January 14, 2008

सय दिन

अक्टोबर ७ मा शुरू भएको दौंतरी आज सय दिन पुगेको छ। इन्टरनेटमा भएको सानो भला कुसारीबाटै एउटा गतिलो ब्लगको शुरुवात गर्ने बिचार निस्किएको थियो। सारा विश्वमा छरिएका नेपालीको भावानत्मक समबन्धबाट दौंतरीको जन्म भएको थियो। साधारण रुप बाट अहिलेको बिकसित रुप दौंतरीकै प्रयासले सम्भव भएको हो। यसरी बिकास हुने क्रममा राम्रा नराम्रा दुबै कुरा हामिले भोग्यौं र असल कुरालाइ आत्मसात गर्दै अघि बढ्नेछौ भन्ने आशा लिएको छु। एउटा सबल ब्लग बन्न पक्कै पनि मिहेनेत र समय चाहिन्छ , त्यसैले बिचलित नभैकन हामी सफलताको बाटो तिर लाग्दै जानुपर्दछ। आजको दिन सम्म आइपुग्न हरेक ठाउंबाट सहयोग गर्ने समस्त दौंतरीलाइ दौंतरी परिवारको तर्फबाद क्रितग्यता ब्यक्त गर्न चाहान्छु र आगामी दिनहरुमा यस्तै सहयोग गर्दै जानुहुनेछ भन्ने आशा लिएको छु। तपाइहरु आफ्ना कुरा राखेर,खुशी बाडेंर दौंतरीलाइ असल ब्लग बनाउन सहयोग गर्नुहोस।



संबिधान सभाको खीचडी

मिति: बि सं २०६७ साल, आषाढ १५ गते समय: दिनको २ बजे, स्थान: खुला मञ्च, काठमाण्डौ

त्यहाँ उल्लासमय बातावरण थियो, सबै जना हर्षित र सबैको मुखमा बिजयी मुस्कान देखीन्थ्यो । मिठाईहरु बाँडीएका थिए र झुण्ड-झुण्डमा जम्मा भएका व्यक्तिहरु एक अर्कामा शुभकामना र कृतज्ञता व्यक्त गरीरहेका थिए । मञ्चमा बिभिन्न दलका स्वर्गीय बिद्धान नेताहरुको तस्बीरहरु भुण्ड्याईएका थिए। भिन्न भिन्न बिचार राख्ने सबैजना यौटै मन्चमा आएर अपार एकता देखाई आज ठूलै घोषणा समेत हुने हल्ला चल्दै थियो ।

केहि समय पछि मञ्चमा देशका प्रख्यात प्रख्यात नेताहरु लगाएत बिदेशबाट दिक्षा दिन आएका केहि बिद्वानहरु समेत देखा परे र मञ्चबाट बोल्ने क्रम शुरु भएको घोषणा गरीयो । तर हेर्दा हेर्दै त्यहाँ ५, ७ जना "बोल्ने वाला" नेताहरुमा चर्का चर्की भएको कुरा टाढैबाट देखीयो ।

संयुक्त सभा भएपनि आफ्नो दलले अघिल्लो पटक (परापूर्ब कालमा) बढि सीट ल्याएकोले पहिला आफूले बोल्न पाउनु पर्छ भन्ने एकजना नेताको कथन थियो भने, दोस्रो दलका नेता हालको स्थितीमा चुनाब भए बढि जन र्समर्थन आफूले पाउने भएकोले आफूले पहिला भाषण गर्ने दलील दिदैं थिए । बढि खर्च जुटाए बापत आफ्नो बोल्ने हक पहिलो हुने कुरामा तेस्रो दलका नेता जोड दिदैं थिए भने, चौथो नेता आफ्नै कारणले मात्रै आन्दोलन सफल भएकोले आफैले पहिला संबोधन गर्ने तर्क दिदैं थिए । त्यत्तिकै बाद बिबाद र चर्का चर्की को बिचमा पाँचौ दलका नेताले आफूले पहिला बोल्न नपाए "सरकार बाट बाहिरिएर पूनं आन्दोलन" शुरु गर्ने धम्की दिएपछि उदघोषकले बोल्ने क्रम केहि बेरको लागी स्थगीत भएको घोषण गरे ।

यता , बिगतका कैयन जमघट पछि संबिधान सभाको मिति तय गर्दै र त्यसपछि रद्द गर्दै आएका आफ्ना महान नेताहरुले आज त के के बोल्लान र के के गर्लान भन्ने कौतुहल जनसमुदायमा छाएको थियो भने उता पहिला को बोल्ने भन्ने सहमतिमा पुग्न नसक्दा मञ्चमा भने जुनसुकै बेला जे सुकै पनि हुन सक्ने स्थिती पैदा हुदैं थियो ।

आफूहरुले बिगतमा गरेका घोषणाहरुमा आठ दललको आठै थरी अडान र दस थरी एजेण्डा भएका र प्रत्येक नेताले बोलेको कुरा अर्को नेताले बोलेको भन्दा फरक हुने गरेकोले जनतामा झन् झन् भ्रम सृजना भएको बताउँदैं बिद्धान बक्ताहरु मध्यका यौटा नेताले बरु कसैले पनि नबोलेर यौटा संयुक्त बक्तव्य निकाल्ने सल्लाह दिए ।

उनको त्यो सल्लाह करीब करीब पारीत हुन लाग्दा फेरी त्यो बक्तव्य कुन दलका नेताले पढने भन्ने बारेमा हान थाप हुन थाल्यो । उपस्थित जनसमुदाएको भिड र त्यसमा जम्मा भएका व्यक्तिहरुको "सामुहिक स्तर" हेर्दा जुन दलका नेताले त्यो बक्तव्य पढछन् त्यसको सम्पूर्णा श्रेय जनसमुदायले त्यहि यौटा दललाई मात्रै दिन्छन् भन्ने बुद्धिमान नेताहरुले अडकल गरेकाले बक्तव्य कस्ले पढने भन्ने बारेमा होडबाजी चल्न थाल्यो ।

यौटा संयुक्त बक्तव्य तयार गरेर त्यसलाई ८ भाग लगाई सबैले एक एक भाग पढने उत्कृष्ट राय पनि त्यहाँ ननीस्केको होईन, तर त्यसो गर्दा "जोडदार शब्द" र "दरीलो बाक्य" जती सबै एक दुइ जनालाई मात्रै पर्न सक्ने र सो को सम्पूर्ण श्रेय एक दुई दलले मात्रै पाउने देखीएकोले अन्तमा बिदेशबाट आएका निर्देशको सल्लाहमा उक्त बक्तव्य सबै जनाले सामुहिक रुपमा एकैसाथ पुरा पुरा पढने निर्णय, अल्पमतको बिरोधको बाबजुद पारीत भयो ।

त्यसपछि यौटा मात्रै माईकको तयारी भएको मञ्चमा तुरुन्तै अरु ६, ७ वटा माईक मगाईयो र सबै नेताहरुले "...१... २... ३...." भनेर एकैचोटी सामुहिक बक्तव्य पढन थालेः

"..... महिला तथा सज्जन बृन्द ...हाम्रो अती दुरदर्शी निर्णय र तपाईहरुको फुर्सदको सहयोगको कारण नै आज हामीले पून एक पटक संबिधान सभाको मिति घोषणा गर्ने मौका पाएका छौं । यौटै देसमा केहि महिना भीत्रै पटक पटक संबिधान सभाको घोषणा गर्न सक्नु भनेको हाम्रो ठूलो उपलब्धी हो । अझ यो पटक संबिधान सभाको मिति घोषणा गरिन लागेको २५औ पटक परेकोले यस्को भिन्नै महत्व छ ।आज हामी गौरबशाली पच्चिसौं पटक यो संबिधान सभाको चुनावको घोषणा गर्न गईरहेका छौं ।

यस बीचमा हामीले कैयन चोटी अन्तरीम संबिधान संसोधन गर्‍यौ, कति चोटी कुनै दल सरकारमा सामेल हुने र निक्लने कार्य भयो तर पनि संबिधान सभाको आन्दोलनलाई भने जारी राख्यौ । कहिले राजाको कारण त कहिले माओबादि सेनालाई राष्ट्रिय सेनामा नहाल्ने निर्णयका कारण यो चुनाव हुन सकेन।

लक्ष र उपलब्धि गौण कुरा हुन, मुख्य कुरा भनेको संबिधान सभाको नारा हो, । त्यसैले देशमा जे भए पनि जसो भए पनि हाम्रो कार्य यस्तै चल्दै जानेछ । तपाईहरु यसरी नै सहयोग गर्दै जानुहोस हामी ...अबका दुईबर्ष भीत्रमा... साँच्चै त्यो... चुनाव गरेर देखाईदिने छौं..."

नेताहरुको संयुक्त बक्तव्य सक्कीदां नसक्कीदैं अचानक चारैतीर बाट आँधि- हुरी र असीना- पानी बर्षीन लागेकोले त्यहाँ भागदौड मच्चीयो ... तुरुन्तै बिद्युत आपूर्तीमा अबरोध आएको र स्थिती असहज भएकोले नेताहरु आ आफ्नो चिल्ला गाडी लीएर सशुरक्षा आ- आफ्नो घरतर्फलागे ।

केहि समयअघि लोकतन्त्रको जोशमा सडकमा तोड-फोड गरी यातायात अबरुध्द गर्राई भाषण सुन्न आएका जनसमुदाय भने यातायात साधनको अभावमा धेरै बेरसम्म असीना पानीमा चुटीँदैं यत्र तत्र भागदौड गरी आफूलाई जोगाउने असफल प्रयास गर्दै थिए ।



January 13, 2008

चाउ चाउ - Chow Chow

भोक लागेर केही खान निस्केको एक ठाउंमा चाउ चाउ बिक्रीमा पो लेखेको रहेछ। के चाउ चाउ रहेछ भनेर पढेको त के को खाना हुनु नि? अर्कै कुरा पो परेछ। देखीहाल्नु भो नि के परेछ भनेर।
हामी त खाने कुरालाइ चाउ चाउ भन्छौं ह्या त कुकुरको जात पो रहेछ। कसैले के खाइस खाजा भनेर सोध्यो भने चाउ चाउ....होइन होइन वाइ वाइ भन्नु पर्ला। मलाइ पनि अचम्म लागेर सोध खोज गरेको त चाउ चाउ (Chow Chow) को उत्पती चिनमा भएको रहेछ। यसलाइ चिनियामा sōngshī quǎn -鬆獅犬 भनिने रहेछ जस्को अर्थ भुत्ले शिंह हुदो रहेछ। चिनमा यो कुकुरको मोडल बुद्द मन्दिर वरिपरी रक्षकको रुपमा राख्ने गरिदोरहेछ। १८ औ शताब्दी ताका यसको मासु बेलायतमा बिक्री हुंदो रहेछ। यसरी मासु आउदा मासुको पोकामा "Chow Chow" लेखिएको रहेछ। यसको अर्थ चिनयामा खित्री मित्री भन्ने रहेछ तर भन्सारका कर्मचारीले नाम नै चाउ चाउ भन्ने बुझेछन । यसरी पश्चिमी देशमा यो कुकुरको नाम चाउ चाउ रहन गयो।हामीले नेपालमा खाने गरेको चाउ चाउको नाम चाही कसरी रहन गयो? यो नेपाली खाना त पक्कै होइन। कतै बाहिबाट "Chow Chow"खित्री मित्री भनेर आउदा हामीले चाउ चाउ भन्न थालेका त होइनौं।





ओबामा की क्लिंटन ?

- Ajaya Dhakal
अमेरिकी रास्ट्रपति को चुनाव को सरगर्मी चलेको बेला मैले केहि लेख्ने जमर्को गरेको छू। डेमोक्रेटिक पार्टी बाट उमेदवार बनेका दुई पत्रिस्पर्धि बराक ओबामा र हिलारी क्लिंटन बारेमा मेरो बिचार यहाँ समक्ष प्रस्तुत गरेको छू।
किन ओबामा ?
सीनेटर ओबामाको बोलिमा एक जादू छ।
जहाँ जहाँ उनी बोलेका छन उनले खूब राम्रो छवि छाडेका छन। मेरो बिचारमा ओबामामा एउटा गजबको influential capability छ, एक किसिमको ताजापन छ । सायद उनको उपस्थितिले होला , यस पटकको चुनाव प्रचारमा युवाहुरुको ठुलो उपस्थिति भएको छ। ओबामा को चुनावी मुद्दा भनेको इराक युद्द , स्वास्थ्य र उच्च शिक्षा वरिपरी घुमेको छ. उनको चुनावी नारा छ " Change, we can believe in".
किन क्लिंटन ?
न्यूयोर्क की सिनेटर हिलारी क्लिंटन मा आठ वर्ष सम्म अमेरिकाको प्रथम महिला भएको अनुभव पनी छ । यसको अलावा बिगत ३५ वर्ष देखी कानून ब्यवसाय मा काम गरेको अनुभव छ। क्लिंटन ले अमेरिका भित्र मात्र हैन अमेरिका बाहिर को संसार पनी देखेकी छिन ।उनको चुनावी मुद्दा पनी ओबामा को जस्तै जस्तै नै छ। उनको चुनावी नारा छ " Ready for Change" ।
मेरो रोजाईको को त ?
यिनीहरु दुई जना मा आ आफ्नो खूबी र क्षमता छ। दुई मध्ये कसैले रास्ट्रपति को चुनाव लड़ने मौका पाए र जीते भने इतिहास बनाउने छन। हुन त म जस्तो बिदेशी मान्छेलाई कागलाई बेल पक्यो हर्स न बिस्मात हनु पर्ने हो , तर पनी यो मन न हो. . ..नसा त अली अली चढी हाल्छ। मेरो सहानुभूति भने ओबामा भन्दा क्लिंटन प्रति धेरै छ। उनको अनुभव ले मात्र हैन , उनका पति बिल क्लिंटन को अनुभब ले पनी अमेरिकाको खास्किदो अर्थतंत्र लाई माथी उठाउने छ भन्ने मेरो बिस्वास छ। हेरौ यो राजनीति को खेल ले कस्लाई कहाँ पुर्याउँछ ?
दौतरी हरु को के बिचार छ ?
यहाँहरुको रोजाई को उमेदवार को हो , कमेंट मा लेख्नु होला। अहिले लाई जदौ !


नियोजित- प्रायोजित दंगामा आक्रान्त काठमाडौं।

भाग १

अर्बाचिन काठमाडौंको दंगा फसादको इतिहास धेरै लामो छैन। २०१८ सालमा ब्यक्तिगत बिबादले भड्केको दंगाले एतिहासिक जन सेवा सिनेमा खरानी भएको थियो। भनिन्छ, त्यतिबेला आक्रोशित भीडले जन सेवा ( हाल बिशाल बजार रहेको स्थानको ठिक सामुन्नेको जुद्ध दमकललाई समेत आगो निभाउन दिएको थिएन रे।

त्यस घट्ना पछि कुनै उल्लेख्य दंगा फसाद भएको सुनेको थिएन २०३६ साल सम्म। २०३६ सालको घट्नालाई दंगा को उपमा दिन मिल्दैन होला नै। तै पनि जीवन को पहिलो दंगा देखेको भोगेको ले केही लेख्ने जमर्को गरेको छु। जुल्फिकर अलि भुट्टोलाई तत्कालीन तानाशाह् जनरल जिया उल हकद्वारा दिइएको फाँसी को बिरोध गर्न निस्केको बिद्यार्थीहरुको जुलुस् माथि प्रहरी दमन को प्रतिक्रिया स्वरुप भएको घट्ना थियो। त्यो घट्नाका बिभिन्न उपघट्नाहरुको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि थियो।

पहिलो दिन पाकिस्तानी दूताबासमा बिरोध पत्र बुझाउन गएका बिद्यार्थी संगठनहरुका समर्थकलाई प्रहरी प्रशासनले दमन गर्यो। त्यसको भोलि पल्ट त्यो दमनको बिरोध गर्न बसन्तपुरमा भेला भएका बिद्यार्थीहरु माथि चारै तर्फ घेरा हालेर निर्ममतापूर्बक लाठी प्रहार गरे। बसन्तपुर स्थित नव आदर्श बिद्यालयमा ७ कक्षामा पढ्थें र त्यो दमन त्रसित भएर कक्षा कोठाबाट हेरिरह्यौं। त्यस दिन देखि तत्कालीन ब्यबस्थाको बिरुद्द मेरो बाल मष्तिस्कमा बिद्रोह अंकुरायो।त्यस्को भोलि पल्ट हो कि पर्सि पल्ट, ने बि संघका तत्कालीन अध्यक्ष बल बहादुर केसी, अखिल का टंक कार्की लगायतलाई प्रायोजित रुपमा मण्डले घोषणा गरी कालो मोसो र जुत्ताको माला लगाई ठेला गाडामा राखेर शहर घुमाइयो। त्यही भीड अनियन्त्रित भै नया सडक गेट स्थित नेपाल बायु सेवा निगमको भवनमा ढुंगा मुढा भयो र आगो पनि झोसियो। त्यति बेला पहिलो पल्ट गोली चलेको आफ्नै आँखाले देखियो र पहिलो पल्ट कर्फ्युउ के हो भोगियो।

२०४६ सालको राजनैतिक परिवर्तन पछि प्रायोजित दंगाको सिलसिला सुरु भयो। बहुदल घोषणाको लगतै पछि हल्लाको भरमा असामाजिक तत्वहरुको अगुवाई १०-१२ दिन अनियन्त्रित रह्यो हाम्रो काठमाडौं। निर्दोष प्रहरीहरुलाई टेकु क्षेत्रमा कुटी कुटी मारे। हनुमान ढोका स्थित प्रहरी कार्यालय भीडले कब्जामा लिन प्रयास गरे। कार्यालय बचाउन प्रहरीले गोलि चलाउदा केही ब्यक्तिहरु को ज्यान् गयो, ती घट्नाहरुको नमीठो छाप अझै ताजा नै छ।
२०४८ साल को आम निर्बाचन पछि संस्थागत रुपमा दंगा फसाद गर्ने सिल्सिला सुरु भयो। नेपाली कांग्रेसले बहुमत ल्याई सरकार गठन गरेको १ महिना नपुग्दै प्रमुख बिपक्ष दलले सरकार ढाल्ने उदघोष गरे। कर्मचारी र शिक्षकलाई आन्दोलनमा उतारे। बहुमत प्राप्त सरकारलाई काम् गर्नै न दिने अराजनैतिक संस्कार बोकेका पार्टीका कथित क्रान्तिकारीहरुद्वारा सार्बजनिक सम्पति भत्काउने जलाउने असभ्य परम्पराको सुरुवात गरे।दुर्भाग्यबस नेकपा एमालेका शक्तिशाली महासचिब का मदन भण्डारी र नेता जीब राज आश्रितको दास ढुंगा काण्डमा निधन भए पछि काठमाडौले सबै भन्दा पीडादायक् दंगा भोग्यो। सार्बजनिक सम्पति मात्र तोड्फोड् गरेनन्, आम जनतालाई न भै नहुने दूर संचारको दुइ तिहाई कनेक्सन बक्सहरु जलाए। ९० प्रतिशत काठमाडौको टेलिफोन चलेन, कतै कति त ९ महिना सम्म चलेन।मानबीय क्षति त भए भए, अथाह भौतिक सम्पतिको नोक्सान् पनि ब्यहोरे। गिरिजा प्रसादलाई दोष लगाए, एमालेको सरकार आए, गिरिजालाई पाटा कसेर भाटा हिर्काउने सगौरब हुँकार गरे। एमालेको ९ महिने सरकारले न त दोषी को हो भनी खोजबिन गरे न गिरिजालाई कार्यबाही गरे। फगत सत्ता चढ्ने सिंढी बनाए। नेपालको इतिहासमा प्रायोजित र नियोजित दंगाको कालो पन्नाको पहिलो पाना यही हो जस्तो लाग्छ।
क्रमश:



बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो।

गिरीजा प्रसाद कोइरालाको कुरा कति गर्नु भन्यो, नगरी नहुने। केही समय पहिले नेपाली कांग्रेस संबन्धित महीलाहरुको कार्यक्रममा नेपालमा छिट्टै महीला प्रधानमन्त्री हुनेछ भनेर भन्नु हुंदा के भनेको होला, त्यस्तो प्रम हुने सम्भावना भएको कुनै महीला उम्मेदवार हाललाई त कोही छैन जस्तो लागेको थियो। कुरो अहिले बुझियो जब उंहाले आफ्नै छोरी सुजाता कोइरालाई बिना बिभागीय मन्त्री बनाउनु भयो-त्यो पनि प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी। बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो। त्यसै त पहिले पनि प्रमबाट हुने काम कार्बाही छोरी सुजाता बाट अती प्रभावित हुने गर्थ्यो, तर अहिले झनै प्रधानमन्त्री कार्यालय नै हेर्ने गरी मन्त्री बनाई दिए पछी सुजाताको पावर र पहुंचको कुनै सीमा रहेन।
राजा ज्ञानेन्द्रले कू गरी शासन हातमा लिंदा उनी पुरुषको भेषमा मोटारसाईकल चढेर भारत पुगेकी थिईन, जबकी अन्य नेताहरु कोही नजरबन्दमा थिए कोही यंही भूमीगत थिए। निष्ठा र आस्थाको राजनीती गर्नेलाई त्यसरी भाग्नु जरुरत थिएन, तर उनीले त् बाबुको पद र पावरको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरेकी थिईन र राजाले सोही भ्रष्टाचार को आरोपमा थुन्न सक्ने भएकोले उनी चोरको खुट्टा काट भन्दा, चोरले थुत्त खुट्टा तान्ने शैलीमा भारत भागीन। माओबादीका मातृका यादवले गिरीजा बाबुको सामुन्ने नै मन्त्री परिषदको बैठकमा रक्तचन्दन तस्करको नाईके सुजाता भएको आरोप लगाएका थिए र गिरीजाले क्रुद्ध भएर मातृकालाई तपाईं बाहिर निस्कनुस भनेका थिए। माओबादीसंग संपर्क स्थापित गरेर उनीहरुलाई शान्तीपूर्ण अवतरण गर्न ज्यान दिएर लागेका के पी सिटौलाको एकतमासले राजीनामा माग्ने यी सुजातालाई शान्ती प्रकृया बिथोल्न दरवार ले राम्रै संग प्रयोग गरेको देखिन्छ।
सुजाता नै प्रम गिरीजाको शासन संचालनमा पहुंच भएकोले राजा-सेनाद्वारा सुजातालाई हातमा लिन सके राजासंस्था टिकिराख्न सकिने कुरो बुझ्यो। सुजाताको भ्रष्ट र बिकाउ चरित्र भएकोले सुजातालाई हातमा लिन पनि त्यती ठुलो कुरो भएन र सेनाले सुजाता संग राम्रै संग संबन्ध बिस्तार गर्‍यो। सेनाको कार्यक्रमहरुमा सुजाता बिशेष अतिथीको रुपमा निम्त्याईन थालिईन्। यहाँसम्मकी सेनालाई दिईने मानवाधिकारवाद सम्बन्धी तालिममा सुजाता प्रशिक्षक समेत बनिन।अचम्मको कुरो होइन त? सेनाको ठेक्कपट्टाहरु सुजाताको मान्छेहरुलाई पार्न थालियो। सेनाले सुजातालाई राम्रै संग गुलीयो चटायो। यता गिरिजा पनि, आफू जनताको शक्तीबाट स्थापित हुँ भन्ने कुरो बिर्सिएर सेनाको समर्थन रहेमात्र आफू सत्तामा टिकिरहन सकने निर्कर्ष निकालेर सेनासंग संबन्ध बनाउन लालायीत देखिए।
अहिले यी सेनाका पुतली मैया प्रधानमन्त्री कार्यालय हेर्न शक्तिशाली मन्त्री बनेकी छन र मन्त्री बनेको भोली पल्टै बिराटनगर गएर राजसंस्थाको वकालत गर्न थालिसकेकी छन। राजा गलत हुन सक्छ, राजसंस्था गलत हुन सक्दैन रे।
यो सरकार गठबन्धन कामचलाऊ सरकार हो र यो जनआन्दोलन II ले स्थापना गरेको सरकार हो। यो कुनै पार्टीको बहुमतको सरकार होइन र यहाँ कसैले मनपरी गर्न पाउदैन। तर गिरीजालाई यो कुरा कसले बताउने। अन्य सबै पार्टीले सरकारमा पठाउने मन्त्री आफ्नो केन्द्रीय कमिटीको बैठक गरेर चुन्दछन। तर नेपाली कांग्रेस मात्र यस्तो पार्टी हो, जसमा को को मन्त्री बन्दै छन भन्ने कुरो पार्टीका अन्य सदस्यहरुलाई रेडियो र टि भीको समाचारबाट मात्र थाहा हुन्छ। के नेपाली कांग्रेस दासहरुको पार्टी हो र यसका मालिक गिरिजा हुन?
अब कू भयो भने दरबारले सुजालाई प्रम बनाउने छ। सुजाता अहिले बेबी प्रम बन्नु त्यसैको संकेत हो।