December 18, 2008
कबिता - ''श्रद्धान्जली शिवलाइ'
हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद ---
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ---,
तर ---कुन दैवको श्राप पर्यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /
(अमेरिका) (प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित)
कथा- आँफै ले किनेको दोसल्ला
आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने क्रम भखर सुरु भएको छ।
सम्मानित हुने ब्यक्तित्वो आठ कक्षा पास् हुन। उनका सहपठि सँखर जो प्रद्ध्यपक छन । दर्शक दिर्घ मा पाहुना बनी तमासा हेर्न आइ पुगेका छन। २० बर्ष अघी पढ्दा पढ्दै स्कुल छोडेका रवी र प्रद्ध्यापक सँखर बिच बेला बेलामा भेट भये पनि दुब्ले फुस्रे प्राध्यापक रवी को लागि चिन्न आबस्यक ब्यक्ती थिएनन। प्राध्यापक शंकर को सहपाठि सित को भेत्घाट, कुर कानी मा पुराना साथी भाईको बारेमा कुरा हुँदा केही बर्ष पहिले रविले आफ्नी श्रीमती लाई माइती बाट पैसा नलेराएको भन्दै झुन्डाएर मारेको थियो रे, कृष्णले थपेको थियो हो मैले पनि रविको क्षिमेकिको मुख्बाट सुनेको दिल्लीमा एक धनादय ब्यापारीको एक्ली छोरी सित आफुलाई डाक्टर भनी झुक्याइ विवाह गरेका रहेछन। श्रीमतीकै सम्पत्तिमा काठमाडौंमा करोडौको घर जग्गा जोदेका थिएरे।
प्राध्यापक शंकर गम्दै थिए मानिसको भाग्य को निर्माण बारेमा- खोइ भाग्य बनाउन्छु भनी दु:ख गरी पढियो जागिरको कमाइले बच्चाको पढाई र घर खर्च धान्ने गर्हो छ। धन्न बाजेको पालाका जग्गा जमिन थियो र बाँच्न सकिएको छ। भाग्यकै कुरा होला लक्ष्मी को बास कहिले कता कहिले कता। शनिबारको दिन थियो फूर्सधि प्राध्यापक शंकर समय भन्दा केही अगाडि नै कार्यक्रम अैपुगेका थिए। उनी सँगइ एक मानिस आएर उभिये। प्राध्यापक सित उनी आँफैले परिचय दिए- एक आपसमा गफ गर्न थालए- एक प्रहरी अधिक्रित र प्राध्यापक एक अर्कालाई सम्मान गर्दै सम्सामहिक बिषयमा गफ गर्न थालए- गफै गफमा प्रहरी अधिक्रित ले जिज्ञासा राखे - होइन शंकर सर ई सम्मान्ती हुने ब्यक्ती रवी थापाजी लाई चिन्नु हुन्छ? प्राध्यापक शंकर ले जवाफ दिए- उनी मसँग आठ क्लास सम्मा संगै पढेका हुन। म चिन्छु तर उनले म् अलाई चीन्न चाहेका छैनन। शहर पसेका थिए खोइ के के गरे, मन्त्री, नेता ,ठुला ठुला धनाधय का आसाका केन्द्सो बनेका छन रे- के गर्दैछन त्यो भने चेउ पाएको छैन। टोल सुधार समितिले निमन्त्रणा पठाएकोले आएको हुँ।
कार्यक्रम हुने हलमा आगन्तुकहरुको जमाघाट बाम्लिदै थियो-प्राध्यापक र प्रहरी अधिक्रित कानमुख नजिक गर्दै- रविका बारेमा जिज्ञासायुक्त भावमा कुरा अगाडि बदाउदै थिए, त्यसइ बिच सम्मानित हुन गैराखेका रबी अनी प्रहरी अधिक्रितले केही बर्ष अगाधी अनुसन्धान गरी मुद्दा दायर् गरेका अभियुक्त रवी एउटै हुन कि अर्कै स्पस्ट हुन प्राध्यापक शंकरलाई उन्का अभियुक्त रबिको बारेमा बताउने थालिए।
रवी थापाले मैतिदेवीकी एक बच्चाकी आमा बिधवा सित विवाह गरेका रहेछन- केही बर्ष पछी रबिले झुक्काएर श्रीमतीको नाममा भएको करोदौको सम्पत्ती आफ्नोओ नाममा बनाइ सकेपछी छोड्पत्र गरेका थिए। श्रीमतीले बेसहरा बनी सम्पत्ती फिर्ता पाउन मुद्दा हालेकी थिन। मुद्दको तहकिकात उन्ले गरेका थिएरे तर मुद्दा अदालत पुर्याई न्याय दिलौनुको साटो एक सक्ती साली नेताको दबाबमा रवीबाट श्रीमतीको लागि केही रकम तिर्न लगाइ, मुद्दा डिस्मिस्स बनैएको थियो रे के गर्नु सर मैले चाहेर पनि ति पीडित महिला को पक्षमा न्याय दिलाउन सकिन, त्यतिके भन्दै थिए हुल्मा तरर तालिको गुन्जायमान भयो, हल भित्र सम्मनित हुने ब्यक्ती रवी थापा प्रमुख अतिथी बरिस्थ नेताको आगमन भएको रहेछ। दुर्क्षात्र खटिएका प्रहरी अधिक्रित उठ्न लाग्दा प्राध्यापक शंकरले उन्को हात समतेर सोधे सर ई रवी र ति रबी एकै हुन्की अरुनै ? अधिक्रित्ले कानमा खुसुक्क भने हो सर उनिनै हुन अरु कुर नगरौ भन्दै मंच तर्फ बढे । प्राध्यापक शंकर को दिमाग मा रबी धनी बनेको रहस्य को पर्दा उतारिदै थियो ।कार्यक्रम सुरु भयो नेताले करिब घण्टा लगाएर बतासे बिकास का कुरा अनी सम्मानित हुने रबी को समाज सेवा का बारेमा निक्कै चर्चा गरे ,उन्को भाषाड सकिए पछी आयोजक का तर्फ बाट रबी लाइ दोसल्ला र कदर पत्र दीइयो सब ले ताली पिटे । आयोजक मध्य का एक सदस्य र पार्टि को ठेक्का पाएको कम्पनी को मेनेजर बिच को सम्बाद प्राध्यापक को कन मा ठोकियो ।यो पार्टि को खर्च को बिल कस्को नाम मा लेखोउ ?आयोजक सदस्य ले जवाफ दिए चिन्ता गर्नु पर्दैन कार्यक्रम सकिए पछी हाम्रो रबी जि ले दिनु हुन्छ ।
कार्यक्रम सकियो ।नेता फर्किए । सम्मानित ब्यक्तिव रबी सित हात मिलाएर । रबी मक्ख पर्दै आयोजक हरु सित हात मिलाउदै थिए टाढा बाट एउटा आबाज आयो ए रबी भन्दै प्राध्यापक को कान आबाज तिर र आँखा रबी तिर मोडियो । रबी हत्तार हत्तार गर्दै भिड बाट निस्किए कालो शिसा भएको पाजेरो मा बसे र एक्कै झड्का मा गाडी स्टार्ट गरी हुत्तीए । प्राध्यापक जिज्ञासा पूर्ण तरिकाले हेरी राखेका थिए । सम्योगबस ति अधबैसे महिला सुक्क सुक्क गर्दै प्राध्यापक को नगिज बाट अगाडि बड्दै थिन शंकर जिज्ञासा नराखी बस्न सकेनन । उन्ले सोधे बहिनी रबी जि लाई कसरी चिन्नु हुन्छ ?किन खोज्नु भएको वहाँ लाई ?ती अर्ध मुर्छित महिला ले एक्कै साँस मा बताइन् ,एक दिन एउटा आफन्त को घरमा भएको भोज को बेला उनी सित भेट भएको थियो कुरै कुरा मा रबी ले आफु जापान को ब्यापारि भएको र बिहे गर्ने बिचार ले हाल नेपाल मा आएको भन्यो । मैले पनि कलिलै उमेर मा विवाह भएको ,बिबाह भएको केही दिन पछी नै गाडी दुर्घतनामा श्री मान को मृत्यु भएको हुँदा सम्पूर्ण कुरो भएर पनि समाज मा जीवन बिताउन गार्हो भएको छ भनी दुखेसो पोख्दा उस्ले नै विवाह गर्ने प्रस्ताब् राख्यो केही दिन को भेटघाट र कुरा कानी पछी विवाह गर्योउ । अर्को महिना जापान बाट फर्केर आइ मलाई भन्यो हेर मेरो जापान को ब्यापार बिग्रियो हेर्ने मान्छे पनि भएन तिम्रो नाम को घर जग्गा बेच्नु पर्यो तिमी पनि म संगै जापान जाने अब । होला तनी भनी सबै बेची पैसा उस्लाई दिए ।पैसा लिए पछी एउटा सानो कोठा भाडा मा लिएर मलाई त्यहा छोडि बेपत्ता भएको थियो ।प्रहरी प्रशासन धाए प्रमाण लेउ अनी कारबाही हुन्छ भन्छन ।मा सित कुनै प्रमाण छैन ।मा आज सडक मा बेस्या बनेर बाँचेको छु यस्ले मलाइ बर्बाद बनयो।त्यस्ता लाई तपाईं हरु समाज सेवी भनी दोसल्ला ओडाई राख्नु भएको छ ।
प्राध्यापक को आँखा रसायो ।सहयोग गर्ने बिचार ले एक छिन् अगाडि भेटेको प्रहरी अधिक्रित लाई खोज्न आँखा घुमाए पात्लिदै गएको भिड्मा उन्लाई देखेनन ।निरास मन ले शान्त हुन एक दिन भगवान ले न्याय दिनेछन भन्ने आस्वासन् दिदै प्राध्यापक घर तिर लगे बाटा मा सोच्दै थिए आँफैले किनेको दोसल्ला ओड्न यत्रो मन्च र नाटक खडा गर्नु पर्ने वा क्या जमाना आयो.
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
श्रद्धान्जली वरिष्ट साहित्यकार रमेश बिकल ज्यु मा।
हस्त गौतम मृदुल
स्तब्ध पारी संधैका लागी छोडेर गैदियौ।
सपनीमा पनि नभेटने गरी पराइ भैदियौ।
क्षेणिक रैछ जीवन चोला पानीको फोका झै।
चटक्कै छोडी अनयासै गयौ हावाको झोका झैं।
भौतिक शरीर अचानक कठै धुवामा बिलायो।
बिधिको बिधान यस्तै नै रैछ आफैमा मिलायो।
सु न्य नै पारी शोकमा डु बाइ छोडेर गैदियौ।
जीवनमा कैलै नभेटने गरी बिरानो भैदियौ।
शोकाकुल भै श्रृद्धाणजली श्रद्धाले चढाउदा।
भाबुक छ यो दू खी मन संधालाइ गु माउदा।
अमर छ सृष्टाको नाम मर्दैन नी योगदान।
प्रेरणाको स्रोत ठानी गाउने छौ जय गान।
रिक्तता कैलै नभरिने गरी छोडेर गैदियौ।
दर्शण कैलै नपाउने गरी दूर्लभ भैदियौ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
एक छिन हासौंन - ६
मैले छोराछोरिहरुको बिषयमा अगाडि कुरा बडाएकी थिए त र यस्को अर्थ यो होइन कि उमेर पुगेका हरु बाट चाँही हाम्रो नेपाली समाजमा आमा बाबुप्रती त्यस्तो अभद्र ब्यवहाँर नहोला। यहाँ त्यस्तो चाँही ५ देखी १० बर्ष सम्म पुगेका र उनिहरुका साथीहरु पनि यहीकै भएका हरुले आमा बाबुलाई त्यस्तो ब्यवहाँर गर्न सक्छन। शायद यहाँको रहन सहन अनुशरणको कारणले पनि होला त्यसैले हर बाबु,आमाले आफ्ना छोरा,छोरिहरुलाई आफ्नो भाषा र सँस्क्रीतिप्रति चाँही सचेत गराउन नै आवश्यक हुन्छ। नत्र त्यस्मा बच्चाहरुको पनि के नै दोष हुन्छ र ?
उनिहरुले त जस्तो परिवेश पायो त्यस्तैको त अनुसरण गर्ने हुन नि। आमा बाबुले पनि उनिहरुलाई त्यस्तै छत्रछाया दिनुपर्छ। काम र दाम मात्र हेरेर पनि हुन्न हुनत आवश्यकता र अभावको कारण पनि आमा,बाबुले परिस्थिती अनुसार चल्न पनि पर्छ नत्र यहाँको खर्च र काम बराबर नै हुन्छ ता पनि धेरै चाँही कामलाई मात्र पनि प्राथमिकता दिने पनि पाइन्छ। यसैले आफ्नो संसकारमा बच्चाहरुलाई ढाल्ने हो वा उनिहरुप्रती भविश्यको सुनौलो कल्पना पाल्ने हो भने आफ्ना छोरा,छोरिहरुलाई आफ्नै संस्कारमा हुर्काउन जरुरी छ नकी पछी पश्चताप गर्न नपरोस। अँ मैले यहाँको संस्कारमा कुकुर, बिरालोलाई माया गर्छन् र च्यापेर हिड्छन भन्ने कुरा समेत् उठाएकी थिए। हुन पनि हो कत्तिले मैले त्यसै गरेको देखेकी छु। आफुले जन्माएको बच्चालाई भन्दा आगर गरेर कुकुर बिरालोलाई चाटेर राखेको पनि देख्न पाइन्छ। मसँग त्यस्ता देखेका घट्नाहरु धेरै छन। जस्तै हामी एक दिन ठीक १० बजे रेस्टुराँ तर्फ आफ्नो कारमा गैरहेका थियौ। ठीक्क रेड लाइट भएको ठाउँमा सबलाई गाडी रोक्न कर लाग्यो। हामी देखी ठीक्क साइडमा यौटा कारमा अगाडि सिटमा यौटा गजबको कुकुर मान्छे झै ठाट्टिएर बसेको थियो। त्यो कुकुरलाई संगै बसेकी महिलाले सुम्सुम्याइ रहेकी थिइन। मानौ त्यो कुकुर पनि यौटा गजक्क परेको मान्छे झै लाग्दथ्यो। भनौ नै भने उस्तै अभिमानी मान्छे समान थियो। हामी त्यो कुकुरलाई देखेर दंग पर्यौ कारण ऊ पनि मान्छे झै सिग्नल पर्खेर बसे झै गरिरहेको थियो। अब सोचौ न हाम्रो समाज मा भने मान्छेलाई कारमा बस्न पूर्पुरोमा नै लेखेर आएको हुनु पर्छ। यहाँ भने कुकुरको त्यस्तो ठांट। अनी यिनिहरुलाई छोरा,छोरिको भन्दा जनावर प्रती नै माया र मोह कर्तब्य छ भन्ने बुझिदैन त ? हुन त आ -आफ्नो संस्कार रितीरिवाज हो यस्मा हामीले टाउको दुखाउन पर्ने त खास केही छैन मात्र यो पनि मेरो अनुभुतीभित्र परेर यहाँहरुलाई पोख्न खोजेकी हुँ। शायद यस्तै मायाको कारणले पनि होला कुकुर पनि मान्छे भन्दा इमान्दार भएर मालिकको सेवा गरेको मेरो अनुभव पनि म अर्को अंकमा समावेश गर्नेछु।
क्रमश:
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
क्रमभंग
१.
कमरेडले गाईलाई गधा,
बाघलाई जरायो ,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो !
जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
२.
१० मारेको लाई १० पास,
१२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास
कामरेड औठा छाप दङ्ग पर्नु भयो ,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।
३.
प्रधानमन्त्री बनेर संसारै घुम्नु भो
मोज पनि गर्नु भो
क्रान्तिकारी हो कि प्रधानमन्त्री हो झुकिन्छु भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
कैले स्वतन्त्र गणतन्त्रको
कैले एक तान्त्रिक कम्युनिष्ट शासन को नारा दिनु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
कैले YCL को सैनिक संरचना भङ गर्ने भन्नु भो
कैले यो त पार्टी को आवश्यक अंग हो भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!
लुटेको सम्पत्ति फिर्ता गर्छु भन्नु भो
लुटेको सम्पत्ति सजिलै फिर्ता गर्न सकिदैन पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
सर्बोचै पदमा बसेर बिरोध भो भन्नु भो
जनता समछ बसेर जनता समक्ष जान्छु पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!
अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्साएर चुस्नु भो कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
राजा ले झैं वहाँले पनि बन्दुक तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सियए कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुराको कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
स्वतन्त्र अर्थतन्त्रको नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
सहकार्य नभयए हामीलाई भगवानले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
धम्की र हत्या आम् भयो
उन्नतीको नाममा जे गरे पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हामी बाहेक सबै देशका दुश्मन हुन भन्नु भो
हामीलाई अर्को राष्ट्रले नै ट्रैनिङ्, सहयोग तथा संरक्षण दिए भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हाम्रो बिचारका बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
December 17, 2008
कायरता किन बनि दियौं
बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)
परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौं
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौं
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौं
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ॥
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौं
नयाँ सृजना त कता हो कता, भएका पनि भत्काई दियौ
त्रास र भयको वातावरण बनाएर जनतालाई दु ख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ॥ ॥
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राको आवाज सरि गर्जिएका थियौं
बन्दुकको तसा्रईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ॥ ॥
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौं
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौं
आफुसँग भएको वनवासी तपस्याको आट साहास कता गुमाई दियौं
अत्तालिएर सत्ता नै छाडि दिन्छु भनि कायर लाचारी किन देखाई दियौं ॥ ॥
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥ ॥
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest