May 17, 2008
गजल- खप्परै अभागी
तडपाएर राख्नु भन्दा बरु मुटु चिर
आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर
मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर
मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर
फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर
हप्ता हंगामा - माओबादी आतंककारी कि सरकारी
जंगलबाट शहरमा मंगल गर्ने पुगेका माओबादी संबिधान माथी पुगेका छन। जंगलमा हुंदा त तिनीहरुलाइ संबिधान लाग्दैनथ्यो नै अहिले त संबिधान बनेकै छैन तिनलाइ के को संबिधान। चुनाबमै ठुलो दल भएता पनि भुट्ने र लुट्ने काम जारी नै राखेका छन। बन्दुक जती सबै कन्टामेन्टमा थन्केकोले छापामारलाइ वाइ.सि.यालमा परिणत गरी गाउ,शहरमा छोडिएको छ। चुनावको असार सकिएकोले असार पछिको गोरु जस्तै वाइ.सि.याल सिगौंरी खेल्दै हिडेका छन। यसरी सहर,सडक र सदन कब्जा गर्ने रोड म्याप माओबादीले तयार पारेका छ।
बिगतमा लुटेको धनहरु बिभिन्न ठाउमा लुकाएको मध्य १७ लाख कोटेश्वरमा बस्ने माओबादी ब्रिगेड कमान्डर केशब अधीकारीको खल्तीमा सुरक्षित राखिएको रहेछ। तर अचानक पाकेट मारएपछि आफ्नै घरबेटी रामहरी श्रेष्ठलाइ अपहरण गरेर पुरानै शैलिमा मारेछन। पैसा हराएको सांचो पनि हुन सक्छ या जनता ठग्ने एउटा बहाना पनि हुन सक्छ तर मान्छेको हत्या भएको चांही पक्का हो। यसरी माओबादीको खातामा १५०१ मान्छे पुगे भने पुन अर्को घरको खुशि लुटियो। माओबादीबाट यस्ता हत्या दिन दिनै हुने गरे पनि राजधानीमै यस्तो घटना घटाइए पछि यो हत्या काण्डले ठुलो रुप लिएको छ।काठमान्डौमा बिभिन्न ठाउमा प्रदशन गरिएका छन भने थुप्रै पसल बन्द छन। माओबादी शुभचिन्तक हत्या भएको भन्दा पनि अब माओबादीलाइ सरकारमा जान अप्ठ्यारो पर्ने भो भनेर पिरोलिएका छन। उता बोद्धिक बर्ग भने कुकुरको पुछ्छर जस्ता माओबादी सरकारमा पुगेर जंगलकै पारा निकालेर कती सकस कटाउने हुन चिन्तीत भएका छन। अब माओबादीले सरकारी र आतंककारी दुबैको ट्याग पाउने भएका छन।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
May 13, 2008
सुखको पर्याय
मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टोन अमेरिका
May 09, 2008
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
May 11, 2008
समान शिक्षा हैन, बिबिध शिक्षामा समान अवसर
"हामी सवैमा समान क्षमता छैन, तर हामी सवैले आफ्नो क्षमताको विकास गर्न समान अवसर पाउनु पर्छ":- जोन एफ. केनेडि
प्राकृतिक नियम वा अस्तित्वको बिबिधताका कारण कुनै एउटै कक्षा कोठाका बिद्यार्थी, कुनै समाज बिषेशका निवासी वा कुनै पनि निश्चीत स्थानका मानव सन्ततीको सामुहिक चेतनाको स्तर समान हुनु मुश्किलमात्रै हैन असम्भव नै छ ।
एउटै बाबु आमाबाट जन्मेका, यौटै पारिवारीक वातावरण, समान अर्थिक, सामाजिक र सास्कृतिक परिवेशमा हुर्केका जुम्ल्याहा केटाकेटीमा समेत शारीरीक शंरचना वा रुप रंग उस्तै भए पनि सोच्ने तरीका, ज्ञान आर्जन गर्ने क्षमता र बुद्धिको प्रचुरतामा आकाश पातालको भिन्नता हुन्छ भने कुनै यौटा उमेर समुहका सबै केटाकेटीलाई यौटै स्तरको शिक्षा दिनु वा दिन खोज्नु अवैज्ञानिक मात्रै हैन नितान्त अव्यवहारीक र असमझदारीको कार्य हुनसक्छ ।
हाल मुलुकमा बिभिन्न समुह र सरकारमा सामेल केहि पक्षले समेत शिक्षामा समानता ल्याउने र निजी स्कुलहरुलाई राष्ट्रियकरण गरी सबैलाई समान शिक्षा दिने जस्ता कुरा उठाउदैं आएको छ । बास्तबमा यो यौटा अपरिपक्क र हतारको निर्णय हुनेछ र व्यवहारीक रुपमा लागु भएका यो अफाप सिद्ध नै हुनेछ । मानव चेतनाको स्तर स्वभावैले भिन्न छ र भिन्न भिन्न वौद्धिक स्तरका बिद्यार्थीले फरक फरक वा आ-आफ्नो इच्छा र स्तर अनुशारको शिक्षा आर्जन गर्न पाउनु पर्छ ।
हाल नेपालमा साधारणतया दुइ प्रकारका शिक्षालय र दुइ कोटीका शिक्षा उपलब्ध छन् (सरकारी र नीजी) । आन्तरिक कारण र अन्य बिभिन्न बस्तु स्थितीलाई एकैछिन अलग राखेर हेर्दा गुणस्तरको हिसाबले यी दुइ थरी शिक्षालयमा अवश्य पनि प्रष्ट गुणात्मक भिन्नता छन र यसलाई हामीले स्विकार्नै पर्छ । अब प्रश्न उठ्छ अहिलेको समान शिक्षाको लक्ष्य के हो ? ।
यदि सबै बिद्यालय वा कक्षा कोठामा यौटै खालका र एकै गुणस्तरका पाठ्यसामाग्रीको प्रयोगमा जोड दिइने हो भने त्यो अवश्य पनि वैज्ञानिक चिन्तन होईन । किनकी माथी भनेझै सबैजनाको ज्ञान आर्जन गर्ने क्षमता र बुद्धिको प्रचुरतामा प्राकृतिक रुपमै भिन्नता बिद्यमान छन त्यसैले कुनै यौटा बिस जना बिद्यार्थी भएको कक्षा कोठामा शिक्षकले पढाएको कुरा सबैले एकैचोटि र उत्तिकै मात्रामा बुझ्छन् भन्ने कुनै निश्चीतता छैन र हुदैंन पनि । अनि सबैलाई एकै बिषय वा वृतिको शिक्षामा चाख लाग्छ भन्ने कुरा पनि गलत हो ।
यसको मतलव शिक्षामा बिभेद कायम रहनु पर्छ भन्ने चाहिँ पक्कै हौईन । वास्तवमा हाल ऐच्छिक बिषय र चहना अनुशारको बिधा चुन्ने स्वतन्त्र अवसर रहेझै कुनै पनि बिद्यार्थी वा अभिभावकले आ-आफ्ना क्षमता, चाहना र वौद्धिक स्तरको आधारमा भिन्न भिन्न शिक्षा प्रणालीको चुनाव गर्न पाउनु पर्छ र गुणात्मक वा प्रणालीगत भिन्नता भएका यी फरक शिक्षाको चुनावमा आर्थीक व्ययभार भने समान हुनुपर्छ । समष्टिमा प्रणालीगत भिन्नताको आधारमा कुनैपनि समुह वा व्यक्तिको ज्ञान आर्जन गर्ने क्षमता वा चाहनामा तगारो लाग्नु हुदैंन भने सबैले आ-आफ्नो स्तर र क्षमता अनुसार समान शुल्कमा आफ्नो विवेकको उच्चतम बिकासको समान अबसर पाउनुपर्छ ।
माथी बताएझै सरकारको प्रमुख दायित्व सरकारी स्कूलप्रति नभई बिद्यार्थी प्रति हुनुपर्छ त्यसैले सरकारी स्कूललाई मात्रै स्कुल ठान्ने हालको नितीको अन्त भने हुनै पर्छ। समष्टिमा बिद्यार्थी माथी गरीएको लगानीको प्रतिफल कालान्तरमा मुलुकले नै पाउँछ त्यसैले सरकारी स्कूलको लगानीलाई मात्रै उपलब्धीमूलक देख्ने परिपाटिमा आमूल परिवर्तन हुनैपर्छ । स्कूल बिशेषलाई मात्रै हैन समष्टिमा मुलुकका कुना कुनामा रहेका सम्पुर्ण बिद्यार्थीको समानुपातीक र समग्र उत्थानकोलागी राज्यले खर्च गर्नु पर्छ ।
सरकारी र निजि स्कुलको बिबिधता यस अर्थमा हटनु पर्छ की यी दुबैमा देशका कुनै पनि कुनामा रहेका र कुनैपनि आर्थीक स्थिती भएको व्यक्तिको प्रवेश एउटै, समान र न्यूनतम शुल्कमा हुनुपर्छ । तर समानताको नाममा सवैलाई एकै खाले शिक्षा मात्रै दिने सोच भने अवैज्ञानीक मात्रै नभई समाजकै सम्पुर्ण हितको पक्षमा छैन ।
अतः शिक्षामा बिबिधता आवश्यक छ तर सरकारी स्कुललाई मात्रै स्कुल ठानेर त्यसैलाई मात्रै सहयोग गर्ने सरकारी नीतिको अन्त्य हुनुपर्छ जसका कारण निजी स्तरमा खुलेका शिक्षालयले पनि गुणस्तरीय शिक्षा न्यूनतम शुल्कमा उपलब्ध गराउन सकुन ।
यस लेखको शुरुमा जोन एफ. केनेडिको बिचार दिईएको छ र वास्तवमा समानता अवसरकै हुनुपर्छ शिक्षा प्रणालीको हैन । शैक्षीक प्रणालीमा त जति बिबिधता भयो त्यति नै सकारात्मक परिणाम निस्कन सक्छन । तर समानताको कसिको रुपमा कसैले पनि आफूले रोजेको शैक्षीक प्रणालीबाट आफ्नो शिक्षा पुरा गर्न भने अवश्यनै पाउनु पर्छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
May 10, 2008
हप्ता हंगामा - बच्चै बच्चा
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
ठुलो को हो ?
ठुलो हुदैन धक्कु पनि ।।
माधब नेपाल का अगाडि -ठुला कहां हुन र झक्कु पनि ।।
कोहि समयमा ज्ञाने माथि -कहिले माथि गिर्जा ।
कुनै दिनमा मैया दाहल -कहिले मियां मिर्जा ।।
कहिले दाइजो गन्डक को- कहिले टनकपुर को ।
२५ बुंदे पछेउरि को-अल्झियछ फुर्को ।
पहिले मजा दहि खाने लाइ -अहिले गाइ खाने लाइ ।
मजै मजा नपाल का -सधैं माइ खाने लाइ ।।
ढेढु पनि बांदर रहेछ-चम्रि पनि गाइ ।
स्वार्थि पनि कति रहेछन -बि;पि; दाइ का भाइ ।।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest