October 12, 2013

हाम्रो ठूलो चाड दशैंको शुभकामना

घुम्दै फिर्दै तपाई हाम्रो घर आगनमा दशै भित्रीएको छ। नेपालीहरुको सबै भन्दा ठूलो चाड, यसको माने नै अर्कै छ। सबै आ-आफ्नो तरिकाबाट दशै मनाउंदै हुनहुन्छ होला। यसैको अबसरमा समस्त दौंतरी लेखक तथा पाठक तर्फबाट दशैंको शुभकामना टक्राउन चाहान्छु।

दशैंको अबसर पारेर करिब ६ बर्ष पहिलेको दौंतरीमा राखिएको दशैंको तस्विर पून राख्दैछु। तपाई जंहा हुनुहुन्छ, जस्तो परिस्थीतीमा हुनुहुन्छ, दशैं भन भव्य रुपमा मनाउुनू होला । यसपटको दशैं कसरी बित्यो हामी समक्ष बाड्न नबिर्सनु होला।




September 20, 2013

गाउँखाने कथा ५४ (Nepali #Gaukhane #Katha)



अपडेटः को सही उत्तर हो गमला् । उत्तर को प्रयास गर्ने सबै पाठक प्रती हार्दीक धन्यबाद।
-----------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


टारी त टारी उचो टारी, थोरै माटो फूल रोप्ने बारी, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।


August 26, 2013

मजानै बेग्लै

तर्केसी तिमी , आँशुमा जिउनुको मजानै बेग्लै 
उफ ! जिउदै अचानोमा रेटीनुको मजानै बेग्लै 

संगै मिली भाग्य रेखा बदल्ने भन्दा भन्दै 
काटेसी पखेरू, मुटु दुखाई हास्नुको मजानै बेग्लै 

देउतै निष्ठुरी , भाकल मेरो सुन्दा सुन्दै 
पिडै  पीडाको झिरमा उनिनुको मजानै बेग्लै 

सप्तरंगी सहितको प्रभात खोज्दा खोज्दै 
घुन जस्तै , जात्तोमा पिसिनुको मजानै बेग्लै 

प्रभात 
क्यालिफोर्निया 


August 25, 2013

नयाँ नेपाल

बसन्तमोहन अधिकारी
 
रगतले नुहाएर नयाँ नेपाल बनाएछौ
जन्मदिने यो आमालाई सधैं कति रुवाएछौ ?
जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैं घरमा लडाएछौ
 
भाई रुँदै खाडी मुलुक, बैनी घर रोईराछीन्
र्मनु बाँच्नु गरिवलाई तड्पाएछौ
राजनिती चाल तिम्रो जनतालाई ऋण बढ्यो
आफु भोग्न सत्ता भत्ता चुनाव भन्दै कराएछौ
 
अब गर्ने चुनावले नयाँ रुप को को आउँछौ
नेपाली जनतालाई सबै यि रुप देखाएछौ
एैले बन्न नसकेको यो संविधान कैले बन्छ
मिठो सपना देखाएर थाङ्गनामाथी सुताएछौ