नेवा राज्यको माग राख्दै आज काठमाण्डौ बन्द गरेको खबर त तपाइहरुले सबै वेभ पत्रिकमा देख्नुभएको होला। पहिला पहिला काठमान्डौ बन्द हुंदा सोच्थे चारै तिरका मान्छे काठमाण्डौमा थुप्रेर बन्द गर्दैछन। बिचरा यांहाका बासिन्दालाइ कती दु:ख भएको होला। अझ भएन भनेर सिसा झ्याल फोर्ने,टायर बाल्ने आदीले त्याहांका बासिन्दालाइ कती दु:ख पुग्दो हो। तर आज भने त्यहीका बासिन्दाले आफ्नै घरको झ्याल फोर्ने देखी आफ्नै बाटोमा टायर जलाउने काम गरे।
दौतरीको जिमेलमा काठमाण्डौ बन्द सफल भएकोमा धेरै इमेल प्राप्त भइरहेका थिए। ति इमेलले मानौं तराइको द्वन्दले काठमाण्डौलाइ उछिनेको तर ढिलै भए पनि एकै दिनको बन्दले करिब करिब तराइकै सफलता प्राप्त गरेको छनक दिन्थे। अब काठमाण्डौबासी पनि गर्वले फुलेल हुने बेला आयो। उनिहरुलाइ पनि आफ्नो प्रदेशको अधिकारबारे ज्ञान आयो। मधेसी,लिम्बु पछि अब नेवारहरुलाइ आफ्नो इलाका खोज्न प्रेरणा मिल्यो। मगर र गुरुगंहरुले त उहिले माओबादीकलमा नै मगरात र तमुवान क्षेत्र भनेर घोषणा नै गरेका थिए। दसौं पूस्ता बिताएको मेरो गाउं उनिहरुको परिभाषामा तमुवान क्षेत्रमा पर्छ। भने पछि मेरो गाउंका बाहुन,क्षेत्री,कामी,दमाइ सबै तमुवान प्रेदेशमा पर्ने भए। भन्दा जात भात हटाउनु पर्छ भन्ने आन्दोलन भने जात जातको प्रदेश चाहिन्छ भन्ने। हामीमा गजबको बुद्दत्व छ।
बुद्दत्वको कुरा छोडेर बन्दकै कुरा गर्दा बास्तवमा आज काठमान्डौ बासीले आफ्नै घरमा आगो लगाएर आगो तापे। बन्द र हडतालको चपेटमा सधै पर्ने काठमाण्डौलाइ पूस्तौं बसेकाहरुले कसरी तहस नहस गर्नुपर्छ भनेर पाठ सिकाए। यो कुरा फोटो पत्रकार सबिन श्रेष्ठले पठाएको तस्वरि र बिबरणबाट स्पष्ट हुन्छ।
* प्रहरीले गुडाएको मोटरसाईकल रोक्न खोज्दा ललितपुरमा सुरक्षार्थ खटिएका स्थानीय प्रहरी र नेवारहरुबिच झडपको स्थिती ।
* ट्राफिक प्रहरी र नेपाल प्रहरीले चलाएको मोटरसाईकलको हावा फुस्काईयो ।
* संस्थानको गाडीमा प्रेसको स्टिकर ।
* बन्दको क्रममा ट्राफिक प्रहरीको लाईसेन्स र ब्लुबुक चेक ।
* साईकल यात्रीहरु समेतले हिड्नु पर्यो ।
* प्रेस स्टिकर टाँसेर मोटरसाईकलमा गुडाएका 'नक्कली पत्रकार'हरुमा आन्दोलनकारीको आक्रोश ।
* आन्दोलनकारी माझमा युनाईटेड मिसनका कर्मचारी ।
* फुटपाथ पसल र भित्री गल्लीका पसलहरु समेत बन्द ।
* सडकहरु खेल मैदानमा परिणत ।
* सञ्चार माध्यमका प्रतिनिधिलाई दुर्व्यवहार ।
नयां नेपाल बनेकोमा गर्व गर्ने हामीले यि नया समस्यालाइ कसरी झेल्ने हो कुन्नी? हामी अमेरीका,युरोपको सपना देख्छौं र सोमालिया,निइजेरियाली भन्दा तुछ्छ ब्यबहार देखाउंछौं। बुस र सुदलाइ गाली गर्छौं, अनि आफ्नै स्कुल, एम्बुलेन्स जलाउंछौं। हाम्रो बोलाइ र गराइमा समानता त छैन छैन, कसैले समानता छैन भन्यो भने मण्डले,अबसरबादी,प्रतिगामी आदी अंलंकार पहिराइहाल्छौं। साच्चै अहिलेको नया नेपालको जटिलतालाइ नेपालका नया प्रधान मन्त्री माधव नेपालले कसरी पार लगाउछन कुन्नी?
June 1, 2009
उपत्यका ठप्पमा सबै दंग
बिन्ती
(अमेरिका )
बिन्ती छ है मेरो साथी तिम्रो सामु आइन
खुशी,हर्ष सङाल्नलाइ तिमी कँहा धाइन ...
मनले खोज्छ तिमीलाई सम्झनामा तिमी नै
झुठो बाचा दिनलाई मैले माया लाइन ...
त्रिषित छन नयन मेरा सुकेको छ आँत पनि
तिम्रो जस्तो त्रिष्णा मेट्ने अन्त साथ पाइन ...
तड्पिएरै बाँच्न पर्यो ,लेखनी नै यस्तै रैछ
तिम्रो साथ छाड्न लाई कसम मैले खाइन ...
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हाम्रो ब्लगका ब्लगर केपी ढुंगानाको सेरोफेरो
ब्लग भित्र ब्लग दौतरीमा राख्ने जमर्को स्वरुप यस पटक हाम्रो ब्लगका (Hamroblog.com) ब्लगर के.पी ढुंगाना आउनु भएको छ। सधै अरुको बारेमा ब्लग लेख्ने के.पी जी आज आफ्नै बारेमा सोधिएका प्रश्नका उत्तर बिस्त्रितरुपमा दिनुभएको छ। आशा छ उहांका ब्लग पारखीलाइ उहां बारे अझ बढी जान्न मौका पाउनुहुनेछ। साथै नेपाली ब्लगहरुलाइ पनि यो संबादले सहयोग पुग्नेछ भन्ने आशा गरेको छु। अब लागौं के.पी जी को ब्लग सवाल जबाफ तिर।
१) हाम्रो ब्लग सबैको ब्लगकी तपाइको ब्यक्तीगत ब्लग?
पाठकको हकमा भन्नुहुन्छ भने नाम झै यो हाम्रो नै हो । तर कन्ट्रीव्युटरको रुपमा भन्नु भएको हो भने ब्यक्तिगत ब्लग हो । यसको नाम चयन र प्रारम्भ सबैको ब्लग बनाउछु भनेरै गरेको हो । तर फाट्टफुट्ट बोहक अन्य मित्रहरुको सामाग्री त्यत्ति आउंदैन । पाठकिय दृष्टीकोणमा त हाम्रो बन्न सफल भएको छ जस्तो लाग्छ मलाई ।
२) कसरी चढ्यो ब्लगर भन्ने भुत?
ब्लगर बन्ने भुत ज्ञानेन्द्र शाहले चढाइदिएका हुन । यदी उनले प्रत्यक्ष शासन चलाएर प्रेस स्वतन्त्रतामाथि त्यत्तिको अनुदार नबनेको भए सायद यत्ति चांडै म ब्लगको बाटोमा पक्कै हिड्ने थिइन । माघ १९ पछि देखेको लेख्न पाइएन । अब देखेको कुरो नलेखी चित्त पनि नबुझ्ने । लेखेको कुरो घरको भित्तामा राखेर पनि चित्त नबुझ्ने । के गर्ने होला भनेर सोध्दै खोज्दै जांदा ब्लगसंग जम्माभेट भएको हो ।
३) बिबहा पछी ब्लगले कम समय पाएको त छैन?
विवाहको समयमा करिव १५ दिन नियमित हुन सकिन ब्लगमा । तर त्यसपछि छैन । उही स्पीडमा छु म ।
४) हाम्रो ब्लगका पाठक त छोटो समयमै १५ करोड नाघेछन। काठमान्डौको मिटर क्याब जस्तो त होइन?
हा…हा…हा । मैले त यादै गरेको थिइन । गडबड भएछ । यत्रा पाठक पाइसकेको छैन मैले । एक जना मित्रको सहयोगमा काउन्टर राखेको थिए । कहिले साइड परिर्वतन भए कहिले ह्याकरले रुवाए । पाठक गणना मिटर राख्दा पुरानो पनि मिल्ने गरी राख्ने कि भनेको थिए । गडबड भएछ । अब सच्याउंछु ।
५) तपाइका पुराना सामाग्री त गायब भएछन नी। यसबारेमा आफ्नो अनुभव के छ,ब्लगरहरुलाइ के सल्लाह दिन चाहानुहुन्छ ?
हो पुराना सामागि्र सबै हराए । ह्याकरले हैरान बनाए । पहिलो पटक हैन तीन पटक भइसक्यो यस्तो भएको । ०६१ चैततिरवाट ब्लग शुरु गरेको हुं मैले । त्यो बेलामा ब्लगसममा ब्लग चलाउंथे । आफ्नै डोमेन र स्पेशको भुत सवार भएपछि २०६३ वाट ब्लगरनेपाल डटकम डटएनपी डोमेनवाट ब्लग शुरु गरे । ब्लगसम एकाउन्टको सामाग्री सार्नुपर्ला भन्दा भन्दै एकान्ट नै डिलेट भएछ । २ वर्षको महत्वपुर्ण सामाग्री हरायो । पछि ब्लगस्रनेपाल डटकम ब्लग आएपछि धेरै मित्रहरुले डोमेन झुक्किएको गुनासो आएपछि हाम्रोब्लग डट कम दर्ता गरेर ब्लग चलाउंन शुरु गरे । यसमा पनि २ पटक ह्याकरले दुख दिइसके । पहिलो आक्रमणवाट सामाग्री जोगाउन सफल भइयो । तर दोस्रो पटक पुन ह्याक गरी सबै सामाग्री ड्यामेज बनाइदिए । बढो दुःख लाग्यो । पुराना सामाग्री संग्रह गरेर राख्ने बानी थिएन । महत्वपुर्ण सम्पत्ति त्यसै नाश भयो । यि दुखपछि ब्लगमा राखेका सामाग्री बेलाबखत कम्प्युटरमा ब्याकअप बनाएर राख्नुपर्ने रहेछ भन्ने शिक्षा पाए । अन्य ब्लगर साथिहरुले ब्लगमा राखेको सामाग्री कम्प्युटरमा बेला बेला ब्याकअप गरेर राख्नु भएको छैन भने राख्नु होला । नत्र मैले जस्तै दुख पाउनुहुनेछ ।
६) नेपाली ब्लग बिचार सुचुचित गर्नुको साथै अनुचित रुपमा पनि दबाइन्छ भन्ने आरोप निकै चर्चित छ,हाम्रो ब्लगमा यस्तो भएको छ?
तपाइले भन्न खोज्नुभएको मैले अलि बुझिन । यदी प्रतिकृयाको कुरा गर्नु भएको हो भने अश्लिल प्रतिकृया बाहेक अन्य डिलेट गर्ने गरेको छैन । सधै प्रतिकृया मनिटर गरेर बस्न भ्याइदैन । त्यसैले २ वर्ष जति प्रतिकृया मोडरेटमा राखेको थिए । एक वर्ष भयो मोडरेट सिष्टम हटाएकोछु ।
७) नेपालका गोष्ठीको उदेष्य गोष्ठीको समाप्तसंगै समाप्त हुन्छन। तपाइको बनेपा गोष्ठीले कती ब्लगर जन्माए?
पत्रकारीता प्रशिक्षणको क्रममा अनलाइन पत्रकारीताको विषयमा ब्लगलाइ पनि मिसाएर आफ्नो अनुभव बाडेको थिए । त्यसो गर्दा बनेपामा बढो राम्रो प्रतिकृया पाइयो । केही साथिहरु नियमति सम्पर्कमा हुनुहुन्छ । उहांहरु प्रत्येक सम्पर्कमा ब्लगका बारेमा चासो देखाउनु हुन्छ । केही साथिहरुलाई साइबर क्याफेमा लगेर प्रयोगात्मक रुपमा समेत ब्लग साचालनको विधि सिकाएको थिए । तर उहांहरुले ब्लग शुरु गर्नु भयो कि भएन जानकारी पाएको छैन । बनेपापछि नुवाकोट पुगेर पनि अनलाइन पत्रकारीता र ब्लगको बारेमा अनुभव बाडेको थिए मैले । यि दुबै स्थानको प्रतिकृयावाट मैले के बुझे भने प्रविधिप्रतिको सहज पहुंचको अभावमा ब्लगको संख्या नबढेपनि ब्लग र ब्लगरको कुरा हुंदा साथिहरु अल्मलिएर बस्नुपर्ने अवस्था रहेन । यो पनि राम्रै उपलब्धी हुन जस्तो लाग्छ ।
८) ब्लगमा गाली र ताली आउदा कस्तो लाग्छ?
बढो रमाइलो लाग्छ । ब्लगको सुन्दर पक्ष भनेकै यही सहज अन्तरक्रिया नै त हो । समुहमा कुनै विषयमाथिको बहसले प्रवेश पाएपछि कसैले समर्थन गर्छन कसैले विरोध । जो सामान्य हो । त्यसमा पनि ब्लगमा जत्ति बढि अन्तरक्रिया हुन्छ ब्लग गर्ने उति उर्जा बढ्छ । नियमित ब्लगको उर्जा नै यही गाली त ताली हो जस्तो लाग्छ ।
९) अन्य ब्लगरसंग भेटमा के कुरा हुन्छ? प्राय भेटीने ब्लगर को हुन? कुनै रमाइलो गफ सुनाइदिनुहोस न?
ब्लगरसंगको भेटमा अरु के गफ हुनु त्यही ब्लगको नै त हो । ब्लगका सामाग्री अन्तराष्ट्रिय ट्रेन्ड नयां आएको ब्लग लगायतका विषय नै हाम्रो कुराको केन्द्रमा हुन्छ । प्राय भेट भइरहने ब्लगर माइसंसारका उमेश श्रेष्ठ र फिल्मी ब्लग चलाउने प्रवेश सुवेदी हुन । तर लामो समय भयो दुबैसंग श-शरिर भेट नभएको । फोनमा भने कुराकानी भइरहन्छ । दुबैसंगको भेटमा प्राय ब्लगको नै कुरा हुन्छ । उमेशसंग कुनै प्रविधि सम्बन्धी कुनै ब्लगलाइ अझ पपुलर बनाउने भनेर गनगन गरिरहछु म । प्रवेशसंगको भेटमा चै बढि ब्लग थिमको बारेमा कुरा हुन्छ । उमेशसंगको स्मरणिय कुरा भनेको चिया खाएर ब्लगर सम्बन्धी संस्थाहरुको गफ गर्दा गर्दै ब्लगान नाम जुरेको थियो । अनी हामी दुबैविच ब्लगानको अध्यक्षको बारेमा चर्काचर्की परेको थियो । म भन्ने उमेश अध्यक्ष बन्नुपर्छ उमेश भन्ने हैन म बाहिर बसेर सहयोग मात्र गर्छु । तर अहिले त ब्लगान नै एकादेश भइसक्यो । प्रवेशसंग भेट भयो कि पहिला नै आज चै नयां थिम खोजीदेन नभन है भनिहाल्छ ।
१०) कामभित्र पत्रकार काम बाहिर ब्लगर, घरै पिंडालु बनै पिंडालु जस्तो लाग्दैन?
हैन बढो रमाइलो लाग्छ मलाइ त । पत्रकारको रुपमा जुन भुमिका निर्वाह गरिन्छ त्यो सत प्रतिशत आफ्नो सोचाइ अनुसार हुन्न । आफुले ल्याएको सामाग्री आफुले चाहे जसरी पस्कन पाइदैन । धेरै हाकिमहरु हुन्छन । ब्लगमा त ढुक्क सबै काम आफैं गर्ने । चाहेको सामाग्री आफुलाइ जसरी मनपर्छ त्यसरी नै पस्कन पाइन्छ । हाकिम कामदार दुबै आफैं । समाचार खोज्दै हिड्नेक्रममा पाएका कति जानकारीहरु पत्रकारको रुपमा पस्कन सकिंदैन । जसलाइ ब्लग मार्फत बाड्न पाइन्छ । त्यसैले यसमा त झन मजा छ ।
११) तपाइ ब्लगर या पत्रकार भनेर चिनीनु परे कुन रोज्नुहुन्छ?
म त ब्लगरका रुपमा चिनिन चाहन्छु । खै के मोहनी लगायो यो शब्दले म ब्लगर भन्दा मनै आनन्द हुन्छ ।
१२)एक जुगमा एक दिन पक्कै आउंछ त्यस पछी के आएको अनुभव भयो?
मैले यो प्रश्नै बुझिन । कुन प्रशंगमा भनेको हो स्पष्ट भएन ।
१३)नेपालका अहिलेका नेता मध्य सब भन्दा जनतालाइ काम लाग्ने को हुन जस्तो लाग्छ?
अहिले त्यस्ता नेता जन्मीइसकेका छैनन । अहिलेका सबै काम चलाउ मात्र हुन । काम चलाउमा को टिकाउ को कमशल भन्ने मात्र हो ।
१४)नेपालमा शहिद किन फेसन भएको होला?
फेसन भन्दा पनि यो विकृती हो । राष्ट्रका लागि साच्चिकै बलिदानी दिएका माथिको अक्षम्य गद्धारी हो । अनी यो गद्धारी कुनै १० लाखको लोभमा भएका छन कुनै पार्टीगत स्वार्थमा ।
१५)हाम्रो ब्लगका सिफारीस ब्लग मध्य एउटै ब्लग सिफारिस गर्नुपरेमा कुन ब्लग सिफारिस गर्नुहुन्छ?
त्यस्तो छैन । एउटा मात्र स्वादको खाना खाएर ब्यक्ति अघाउंदैन नी । हो ब्लग पनि त्यस्तै हो जस्तो लाग्छ । फरक फरक स्वादका भयो भने मज्जै बेग्लै हुन्छ ।
१६)दौतरी ब्लग कस्तो लाग्छ,केही सुझाब छ कि तपाइबाट?
इन्टरनेटमा सामाग्री खोज्ने क्रममा दौतरीसंग मेरो भेट भएको थियो । पहिलो भेटमै राम्रो लाग्यो मलाइ र अहिले नियमित छिर्ने गर्छु म । सामाग्रीहरु राम्रा छन । तर अलि साहित्य बढि भयो कि जस्तो लाग्छ । ब्लगभित्रको ब्लग यसको चिनारी हो यसलाइ निरन्तरता दिनु होला । साजसज्जामा अलि ध्यान पुगेको छैन कि
१७) तपाइलाइ भन्न मन लागेको र दौतरीले सोध्न भुलेको केही कुरा छ कि?
विचार भावना असिमित हुन्छन । ति सबै एकै भेटमा कहां सकिन्छ र हैन ? मलाइ ब्लगभित्रको ब्लगका लागि सम्झनुभयो धेरै धेरै धन्यवाद । दौतरी सबैको दौतरी बन्न सकोस शुभकामना ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 31, 2009
धोकाको परिमाण
ओखल्ढुङगा, पोकली
भगवतीको मन्दिरमा हात समाएर
कहिले साथ नछोड्ने वाचा गरेको
आंशू झार्दौ आँखाबाट
कहिले नटुट्ने कसम खाएको ।
आज सम्झिन्छु ती क्षणहरु
प्रेम एउटा शक्ति मान्थे म
छातीमा सजाई उनलाई राखेके थिए
प्रेमकी खेलाडीको चक्करमा परे म !
अमृत सरी चोखो माया दिएर
उनलाई मनमा सजाएगथेँ
उनलाई मन पराउन पाप रहेछ
आज मिथ्या आरोपमा जेलिन पुगेँ ।
धोकाको परिणाम मैले पाईन
उनी सहारा विनाको जिन्दगीमा पुगिन
मैले ठूलो ज्ञान प्राप्त गरेँ
उनी पीरमा डुब्न लागिन् ।
सम्झना आउँदो रहेछ नी
कहिले काँही फोन गर्छिन्
अमर प्रेम कहाँ मर्छ र !
धोकाको परिणाम बुझ्दै होलिन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पुराना पत्र पढेर
तिम्रो तस्बिर हेरेर, आज फेरी रोए
मिठो अतित सम्झेर,आज फेरी रोए
बल्झिए घाउहरु,चट्याङ् पर्यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोए
भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोए
हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोए
आँखाभरी सुनामी झै याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोए
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 30, 2009
रमाइलो शनिबार
ढिलो ढीलो गेरर दुबै साउका पुगेछन। साउलाइ देख्ने बितिक्कै स्याल ठस ठस कन्दो रहेछ। आफ्नो मात्रै नभै स्यालको पनि छाला काडिने हुनाले बिर्खे अली ढुक्क थियो। के भयो ए जम्बुमन्त्री साउ कड्किए। स्यालले ठस ठस कन्दै उत्तर दियो,'बिर्खेसंग गोरु दुहुन गएको,ठाडो खोलामा आगो लागेको रहेछ,पोलेका माछा खांदा खांदा पेट फुलेर हैरान। बरु चर्पी कता होला'। त्यसै त सन्कि साउ त्यस्तो सुनेपछि सन्किदै भनेछन कहीं पानीमा पनि आगो लाग्छ? स्याले तुरुन्तै उत्तर दियो,गोरु ब्याय पछी खोलामा आगो नलागे के हुन्छ त? साउ चुप,बिर्खे भयो दंग।
यस्ता उट्पटागं कथा नेपालमा निकै प्रचलित छन। बिबहामा जन्ती जांदा यस्ता ठट्टेउला गफ निकै हुन्छन। बेहुली पक्षले किन ढिलो आएको भनेर सोधे बेहुला पक्षकाले हिउंद नै भए पनि भन्ने गर्छन खोलामा ठुलो बाढी आयो,झोलुंगो सम्म पानी अनी अर्को झोलुंगो बनाउन लागेको समय लाग्यो। यस्तै यस्तै गफ गरेर रमाइलो गर्छन।
बिरालो ले पाडो पाएको पूरानो चर्चित एउटा लोक गित पनि छ । यसलाइ रिमिक्स पनि बनाइएको रहेछ। त्यो गित र यस्का शब्द तल राखेको छु। तपाइको शनिबार रमाइलो रहोस।
कागज काट्ने बन्चरो काठ काट्ने कैंची
कुखुराले पाडो पायो छक्क पर्यो भैंसी
आज भैसी काहां चर्यो कर्णालीको तिरमा
पाडो टिपी चिलले लग्यो कुखुरा लड्यो डिलमा
तल पर्यो थर्को डांडा माथी पर्यो भैसे
अफिस गको मौका पारी बुढी पोइल गैछ
कागज काट्ने बन्चरो काठ काट्ने कैंची
आहाल बस्यो चैते ढेडु रुख चढ्यो भैंसी
गोरु गर्छ भुनुनु ड्वांड्वां गर्ने मौरी
माछा पस्यो जंगलतिर स्यालले खेल्यो पौढी
हिमालचुली पल्लो पट्टी रुखले कपाल कोर्यो
छेपाराले हलो जोत्यो झिंगाले डल्ला फोर्यो
हछ्यु हछ्यु आयो मलाइ हछ्युझारको सागले
गाइ मार्यो बिरालाले कुखरा मार्यो बाघले
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हा… हा… हा… हा… हा…
गणीत शिक्षक: राम a=c प्रमाणीत गर त।
बिद्यार्थी: हैन सर कसरी a=c हुन सक्छ र!, यो त सम्भव नै छैन ।
शिक्षक: मैले पहिलै भनेको हैन a=b र b=c भएपछि a=c पनि हुन्छ ।
बिद्यार्थी (खुशी हुँदैं): सर यसको मतलब, म तपाईलाई मन पराउँछु, तपाई आफ्नो छोरीलाई मन पराउनु हुन्छ, तब के ! तपाईको छोरी पनि मलाई मन पराउँछीन त !!!!! ------------------ ----------------------- --------------------------- एकजना मानिसलाई एउटा महंगो रक्सी उपहार प्राप्त भएछ। उ सप्ताहन्त सो रक्सी पीएर मनाउने सपना बुन्दै मनमा अनेक कल्पना खेलाएर घर तर्फ लाग्दै थीयो। अचानक एउटा ढुङ्गामा ठेस लागेर, उ नराम्ररी पछारीयो र हातको झोला पनि भूईमा खस्यो। उसलाई बाटो हिँड्ने केहि व्यक्तिहरुले उठाएर बिस्तारै सडक किनारा तर्फ लग्दा उसलाई तिघ्राबाट चीसो तरल पदार्थ बगेको आभास भयो । “… हे भगवान … ” उ बिस्तारै बर्बरायो “… यो रगत नै होस !” ------------------ ----------------------- --------------------------- राम: म त आँखा चिम्लदाँ पनि देख्न सक्छु । ------------------ ----------------------- --------------------------- दुईजना जँड्या कुरा गर्दै: पहिलो: हैन, यो मुटुको अप्रेशनलाई किन ‘बाईपास’ भनिन्छ ? ------------------ ----------------------- --------------------------- First Drunk: My wife is an angel ! ------------------ ----------------------- --------------------------- एकजना कन्जुस पान पसलमा: साहु: हुन्छ … बरु तपाईको पाँच रुपैया पनि पान भीत्रै हाली दिँउ की? ------------------ ----------------------- --------------------------- दुईजना गँजडी दोश्रो: खतराको संकेतको लागि परावूर्वकाल देखि नै रातै रंग त प्रयोग हुँदै आएको छ नी ।
श्याम: के देख्छौ त ?
राम: अन्धकार !
दोस्रो: कस्तो नबुझेको, कुरा सिधै छ नी, अप्रेशन सफल भए ‘पास’ नत्र सधैंको लागी ‘बाई’
Second Drunk: You are lucky man, my one is still alive !
ग्राहक: साहुजी मलाई एउटा पाँच रुपैयाको मिठा पान दिनुस,… त्यसमा, कत्था, अलैचीं, सुकुमेल, पराग, श्रीखण्ड, हिरा-पन्ना, जर्दा, तुलसी र तबक पनि राखीदिनुस।
पहिलो: हैन यो बिहेको बेलामा दुलहीहरु किन रातै लुगामा हुन्छन ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
जिन्दगी, खजाना र हामी

Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 29, 2009
चर्चा गर्नु यस्ता नेता को
आफ्नो ६० बर्षे गणतान्त्रिक यात्रा सफलता पूर्वक पार गरेको छिमेकी राष्ट्र भारतमा पुन डा.मन मोहन सिंहको नेत्रित्वमा गठ बन्धन सरकार बनेको छ । आफ्नो भिम काय भौगोलिकता, बिबिध भाषा र संस्कृतिको बाबजुद एकता र राष्ट्रबादी नागरिकहरुको बिश्व कै लागि नमुना मात्रै होइन आफ्ना नागरिकलाई '' मेरा भारत महान '' भनाउन गौरवान्वित र प्रोत्साहित पार्ने त्यहाका महान त्यागी, बेदागी , सरल जीवन र उच्च बिचारका नेता अनी नेत्रित्व पनि उदाहरणिय छन । त्यस्ता निस्वार्थी र त्यागी नेत्रित्व कै कारण भारत आज अग्रगामी छलाङ मार्न सफल भएको छ ।
तिनै नेताहरु मध्य एक आधुनिक भारत लाई आर्थिक रुपले सक्षम बनाउन बिशेष योगदान गर्ने आदर्श पुरुष हुन ७० बर्षिय डा.मन मोहन सिंह, जो ससम्मान निर्बिबाद दोस्रो पटक भारतको प्रधान मन्त्री भएका छन । भारतमा आर्थिक सुधारको लागि इन्सपेकरी राजको सुरुवात, सरकारी नियन्त्रणका बित्तिय प्राधिकरण लाई निजी क्षेत्र मा प्रबाहित गराउने, बिदेशी निबेषको रोक लाई हटाउनु जस्ता आर्थिक सुधारका साथै '' परमाणु करार '' मा गठ बन्धन सदस्यका चर्को बिरोधको बाबजुद बुद्धिमानी पूर्वक अगाडि बढी सफलता पाउनु तत्कालिन भारत र बर्तमान पाकिस्तान को सानो गाउ ' गाह '' को सामान्य परिवार मा जन्मिएका बिलक्षण प्रतिभा, सिधा शान्त स्वभाबका धनी डा.मन मोहन सिंह को पछील्लो नेत्रित्व भारतको लागि ठुलो उपलब्धी हो । उनको कुशलता र अतुलनिय ब्यक्तित्वको अगाडि यस पटक पनि नेहरु परिवारले सरकारको नेत्रित्व गर्ने आत्मबल बटुल्न सकेन । ( पाकिस्तान छुट्टीए पछी उन्को परिवार अमृत्सर बसाइ सरेको थियो )
सन १९६२ मा अक्सफोर्ड बिस्व बिद्यालय बाट '' १९५१-१९६० सम्म भारत को निर्यात सम्भाबना र निती को कार्यन्वयन'' बिषय मा बिद्या पारीधी गरेका सिंहको नाममा सेन्ट जोन कालेजले छात्रबृती कोष नै खडा गरी उन्को सम्मन गरेको छ । आफ्नो उच्च शिक्षा पुरा गरी स्वदेश फर्केर पन्जाब बिश्व बिद्यालयमा बरिस्ठ प्राध्यापक भै दुई बर्ष काम गरे । डा.सिंह ले बिभिन्न बिश्व बिद्यालय, बित्तिय सस्थाका सम्मानित पद मा निस्ठा पूर्वक मिहिनेतका साथ काम गरे पछी तत्कालिन सरकारले बिदेश ब्यापार सल्लाहकार, अर्थ मन्त्रालयको मुख्य सल्लाहकार, भारतीय रिजर्भ बैन्क को निर्देशक, गर्वर्नर ( १९८२-१९८५ ) , अर्थ सचिब , भारतीय योजना बोर्ड को उपाध्यक्ष ( १९८५-१९८७) , प्रधान मन्त्रीको अर्थिक सल्लाहकार ( १९९०-१९९१) , हुँदै १९९१ देखी १९९६ सम्म भारतको अर्थ मन्त्रीको रुपमा काम गरे पछी एक सफल बित्तिय योजनाकार मात्र नभै राजनीतिज्ञ समेत बन्न पुगे । १९९८-२००४ सम्म राज्य सभाको प्रती पक्ष को नेता रहेका डा.सिंह २००४ को आम निर्वाचन पश्चात मिलिजुली सरकार को प्रधान मन्त्री बने , लेफ्ट विङ को बलियो प्रभाब रहेको सो सयुक्त सरकार अनेक बाधा अडचन को बाबजुद सफल भयो र भारतीय काङ्रेसको नेत्रित्वको गठ बन्धनले २६१ सिट प्राप्त गर्न सफल भयो ।
तीन मेधाबी छोरी का पिता डा.सिंह धेरै देश का रास्ट्राध्यक्ष हरु ले प्रशंसा गरेका ब्यक्तित्व हुन । अमेरिकाका पूर्व राष्ट्र पती बूश र बर्तमान राष्ट्र पती ओबामा , बेलायति प्रधान मन्त्री गोर्डन , अफगानी राष्ट्रपती हामीद लगायत चिनिया राष्ट्रपती जिन्ताओ पनि छन । उन्का प्रखर बिरोधि भारतीय बामपन्थी नेता हरु समेत प्रशंसा गर्न वाध्य छौ भन्दछन । भारतको ईतिहास मै डा.सिंह को आर्थिक नीतिले लेराएको परिवर्तन ले गर्दा बामपन्थी बाहुल्य रहेको पश्चिम बंगालले यस पटक को निर्वाचन मा बामपन्थी हरु लाई पछाडि धकेली दियो । लग भग तीन दशक भन्दा बढी देशको बिभिन्न बित्तिय सस्था मा काम गरेका प्रधान मन्त्री डा.सिंह ल आज सम्म कुनै सम्पत्ति जोडेका छैनन र आफ्नो सिख सस्कार को मर्यादामा समेत कटिबद्ध रही आएका छन । आफ्नो २००२ मा बनेको ८०० सि सि को मारुति कार को नबिकरण गर्न आँफै ड्राइभ गरी यातायात बिभाग जान्छन भन्दा धेरैले जिब्रो टोक्न सक्तछन । हाम्रा क्रान्तिकारी नेता ले त झनै पत्याउदैनन होला ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - १७ (Nepali Gau Khane Katha)
बाह्र छोरा तेह्र नाती, एउटा छाता सबै माथी, के हो?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कस्तो हो त नागरिक सर्वोच्चता
विजयकुमार श्रेष्ठ
-हाल परदेशबाट
नागरीक सर्वोच्चताको वारेमा चर्को बिरोध गर्ने ने.क.पा. एकिकृत माओवादि पार्टिको चाल चलन र सामाजिक मितव्ययीताको बारेमा वर्तमान परिस्थितीलाई मध्य नजर राखेर हेर्नु पर्दा यो कस्तो खालको नागरिक सर्वोच्चताको विषयमा प्रर्दशन गरि राखेको भन्ने बारेमा के हामी नेपाली जनताले बुझने सकेका छौ त देशको सर्वेसर्वा पार्टिको हैसियत लिएको पार्टिले देखाएको नागरिक प्रतिको जन विश्वास के साचो हो त । कि ने.क.पा. एकिकृत माओवादिले उठाएको नागरिक सर्वोच्चताको विषय भनेको केवल आफना समर्थकको लागी मात्र हो कि भनेर हामीले बुझ्नु पर्ने परिस्थिती खडा भएको महसुस हुन आउछ । के नगरिक भनेको एकिकृत माओवादि समर्थक मात्र हो त । पार्टिको र देशको सर्वोच्च पदमा बसेर केवल अरुलाई गालि गर्न र तल झार्न सिवाय हाम्रा पुर्व प्रधानमन्त्री ज्यूले कहिले जान्नु भएन । देशको सर्वोच्च पद धारण गरेको मानिसले एउटा साधारण गोठालोले बाल्ने बोली वोल्दा कत्तिको सोभायमान होला त । हिजो सत्ताको बागडोर समाल्दा पनि प्रतिपक्षले जसरि प्रतिकृया निकाल्दै अरुलाई तथा नाम गाली दिन पछि नपरेको र अहिले आएर झन जगंलको सिंहले जसरि गर्जिन थालेको छ ।
सर्वसहमतीको नाम पनि लिने र देश कव्जा गर्ने शब्दावली पनि दिदै हिड्ने यो कस्तो प्रबृद्धिको राजनितीक दाउपेच हो त । साढे दुई करोड नेपालीले देश चलाउने जिम्मा दिदा पनि आफ्नै बहुवलको कमी भएको कारणले सडकमा उत्रीनु पर् यो के यो कुरालाई अध्यक्ष प्रचण्ड महादयले शान्त भएर सोच्नु भएको छ त । एउटा व्याक्तिको लागी देशलाई रणसङ्गामा होमी दिन पछि नपर्ने व्याक्तिले कसरि नेपाली जनतालाई नागरिक सर्वोच्चताको छाता ओढाउछ भनेर विश्वास लिने त । छाना भित्रको भेटघाट र सभा सम्मेलनमा हामी शान्तिको अग्रदेव हौ भनेर भन्ने अनि जब छाना बाहिरको सभा सम्मेलनमा भाग लिदा खेरि जनता समु आङ फुलाएर भन्न थाल्छन हाम्रो क्रान्ति पुरा भएको छैन । हामीले त देशलाई माओवादिमय बनाउनु पर्छ भनेर अरुलाई प्रति क्रान्तिकारीको सज्ञा दिदै उर्दि फैलाउन पछि नपर्ने । ने.क.पा. एकिकृत माओवादिले जनतालाई दिएको र दिन खोजेको नागरिक सर्वोच्चताको एक झलक यहि हो त ।
कसैले सभा सम्मेलन गर्दा माओवादिको बारेमा टिकाटिपणी गर्न नपाउने त । त्यस्तै यो माओवादिको नागरिक सर्वोच्चताको केहि उदाहरण यहाँ केहि अंश कोटेश्वरको व्यापारी रामहरि श्रेष्ठको हत्याको हत्यारालाई कार्वाहि गर्नुको साटो केन्द्रिय सदस्यमा मनोनित गर्नु बुटवलमा एमाले समर्थक स्थानिय नेता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नगर्नु कांग्रेसका स्थानिय नेता युध्द प्रसाद हमाललाई अपहरण गरि निर्ममताका साथ हत्या गर्नु नेपाल कम्युनिष्ट पार्टि मसालका अध्यक्ष सभासद चित्र बहादुर के।सी। माथि सभा गरि रहेको स्थलमा ढुङ्गा प्रहार गर्नु के यो नागरिकको वाक स्वातन्त्रता माथिको उलङधन भएन त नेपालगाजका अखिल छैटौका का। वरुण ध्वज मल्ललाई अपहरण गरि जंगलमा लगि कुटपिट गरि हात खुट्ठा बाधि छाडेको घटना र अहिले हाल सालै विभिन्न जिल्लामा नागरिकलाई जिल्ला छाड्न दिएको उर्दि र जवरजस्ति गाउँ निकाल गर्ने र अपहरण लुटपाट हत्या हिंसा जस्ता कृर्या कलाप गर्ने र गराउन उक्साउने पार्टिले कस्तो खालको नागरिक सर्वोच्चताको विजारोपण गर्न लागेको भनेर नेपाली जनता अन्यौलको भुमरिमा आतङकित भएर आफनो मानव भएर बाच्न पाउने मौलीक हक अधिकारको सदुपयाग गर्नसम्म पाएका छैनन । यसको जवाफ क्रान्तिकारीको अध्यक्षको नाताले नेपाली जनतालाई प्रष्ट पार्नु पर्ने हुन्छ । हत्या हिंसा अपहरण लुटपाट जस्ता अवाछनिय कृया कलाप दिन प्रतिदिन बढ्दै गई रहेको छ ।यसको कार्य विरुद्ध कहिले लागेको छ त । र ने.क.पा. एकिकृत माओवादिले चाहेको कस्तो प्रकारको नागरिक सर्वोच्चता हो त ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 28, 2009
कवि लेखक आँफै पागल बन्नु पर्छ
(अमेरिका )
खोइ !कुन गन्तव्य रोजूँ म
जताततै इर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रृजनाको परकाष्ठमा पुगूँ कसरी ?
यहाँ सिर्जिएका सबै श्रृजनाहरु
मुल्यहिन भै पलायनतामा बिलीन भै रहेछन
मेरा आकांक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इच्छाहरू ............,
यहाँ उदेश्यहीन गन्तव्यमा पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रृजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनि...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै ।
त्यसैले........ आजकल त कसैले पनि
सही सदूपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउँछन सबै
अनि..... त बिवशता ,बाध्यताको चपेटामा परी
गन्तव्यहीन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कारको दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नशा र मायाप्रेम
अमेरिका
तिम्रा नयन नै नशालु रहेछन्
अब म हेर्दिन
नशा रहित मेरो जीवनलाई
माया प्रेमको नशामा डुवाउँदिन ।
विस्वास मलाई जागिसकेको थियो
तिमीले नै खुट्टा कमाई गयौं
कसको जीवनमा नशा वनी गयौं
आज प्रेममा अपाङ्घ भयौं ॥
मुस्कान नै परिचय थियो तिम्रो
आफै गुमायौं आज आफ्नो परिचय
कुन कल्पनाको सागर डूव्यो
त्यही भो तिम्रो जीवनको दुर्भाग्य !
आफ्नो ठानी चोखो माया दिएको थिएँ
त्यसलाई लत्यायौ किन
कल्पनाको सागरमा डुबेर
आज आँशु वगाउँछ्यौ किन !
जे साम्झिन्छ्यौ सम्झ तिमीले
म माया प्रेमको नशामा डुब्ने छैन
जीवन डुवाउने त्यो नशामा
अब म मन भुलाउँदिन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 27, 2009
मुर्ख को हामी कि हाम्रा नेता ?
अमेरिका
एउटा कहावात छ नी ' बाघले प्रत्यक बिहान ईश्वर सित प्राथना गर्दछ रे 'हे ईश्वर आज पनी कुनै मान्छे सित भेट नहोस ' त्यस्तै म पनी लेख्न लाई कलम को बिर्को उघार्नु अगी भन्ने गर्दछु कसै को बिरोध मा लेख्न नपरोस जता ततै सुखद समाचार , राम्रा काम का गरेको लेखेको पाइयोस तर के गर्ने ? कि त जानी जानी अबुझ बन्नु पर्यो वा सुन्या नसुन्यै गर्नु पर्यो नत्र त समर्थन मा लेख्ने बिषय मिलेको भए मरी जाउ ल ।
ताजा प्रसँग जोडौ नब निर्वाचित ? प्रधान मन्त्री माधव नेपाल जि लाई हेर्नुस त वहाँ ले शपथ ग्रहण मा नै इमान्दारिता देखाउनु भएन वहाँ लाई न त ईश्वर प्रती आस्था न त जनता प्रती भरोसा त के मन मनै श्रीमती , वा पित्री कस्का नाम लिए होलान शपथ मा कि कि गर्दै ? कि गर्न सक्ने केही होइन के को झुठो सपथ लिनु भन्ठाने कि ? हो त नि पहिले पनी संबिधान को ( २०४७ ) रक्षा गर्छु भनेका थिए नि सकेन त्यसै भएर यो झुटो कसम नखाएका होलान ?कस्तो बाठो ?वा आफ्नो मनोकामना पुरा भैगो देश र जनता जाउन भाड्मा भन्न खोज्या हून ? उन्को पहिलो सम्बोधन पनी कुन त बुहारी भटमास खाएकी जस्तो पट्यार लाग्दो र निरासा जनक रह्यो र भन्नु पनी भयो लोक तन्त्र मा नागरिक सर्बोच्चता हुन्छ रे वहाँ निर्बाचित प्र म रे लौ पत्याउनु पर्यो यत्ती कै मा हास्नु पर्ने त केही थिएन तर म हात खुट्टा फ्याकेर त्यस बेला हासे जब वहाँ ले सरकार को पहिलो निर्णय मा हस्ताक्षर धस्काउनु भयो । रत्न पार्क ? शहिद उत्पादन पार्क ? ढुङ्गा मुडा हान्ने प्रशिक्षण पार्क ? नगर बधु को स्वर्ग स्थल पार्क ? मा '' गणतन्त्र स्तम्भ '' ठड्याउने रे वहाँ का भजन मन्डली ले त यो निर्णय अती गम्भिर , जनता र देश लाई दुरगामी असर् पार्ने , राजनैतिक स्थाइत्व र शान्ती अनी बिकास को मुल फुटाउने स्तम्भ हो भनी व्याख्या गर्लान मलाई भने एमाले सत्ता बाट सडक मा पुगेको भोली पल्ट को लागि आबस्यक ढुङ्गा मुडा को अग्रिम जोहो वा अती नै उदारबादि भएर अन्य दल बिशेष गरी माओवादी लाई दु:ख नहोस भनेर ढुङ्गा मुडा को ब्यबस्था गरी दिए जस्तो लाग्यो ।
एक पटक सोचौ त संसार को कुन तन्त्र यस्ता स्तम्भ ले जोगिएको छ ? रुसिया का सालीक हुन कि जर्मनी पर्खाल के तिन्ले कुनै तन्त्र को रक्षा गर्न सक्यो ? टाढा किन जानु राणा हरु का सालीक हुन कि पञ्चायत काल मा चौक चौक मा ठडिएका राजा का सालीक हुन कि पन्चायति रजत जयन्ती स्तम्भ के राणा र पञ्चायति शासन टिक्यो ? के मा छोडि के मा हात भने झै प्रधान मन्त्री को पहिलो निर्णय कस्तो सस्तो र अर्थ हिन ? '' जब सम्म कुनै तन्त्र को लागि जनता को मनमा विश्वाश को स्तम्भ खडा हुँदैन तब सम्म कुनै पनी तन्त्र को नाम मा गरिने यस्तो काम को खर्च फजुल ठहरिने छ '' ।
सालीक वा स्तम्भ ढलाउनु र बनाउनु ले कुनै पनी तन्त्र , जनता र देश राहत पाउने होइनन । जनता ले के दु:ख भोगेका छन तिन्को निराकरण को लागि यो गर्ने भनी कुनै निर्णय भएन । राज्य कारण जनता ले दु:ख पाएका सैऔ बिषय छन ति बाधा अडचन फुकाइ दिनु पर्यो भन्ने सोच किन राखेको होला ? ल एउटा उधाहरण हेर्नुस लगभग दुई बर्ष देखी सरकार ले गुठी अधिनस्थ जग्गा मा किन बेच , कित्ता काट , घर निर्माण कार्य रोक्का गरी लाखौं जनता लाई सरकारी सुकुम्बासी बनाइ राखेको छ त्यस्ता र अन्य समस्या लाई प्राथमिकता मा राख्नु पर्ने की नपर्ने ? एक पटक जनता लाई सम्झौत निर्णय गर्ने बेलामा के गर्दा तिन्ले राहत पाउद छन ?
केटा केटी बेला मा एउटा गफ हो कि सत्य कुन्नी सुनेको थिए तत्कालिन राजा महेन्द्र ले अरनिको राज मार्ग ? जन मार्ग ? बनाउन लाग्दा भारत ले भनेको थियो रे त्यसो नगर त्यो बाटो बाट कमुनिस्ट छिर्छ र तिमी लाई खान्छ अनी महेन्द्र ले जवाफ दिए रे कमुनिस्ट मोटर चढेर आउने होइनन देश मै जन्मने हुन , बरु यो बाटो र अन्य बिकास को काम गरिन भने जनता ले मलाई खान्छन भने रे । त्यस्तै माधव जि हरु ले बुझ्नु जरुरी छ , स्तम्भ ले गणतन्त्र लेराउने र जोगाउने होइन '' जब सम्म दल हरु ले जनता को मन मा यो ब्यबस्था नै हाम्रो निर्बिकल्प आस्था हो भन्ने विश्वाश को स्तम्भ खडा गर्न सक्दैनन् '' । खोइ के भनौ केही महिना अगी जानी नजानी हो कि झुक्किएर हो पूर्व प्रधान मन्त्री प्रचन्ड ले भनेका थिए ''नेता होइन जनता ठिक हुनु पर्दछ सहि नेता लाई चूनेर पठाउनु पर्दछ '' कुरो त सोर्है आना ठिक हो नि होइन र ? तर तर ले खायो घरबार भन्दथ्यो एउटा ले ल भन्नुस हामी मुर्ख कि नेता ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सिर्फ तिम्रो लागि
कोलोराडोमा
सुकेको खहरे भए पनि मेरो जीवन
तिमी नदी झै सुसाएर बगिरहनु
औशीको रात भए पनि मेरो जीवन
तिमी पूर्णिमाको जुन झै चम्किरहनु ।
म पीडाको भूमरीमा तड्पिय पिन
तिमी भित्र हरपल खुसी छाईरहोस
मेरो मुटु छिया छिया परे पिन
तिमीलाई मस्तीले अँगाली रहोस ।
तिमीले अरुलाई दिन नसके पिन
तिमीलाई चोखो प्रेम मिलिरहोस्
मेरो सपना अधुरो रहे पिन
तिम्रो सधै साकार भै रहोस् ।
पटक मटक म दुर्घटनामा परे पिन
तिमीलाई हिड्दा ठेस नलागोस
मेरो जीवन असफल भए पिन
तिमीलाई सधैं सफलता मिलोस् ।
मलाई वाधा अड्चन आई परे पिन
तिमीलाई कुनै अर् ठ्यारो नपरोस्
सिर्फ तिम्रो लागि कामना गर्छु
भाग्यले साथ दिइरहोस् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नेपालमा घूस सस्तिएकै हो त ?
पाँच रुपैयाँ घूस विवादले कार्यालय बन्द
शंकर आचार्य
पर्सा, कर्मचारी र लेखापढी व्यवसायीबीचको पाँच रुपैयाँ घूस लेनदेन विवादका कारण सोमबार बन्द मालपोत र नापी कार्यालय मंगलबार खुलेको छ ।
आइतबार नापी कार्यालयमा लेखापढी गर्ने पृथ्वी चन्द्र चौरसियाले नगदी रसिद कटाउँदा पियन छठु प्रसादले पाँच रुपैयाँ कमिसन मागेको आरोप लगाएका थिए ।
http://ekantipur.com/kolnepalinews.php?&nid=196264
साभार: कान्तिपुर, २७ मे
आजको कान्तिपुर र अरू पनि वेब पत्रिकाहरूमा माथिको समाचार छापिएको पाइयो। धेरै पहिला सुनेको थिएँ, नेपालगञ्जपारि नेपाल-भारत सीमामा पर्ने रुपैडिया नाकाको भारतीय पुलिसले सीमा वारिपारि गर्नेहरू संग निकै महंगो रकम घूस माग्न शुरू गर्छ रे । अनि दोहोरो बार्गेन हुँदै गएपछि भने यो प्रकरण ' अरे भाइ एक अठन्नी तो दो' भन्नेमा टुंगिने गर्छ रे भनेर मेरा एकजना दाङका मित्र मधुसूदनजीले सुनाउनुहुन्थ्यो। यो घूसको माग अठन्नीले पनि छिनेन भने एउटा बिँडिको खिल्लीमा भए पनि टुंगिने सम्भावना हुन्छ रे ।
कान्तिपुरमा पढेको माथिको समाचार पढेपछि एक किसिमको खुशी पनि लाग्यो । कुरा के भने, नेपालमा सबै कुराको मूल्य वृद्दि भएकै छ आकाशिँदो गतिमा तर घूसखोरी सस्तो भएछ कि भन्ने संकेत भने यो समाचारले दिन्छ । अहिलेको नेपालमा ५ रुपैयाँले एक कप चिया पनि आउँदैन , तर कर्मचारीले सेवाग्राही संग यति सस्तो रकमको घूस मागेर कुन किसिमको उदारता देखाउन खोजे बुझिनसक्नु पहेली बनेको छ । यति सुक्ष्म रकमको घूस माग्दा पनि कुटाकुट र मारामारमा घटना अघि बढेको र पछि गएर सिडियो साहेबले नै मेलमिलापबाट कुरा समाधान गराउन सल्लाह दिने स्थिति पैदा भएको कुराले गणतान्त्रिक नेपालमा भ्रष्टाचार र घूसखोरी निमिट्यान्न नभए पनि , आकार प्रकारमा घट्दै छ कि भन्ने विशेषज्ञहरूको अनुमानलाई सकारात्मक पुट प्रदान गर्न यो घटनाले मद्दत गर्ने नै छ भन्ने आशा गर्न सकिन्छ ।
संयोग के कुरा हो , यो सकारात्मक घटना नया प्रधानमन्त्री माधव नेपालजीले शपथ लिँदा कै दिनमा घटेको हुनाले हामीले यसमा एमालेको योगदानको चमत्कार पनि देख्न सक्छौँ । अथवा हुनसक्छ, भर्खरै सत्ताबाट जबरजस्त बहिर्गमनमा परेका माओवादी नेता प्रचण्डले नौ महिनासम्म गर्नु भएको क्रान्तिकारी कामको असर पर्न लागेर पनि यो घटना घटेको वा नेपाली घूसको रकम यति बिघ्न दुब्लाएको पो हो कि ! या त आजीवन कुर्सी छोड्न नचाहने गिरिजा बाबुले उपलव्ध भएको प्रधानमन्त्रीको खाली कुर्ची बिना आशक्ति छाडेको उदार उदाहरणको नेपाली जनमानसमा परेको सकारात्मक प्रभावले गर्दा , घूसखोरीको रकममा समेत यत्रो विधि कायापलटको अवमूल्यन भएको हो कि ! जे होस् , यसको जस सबै मुख्य पार्टीले मिलेर भागबण्डा गर्दा पनि हाम्रो आपत्ति केही छैन । राम्रो कुरा जसले गरे पनि हामी जनतालाई हर्ष छ ।
जे होस् कमसेकम एउटा प्रसंग हामीलाई प्राप्त भएको छ जहाँ हामीले गर्व गर्न सक्छौँ हामी नेपालीलाई पछौटेपनको रसातलमा धकेल्ने घूसखोरी प्रथा कहीँ न कहीँ बेइज्जती र अवमूल्यनको शिकार बनेको छ । आज पाँच रुपैयाँमा झरेको घूसको स्तर भोलि पचास पैसा, पाँच पैसा हुँदै केही महिनामा दृष्टिगोचर नै नहुने प्रकारले अलप हुन सक्छ । यसो भयो भने नेपालको इतिहासमा सबैभन्दा ठूलो चमत्कारयुक्त क्रान्ति सम्पन्न भएको हुनेछ । त्यतिबेला हामीले अग्रगमनको निकै ठूलो फड्को मार्ने साहस प्राप्त गरेका हुनेछौँ । आशा गरौँ, यसै गरी नेपालमा घूस् दुब्लाओस् र सुशासन मौलाओस् !
( के लेख्यो भन्ठानेर उदेक नमान्नु होला, सँधै कति फजूलको राजनीति र मुलुकको नराम्रो गाथा गाइरहनु भनेर व्यंग्य विनोद मात्र गरेको । )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 26, 2009
पोखरामा डमरु भेटीरहन्छन
लेखनाथ नगरपालिका वडानम्बर १२, खुदीस्थित शिवराज पौडेलको घर नजिक राखिएको परालको टौवामुनि ती डमरु भेटीएका रहेछन । आखासमेत नखुलेको अवस्थामा भेटिएका ती डमरु केही दिन अघि मात्रै जन्मिएको अनुमान गेरेका रहेछन । स्थानिय शिवराजकी श्रीमतीले ती बच्चाहरु देखेपछि प्रहरीलाई खबर गरिएको थियो । सुरक्षा निकाय, वन कार्यालय र वन विज्ञान अध्ययन संस्थानबाट गएको टोलीले अहिले ती डमरुलाई घेरामा राखेका रहेछन ।
भन्छन नि सर्पको बच्चा र बाघको बच्चा सधै एक ठाउंमा बस्दैनन। सानोमा सर्प देख्यो, डराएर साफ। भोली पल्ट त्यो ठाउमा जानै नमान्ने। अनि आमा सम्झाउने गर्नुहुन्थ्यो सर्पको बच्चा र बाघको बच्चा सधै एक ठाउंमा बस्दैनन।
यदा कता यसरी बाघका बच्चा भेटीने गर्छन। कुरा एक दशक पहिला को हो। ठाउं पनि त्यही खुदी पारी अझ भनौंन, सेतीपारी भरतपोखरीको हो। भइथर भुनू र उनका साथी वन घांस काट्न गएछन। पानी खान तुरतुरेमा छिरेछन। तुरतुरे धाराका जस्तो चिसो र मिठो पानि मैले कही भेटेको छैन। बाघ त बच्चालाइ लिएर पानी खान त्यही तुरतुरेमा आएको रहेछ। मान्छेलाइ देखेर बाघ बच्चा छोडेर हिडेछ। भयो अब? पानी खाने की नखाने?तिर्खाको सुरमा एक हातमा आसी ठडाउदै पानी खान गए। बाघका बच्चा वाल्ल परेर हेर्दा रेहछन। साना साना आंखा,कमला रौं देख्दा
उनीहरुलाइ सारै माया लागेछ। कती राम्रा हुन यि,लैजाम न यि बच्चा। भुनूले भने उताको तिमी लिनु यताको म लिन्छु । बाडफाड पनि गरेछन त्यही। चट्ट घांसको डोकाको माथी बाघको डमरु राखेर घर फर्केछन। घरमा लगेपछी आपत! न संगै सुताउनु, न भैसीको गोठमा बाध्नु। ति साना बच्चा डोकाले छोप्ने कुरो पनि भएन। भुनूको बुद्दी फुरेछ बाख्राको खोरमा राख्ने। उनका साथिले भनेछन बाख्राले मार्लान नि बिचरा यि बच्चालाइ। दुबैले सल्लाह गरेछन,दुबैका बाख्रा एउटै खोरमा राखेर एउटा खोर खाली गरेछन। त्यसपछी त्यही खाली खोरमा बाघका बच्चा राखेछन। दुबै बाघका बच्चा भेटाएकोमा दंग पर्दै सुतेछन। भुनू भोली पल्ट चिया पनि नखाइ बिचरा के गर्दैहोलान भनेर बाघका बच्चा हेर्न खोरको ढोका खोलेको त बच्चा त छैनन। कुन चाही अस्त्तीले चोर्यो भनेर भुनभूनाउदै खोर घुम्दा त खोरको कुनामा ४-५ वटा ढुंगा नै गाएब। बाघले ढोकै नखोली पर्खाल फोरेर आफ्ना बच्चा लगेछ। समाचारसंगै यो कथाको सम्झना आयो।
बाघको कथा त अर्को पनि छ। पोखराकै सेन्टर महेन्द्रपुल छेउमै ठाना छ। खास यस्कको नाम त गैरापाटन हो क्यार। ठाना छेउमा ठुलो बांस घारी छ। त्यो घारीमा यदा कता ठानाबाट कैदी भागेर लुक्ने गर्छन। यती घना घारी छ कि चोर कता पस्यो कता, पुलिसलाइ सधै त्यो बांसघारी सास्ती हुनेगर्छ। भएन भनेर एक सांझ त्यही बांस घारीमा बाघ आएर बसेछ। मान्छे त्यो बाटो कसरी हिंड्ने? केही देखिन्न त्यहां। चोर त लुक्न मिल्छ अब बाघ। २-४ दिन मान्छे त्यो बाटो नै हिड्न छोडे।
पोखराका बाघका कथा भनेरै सकिन्नन। कथा गण्डकी बोर्डीगं पढ्ने ताकाको हो। साउनको झरी १२ कक्षाको परिक्षा। बिहानको खाना खाएर यसो पढ्न के आटेको थिए लौ बाघ आयो भनेर हल्ला पो सुनियो। के पढ्नु नी , बाघ नै हेर्न दौडियो। होस्टेल पछाडी क्रिषी फारम थियो। थुप्रै मान्छे बाघ हेरेर झुम्मिएका रहेछन। एक दुइ जना भाइ लौ बाघ समात्ने भनेर तम्सिदै थिए। धरानका गौरब भाइ चाही हातमा बन्चरो लएर फिल्मी पारामा बाघको पिछा गर्दै थिए। एउटा बाघ, ४०-५० जना मान्छे। बिचरो बाघ यता र उता गर्दै थियो। एक छिनमा त बाघ १० फिटको तार फिड्किएर पोखरा इन्जिनियरीगं क्याम्पसतिर दौडियो। सबै जना हेरको हेर्यै।
बाघको कथा भन्दा आफ्नो कथा पनि नबाडी रहन सकिन। चैत बैशाखको समयमा पातहरु निकै झर्छन। पातहरु सोरेर खेतमा राखी कम्पोस्ट बनाउने निकै प्रचलित छ हाम्रो गाउंमा। म ६ कक्षामा पढ्दा, एउटा शुक्रबारमा हाफ छुट्टी पछि म र बैनी ठुला ठुला डोका बोकेर पात सोर्न निस्कियौं। तेर्सो बाटो मुनी निकै पात थुप्रिएका थिए। म दंग पर्दै बाटो बाट यसो तल ओर्लेको त बाटोमुनीको पहारामा बाघ मस्त सुतीरहेको। पाइला त्यही अडिए। त्यतीकैमा बाघ उठेर पो हेर्छ। यस्तरी सातो गयो कराउन मुख पनि खुलेन। बाघ पुन पल्टेर सुत्यो। बैनीलाइ हेरको बैनी त डरले निली पो भैसिछे। बाघलाइ उपकारै गरिस प्रभु भनेर पातै नसोरी हामी सिधै घरमा पुग्यौं। पुन नसुतेको भए त्यो बाघले के गर्थ्यो होला, अझै पनि आगं सिरिगं हुन्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 25, 2009
बुझ्न सकिन
बिजयकुमार श्रेष्ठ-हाल परदेशबाट
माया त नदिएको होईन तिमीलाई तर किन हो मैले बुझ्न सकिन
जिवनको उकाली ओरालीमा केही गल्तीहरु गरेहोला सम्झाउन सकिन
आघात माया पाउने आशा राखेको थिए तर चित्कार सवाय पाउन सकिन
एकबारको जिवनमा सधै पछुताउनु पर्ने किन हो मैले केहि बुझन सकिन ॥
कसरि देखाउ तिमीलाई मैले माया दिएको छु भनि छात्ति चिर्न त सकिन
न त तिमीले बुझने प्रयास नै गर् यौ त्यो त मैले पनि बुझन कहिले सकिन
आफु त तड्पियौ तड्पियौ तर मलाई किन बेहोसि बनायौ किन बुझन सकिन
आखिर मायाको अबमुल्यन गर्ने भए मायालु बनि नाटक किन गर् यौ बुझन सकिन ॥ ॥
रुपलाई मात्र हेरेर नहुने रहेछ बानि कस्तो छ भनि पहिला थाहा पाउन सकिन
फेसन र रुपको जालमा पर्दा पछुताउन सिवाय अरु जिवनमा केही पाउन सकिन
अरुलाई तड्पाउन सिवाय केही नजान्नेले माया दिन्छु किन भन्यौ बुझन सकिन
जे जानेको छ त्यहि गर्नु केहि भन्ने पक्षमा छैन जिवनमा मायालुलाई चिन्न सकिन ॥ ॥ ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हावाको साथमा
गुरु बराल
हाल अमेरिका
ठाने मैले आँफु्लाई
म प्रेमको साथमा छु !
तर त्यो छल कपट रहेछ
हावाको गफमा उड्न पुगेछ !!
प्रार्थना गर्छु आज म
हे हावा ! मलाई लज्जित नपार ।
मेरो चोखो प्रेमलाई
नौटङ्की भनेर नबुझ ॥
म त प्रेमको पुजारी हुँ
लप्पन-छप्पन जाँन्दिन ।
दिलको आदर्श वेच्न सक्तिन
चोर्ने को मोहमा फस्दिन ॥
ईश्वर मेरा साक्षी छन्
झूठ म संग डराउँछ ।
सत्यमा सधैँ अडिग छु
डर चिन्ता हराउन्छ ॥
कुइरोको काग होइन म
वाज लखेट्ने चिवे चरा हूँ !
प्रेमको हावामा अब उड्दिन
जंजिरले बाँधेको अर्जुन हँ !!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बल्ल काम लाग्यो दौरा शुरवाल
प्रधान मन्त्री भए भएर पनि नभएका माधव कुमार नेपाल आफु प्रधान मन्त्री नबने पनि उनका दौरा सुरवाल प्रधानमन्त्रि हुन लायक भएको समाचार धेरै पटक छाइरह्यो। चुनावै हारेर, पार्टी अधक्ष छोडेर पनि अहिले भने प्रधान मन्त्री हुन पाएका छन। दौरा शुरवालमा चट्ट सजिएको उनकको प्रशन्न मुद्रा चारै तिर देख्न पाइएको छ। देशमा बिकास र आर्थिक उन्नतीका काम त के गर्ला यो सरकारले तर नेपाली जनतासंग मागेको संबिधान बनाउने म्यान्डेट पुरा गरुन माधव कुमार नेपालले। हुन त खिचडी सरकारको आयु आज हो की भोली ? फेरी खिचडी बनाइने ब्यन्जन पनि उत्तीकै धेरै छन। समिकरण यस्तै हुन्छ भन्न पनि सकिन्न। बिपक्षमा माओबादी र वाइसिएल छन बाटो सजिलो पनि छैन।
तर पनि समयसंग मिलाउदो पाइला चाले नहुने केही छैन। आफ्नो दम्भ त्यागेर देशको लागी केही गर्ने भन्ने हो भने बिरोध कसैले गर्ने सक्दैनन। या कसैले बिरोध गरे जनताले पक्कै अर्को पटक भोट दिदैन। डर धम्कीको राजनिती पनि त धेरै दिन नटिक्ला। पटक पटक कांग्रेसी सरकार हुंदा बिपक्षमा बसेर वाक्क भएका नेपाल अहिले कांग्रेसकै सहयोगले सरकारको बागडोर समालेका छन। बिपक्षीकालमा उनीले कती सिके,कती गर्नेछन त्यो त समयले देखाउला। देशलाइ यसरी गन्जागोलमा नराखी संबिधान नबनाइ नहुने भएकोले जसरी भए पनि माधव कुमार नेपालले प्रधानमन्त्री बनेर सफल रहुन।
नव प्रधान मन्त्रीलाइ हा्र्धिक शुभकामना।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मन भित्र कुरा खेल्छ
गजल: मन भित्र
मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ
खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ
नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ
जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ
भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 24, 2009
दौंतरीको दिशा र पाठकको गन्तव्य
सही कुरा राख्ने ठाउको कमी पटक पटक महशुस भएर नै दौतरीको जन्म हुन गएको हो। केही बोल्न कुनै बादको अनुयायी नै हुनुर्ने परिस्थीती नाओस भनेर नै दौतरीको उर्जा जोगाइ राखेका छौं। यसमा प्रतक्ष अप्रतक्ष कति सामेल हुनुहुन्छ ठ्याक्कै भन्ने स्थीती छैन तर पनि गर्वका साथ भन्नु नै पर्छ ब्यक्तीबाट माथी उठेर खोलीएको दौतरी ब्लगको समुह अझ शसक्त र बिस्तार हुने क्रममा छ।
संसारकै एक पुरानो लिखित भाषाका प्रयोगी हामी संसारकै गरिब मुलुकको सुचीमा पर्छौं। हाम्रो आकांक्षा र अबस्थाको बिशाल दुरी कायम भइदिनाले नेपाल र नेपालीहरु निकै अप्ठ्यारो समयमा गुर्जीरहेका छन। न त तिर्खा मेट्ने गरी पानी उपलब्ध छ न त मन ढुक्क बनाइ हिड्ने अबस्था छ। छ त छ केबल जनताबाट खसालिएका भोटको अधिकार प्राप्त झुन्डको उच्च जिबनको सुनिस्चता। बिभिन्न अलंकार प्रयोग गरी शासन ब्यबस्था फेरिए पनि जनचाहनाका काम सुन्यमै सिमीत भएका छन। अझै पनि जनताहरुको झोलामा नेताहरुकै बिचारका पर्चाहरु भएको ठानिन्छ। त्यसैले जनताको रोजाइमा होइन कि पार्टीहरुको रोजाइमा बिबाद गरिन्छ।
के त सर्वसाधारण आफ्नो कुरा राख्न सक्षम नै छैनन? नागरीक समाजका सदस्य पार्टीको पोल्टोमा छन भने देशको अबस्था चिरफार गर्ने पत्रकार ब्यसायिकताको घर्रामा। देश र जनताको स्वार्थ प्रतीनिधित्व गर्ने र यस्ता मुद्दाको वकालत गर्ने ब्लगहरुकै जिम्मामा छ। के त नेपाली ब्लगहरु यसमा सक्षम छन? निकै छोटो इतिहास बोकेको नेपाली ब्लग इतिहास र बामे सर्दैगरेका ब्लगरहरुलाइ यसरी झोस्नु अन्याय नै हुनजान्छ। तर पनि आफुलाइ त्यस्तो ठाउमा चित्रीत गर्दै ब्लगहरु अगाडी बढ्नुपर्छ। सस्तो लोकप्रियता होइन की सफल अग्रताको स्थान ओगट्नुपर्छ ब्लगहरुले। एउटै लेख किन नहोस, त्यसैले देशकै स्वरुप नै फेरोस। नेपाली हुनुमा अझै गर्व थपियोस। ब्लगहरुको मुलमन्त्र त्यही नै हुनुपर्छ।
काठ एक रातमा अग्राख बन्ला तर ब्लग पंलासै किन नबनुन, आफ्नो चुरो कमजोर हुनदिनुहुदैन। दौतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चासो राख्छ। ब्लगहरूमा हुलमा जब कुनै ब्लग देश र जनताको पहिचान बनाउन सफल हुन्छन दौतरीको मुलमर्म त्यो ब्लगसंगै सफल हुन्छ। तर पनि ब्लगहरु गाली गलौज गर्ने सहज पहुंच या ब्यक्तीगत बिज्ञापन गरिने सस्तो माध्यम बन्न दिनुहुदैन। न त कुनै कुपोषित बिचार प्रवाह गर्ने थलो या बिचार छरिएको अमुक स्थान बनोस।
दौतरीका यावत आकांक्षा र उदेश्यको बिचमा डेढ बर्षको अन्तरालमा कता पुग्यो त दौंतरी? के पाठकले सुरुमा खोजेको गन्तवय तिरै सोझिदै छौं? नेपाली पाठकहरुले ब्लगमा खोजेका कुराहरु के हुन? कती पाउनुभएको छ? ब्लग कती सफल असफल छन? यि प्रश्नको थुप्रोमा दौतरीका पांग्रा कता गुड्दैछन? यो मुल्याकंन गर्ने पाठकहरुले नै हो। त्यस मुल्याकंनमा अन्य ब्लगरको सामिप्यताले पक्कै जिबन्त तुल्याउंछ।
अपडेट: खासमा दौतरीको बारेमा लेख्न मन भैरहंदा दिलीप आचार्यको ब्लगमा ब्लग संबन्धी प्रतिमात्क कथा आएको रहेछ। त्यसले दौंतरी काहां छ भनेर बुझ्नको लागी लेख्न झकझकायो। संयोग पनि त्यस्तै बसन्त गौतमको ब्लगमा पनि नेपाली ब्लग सम्बन्धी नै लेख आएको रहेछ। यो त ब्लगकै मौसम जस्तो लाग्यो। अरु पनि नेपाली ब्लग सम्बन्धी लेख आए थाहा दिनुहोला।
दिलिप आचार्यको ब्लग संबन्धी प्रतिमात्क कथा:तानसेन, हरिदास र ब्लगरहरु
बसन्त गौतमको ब्लग सम्बन्धी लेख: नेपाली ब्लगको बर्तमान र भबिष्य
साथै दिपन्द्रे जी को ब्लग एक बर्ष भएको मा शुभकामना
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भन्छिन मेरी उनी
०५-२४-२००९
न पछ्याउ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काडा घारि को गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्ने हरु
दोष मलाई आउन सक्छ
फर्की जाउ सुख को संसार
मलाई त अझै पत्थरिला
बाटो मा हिंड्नु छ
साथ लागे त तिम्रो
कोमल पाउ मा घाऊ लाग्न सक्छ
टाढै बस रमाउ जहाँ छौ
मेरो बस्ती मा त
प्रदुषण ले बिमार पार्न सक्छ
बेच तिम्रो ज्ञान को भन्डार्
उतै तिर
यता त बित्रिष्णा आउन सक्छ
म त जिर्ण भैसके अब मैले
तिम्रो सन्तान को
भबिस्य कोर्न सक्दिन
टाढै राख तिन्लाई
गरिबि ले कुन्ठा बढ्न सक्छ
ओत लाग्ने आसा मारिदेउ
यो खर को छानो
जुनै बेला ढल्न सक्छ
काम को के भरोसा म मा
दौरा र टोपी को
काम समेत बन्द हुँदै छन
सभ्य समाज मा रमाउ तिमी
मेरो आगन मा त
बिक्रिती को पहाड खडा छ
तिम्रा कोइ दौतरी छैनन यहाँ
घर घर मा थरी थरी का डन्डा छन
नपठाउ मलाई अरब बाट
पसिना ले भिजेको चिट्ठी
रोएर म सिथिल भै सके
बाँकी छैन अब यहाँ
तिम्रो पुर्खा को अस्मिता
च्यातिएर धुजा धुजा भैसक्यो
नझार परदेश बाट
औपचारिकता का आशु
म त तिम्रो लागि अर्घेली भैसके
तिम्रो छाती मा कुदिएको
मेरो नाम खुइलिसकेछ
नदोर्याउ कथा राम र बुद्ध को
लिट्टे र तलिवान ले तिन्को
हरण गरिसकेका छन
न झकझकैराख तिमी हरु
टाढा बाट
यो अस्थिपन्जर
ढल्नै आटि सकेको छ
न आउ फर्की घुर्की देखाउन
यही कै ले छाती थिल थिलो
पारिसकेका छन
शुभकामना परदेशिएका लाई
उही चाउरी परेकी नेपाल आमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
उ शिशु जस्तै मेरो मनको पाठेघरमा धेरै समय अटाउन चाहदैन
हरेक बिहान म भावनात्मक प्रशव पीडाले
आक्रान्त बन्छु ,
त र त्यो पीडामा म दुखेको
आभाष गर्दिन ,
त र त्यो दुखाइ मा त मलाई मीठो अनुभुती हुन्छ
शिशुको जन्मको पीडा जस्तो त्यो दुखाइ हुँदैन
अनी शिशु जस्तै मेरो श्रीजनारुपी बालक
धेरै समय सम्म मेरो भावनारुपी पाठेघरमा
अटाउन पनि चाहदैन ........
किन कि उस्लाई त संसारमा रमाउनु छ
सबैको ह्रीदयाकाशमा उड्नु छ पंख फिंजाएर
अनी म... बिना कष्ट ,बिना पीडा
हांसी हांसी उस्लाई मेरो कलमको सहारामा
जन्माउने प्रयत्न गर्छु
उस्को बालशुलभ मनोकाक्षा बुझेर /
म उस्को भाग्यमानी आमा बन्न
सधैं लालायित बन्छु
अनी म पनि उस्लाई जन्म दिइे सकेर
एक पटक खुशी र शान्तावनाको
मीठो श्वास लिन्छु ,
जसरी... औसत आमाहरु छोराको जन्म पछी
खुशी र हाँसोको खुय्य श्वास लिने गर्छन्
त र... मेरो अर्थ र सोंचमा भने
मेरो भावनारुपी शिशुको भेदभाव हुँदैन
बस... मैले त जन्माउनु छ
मलाई सधैं भरी बैशाखी भएर पाल्ने छोरो हैन
मलाई सधैं मनमा शान्ती दिने र
म भन्दा पनि अरुलाई बाँच्न अभिप्रेतित गर्ने शिशु
किन कि म चाहन्छु ,
मेरो स्वार्थको मात्र शिशु हैन
त र संसारकै आमाहरुको रखवाली गर्ने शिशु
जस्ले सारा पीडित आमाहरुको
आसुँ पुछ्न सक्षम होस्
अनी हर आशामुखी बाबुहरुको सपना
साकार पारोस ,
एउटा कुशल योद्धा बनेर
हर बाबुहरुको छात्तिको निशाना बनोस
बिरताको गाथा बनेर
त्यसैले... हर बिहानिमा मैले जन्माएको शिशु
मेरो मात्र ब्यक्तिगत सन्तान नबनेर
म साराको सन्तान भनेर चिनाउन अभिप्रेरित बन्छु
मैले भावनारुपी कोखबाट जन्माए पनि
सबैको भावनामा अटाउन चाहन्छु /
(अमेरिका )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप
Ashok Kumar Nepal
काठमाडौँ। राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ। तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ।
डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्यो त ? ।
स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला।
यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन। आफूले पाएको टेप सरकारलाई बुझाइसकेपछि कूटनीतिक निकायले थप दबाब दिन सकेन भने प्रमले टेपलाई सेनाको जिम्मा लगाइदिए। सेनाले यसलाई आफूलाई परेको बेला होइन कि सेनापति कटवालको जागिर अप्ठ्यारोमा परेको बेला यसलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्यो । सेना समायोजन, भर्नालगायतका कतिपय गम्भीर विषयहरू उठ्दा सार्वजानिक नभएको टेप सेनापति कटवाललाई अवकाश दिएपछि उत्पन्न विवादलाई मोड्ने र आफ्नो जागिर दह्रो बनाउने कुरामा मात्र प्रयोग गरिनुलाई विदेशी नियोगले पनि सकारात्मक रुपमा हेरेका छैनन्। माओवादी रणनीतिक रुपमा टेपमा भनेजस्तै गरी अघि बढेको छ भन्ने कुरा उनीहरूको अन्य सार्वजनिक अभिव्यक्तिहरूले पनि दिएकै थिए। यो थाहा पाउँदापाउँदै चुपचाप बस्नेहरू सबैमाथि कारबाही हुनुपर्ने देखिन्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 23, 2009
शान्तिपाठ
हामीले एकापसमा धारे हात लाएको
एक-अर्कालाई सिध्याउने कसम खाएको,
तर,
हिंसाको यो अखण्ड कथामा
ताज पहिरिने समय कहिल्यै आएन
मनले त्राण पनि त कहिल्यै पाएन !
हतास मनभरि त्रास र घृणा रोपेर
मानव उद्विग्नता र आकांक्षाका तनभरि
कुटिल मादकताको जहर खोपेर
हामी मृत्यु यज्ञको होता बनिरह्यौँ
हामीले अन्तहीन गर्तको गोता खाइरह्यौँ
कसैलाई शत्रूको कित्तामा जाकेर
अरूलाई आफ्नाहरूको पर्खालले ढाकेर
हामी ध्वंश र मृत्युको मातम खेल खेलीरह्यौँ
मैन-शिखा सदृश आत्मदाहको उज्यालोमा बलिरह्यौँ ।
हामीलाई थाहा थियो,
अन्तहीन विनिर्माण र विध्वंशको यो कथामा
हिंसा, स्व-विनाश र चित्कारको यो व्यथामा
अर्थहीनतालाई रोमाञ्चको कलेवरमा सजाउँदै
हामी लडिरह्यौँ वीरोचित बन्दै अनि बनाउँदै
मुठ्टीभर आकांक्षीहरूका सपनाहरू सजाउँदै,
तर ,
इतिहास सांक्षी छ,
युद्ध त्यज्य औ बुद्ध पूज्य छ
मोजेज , रोम र सिकन्दरहरूको
गाथा र स्मृतिमात्र भव्य छ
आऊ, त्यसैले
एउटा मधुर संस्कृतिको खेती गरौँ,
घृणा र दुष्कर प्रवृत्तिको अन्त्य रोजौँ,
निषेध र वञ्चनामा प्रवृत्त मुखहरूमा
माधुर्यताको मृदुलता रोपौँ
ध्वंशमा उठेका हातहरूमा
सिर्जनाको कर्मठता खोपौँ
बिसर्जनका यी क्रन्दनहरू
अभावका ती रोदनहरू
अनिकालका पर्याय बनून
सहभाव अनि अपनत्वका मनभरि
आलिङ्गनहरू र सहकाल छाऊन् ।
- एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 22, 2009
मायाको दुई हरफ :
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
झुसिल्किरा झै बिझाउछ-पोल्छ, आथ्थु चर्याउछ भन्थ्यौ,
बरु नपोलोस मायालु कहिल्यै भनी हिलोमा पो रोप्यौ कि !
झरिले'नी रुझाउदैन, भिज्दिन म, अगाडि जाउ भन्थ्यौ,
सधैं चुहिने बलेनि, त्यही आगनीमै खाडल खनी गोप्यौ कि !
लुकाउन मेरो माया चिलाउनेको बोटमा गूड् खोप्यौ कि,
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भत्किएका परेलीका डिल समान मेरो जिवन
लेख्न त शुरु गरें, तर सम्बोधन गर्न शब्दहरुको कमीले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न, त्यसैले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतितको मिठो सम्झनाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा रोइदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकी नसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म । अन्जान बनबासी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अनौठो रहेछ प्रेम विमान
अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पछि
कल्पनाको संसार भरि डुल्न पाइने
तर दूरि पार गर्नु नपर्ने !!
मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ॥
प्रेमको वायुयान उड्न थालेपिछ
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुगि
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ॥
तर मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपिछ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - १६ (Nepali Gau Khane Katha)
"भए दिन्नथें, छैन दिन्छु? के होला यस्तो चिज"
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
आऊ, लेन्डुपहरुको पूजा गरौँ
(मास्को ,रसिया)
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
आत्मग्लानीले
पोलेर मुख रातो होस् बरु
चुपचाप
आऊ लेन्डुपहरुको पूजा गरौँ !
उत्तर अलि नास्तिकजस्तो छ
दक्षिण त आस्तिक नै हो:
यहाँ ३३ कोटी देवता र लेन्डुपहरुको
पूजाआजा हुन्छ
पूजा नगर्ने स्वाभिमानीहरुको वर्तमान
सधै संघर्षमय हुन्छ
पूजा गर्नेहरुको मृत्यु
अलि मायालु र सहज हुन्छ
कतिखेर देश बितिसकेको हो
थाहा नै हुदैन,
पीडा नै हुदैन
हेर्दाहेर्दै सीमा ओझेल परिसकेको हुन्छ
हेर्दाहेर्दै बिश्वमानचित्र फेरिसकेको हुन्छ
च्यातेर हेर मुखुण्डो
देश डुबाउनेहरु लेन्डुपहरु नै हुन्
लेन्डुपहरुको भाषण कति मीठो हुन्छ
लेन्डुपहरुको भेष कति सुकिलो हुन्छ
पद र कुर्सीहरु हुन् अक्सिजन लेन्डुपहरुको
हामी उनीहरुलाई जिताउन
हरेक वर्ष चुनाब कुरिरहेका हुन्छौं
पार्टीको नूनको सोझो गर्दै झोला फटाइरहेका हुन्छौं
सुनौलो बिहानीको दिवास्वप्न बोकेर !
महान हुन्छन् लेन्डुपहरु
उनीहरुको छाया समेत अमर हुन्छ
नपत्याए हेर पिस्करका राता आलीहरु
टनकपुर र महाकालीमा चहर्रयाइरहेका घाउहरु
सहिदहरु देशको लागि सहिद भएका हुन्
यहाँ कोहि पनि
लेन्डुपहरुलाई लेन्डुप बनाउन शहिद भएका छैनन्
तै पनि महान छन् लेन्डुपहरु
जहाँ आफ्नो सम्मान र पूजा हुन्छ
त्यतै दौडन्छन लेन्डुपहरु आफ्नो देशै बोकेर
वर्षाको भेल झैँ
प्रत्येक लेन्डुपहरु दक्षिण धाईरहेका हुन्छन्
समयको हुरीले त निभाउन सकेन डढेलो लेन्डुपहरुको
हजारौं ज्ञात-अज्ञात शहिदहरुले त भगाउन सकेनन लेन्डुपहरुलाई
को हौँ र हामी
लेन्डुपहरुको बिरुद्ध आजन्म मुर्दाबाद घन्काई रहने झ्याउकिरीहरु
कठोर वतास छेकेर नुहिरहेको बाँसघारी झैँ
फगत विरोधकालागि जन्मेका जस्ता देखिने
मनुवाहरू -
आत्मग्लानीले
पोलेर मुख रातो होस्
वा थुकुन सन्ततिले
आऊ, लेन्डुपहरुको पूजा गरौँ !
चुपचाप
सहज मृत्यु वरण गरौँ
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
लेन्डुपहरुको नाटक हेर्दाहेर्दै
जिउदै मरिसकेका हामीहरु
जिएर किन जीवनको उपहास
गरिरहेका छौं दिनदहाडै
भोटो फटाउँदै शताव्दीको !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 21, 2009
खुल्ला किताब
(अमेरिका )
खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?
रोकिएका पाइलाहरु अघी सार्न खोज्दै आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नेपालले श्रीलंका बाट सिकोस
शेखर ढुङेल
हालै दक्षिण एसियाको एक सुन्दर र बुद्ध मार्गि देश श्रीलंकाले आफ्नो २५ बर्षे पिडादायक गृहयुद्ध बाट मुक्ती पाएको छ । अफनै बुद्धिमता पूर्ण रणनिती र फौजी कुसलतामा। यो पछील्लो फौजी कार्यबाही असफल भएको भए भारत को घूमाउरो कुटनैतीक पहलमा बेलायत, नर्वे, अस्ट्रेलिया र क्यानडाको दबाबले अल्पसन्ख्यक भारतीय मुलका तमिलहरुको लागि छुट्टै राज्य स्विकार गर्नु को बिकल्प श्रीलन्काली सरकारसंग बाँकी रहने अवस्था थिएन । ति राष्ट्रहरुको सुझाब र दबाबमा सयुक्त राष्ट्र संघ हिंसा रोक्ने बहानामा इन्डोनेसिया बाट इस्ट-टिमोर अलग गराए झै तमिललाई श्रीलन्का बाट अलग गर्नै पर्ने मनस्थितीमा पुगेको थियो ।
मध्यस्तताको नाममा आतंककारीहरु लाई मान्यता दिने वा युद्ध लम्ब्याउने सयुक्त रास्ट्र संघको मार्टिन प्रबृतिका छल बुझेर यस पटक श्रीलन्काले बेलायति र नर्वेका कुटनितिज्ञ लाई प्रबेश आज्ञा समेत दिएन । आफ्ना मुलका नागरिकको सुरक्षाको नाममा शैनिक हस्तक्षेप गर्न चर्को दबाब परेको भएता पनि चुनाबि अवस्थाको कारणले भारत अगाडि बढ्न सकेको थिएन तर सयुक्त राष्ट्र संघ मार्फत नरसम्हार रोक्न भनी दुबै पक्षलाई युद्ध बिरामको लागि ठुलो दबाब पर्यो । पराजयको मुखमा पुगेको लिट्टेले घोषणा गरे पनि जितको संघारमा पुगेको सरकारी फौजले कार्यबाही अगाडि बढाइ सफलता हासिल गरी छोड्यो । बेलायति, अस्ट्रेलियन, क्यानेडाली पत्रकार, ( बेलायत को च्यानल ४ टिभी ) डाक्टर, मानबाधिकारी कार्यकर्ताले सरकार लाई पछी हट्न चर्को अन्तरराष्ट्रिय दबाब पुर्याउने काम गरे पनि सफल हुन सकेनन । अन्दाजी एक लाख श्रीलन्काली जनताले आहुती दिईसकेको यो गृहयुद्धको अन्तिम लडाईंमा सोचे भन्दा बिपरित र न्युन रक्तपातमा सम्पन्न भयो । बधाई श्रीलन्काली जनता र सरकार लाई ।
यसै सन्दर्भमा नेपालका केही ब्यक्तित्वले ''एक मधेश एक प्रदेश '' को माग पुरा नभए श्रीलन्का बनाउने धम्की दिएका छन । तराइमा '' एक मधेश एक प्रदेश ' को माग पुरा गराउन छेत्रीय दल शसक्त रुपमा लागि परेका छन । त्यस्को बिरोधमा तराइका आदिबासी थारुहरु पनि प्रतिकारमा उत्रेका छन । मधेसबादी दल लाई भारतले श्रीलन्काली तामिल लाई झै प्रतक्ष सहयोग गरी राखेको र नेपालको उपल्लो राजनीतिमा पनि बलियो प्रभाब पार्दै गएको छ। केही समय अगाडि पौने करोड भारतीय मुलका लाई बितरण गरिएको नागरिकता त्यस्को प्रमाण हो । नेपालमा भारतको बढ्दो हैकम, प्रभाब र नेताहरुको आज्ञाकारी कार्यकर्ता जस्तो नतमस्तक हुने प्रबृत्तीले डर लाग्दो भबिश्यको अनुमान गरिदै छ । जसरी श्रीलन्का ले बिदेशी हस्तक्षेप लाई निस्तेज गर्यो र आन्तरिक राजनीति सन्चालन गर्यो, के हामी त्यस्को अनुसरण गर्न सक्दैनौ ? सत्तामा जान र टिक्न प्रत्यक दलका नेताले भारतीय आसिर्बाद थाप्न जाने हो भने कसरी जोगिन्छ हाम्रो स्वतन्त्र, स्वाधिन राष्ट्र को अस्तित्व ?। यो लेख लेखी रहदा प्रस्ताविक प्रधान मन्त्री माधव नेपालले भारतीय बिदेश मन्त्री प्रवण मुखर्जी लाई फोन गरी माओवादीले सदन अबरुद्ध गरी राखेका छन भनी गुनासो गरे भन्ने समाचार सुन्दा कुन शब्दमा नेपालको भर्त्सना गर्ने होला ?
देशको स्वतन्त्रता, स्वाधिनताको मर्म र देशको नेता हुनु को धर्म र गर्ब समेत नबुझ्ने राजनीतिज्ञहरुले श्रीलन्का बाट शिक्षा लिनु जरुरी छ । हामी जनता र हाम्रो नागरिक समाज को जीम्मेवारि हो राष्ट्रको स्वतन्त्र, स्वाधिन अस्तित्व कायम राख्नको लागि कुनै पनि प्रकारको बिदेशी हस्तक्षेप रोक्न दल र नेता हरु लाई खबरदारी गर्ने अन्यथा चितुवा आयो चितुवा आयो भनी गाउले लाई झुक्याइ मजा लिने भेडा गोठालो को नियती नेपालले भोग्नु पर्ने छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
लिट्टे र प्रभाकरणको अवशान अनि नेपाली प्रभाकरणहरू:
- एकलव्य
हरेक राजनैतिक एवं दार्शनिक आन्दोलन वा हिंसात्मक क्रान्तिहरू कुनै वास्तविक अहं मुद्दाहरूमा स्थापित भएकै हुन्छन् । त्यो विषयका पक्षधरहरूले त्यही कुरालाई क्रान्तिको विरोचित जामा पहिराउँछन् भने त्यो धारणाको बिपरित दिशामा उभिनेहरूका लागि त्यो भावनात्मक आतंकको एउटा नशा सिवाय केही ठहर्दैन । आँफूलाई क्रान्तिकारी ठान्नेहरूले अक्सर भन्ने गर्छन, ‘ज्यानको बाजी थापेर लडेका मान्छेहरूको निष्ठामा शंका गर्नु हुन्न’ । निष्ठा विवादको विषय हुन नसक्ला तर औचित्यका बारेमा त्यसै भन्न सकिन्न । यस्तो परिभाषा अनुसार, ज्यान दिनेहरू निश्चित रूपमा उच्च कोटिका ठूला मान्छेहरू हुन् र अरू ज्यानको माया गर्ने सामान्य मान्छेहरू क्रान्तिकारिताको महानता बुझ्ने औकात नभएका कायर हुन । बिगत २६ वर्षदेखि संसारकै अत्यन्त डरलाग्दो मानिएको श्रीलंकाको पूर्व र उत्तरमा चलेको अपरम्परागत ( unconventional domestic war) आन्तरिक युद्ध, यो युद्दका प्रणेता र लिबरेसन टाईगर्स अफ तामिल इलम र यसका प्रमुख बेलुपिल्लइ प्रभाकरणको अन्त्य संगै हिंसात्मक युद्धका धेरै पाटाहरू सतहमा आइपुगेका छन् – थोरै जवाफहरू र धेरै प्रश्न र प्रतिप्रश्न सहित ।
सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको हिन्दमहासागरीय टापू राष्ट्र श्रीलंका कुनै जमानमा पूर्वको मोतिको उपनामले समेत चिनिन्थ्यो । सामूद्रिक मागमा पर्नाले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्ने सम्भावना भएको यो मुलुक चिया, मसला र अन्य कृषिजन्य नगदेवाली तथा खनिजको प्रचूरताका लागि विख्यात त छँदै थियो । यही देखेर, सन् १९६५ तिर इङ्ल्याण्ड जाँदै गर्दा सिंगापुरका संस्थापक प्रधानमन्त्री लि क्वान यू ले श्रीलंका देखेर भनेका थिए रे ‘ अबको दश वर्षमा सिंगापुरलाई श्रीलंका जस्तो बनाउनेछु’ । श्रीलंकामा ब्रिटिशहरूले बनाइदिएको ४५० किलोमिटर भन्दा लामो आन्तरिक नहरहरूको नाभिकिय मार्ग, रेलमार्गको सन्तुलित विकास र उपनिवेशकालीन भौतिक संरचनाको अति सम्पन्न विरासत थियो र यही कुरा देखेर लि क्वान यू समेत प्रभावित भएका थिए । तर १९४८को स्वतन्त्रता पश्चात, सिंहालीहरूको ८०% बहुमत रहेको यो मुलुकमा सयौँ वर्षदेखि बसिरहेका १७% भारतीय मूलका तामिलहरूको अस्तित्वलाई सकारात्मक रूपमा स्वीकारिएन र गलत राजनैतिक निर्णय लिएर ब्रिटिशकालीन श्रीलंकामा विशेष अधिकारसहित बसोवास गरिरहेका अल्पसंख्यक तामिलहरूको हैसियतलाई नकार्दै उनीहरूलाई गैर र आप्रवासी ठानेर त्यही दर्जाको भेदभावपूर्ण छाप लगाइयो अनि तामिल भाषा र हिन्दू धर्मलाई राज्यको आलेखबाट समेत निरस्त गर्ने निर्णय गरियो । फलत: बिद्रोह , बगावतका क्रमहरू शुरू भए र यिनै छिटपूट आन्दोलनको बाटोबाट सन् १९८० को दशककको शुरवातसंगै श्रीलंकाली धरतीमा संसारको सबैभन्दा दूर्दान्त, त्रासदिपूर्ण र डरलाग्दो नरसंहारकरी युद्दको प्रारम्भ र विकास भयो । यो कार्यको प्रणेता थियो – LTTE ( Liberation Tigers of Tamil Elam )भन्ने क्रान्तिकारी वा आतंकाकारी संगठन । यसको नेतृत्वमा रहेर आन्तरिक युद्धको कार्यनीति र तरिकालाई मान्छेले सोच्नै नसक्ने खालको बिभिषिकापूर्ण रूप दिने काम गरे यसका नेता बेलुपिल्लई प्रभाकरणले ।
प्रभाकरणको नीतिमा युद्धका लागि सबै कुरा जायज थियो । उनले संसारकै इतिहासमा आत्मघाती मानव बमहरूको ( suicide bombers, human bombs, Explosive human death squads ) श्रृंखलाको आविष्कार र तीनीहरूको डरलाग्दो ढंगले प्रयोग गरे । आधिकारिक आंकडाका आधारमा , अल्पसंख्यक तामिलहरूका लागि पूर्व र उत्तरी श्रीलंकाको एक तिहाइ भूभागमा स्वतन्त्र तामिल राज्यको लागि लडिएको यो लगभग तीन दशक लामो युद्धमा लगभग ७०-९० हजार मान्छेहरूको मृत्यु भैसकेको छ । यो समयावधिमा थुप्रै हजार सर्वसाधारण श्रीलंकाली नागरिकहरू, प्रहरी ,सेना , मध्यमार्गी र नरमपन्थी तामिल कार्यकर्ता र नेताहरू, अन्य श्रीलंकाली दल र सरकारका नेताहरू अन्य राजनेताहरू सहित श्रीलंकाका विदेश मन्त्री तथा तामिल नेता लक्ष्मण कादिगमर, पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासा, भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी यो युद्धको शिकार हुन पुगे ।
प्रभाकरणको शव्दकोषमा , तामिल राज्यका बिरुद्द उभिने कसैका लागि पनि कुनै उदारता र क्षमा उपलव्ध थिएन । थुप्रै शान्ति प्रकृया र शान्तिकालागि दिइएका भारतीय तथा अन्तर्राष्ट्रिय मध्यस्थततालाई नकार्दै प्रभाकरण केवल युद्धको लागि लागिरहे र यसको परिणाम अहिले विश्व सामू प्रष्ट भैसकेको छ । हिजो बेलुकासम्ममा , प्रभाकरण , उनको परिवारका सबै सदस्यहरू , तामिल टाइगर्सको सम्पूर्ण उच्च नेतृत्व र सेना सबै श्रीलंकाली सेना र उसको चीनिया हतियारको शिकार बनिसकेका छन् । यसरी एउटा कहालिलाग्दो युद्धको निरिह पटाक्षेपहुन पुगेको छ । कुनै बेला प्रभाकरणको दाहिने हात मानिने जनरल करूणा जसले सन् २००४ तिर हजारौँ टाइगर्स छापामारसहित प्रभाकरण बिरुद्द बिद्रोह गरेका थिए र अहिले एउटा तामिल पार्टी खोलेर सरकारमा समेत मन्त्री छन् उनलाई हिजो एउटा भारतीय पत्रिकाले अन्तर्वार्तामा सोधेको थियो – ‘यो युद्धबाट श्रीलंकाली तामिलहरूले के पाए त ?’ र उनले जवाफमा भनेका छन् ‘केही पाएन वा शून्य’ । यत्रो रक्तरंजित युद्धको परिणति आज आएर ‘ वर्ग एक’ ( back to square one) मा खुम्चिएको छ । कुनै बेला एक तिहाइ श्रीलंकालाई आफ्नो प्रभावमा राख्न सफल आफ्नै हवाइ ( air-force) र नाभिकिय ( naval force) सामर्थ्यले सुसज्जित अनि निजी सैन्य दस्ता समेत भएको टाइगर्स आज नेस्तनाबूद बनेको छ । यसको औचित्यलाई इतिहासले आफ्नै ढंगले व्याख्या गर्ला नै तर , यो खरानीको थुप्रो बनेको इतिहासमा विस्मृत हुन ज्यान गुमाएका लाखौँ श्रीलंकालीहरू र अन्य जीवनहरूको बारेमा सोच्दा हिंसात्मक युद्धको औचित्यका बारेमा असंख्य प्रश्नहरू मनमा उम्रिनु स्वाभविक छ । के रह्यो त यसको विरासत ? युद्द लडेर मात्र हुन्न तिनको सेफ ल्याण्डिङ पहिल्याउन सकिएन भने परिणति यस्तै बन्न सक्छ ।
श्रीलंकाली गृहयुद्धको पृष्ठभूमि, कथा र व्यथाको आकार र प्रकार सबै कुराहरू नेपालको अशान्तिको निकट इतिहासबाट पूर्णत: पृथक छन् । तर एउटा कुरा नेपालका बारेमा भन्न सकिन्छ – या त पक्ष वा विपक्षमा युद्धको निष्कर्षयुक्त पटाक्षेप हुनैपर्छ कि त शान्ति र समन्यवका लागि इमान्दार निष्ठा र व्यवहार देखिनै पर्छ युद्धका पक्ष-विपक्षमा। अर्को शव्दमा , युद्धका लागि परिस्थिति नबनेको वा नरहेको र युद्ध नै नभएको राम्रो हो तर यदि हुनु नै छ भने ,युद्धको फैसला युद्ध मैदानमा निर्णायक बनेर एउटा वा अर्काको निर्णायक जय वा पराजयमा टुंगियो भने त्यसपछिको थालनीले सही बाटो पहिलाउन सजिलो पर्छ । अधकल्चो प्रण र युद्धको धङधङी थाति राखेर चोर उद्देश्यमा अल्झिएको छलछामले दीर्घकालीन अशान्तिलाई नै निम्ताइ रहन्छ, शान्तिका लागि निदान पहिलाउन्न । शान्ति, समन्वय र समझदारीको नाममा मौकापरस्त रणनिति र चालबाजीको शिकार बन्दा हाम्रो अपेक्षा केवल थिलोथिलो बन्छ ; निष्कर्षमा शान्तिको गन्तव्य फेला पर्दैन । श्रीलंकाको असफल गृहयुद्धको निरस , निरिह र दु:खदायी परिणति र पटाक्षेपले हामीलाई पनि युद्धको मादक अर्थहीनताका बारेमा केही पाठ पढाउन सक्नु पर्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यहाँ फूल फूल्नै पाएनन्
यहा फुल फुल्नै पाएनन् बसन्त आउदा पनि।
आशु कैलै हाँसो बनेन अबसर पाउँदा पनि॥
केवल हाउभाउ मात्रै देखायो पछि फर्कि हेरेन। यहाँ पालुवा पलाउन पाएन बसन्त आउदा पनि पार्नु सम्म कुण्ठित पारी ह्दय यो जलायौ रंग कैलै फेरियन यहाँ बसन्त आउदा पनि।
हात्ति आयो फुस्सा मात्रै नयाँ काँचुली फेरेन।
दुख कैलै सुख बनेन अबसर पाउँदा पनि॥
आशको निरास पारी आखिर के नै पायौ॥
चिन्ता कैलै खुसी बनेन अबसर पाउदा पनि॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 20, 2009
पर्यटकका लागि नेपाल
अनुप गुरुगं
हाम्रो शिर भई उभिएको विश्वको नै अग्लो सगरमाथा अनि शान्तिका दुत गौतम बुद्ध जन्मिएको हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता तथा सास्कृतिकले भरिएको सुन्दर देश हो । हिमाल पहाड तराई तीन भागमा विभाजित नेपालमा पर्यटकको लागि एउटा महत्वपुर्ण स्थान हुन सक्छ । देशलाई आर्थिक रुपमा सम्पन्न गराउनको निम्ति पनि नेपाल सरकारले पर्यटक क्षेत्रको विकास गर्नु अपरिहार्य छ र यसका लागि चाहिने नयाँ नयाँ निति तथा कार्यक्रम ल्याउनु पनि जरुरी छ र पर्यटकीय स्थलको रुपमा नेपाललाई परिचित गराउनु पर्दछ । नेपाल पर्यटकीय गन्तव्य र आकर्षकका हिसाबले हेर्दा पनि विश्वमै अतुलनिय छ । प्राकृतिक तथा भौगोलिक हिसाबले पनि नेपाल पर्यटकीय स्थलको रुपमा परिचित गराउन सकिन्छ तैपनि यति हुदाँ हुदाँ पनि हामीले चाहे जति पयर्टक भित्रायाउन सकेका छैनौ किन यो पक्कै पनि अध्ययनको बिषय हो । कतै हाम्रा आन्तिरिक कुराहरु बन्द हडतालहरुले त पर्यटकमा नकारात्मक असर परेको छैन । यो सब हामीले बिचार पुर्याउन पर्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हाम्रो नेपालमा पयर्टकलाई धेरै क्षेत्रमा आकषण गर्न सक्छौ ।
यहाँ राफ्टिगंको लागि विश्वमै चर्चित हिम नदीहरु छन् । जगंल सफारी गर्नको लागि राष्ट्यि जगंल पार्कहरु, ट्रेकिङको लागि, धार्मिक स्थलको लागि पनि प्रख्यात हाम्रो देशमा त्यही पनि हामीले चाहे जति पर्यटक भित्राउन सकेका छैन किन अब हामी सब एकजुट भई केही गर्नु पर्छ र यसका लागि पहिला भन्दा अहिले सरकार र पर्यटक व्यवसायीहरु तथा बिभिन्न सघं सस्थाहरु यसको पर्यटन गन्तव्यको रुपमा लागि परेका छन् ।
नेपाल सरकारले चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट मार्पुत १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरको छ साथै अहिले सरकारले पर्यटन भिजन २०२० नामक योजना घोषणा गरेको छ । जुन योजनाले सन् २०२० सम्ममा प्रतिवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ र जस्मा २०२० ले गा्रमीण पर्यटनमा जोड दिदै नेपाली जनताको जीवन उकास्ने तथा पिछडिएका समुदायको सहभागिता गराइने भएको छ। यस योजनालाई सफल पार्नको निम्ति पर्यटन क्षेत्रलाई उधोगको रुपमा विकास गर्दै नयाँ नयाँ गन्तव्य र आकर्षण खोज्दै लैजाने हवाई सेवाको विस्तार तथा सुरक्षित गर्ने तथा पयर्टक क्षेत्रमा लगानीको लागि प्रोतशाहित गर्दै जाने अनि विश्वव्यापी रुपमा प्रचार प्रसार प्रचारात्मक गरिने भएको छ । नेपालको बिभिन्न भागमा पर्यटक केन्द्र स्थापना गर्ने माउन्टेन्यरिङ जगंल सफरी र्याफटिङ मठ मन्दिर तथा बिभिन्न क्षेत्रमा पर्यटनलाई आर्कषित गर्ने भनि भिजन २०२० मा उल्लेख गरीएको छ ।
यो पक्कै पनि एक महत्वपुर्ण कदम हो तथापि नेपाल सरकारले यसलाई कागजी रुपमा मात्र भिजन २०२० नबनाई यसलाई व्यवहारमा पनि कार्यन्वन गर्नु पर्दछ । अनि यसको कार्यन्वयन भयो कि भनी परिवेक्षण पनि गर्नु पर्दछ । हामीले आशा गरौ यो योजना सफल हुन्छ र यसका लागि गर्नु पर्ने कामहरु हुन्छ भनी यसले गर्दा नेपाली जनताले रोजगारी पाउछन् अनि उनीहरुको पनि जीवनस्तर पनि उकलिन्छ । यसले गर्दा हामी नेपालीहरु रोजगारीको लागि सयौ हन्टर खाई बिदेशीनु पदैन । यसका लागि नेपाल सरकार मात्र नभई हामीले पनि आफुले गर्न सक्ने सक्दो सहयोग गर्नु पर्दछ । हामीले एउटा सानो निहुँमा पनि यो बन्द गर्ने शैली पनि परिवर्तन गर्नु पर्दछ । हामीले भिजिट नेपाल मात्र लेखेर काम केही गरेनौ भने पनि हामीले केही गर्न सक्दैनौ यसका लागि चाहिने पुर्वाधारहरुको निर्माण गर्नु पर्दछ र हामीहरुले पनि यसका लागि आपुनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्दछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
युवा वर्गलाई नियालेर हेर्दा
विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक
दिन प्रतिदिन कहाली लाग्दो सन्त्रास र अराजकताको जग बसेको देख्दा यो नयाँ नेपालको मुहार चम्किने हो कि झनै बिग्रीएर जाने हो, त्यो त समयले नै बताउला भनेर पछि लाग्ने सिवाय अरु उपाय नेपाली कसैसँग पनि नभएको भान हुन्छ । नेपाली जनताले आफनो जिउ ज्यानको कुनै परवाह नगरि २४८ वर्षसम्म बलियो जग गाडेर बसेको शाहवंशीय तानाशाहलाई जरै देखि उखालेर फयाक्न सफल भएका थिए । थिचोमिचो र अन्याय अत्याचारको सिमाबाट पार पाईन्छ कि भन्ने आशा र भरोसा मन भरि बोकेर साथमा साथ हातमा हात मिलाएर कम्मर कसेर देशमा नौलौ विहानीको विजारोपण गर्न सफल भएको थिए । हिजोका परिवर्तनको जग बसाल्नलाई न त बृद्ध हु नै भने न त नावालक हु नै भने सारा नेपालीले आफुसँग भएको बाहुबलको पर्दा हलुङ्गो मनले खुलाएर आफनो सामिप्यमा पुग्न सफल भए ।
अब त नेपाली जनताले चाहेको नया नेपालको जग बसाउन सफल भयौ भनेर आफना गुम्सिएका मनहरुलाई फुकाएर केहिहदसम्म भए पनि दुख पिडाहरुलाई भुलेर सितलताको छहारिमा मन बिसाउन सफल भएका थिए । ति कोमल मनहरुलाई लागेको थकानबाट लखतरान भएर गलेका शरिरलाई विश्राम दिन समेत पछि नलागेर हर्ष उल्लासमा सहभागिता भई संदुर जात्रा मनाउनमा व्यस्त भए । रात रहयो औराख पलायो भने जस्तै गरि केहि समय पश्चात नै ति कोमल हातहरुले बलिदान दिएर हो मा हईसे मिलाएर खलबलिएको परिस्थितीको हुरिवतासलाई एकत्रीत बनाएर आफनो गन्तव्य तिर तार लागएको केहि समय पनि वित्न नपाउदै एक आपसमा कुसर्ि मोह र पार्टि मोहको लालसा तिव्र भएर उम्लिन सुरु भयो । कोहिले सत्ता आफनो हातमा लिएर हिटलर बन्ने सपना देखे भने कोहि प्रतिपक्षमा बसेर मेरो गोरुको बार् है टक्का भन्ने अहमता लिन पछि परेन । कोहि सरकार चलाउनेलाई चाहिने ब्रेक त हामी पो हो भनेर एक आपसमा अहमता लिन थाले । हिजो जनतालाई दिएको बाचा बन्धनहरु सबै भुले र आ आफनो रणनितीलाई अगाडि बढाउन कम्मर कसेर लागे । जनतालाई कुनै कुरा सुख सुबिधा दिने तर्फ नलागी आफनै पार्टि विस्तार तिर अगाडि बडे जो नयाँ नेपालको सरकार प्रमुख भएका व्याक्ति र पार्टि । केबल जनतालाई महंगीबेरोजगार र अराजकता भन्दा अरु केहि उपहार स्वारुप दिन सकेनन् । देशमा झन बिकराल स्थितीको जग बसाले । महङगीचन्दा आतङक अपहरण लुटपाट हत्या हिसां जस्ता बिभत्सव दुर्घटनाहरुको जग बस्न थाल्यो । देश चलाउनेहरु यो देश मेरो मात्र होईन साझा नेपालीको सम्पति हो भनेर सोच्न पछि पर्न थाले र देशलाई शान्तिमय बनाउन तर्फ भन्दा आफनो पार्टि विस्तारलाई प्रमुख बनाउनमा जस्तो सुकै कुकृत्य गर्न पछि परेन । जो सत्तामा बसेका छन उसले नेपाली जनता भनेको त आफनो पार्टिमा समर्थन गर्ने व्याक्ति मात्र हो भनेर उदाहरणहरु बनाउन पछि परेन । लोकतन्त्रात्रिक गणतन्त्र नयाँ नेपालको नामाकरण गरेर देशलाई अन्यौलताको खाडलमा घकाल्न सुरु गरे । सहमति र सहकार्यको नितीलाई केवल कागजमा मात्र कोर्न सफल भए ।
युवा शक्तिलाई हतियार बनाएर आफनो स्वार्थ पुर्ति गर्न तिर लागेका नेता भनाउदाहरु मुखले राम राम बगलिमा छुरा भन्ने उखानलाई मध्य मार्गी बनाएर युवा वर्गलाई हतियार बोकाएर हिड्न बाध्य बनाए । के युवाहरु लडेका अहिले मात्रै हो त देशको मुहार फेर्नमा कस्को हात छ त तर अहिले यति बेला युवा वर्गले राम्रोसँग सोच्नु पर्ने बेला भएको छ । सधै भरि अर्काको लागी कति लड्ने अब त युवा शक्ति एक जुट भएर युवा शक्तिलाई रोजगार मुलक कार्यक्रमको सृजना गर्न तर्फ लागेमा मात्र देशमा समुन्द्रको भेल सरि उर्लीएको बेरोजगारको सुनामीलाई समाधान गर्न सकिएला भन्ने लाग्दछ । अझै पनि हामी युवाहरु ति नेताहरुको लहै लहैमा लागेर सडक गल्ली तताउनमा नै सिमीत भयौं भने हाम्रो कार्य दक्षताको कहिले पनि मुल्य हुने दिन आउदैन किन कि नेता भनाउदाहरुको नाता गोताको लागी मात्र हुने छ र अरु निमुखा युवाहरुको काम भनेको नेताहरुको गुलामीमा सडक तताउन बाहेक दोस्रो उपाय दिने वालामा छैनन् । अब त हामी युवाले गहिरिएर सोच्ने समय आएको छ । यस्तो परिस्थितीमा पनि हामीले सोचेनौ भने हाम्रो दिन कहिले सल्टिने छैन । अनि सधै परि पार्टिको झण्डा बोकेर नेताहरुको मनोआकांक्ष पुरा गराई दिनु सिवाय अरु हामीले केहि पाउने छैन ।
राजनितीक पार्टिहरु कोहि एक प्रदेश एक मदेश हुनु पर्छ भनेर अडिक लिन्छ कोहि पार्टिको दस्तालाई मात्र मध्य नजर राखेर काम गर्ने कोहि मेरो गोरुको बार् है टक्का भनेर बस्ने कसैलाई पनि चासो छैन राष्ट्रको स्थिती कहाँ पुगी सक्यो भनेर एकले अर्कालाई लडाएर आफनो स्वार्थ पुर्ति गर्न पल्केकाहरुको पछि लाग्दा फेरि पनि हामी युवाको हालत त्यहि बिन्दुमा पुगेर समाप्त हुने छ । अनि आफु आफुमा नै लडाई झगडा गरेर वल्ल घर पल्ल घरको दाजु भाई ईष्ट मित्रसँग दुश्मन भएर बाच्नु सिवाय अरु उपलव्धि हासिल गर्न सकिदैन । के नेताहरु लडेका छन तैले गर्दा यो कुसर्ि नपाएको भनेर नभेट्ने नवोल्ने गरेका छन त । उनिहरु
भनेको जुवाँ खेल्दा च्याखे थाप्न पल्केका जुहारे जस्ता हुन तेसैले युवाहरु अरुको लहै लहैमा लागेर तहिले यो ठाउँमा बास पाउने छैन त फलाना पार्टिको मानिस हामी तलाई बाच्न दिन्न भनेर कुदृष्टीले आफना सदियारेलाई दुख दिनु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो । भोली हामीलाई भई परि आउदा ति तपाईका पक्षका नेता आएर समस्याको समाधान गरि दिन्छ त यो कुरालाई ठन्डा दिमाग लगाएर सोच्ने गरेका छौ त तातो रिस देखाएर म त यो पार्टि त यो पार्टि भनेर एक आपसमा लडाई गर्नु नै हाम्रो मुर्खता हो । आखिर भोलीको लागी चाहिने हामीलाई छिमेकि नै हो । जुन सुकै पार्टिका नेता भए पनि कुर्सि पाए पनि केवल उसले आश्वासन मात्र दिने हो । पहिला त आफनो स परिवारलाई भरि पुर्ण पारे पछि मात्र अरुको लागी ठाउँ हेर्ने हो त्यो पनि खाली कतै भए बुझेर आउनु म भनि दिन्छु भनेर पन्छिदिन्छन् । यो कुरा तपाई हामीले भोगेको कुरा भित्र नै पर्दछ । त्यसैले सधै भरि पार्टिको झण्डालाई मध्य नजर राखेर हिड्नु भन्दा अहिलेको परिस्थितीमा खवरदारी गर्न तर्फ लाग्दा ति नेता भनाउदाहरुको धैटोमा घाम लाग्न सक्छकीत । सहकार्य र समझदारीमा नहिड्ने हो भने हामीले त्यहि दिन भोग्नु पर्ने स्थितीमा पुग्ने छौ । जस्तै उदाहरणको लागी सोमालिया सुडान ब्रुण्डि जस्ता देशहरुमा आन्तरिक कलह र मत भिन्नताले गर्दा देशलाई कस्तो परिस्थितीमा पुर् यायो त्यो त हामी सबैले देखेको र सुनेको कुरा हो । यदि यो परिस्थितीमा पनि युवा वर्ग ति धृणित व्याबहारमा लागेका नेताहरुको हो मा हो मिलाएर हिड्ने हो भने हामीले पनि त्यही सुनामी भोग्नु नपर्ला भन्ने कुराको दुई मत छैन ।
नेता भनेको मिठो भाषणको खेति गर्न सिपालु हुन्छन र आफनो स्वार्थको लागी अरुलाई ढाल बनाएर उक्साउने काममा माहिर भएका हुन्छन र युवा वर्गहरुमा भएको तातो रगत तताउनमा बाहुबल प्रयोग गरेका हुन्छन् । आखिर दुख पाउने त युवा वर्गहरु नै हो । जसको भविष्यको कुनै ठेगान हुने बाटो पहिल्याउन सफल भएको छैन । हुल हुज्जत सभा सम्मेलन जुलुसलाई सफल पार्नमा कस्को हात छ त के युवा सधै भरि सडक तताउने काममा मात्र सिमीत हुने हो त लोकतन्त्र प्राप्तिको लागी बलिदान दिने युवाहरुको सहि मुल्याङन भएको छ त त्यो त हामी सबैले देख्दै आएका छौ । जो मानिसहरु आफनो जिउ ज्यानको कुनै प्रभाह नगरि लोकतन्त्रको जग बसाल्न अगाडि बडेर लागेका थिए । लोकतन्त्रको जग गाड्न त सफल भए तर आफनो जिवनलाई अपाङ्ग बनाएर सारा जिवनलाई अन्धकारमय बनाउन सिवाय अरु उपलब्धि के पाएका छन त ति लोकतन्त्रका सहयोध्दाहरुले कतिको विहान बेलुकीको हात मुख जोर्नेसम्मको तर्जुमा भएको छैन र तड्पीनु सिवाय उसँग अरु उपाय केहि छैन । के यस्ता कुरा ति नेता भनाउदाहरुले जिम्मेवारि लिएका छन त । अनि भन्ने गर्दछन लोकतन्त्रमा जनताको बलिदान बगेको छ भनेर भाषण गर्न पछि परेका छैनन् आखिर के पाए त ति लोकतन्त्रका सहयोध्दाहरुले केवल आशु भोक प्यास र पिडा भन्दा अरु के पाएका छनन् त ति हाम्रा युवा वर्गहरुले अनि अझै पनि हामी एक आपसमा त फलना पार्टि म फलाना पार्टि भनेर हिड्दा कसलाई कति फाईदा रहेछ त । त्यसैले हामीले लहै लहैमा लागेर छर छिमेकीलाई गाउघर देखि निकाल्नु भनेको आफनो खुट्टामा आफैले बाचरो हन्नु सरह हो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ओखलढुंगालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने
गुरु केदार बराल
ओखलढुंगा- देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि पूर्व पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।
यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताईए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र ।
देशको अन्य पर्यटकिय स्थल जस्तै ओखलढुंगा लाई पनि मान्न सकिन्छ । ओखलढुंगा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकक ह्रवात्तै बृद्धि भएको छ । विगत देखि नै ओखलढुंगा सरकारी कार्यालय देखि हरेक संघ संस्थाको नारा बनेको छ शिक्षा, स्वास्थ्य र पर्यटन । ओखल्दुङ्गामा यस वर्षमात्र होइन गत वर्ष कति पर्यटक आए भन्ने तथ्याङ्क न त जिल्ला विकाश समितिमा छ ।
यी मात्र होइन ओखलढुंगामा पर्यटन सम्बन्धी जानकारी दिने संस्था पोकली झरना, होटल संघ जस्ता यस सम्बन्धी सरोकारवाला संघसंस्थाहरु पनि नभएका होइनन्, तर कही छैन यस सम्बन्धी तथ्याङ्क । जिल्लामा त्यस्तो तथ्याङ्क राख्ने भनी सम्बन्धित मन्त्रालयबाट कुनै निर्देशन नभएको भनाइ ओखल्दुङ्गाका स्थानिय विकाश अधिकरी । तेस्रो मुलुकबाट ओखलढुंगा आउने पर्यटकहरुको तथ्याङ्क प्रहरी संग हुने स्थानिय विकास अधिकारीले बताए पनि प्रहरीसंग पनि यकिन डाटा छैन् ।
जिल्ला विकास समिति ओखलढुंगा उद्योग बाणिज्य अन्य सरोकारवाला संस्थाहरुको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र पर्यटन छ भने सबैको योजनामा ।
पाल्पा जिल्लामा अहिले दैनिक बाह्य र आन्तरिक गरी २ सय भन्दा बढी पर्यटकहरू घुम्न आउने होटल ब्यबसायीहरूको अनुमान छ । यसअघि पनि थुप्रै पत्रपत्रिकामा यस्तै अनुमानका भरमा समाचारहरु आउने गरेका छन् । जिल्लाका सरोकारवाला संघ संस्थाले एक महिना मात्रै तथ्याङ्क संकलन गर्ने हो भने पनि मोटामोटी तथ्याङ्क आउने थियो, तर ती संस्थाहरु जिल्लाका राजनीतिक दलहरुबाट परिचालित भएकाले पनि यस सम्बन्धि ध्यान नदिइएको भनाइ धेरैको छ ।
जिल्लाको, लगायतका गाउहरु मात्र होइन भौगोलिक, धार्मिक र एतिहासिक महत्वका ठाउहरु पनि ओखल्दुङ्गाका चिनारी बनेका छन् पर्यटन प्रबर्द्धनका लागि ।
जिल्ला सदरमुकामओखल्दुङ्गामा बाह्य पर्यटकलाई मार्गदर्शकको रूपमा काम गरिरहेको पोकली झरनाले जाडो मौसममा पर्यटक बढी भित्रिने बताए पनि यति नै पर्यटक आउछन् भन्ने कुनै तथ्याङ्क दिन सक्दैन ।
ओखल्दुङ्गालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने सरकारको योजनामा पनि भएको भनी जिल्ला बोर्डमा समेत छलफल हुने गरेको छ ।ओखल्दुङ्गामा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धन गर्नुपर्नेमा यहा आउने सबै मन्त्रीले बताउछन् भने वर्षोनी उद्योग वाणिज्य संघओखल्दुङ्गाले पनि पर्यटन विकाश गर्न को लागि पोकली झरना महोत्सव पनि गर्दै आएको छ । गणतान्त्रिक नेपालमा पनि पुरानै पाराले यस्ता कुराहरुमा भाषण गर्दै मात्र हिड्ने हो भने के नया नेपालको सपना साकार होला ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 19, 2009
बुर्की मुरी नछरे है
मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे है
सौभाग्यका यी श्रृँगारहरु अर्कैको लाए पनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे है
बदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे है
मिलन मात्र हुने भए विछोडको के अर्थ र
व्यर्थ भनि जिन्दगी साहारा छुरी नलिए है
मनमा चाहना हुदाहुदै भाग्यले रच्यो खेल
मेरो लागि मर्यो भनि बुर्की मुरी नछरे है
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


