October 14, 2008
ईराकमा एक नेपालीको मृत्यू
यन आर यन बेल्जियम को साधारण सभा सम्पन्न
गत अक्टोवर १२ तारिख का दिन यन आर यन बेल्जियम को दोस्रो साधारण सभा निकै चर्का चर्कीका साथ संपन्न भयको छ । उक्त्त समारोहमा अतिथि ,प्रमुख अतिथ तथा विशिष्ट अतिथिहरूलाइ सस्थाका सदस्य माधव सापकोटाले गरेका थिए सो उद्धाटन समारोहमा इन्द्र धनुष क्लवका अध्यक्ष मिन गुरूङ, इनेपालका सम्पादक कृष्णप्रसाद रेग्मी , पासा पुचका रविन्द्रमान श्रेष्ठ,साग्रीला समाजका दिपेन्द्र केसी , NRN ICC का रविन्द्रमान श्रेष्ठ , एनडिफ वेल्जियमका तुलसी सुवेदी , नेपाली जनप्रगतिशिल मंचका विष्णु भूजेल ,शेर्पा किदुग वेल्जियमका पिजी शेर्पा लगायतका महानुभावहरूले सो साधरण सभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । भने नेपालवाट सो साधरण सभामा भाग लिन आउनु भएका संविधानसभाका सभासद आङ दावा शेर्पिनी तथा अर्का सभासद पासाङ शेर्पाले समेत साधरण सभाको सफलताको कामना गर्दै नेपालमा अव लेखिन गैरहेको भनिएको संविधानमा गैरआवासीय नेपालीहरूका मागहरूलाइ सम्वोधन गर्न आफ्नो तर्फवाट पहल गर्ने प्रतिवद्दता जाहेर गरेका थिए । साधरण सभाको पहिलो उद्धाटन समारोह सम्पन्न भए पछि शेर्पा किदुग वेल्जियमको प्रायोजनमा भएको दिवा भोजमा सयैा नेपालीहरूको सहभागीता रहेको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9DsZ-D5qi-wEtkf20x4NiqxStAaKYwpPfd5mPxOqbzgXJrzVZCz_M1scDimU54_3lsn3lkaIekJyrL5xXasbKUcXH2SJJ3p2Nia_puHIjHeXdLpJJfxJcntjm3dh8_PA0JhPMgFTh1JK3/s320/belgium+NRN.jpg)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 11, 2008
इराकमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
फरिया राम्रो हो कि जोबन राम्रो हो?
फरिया राम्रो हो कि जोबन राम्रो हो? प्राय: उत्तर आउंछ फरिया राम्रो त्यसै हुन्छ जोबन राम्रो हो। त्यसो भए टिका, चुरा, फुली, बुलाकी केही पनि होइनन् त ? यस्को उत्तर दिन भने गार्है पर्छ। कुनै पनि नारी यि सजिने कुरा समझ्दै मात्र पनि मुहार चम्किलो बनाउछन सजिए पछिको त कुरै छौडौं। तर पनि किन केही नारीहरु फरिया भन्दा जोबनकै पछि पर्छन त? समाज र आफ्नतको बिरोधको बाबजुत पनि जोबनको पछि लागेका प्रशस्त उदारण छन। त्यसो गर्दा धरातलबाट सिधै आसमानमा पुगिन्छ भन्ने धेरैको सोच छ र कतिपयलाइ केही क्षणको लागी भए पनि आकासमा पुगेको देखेका भोगेका छौं। हुन त यो फरिया र जोबन बिबादकै बिषय हो। त्यसैले नै सेन्सर भन्ने चिज उत्पन्न भएको होला। अनि फरिया र जोबन बिच रेखा खिचिन्छ, कति फरिया लगाउने र कती जोबन देखाउने। त्यही मिस नारीलाइ कसैले फरिया देखाउने खेल भन्छन त कती जोबन देखाउने ब्यबसाय भन्छन। नढाटी भन्नु पर्दा मिस नारीमा सुइमिगं सुट लगाएर बिरालो चालमा हिड्नु जोबनको प्रदर्शन होइन कस्ले भन्छ? त्यसो भए जोबनको पछाडी त सिगैं समाज पनि त रहेछ। त्यसै भएर त मिस नेपाल पक्ष र प्रतिपक्षकको बिबादले गर्दा सरेको सरै छ।
तपाइहरुले अनुभव गर्नु भएको होला नि त्यही नारी फरियामा सजिंदा कति सुन्दर दखिन्छे र जोबनमा प्रश्तुत हुदा त्यो सुन्दरता हराएर नग्नता मात्र देखिन्छ। नग्नता ले एक नजर त खिच्छ तर नजर उत्रे पछि नजरको न पनि पाउदैन। भनेपछि जती फरिया उती सुन्दरता हो त? कतै यही भावनाले मध्य एसियाको संस्कृति प्रभाबित भएको त होइन? होइन भने कालो बस्त्रले सिर देखी पाउ सम्म किन छोप्नु पर्यो त? हुन त जोबन जो कोही या जा कही देखाउने बिषय होइन भनेर वकालत गर्लान। तर यो जोबनको अर्को धुर्वमा उभ्भिएको एउटा शैली मात्र हो।
मानिसहरु जोबनको बिरोध गर्छन, नैतिकताको आदी इत्यादी कुरा गर्छन तर पनि जोबन देखाउने खेलमा नारी नै अगाडी छन भने समाज ताली बजाएर तिनीहरुको पछाडी उभिइरहेको हुन्छ मानौ उनिहरू हरेक नारीको जोबन पिउन लालायित छन।
यसै क्रममा जोबनको केही कुरा बांकी नराखेकी Brittney Spears को हिजै मात्र निस्किएको Womanizer भिडियो । जोबन राम्रो कि फरिया राम्रो हो तपाइ आफै निर्कोल गर्नुहोस।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गित - कस्तो होला छाती फोडी
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?
गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?
उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?
तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?
थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 10, 2008
शर्माएर संस्कार र संस्कृति जोगिदैन
पुरुशोत्तम सुबेदी –बेल्जियम
हिन्दू हरुको महान चाड बडा दसैं अब बिदेसमा पनि तिब्रताका साथ मनाइन थालिएको आभास भएको छ । सन १९९० देखी बिदेसमा छरिन पुगेका नेपाली हरु अब विश्वको जुन कुनै देसमा पनि आफ्नो धर्म र संस्कृतिलाई संसार सामु पहिचान गराउन सफल हुँदै छन । सन २००४ देखी हाल सम्म को बेल्जियम को सामान्य अन्दाज ले के देखाएको छ भने हिन्दू संस्कृति अगाडि बढाउन नेपाली नारी हरुको ठुलो हात रहेको देखिएको छ । बिगत केही बर्ष यता बेल्जियम मा थुप्रै नेपाली हरुले प्रामानेन्ट रेसिडेण्टी प्राप्त गरी आ आफ्ना परिवार समेत सेटल गरी सकेका छन ।
आखिर मानिस जहाँ गए पनि आफ्नो संस्कार र संस्कृति साथमै जादो रहेछ । बेल्जियम मा बस्ने नेपाली हरु पनि आफ्ना परिवार संग र आफ्ना आफन्तजन संग रमाउन आफ्नो संस्कार संस्कृतिसंग दांजिन थालेका छन । सन २००६ देखी बेल्जियम मा नेपाली महिला र बालबालिका को संख्या ह्वात्तै बढेको छ । बेल्जियम मा नेपालीहरुले स्थाइ बसोवास संगै अब नेपाली हरु आफ्नो संस्कार लाई पनि बढी जोड दिएको पुष्टी हुन्छ । किनकी हरेक बर्ष आउने चाड पर्वमा महिलाहरु को अग्रसरता बढी देखिन्छ । हरेक बर्ष चाड आफ्नै कोठामा मान्ने र बाहिर निस्कन नमान्ने गोरेहरु संग शर्माउने आदी कृयाकलाप हरु अब बिस्तार हट्दै गयको छ । खास गरी परिवार संगका नेपालीहरु दसैं वा जुन कुनै चाड मनाउन निर्धक्क अगाडि बढेका छन ।
अस्थाइ बसोवास हुँदा एक टोक्रा बियर संग दसैंको बेलामा कोठा भित्र रमाउने नेपाली आज ३-४ बाल बच्चाहरु संग खुल्लम खुल्ला टिका जमरा लगाइ बाहिर अन्य आफन्त जनकोमा गै टिका ग्रहण गरेका छन । यसले पनि के पुष्टी हुन्छ भने बिदेसमा नारी बिनाको एक्लो मानिस ले संस्कार र संस्कृति लाई पछ्याउन त्यती सफल हुँदैन । किनकी अझै पनि केही नेपाली पुरुष बिदेसमा पनि संस्कार बिहिन र बिकृति तिर नजिक देखिएको छ । फेरी पनि नेपाली नारी हरु आफ्ना लोग्ने हरुलाई सहि बाटो तर्फ डोरयाउदै आफ्ना चाड वाड बिदेसी भुमिमा खुशीका साथ मनाउन थालेका छन । बिगत ३ बर्ष यता बेल्जियम मा तिज, दसैं र तिहार निकै जांगर का साथ मनाईएको भान हुन्छ । पोहोर साल भन्दा अझै खुल्ला रुपमा यसपाली बेल्जियम शहरमा दशै मनाइएको छ । चाड पर्वका दिन आ आफ्नो घरमा मिस्ठान्न पारीकार त सबैको घरमा हुन्छ नै । तर यस पाली एक घर बाट अर्को घरमा आफ्ना मान्यजन को हातको टिका लगाउन जाने क्रम निकै तिब्र देखियको थियो।
छिट पुट मानिसहरु टिका लगाइ बाहिर जांदा आफ्नो निधारको टिका पुछेर बाहिर गएको र भित्र आएर पुन टिका लगायका प्रमाण पनि नदेखिएका होइनन । आखिर यसो किन त- किनकी नेपाली आफ्नो पछौटे पनलाई अझै पनि सुधार्न सकेका छैनन भन्ने प्रमाण हो । आफ्नो संस्कार बिनाको कुनै पनि मानिस अधुरो हुन्छ । जब मानिस आफु संपन्न हुन्छ - तव उ कि त धार्मिक हुन्छ -या त उ पुरै नास्तिक हुन्छ । जे होस बेल्जियम मा हिन्दू संकार संखे किराको चाल् जस्तै धिमी गतिले अगाडि बढेको महसुस भएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest