March 21, 2009
कती ठोक्यौ माथा तिम्ले
धोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा
सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्न
कहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ता
हिजो भिजेको आँसुले आज नबगायोस फेरी तिम्रो
खुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ता
उचाइ दिन नसके नि गिराउने थिन यि नजरबाट
कसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ता
फुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिका
यता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उता
सम्पुर्ण पोष्ट
दौंतरीका एडमिनहरु साथै नयाँ, पुराना सबै पाठकहरुलाई दौंतरीमा हालसम्म प्रकाशित सबै लेख-रचनाहरु खोज्न, पढन र सम्पादन गर्न अनी चाहिएको बेलामा लिन्क रिफरेन्स गर्न समेत सजिलो होस भनी यो पेज बनाईएको छ ।
हालसम्मका सबै रचनाहरुको सूची हेर्न कृपया तल रहेको 'Show table of contents' मा थीच्नु होला ।
खोजी सहायक:'Show table of contents' मा क्लिक गरी ब्लगपोष्टका सूची देखिए पछि निम्न अनुसार लेख रचनाहरु खोज्न सकिन्छ:
वर्णानुक्रम अनुसार खोज्न: वर्णानुक्रम अनुसार प्रकाशित पोष्ट खोज्न 'POST TITLE' मा क्लिक गर्नु होला। 'POST TITLE' मा क्लीक गरे पछि दौंतरीमा रहेका पोष्टहरु Alphabetical Order अर्थात वर्णानुक्रम अनुसार सूचीबद्द भएर देखिने छन। यसो गर्दा पहिला अंग्रेजी वर्णमाला वा अक्षरबाट सुरू भएका ब्लगपोष्ट देखिने छन भने अंग्रेजी वर्णमाला पछि देवनागरी वा नेपाली वर्णमाला अनुशार पोष्टहरु: A>B>C>... अ> आ> इ>... क> ख> ग... को क्रममा देखिने छन।
सो 'POST TITLE' मा पून क्लिक गरेमा यो सूची ठ्याक्कै उल्टो (Descending Order) भई ज्ञ> त्र> क्ष>... इ> आ> अ>... C> B> A> को क्रममा देखिने छन।
शीर्षकको शुरुमा अंक वा चिन्हको प्रयोग भएका पोष्टहरु पनि शब्दकोषकै क्रम अनुसार रहने छन।प्रकाशीत मिति अनुसार खोज्न: दाँया पट्टी रहेको 'POST DATE' मा क्लिक गर्नु भयो भने सबैभन्दा पुरानो पोष्ट सबैभन्दा माथि देखिने छ र पून क्लिक गर्दा सबैभन्दा नयाँ पोष्ट सबैभन्दा माथि देखिने छ ।
कुनै एक बिधाका पोष्टहरु मात्र हेर्न: कुनै एउटै बिधाका पोष्टहरु मात्र हेर्नको लागि "LABELS" भन्दा मुनि रहेको कुनै पनि label (जस्तै: अभिव्यक्ति, गित/ गजल/कविता आदि) मा क्लिक गर्नु भयो भने सोहि बिधाका पोष्टहरु मात्रै सूचिबद्द भएर देखिने छन । साथै कुनै एक निश्चित बिधालाई पनि प्रकाशीत मिति र वर्णानुक्रम अनुसार क्रमबद्द गरेर हेर्न सो बिधा (label)एक्टीभ भएको बेलामा "POST TITLE" र/वा "POST DATE" थीच्न सक्नु हुन्छ । अनी कुनै एउटा निश्चित बिधाबाट पून सम्पुर्ण पोष्टमा फर्कन "LABELS" मा क्लिक गर्नु होला ।
(यो पेजमा हालसम्म दौंतरीमा प्रकाशित सबै रचनाहरुको लिन्क आफैं बन्दै जाने भएकोले पुरै पेज खुल्न केहि समय लाग्न सक्नेछ ।)
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 20, 2009
कब्जातन्त्रको रिहर्सल !
“हामीले सेना जस्ताको तस्तै राखेका थियौं। दुनियाँमा यस्तो शान्ति सम्झौता भएको छ कतै? शान्ति सम्झ्ौता गरेपछि अधिकांश देशमा सेना बुझ्ाइन्छ, हतियार बुझ्ाइन्छन्। हाम्रो सेना र हतियार जस्ताको तस्तै राखेर हामी चुनावमा गयौं। यस्तो पनि कहीं भएको थिएन। हामीले अहिले चुनाव पनि जित्यौँ। जनताले हामीलाई विश्वास पनि गरे। र, अहिलेसम्म आउँदा हामीसँग सेना पनि छ, जनताले हामीलाई सरकारमा पनि पुर्याइदिएका छन्।”
“हामीलाई प्रतिक्रियावादीले संविधान बनाउन नदेलान्। तर, जनताका पक्षमा संविधान बनाउनुपर्छ भन्ने तयारीका साथ हामी लड्दैछौं। दुईतिहाई चाहिन्छ संविधान बन्नलाई। ४० प्रतिशत हामीसँगै छ। हामीबिना संविधान बन्छ? एक अक्षर पनि लेखिँदैन। कि त हामीले भनेजस्तो संविधान लेखिन्छ, होइन भने कसैको पनि संविधान बन्दैन।”
“पशुपति घटना मार्फत हामीले ठूलै भाँडभैलो मच्चाएको छौँ र त्यसले सबै प्रतिगामीलाई हल्लाएको छ।”
अव्यवस्थाबाटै व्यवस्था आउँछ, भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ। भद्रगोल ल्याउने नै हो हामीले ।
-बाबुराम भट्टराईका केही कटुसत्य विचारहरू
बिभिन्न मितिमा आफ्ना कार्यकर्तालई सम्बोधन गर्ने क्रममा माओवादी दर्शनका नेपाली व्याख्याताको रूपमा चिनिने विद्वान बाबुरामका माथि उल्लिखित विचारहरूलाई पढ्ने जो कोहीले अनुमान गर्न सक्ने कुरा हो - तुलनात्मक रूपमा विचारमा उदारवादी कहलिएका माओवादी नेताको सोच यस किसिमको अराजकतावादी र एकाधिकारवादी खालको छ भने , भौतिक युद्दको त्रासदिको प्रयोगबाट नै अरूलाई सखाप र ध्वस्त पार्दै सत्ता नेतृत्व कब्जा गर्नु पर्छ भन्ने बहुसंख्यक सैन्यवादी चिन्तनको नर्सरीमा हुर्किएका माओवादी कार्यकर्ताहरूको विचार कुन किसिमको होला !
सरकारमा बसेर नया संविधान लेख्ने जिम्मेवारीको संरक्षक समेत रहेको माओवादी नेतृत्वको सरकारका शिर्षस्थ नेता रहेका भट्टराईको संविधान निर्माण सम्बन्धी माथिको उद्धरण र उनको व्यक्तिगत वेबपेजमा राखिएको माओवादी संविधानको प्रारूपले माओवादी के चाहन्छन भन्ने कुराको खुला घोषणा गरिरहेकै छन् ।
माओवादी पार्टीको नीति र कार्य योजना त उसले सबैलाई बुझ्ने भाषामा बताइरहेकै छ र उसका विचार र व्यवहारहरू सबैलाई जगजाहेर बनाएर नै त्यही बाटोमा हिँडाइरहेको छ , तर अन्य राजनैतिक शक्तिहरूले यो कुराको गम्भिरतलाई बुझ्न सकिरहेको देखिएको छैन । बुझेको भए उनीहरूले माओवादीलाई संयमतापूर्वक व्यवहार गरेको हुनुपर्थ्यो । पछिल्लो समयमा एमाले पूर्वमहासचिव माधव नेपालले व्यक्त गरेको ' हतियारधारी माओवादीलाई संविधानसभाको चुनावमा सरिक गराउनु गल्ति थियो 'भन्ने स्वीकारोक्तिले पनि माओवादीलाई हेर्ने र अगाढि बढाउने व्यवहारमा कांग्रेस एमालेले ' फ्रेंकिस्टिनको मोन्स्टर' जन्माएको महशूस गरिरेहको प्रतित हुन्छ । माओवादीले भने जस्तो 'सत्ता कब्जा गर्ने' कब्जातन्त्रको अभ्यास उसले धरै अघिदेखि शुरू गरेको हो र यसका अनुभवहरू नेपाली जीवनका हरेक पाटाहरूमा देखिन थालेका छन् ।
वर्तमान नेपालको हरेक जीवनका पक्षमा माओवादी अतिवादी चिन्तनको भाइरस घुसिसकेको छ । घर-घडेरी कारोवारदेखि गाऊँ जिल्ला स्तरीय ठेक्कापट्टाका सरकारी कामहरूमा, सरकारी अड्डादेखि कारखाना, होटल मजदूर र क्यासिनोसम्म , टेलिभिजन, गोरखापत्र , नेपाल टेलिकम र राजश्व संकलनको तथाकथित प्रोजेक्टसम्म , छापामार शिविरदेखि वाइसिएल क्याम्प र युवा स्व-रोजगार कार्यक्रमसम्म, कर्मचारी , पुलिस सरूवा र थमौतिको ठेकापट्टादेखि हालैको स्व वि यू निर्वाचनमा खटिएको माओवादी लगानी र मन्त्रीस्तरीय सहभागिता अनि सैन्यवादको हस्तक्षेप सम्मलाई देखे-अनुभव गर्ने कसैले पनि यो भीषण कब्जातन्त्रको रिहर्सल अभ्यासलाई नचिनेर भोलिको नेपालमा बहुलवादी लोक-कल्याणकारी लोकतान्त्रिक पद्दति सुरक्षित रहने सपना देखिरहेको छ भने, या त ऊ बुझ पचाइरहेको छ अथवा माओवादीले जे गरे पनि त्यो उसको सपनाको लकातान्त्रिक गणतन्त्र हुनेछ भन्ने भ्रममा बाँचिरहेको छ । यो आलोचना हैन, नेपालमा जनमुखी लोकतन्त्रको सम्भावित अवसानमाथिको चिन्ता मात्र हो ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
नदुख्नुकोही
लेखका संबन्धमा: नीर्मनजीले करीब ३०।३२ बर्ष अघिदेखि बिभिन्न कथा, कविता, गीतीकथा, गीतहरु लेख्दैआउनु भएको छ । तर वेबसाईटमा प्रकाशन भएको सर्बप्रथम दौतरी वेबसाईटमा नै हो। उहांले अब निरन्तर रुपमा आफ्नोरचना पठाइरहने बाचा गर्नुभएको छ । साथै उहांले उहांको रचनाको बारेमा प्रतिकृया जनाउने सम्पूर्ण पाठकहरुमा अग्रिम धन्यवाद टक्रयाउनु भएकोछ किनकी पाठकहरुको सल्लाह र सुझावहरुलाई शिरोपर गरी अगाडि बढ्न उहांलाइ निकै प्रेरणा मिल्दछ (दौंतरी।
नीर्मन केएम
नंखेल ६,भक्तपुर (हाल हाइटी)
नदुख्नु कोही मेरो दु:खमा, म त यस्तै हुँ सधैंभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी
आफ्ना र अरुहरुका स्नेहले, अब म थाकिसकेछु
माया नै मायाको बोझले,धेरै नै थिचिएको छु
यो उराठ लाग्दो जीवन, यत्तिकैमा रमाइ रहन्छ
आशा उमंग सबै मारेर , नीरसतामै बांचिरहन्छ
नाआऊनु कोही मेरो साथमा, म एक्लै हुन्छु संसारभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरि
फूल फुल्ने पाखाभररी अब, डढेलो लागिसकेको छ
खुशीमा उज्यालिने मनभरी अब, अंध्यारो छएको छ
एक्लोपन प्यारो बनिरहेछ, कसैले नझस्काइदिए हुन्थ्यो
मन अनन्त यात्रामा उडिरहेछ, कसैले नबिथोलिदिए हुन्थ्यो
नसिस्किनु कोही यो मेरो पनमा, आसुँ छैन मेरो आँखाभरी
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
डलर टिप्ने यात्रा -- ४
शेखर ढुङेल्
०३-१७-२००९
(डलर टिप्ने यात्राको पहिलो भाग यहाँ, दोस्रो भाग यहाँ र तेस्रो भाग यहाँ छ।)
तानाकाले भोलीपल्ट बिहानै जापान फोन गर्यो हाम्रो बारेमा समाचार सुनाइदियो तीन पानीले डुबाइदियो भन्दा पनि उतारिदियो भन्दा राम्रो होला । बल्ल हलुका मन भयो यो झुठको खेती बन्द हुँदा । त्यस पछी उनिहरु सित कुनै संपर्क भएन । त्यो बिचमा मैले होटेल को ब्यापार शुरुगरी सकेको थिए (लज ) भोटेबहालमा, भने नोकरी पनि पुनर्बहाली भैसकेको थियो । तर आफ्नो परीबर्तित जीवन शैलीले उपल्ला दर्जाका हाकिम लाइ औडाहा भएछ। ठुला हाकिम मोटर साइकलमा, आफु गाडीमा । दुई महिनामा बिना कारण ४ ठाउमा सरुवा, त्यस्तो पनि हुन्छ?, त्यो पनि त्यस बेला ६ हजार जती हात लाग्ने जागिर आँखा पनि लागेन र सदाको लागि नोकरी शिभ राम भुर्तेल अथार्त नमस्कार गरिदिएँ ।
आफ्नो नोकरीको प्रकृतिको एउटै फाईदा मेरो लागि भयो, त्यो हो जन संपर्क । प्रचुर प्रचार-प्रसारको फल स्वरुप नाम चलेका नेता, कार्यकर्ता, बहालवाला वा पूर्व सैनिक, प्रहरी का बरिष्ठ हाकिमहरुको चहल् पहल निक्कै हुन्थ्यो, सोचे भन्दा राम्रो कमाइ र त्यहा भा. रु. को बर्षात हुन थाल्यो । गोर्खालीले पैसा भे’छी के गर्छ ?, आबश्यक भए पनि नभए पनि जग्गा किन्ने घर बनाउने ? । मैले पनि सुरु गरे सडक नगिज घर बनाउन । त्यो काम ६० % पनि सकिएको थिएन कता महाकाली संधि मा राष्ट्र घात भो भनेर सडक का रेलिङ भाच्ने, तोडफोड गर्ने, भारतीय गाडी आगो लगाउने, एक होइन दुई होइन तीन दिन सात दिन सम्म नेपाल बन्द गर्ने काम हुन थाले पछी त को आउने नेपाल ?। स्वात स्वुत ब्यापार त चट्, १० % पनि होटेल मा गेस्ट आउन छोडे छुटेन पसिना अब ? घर हेर्ने कि १५ जना होटेल को स्टाफ को खर्च हेर्ने कि होटेल को भाडा तिर्ने कि ? टुप्पी ठाडो भै हाल्यो नि ? ।कन्त बिजोग होला जस्तो पो त ?अनी त बाँकी त एउटै उपाय छ बहिनी परिवार नियोजन भन्ने गीत जस्तो मुग्लान भास्सिने भन्दा उपाय देखिन र १९९५ को मे मा लाग्यो गोर्खे मान टिप्न अमेरिका हुँदै जापान फेरी ।
एक जना आफ्न्तको मा पुगियो उन्ले मेरोलागि कुरा गरिसके का रहेछन कामको कता हो होन्डा कम्पनी रे । त्यहा अर्का कलाकार सीत पनि भेट भयो । भोली पल्ट काम गर्ने ठाउँ मा गएँ राम! राम!! राम!!!, आफ्नै लागि भरे कहाँ को कामी को आरन जस्तो पो रेछ । होन्डा मोटर साइकल को साइलेन्सर पाइप मात्र चम्काउने काम । कामीको बिद्युतिय आरन रैछ त्यो । पहिले तार भ्एको चक्का ले टल्काउनु पर्ने फेरी नरम कपडा जस्तो भएको चक्काले टल्काउनु पर्ने । बोराको एप्रोन बेरेर छालाको पन्जा र रबरको बुट लगाइ काम गर्नु पर्ने, मुख मा कालो धुलो, चक्का एता उता चिप्लिदा हात मा घाऊ नै घाऊ भएका आफन्त लाइ हेरें, उन्को घाऊ ले मलाई हिजै पोलिसकेको थियो । यो ठाउँमा मेरो भाग्य टल्किने छाँट काँट देखिन र काम नगर्ने निधो गरी टोक्यो फर्किएँ । त्यहा एकजना भतिज पर्ने थिए अनिल ढुङेल् उन्ले मलाई एउटा नयाँ खोलेको भारतीय खाना, तर जापानिज साहु भएको रेस्टुरामा काम खोजिदिए र भने ईण्डियन जस्तो पेल्दैन र छिट्टै मेनेजर हुने चान्स छ । उताको साहु यताको प्लेट उठाउने ?, लेख्या हुन्छ देख्या हुन्न भन्या शायद यहि होला ? । बिकल्प पनि छैन, मैले हुन्छ भने अनिलले मलाई कावागुची भन्ने ठाँउको मालाबर रेस्टुरामा पुर्यायो । अङ्रेजी ओके ओके बाहेक फिटिक्कै नबोल्ने रहेछन साहु । कोठा पनि रहेछ राम्रै दुई जना कुक र मेरो लागि तीन कोठा भएको । बोल्न सिके पनि जापानिज लेख्न आउँदैन थियो १३५ आइटम भएको रजिस्टर्ड मा जापानिज भाषा लेखिएको थियो परेन फसाद ?। के गर्ने दिमाग खेलाएँ बल्ल बुद्धी फिर्यो, रजिस्टर्डको चार्ट माथि इङलिस लेखेर चिप्काइ दिएँ, तब काम गर्न सजिलो भयो । आफुले इङलिस नेपाली जापानिज शब्द कोश किनी गहन अध्ययन गरे र दुई महिना मा नै म ८० % बोल्न र १० % लेख्न सक्ने भएँ। रेस्टुरा सीत जोडीएका बिषय र आबस्यक शब्द हरु लाइ खोजी गरी पढेकोले काम मा गाह्रो भएन र साहु सीत कुरा गर्न सजिलो भयो । स्मरण रहोस जापान मा हिराकाना, काताकाना र खान्जी गरी तीन प्रकार को मिस्रित भाषा प्रयोग हुन्छ ।
त्यही काम गर्दा रेस्टुरामा नै दसैं तिहार नयाँ बर्ष आदी मनाइन्थ्यो नेपालीहरु सीत को भेटघाटको सानो केन्द्र थियो त्यो मालाबार रेस्टुरा । छुट्टीको अगिल्लो दिन साहुले सधैं अरु रेस्टुरामा लैजान्थे र बिहान ४ बजे तिर घर मा पुर्याई दिन्थे । मैले जीम्मेवारि लिएपछि उनी अर्को रेस्टुरामा ब्यस्त हुन थाले । यसरी लगभग दुई बर्ष त्यहा रमाइलो सीत बित्यो । नेपालमा आफ्नो तत्कालिन समस्या पनि पुरा भैसकेको थियो बगली अली अली मोटो हुदै आए पछी फेरी नेपालमै गै उही पुरानो वा सानो तिनो एक्स्पोर्ट ईम्पोर्ट को ब्यापार गर्ने भन्दै ‘जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी’ जप्दै फर्किये नेपाल ।
यस पटक फर्कदा नेपाल अध्यागमन ले राम्रो सीत स्वागत गर्न खोजे को थियो सफल भएन । भयो के भने पासपोर्टमा आगमन छाप लगाउने बेलामा यसो ओल्टाइ पल्टाइ हेर्यो अनी एक छिन पर्खनुस भन्छ बा!, मैले सोधे किन ? म नेपाली नागरिक नपाल छिर्न पाउन्न किन रोक्ने ?, किन पर्खने ?, फेरी भन्यो तपाईं चुप लागेर बस्नुस । थाहा छ उ मलाई मुर्गा बनाउने कोशीसमा छ आफु छोटो समय त्यहा काम गरिसकेको मान्छे म किन डराउने उता संगै तालिम गरेको डियसपी दुर्ज कुमार राइलाइ देखी सकेको थिए त्यहाको हाकिम पनि धेरै पटक संगै तीन पानी खाइ सकेको थिए, मैले कठालो समातेर जुरुक्क उचालेर हुत्याएँ उस्को हाकिम को कोठा तिर त्यतिकै मा उस्को हाकिम पनि निस्किये र के भयो भने, मैले भने यस्ले मलाई किन रोकिराखेको छ ? दुबै ले मलाई शान्त हुन भने अनी हाकिम आँफैले छाप ठोकी दिए र सरि भने । दुर्ज कुमार र म गफ गर्दै ढोका सम्म आयौं त्यो ‘धरापे कर्मचारी’ छक्क पर्दै हेरी मात्र रह्यो ।
देशमै बसेर केही जीवन धान्ने ब्यवसाय गर्ने अठोट गरी फर्केको म, बर्ष दिन सम्म कतै बाख्रा पालन, कतै ट्रावेल एजेन्सी वा रेस्टुरा के गर्ने सम्भाब्य अध्ययन गर्दा गर्दै बित्यो प्रशासन, नेताहरुकोमा राष्ट्रको चिन्ता बोकेको प्रोजेक्ट बोकेर गयो पहिले नै घुस माग्दछन, घुस लिने दिने काम मा आफु परियो पृथ्वी नारायण को अनुयाइ ( घुस लिन्या र दिन्या दुबै मुलुक का दुस्मन हुन ?) सबै इजी मनि मात्र खोज्ने समाज, राष्ट्र लाइ फाईदा हुने काम गर्छु भन्दा पनि वास्ता नगर्ने पैसा पाए नहुने पनि हुने गरिदिने पैसा नपाए हुने पनि नहुने गराइ दिने। म घुस ज्यान गए नदिने कर्मचारी घुस नखाइ ज्यान गए पनि काम काम नगरि दिने मिल्यो त कुरो अब ?
के गर्ने के नगर्ने टुङो लागि सकेको थिएन त्यसै बेला अस्ट्रेलिया बाट एक जना आफन्त छुट्टीमा नेपाल घुम्न आएका थिए । अस्ट्रेलिया मा लामो समय बसेका पाका मानिस थिए उनी स्कलरसिप मा थाइल्यान्ड पढ्न गएर उतै बाट अस्ट्रेलिया पलायन भएका । घरमा आएको बेलामा त्यहाको अध्यागमन नीति, त्यहाको जीवन शैली । ब्यापारको सम्भाबनाका बारेमा बिस्त्रित रुपमा छलफल भयो । उन्ले एकदम आशा लाग्दो अनी मेरो ब्यापार गर्ने इच्छालाइ सहयोग गर्ने बिश्वासिला कुरा गरे । यो भेडा बाख्रा पाल्ने घुस्याहरुको पछी दौडने उकुस मुकुस हुने बातावरण लाइ स्वर्गादपी गरियसी ...... ' भन्ने सोचाइ छोड, गोर्खे चल अस्ट्रेलियन डलर टिप्न भाग भन्दै मनमा फेरी कुतकुती सुरु भयो । ती आफन्त ले मौखिक सहयोग मात्र होइन परे आर्थिक सहयोग पनि गर्छु भने पछि त मेरो पंखा पलाए झै भयो अनी कहिले उडु कहिले उडु भै’ गो । छिट्टो भन्दा छिट्ट्टो अस्ट्रेलियाको सिडनीमा भेट्ने बाचा गर्दै उनी लागे अस्ट्रेलिया, म उडे न्यु दिल्ली भिशा लगाउन ...... क्रमश
(यो यात्राको पाँचौ भाग यहाँ छ)
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
गाउँखाने कथा - ८ (Nepali Gau Khane Katha)
इनारका मुखमा पदमका फुल, यसको उत्तर के होला?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest