March 17, 2014

अन्तिम भोज

एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।


February 27, 2014

धमिराहरु

 Ashok Aryal 
  
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
मिहनत एकता को पराकाष्ट संसार 
आर्को ध्वंम्स बिनाश को संन्जाल 
धमिरा जब जब घर को ढोका म लाग्छ 
सुन्दर माटो को कलात्मक लेपन लगाउछ 
त्यो घर को खाबो नढले संम्म ।। 
........................................
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो 
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो 
धर्म नै उस्को ध्वंश अराजता हो 
परिवर्तन को असार दर्कदा 
धमिरा हरु कमिला हुँ भन्छन 
सुरक्षित अबतरण खोज्छन 
................................


February 21, 2014

निर्मोही

यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!

बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !

चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!

छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !

यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!

- प्रयास
  जर्मनी


February 13, 2014

मन मुटुमा छ्यौ तिमी



मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?

देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?

आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?

बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?

जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?