July 18, 2014


इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरुबिर्साएर
मलाई मात्र सुखैसुखमा भुलाउँछ भने
जो जो बस्छन्त्यसमा
फननन घुम्छन्शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने
कोही बसेकोही बसीरहेछन्त्यस्मा
मनपरि गर्दैआएका छन्देशमा
भरी दुनो आफ्नो सोझ्याएर
खाली दुनो अर्काको घोप्ट्याएर
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई बिदेशैमात्र घुमाउँछ भने
बिकट अवहेलित देशको कुनाहरु
म देखि कहाँहो कहाँपर हराउँछ भने


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !