October 6, 2010
शुभकामना गजल
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी
खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती
पहिला नेपाल, नेपाली अनीमात्र जनसम्पर्क समिति- गगन थापा
गत शुक्रवार दुबईको एक होटलमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति यूएईको प्रथम महाधिवेशनमा प्रवासमा पहिला नेपाल, नेपाली अनि मात्र जनसम्पर्क समिति भई चिनिन नेपाली कांग्रेसका युवा नेता गगन थापाले कार्यकर्ताहरुलाई अनुरोध गरे ।
उक्त अवसरमा यूएईमा रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थितमा अन्तकृया कार्यक्रम समेत सम्पन्न भएको थियो । एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाह, नेपाली समाजका अध्यक्ष, यम तमु, एनआरएन एन सी सीका अध्यक्ष चुडामणी ढकाल, नेपाल पत्रकार महासाघका
अध्यक्ष शंकर ज्ञवाली, जनजाती महासाघका अध्यक्ष भुवन राई, लगायत अन्य संघ संस्थाका प्रमुखहरुले नयाा कार्यसमितिको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । प्राय वक्ताले गगन थापालाई भर्खरै भएको नेपाली काग्रेसको महाधिवेशनबाट थपिएको जिम्मेवारी सफलतापूर्णरुपमा गहन गर्न आग्रह समेत गरे ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 3, 2010
'एक्काइसौँ शताब्दी' : मताग्रही अवधारणा कि वस्तुगत संज्ञा
धेरै नै प्रयोग गरिने शब्दावली हो यो 'एक्काइसौँ शताब्दी' । लेखाइ र बोलाइ दुवैमा 'एक्काइसौँ शताब्दी' को दुहाइ दिने क्रम बढ्दो छ । तर,हाम्रो देशमा जसरी 'आधुनिक' (Modern), 'आधुनिकतावाद' (Modernism), 'उत्तर आधुनिकतावाद' (Postmodernism),, वैश्विकरण (Globalization) आदि अवधारणाहरूलाई तिनको अर्थ नबुझेरै सर्न्दर्भबिना प्रयोग गरेको देखिन्छ त्यसरी नै 'एक्काइसौ
शताब्दी' लाई पनि नबुझेरै बोल्ने/लेख्ने गरेको देखिन्छ । मोर्डन, मोर्डर्निज्म, पोस्टमोर्डर्निज्म,
ग्लोबलाइजेसन आदि वस्तुगत संज्ञा होइनन्, यी त मताग्र ही अवधारणा (Ideological concept)हुन् र 'एक्काइसौँ शताब्दी' पनि त्यस्तै हो ।
यी सबै अवधारणाहरू युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिबाट निःसृत हुन् ।
'शताब्दी' मात्रै भनियो भने यो शब्दले सामान्यतया एक सय वर्षो समयावधि भन्ने अर्थ दिन्छ र कुनै सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रहलाई जनाउँदैन । तर जब 'शताब्दी' को अगाडि 'एक्काइसौँ' भनी विशेषण लगाइनासाथ यसले वस्तुगत आधार गुमाउँछ । अर्थात्, 'एक्काइसौँ शताब्दी' भन्ने अवधारणा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 1, 2010
राम्रो कुरो बाहेक बाँकि सबै हुने देशमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 27, 2010
ब्लगर बेदनाथका आफ्नै कुरा
ब्लगरका कुराकानी प्रस्तुत गर्ने क्रममा यस पटक ब्लगर बेदनाथ पूलामीलाई दौंतरीमा निम्ताएका छौं। "आफ्नै कुरा "नामक ब्लग लेख्नुहुने बेदनाथ जीको इमेलद्वारा तयार पारिएको कुराकानी प्रस्तुत गर्दैछौं।:Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 25, 2010
मेरो यात्रा कुण्डली
खै पत्तो भेटिएको हैन
जुगौं बिताए मैले
थाहा पाएको छैन
यो जकटिएको धागो
शुरु कुन हो
अन्त्य कुन हो
खोज्दा खोज्दै म त बिचमै हराएछु
झल्यास्स बिउझिएं
पून यात्राको मर्म जान्न खोजें
अनयासै यात्रामा सामेल नभएको भान भो
जे पनि यात्रा
जता पनि जात्रा
के श्वास प्रश्वास पनि यात्रा नै हो त?
घडी पला सबै यात्राका बिन्दू हुन त?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
फटिंग्रे
*******************************************************
कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति
मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसूस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावनाहरु खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि बाल्यकाल
को उही छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 24, 2010
गाउखाने कथा ४२ (Nepali Gau Khane Katha)
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
नुवाईधुवाई जीउमा चन्दन लाई, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 22, 2010
खाडीमा एक दिनको रमाईलो यात्रा
२००९ सालको अन्त्य र २०१० सालको सूरुको दिन जनवरी १ का दिन यूएईका एनआरएनहरुले एउटा पिकनिकको आयोजना गरे । म यात्रा पिकनिक स्टेज प्रोग्राम सांगेतिक कार्यक्रम भने पछि दुई दिनको जेठो । यसैले म २०१० सालको पहिलो दिन लामो यात्रा र पिकनिकमा गएर रमाईलो गर्ने
सोच बनाए । म मात्र नभएर म जस्तै प्रवासीएका सयौ जना पिकनिकमा जानको लागी तम तयार भए ।
२०१० सालको पहिलो दिन बिहानै म तुलसी बस्याल अली भएर बाहिर निस्कियौ भर्खरै विहानी पखको स्वस्थ हावा चलि रहेको थियो सुर्यका किरणहरु दुवईका गगन चुम्बी महलका रंगी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 21, 2010
दरखाने दिनको यात्रामा देखिएको रमझम
सेप्टेम्वर १० २०१० अर्थात भाद्र २५ २०६७ नेपालमा तिजको दर खाने दिन विदेशमा अर्थात खाडी देशहरुमा शुक्रवार विदाको दिन मुस्लिम धर्मालम्बिहरुको चाड ईदको विदाको दिन । यसपाली भने जुरेकै रहेछ दर खान प्रवासमा भएका दाजुभाइहरुलाई । यति मात्र नभएर उक्त दिन सधैझै यसपालीको शुक्रवार पनि तिजको रमाईलो कार्यक्रम हुँदै थियो ।
कार्यक्रममा नगाएका अन्य तिन जना भित्र चेतन राना अली र टिकारामलाई लिएर देरा दुवई तिर हुईकिए । खाडी मुलुकको मध्यान्नको टन्टलापुर घाम एकैछण वाहिरी वातारणमा हिडडुल गर्दा पसीनाले खलखल्ती भिजाउने हामी घामको कुनै प्रवाह नगरी नेपाली चोक आब्रा तिर लाग्यौ । ओ हो वाटो आवज जावत गर्ने मानीसहरुको भिड थिचोल्नै गाह््रो । नेपालीहरु मात्र नभएर अन्य देशका नागरीकहरुको पनि भिड थामीनसक्नु थियो । लाग्थ्यो काठमाण्डौ पशुपतिनाथमा शिवरात्रीको मेला चलीरहेको छ ।
नेपाली चोकमा दुई चार जना साथीहरुसँग भेट भयो जाने होईन तिजको रमझममा मैले भने भन्दै थिए आफ्नो त यतै छ रमझम नेपाली क्यासेट बेच्ने भाइले । लौ आयो नयाँ नेपाली लोक गित चलचित्र अनि तिजका गितहरु सबै नेपालीहरु उनकै बोलीलाई पछ्यादै झ्याम्मीए । पुरानो तन्नामा छरपस्ट फीजाईएका नेपाली सि।डी ब्यवसायिहरु कराउदै थिए । उनिहरुलाई त्यो टन्टलापुरको घामको पनि कुनै प्रवाह थिएन कार्यक्रम त परै जाओस् । सबै सि।डी व्यवसायीको बोलाई बेचाई र सामान एकै किसिमका हुने रहेछन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 18, 2010
गीत-फुल फुल्ने
संकेत हो कि बाधा बिच जीवनको फुल फुल्ने!
झुके हार उठे जित
जिन्दगीको चक्र
भेटिन्छ है पौरखले
सफलता को बक्र,
अध्याँरो लाई भत्काएर जुनेलीको जून खुल्ने
संकेत हो कि बाधा बीच जीवनको फुल फुल्ने!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 17, 2010
सिमा आँफै तिर ढेपिएको छ रे
भुत्ते भो कि गोर्खे खुकुरी नै हेपिएको छ रे
कती धितो राख्नु बिचरो छ सगरमाथा नि
धाक नलगाउ भो लाजले सेपिएको छ रे
हात मुख जोर्न शिप शिल्प पलायन भए
बचेँका पेटमा अझै रिन खेपिएको छ रे
शान्तिको कान्ती नि अटेन रे आँखा भित्र हाम्रा
बुध्दको माटो यो रगतले लेपिएको छ रे
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 14, 2010
क्रान्तिकारी निर्लज्जता !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 13, 2010
जस्ट १० मिलीयन नेपाली रुपिज पर् पर्सन
सही या गलत के हो तर महराले चिनका एक अधीकारीसंग सांसद किन्न गरेको संबाद मिडीयामा आइसक्यो। महाराले यो नया प्रबिधीबाट जोड जाड पारेर तयार पारिएको भनेका छन। तर उनले एक 'चिनियाँ अधिकारी'सँग सभासद् खरिदका लागि पैसा मागेको विवादास्पद टेलिफोन संवादलाई भने
स्विकारेका छन। माओबादीको केन्द्रीय समिति बैठकले उक्त प्रकरणबाट पार्टी गोपनीयता भंग गरेको, आन्तरिक सुरक्षामा विदेशी हस्तक्षेप र मानवअधिकार हनन भएको टिप्पणी गरेको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 10, 2010
चार मुक्तक
१
हरुवा र जितुवाको घमासान छ ।
एउटै कुर्सीको मात्रै तानातान छ।
के गर्छन यीनले शान्ति स्थापना,
कुर्सी पाउनै जब हानाहान छ ।
२
गर्न लाई त गर्छन् त्याग र बलिदानका कुरा ।
बोल्न लाई बोल्छन् शान्ति र समाधानका कुरा ।
राष्ट्रियता र देशभक्ति किताबमै थन्क्यो अब,
केही उत्तरका गुलाम, केही सुन्छन् हिन्दूस्तानका कुरा ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 7, 2010
सपना हराएको मान्छे
कस्तो अनौठो, सपना पनि हराउदो रैछ
कता हरायो हरायो मेरो सपना
फिर्ता गरिदेउ है, कसैले लगेको भए
खबर पाऊ है, कसैले पायौ भने
जहाँ सुकै खोजे , कुना कानी जताततै हेरे
धरतीको यो पाटो बाट अर्को गोलार्ध सम्म
कहिँ भेटिन , शंका पनि कसलाई गरु ?
आँखा को ज्योति हराउछ भन्छन
सुख दुख हराएको पनि सुने को छु ,
आँशु - हाँसो पनि हराउछ रे समय संगै
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 4, 2010
गाउँखाने कथा ४१ (Nepali Gau Khane Katha)
-----------------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
पल्टन-पल्टन दुई पल्टन आए जति चट, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 29, 2010
टिपन टापन: लोभीपापी देखि अघोरीसम्म
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 27, 2010
हा… हा… हा… हा… हा…
केही समय भएछ ‘टि-टाइम’ अन्तर्गत केही नराखेको । धेरै सप्ताहन्त आए र गए तर मेसो नमिलेर टि टाइम धेरै दिन देखि अपडेट भएन । आज भने केही ताजा जोकहरु लिएर फेरि हाजिर भएका छौ:
-------------------- ------------------ -------------------
पत्नी: मलाई हिराको हार बनाइदियौ भने म सात जन्म सम्म तिम्रै हुने छु।
पति: हार सँग कानको टप र हिराकै फूली पनि बनाइदिन्छु, तर कुरा यही जन्ममा मात्रै टुङ्ग्याउँ है त ?
बैँक काउण्टर बाहिर बसेको एक जना ग्राहक बैँक कर्मचारीको आबाज राम्ररी नसुने पछि :
ग्राहक: हेर्नुस... म राम्ररी कान सुन्दिन तपाईँले के भन्नु भएको अलि ठूलो स्वरमा भन्दिनु न !
बैँक कर्मचारी: हैन... म कहाँ बोल्दै छु र..!, म त बिस्कुट खाँदैछु।
पत्नी: पहिला त तिमी विवाह पछि मलाई झनै माया गर्छु भन्थ्यौ त ! ।
पति: हो त नि!, तर मलाई त्यति बेला के थाहा कि तिम्रो विवाह मै सँग हुन्छ भनेर ।
एक जना ९० वर्षको बुढो मान्छे मृत्यु पछि स्वर्गमा पुग्छ । चारैतिरबाट अति आकर्षक जीउ डाल भएका अति सुन्दर र जवान अप्सराहरुले उसलाई स्वर्गमा स्वागत गर्छन् ।
बुढो मान्छे एकैछिन कींकर्तव्यबिमुढ भएर सुन्दर अप्सराहरु तर्फ हेर्छ र आफैँ बुदबुदाउँछ “ …धेत् , बाबा रामदेबको चक्करमा नपरेर योग ध्यान नगरेको भए …बरु ठीक समयमा यहाँ आइपुग्ने रहेछु… ।”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 26, 2010
सधै सधै झैँ
प्राण-प्रतिष्ठा गरेर
म बितेको युग लाई गुन लगाउन सक्दिन
मेरो वर्तमान कुरुक्षेत्र भरि पल्टिएको छ
निचेष्ट , निष्प्राण लमतन्न परेर ,
मक्किएको भिष्म प्रतिज्ञा बोकेर
म कुरुक्षेत्र जित्न चाहन्छु ,
कालकुट पिउन नसकेर
अमृत खोज्न हिंडेको हैन
कालकुट पिएर मलाई शिव बन्नु छैन !
असंख्य असंख्य द्रौपदीहरु
दुशासन को खोजीमा छन्
दिनहुँ ,
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 21, 2010
भिजिलान्तेवाद तर्फको यात्रामा मुलुक :
हिजो मात्र पशुपति शमशेर अध्यक्ष रहेको राप्रपाले पनि युथ भोलेण्टियर फोर्स गठन गरेको समाचार आएको छ । ७० नाघेका वा नाघ्न थालेका पशुपति शमशेर र लोकेन्द्र बहादुर चन्द जस्ता नेपाली राजनीतिका पाका खेलाडीहरूले नेपाली लोकलाई अनावरण गरेर पस्किएको यो फोर्सको गठनको आवश्यकता माथि विचरण गर्दा देशलाई अराजक भीडन्ततर्फ बलात् लैजान खोज्ने यस्तो अर्को एउटा फोर्सको कति आवश्यकता छ भन्ने कुरा उनीहरूले बुझेकै छैनन् ठान्न सकिन्न । अवश्य पनि आवश्यकताको सिद्धान्तले यसको आविष्कार गराएको नबुझ्नु पूर्वाग्रह ठानिन सक्छ । तर यो बुझ्न कुनै कठिनाइ भने छैन कि , आज जति पनि फोर्स , दस्ता र बाहुबली भिजिलान्ते संगठनको सिर्जना गर्नु पर्ने खाँचो महशूश गरिँदै छ , त्यसको प्रेरक तत्व भने अरू कोही नभएर माओवादीको बाहुबली संगठन ‘वाइसिएल’ नै हो । जसरी हिजो हिंसारत एउटा माओवादी समूह , आज नेपाल राज्यमा क्रियाशिल एक सय बीस खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’ हो , त्यस्तै राजनैतिक पार्टी वा समूहले अस्तित्वरत रहन वा काम गर्न सक्ने हुन आफ्नै लिग, फोर्स, दस्ता वा भोलिण्टियर फोर्स गठन गरी तिनको सुरक्षा कवच भित्र रहेर काम गर्न पर्ने आवश्यकता ठान्न वाध्य हुनु र त्यसै गर्न पुग्नुमा सायदै माओवादी ‘वाइसिएल’ को कारक भुमिका रहेको कुरामा कसैको दुई मत होला । Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 20, 2010
गाउँखाने कथा ४० (Nepali Gau Khane Katha)
गाउं खाने कथाको उत्तर मिलाउन सुजन सर्मालाई बधाइ। सुजन जी आफूले मनपर्ने गाउं माग्नुहोला।
--------------------------------------------------
यो सप्ताहान्तमा फेरी नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।
चारचुच्चे मुख बुच्चे,पानी खान्छे,घाममा सुत्छे, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 16, 2010
दिल्लीका बांदरहरु
नेपाल धाउने भारतीय नेतालाई बांदरको पगरी गुथाइदिएछन भनेर monkeys of Delhi को ब्लगमा छिरे। दिल्ली निवासी ब्लगर दिनेश वाग्लेलाई सांच्चैका बांदरले सारै दु:ख दिएछन। यती सम्म की फाल्न राखेको फोहोर पनि ढोकै अगाडी आएर छरपष्ट पार्दा रहेछन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 14, 2010
यो गतिरोध सरकार निर्माणको गणित मात्र हैन ।
माधव नेपालको राजीनामा पछि , अर्को सरकार बन्न नसकेको अहिलेको अन्यौलपूर्ण परिस्थितिलाई लिएर धेरै बुज्रुगहरूले आ-आफ्ना तर स्वाभाविक टिप्णीपणीहरू गरिरहेकै छन् । विकल्पमा सरकार बन्न नसकेकोको वर्तमानलाई हेरेर राजनीति गर्नेहरूलाई गाली गर्नु स्वाभाविक पनि हुनसक्छ , तर अहिलेको सरकार बन्न नसकिरहेको स्थिति भने अरू बेलाको भन्दा फरक र गम्भीर प्रकृतिको छ भन्ने कुरा पनि बुझिनु पर्छ । यो सरकार बिघटन, गठन प्रकृया र समीकरणहरू बन्न खोज्ने , भत्किने वा भत्काइने जुन सिलसिला चलेको छ , यो नेपालको राजनीतिक पद्धति भोलिका दिनहरूमा
कुन बाटोमा अगाडि बढ्ने भन्ने गहन मुद्दासंग बढी सरोकार राख्ने विषय हो न कि तात्कालिक रूपमा सरकार बनाउने वा गिराउने चलखेल मात्र । यसैले सामान्य किसिमले ‘ जाबो सरकार पनि बनाउन सहमति गर्न नसक्ने हुतिहारा नेताहरू ‘ भनेर गरिने सामान्य उपबुज्रुक टिप्पणीहरूले , नेपाली राजनीतिको सबैभन्दा गहन चूरोलाई बुझ्न नसकेको देखिन्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 13, 2010
प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !
भन्नलाई राजनैतिक सरगर्मी भन्ने शब्द प्रयोग गरिए पनि नेपालको राजनीति आजकल तात्दा-तात्दै चिस्सिएको छ ।
हरेक बिहान ‘सहमतिको खोजी हुँदै’ भन्ने जस्ता विषयले भरिने पत्र पत्रिका र खबर जगत साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन्। हरेक सम्बाद विवादमा, भेटघाट मतभेदमा र कुराकानी खिचातानीमा परिणत भइरहेका छन् । त्यसैले नेताहरुको बोली प्रति आम जनताको दृष्टि झनै हल्का र उदासिन हुन थालेका छन् ।
यता, माकुने सरकारले राजीनामा नदिँदासम्म राष्ट्रको प्रमुख समस्या नै माधव कुमार नेपाल भएको र उनले राजीनामा दिनासाथै सब कुरा ठीक हुने दाबी गर्दै हिँडनेहरु अहिले ‘हामीले त्यस्तो भनेका नै थिएनौं’ भन्न थालिए सकेका छन् भने राजीनामा दिएर ‘बाटो खोलीदिएको’ दाबी गर्ने दल पनि तटस्थताको श्रृंखलाबद्ध गज्जबको नाटक मञ्चन गरेर बसेका छन् । उता मैदानमा भिडीरहेको र आफूलाई प्रमुख दावेदार जताउँदै आएको अर्को दल पनि लगातार चारौं पटकको हार पछि पनि मैदानमा डटिरहने उद्घोषकासाथ लागेकै छ।
एकातर्फ कामचलाउ सरकारकै नाममै सही, आफ्नो काम चलीरहेकाले न यीनलाई नै कुनै कुराको परवाह भएको देखिन्छ भने अर्कोतर्फ ‘अर्कोपाली त कस्सो नजितिएला’ भन्दै साम, दाम, दण्ड, भेद आदि नीति अख्तियार गर्दै हीँडेका दुवै दललाई पनि कामचलाउ सरकारको डेढ महिना लामो शासन ‘सामान्य’ नै लागेको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 9, 2010
तेस्रो अन्तराष्ट्रिय ब्लगर भेला - एक समिक्षा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 5, 2010
तेस्रो अन्तराषट्रिय नेपाली ब्लगर भेला
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नयाँ नेपालको यात्रा
(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)
भाग १
झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही
ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।
मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला,
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 3, 2010
नेपाली नेता
नाक थुन्न पर्ने भो रे तिमी गनायौ कि
न बनायौ न सघायौ ओतिनु त पर्छ
भत्काएर आफ्नै घर जात जनायौ कि
च्याखे थापी मनहरु कुन पन जित्यौ
खुशी भनी कतै फेरि शोक मनायौ कि
बलिरछ शान मान खरानी नहोस्
निभाउछु भन्दै फेरि तेल खनायौ कि
आत्मा साक्षी राखी हेर एक चोटि तिमी
तिखारेर कलममा धार बनायौ कि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 2, 2010
नमस्ते अमेरिका

Globle Bhutanese Community of Colorado को सहयोगार्थ हिजो Auhust 1 का दिन कोलोराडोलाइ नमस्ते अमेरिका सास्कृतिक भ्रमण टोलिले
भरपूर्ण मनोरन्जन दिन सफल भएको छ ।
ब्यबसायी नबराज श्रेष्ठको पहलतामा आयोजित उक्त कार्यक्रमको शुभारम्भमा कलाकारहरुलाई बलिकाहरुद्वारा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो।
सो अबसरमा मोती शिवकोटिले भुटानी शरनार्थीले भोगेका पिडाको स्मरण गराउनु भएको थियो भने G.B.C.C. का अधक्ष्य हरी उप्रेतीले स्वागत मन्तब्य ब्यक्त गर्दै आफ्नो समुदायलाई सबै नेपालीहरुलाई सहयोग गर्न अपिल गर्नु भएको थियो । ४ बजे कार्यक्रम शुरु गरिने जानकारी गराइएता पनि करिब सबा दुई घण्टा ढिला शुरु हुँदा पनि दर्शकहरु निकै संयमित भएर आफ्नो प्रिय कलाकारको गला र कलालाई पर्खि रहेका थिए । लोकल ब्याण्ड लिमिट ३ का बिजय अधिकारीको लोकप्रिय गीतले
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 1, 2010
गफगाफ सँगको रमाइलो गफगाफ
दौँतरीको नियमित स्तम्भ ब्लग भित्र ब्लगमा हामीले विभिन्न नेपाली ब्लगका ब्लगरहरुसँगका कुराकानी राख्दै आएका छौँ । दौँतरी आफैँमा धेरैजना ब्लगरहरुको संयुक्त प्रयास भएकोले समष्टिमा भन्दा नेपाली ब्लगको विकास वा उत्थान नै दौँतरीको पनि विकास र उत्थान हो ।
यसरी नेपाली ब्लगरहरुलाई अझ नजिक ल्याउने र एक-अर्कामा परिचित गराउने क्रममा यस पटक हामीले गफगाफ डट कम लाई निम्त्याएका छौँ । गफगाफका नियमित पाठकहरुलाई सायद थाहा होला, गफगाफ डट कम एउटा सामुहिक ब्लग भए पनि एउटै परिवारका सदस्यद्वारा सञ्चालित छ । यस्तै र अरु रमाइला जानकारी सहितको गफगाफका लागि लागौँ सिधै प्रश्न उत्तरतर्फ:
पहिला त गफगाफ डट कम र यसका सक्षम र कर्मठ सर्जकहरुको परिचयबाटै सुरु गरौं न ?
गफगाफ डट कम मन लागेको कुरा लेख्ने थलो हो । यै क्षेत्र, यै विषय, यै पृष्ठभूमिका बारेमा लेख्नुपर्छ भन्ने बन्देज गरेका छैनौँ । मन लागेका कुरालाई सुन्दर शब्दमा उतार्न सकिन्छ भने त्यो गफगाफ डट कमको सामाग्री बन्छ भन्ने हाम्रो धारणा हो । गफगाफ डट कम मुलत: एक जनाबाट शुरू भएर पछि अरू दुईजना पनि गाँसिएपछि अहिलेको यो रूपसम्म आइपुगेको हो । प्रवेश पौडेल (काठमाण्डौ विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरीङ् पढ्दै), अशेष पौडेल (क्याथफोर्ड कलेजमा बिबिए पढ्दै) अनि सक्षम घिमिरे (हाल अमेरिकामा )को संयुक्त प्रयास नै अहिलेको गफगाफ डट कम हो । हामी अशेष र प्रवेश शब्दको काम गर्छौँ, सक्षमले प्राविधिक कुराहरू मिलाउँछ । कहिलेकाहिँ बुवा अनिल पौडेल अनि सानीमा नम्रता गुरागाईँले पनि सघाउनुहुन्छ ।
एकजना ईन्जिनियरीङ्गको विद्यार्थी, अर्को कमर्शको । दुईजना नेपालमा एकजना विदेशमा । पठन-पाठनको व्यस्तताबीच कसरी ब्लगतर्फ आकर्षण बढ्यो ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 31, 2010
भडास ।
निकम्माको हुललाई महायोग्य मान्यौं हाम्ले ।
मुढ, मन्द, बेकार सबलाई अति विज्ञ जान्यौँ हाम्ले ।
कि गाई भा’भे हुन्थ्यो कि साँढे नै सही,
कस्ता-कस्ता नालायक यी गोरुहरु छान्यौँ हाम्ले ।
शान्ति श्वस्ति जप्दै आ’थे अनेकानेक जत्था जब,
स्याल गिद्ध, हुँडार सबै शाकाहारी ठान्यौँ हाम्ले ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 27, 2010
गजल एक संक्षिप्त परिचय
रझेना ५ कृष्णनगर बाँके
हाल नेपालगञ्ज
उर्दु भाषामा अत्यन्त विकसित , लोकप्रिय र चर्चित भए पनि गजलको जननी भने अरबी भाषा हो र यसको उद्गम भुमी अरब । विस्तारै विस्तारै यो विधाको प्रभाव फारसी , उर्दु, हिन्दी हुंदै नेपाली र अन्य भाषामा विकसित हुदै गएको धेरै सोधकर्ताहरुको एक मत रहेको पाइन्छ । गजलले लगभग आठ नौ सय वर्षो इतिहाँस बोकेको देखिन्छ । यस्तै नेपाली गजल परम्पराको इतिहाँसले सय वर्षपार गरिसकेको छ । मोतीराम भट्टले गजललाई नेपाल प्रवेश गराएको विश्लेशकहरु बताउछन् । मोतीराम
भट्टकालिन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयमा मोतीमण्डलीका सदस्यहरु भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आईपुगेर वि.सं. २००७ को
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 20, 2010
बिना शिर्षक
मोहोनजोदोरो
र हरप्पा को कुरा गर
या सिन्धु घाटीको कुरा,
आज पर्यन्त साथ छुटेकै छैन
सभ्यताको मुहान उत्खनन मा
भेटिएका हाम्रा हात संगै थिए रे,
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 13, 2010
सुन्दर फूल
बगैंचामा सुन्दर फूल, एउटा फुलेको थियो
कलेजीमा कतै उनकै, तस्वीर डुलेको थियो
दिन बित्थे पर्खाइमा, तृष्णा पाली मनभरी
मादक बन्थे रातहरु, जुनतारा खुलेको थियो
वर्षातको रात थियो, मीठो मात थियो रातको
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 11, 2010
सस्तो र सजिलो उपचार
इएका उनी उपचारका लागी कहा मात्र धाएनन् ? काठमाडौ देखि दिल्ली, मद्रासका अस्पताल सबैतिर चहारे । निको हुने आशामा पाच लाख रुपिया भन्दा धेरै खर्चिएका निरौलाले जीवन देखि हार खाइसकेका थिए । संयोगले होमियोप्याथिक उपचार पद्धति बारे थाह पाए । एक डाक्टर मार्फत भक्तपुर इन्टरनेशनल होमियोप्याथिक क्लीनिकको सम्पर्कमा पुगेका निरौलाले क्लासिक होमियोप्याथिक उपचार गराएको चार महिनामै ठीक भए । त्यसपछि उनलाइ कहिल्यै यो रोगले च्यापेन । जम्मा पाच हजार रुपियामै उनको सम्पुर्ण उपचार सम्पन्न भयो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


