March 30, 2009

मनको कुरा भन्छु भन्थ्यौ

नीर्मन केएम
नंखेल भक्तपुर

मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?

म पनि त तिमीसंग नजीक होउं भन्थें
सबै कुरा तिमी सामु पोख्न पाउं भन्थें

मनको कुरा मनमै राखी किन बल्झियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?

कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छ
नयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छ

मंजील नछोइ बीचै बाटो किन फर्कियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !