथवा सुखहरुले मात्तिएका भौतिक व्यसनीहरु मात्र दुःखको अनुभव लिन यस्ता उचाइलाई ताक्छन् ।


१९ अपि्रल १९८४ साँझ

प्रीय! निकेचिता आज त तिम्रो जन्मदिन हो । भौगोलिक दूरीले हामी कति टाढा र कति अल्गाइ होचाइमा छौँ । आजको जस्तै पोहोर त्यही जन्मदिन होइन जसलाई हामीले कसरी आफ्नै अँगालोमा थामेर न्यानो स्याम्पेयन र ह्वीस्कीको साँझमा बाँधेथ्यौँ । तिम्रो जन्मदिनले चखाएको केकको स्वाद अझैसम्म पनि मेरो जिब्रामा रुमलिइरहेको छ । आज म तिनै न्याना र गुलिया स्वादहरुको सम्झना गरेर यो हिउँको साम्राज्यबाट तिमीलाई सम्झँदैछु । तिमीलाई यो हिउँको गाउँमा बसेर भावनाको घर पठाइरहेँछु ।

आज बिहान त झन् तिम्रो सम्झनाले हुनसम्म मर्माहत भएँ । बिछोडपछि प्रतीक्षाको मर्म थाम्न तिमीलाइ पनि सारै गाह्रो परेको होला । मायाको महत्व मिलनमा भन्दा ज्यादा प्रतीक्षामा हुन्छ भनेर हिँड्ने बेलामा तिमीले भनेको कुरा बिहानैभरि सम्झेँ । झझल्काले यति सारो समायो जुन भनेर साध्य छैन । बिहानैदेखि तिम्रा हाउभाउहरु मलाई गिज्याउन आइरहेछन् । तिम्रो कसम खाएर भन्न सक्छु मेरा प्वाँखहरु हुन्थे भने आजै उडेर तिमीसामु आउने थिएँ । माया कस्तो हुँदो रहेछ भन्ने कुरा मैले यहीँ आएर महसुस गरेँ । मायाको समवेदना नाप्ने यन्त्रको आविष्कार यदि भएको भए यसको उच्चतम उदाहरण म तिमीलाई देखाइदिने थिएँ ।
बाइसौँ वसन्तलाई बिदा दिनुअघि तिमीले फुकेर निभाएका बत्तीहरु आज मैले हेर्न नपाएकोमा म अहिले दुःखी भएको छु । आज दिनभर यो उचाइमा हावा चल्यो । यहाँ हुँइँकिने हावाले साना साना हिउँका डल्लाहरुलाई नै उडाउने गर्दोरहेछ । दिनभर पालमा बसेर बिताउनुपर् यो । केही क्षणअघि मैले हाम्रो ओसाके पिएँ । यस्तो लाग्यो मैले तिमीसहित तिम्रो जन्मदिनलाई नै पिएँ । हो ओसाके निकै पिएछु क्यार त्यसैले अझै मात लागिरहेको छ । हुन त रक्सी पिउनु एक किसिमले आदत होइन अनिवार्य भैसकेको छ । नपिएर पनि गुज्रान चल्दैन यस ठाउँमा । जाडोलाई आफ्नो शरीर पिउन दिनुभन्दा लखेटेर भगाउनु नै निको सम्झिने गरिन्छ यहाँ ।
हो, आज सारै सुख्खा र खल्लो भएर दिन बित्यो । मनभित्र पीडाका पीरामीड चुलिएको छ । मैले यस पल्ट केही दिन सकिनँ तिमीलाई । तिमीलाई मन पर्ने मेरा आँखाहरु आँखीभौँहरु र मेरा हातका औँलाहरु तिमीबाट छुट्टिएर मसँगै आएका छन् जसलाई म तिमीसामु पठाउन सकिरहेको छैन । न त पोहोरको भन्दा एउटा म्वाइँ ज्यादा खाएर तिमीलाई तेइसौँ वर्षमा प्रवेश गराउन नै सकेँ । यसमा सहस्र क्षमा गर निकेचिता । त्यता आएपछि मेरा डायरीका अंशहरु सबै तिमीलाई नै सुम्पने छु ।

अन्त्यमा तिम्रो जन्मदिनमा तिम्रो स्वास्थ्य र दीर्घायुको कामना गर्दछु
- तिम्रै साकाइ
----------------------------------------
माथि उद्धृत डायरीका अंशहरु मैले फेरि आज पनि पढेँ । यसअघि दुई वर्षपूर्व मैले यिनै शब्दहरुले भरिएको फोटोकपी एकउटा डायरीबाट गराएर हेरेको थिएँ । २३१४५ फीट अग्लो गौरीशंकर हिमाल आरोहण गर्न गएको जापानी दलको सकि्रय सदस्य साकाईसानलाई दुई दिन सम्म के खोजतलास पछि २२०० फीट अग्लाई भएको हिउँको पहाडी कापमा उसको शव भेट्टाएर उक्त दलकै दुई सदस्य सुजुकीसान र टोकासीसानले रुँदै ल्याएर सरकारी लिजेन्ट अधिकृतको नाताले बेसक्याम्प स्थित मलाई सुम्पेका थिए । हिउँको पहाडबाट अचानक चिप्लिएर तल खस्ता उसको टाउको र छातीलाई असाधारण चोट लागेका कुरा हेलिप्याडबाट अस्पतालमा झिकाएपछि डाक्टरी रिपोर्टबाट पत्ता लागेको थियो ।

मृत्युपछि पनि हिमालय झैँ स्वच्छ र चम्किलो अनुहार बोकेको साकाईसानको लाशलाई जापान चलान गरिएको भोलिपल्ट हामीले निकेचिताको पत्र पाएका थियौँ । उनका पत्रबीचका अंशहरुलाई फेरि पनि दोहोर्‍याउने साहस ममा नभएकोले क्षमा गर्नुहोस् । चिठ्ठीको अन्त्यमा भने यति लेखिएको थियो।