भुइंको डोली थिचेर खोली,भित्र हेर्दा दुइ-तीन गोली, के हो?
March 1, 2009
गाउँखाने कथा - ५ (Nepali Gau Khane Katha)
भुइंको डोली थिचेर खोली,भित्र हेर्दा दुइ-तीन गोली, के हो?
February 28, 2009
छापामारलाई डिग्री बाँड्ने विश्वविद्यालय खोल्ने रे !
जनयुद्धको विश्वविद्यालय
जनयुद्धमै नलागेर सुरुसुरु लेख्दै-पढ्दै गरेको भए अहिले अप्राज्ञ गोठाला भनी हेपिएकाहरु पनि डाक्टर-प्राज्ञ बन्न सक्थे होलान्। विडम्बना हामीले नै त्यतिखेर ९-१० कक्षामा पढ्दै गरेका हजारौं युवालाई त्यो पढाइ बेकार भनेर वर्गसङघर्षको विश्वविद्यालयमा पढ्न आह्वान गर्यौं।
(प्रज्ञा प्रतिष्ठानका कूलपति बनाइएर हटाइएका ईश्वरचन्द्र ज्ञवाली जनदिशा २०६५ फागुन १५ मा लेख्दै)
पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरूलाई बुर्जूवा शिक्षाको कुनै महत्व छैन भन्ने अराजक उत्तेजना पढाएर, १०-१२ वर्ष हिंसात्मक लडाईँमा उपयोग गरिसकेपछि, माओवादी नेतृत्वले आफ्ना लडाकाहरूलाई तिनै बुर्जूवा शिक्षाका निशुल्क सर्टिफिकेट र लब्धांकपत्र बाँड्ने विश्वविद्यालय खोल्ने कुरा चर्चामा ल्याएको छ । उनिहरूको इरादामा फल लाग्न सक्छ किनभने,अहिले नेपाली सरकार, सदन र सडक ( तर सत्ता चैँ कब्जा भैसकेको छैन रे !) सबै नै माओवादी र उसलाई साथ दिने साक्षीहरूको नै छ । यति भएपछि, माओवादीले चाहेको अनुरूप निर्णय हुनलाई केवल समयको ढिलो चाँडोले असर पार्ला ।
तर प्रश्न उठ्छ: के यसरी छापामारहरूलाई उनिहरूले माओवादी पार्टीको नाममा लडेको सत्ता जित्ने लडाईँको पुरस्कार स्वरूप विस्वविद्यालयको शैक्षिक योग्यता र उपाधी स्वत: दिन हुन्छ ?, यसको खाँचो नै किन छ ? ,बुर्जूवा शिक्षा र शैक्षिक उपाधीको औचित्य नै नरहेको देख्ने उग्र कम्युनिष्टहरूलाई यसप्रतिको अनुरक्ति किन आइपर्यो ?, अनि यसरी आफ्ना पार्टी कार्यकर्तालाई 'फ्रि अफ चार्ज' मा बाँडिने सर्टिफिकेटले आँफैले दिने बाहेक कुन राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता पाउन सक्ला र ? यस्ता धेरै प्रश्नहरूले माओवादीले भन्ने र गर्ने गरेका धेरैजसो काम र व्यवहारका अगाडि असजिला प्रश्नहरू उठाउन वाध्य पार्ने गरेको महशूस हुने गर्छ ।
कटु सत्य भन्ने हो भने, जसरी अरू राजनैतिक दलका कार्यकर्ताहरू जसरी आफ्ना नेताहरूलाई सत्तामा स्थापित गराउन तल्लो तहमा जुध्ने गर्छन वा कुटाकुट, पिटापिट, मारमारको तहमा प्रतिस्पर्धारत रहन्छन् त्यही तरिकाको तर हिंसात्मक युद्दको मोर्चामा एक अर्थमा 'ब्रेनवास' गरेर आफ्ना तल्ला तहका कार्यकर्ताहरूलाई लड्न पठाएको हो । यो हिमसात्मक युद्दलाई उसले 'जनयुद्द' नाम दियो र विशेषत: शुरूवातदेखि नै राजनैतिक दलका ग्रामीण समर्थक र कार्यकर्ताहरू माथि लक्ष्य गर्दे यसका माध्यमबाट देशव्यापी दशहत र त्रासको वातावरण निर्माण गर्न आफ्नो शक्तिलाई लगानि गर्यो । उसको यही हिंसात्मक युद्द, तत्कालीन राजाको अदुरदर्शी महत्वाकांक्षा, राजनैतिक पार्टीहरूको जनपरिचालन, र विसेषत: भारतीय हस्तक्षेपले नेपालमा नया राजनैतिक परिस्थिति निर्माण भई राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हुन पुगेको सत्य यथार्थता एकातिर हुँदा हुँदै , परिवर्तनको एकल जस आफ्ना छापामार कार्यकर्तालाई दिएर उनीहरूको सम्भावित असन्तोषलाई मत्थर पार्न माओवादी नेतृत्वले एउटा घोर विवादास्पद विषयलाई बेला-कुबेला बाहिर ल्याएको प्रतीत हुन्छ ।
माओवादीका आफ्ना छापामारहरूले दु:ख पाएका होलान, उनिहरु ज्यानको बाजी लगाएर लडे, कति मरे , अंगभंग भए यो सबै साँचो हो । तर यो कुरा पनि साँचो हो कि उनिहरूका कारण हजारौं निहत्था र निर्दोष नेपालीहरूको अकाल -अकारण जीवन हरण पनि भयो भने लाखौँ विस्थापित पनि बने । यी सामान्य जनता र तिनका लालाबाला छोराछोरीहरु पढ्न लेख्न र योग्य बन्न चाहन्थे तर पाएनन् । तिनले माओवादी छापामारले जस्तो बुर्जुवा शिक्षा बहिष्कार गर्ने क्रान्तिकारिता देखाएका पनि हैनन् तर पढाइ लेखाइप्रतिको उत्कट चहानाका बावजुद बेदखल बनाइएका हुन् । त्यस्तै राजनीतिको नशामा लागेर पढाइ लेखाइको झमेलामा पर्न नचाहने लाखौँ सुकुल-गुण्डे टाइपका ठिटा-ठिटीको हाम्रो मुलुकमा कुनै कमी पनि छैन । माओवादी नेतृत्वले भन्ने गर जस्तो ' जनयुद्दमा लागेर पढ्न नपाएकाहरू मौका पाएका भए पिएचडी र एम ए हुन सक्थे नि ' भन्ने हो भने हामीले वाध्यात्मक परिस्थिति र गरीवी एवं अवसरबिहीनताले देशभित्र र बाहिर परदेशिएका लाखौँ करोडौँ नेपाली माथि पनि दया गर्नु पर्ने होला । यसरी र मान्छेको उमेर अनुसार 'यो उमेरमा यसले यति पढेको हुनुपर्थ्यो' भन्दै उमेरका आधारमा नागरिकताको प्रमाणपत्र जस्तै निश्चित उमेरमा निश्चित प्रमाणपत्र बाँड्ने सरकारी अड्डाको स्थापना गर्दा जाती हुन्थ्यो होला !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
किन गएछन सभासद मसाजपार्लर ?
धेरैले भने सभासद कृष्ण प्रसाद यादवको दिन विग्रिएको रहेछ । रंगेहात प्रहरीले समाते छ । आजकाल नेपालको प्रहरी अलि जागरुप भएका हुन की केहो मैले वुझन सकिन । कहिले ववन सिहलाई समातछ । कहिले पावरफुल पत्रकार धमला लाई अहिले सभासद यादवलाई । ल ल, ठिक छ, म चही यत्रो नेपाली मारेर सुपीम्रो हुँ भन्दै हिडनेलाई पनि समातेर थुनेको हेर्न प्रतिक्षारत छु । प्रसंगमा आऊ, हैन यो यादव किन गएछन मसाजपार्लर - अस्ती भर्खरै सभासदहरु नया वन्ने संविधान वारे जनताको मत वुझन गाउँ जाने समाचार पढे थिए । यही प्रसगमा मेरो विचारमा केही तर्क आएका छन । तपाई हरुको विचारमा कुन हुन सक्ला भन्नुस है ।
तर्क नं १ :नया वन्ने सविधान समावेसी प्रकारको हुने छ । सवैको भावनालाई यसले समेटने वताइएको छ । यसैले यादवले मसाज पार्लरवाट राय संकलनको यात्रा शुरु गरेका हुन की ?
तर्क २: नेपालको मधेसको स्थिती दिन प्रतिदिन खस्कदै छ । त्यहा जाँदा आज हो को भोली थाहा छैन । तेसैले भोली केही भैहाले भने आज रमाइलो गरौ भनेर होकी र?
तर्क ३ : नेपालको सडक मार्गको अवस्था सवैलाई थाहा भएकै हो । सभासद महोदय सभासद भए पछि कहिले गाउ फर्के की फर्केनन कुनी - त्यसै ले सहर वाट गाउँ जाँदा जिउ दुख्ला भनि यसो मसाज गरौ भनेर पो गएका हुन की र?
तर्क ४ :नेपालको सभासद पुरुषले पनि महिलाको औषधीको विल पेश गरेर पनि पैसा लिएको समाचार पढेकै हो । सभासद महोदयहरुले गाँउ जान अस्ति मात्र पेस्की वुझेका थिए । अव पेस्की फछयौट गर्दा सभासदको मसाज विल पनि पास हुन्छकी भनेर पो हो की ?
अरु तर्क पनि छन चने लेख्नुस है ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हप्ता हंगामा - १ लाखमा गाडी
यो फुच्चै गाडी टाटाले महिनामै १५०० गाडी बनाउन सक्छ रे। दिनमै १५०० नया गाडी थपिने भारतमा यस्ले कतीको जाम थप्ने हो? भनिन्छ काठमान्डोमा गाडी लाइन लगाए बाटो भन्दा गाडीको लाइन लामो हुन्छ रे। भने पछि यो गाडी नेपाल भित्रीए गाडीको लाइन पक्कै थानकोट कट्छ। मारुती गाडीले टेम्पोको संकट निम्ताए अब भने खैनीको बट्टा भन्दा अली ठुला यि गाडीले ढोका थर्केने मारूतीलाइ साढे सात निम्ताउने निकै भय छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 27, 2009
राजेन्द्र खेतानले हजुरआमा मारेको सत्यता:
कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।
एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।
राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।
२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?
चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।
अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मुख बुझो लाउनु कस्को
काम नहुनेको के कुरा दिउसै तारा गन्छन
बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन
हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन
बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन
निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बधाइ र शुभकामना नेकपा एमालेलाई !!!
पार्टी भित्र आन्तरिक लोकतन्त्र फलिभूत पार्ने कुरा नेपालमा मात्र हैन, सबै जसो दक्षीण एशियाली मुलुकहरूमा गाह्रो देखिएको छ । भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानका पुरानो इतिहास बोकेका लोकतान्त्रिक पार्टीहरूमा समेत निश्चित परिवारको नेतृत्व नरहेमा उक्त दल टुहुरो बन्ने त्रास छ । नेपालमा नेपाली कांग्रेसको अस्तित्वलाई कोईराला परिवारको संरक्षण र कोईराला परिवारले आँफ्नो अस्तित्वको पर्यायको रूपमा कांग्रेसलाई हेरिने कुरा हामीले देके जानेको कुरा हो । यस्तोमा , एउटा अधिनायकवादी विचारको पक्षपोषी मानिन सक्ने ,नामको कम्युनिष्ट पार्टी एमालेले आँफ्नो निति र नेतृत्वमा लोकतान्त्रिक विधिको लाहाछाप लगाएर अपनाउने जुन बहादुरी देखाएको छ यो कुराले नेपालभित्र राजनिति गरेर लोकतान्त्रिकताको दुहाइ दिन नथाक्ने अन्य राजनैतिक दल र शक्तिहरूलाई दलको आन्तरिक चरित्र र व्यवहारदेखि बाह्य शासन पद्दतिसम्ममा लोकतान्त्रिक चरित्र र संस्कारको अवलम्बन र अनुपालनमा लाग्न पाठ पढाएको छ ।
वर्तमान नेकपा एमालेका सबैभन्दा वरिष्ठ नेता माधव नेपालले एमालेको वरिष्ठ नेतृत्वमा सहमति निर्माण हुन नसकेर चुनाबमा जाँदा, पार्टी पूर्ण विभाजित हुन सक्ने सम्भावना देखाएर अध्यक्ष पदमा लड्न चाहनु भएन । अध्यक्ष पदको लडाईँमा झलनाथ खनाल र खड्ग ओली बीच हिन्दीमा भनिने ' काँटेकि टक्कर' को स्थिति रह्यो । गणितीय हिसाबले ओलीले ११७ मतले हार्नु भयो तर पनि संस्थापक नेतृत्वसंग खुल्ला र एक्लै लडेर ओलीले जुन मत प्राप्त गर्नु भयो त्यसले वहाँको विचार पनि पार्टीभित्र निर्धो र दूर्बल छैन भन्ने निष्कर्ष हव्शय दिएको छ । आफ्नो 'होम ग्राउण्डमामा खेल्ने मौका पाएका 'आँफै महासचिव रहेर आफ्नै नेतृत्वका कार्यकाल अवधिमा देशव्यापि पार्टी प्रतिनिधि चयन गराई, झिनो बहुमतले विजय हासिल गर्न पुग्नु भएका झलनाथ खनालले प्राविधिक र गणितिय रूपमा निर्वाचन जित्नु भएको छ तर पार्टी कार्यकर्ताले वहाँलाई नेतृत्व दिँदै ओलीको राजनैतिक प्रतिवेदन र नीति कार्यक्रमको जिम्मा लगाउँदै भारी बोकाएका छन् । सम्पन्न एामले अधिवेशनले दिएको सन्देशलाई बुझ्ने हो भने कुरा प्रष्ट छ , नेतृत्व विभाजित बन्न खोजे पनि कार्यकर्ताले भने नमिली काम गर्न सक्दैनौ भनी एमाले नेतृत्वलाई ठिंगुर्याएका छन् । यसर्थ, एमाले कार्यकर्ताको निर्णय र नेतृत्व चयनको तरिका जति प्रशंसा गरे पनि नसकिने खालको छ । यो नै एमालेको वर्तमान सामर्थ्य हो भन्नुमा अत्युक्ति हुँदैन ।
नेतृत्वका पराजित प्रतिस्पर्धी ओलीको स्पष्ट उद्घोष थियो , माओवादी अतिवादी व्यवहारको बिरुद्दमा पर्यो भने कडा रूपमा उत्रिनु पर्छ । यहि कडा र खरो कुराले उनलाई पपुलर र पराजित दुवै बनायो । ओलीको विचार एमालेमा हारेको छैन किनभने वहाँको पराजयका बावजुद वहाँसंगको लबीमा लडेका ६०% सदस्यहरू केन्द्रिय नेतृत्वमा आएका छन् । यो ढाँचाको केन्द्रिय समिति बनाइदिएर कार्यकर्ताले भने कुनै एउटा समूहको हालिमुहाली हुनसक्ने परिस्थितिमा पनि अंकूश लगाइदिएका छन् । तर, झलनाथ र बामदेव लबीको एमालेले , एमाले स्वयमलाई माओवादिहरूको एउटा लाचार छायाँको रूपमा घटुवा नगरिदियोस् भन्ने एमाले कार्यकर्ता वृत्तमा रहेको डरलाई झलनाथ खनालले गतिलो ढंगले सम्बोधन गर्नु पर्नेछ । झलनाथले ' गह्रूंगो भारी बोक्छू' भनेर नेतृत्व लिनु भएको छ तर यो भारी कतै अर्को नारायणकाजी बनेर रुपान्तरण नहोवस् भन्ने कामना गर्नु यति बेला श्रेयस्कर हुन्छ होला । लामो धरोहर र इतिहास बोकेको एमाले यो भयानक लोकतान्त्रिक 'स्टण्ट' खेलेर कतै एउटा अधिनायकवादी सत्ताको सांक्षी बन्न नपुगोस् । यो अवसर र चुनौतिको झलनाथ नेतृत्वको एमालेले राम्रो बहन गरोस् । बधाइ र शुभकामना !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


