राजालाई ढुंगा हानेको होइन गणतन्त्रलाई हानेको हो।
जग जाहेर भै सक्यो कि मंसिर ६ को संबिधान सभाको चुनाव हुन न दिने को हुन् भनेर। आफैले गरेको संझौताको बर्खिलापमा अनेक माग तेर्साएर चुनावै हुन नसक्ने र अनिश्चितकाल सम्म सार्नु पर्ने परिस्थिति माओबादीले ल्याएका हुन्, यसमा दुइमत नहोला।तत्काल चुनाव नहुनुमा माओबादीले जे जति फाइदा देखेकाछन् र लुटेकाछन्, त्यसको हजार गुणा राजालाई भएको छ, ध्रुब सत्य यही हो।निश्चितरुपमा अहिले पनि चुनाव भैहाल्यो भने गणतन्त्रबादीहरु कै प्रचण्ड बहुमत हुने हुन्छ। संबिधानसभाको पहिलो पूर्ण बैठकले राजतन्त्र बारे फैसला गर्ने भन्ने ७ दल र माओबादी बीच संझौता र समझदारी भएकै हो। यता बामपंथी खेमाले नेपाली कांग्रेसलाई दरबार परस्त भनी लगाउंदै आएको पुरानो नारा अब आएर कांग्रेसले संस्थागतरुपमै "गणतन्त्र" बाहेक अर्को बिकल्प न रहेको भन्ने निर्णय गरे पस्चात त्यो नारा पनि काम लागेन। धुमिलो आकशमा रहेको शंकाका बादलहरु पनि रहेनन्।
तर जनताको उच्च आकांक्षा, अस्तब्यस्त र अन्यौल प्रशासन र फितलो सुरक्षाको कारण बढेको अराजकताले गर्दा यो स्थिति जति धेरै बेर लम्बियो त्यति धेरै जनमानसमा गणतन्त्र प्रतिको मोह पातलिंदै जाने निर्बिबाद छ। तसर्थ अरुले अप्रत्यक्षरुपमा भने पनि म त भन्छु प्रत्यक्षरुपमा राजालाई बाहेक अरुलाई चुनाव नहुनुको फाइदा छंदै छैन।फेरि अकुत सम्पति भएको, खुराफाती दिमागको भन्डार भएको राजाले अनेकन् जायज नाजायज खेल खेल्नको लागि पर्याप्त समय र अबसर दुबै मिलेको छ। यसमाने मा माओबादी र राजाको सहकार्य मान्ने कि न मान्ने?
माओबादिलाई फुट्या कौडि बराबरको फाइदा हुने वाला छैन। झन उल्टो माओबादिको असली रुप दिनानु दिन छर्लङ्गिने र जनाधार खस्किदैं जाने बाहेका अरु सकारात्मक परिणाम निस्केला भनेर सोचेको छ भने त्यो डाक्टरी पास गरेका बाबुरामको खोज पनि कागजको खोस्टा बाहेक केही नभएको पुष्टी हुन्छ। सके त कहिलेइ चुनाव हुन न दिने र मौका पाउना साथ "कू" गर्ने ज्ञानेको सोच मा पूर्ण समानुपातिक निर्बाचन को एकोहोरो रट ले टेवा दिएको मान्दा अनर्थ हुंदैन होला। पूर्ण समानुपातिक चुनाव मागलाई एक छिन माने लिउं, सबैले मानी हाले रे। अब हुन्छ के त? कुनै पनि पार्टीको सामान्य बहुमत पनि हुनेवाला छैन किन कि ५०% भन्दा बढी एक पार्टीले भोट ल्याउला भनेर सोच्नु पनि संभव छैन। यस अर्थमा संबिधान सभा पछि गठन हुने सरकार मिलिजुली हुने र सधैं अंक को खेल हुने निश्चित छ। यो स्थितिले २०५१ साल पाछि को प्रजातन्त्रकै पुनराब्रित्ती हुने हुन्छ। त्यसैमा माओबादीले अग्रगामी छलाङ्ग देखेको छ र मानेको छ भने मेरो केही भन्नु छैन।
अब राजालाई ढुंगा हानेको प्रसंगमा जाउं। राजालाई ढुँगा हानेर वाइ. सी. एल. के साबित गर्न खोजेको हो? अरु भन्दा हामी गणतन्त्रबादी हौं भनेर सिद्ध गर्न खोजेका हुन त?राजा प्रति हराई सकेको सहानुभूति पलाउदैन र? अझ राजा प्रचारमा आउदैन र? बुझ्ने क्षमता बिहिन जंगली सोचमा शायद यस्ता कुराहरु हुंदैनन्।
निलंबित राजाको के नागरिक हैसियत पनि खोसिएकै हो त?देशमा रहुन्जेल सबैले मौलिक अधिकार उपभोग गर्न पाउनै पर्छ। राजालाई मात्र किन बन्देज? बेकारमा नक्कली क्रान्तिकारिता देखाउन र आफ्ना जघण्य अपराधहरुमा पर्दा लगाउन राजा माथि ढुँगामुढा गर्ने असभ्य काम् गरे। असभ्य भए पनि यी कामले राजालाई अनमोल फाइदा भएकै छ। तसर्थ त्यो ढुंगा राजालाई हानेको होइन, गणतन्त्र र नेपालको भबिष्यलाई हानेको हो। दरबार र माओबादीको सहकार्य र सहयात्राको अनुपम नमूना हो। अस्तु!
October 26, 2007
October 24, 2007
बिज्ञापन
- नेपालियन
उत्पादककर्ताहरु बिज्ञापन मन पराउन भनेर अनेक कुरा गर्छन । रमाइलो, हासौ उठ्दो,केटा केटीलाइ देखाएर आदी आदी। अझै इन्टेरनेटका बेव पेजमा भने यस्ता रमाइला याड राखिएका हुन्छन कि, रि-प्ले बटन पनि हुन्छ मान्छेहरुले दोर्हाइ तेर्हाइ हेरुन भनेर। तर कुनै बेव पेज भने बिज्ञापन गर्ने धुनमा सस्तो मेकअपले खुइलेकी केटी जस्तै कुरूप नै भइसकेका हुन्छन। प्रसंग अर्के छ ह्या। यो तलको बिज्ञापन हेर्नुहोस न,क्या बाठो मुसो।सांचोमा राखेको चिज चोर्न हेलमेट लगाएर आएको छ। सांच्चै यस्तो हुने हो भने के हबिगत हुन्थ्यो मानिसहरुको ? सामान बलियो बनाउनु पर्छ भनेर एउटा इन्जिनियरीगं सफ्टव्यार कम्पनिले राखेको बिज्ञापन हो यो।
Update:::
Chana wants to see the funny add of pinky finger which had sparked outrage in Australia. It is a very much debated advertisement brought by australian government. It is not so attractive but it is found that 3/4 of the people think this advertisement is working. Remember, 50 to 60 percent crashes are due to speeding. This cool add not only produces outrage but also decreases fatality due to speeding and brings peace in the society.
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest

This is a video related to this pinky finger for TV advertisement.
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 23, 2007
दशैंको शुभकामना कस्ता कस्ता
- चना
दशै लगभग सकियो, तर फाट्टफुट्ट शुभकामना आउदै छ । दिक्क लागेर हो कि ब्यस्त भएर हो, यो वर्ष इमेलबाट शुभकामना पठाउने काम बहिष्कार पो गरिएछ । धेरैले शायद यो बर्ष चनाले शुभकामना इमेल पठाएन भनेर हेक्का राख्ने फुर्सदै पाएन होलान । तर थोरैले ठाने होलान दौतरीमा लेख्न थालेदेखुन चनाको भावै बढ्या छ, दशैमा ग्रीट नि गर्दैन साले । दशैको शुभकामना पठाउनु पर्छ भन्ने नसोचेको त हैन, तर यताउता फत्र्याकफुत्रुक गर्दा गर्दै अष्टमि लागीसकेछ, त्यसपछि त के शुभकामना दिनु जस्तो लाग्यो । उसैपनि सप्तमि पछि लगभग सबै अफिस बिदा हुन्छ नेपालमा । बिदेशतिर पनि मिलुञ्जेल मिला'र दशै मनाउने चलन शुरु भा'छ । दशैको चटारो सक्केपछि भएभरका इमेल खोलेर हेर्दा पो देखें - निकै धेरै शुभकामनाहरु चाङ लागीराखेका । २० बर्ष पहिला छुट्टिएका लंगुटिया यार देखिन अस्ति भर्खर चुनावताका बाँडिएका इमेलमा देखेका नामहरु समेत happy vijaya dashami भन्न लाइन कसेर बसेका थिए ।
शुभकामना थरी थरीका थिए, अल्छि लाग्दो ३ शब्द देखुन लिएर हप्तौ लगा'र आफैले बनाको पोष्टकार्ड, पारीवारीक फोटो देखुन लिएर भगवानका तस्वीर समेत, थरी थरीका इ-ग्रीटिङ कार्ड देखुन लिएर कवितात्मक संदेश, संस्कृतभाषाको श्लोक देखुन लिएर राजनीतिक उपदेश समेत अनेक थिए । तर निकै थोरै संदेशमा प्रत्यक्ष वादविवाद देखे मैले । नेपालबाट इञ्जिनियर बनेकाहरुको मेलिङ लिस्टमा भने दशैको शुभकामना नेताहरुको सदबुद्धी पलाओस भन्ने आशयको थियो । त्यस उपदेशले केहि चरण वादविवाद समेत गरायो, जुन मलाइ चाखलाग्दो लाग्यो । आज मैले त्यहि वादविवाद उठाएर यहाँ ल्याएँ । केहि ब्यक्तिगत प्रसंग र शब्द चयनमा सामान्य काटकुट गरेर प्रस्तूत गरेको छु । पढेर प्रतिक्रिया लेख्न नभुल्नुहोला है ।
b gurung (2050) wrote:
Dear Alumni,
Best Wishes on the auspicious occassion of Happy Vijaya Dashami - 2064.
May this festival may give "Sadbuddhi" to all political leaders and bring lasting peace in the country.
Warm Regards, > B Gurung> General Secretary, IOEAA
T Lamsal (2051) wrote:
Well said, That's what our Leaders need. Happy Vijaya Dashami to you and all Alumni of IOE.
RC Poudel (2052) wrote:
Who is leader? My concern is on use of specific term..What exactly the "leader" mean on that... I have seen so many leaders or would be leaders of Nepal with in this group too.I prefer, at least engineer group like us, not use such a abstract term in future ( use only well defined term or define on the statement).Any comment, feel free to argue on my email not in group email. Happy Dashain 2064!
T Lamsal (2051) wrote:
It was referred for the political leaders. Isn’t it clear on the text? I thought, it was.
Because...having signed the agreement last year for Constitutional Assembly election, where are we now? Why can n’t the leaders agree on an election even after a year long discussion. What they really want?
They are not willing to go beyond the party politics. Even after becoming unsuccessful on calling the election on stipulated date, no one seems to be willing to offer a resignation from the government. Therefore, it was right to say that the political leaders need ‘Sadbuddhi’. And I hope Durga Bhawani will provide them this Dashain.
If anyone from us (engineers) wants to become a Political Leader, as I gather from my memory, Some of us were among them - Lets Go ahead, and rest of us will stand behind in support. We engineers don’t need ‘Sadbuddhi’ as I believe we already have much of it. It’s only the matter of skill to utilise it, for the great cause of national interest.
b gurung (2050) wrote:
I think this is not a right moment to have more disputes among us. I suppose my words and sentence are very clear to everybody and are not abstract.
We do not need be afraid with the words, like 'leaders'. We know a nepali's sentiments and worries for very serious and dangerous condition of Nepal. Further, we nepalese engineers are not free from the effect of any political decisions, actions & turmoils in the country. We are not landed here from 'Mangal Graha' or any other developed countries. We belongs to, and many of us are living & working in this politically unstable country. We should never think that we are beyond the common citizen or we will not be affected.
The term 'Sadbuddhi' is meant to reflect mutual cooperations and understandings among leaders of the various political parties for the fair election of "CA" as early as possible and then move forward for betterment of the country. Of course, we engineers and engineering societies at large will get the chunk of advantage first once our country comes in track of piece and progress. I wish 'Durga Mata' bless this for us!
t limbu (2051) wrote:
Here we go again...Leaders?
Whether we have something to do with CA or CA has something to do with us, either time will tell or CA will tell us.we know already or for that matter, we better know it now , before it is too late.However when it comes to leaders, our friends focussed explicitly on political leaders, very important, as usual. For me, however, leaders means every type of leaders, be it leaders of engineers, coolies, workers, or whatever professional gropups.
There are already sufficient examples which shows that the leaders of these professional groups can influence the political leaders negatively or positively.Therefore, sadhbuddhi goes for all not just for political leaders.
And when we discuss we rather discuss in an open forum like this that avails everybody rather than discuss in a requested so called private "kothe" mail.
Durga mata does nothing. Either we do it or we dont't do it.
Sadhbuddhi not only for political leaders but for every type of leaders.
पढेर प्रतिक्रिया लेख्न नभुल्नुहोला है । (केहि प्रतिक्रिया नभए - मैले पनि पढें - मात्रै भए नि लेख्नुहोला है त बन्धुहरु ।)

दौतारी सर्भर
साथी भाइसगैको जमर्कोले दौतारीको संगालोमा बाधिएको करिब २ साता बितेछ।यती समयमा २५-३० वटा लेख पस्किसकिएछ। उल्लेखनिय नै लाग्यो,हैन र ?यता बेव साइटमा रंग रोगन पोत्ने काम पनि धेरै गरियो। सुरुमा राखेको लोगो र अहिलेको लोगो आकाश जमिनकै फरक जस्तो लाग्दछ। सबै दौतरीको सहयोगको धेरै नै प्रशंसा गर्दछु।
Sale को मौका पारेर किनेको http://www.dautari.org,%20www.dautari.blogspot.com/तर www.dautari.blogspot.com/ मै समय बित्यो।तर यसको खासै उपयोग गर्न सकिएको थिएन,आज चाही यता उता गरेर त्यसको थान्को लगाएको छु। २४ घन्टा लाग्छ रे यसको असर देखिन,त्यस पछि http://www.dautari.org/ ले राम्रोसंग काम गर्छ होला। दशैले हो कि,लेखहरु यो साता त्यती थपिएन। हुन त भर्खर बामे सर्दै छौ,दौडनको लागी समय पक्कै लाग्ला तर एक हप्तामा ७-८ सयपटक झुल्किन भ्याएछ दौतारीले। उता sajha.com मा चाही औसी लागेको लागै भयो, dautar.org को सेन्सर हटाउन सकिएन। तर पनि सेन्सरमा प्वाल हुदा त्यसको उपयोग गरेको छु - कारण दौतारीको जानकारी त सबैलाइ दिनु पर्यो होइन र ? पुराना तथा नया दौतारी भएर दौड जारी नै राख्दछौ,दौतरीमा सामेल भएर हौसला दिंदै गर्नु होला।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 22, 2007
परदेशमा दशै
बिदेशमा नेपाल धेरै दुख्छ,झन चाडबाड आए त मन नै नेपाल पुग्छ। यस्सो टिका लगाएर निस्कन पाएको छैन,इस क्युजमी यु ह्याभ ब्लड अन योर फोरहेड भन्छन,के भन्नी के भन्नी हुन्छ । यो पटकको दशै नि खल्लो भयो। बुवा,आमाको आशिष फोन बाटै लिइयो। तर पनि नेपाली जम्मा भएर नेपालकै जस्तै जस्तै रमाइलो गर्ने प्रयास गर्दा यस पटक अली भिन्न रह्यो । एक आपसमा टिका र जमरा लगाएर, शुभ-कामना साटा साट गरेर दशैलाइ रौनकता थपियो। मासु भातले मात्रै दशैं कांहा हुन्छ र ? तर यो अमेरीकामा कता गएर खेल्ने लिंगे पिंग ? अनि त त्यही मासु भातमा सिमित हुन्छ दशैं। धन्न बोकाको फ्रोजन मिट ग्रोसरी स्टोरमा पाइन्छ। तर काठ काट्ने कराउतीले काटेको मासु खादा खादा,काठ नै खाइयो कि जस्तो लाग्छ आजकाल त यो फ्रोजन मिट।
दशै आयो Maple फुल्यो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
यस पटक भने अलि भिन्नै अनुभव रह्यो।पोहोर सालबाट पढाइ सकिएकाले होम्वर्क र प्रोजेक्टले थला पार्ने दशै यस बेला फुकार गोरु जस्तै भइयो। फुर्सतीलो समय खसी खोज्नमा लागें। अचम्मै!खसी,बोका,भेडा जे चाहियो,त्यही पाइदो रहेछ याहां। असन बजार जस्तै, पैसा भए जे पनि पाइने। तर त्यो खसी खाने मान्छेको त कालै कपाल हुदो रहेछ की क्या हो ? खसी किन्नेको भिड मेक्सिकन,भियतनामिज र केही नेपालीले भरिएको थियो। एकातिर रगत थाप्ने,अर्को तिर रौं फाल्ने अनि अल्ली पर भुडी सफा गर्ने,गाउंकै याद दिलायो मिनीसोटाको खसी बजारले। नवमीको दिन थियो।देबीको थान भए पो बलि दिनु,यो बधसालमा कता रगत चढाउनी? तर मंग(hmong)हरुले त त्यही पनि पुजा गर्दा रहेछन।हाम्रो मात्रै हो कि तिनीहरुको पनि हो दशै, तर तिनीहरुले बोकालाइ पानीले मन्छिदै, धुप बत्ती बाल्दै मार हानेका थिए। कोही कोहीले त गाडी पुजा पनि गरेका थिए। म खसीको भुडी सफा गर्दै यि सबै कुरा दंग परेर हेरेको थिए।
हामीले त यसो दशै यता उता गरेर भए पनि मनाउछौ,वालमार्टबाट माटो किनेर भए पनि जमरा राख्छौ,अबका पिडीले के गर्लान? धन्न टुटे फुटेको नेपाली सम्म बोल्छन। कस्तो मिठो तरकारी हुन्छ,इट स्टीन्क्स भन्छन। रोटे पिगं,लिगे पिगं त यिनीहरुलाइ त कथा नै हुन्छ।
अब त दशैलाइ पनि अमेरिकनाइज गर्नु पर्ला जस्तो भइसक्यो।
दशै आयो Maple फुल्यो
Enjoy गरौला।
Credit काहां पाउंला ?
Shop lift गरौंला ।
Shop lift भन्दा त बरु separate बसौंला ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 20, 2007
आफ्नै कथा
ठरकी धेरै पछी घर जाने तरखरमा थीयो । धेरै पछि घर गए पछी एक दुई हप्ता पनि नबसी के आउनु भनी ऊ के लाने के नलाने भन्दै सामानको लिष्ट बनाउन थाल्यो ।
उसले एकचोटी चारैतीर हेर्यो, उसलाई आफ्नो कोठामा भएको सबै कुरा आवश्यक लाग्यो अनी दुई कोठा सामानलाई कसरी दुई वटा सुटकेशमा अटाउने भनेर सोच्न थाल्यो । उसको नजर फेरी आफ्नो टेबुलमा राखेको "ईकोनमी क्लासको" ठिकट तर्फ पुग्यो। एयरपोर्ट र एयरलाईन्स का कर्मचारीलाई जे जसो भने पनि दुई वटा टीकट बाट उसले कुनै पनि हालतमा ४५ किलो भन्दा बढी सामान लान पाउने स्थीति थिएन ।
जा! बरु यो किताब कापी चाही केहि लान्न, त्यसै त घर जान लागेको त्यसमाथी पनि दशैको बेलामा यत्रा बिधि किताब कापी लगेर के गर्ने ? उसले आफ्नो किताब कापिलाई "प्याकिङ लिष्ट" बाट हटायो ।
तर खै त ? सामान त अझै निक्कै छ नी त ! यो २-४ किताब कापी हटाएर केहि भएन । अबको पालो उस्को नजर आफ्नो बुढीको लुगा फाटामा गयो " हैन तीमी घर गए पछी नफर्कने हो कि के हो किन सबै लुगा फाटा लिएर जादैँ छौ ?"
" कहाँ सबै हाल्नु ….. चाड बाडमा जान लागेको १,२ जोर लुगा त हाल्नै पर्यो नि बरु हजुर कै त्यो दुई दुई जोर सुट किन लान लागेको हो …. यसै त यता उता हिडदां मैलिन्छ त्यसमाथि पनि दशैंको टिका लाग्यो भने फेरि "ड्राई क्लिन" गराउनु पर्छ " बुढीले उल्टै आफै माथी आक्रमण गरे पछि ठरकी उल्टो सुटकेशबाट आफ्नै सुट निकाल्न बाध्य भयो, त्यसो त बिबादकै क्रममा ठरकिले पनि बुढिको दुई जोर सारी र यौटा स्वेटर पनि निकाल्यो।
त्यसो त ठरकिले ब्यागमा हाल्न तयार गरेको सामानमा बुढिको अरु पनि निक्कै अनावश्यक चीजहरु देखेको थियो तर फेरी त्यो "ईस्यू" उठाउँदा पून: आफ्नो सर्ट पाईन्ट पनि निकाल्नु पर्ने संभाव्य खतराले ठरकी चुप बस्यो ।
घरको बिबाद साम्य पारेर, दुई कोठा सामानलाई दुई सुटकेशमा 'कम्प्रेस" गर्न नसके पनि एयरलाईनसलाई बढी सरचार्ज नतिरी तोकिएको तौल भित्रै आफ्नो आधारभूत सामानलाई संकुचन गर्न ठरकी सफल मात्रै के भएको थीयो उसको कोठाको तारवाला र खल्तीको बेतारको दूरभाष एकै चोटी बज्न थाले । कुनै अनिशचित शंकाका साथ ठरकीले तारवाला लाई मतलव नगरी बेतारको साधन उठायो "हेलो !"
"…..ठरकी बाबु ! तपाई नेपाल जादैँ हुनुहुन्छ रे ?" उताबाट प्रश्न सोधे भन्दा "कन्फर्मेशन" माग्ने शैलीको आवाज आयो, ठरकी ले "हो" "होईन" केहि भन्न पाएकै थिएन "….हेर्नुस न मेरो यौटा सानो सामान थ्यो…" उताबाट अनुरोधात्मक आदेश आयो " ….दशैंको बेलामा लगिदिनु भए….." ठरकीको शंका सहि निक्लियो आफ्नै सामानको अदिकतम कटौति गरेर अति मितव्ययी यात्राको तरखरमा लागेको ठरकिले पनि "हुन्छ" वा "हुदैन" नभनि "हेरौंला नी !" भन्दै पहिलो कलबाट छुटकारा पायो ।
"हैन तिमिले हामी नेपाल जान लागेको कुरा सबैलाई भन्न भ्याई सक्यौकी के हो ? " अबको पालो आफ्नो बुढि माथी शंका जताउँदै ठरकीले प्रश्न गर्यो । "मैले किन भन्दै हिडंथेँ बरु तिमिलेनै आफ्ना नानाथरीका ब्लगबाट बिज्ञापन गर्यौ होला नी!...." बुढिले पनि आफ्नो स्पष्टिकरण संगै प्रत्यारोप गरीन"
एक पछि अर्को गर्दै "शुभकामना" को बहानामा DHL, UPS र अन्य कुरिएरको निशुल्क बिकल्पको रुपमा आफूलाई प्रयोग गर्न खोज्नेहरुको अनगिन्ती फोन आउन थालेपछि मात्रै ठरकीलाई यो कुराको ज्ञान भयो कि यो बिरानो भनिने देशमा पनि उसलाई चिन्ने र उसका नजिकका धेरै मानिस रहेछन ।
श्रीमतीको लागी मेकअप किट र स्याम्पु देखी बुढी आमाको ढाडको रोगको लागि मेडिकेटेड बेल्ट सम्म र सालीको लागी फेन्सी ड्रेस अनि कुनै नवजात शिशुकोलागी ईलोकट्रोनीक सेन्सरयुक्त डाईपर सम्मको अनुरोध र आदेस आए पछी ठरकी कींकर्तव्यबिमुढ भयो । सहयोग नै गरौं भने पनि कसलाई "ल" भन्ने कसलाई "नाई" भन्ने ।
एक मनले त सोच्यो आ ! होस आर्को सालाँ जाउँला नेपाल, तर गृह मन्त्रीको अगाडि केही चलेन ठरकीको। "हैन नजानु नै थियो त किन घराँ सबैलाई आउँछु भनेको त ?, याँ आफ्नो पनि जाने भन्ने मन भैसक्यो ….फेरि यसपाला नगए यस्तो सबैको अनूकूल कहिले आउँछ"
"अब के गर्ने त हेर ! औषधी लगिदे भन्नेको औषधी पनि के नलगिदिनु, औषधी लगिदिएपछि "बेल्ट" पनि लानै पर्यो, बेल्ट लगेपछि लुगा र लुगा लगेपछि स्याम्पू । "हैन बुढा ! लान्न भन्न मिल्दैन र भन्या….बुढीले कडक जबाफ दिई ।…… पोहर साल पनि जाने भन्दा भन्दै कुरा मिलेन, आर्को साल मेरो छुट्टी मिल्दैन …."
यता बुढा बुढीको गन्थन जारी थियो भने उता टेबुल माथिको तारवाला र खल्ती भीत्रको बेतार आ-आफ्नै धुनमा बजेका बजै थिए । "ठरकी दादा!" , "ठरकी भाई!!" "ठरकी बाबु!!—यत्ती मात्रै है" फोनबाट अझै भिन्न भिन्न भाकामा भीन्न भीन्न चिजको हल्कारा बनाउने प्रयाश जारी थियो।
"…. परार साल जान ठिक्क पर्दा सुतक लागेको खबर आएर जाने प्रोग्राम क्यान्सील गरियो…" बुढि भने अझै फतफताउँदैं थीई ।
बुढीको अन्तिंम वाक्यले ठरकीको मुहारमा चमक थप्यो, भर्खर सम्म "हेरौलां", "खबर गरौला नी" भन्दै आएको ठरकीलाई बुद्धत्व प्राप्त भएझै भयो । "आई लभ यू बुढी !" ठरकी ले बुढिलाई टाडै बाट प्रेम दर्शायो । भर्खर सम्म हकार्दै आएको बुढो एक्कासी खुशी भई रोमान्टिक भएको देखी बुढी पनि छक्क परी।
"ट्रिङ ट्रिङ ट्रिङ " टेबुल माथीको फोनले पून ठरकीलाई बोलायो "ठरकी दाई! तपाई दशै ताका नेपाल जउनु हुदैंछ रे हो …..?" उताबाट यौटा परिचित आबाजले समर्थनको ऊत्तर खोज्दै थियो " हेर्नुस न मेरो बुबाकोलागी यौटा …."
"जाने भनेको त हो के गर्ने …." ठरकीले बिचैमा कुरा टुङ्यायो "….. के गर्ने हिजो मात्रै घरबाट सुतक परेकोले यसपाला टिका नहुने खबर आयो …… अब टिका लगाउन नमिले पछि के को लागी जाने भनेर मैले त टिकट क्यान्सील गरें …..'
"ओहो …!" " ल ….त…." उताबाट "के?", "कस्को?" "कहिले?" भन्ने सामान्य औपचारीकता समेत पुरा नगरी फोन काटीयो ।
ठरकीले एकचोटी आफ्नो बुढी तर्फ नजर दौडायो… बुढीको अनुहारमा आश्चर्य र हर्ष मिस्रित अनौठो भाव देखीयो । " आई लभ यू टु ठरकी" बुढीले लजाउँदै ठरकीलाई अंगलो हाली ठरकी ठुलो बोझ बिसाएर बसेको जस्तै हल्का महशुस गर्न थाल्यो।

Subscribe to:
Posts (Atom)