March 28, 2013

प्रेम पाएमात्र पढाइ सप्रन्छ

‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने 
कसैले छुटाइदिनुपर्ने...


सग्लो आकृति


कोर्दैछु एउटा सग्लो आकृति
घोलेर मानिसका रंगहरु

हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी
चम्किलो भेटिएला केहि केहि
धमिला उस्तै आइलाग्लान्


March 13, 2013

लोकतन्त्रको बन्ध्याकरण

नेपालमा पटक पटक आन्दोलन गरेर राज्यव्यबस्था फेर्ने गरेका राजनीतिक पार्टीहरूले लोकतन्त्र आएपछि
जनता ढुक्क हुन सक्ने अबस्था आएको जिकिर गरेको दशक नपुग्दै लोकतन्त्रको बन्ध्याकरण गरेका छन।
कहिले राना त कहिले राजालाई दोष थोपार्दै देश माथि जान नसकेको व्याख्यान गर्ने पार्टीहरू आफै आफैंमा
झगडा गरेर अन्ततः देशका प्रधान न्यायाधीशलाई देश सुम्पिएका छन। बाटोमा भेटिएको कुराउनी बाँडेर खान
नसक्ने टाटे र पाङ्ग्रे बिरालाले ढेडु बांदरलाइ बराबर बाँड्न लगाउँदा सबै कुराउनी ढेडु बांदरले खाएको पुरानो
लोक कथा नेपालका पार्टीहरूले ब्यबहारमा ल्याएर चरितार्थ गरेका छन।

जनताले चुनेका जनताका छोरालेमात्र देश चलाउन सक्ने भन्दै सबै पार्टीहरुले मिलेर भारतबाट लोकतन्त्र आयात गरेका थिए। तर अहिले न त गाउं,जिल्लामा चुनाबबाट आएका मान्छे छन न त देश चालउने प्रधानमन्त्रीको कुर्चीमा। सबै पार्टीहरु मिलेर देशलाई निकास दिन चुनाब गर्नुपर्नेमा पार्टीहरु बिच न त बिस्वास छ न त सहकार्य। आखिर भोलि भोली भन्दै सहमतीको भजन गाउने मुख्य पार्टीहरु साना दलहरुलाई मिच्दै आफ्नो असमर्थताको लँगौटी प्रधान न्यायाधीशलाई सुम्पेर लोकतन्त्रको बन्ध्याकरण गरेका छन।



February 7, 2013

सिसा त रैछ जिन्दगी

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा 
नबन्दै भत्क्यो नाता , टुटयो बजारै मा 

अस्तित्वको भीख दुनिया सँग माग्दा माग्दै 
आँखा अगाडी जिन्दगीले , लुट्यो बजारैमा 

उराठ पतझड बस्ती भित्र , रंग भर्दा भर्दै 
भाग्य कोर्ने कलमनै , फुट्यो बजारैमा

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा 
प्रभात नै नआई , अन्धकारले छोप्यो बजारैमा


प्रभात
-----
भियना