December 21, 2008

पूर्वराजा ज्ञानेन्द्र र हामी

शेखर ढुंगेल
क्यालिफोर्निया

नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा निर्णय गरी फुर्सदमा पछुताउने अनि जता पात हल्लियो त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।

यो पंक्तिकार यस्तै प्रवृत्तिको शिकार भई १२ वर्ष अगाडि निक्कै लज्जित अनुभव गर्न पुगेको थियो । भएको के थियो भने १९९५-९६ तिर जापानको टोकियोमा एकजना नेपाली व्दारा जापानी नागरिकको बिभत्स हत्या भनी पत्रपत्रिका टीभीमा समाचार प्रचारमा आएको थियो । गैह्रकानुनी रुपमा बसेका नेपालीहरुको बीचमा एक स्वरले अभियुक्तको बिरोधमा कुरा काट्दै थिए अपराधीले नेपालीको बदनाम गरायो । उसलाई खोज्ने क्रममा सबै नेपालीले दुःख पाउने भए आदि आदि । यसै आशयको कुरो मैले जापानिज मित्र सामु राखें उनले भने- तिमीहरु त्यसो नभन घटना घट्यो पत्रिकाले लेख्यो त्यो असत्य पनि त हुनसक्छ । प्रहरीको अनुसन्धान र अदालतको निर्णय नआउन्जेल कुनै धारणा बनाउनु बुध्दिमानी हुन्न ।

यही प्रसङ्गमा पूर्व राजा श्री ५ ज्ञानेन्द्रले शान्तिपूर्वक बहिर्गमन रोजेपछि उनकै आफन्त, उनका भजन मण्डली बनी सडकबाट करोडपति बनेकाहरु नै पूर्वराजालाई लान्छना आरोपका विषबमन गर्न थालेका छन् । उनी शक्तिमा हुँदा हुण्डी खाने, भजन गाउने दर्शन पाउन चप्पल छाडेर दौडने, उनको नाम बेचेर ठगी खानेहरु आज उनलाई बदनाम गर्न अग्रपंक्तिमा देखिएका छन् । असफलताको दोष एक्लो पूर्वराजा ज्ञानेन्द्रको काँधमा थोपर्ने दुस्साहस तिनै व्यक्तिहरु गरिरहेका छन् । जुन कटु यथार्थ पचाउन गाह्रो विषय बनेको छ ।
पूर्वराजाको असफलता सँगसँगै उनको नाममा लुटेर खानेहरु कोही विदेश भागे त कोही पानीमाथि ओभानो बन्न उनकै गल्ती देख्न थालेका छन् । १९ हजार निर्दोष नागरिकको हत्याका योजनाकारलाई आफ्ना भाग्यबिधाता देख्न थालेका छन् । स्वार्थी मानसिकताका यस्ता व्यक्तिहरु आफुलाई समय चिन्नसक्ने र आफ्ना पूर्व अन्नदाता राजालाई समय चिन्न नसक्ने भनी आरोप लगाउन हिच्किचाउँदैनन् ।

यस्तै बतासे लांछनाको भारी बोकी बसेका पूर्वराजा ज्ञानेन्द्रको कदमको पृष्ठभूमितर्फ फर्केर हेरौं । सानाठूला, गरीव-धनी कसैको ज्यानको सुरक्षा थिएन । सरकार शान्तिसुरक्षा दिन असफल थियो । सरकार चारैतिरबाट असफलताको चक्रव्यूहमा फसेको थियो । जताततै आतंकको साम्राज्य फैलिएको थियो । त्यति नै बेला सरकार प्रमुख तत्कालीन प्रम शेरवहादुर देउवालाई हटाउने सिफारिस गर्न पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार जानु भयो । वहाँकै सल्लाहमा पूर्व राजा ज्ञानेन्द्रबाट देउवालाई हटाउने काम भएको हो । तत्कालीन संविधानतः संसद सदस्यहरुको बैधानिकता समाप्त भैसकेको थियो । त्यसैले दलहरुको समर्थन लिई सरकारको नेतृत्व गर्न आव्हान गर्दा दलहरुले सरकार प्रमुखको नाम सिफारिस गर्न नसकी दुईहप्तासम्म देश सरकारबिहीन हुनपुग्यो । यो दलहरुकै जिम्मेवारी थियो । अन्तमाः बाध्य भएर कदम चाल्नुको बिकल्प थिएन । पूर्व प्रम चन्दको राजनीमापछि परिस्थिति संकटपूर्ण बन्यो ।

प्रतिगामी नन्दीभृङ्गीहरुको चंगूलमा परी पूर्व राजा ज्ञानेन्द्र कस्सिए । तत्कालीन अवस्थाको मुख्य शत्रु राजाबाहेक अरुसित कुरा नगर्ने भन्ने माओवादीको रणनीतिले पनि उनलाई उक्सायो । साँच्चिकै वार्तामा आई समस्या समाधानमा साथ देलान् माओवादीले देशको शान्तिसुरक्षा जनताको सुखदुःखमा साथ दिई जस पाउने उनको लालच अनि विश्वासमा तुषारापात भयो- जसरी कोइराला गलत पात्रहरुका कारण असफल भए त्यसै गरी पूर्व राजा श्री ५ ज्ञानेन्द्र पनि असफल भएका हुन् ।

तर पूर्व राजा ज्ञानेन्द्रलई जे जति आरोप-लांछनाको भारी बोकाए पनि वास्तवमा त्यो सबै मिथ्या रहेछ भन्ने साबित गरेर देखाई दियो समयले । मानिसहरु भन्दथे यी साह्रै घमण्डी छन् जिद्दी छन् यिनले सजिलै सत्ता किन छाड्लान् माओवादीले सत्ता पाउन जनयुध्द र रक्तपात मच्चाउनु पर्‍यो। गिरिजाले सत्ता टिकाउन रुकुम रोल्पाका सैयौं घरभित्र सैयौं निर्दोष नागरिकलाई जिउँदै जलाए तर तत्कालीन सेनाका परमाधिपति भएका राजाले १९ दिने जनआन्दोलनकै भरमा सत्ता छाडिदिए सुम्पिदिए । के प्रचण्ड र गिरिजाले त्यसरी त्याग गर्न सके ?।

पूर्व राजाले आफैव्दारा पुर्नस्थापित गरिएको संसदले जबर्जस्ती गणतन्त्रमा जाने भनी गरेको निर्णयमा एक शव्द बोलेनन् । आफुप्रति भइरहेको एकतर्फी अन्यायलाई चुपचाप सहेर बसे । कतै कुनै गुनासो गरेनन् । नेपालीहरुको एकता शान्ति र स्थायित्वको कामना गरिरहेका छन् अद्यापि । जनताको आदेश शिरोपर गर्दै मर्नै परे पनि नेपाली भएरै यही भूमिमा मर्ने प्रण गरेर एक सच्चा देशभक्त इमान्दार नागरिकको स्थान लिन सफल भएका छन् पूर्वराजा । समयलाई चिन्ने उनी बाहेक अर्को व्यक्ति को देखियो आज।

संविधानसभा निर्वाचन अगाडि नै टिके सांसदहरुले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने असंवैधानिक निर्णय गरिसकेको थियो । तर पनि पूर्वराजा ज्ञानेन्द्रले कुनै त्यस्तो हरकत गरेनन् जसले संविधानसभा निर्वाचन बिथोलियोस् । उल्टो उनले सबैको धारणा बिपरित यस्तो महान प्रजातान्त्रिक अभ्यासमा शान्तिपूर्वक सहभागी बनी संविधानसभाको निर्वाचन सफल पार्न जनतालाई आह्वान गरे ।

नेपालका अरु नेताहरुले नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रले बुझेको एउटै सत्य के देखियो भने हाम्रो देशको राजनीति नेपालीको हातमा रहेन उनको सबैभन्दा ठूलो चिन्ता नै सार्वभौम नेपालको अधिकार अस्तित्वमाथि कसैले धावा बोल्न नपाओस् नेपालको स्वतन्त्र बर्चस्व समाप्त नहोस् नेपाली बिभक्त नहुन् राष्ट्रिय एकता र अस्मिताको रक्षा होस् भन्ने देखिन्छ । बास्तवमा यी कुराको परिपूर्ति बिना न त हाम्रो देश रहन्छ न त प्रजातन्त्र नै ।

इमान्दारिताका साथ भन्ने हो भने हज्जारौं गलत नियतका नन्दीभृङ्गीहरुका उक्साहट बिलौना यातनाकाबीचबाट सरक्क माथि उठी जसरी पूर्वराजाबाट दरवार त्यागेर जंगलतिर उकालो लाग्ने काम भयो उनलाई आधुनिक बुध्द भन्दा फरक पर्दैन । जसरी तत्कालीन राजकुमार शिध्दार्थ शाक्य विश्व मानवजातिको शान्तिको खोजीमा राजकाज त्यागी तपस्यामा लीन भएका थिए त्यसैगरी जनतामा अशान्ति अराजकता अस्थिरताको बीउ म भन्ने भ्रम नपरोस् मेरो बिना देशमा सुखशान्ति छाउँछ भने म बाधक बन्दिन भनी हाँसी हाँसी कुनै गुनासो नपोखी दरवार त्याग्ने पूर्व राजा ज्ञानेन्द्रलाई नेपालको आधुनिक बुध्द भन्दा फरक पर्दैन । तर पूर्वाग्रहीहरुमा यति उदारता कहाँ पाउनु।

बास्तवमा उनले समय नचिनेको बुध्दि नपुर् याएको भए जे पनि हुनसक्थ्यो । शैनिक विद्रोह रक्तपात शैनिक शासन माओवादी जनगणतन्त्र वा विदेशी हस्तक्षेप जे पनि । तर पूर्वराजाकै बुध्दिमत्तापूर्ण सुझबुझमा नेपाली जनताले आज प्रजातान्त्रिक अभ्यासको अभिलाषा पुरा गर्ने मौका पाएका छन् । नेपालको २४० वर्षे इतिहास एवं नेपाली संस्कृतिको एउटा पाटो बनिसकेको राजसंस्था यति सजिलै र शान्तिपूर्वक हट्ने कसैले सोचेका थिएनन् । पूर्व राजाले एक्लै गरेको यो बुध्दिमानी कामले नेपाली जनतामात्रै होइन नेपाल र नेपालीको भलो चाहने सबै राजाप्रति कृतज्ञ भएका छन् । समय र जनमतको कदर गर्ने नेपाली राजाहरुको परम्परामा यो अर्को कडी परिनिर्माण थियो पूर्वराजाको शान्तिपूर्ण तरिकाले राजकाज परित्याग ।

आफु अमुक राजावादी भनाउनेहरु कथित बरिष्ठ पत्रकारहरु पूर्व राजाले हाम्रो सल्लाह बुझें बुझें मात्र भने तर सुनेनन् भनी राजालाई धारेहात लगाई हिडेको सन्दर्भमा पूर्व राजाले धेरै अगाडिको सम्भाव्य परिस्थिति बुझिसकेका रहेछन् भन्ने कुरो हाल आएर प्रमाणित भएको छ । सबैको एउटै भनाई थियो : राजा प्रजातान्त्रिक शक्ति अर्थात् तत्कालीन दलसित मिलेर जानुपथ्र्यो । तर पूर्व राजालाई थाहा थियो: दलहरु कै कारण प्रजातन्त्र राष्ट्रियता र राजसंस्था दाउमा गइसकेको थियो । उनीहरुबाट हत्यािहंसाको अन्त गराई शान्तिसुव्यवस्था कायम हुनसक्ने थिएन । आफ्नो नामको जुवा अरुलाई खेल्न दिनुभन्दा स्वयम् किन नखेल्ने हार्नु जित्नु त आज या भोली पक्कै छ उनलाई स्पष्ट थियो कि दलहरुले उनको रक्षा गर्न सक्दैनन् । उनीहरुको मार्फत राजसंस्था सिकंदा धेरै ढिला र अपि्रय स्थिति आउनेमा शंका थिएन ।

गद्दीहीन बनी शान्तिपूर्वक अध्ययनमा तल्लीन पूर्व राजाले देश र जनताको हित बाहेक केही सोचेका रहेनछन् । उनलाई लगाइएको महत्वकांक्षी भन्ने आरोप पनि मिथ्या साबित भएको छ आज । पूर्व अधिराजकुमार हुँदा कम बोल्ने र कमै जनसम्पर्कमा हुँदा बुध्दिमानी छन् रे भन्ने सुनिन्थ्यो । दरवार काण्डपछि असहज परिस्थितिमा राजा बन्न पुगेका पूर्व राजा ज्ञानेन्द्र लांछना र आरोपका थुप्रै पीडादायी भारी बोक्न बिबश भए । उनीमा साँच्चिकै त्यस्तो महत्वाकांक्षा र गलत नियत थियो भने बोकीसकेको त्यत्रो राजकाजको भारी सजिलै बिसाएर किन हिंड्थै सहजै अनुमान गर्नसकिन्छ कि पीडित पूर्व राजाले जीवनमा ठूलै उतारचढावको अनुभवबाट खारिएरै होला अन्तिम समयमा जुन साहसिक स्वयम् धैर्यतापूर्वक निर्णय गरी एक्लै अगाडि बढी दल र जनताको लागि राजनीतिक मार्ग खुला गरिदिए त्यसको लागि पूर्व राजा ज्ञानेन्द्रको हामी नेपालीले प्रशंसा एवम् आभार व्यक्त गर्न कन्जुस्याईं गर्नु हुन्न । संभवतः विवेक र उदारता भनेको यही हुनेछ ।



December 20, 2008

आफु र आफनोलाई चिनाऔ

बिजय कुमार श्रेष्ठ हाल ईराक

समयको पहिचानलाई कसैले नभुलौ
भोली भन्ने बानी कहिले कसैले नराखौ
नयाँ खोज र सृर्जनालाई प्रोत्साहन दिन नभुलौ
कसैलाई झुटो प्रलोभनको आशामा नझुलाऔ ॥
उतार चडाबको परिवेशमा रम्ने बानि नलिऔ
जीवनको अर्थ बुजेर राम्रोसँग गोटि चाल्ने गरौ
केही सिक्ने र सिकाउने रचनाकारी बन्न सिकौ
सन्सारीक यात्रिको परिचय दिनलाई ज्ञान सिकौ ॥ ॥
मायाले जेलिएको सन्सारमा माया बाढ्न सिकौ
सस्कार र सस्कृतिलाई जगेर्ना गर्ने बानि लिऔ
आफनो पुर्खाले रचेको रचनालाई सजाउने मन्त्र लिऔ
सुन्दर शान्त देशको नाम सधै उच्च राख्ने बाचा दिऔ ॥ ॥ ॥
निडर र पौरखि हातलाई सृर्जनाको बाटोमा अघि बडाऔ
चार जात छत्तिस वर्ण हामी सबै एउटै हौ भन्ने बानी बसाऔ
चन्द्र सुर्य ध्वजा हामीले विश्वमा फहराउने अठोट राखौ
नेपाली हौ भनेर विश्वमा चिनाउने छु भन्ने अठोट सधै लिऔ ॥ ॥ ॥ ॥



एक छिन हासौंन - ७

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
कुकुरको इमान्दारिताको कुरा त शायद मान्छेले पनि उनिहरुलाई त्यही प्रकारको माया,अनुशासन दिएर,सिकाएर हुन सक्ला त्यसरी नै हामीले पनि गर्न सके त हाम्रा देशका भुस्याहा कुकुरहरु पनि त्यस्तै हुने थिए होलान। तर समय र परिस्थितीले गर्दा हामी नै त्यस्तै भुस्याहा कुकुरमा नै झन्डै परिणत भै सकेका छौ अनी बिचरा त्यो निरिह पशुहरुको त के कुरा? आफ्नो देशमा मान्छेको नै गाँस,बास हराइसकेकोबेला कुकुरलाइ कहाँ बाट मान्छेको जस्तै सहुलियत र आराम? । हुन त हाम्रो देशमा पनि त्यसरी सधाएका र त्यसरी पालेका कुकुरहरु होलान जुन हामीजस्ता सर्व साधारणले देख्न असमर्थ पनि छौ।

अहो म त कुकुरको कुरा गर्दा गर्दै यसैमा हराउन थालिछु। जे होस् यहाँ कुकुरहरु इमान्दार भए जत्तिकै हामी पनि आफ्नो देशमा इमान्दार बन्ने कोशीश सबैले गरेमा शायद हाम्रो देश पनि अलिकती सुध्रिनेथियो होला। यस्को अर्थ हाम्रो देश नराम्रो छ भन्नु खोजेको चाँही होइन। हाम्रो देश को कला सस्कृती र सभ्यता सँग अरु देश दाँज्ने हो भने हाम्रो देश अत्ती नै धनी छ, तर हाम्रो मानसिक्ता मात्र अलिकती कम्जोर र स्वार्थी भएकोले हामी अरु देश भन्दा अलिकती पछाडि छौ कि भन्ने महसुश भएको हो। हुनत हामीबिचमा पनि सोचाइ को गरीबी छ, मान्छेलाई हेर्ने दृष्‍टिमा फरक छ अनी कहाबाट अरु देशको तुलनामा हाम्रो देश आओस त? । अब मेरो आफ्नो नै म उदाहरण दिउ न ,यहा मरी मरी १० घण्टा काम गर्दा पनि भएकै छ। यही काम नेपालमा गर्न मलाई लाज हुन्थ्यो। मेरै नजरमा शायद मान्छेमा भेद थियो होला। त र यहाँ आएर सोचाइ, कर्तब्य, मेहेनत, काममा भिन्नता आएको छ। यही आँखाले सबैलाई बराबराएर देख्न थालेको छ शायद यही सोचाइ र मेहेनत आफ्नो देशमा पनि भएको भए म जस्ता हज्जारौ मिलेर आफ्नो देशलाई पनि उन्नतिको मार्गमा लमकाउन सकेको भए हाम्रो देश पनि उन्नतिको मार्गमा लम्कनेथियो होला। त्यसैले त हामी अरु देश भन्दा पछाडि पर्न गएको हो। हुन त मैले कुकुरको कुरा सँग हामीलाई दाँजे यस्को अर्थ यो होइन कि हामी मान्छे कुकुर समान छौ तर यस्लाई सकारात्मक् अर्थमा हेर्ने हो भने अरु देशका पशु त यत्ती इमान्दार र होसियार छन भने हामी मान्छे भएर पनि किन यत्ती कमजोर र बेइमान ?। भन्न खोजेको मात्र हो। यदी कसैलाई अपाच्य हुन पनि सक्छ। यस्को निम्ती म यहाँहरुलाई मलाई सहि सल्ल्हा र सुजाव दिएर मेरो सोंच र लेखनमा अरु उर्जा थपिदिनु हुन बिन्ती चडाउदछु। ल त आजको मेरो अनुभव/अनुभुती पशुको कुरा देखी देश र हामी जनता सम्म पुगेर टुग्याउदैछु। अर्को अंकमा ।
क्रमश:



नेपालको राजनिति कहाँ पुगेर सहिबाटो लाग्ला ?

कान्छा लाल तामाङ्ग
हाल - ताजि ईराक

सायद यस्तो प्रश्न नर्गने मान्छे नेपालमा कमै भेटिन्छन होला किनकी, देश अहिले यस्तो अबस्थामा पुगेकोछ । जहाँ ८/१० जना जम्मा भयो कि त एउटा भुमिगत पार्टी खोलि हाल्छन । के त्यसो त नेपालको राजनितिले सहिमार्ग कहिल्यै नअपनाउलन त अबस्य त्यस्तो हुदैन एक न एक दिन त सहि मार्गमा आउनेछ भन्दै हामी दिन गन्दै बसौ । मलाई यस प्रंसंगमा एउटा कथाको याद आयो…
हामीलाई थाहा छ संसारमा धनि अनि गरिब दुबै थरीका मानिसहरु बस्छन् । मलाई माफ गर्नुहोला यदि यो कथाले कसैको जिवनमा आँच पुग्न गएमा ।

एक दिन आमा र छोरा संगै बसेर आफ्नो घरको सदस्यलाई पर्खिरहेको थिए । परिवारको सदस्य अरु कोही नभई आफ्नो श्रीमान यानेकि छोराको बुबा थियो । आफ्नो श्रीमान घरमा नभएको बेला त्यो नारीले आफ्नो छोरालाई यसो भन्दै सम्झाउथीन: “छोरा अहिले त हामी गरिब छौ तर एक दिन हामी पनि धनि हुने छौ अनि हामी पनि हाम्रो मनले चहेको गर्नेछौ” । त्यो कुरा छोराले मनमा लिई रहेको थियो । जब उस्को बल्याकाल बित्यो अनि जबान भयो, अझै उस्लाई आफ्नो आमाले भनेको कुरा दिमाग बाट हटेको छैन । उ मेहेनेत गर्दै छ र दिन बिताई रहेको छ । उस्ले बिवाह पनि गरे अनि उस्को नानि पनि भयो । तर सुखको सासे फेर्ने दिन भने आएको थिएन त्यस्तैमा आफ्नो आमा र बुबा पनि उस्ले गुमाउनु पर्‍यो। अझै पनि उस्को सुखको दिन भने अएनन् । अब उस्ले पनि आफ्नो छोरालाई त्यसै भन्न थाले छोरा अहिले त हामी गरीब छौ तर एक दिन हामी पनि धनिहुने छौ । एउटै कुरा याहाँ दोहोरी रहेको छ त्यो हो एक दिन हामी पनि धनि हुन्छौ तर दुई पुस्ता सम्म पनि उनिहरुले सुखको सास फेर्न पाएनन् अनि उनिहरुको धनि बन्ने सपना सपनामनै रहिरह्यो ।

हो त्यस्तै हाम्रो देशको राजनिति पनि त…॥ हुने होईन जबकी एउटा बर्ष गयो अव त राजनितिले सहि मार्ग लिन्छ होला नि भन्दा भन्दै कयौ पुस्ता त बित्ने होइन किन उठछन् त यस्तै खालको प्रश्न नेपालीहरुको दिमागमा। यस्को सजिलो उत्तर छ राजनितिले सहि मार्ग नलिनु । दश बर्षे जनयुद्ध गरेर सत्तामा रहेको माओवादीले पनि राजनितिलाई सहि दिशा दिन सकेनन् …।सकोस पनि कसरी जबकी अलि कति अर्का पार्टीले प्रेसर दिने बितिकै हामी फेरी बन्दक उठाउछौ भन्नेले । नेपाली जन्ताले माओवादीलाई भोट त्यतिकै दिएको हाईनन् किनकी दश बर्षे युद्ध काललाई हेरेर दिएका हुन तर स्वईच्छाले भने दिएका होइनन् भन्ने कुरा प्रधान मन्त्रीको शब्द बाट नै प्रस्ट हुन्छ । किनकी माओवादी पार्टीले अझै पनि सबैलाई धम्क्याएर अगाडी बड्न सक्छ भन्ने सोच बाट ग्रसित छन त्यसैले त सत्तामा बसेर पनि अझै जनतालाई धम्क्याउन छडेका छैनन् ।

नेपाली जनताले राणा शासन हेर्‍यो, पान्चायत ब्यवस्या पनि हेर्‍यो, बहुदल ब्यबस्था पनि हेरिसक्यो अबको ब्यबस्था जन्ताले हेर्न बाँकी छ । नेपाली जनताको चहाना अनुरुप दुई सय चालिस बर्ष पुरानो शाहा बंशिय सासनलाई तोडदै अहिले नेपालमा गणतन्त्रको उदयामान भसैके छ । त्यसैले अब जनता लाटो छैन, कुनै पनि पार्टीले अब पनि जन्ता लाई धम्क्यएर नै पार्टीको ईच्छा पुरा गर्छु भन्ने सोचेको छ भने अब त्यो सपना नदेख्दा नै भलो हुन्छ ।

हाल सम्मा नेपाली जन्ताले नेपाली कंग्रेसको सरकार हेर्‍यो, नेकपा एमाले को नौ महिने सरकार पनि हेर्‍यो, र अब माओवादीको सरकार पनि हेर्दै छन । त्यति मात्र नभै बिहारीहरुलाइ नेपाली नगरिता प्रदान गरेको कारणले अहिले अएर यिनै ब्यक्तिहरुले नेपालको तराईमा आगो बालि रहेको छ । त्यो बलेको आगोलाई कहिले पनि निभ्न दिएका छैनन् । एउटा भुमिगत पार्टी बल्ल बल्ल वार्तामा आउछन फेरी अर्को भुमिगत पार्टी जनमाउछन् । के यस्तै हो भने नेपालको राजनितिले सहि मार्ग लिन सकिन्छ त अहिले त नेपालमा एउट लहर नै अएको छ त्यो हो पार्टी खोल्ने अनि भुमिगत बस्ने र जन्तालाई धम्क्याउने, अपहरण गर्ने भनेको कुरा नपाए हत्या गर्ने ।

हाम्रो आखा अगाडी जन्तालाई शान्ति सुरक्षा दिन्छु भनि सत्तामा बसेका माओवादी सरकारले यस्तो कि्रयाकलाप लाई किन रोक्न सक्दैनन् त रोक्न सकोस पनि कसरी किनकी उनिहरु पनि त त्यसरी नै आएका हुन नि । यहा नेकपा माओवादी मात्र होईनन् अरु पार्टीहरु पनि छन जुन पार्टीले सरकारलाई प्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । उनिहरुले पनि किन सोच्दैनन् सोच्ने बेला पनि कसरी पाओस एक अपासमा कुसिकोलागि खिचतानि गर्दैमा ठिकका छन् । नेपाली कंग्रेस भनेको पद पाएन भनेर सत्तामा नै गएनन् । त्यतिमात्र नभई अब फोरमका नेताले पनि सोच्नु पर्ने हो । अझै पनि फोरम ले एक प्रदेश एक मधेश भन्ने एजेन्डा छोडेका छैनन् । के पाउछन् यनिहरुले त्यो एक प्रदेश एक मधेश बनाएर कतै तराई जतिलाई एक प्रदेश एक मधेश बनाए पछि दोश्रो बिहार त हुने हाईन त्यसैले हामी आम नेपालीको जन-चाहान भनेको शान्ति र सुरक्षा हो । त्यो शान्ति र सुरक्षा तब सम्म हुदैन जब सम्म नेपालमा राजनितिले सहिमार्ग लिदैन । त्यसैले हे राजनितिक दल हो! आफ्नो स्वर्थ पूर्तिको लागि मात्र सत्तामा नबसि जनताको लागि काम गर्न सत्तामा जाउ र नेपालको राजनितिलाई सहिमार्गमा ल्याउ । आम नेपालीको जनचाहान माथि उल्लेखित कथा जस्तो नहोस् एक दिन त राजनितिले सहि मार्ग लिन्छ भन्दै कयौ पुस्ता नजाओस । त्यसको लागि अहिले नै सम्पुर्ण राजनितिक दलहरुले सोचौ र सम्पुण नेपालीको जन-चाहनालाई सम्मान गर्दै नेपाली राजनितिलाई सहि मार्ग दिलाउ ।



हाँस्न मनाहि छ!

हुन त यो पान्डा जी को सेक्सन हो, तर आज म पनि केहि चुटकिलाहरु टाँस्दै छु यहाँ:

मेरो अनुभवमा जोकलाई अरु कुनै भाषामा अनुवाद गर्दा त्यो मौलिक जत्तिकै रमाईलो हुदैन, त्यसैले मैले जुन जुन भाषामा पढें, त्यहि त्यहि भाषामा राख्दै छु :

Some Stupid Q/A

Q. Why did 19 Sardars went to watch a movie?

A. Because it was written outside the hall - "Under 18 not allowed".

---------------------

Q: Why are hurricanes normally named after women ?

A: When they come they're wild and wet, but when they go they take your house and car with them.

-----------------------

Waiter: Would you like your coffee black?

Customer: What other colors do you have?

--------------------------

In the bus: A fat girl wearing pointed high-heeled shoes steps on your feet

Stupid Question: Sorry, did that hurt?

Answer: No, not at all, I'm on local anesthesia.....

सपीङ मलमा सरदार:

सरदार: “अरे!, ईस तेलके साथ आनेवाला फ्री गिफ्ट भि देदो”

सेल्स म्यान: “मगर भाई साहब ईसके साथ कोहि गिफ्ट नहि आता है”

सरदार: “अरे मुझको बेबकूफ समझा हे क्या? तेलके बोतलके पिछे साफ लिखा है “कोलस्ट्रोल फ्री” ।

जँड्याको सोच:

A drunk was hauled into court. "Mister," the judge began, "You've been brought here for drinking."

"Great!...." the drunk exclaimed. "When do we get started?"

लोग्ने मान्छेको साथी र स्वास्नी मान्छेको साथी

A woman didn't come home one night. The next day she told her husband that she had slept over at a girlfriend's house. The man called his wife's 10 best friends. None of them knew anything about it.

A man didn't come home one night. The next day he told his wife that he had slept over at a buddy's house. The woman called her husband's 10 best friends. Eight of them confirmed that he had slept over, and two claimed that he was still there.

र अन्तमा यो पनि:

A man said his credit card was stolen but he decided not to report it, because the thief was spending less than his wife did.



December 19, 2008

गजल - कि छैन !!!

gokul_bivas
गोकुल बिबश ढकाल
आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के
तर, तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन,
चौध हजार निर्दोश मारिए आफ्नै आँखा अगाडि, देखियो के-के
नयाँ संबिधानको "मीठो" फल अझै फल्या छ कि छैन,
उतिबेला पुलिसलाई ताकिएरै ढुङ्गा ठोकियो, छेकियो के-के
जनता मार्ने रमितेहरुको मन पापले भतभत जल्या छ कि छैन,
कारखानाको टायर पनि थुतेरै बालियो, अनि फालियो के-के
शहिदले श्रापले पिरोलेर कसैको दाल गल्या छ कि छैन,
हेलम्बुको स्याउ नबिकेर कुहिएको देखियो, तर खाइयो के-के
निमुखाले सहन सक्ने रासनी भाउ आज चल्या छ कि छैन,
रगत खोली बग्यो तर मेलम्चिको पानी बगेन, तिर्खाले पीइयो के-के
आजकाल त सगरमाथामा नेपाली झन्डा पनि हल्ल्या छ कि छैन !
आज अखबारमा के-के पढियो, सुनियो के-के
तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन !!!
गोर्खा, हाल: बोस्टन, १६ डिसेम्बर ०८


कथा - डायरीका पानाहरु

कृष्ण प्रसाई

१३ अप्रील, १९८९

४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच दिनअघि मात्र मालसामान सहित गौरीशंकर हिमाल अरोहणको लागि वेदिङ्ग भन्ने सेर्पा गाउँबाट प्रस्थान गरेथ्यो । दिनहुँ बढ्दै गइरहेको भौगोलिक उचाइमा फेरिने सासले सधैँ प्रेरणा र उत्सुकता भर्ने गर्दा रहेछ । हिमाली यात्रामा भौतिक साधनको कठिनाई पर्ने हुनाले जीवन साध्न पनि कठिन हुँदो रहेछ भन्ने अनुभव म दिन प्रतिदिन सँगाल्दै आइरहेको छु । मानिसले संसारमा धेरै अचम्मका कुराहरु भोग्नुपर्दा रहेछ । जताततै हिउँको साम्राज्य पाल्ने सेतो संसार जीवनमा यसरी पहिलोपल्ट देख्दा मलाई स्वर्गको अनुभूति भैरहेको छ । झन् घाम ओर्लि सकेपछिको दृश्य त वर्णन गरेर साध्य नभएको स्वर्णिम र अद्धितीय हुँदो रहेछ । सुनको बिहान कसरी छेउकै पाथिभरा हिमालमा खस्ने गर्छ अहो ! त्यहाबाट देखिने पाँचवटा थुम्का भएका चुचै चुचा हिमालहरु कसरी आकाशै छेडुँला झैँ गरेर उभिएका छन् । साच्चै स्वर्ग मेरै छेउ उभिएको भान मलाई परिरहने गर्छ ।

अहिले मलाई घरको सम्झनाले क्याप्प घाँटी समाइरहेछ । निकेचिता अहिले के गर्दै होली उसले चिठ्ठी नलेखेको पनि महिना दिनभन्दा ज्यादा भैसक्यो । कति निष्ठुरी बन्न सकेकी ऊ ! आजभोलि अफिस त जाँदै होली । हिँड्ने बेलामा उसले अपहत्ते गरेर मलाई ठयाम्मै छोड्न मानेकी थिइन । सायोनारा भनेर एयरपोर्टबाट छुटिसकेपछि पनि मलाई उसले धेरै बेरसम्म हेरेकी थिई । हामी चढेको विमान तोक्यो नगरको स्वच्छ आकाश छेडेर पश्चिमतिर हुइँकिएपछि पुनः मैले मेरो जन्म भूमिलाई वायुयानको सानो सिसे झ्यालबाट हेरेको थिएँ । मलाई यस्तो लागेथ्यो अब त अन्तै कतैको संसारमा आफूलाई मृत्युसँगको लडाईमा होम्न हुइँक्याउँदैछु । मनभित्र असाध्यै कहाली छुटेर आएथ्यो । सहयात्री ओमकाइको गफमा आफूलाई भुलाउन खोज्दा पनि मनको औडाहा रोकिएन मन मडारिन छोडेर र जर्जर ज्यान बाउँठिन छोडेन । हवाइ अड्डा सम्म आएर आमाले पनि अत्यन्तै माया गरेर गालामा म्वाइँ खाँदै सफलताको कामना गर्नुभएको थियो । यस्तो मौका बहुत कम आमाका ज्यादै थोरै छोराहरुलाई मिल्ने गर्छ । सफल आरोहणपछि निकेचितालाई बुहारी बनाएर आमाको मन उज्यालो पार्ने उद्देश्यले नै मैले उनीसँग चार महिनाअघि नै इन्गेजमेन्ट गरिसकेको छु ।
घरबाट यता लाग्नुअघि हामी सबै सदस्यलाई आफ्ना-आफ्नै आफन्तहरुले एक प्रकारले सधैका लागि बिदा दिएझैँ गरी कुराहरु गरेका थिए । त्यति बेला मेरो मन असाध्य चिसो भएथ्यो । हुन पनि हामी माथि भनिएझैँ मृत्युसँगको यात्रामा निस्केका जस्तै थियौँ । हिमालको कठोर आरोहणलाई मृत्युसँगको युद्ध नभनेर के भन्ने त?।


१५ अपि्रल १९८४

जेसुकै होस् मैले आफ्नो कठोर यात्रा भोगेर यस ठाउँसम्म आइपुगेको छु । हिरोतासानले त हिजै बेसक्याम्म फर्किउँ भनेथ्यो । मैले कसै गरी मानिनँ । ५२०० मीटर अग्लाइको एडभान्स वेसक्याम्पबाटै असफल भएर ऊ तल फर्कियो । केही क्षणअघि म अल्पाइन स्टाइल कैम्प ६८०० मीटर अग्लो पहाडमा आइपुगेको छु । एडभान्स बेसक्याम्पबाट १६०० मीटर माथिल्लो यो चुचुरोमा आइपुग्दा म दुई पटकसम्म लडिसकेँ । सुजुकीसानले मलाई बडो ज्यानको जोखिम उठाएर उठाउनमा सहयोग गर्‍यो । बिचरा सारै सोझो मान्छे छ ऊ पनि ! मैले नै उसलाई पर्वत चढ्ने उसको सुषुप्त जिज्ञासामा साहस हालेर उसको मन उकासेको थिएँ ।

पर्वत चढ्ने काम सोच्दा र सुन्दा मात्र सजिलो र सस्तो लाग्दो रहेछ । तर होइन रहेछ यथार्थ ज्यादै कठोर र कटु हुँदो रहेछ । लेन्स क्यामेराले हेर्दा नजीकै देखिने चुचुराहरु पनि उक्लिँदै जाँदा अरु माथि माथि सरेझैँ लाग्दो रहेछ । मित्रताको महत्व त अझ विकसित रुपमा मैले यही हिमालय यात्रामा मात्र सोच्न सकेँ । मातृवत् ममता र हार्दिकताले ठाउँ छोड्ने वित्तिकै जीवन कसरी अपूर्ण हुन्छ त्यो हिमाल चढेर पीटन रोप सिटी र कैँचीको सहयोग लिएर अटुट रुपमा माथि उक्लनेलाई मात्र थाहा हुन्छ । एकले अर्कोलाई तान्ने एकले अर्कोलाई उकास्ने र दुवैले दुवैलाई अटुट अनन्त र अविस्मरणीय सहयोगको विकसित स्थान नै हिमालय हुँदो रहेछ । महानता भएन भने मानवता भएन भने र ममता भएन भने मान्छे नै मृत्युको मुखमा परिदो रहेछ भन्ने वाक्य पहाडले जहिले पनि बोल्न सक्ने रहेछ । हिमालले जहिँतहीँ बक्दो रहेछ ।

१६ अपि्रल १९८४

केही क्षणअघि सुजुकीसानले र मैले तात्तातो कफी पियौँ । त्यसपछि शरीरलाई तातो प्रदान गर्ने चक्कीहरु सेवन गर्यौ। हाम्रो विदेशी रक्सीलाई हिमालको चिसोले हंश नै कोपरिदिदो रहेछ । त्यसले कुनै न्यानोपनाको स्वाद नै शरीरलाई चखाएन । चक्कीहरुको सेवन बरु प्रभावकारी लाग्दो रहेछ हिमालमा । यहाँसम्म आइपुग्दा हामीले धेरै पटक तलतिर हाम्रो शक्तिशाली दुर्बीनले हेर्दा हाम्रा दलका झैँ लाग्ने र अन्दाज मात्र गर्न सकिने एक जोडी छाँयाहरु कहिले पीटन भसाउँदै र कहिले रोप समाउँदै गरेका देखिन्थे । यस्तो लाग्थ्यो उनीहरु बडो सुस्तरी कछुवाचालले हामी भएतिर उक्लिरहेका छन् । हिजोभन्दा आजको यात्रा अझ कठिन थियो । हिमपातले गर्दा यात्रालाई अझ कठिन पार् यो । निकेचिताका बुबाले सत्तरी वर्षको उमेरमा हाम्रो सर्वाेच्च शिखर फुजीसान चढेर सफलता पाएको अहिले दन्त्यकथा झैँ लागिसकेको छ । कठोरताको पराकाष्ट टेकेको कुरा त हुनेवाला ससुराले पनि भनेकै हुन् । फुजीसानभन्दा धेरै अग्लो यो हिमाल यात्राको लागि प्रस्थान गर्दा घर फर्किन सक्छु कि सक्दिन भनेर मैले धेरै पटक गाढा तरीकाले मेरो स्थानीयतालाई हेरिसकेको थिएँ । जीवनमा थोरै पटक मात्र मैले त्यसरी कुनै वस्तुमा आँखा फ्याँक्ने गरेको छु । मृत्यु र जीवनको दोसाँधमा आफ्नो हंश लिएर बास बस्दा हिजो हाम्रै छेउ कसरी हिउँले भरिएको ढिस्को खसेथ्यो ! हिजोको कुरा सम्झँदा सम्म पनि मन सिरिङ्ग हुन्छ । त्यति बेला सधैँ आफूलाई नास्तिक हुँ भनेर तर्क दिने सुजुकीसानले पनि ईश्वरको नाउँ जप्दा मलाई समेत अचम्म र डर दुवै एकै पटक लागेथ्यो । अज्ञानताभन्दा ठूलो ज्ञान अरु केही हुँदो रहेनछ । मैले यही सिकेँ । नजान्नु नबुझ्नु र थाहा नपाउनु आनन्दको पर्यायवाची नाम रहेछ । दिमाग दिन प्रतिदिन अनुभवहरुको भण्डार भैरहेको छ ।


१७ अपि्रल १९८४

आजभोलि मेरो सोचाइ एकदमै अनौठो हुन लागेको छ । सायद वातावरण परिवर्तन भएर यसो हुन सक्छ । हुन पनि मैले यस्तो कठोरताको अनुभव बोकेर जोखिमको सामना अब बोक्नुपर्ने पनि छैन होला । उँभो हेर्दा जतिसुकै भिरालो र अपुठ्यारो लागोस् तर मैले हिउँका सन्ततिहरुसँग घोलिने मौका पाएर समस्त कठोरतालाई नै दिन-दिनै पचाउँदैछु । भनौँ चिसोको साम्राज्य र सेता हिमालयहरु मेरो डायरीका दैनिकी अंशहरु बनिसकेका छन् । हो पहाड जति स्वच्छ सफा र सेतो छ त्यति नै संत्रासपूर्ण भयावह र कहालीलाग्दो पनि छ । प्रत्येक दिनका कमेरा प्रत्येक पाइलाहरु यस भूमिका लागि नौला र नटेकेका छन् । सिरेटो र स्याँठहरुसँग जुझ्न सक्ने मन कम साहसिलो छैन । साहसको कुरा गर्दा मलाई अहिले ती भरियाहरुको याद आइरहेछ । आँट हिम्मत र जोसको खोलो बगाएर पेशालाई नै साहसमा अनुवाद गर्ने ती शेर्पा भरियाहरु कम महान छैनन् । नजिकको देउता हेला भएझै तिनीहरुलाई यी हिमशिखरहरुको महत्वसँग कुनै सरोकार नै छैन । अति नै निर्दोष र निश्चल छन् तिनीहरु । सरदार भनाउँदा शेर्पा केही चलाख देखिए पनि उनको पापरहित मनको चिनारी मातेको बेलामा थाहा पाउन सकिन्छ । यस्तो लाग्छ पहाडी जातिलाई प्रकृतिले नै आफ्नो समस्त स्वभाविक गुण छरेर अरु मान्छे भन्दा बढी प्राकृतिक बनाएको हुन्छ । पहाडको चिसो जलवायुले नै उनीहरुलाई इमान्दारिताको निष्कपटताको र निष्कलंकताको जुहार पहिराइदिन्छ ।

त्यसमा पनि हाम्रा सरकारी लिजेन्ट अधिकृत झन् मजाका मान्छे छन् । सम्भाव्यतः उनलाई पनि पहाडले नै निकालेको हुनुपर्छ । त्यस्ता अधिकृत बहुत कम पर्वतारोहीले मात्र आफ्नो यात्रामा पाउन सक्छन् भन्ने मलाई लाग्छ । बेसक्याम्पमा उनलाई छोडिराखेर हामी पर्वतारोही दलका सबै सदस्यहरु उँभो लाग्दा उनी हामीले दिएको अतिशक्तिशाली दूरवीनले धेरै टाढासम्म हामीलाई हेरिरहेका थिए । हाम्रो यात्रामा उनी समेत अत्यन्तै चिन्तित देखिएर सफलताको कामना गरेका थिए ।

हाम्रो सफलताको कामना गर्दै शेर्पा सरदारले शकुनको प्रतिक भनेर सुनपातीको कलिलो हाँगो र धुपीको पात दिएको थियो । आगोमा मासु नपोल्ने शेर्पा सम्प्रदायका सबै सदस्यहरु काटमारको काममा झन् सतर्क हुँदारहेछन् । यसो गर्न अधर्म ठान्ने उनीहरु रुख विरुवा समेत काट्यो भने पाप सम्झिँदा रहेछन् । सुनपातीको कलिलो हाँगो हामीलाई दिने बित्तिकै भाँच्चिएको देखेर ठूलो अपशकून हुन्छ कि भनेर डराएको सरदार शेर्पाले जिब्रो निकालेर अँध्यारो अनुहार लगाएको थियो । तर हामीहरु कसैलाई यस्ता घटनाले छोएर मन बिगारेको मैले देखिनँ ।

जेहोस् आफ्ना् सम्पूर्ण साहस बटुलेर म यति माथि सास फेर्न सफल भैरहेको छु । अहिले म आफूलाई नितान्त एक्लो पाइरहेको छु । एकनासले तेसर्िएर रहेका यी हिमका मरुभूमिहरुले कसरी निष्ठुरी सिरेटो बगाइरहेका छन् । यस्तो लाग्छ यी ठिही लाग्ने पिण्डहरुले मान्छेलाई सास्ती सिवाय केही बाँड्न सकेका छैनन् । दुःख भोग्न र अफ्ठ्याराहरुसँग खेल्ने शोख भएका मानव अस्थिराजरहरु मात्र यस्ता निर्दयी पर्खालहरुमा पाइला राख्न रुचाउँछन् । अथवा सुखहरुले मात्तिएका भौतिक व्यसनीहरु मात्र दुःखको अनुभव लिन यस्ता उचाइलाई ताक्छन् ।


१९ अपि्रल १९८४ साँझ

प्रीय! निकेचिता आज त तिम्रो जन्मदिन हो । भौगोलिक दूरीले हामी कति टाढा र कति अल्गाइ होचाइमा छौँ । आजको जस्तै पोहोर त्यही जन्मदिन होइन जसलाई हामीले कसरी आफ्नै अँगालोमा थामेर न्यानो स्याम्पेयन र ह्वीस्कीको साँझमा बाँधेथ्यौँ । तिम्रो जन्मदिनले चखाएको केकको स्वाद अझैसम्म पनि मेरो जिब्रामा रुमलिइरहेको छ । आज म तिनै न्याना र गुलिया स्वादहरुको सम्झना गरेर यो हिउँको साम्राज्यबाट तिमीलाई सम्झँदैछु । तिमीलाई यो हिउँको गाउँमा बसेर भावनाको घर पठाइरहेँछु ।

आज बिहान त झन् तिम्रो सम्झनाले हुनसम्म मर्माहत भएँ । बिछोडपछि प्रतीक्षाको मर्म थाम्न तिमीलाइ पनि सारै गाह्रो परेको होला । मायाको महत्व मिलनमा भन्दा ज्यादा प्रतीक्षामा हुन्छ भनेर हिँड्ने बेलामा तिमीले भनेको कुरा बिहानैभरि सम्झेँ । झझल्काले यति सारो समायो जुन भनेर साध्य छैन । बिहानैदेखि तिम्रा हाउभाउहरु मलाई गिज्याउन आइरहेछन् । तिम्रो कसम खाएर भन्न सक्छु मेरा प्वाँखहरु हुन्थे भने आजै उडेर तिमीसामु आउने थिएँ । माया कस्तो हुँदो रहेछ भन्ने कुरा मैले यहीँ आएर महसुस गरेँ । मायाको समवेदना नाप्ने यन्त्रको आविष्कार यदि भएको भए यसको उच्चतम उदाहरण म तिमीलाई देखाइदिने थिएँ ।
बाइसौँ वसन्तलाई बिदा दिनुअघि तिमीले फुकेर निभाएका बत्तीहरु आज मैले हेर्न नपाएकोमा म अहिले दुःखी भएको छु । आज दिनभर यो उचाइमा हावा चल्यो । यहाँ हुँइँकिने हावाले साना साना हिउँका डल्लाहरुलाई नै उडाउने गर्दोरहेछ । दिनभर पालमा बसेर बिताउनुपर् यो । केही क्षणअघि मैले हाम्रो ओसाके पिएँ । यस्तो लाग्यो मैले तिमीसहित तिम्रो जन्मदिनलाई नै पिएँ । हो ओसाके निकै पिएछु क्यार त्यसैले अझै मात लागिरहेको छ । हुन त रक्सी पिउनु एक किसिमले आदत होइन अनिवार्य भैसकेको छ । नपिएर पनि गुज्रान चल्दैन यस ठाउँमा । जाडोलाई आफ्नो शरीर पिउन दिनुभन्दा लखेटेर भगाउनु नै निको सम्झिने गरिन्छ यहाँ ।
हो, आज सारै सुख्खा र खल्लो भएर दिन बित्यो । मनभित्र पीडाका पीरामीड चुलिएको छ । मैले यस पल्ट केही दिन सकिनँ तिमीलाई । तिमीलाई मन पर्ने मेरा आँखाहरु आँखीभौँहरु र मेरा हातका औँलाहरु तिमीबाट छुट्टिएर मसँगै आएका छन् जसलाई म तिमीसामु पठाउन सकिरहेको छैन । न त पोहोरको भन्दा एउटा म्वाइँ ज्यादा खाएर तिमीलाई तेइसौँ वर्षमा प्रवेश गराउन नै सकेँ । यसमा सहस्र क्षमा गर निकेचिता । त्यता आएपछि मेरा डायरीका अंशहरु सबै तिमीलाई नै सुम्पने छु ।

अन्त्यमा तिम्रो जन्मदिनमा तिम्रो स्वास्थ्य र दीर्घायुको कामना गर्दछु
- तिम्रै साकाइ
----------------------------------------
माथि उद्धृत डायरीका अंशहरु मैले फेरि आज पनि पढेँ । यसअघि दुई वर्षपूर्व मैले यिनै शब्दहरुले भरिएको फोटोकपी एकउटा डायरीबाट गराएर हेरेको थिएँ । २३१४५ फीट अग्लो गौरीशंकर हिमाल आरोहण गर्न गएको जापानी दलको सकि्रय सदस्य साकाईसानलाई दुई दिन सम्म के खोजतलास पछि २२०० फीट अग्लाई भएको हिउँको पहाडी कापमा उसको शव भेट्टाएर उक्त दलकै दुई सदस्य सुजुकीसान र टोकासीसानले रुँदै ल्याएर सरकारी लिजेन्ट अधिकृतको नाताले बेसक्याम्प स्थित मलाई सुम्पेका थिए । हिउँको पहाडबाट अचानक चिप्लिएर तल खस्ता उसको टाउको र छातीलाई असाधारण चोट लागेका कुरा हेलिप्याडबाट अस्पतालमा झिकाएपछि डाक्टरी रिपोर्टबाट पत्ता लागेको थियो ।

मृत्युपछि पनि हिमालय झैँ स्वच्छ र चम्किलो अनुहार बोकेको साकाईसानको लाशलाई जापान चलान गरिएको भोलिपल्ट हामीले निकेचिताको पत्र पाएका थियौँ । उनका पत्रबीचका अंशहरुलाई फेरि पनि दोहोर्‍याउने साहस ममा नभएकोले क्षमा गर्नुहोस् । चिठ्ठीको अन्त्यमा भने यति लेखिएको थियो।



December 18, 2008

कबिता - ''श्रद्धान्जली शिवलाइ'

आचार्य प्रभा
हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद ---
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ---,
तर ---कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /
(अमेरिका) (प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित)


कथा- आँफै ले किनेको दोसल्ला

शेखर ढुङेल
आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने क्रम भखर सुरु भएको छ।

सम्मानित हुने ब्यक्तित्वो आठ कक्षा पास् हुन। उनका सहपठि सँखर जो प्रद्ध्यपक छन । दर्शक दिर्घ मा पाहुना बनी तमासा हेर्न आइ पुगेका छन। २० बर्ष अघी पढ्दा पढ्दै स्कुल छोडेका रवी र प्रद्ध्यापक सँखर बिच बेला बेलामा भेट भये पनि दुब्ले फुस्रे प्राध्यापक रवी को लागि चिन्न आबस्यक ब्यक्ती थिएनन। प्राध्यापक शंकर को सहपाठि सित को भेत्घाट, कुर कानी मा पुराना साथी भाईको बारेमा कुरा हुँदा केही बर्ष पहिले रविले आफ्नी श्रीमती लाई माइती बाट पैसा नलेराएको भन्दै झुन्डाएर मारेको थियो रे, कृष्णले थपेको थियो हो मैले पनि रविको क्षिमेकिको मुख्बाट सुनेको दिल्लीमा एक धनादय ब्यापारीको एक्ली छोरी सित आफुलाई डाक्टर भनी झुक्याइ विवाह गरेका रहेछन। श्रीमतीकै सम्पत्तिमा काठमाडौंमा करोडौको घर जग्गा जोदेका थिएरे।

प्राध्यापक शंकर गम्दै थिए मानिसको भाग्य को निर्माण बारेमा- खोइ भाग्य बनाउन्छु भनी दु:ख गरी पढियो जागिरको कमाइले बच्चाको पढाई र घर खर्च धान्ने गर्हो छ। धन्न बाजेको पालाका जग्गा जमिन थियो र बाँच्न सकिएको छ। भाग्यकै कुरा होला लक्ष्मी को बास कहिले कता कहिले कता। शनिबारको दिन थियो फूर्सधि प्राध्यापक शंकर समय भन्दा केही अगाडि नै कार्यक्रम अैपुगेका थिए। उनी सँगइ एक मानिस आएर उभिये। प्राध्यापक सित उनी आँफैले परिचय दिए- एक आपसमा गफ गर्न थालए- एक प्रहरी अधिक्रित र प्राध्यापक एक अर्कालाई सम्मान गर्दै सम्सामहिक बिषयमा गफ गर्न थालए- गफै गफमा प्रहरी अधिक्रित ले जिज्ञासा राखे - होइन शंकर सर ई सम्मान्ती हुने ब्यक्ती रवी थापाजी लाई चिन्नु हुन्छ? प्राध्यापक शंकर ले जवाफ दिए- उनी मसँग आठ क्लास सम्मा संगै पढेका हुन। म चिन्छु तर उनले म् अलाई चीन्न चाहेका छैनन। शहर पसेका थिए खोइ के के गरे, मन्त्री, नेता ,ठुला ठुला धनाधय का आसाका केन्द्सो बनेका छन रे- के गर्दैछन त्यो भने चेउ पाएको छैन। टोल सुधार समितिले निमन्त्रणा पठाएकोले आएको हुँ।

कार्यक्रम हुने हलमा आगन्तुकहरुको जमाघाट बाम्लिदै थियो-प्राध्यापक र प्रहरी अधिक्रित कानमुख नजिक गर्दै- रविका बारेमा जिज्ञासायुक्त भावमा कुरा अगाडि बदाउदै थिए, त्यसइ बिच सम्मानित हुन गैराखेका रबी अनी प्रहरी अधिक्रितले केही बर्ष अगाधी अनुसन्धान गरी मुद्दा दायर् गरेका अभियुक्त रवी एउटै हुन कि अर्कै स्पस्ट हुन प्राध्यापक शंकरलाई उन्का अभियुक्त रबिको बारेमा बताउने थालिए।

रवी थापाले मैतिदेवीकी एक बच्चाकी आमा बिधवा सित विवाह गरेका रहेछन- केही बर्ष पछी रबिले झुक्काएर श्रीमतीको नाममा भएको करोदौको सम्पत्ती आफ्नोओ नाममा बनाइ सकेपछी छोड्पत्र गरेका थिए। श्रीमतीले बेसहरा बनी सम्पत्ती फिर्ता पाउन मुद्दा हालेकी थिन। मुद्दको तहकिकात उन्ले गरेका थिएरे तर मुद्दा अदालत पुर्याई न्याय दिलौनुको साटो एक सक्ती साली नेताको दबाबमा रवीबाट श्रीमतीको लागि केही रकम तिर्न लगाइ, मुद्दा डिस्मिस्स बनैएको थियो रे के गर्नु सर मैले चाहेर पनि ति पीडित महिला को पक्षमा न्याय दिलाउन सकिन, त्यतिके भन्दै थिए हुल्मा तरर तालिको गुन्जायमान भयो, हल भित्र सम्मनित हुने ब्यक्ती रवी थापा प्रमुख अतिथी बरिस्थ नेताको आगमन भएको रहेछ। दुर्क्षात्र खटिएका प्रहरी अधिक्रित उठ्न लाग्दा प्राध्यापक शंकरले उन्को हात समतेर सोधे सर ई रवी र ति रबी एकै हुन्की अरुनै ? अधिक्रित्ले कानमा खुसुक्क भने हो सर उनिनै हुन अरु कुर नगरौ भन्दै मंच तर्फ बढे । प्राध्यापक शंकर को दिमाग मा रबी धनी बनेको रहस्य को पर्दा उतारिदै थियो ।कार्यक्रम सुरु भयो नेताले करिब घण्टा लगाएर बतासे बिकास का कुरा अनी सम्मानित हुने रबी को समाज सेवा का बारेमा निक्कै चर्चा गरे ,उन्को भाषाड सकिए पछी आयोजक का तर्फ बाट रबी लाइ दोसल्ला र कदर पत्र दीइयो सब ले ताली पिटे । आयोजक मध्य का एक सदस्य र पार्टि को ठेक्का पाएको कम्पनी को मेनेजर बिच को सम्बाद प्राध्यापक को कन मा ठोकियो ।यो पार्टि को खर्च को बिल कस्को नाम मा लेखोउ ?आयोजक सदस्य ले जवाफ दिए चिन्ता गर्नु पर्दैन कार्यक्रम सकिए पछी हाम्रो रबी जि ले दिनु हुन्छ ।

कार्यक्रम सकियो ।नेता फर्किए । सम्मानित ब्यक्तिव रबी सित हात मिलाएर । रबी मक्ख पर्दै आयोजक हरु सित हात मिलाउदै थिए टाढा बाट एउटा आबाज आयो ए रबी भन्दै प्राध्यापक को कान आबाज तिर र आँखा रबी तिर मोडियो । रबी हत्तार हत्तार गर्दै भिड बाट निस्किए कालो शिसा भएको पाजेरो मा बसे र एक्कै झड्का मा गाडी स्टार्ट गरी हुत्तीए । प्राध्यापक जिज्ञासा पूर्ण तरिकाले हेरी राखेका थिए । सम्योगबस ति अधबैसे महिला सुक्क सुक्क गर्दै प्राध्यापक को नगिज बाट अगाडि बड्दै थिन शंकर जिज्ञासा नराखी बस्न सकेनन । उन्ले सोधे बहिनी रबी जि लाई कसरी चिन्नु हुन्छ ?किन खोज्नु भएको वहाँ लाई ?ती अर्ध मुर्छित महिला ले एक्कै साँस मा बताइन् ,एक दिन एउटा आफन्त को घरमा भएको भोज को बेला उनी सित भेट भएको थियो कुरै कुरा मा रबी ले आफु जापान को ब्यापारि भएको र बिहे गर्ने बिचार ले हाल नेपाल मा आएको भन्यो । मैले पनि कलिलै उमेर मा विवाह भएको ,बिबाह भएको केही दिन पछी नै गाडी दुर्घतनामा श्री मान को मृत्‍यु भएको हुँदा सम्पूर्ण कुरो भएर पनि समाज मा जीवन बिताउन गार्हो भएको छ भनी दुखेसो पोख्दा उस्ले नै विवाह गर्ने प्रस्ताब् राख्यो केही दिन को भेटघाट र कुरा कानी पछी विवाह गर्‍योउ । अर्को महिना जापान बाट फर्केर आइ मलाई भन्यो हेर मेरो जापान को ब्यापार बिग्रियो हेर्ने मान्छे पनि भएन तिम्रो नाम को घर जग्गा बेच्नु पर्‍यो तिमी पनि म संगै जापान जाने अब । होला तनी भनी सबै बेची पैसा उस्लाई दिए ।पैसा लिए पछी एउटा सानो कोठा भाडा मा लिएर मलाई त्यहा छोडि बेपत्ता भएको थियो ।प्रहरी प्रशासन धाए प्रमाण लेउ अनी कारबाही हुन्छ भन्छन ।मा सित कुनै प्रमाण छैन ।मा आज सडक मा बेस्या बनेर बाँचेको छु यस्ले मलाइ बर्बाद बनयो।त्यस्ता लाई तपाईं हरु समाज सेवी भनी दोसल्ला ओडाई राख्नु भएको छ ।

प्राध्यापक को आँखा रसायो ।सहयोग गर्ने बिचार ले एक छिन् अगाडि भेटेको प्रहरी अधिक्रित लाई खोज्न आँखा घुमाए पात्लिदै गएको भिड्मा उन्लाई देखेनन ।निरास मन ले शान्त हुन एक दिन भगवान ले न्याय दिनेछन भन्ने आस्वासन् दिदै प्राध्यापक घर तिर लगे बाटा मा सोच्दै थिए आँफैले किनेको दोसल्ला ओड्न यत्रो मन्च र नाटक खडा गर्नु पर्ने वा क्या जमाना आयो.


श्रद्धान्जली वरिष्ट साहित्यकार रमेश बिकल ज्यु मा।

हस्त गौतम मृदुल

स्तब्ध पारी संधैका लागी छोडेर गैदियौ।
सपनीमा पनि नभेटने गरी पराइ भैदियौ।

क्षेणिक रैछ जीवन चोला पानीको फोका झै।
चटक्कै छोडी अनयासै गयौ हावाको झोका झैं।

भौतिक शरीर अचानक कठै धुवामा बिलायो।
बिधिको बिधान यस्तै नै रैछ आफैमा मिलायो।

सु न्य नै पारी शोकमा डु बाइ छोडेर गैदियौ।
जीवनमा कैलै नभेटने गरी बिरानो भैदियौ।

शोकाकुल भै श्रृद्धाणजली श्रद्धाले चढाउदा।
भाबुक छ यो दू खी मन संधालाइ गु माउदा।

अमर छ सृष्टाको नाम मर्दैन नी योगदान।
प्रेरणाको स्रोत ठानी गाउने छौ जय गान।

रिक्तता कैलै नभरिने गरी छोडेर गैदियौ।
दर्शण कैलै नपाउने गरी दूर्लभ भैदियौ।



एक छिन हासौंन - ६

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

मैले छोराछोरिहरुको बिषयमा अगाडि कुरा बडाएकी थिए त र यस्को अर्थ यो होइन कि उमेर पुगेका हरु बाट चाँही हाम्रो नेपाली समाजमा आमा बाबुप्रती त्यस्तो अभद्र ब्यवहाँर नहोला। यहाँ त्यस्तो चाँही ५ देखी १० बर्ष सम्म पुगेका र उनिहरुका साथीहरु पनि यहीकै भएका हरुले आमा बाबुलाई त्यस्तो ब्यवहाँर गर्न सक्छन। शायद यहाँको रहन सहन अनुशरणको कारणले पनि होला त्यसैले हर बाबु,आमाले आफ्ना छोरा,छोरिहरुलाई आफ्नो भाषा र सँस्क्रीतिप्रति चाँही सचेत गराउन नै आवश्यक हुन्छ। नत्र त्यस्मा बच्चाहरुको पनि के नै दोष हुन्छ र ?
उनिहरुले त जस्तो परिवेश पायो त्यस्तैको त अनुसरण गर्ने हुन नि। आमा बाबुले पनि उनिहरुलाई त्यस्तै छत्रछाया दिनुपर्छ। काम र दाम मात्र हेरेर पनि हुन्न हुनत आवश्यकता र अभावको कारण पनि आमा,बाबुले परिस्थिती अनुसार चल्न पनि पर्छ नत्र यहाँको खर्च र काम बराबर नै हुन्छ ता पनि धेरै चाँही कामलाई मात्र पनि प्राथमिकता दिने पनि पाइन्छ। यसैले आफ्नो संसकारमा बच्चाहरुलाई ढाल्ने हो वा उनिहरुप्रती भविश्यको सुनौलो कल्पना पाल्ने हो भने आफ्ना छोरा,छोरिहरुलाई आफ्नै संस्कारमा हुर्काउन जरुरी छ नकी पछी पश्चताप गर्न नपरोस। अँ मैले यहाँको संस्कारमा कुकुर, बिरालोलाई माया गर्छन् र च्यापेर हिड्छन भन्ने कुरा समेत् उठाएकी थिए। हुन पनि हो कत्तिले मैले त्यसै गरेको देखेकी छु। आफुले जन्माएको बच्चालाई भन्दा आगर गरेर कुकुर बिरालोलाई चाटेर राखेको पनि देख्न पाइन्छ। मसँग त्यस्ता देखेका घट्नाहरु धेरै छन। जस्तै हामी एक दिन ठीक १० बजे रेस्टुराँ तर्फ आफ्नो कारमा गैरहेका थियौ। ठीक्क रेड लाइट भएको ठाउँमा सबलाई गाडी रोक्न कर लाग्यो। हामी देखी ठीक्क साइडमा यौटा कारमा अगाडि सिटमा यौटा गजबको कुकुर मान्छे झै ठाट्टिएर बसेको थियो। त्यो कुकुरलाई संगै बसेकी महिलाले सुम्सुम्याइ रहेकी थिइन। मानौ त्यो कुकुर पनि यौटा गजक्क परेको मान्छे झै लाग्दथ्यो। भनौ नै भने उस्तै अभिमानी मान्छे समान थियो। हामी त्यो कुकुरलाई देखेर दंग पर्यौ कारण ऊ पनि मान्छे झै सिग्नल पर्खेर बसे झै गरिरहेको थियो। अब सोचौ न हाम्रो समाज मा भने मान्छेलाई कारमा बस्न पूर्पुरोमा नै लेखेर आएको हुनु पर्छ। यहाँ भने कुकुरको त्यस्तो ठांट। अनी यिनिहरुलाई छोरा,छोरिको भन्दा जनावर प्रती नै माया र मोह कर्तब्य छ भन्ने बुझिदैन त ? हुन त आ -आफ्नो संस्कार रितीरिवाज हो यस्मा हामीले टाउको दुखाउन पर्ने त खास केही छैन मात्र यो पनि मेरो अनुभुतीभित्र परेर यहाँहरुलाई पोख्न खोजेकी हुँ। शायद यस्तै मायाको कारणले पनि होला कुकुर पनि मान्छे भन्दा इमान्दार भएर मालिकको सेवा गरेको मेरो अनुभव पनि म अर्को अंकमा समावेश गर्नेछु।
क्रमश:



क्रमभंग

(१. वसन्त गौतमजीको ब्लग र वहांबाट साझामा पोष्ट गरिएको यो सान्दर्भिक, मार्मिक र राम्रो व्यंग्य कविता यहा राखेको छु, वहांको ब्लगको लिंक दौतरीका सहयोगी ब्लगमा छ, २ नं को छोटो कविता राहुलभाइद्वारा लेखिएको हो र ३ नंको कविता शिवजीको हो । सबै साझाबाट लिइएको हो लेखकका अनुसार कपिराइट खुला छ रे!)

१.
कमरेडले गाईलाई गधा,
बाघलाई जरायो ,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो !

जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

२.

१० मारेको लाई १० पास,
१२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास
कामरेड औठा छाप दङ्ग पर्नु भयो ,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।

३.
प्रधानमन्त्री बनेर संसारै घुम्नु भो
मोज पनि गर्नु भो
क्रान्तिकारी हो कि प्रधानमन्त्री हो झुकिन्छु भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

कैले स्वतन्त्र गणतन्त्रको
कैले एक तान्त्रिक कम्युनिष्ट शासन को नारा दिनु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

कैले YCL को सैनिक संरचना भङ गर्ने भन्नु भो
कैले यो त पार्टी को आवश्यक अंग हो भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!

लुटेको सम्पत्ति फिर्ता गर्छु भन्नु भो
लुटेको सम्पत्ति सजिलै फिर्ता गर्न सकिदैन पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

सर्बोचै पदमा बसेर बिरोध भो भन्नु भो
जनता समछ बसेर जनता समक्ष जान्छु पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!

अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्साएर चुस्नु भो कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

राजा ले झैं वहाँले पनि बन्दुक तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सियए कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुराको कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

स्वतन्त्र अर्थतन्त्रको नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

सहकार्य नभयए हामीलाई भगवानले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धम्की र हत्या आम् भयो
उन्नतीको नाममा जे गरे पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी बाहेक सबै देशका दुश्मन हुन भन्नु भो
हामीलाई अर्को राष्ट्रले नै ट्रैनिङ्, सहयोग तथा संरक्षण दिए भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हाम्रो बिचारका बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!


December 17, 2008

कायरता किन बनि दियौं

बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)


परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौं
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौं
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौं
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ॥
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौं
नयाँ सृजना त कता हो कता, भएका पनि भत्काई दियौ
त्रास र भयको वातावरण बनाएर जनतालाई दु ख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ॥ ॥
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राको आवाज सरि गर्जिएका थियौं
बन्दुकको तसा्रईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ॥ ॥
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौं
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौं
आफुसँग भएको वनवासी तपस्याको आट साहास कता गुमाई दियौं
अत्तालिएर सत्ता नै छाडि दिन्छु भनि कायर लाचारी किन देखाई दियौं ॥ ॥
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥ ॥



सहमति !

शिव प्रकाश

सहमति !
सहमतिका लागि
सहमतिबाट सहमति शुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।
सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो !
सहमति !
सरकार बनाउन चाहिन्छ
सरकार चलाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।
सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
वेश्या-वेश्याबीच हुन्छ
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।
सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।
चलेको छ -
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पूर्ण सहमतिमा !

(हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका)




December 16, 2008

यता उताबाट

चिकन सेन्टर कि हट बाथ सेन्टर !

क्यलिफोर्नियाको केन्टकी चिकन सेन्टरमा काम गर्ने दुई युवतीहरुले किचनको सिङ्कमा “हट बाथ” गरेर त्यसको फोटो इन्टरनेटमा “माइस्पेस” मा राखिदिएछन र लोकल पत्रिका मार्फत बोसलाई सो कुराको जानाकारी भएपछि उनिहरुलाइ के एफ सीबाट निकालिएछ ।

लिटल बम्जन पछि नेपालमा राम सीताको अवतार

बाराको “राम कहानी” पछि मोरङको बराहक्षेत्रमा एक युगल जोडीले आंफुलाई राम र सीताको अवतार बताउंदै जंगलमा ध्यान गरेर बसेका छन रे । टाइम्स अफ इन्डियाका अनुसार सुनसरीका राम घिसिङ र उदयपुरकी सृजना राइ (मानविकीमा स्नातक) १४ महीनासम्मको तपस्या र बनबासको लागि उनीहरु त्यसो गर्दैछन रे । बच्चा देखि नै अध्यात्मिक रुची भएका दुवैजनामा पहिले सृजनाले तपस्या शुरु गरेकी र पछि रामले साथ दिएका हुन रे । अहिले भक्तजनले बनाइदिएको कुटीमा राम सीताको वास छ रे ।
धन्य छ हाम्रो देश अझै पनि भगवानको अवतार र हजारौं भक्तजनहरुको कुनै कमी छैन ।

बुश माथि जुत्ता प्रहार गर्ने पत्रकारको हालत

इराक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बुशलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार मुन्ताजर जैदीलाई सुरक्षा बलले निर्मम तरीकाले कुटपिट गरी करङ र पाखुराको हाडहरु भांचिदिएका छन् । सुरक्षा बलले तत्कालै लडाएर घिसार्दै लग्दा कार्पेटमा रगतको दागको लर्को देखिएको भन्ने कुरा त्यति नै बेला बाहिर आइसकेको थियो । सी एन एन हेर्दा हेर्दैको तत्कालिक दृश्यमा पनि "अमेरिकी मोडलको इराकी प्रजातन्त्रमा" मानवधिकारको हविगत कस्तो होला र ती पत्रकारलाई कस्तो व्यवहार गरिएला भन्ने कौतुहलता त्यतिबेलै मनमा जागेको थियो ।

बुशले मन्द मुस्कान साथ जुत्ताको साइज बताउंदै त्यस्तो घटनालाई सामान्य देखाउन थपथाप कुरा गरे पनि हस्ताक्षर गर्ने बेलामा उनको मुहारमा प्रष्ट रुपमा त्यो घटनाको "फेसियल एक्सप्रेसन“ देख्न सकिन्थ्यो । मानवअधिकारको रक्षा गर्न केहि वर्ष अगाडि इराक पसेका बुशले अब त्यो पत्रकारको रक्षा कसरी गर्लान र मालिक रिझाउन इराकी लठैतहरुले उनका कतिवटासम्म करङ भाच्लान हेर्न बांकी छ ।

तर लेवनानी टेलिभिजन एन टी भीले भने उनलाई पहिलो जुत्ता प्रहार गरेको क्षण देखि आफ्नो संस्थामा नियुक्त गरेको र उनको सम्पुर्ण कानुनी खर्च बेहोरिदिने घोषणा गरेको छ ।



गजल - घुस र अख्तियार

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )


घरै जान्न म जहिलेपनि श्रीमतिको गनगनी
बोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी

मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्त
चुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।

दिन दिनै गन्ने दाम कहा पाउछ तिमीले
मन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।

खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथी
बोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।

अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनि
दिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।

अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछ
घुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।

भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुन
तर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।


(सुमनभित्रको सुधा गजल सँग्रहबाट साभार)



एक छिन हासौंन - ५

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

अब यस्ता भोगिएका र देखिएका धेरै कुराहरु हुन्छन। कत्ती त पोख्न मन लागेर पनि पोख्न सकिन्न। कत्ती चाँही भन्न नमिल्ने अर्थात अपाच्य पनि हुन्छन।

अब म यस्तै अर्को भोगाइको प्रसँग बद्लौ है त?भनौ न आफ्न छोरा छोरी अर्थात केटाकेटिको बारेमा कुरा गर्ने हो भने यहाँको अनुभव र हाम्रो देश समाजको भोगाइमा पनि भिन्न्ता पाइयो । हुन त यहाँ कानुन र नियम अधिकारलाई शिरोपर गर्ने देश हो। यहाँका मान्छेहरु कानुन बिपरित चल्न चाहदैनन। नियम कानुन मिच्न चाहदैनन तर हाम्रो भने कानुन र नियम कागजमा मात्र सिमित हुन्छ। नियम बिपरित गइयो भने पनि त्यस्लाई मल्हम लगाउने ओखती छदैछ। अनी के चाहियो र ? जस्ले जे गरेपनी ?भन्नु को तात्पर्य के हो भने यहाँ बाल अधिकार पनि प्रष्ट छ। जस्तै भनु न बार्ह बर्ष मुनिका बच्चाहरुलाई आमा बाबुले एक्लै छाड्न पाइन्न । कुट्न,पिट्न त परै जाओस ठुलो स्वरले कराउन पनि पाइन्न। अब यो राम्रो भनु वा नराम्रो ?हाम्रो मानसिकता के छ भने बच्चाहरुलाई धेरै छुट दिनु हुन्न। बेलै देखी अर्जाप्नु पर्छ नत्र पछी कामनलाग्ने छाडा हुन्छन,अटेर हुन्छन,बाबुआमालाई नटेर्ने हुन्छन इत्यादी हो पनि हाम्रो सँस्कार अनुसार त्यस्तै देखिएको भोगिएको पनि छ। तर यहाँ भने बेग्लै छ त र मेरो सोचाइमा यो पनि ठीक हो।

धेरै गाली गरेर सदाउछु भनेर पनि कहिले त त्यस्को नकारात्मक असर् पनि पर्छ। चाहिने लाड,प्यार र चाहिने अनुशासनमा राख्नु त ठीक हो त र यहाँ चाँही मैले के पनि सुने भने हाम्रै नेपाली दाजुभाइका बच्चाहरुले पनि आमाबाबाले अलिकती कराए भन्दैमा पुलिस बोलाउने, आमाबालाई नै थर्काउने जस्ता घटना हरु पनि भए रे वा हुन्छन रे। त्यो चाँही अलिक मलाई नपचेको जस्तो लाग्यो किन भने हाम्रो संस्कृतिमा आमा बाबुलाई मान्ने चलन छ। जत्ती नै छोरा,छोरी पढेर जान्ने बुझ्ने भए पनि आमा बाबु लाई इज्जत नै गर्छन तर यहा त उस्तै पर्‍यो भने ४। ५ बर्षका आफ्नै छोराछोरी हरुसङ पनि डराउनुपर्ने स्थिती रैछ कतै पुलिस बोलाउला कि भन्ने। त्यसैले पनि आफ्नो छोरा,छोरी भनेर अलिक अधिकार जमाएर कुरागर्नु पनि डर भए पछी यो भन्दा दुर्भाग्य के हो हाम्रो समाज,संस्कृतिको लागि। कि कसो ? गल्ती भएमा क्षमा याचना सहित् अर्को अंकमा ।

क्रमश:



December 15, 2008

गजल - नझारनु यी कहिल्यै तिमी आँशुहरु

बसन्त मोहन अधिकारी

नझारनु यी कहिल्यै तिमी आँशुहरु ।
देउ मलाई आँशु म झारी दिन्छु बरु ।

नदुखाउँनु त्यो तिर्मो टाँउको कहिल्यै
देउ तिर्मा पिडाहरु रोई दिन्छु अरु ।

यी फूलै फूलले ढाकुन् तिर्मा बाटोहरु
यो काँडा बिज्ने बाटो भरी मै यात्रा गरु ।

देखेर मिठो सपना कल्पनामा डुब्नु
यो जिउँदै जल्ने चितामा म मात्र परु ।

जन्म जन्म सम्म तिमी हाँस्दै बाँचि राख
बरु सधै भरी रोई म बसन्त मरु ।


बिजुलीले झट्का

Kiran Paudyal, Kuwait.

१९ नोभेम्वर २००८


८३ हजार मेगावाट, रहेछ क्षमता भारी
०३ हजार निक्लँदैन, डिजेल समेत गरी

४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो
१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो

अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकार
कर्णधारै तहस-नहस, देशलाई पर्‍यो  मार

कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजुभाई मै द्वन्द

हात्ती भयो आयात त, कमिला सरी निर्यात
व्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात

जलश्रोतको धनी देश, डांडा पारीको जुन
बचाउन आउनु पर्छ, दैविक शक्ति पुनः

कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैन
नेपालीको भाग्यै क्यार, यस्तै होला चैन



गित - बिश्वमा नेपाल

राकेश कार्की
लस् एन्जेलस्
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान

December 14, 2008

नेपाली समाज यूएईको अध्यक्षमा यमप्रसाद तमू

दुवईको एभरेष्ट ईन्टरनेश्नल होटलमा १२ डिसेम्बर २००८ मा भएको नेपाली समाजको चुनावमा सर्वसम्मतीबाट यमप्रसाद तमू अध्यक्ष पदमा चुनिएका छन् । नेपाली दूतावास यूएईका तृतिय सचिव जितेन्द्र लाभको प्रमुख आतिथ्यमा सम्पन्न उक्त निर्वाचनमा विभिन्न संघ संस्थाका प्रतिनिधी बुद्धिजिवी तथा प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष पदमा नेपाली समाजका फर्व अध्यक्ष कृष्ण ढकाल, जनजाती महासँघका अध्यक्ष यमप्रसाद तमू र नेपाली समाजका उपाध्यक्ष राजेन्द्र देवकोटाको उम्मेदवारी परेको थियो । कृष्ण ढकाल तथा राजेन्द्र देवकोटाले अन्तिम चरणमा यमप्रसाद तमूलाई समर्थन गर्दै आफ्नो उम्मेवारी फिर्ता लिएका थिए भने उपाध्यक्ष पदमा लक्ष्मण सापकोटा, आसिफ अलि सिद्धिकी र मानबहादुर थापाले उम्मेदवारी दिएका थिए । २ जना उपाध्यक्षको मात्र निर्वाचन हुँने हुँदा मानबहादुर थापाले लक्ष्मण सापकोटा र आसिफ अलि सिद्धिकीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

महासचिव पदमा धर्मेन्द्र यादव, उत्तम अधिकारी र नारायण अधिकारी तीन जनाको उम्मेदवारी परेको थियो । महासचिव पदमा अन्तिम समयसम्म पनि समझदारीमा आउन ढिलाई भएको थियो । निर्वाचन समन्वय समितिले महासचिव पदमा निर्वाचन गराउनको लागि तमतयार भईरहेको अवस्थामा विभिन्न सामाजिक तथा बुद्धिजिवी बर्गको अनुरोधमा तीन जनाको समझदारीमा नारायण अधिकारीलाई महासचिवमा, उत्तम अधिकारी सचिव पदमा र धर्मेन्द्र यादवलाई नेपाली समाजको प्रवक्तामा समर्थन गर्ने गरी समझदारी भई नारायण अधिकारी महासचिव उत्तम अधिकारी सचिव र धर्मेन्द्र यादव प्रवक्तामा चयन भएका थिए भने कोषाध्यक्ष पदमा रविन्द्र पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

बाँकी रहेका कार्यसमितिको चयन अध्यक्षको रोहवरमा विभिन्न संघसस्थाहरुको प्रतिनिधित्व हुने गरी पहिलो बैठकले गरिने निर्वाचन समन्वय समितिले जानकारी दिएको थियो । विभिन्न संघसस्थाहरु, नेपाली समाजका सस्थापक सदस्य, आजीवन सदस्यको तर्फबाट करिव १५४ पार्षदहरु उम्मेदवारहरुलाई मतदान गर्नकोलागि हलमा उपस्थित भएका थिए । नव निर्वाचिन अध्यक्ष यमप्रसाद तमूले पार्षदहरुको अध्यक्षतामा राजेन्द्र देवकोटालाई चयन गरेका थिए । नयाँ कार्यसमितिले आउँदो १ जनवरी २००९ देखि आफ्नो कार्य सम्हाल्ने छ ।

विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी नेपाली समाजका सस्थापक सदस्य, पूर्व अध्यक्ष, पत्रकार तथा अन्य ब्यक्तिहरुले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । निर्वाचन समन्वय समितिले विभिन्न संघसंस्थाले चुनेर पठाएका पार्षदहरु, नेपाली समाजका सस्थापक सदस्यहरु, पूर्व अध्यक्ष तथा पत्रकारहरुलाई मात्र हलमा प्रवेश गराएको थियो ।

निर्वाचन समवन्वय समितिका सँयोजक यमलाल शर्मा पगेनीले निर्वाचन सम्पन्न भईसकेपछि निर्वाचित भएका पदाधिकारीहरुको निर्वाचित भएको घोषणा गरेका थिए भने प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका तृतिय सचिव जितेन्द्र लाभले निर्वाचित पदाधिकारीहरुलाई अवीर लगाईदिएका थिए ।

निर्वाचन समवन्वय समितिमा यमलाल शर्मा पगेनीको सँयोजकत्वमा शंकर ज्ञवाली, जनकराज शर्मा, ई. मोहम्मद अयुब, डि.आर. गुरुङ्ग तथा भुवन राई रहेका थिए ।



अतीतको पानाबाट (तेस्रो भाग)

(अतीतको पानाको पहिलो भाग र यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।)

प्रत्यूत्तर आउन त आयो तर कुनै उत्साह लिएर आएन। पत्र संक्षिप्त थियो। सबै कुरा त मलाई याद छैन तर पत्र को मजबुन के थियो भने हाम्रो प्रेम सुहाउदैन। कारण तिनी सानो कक्षामा पढ्ने र मचाहि माथिल्लो कक्षामा पढ्ने, पढाइमा पनि राम्रो र म फेरि अर्कै टाइपको मान्छे रे! यो के भनेको मैले राम्ररी बुझ्नै सकिन तर मेरो दिमाग चांहि "हाम्रो प्रेम सुहाउदैन" भनेको कुरामा मात्र ठोक्कियो। घुमाएर मेरो प्रेम प्रस्ताव अस्विक्रीत भएको भन्ने अर्थमा मैले बुझें। केही दिन खूब रन्को चल्यो।

त्यसबेला सम्म सेन्ट अप टेस्ट सकिएर परिक्षाफल निस्कि सकेको थियो। जिल्ला भरिमा दोस्रो भएछु। गुरुहरुले पहिलो नै हुन्छु कि भन्ने आशा गर्नु भएको थियो, तर हुन सकिन। दोस्रो भएपनि सबै साथीहरु, चिने जानेका हरुले बधाइ दिए। तर मेरो प्रेम निवेदनको असफलताले प्रबेशिका परिक्षाको सफलतालाई खल्लो पारिरहेको थियो।तर म चलचित्रका कथाहरुमा जस्तो प्रेममा पागल् भइन। केही नरमाईलो, केही खल्लो, केही अपुर्ण जस्तो महसुस् अवश्य भयो। फेरि कहिले सोच्थें, तिनी बारम्बार् मेरो कक्षा कोठाको ढोका अगाडी आएर नजर जुधाउनका कारण के थियो त, त्यो संयोग मात्र त थिएन र एउटा नियमितता जस्तै बनेको थियो। के त्यो हेराइ प्रेमको निमन्त्रणा थिएन त? के मैले उसलाई गलत बुझेको रहेछु त? आदि प्रश्नहरुले मलाई केही दिन सम्म निकै रुमल्यायो।

सायद समय जुनसुकै घाउको पनि मलम हो। मैले बिस्तारै उनको बिषयमा सोच्न छोडें। लाग्यो, यो प्रेम् भन्ने चिज मेरो कपको चिया होइन र त्यतिखेर मेरो प्राथमिकता एस् एल् सी परीक्षा पनि थियो। स्कूल जान नपर्ने भएपछि उनीसंग भेट हुने कुरै भएन र काम् नपरी उनको घरको बाटो पनि हिंड्न छोडिदिएं। बिस्तारै म पढाइमा अभ्यस्त हुन थालें।मेरा केही साथीहरु मसंग सहयोगको लागि आँउथे, बिशेषगरी गणित र, अंग्रेजी को समस्या लिएर हरेक दुइ-तीन दिनमा कोही न कोही मसंग हुन्थे। एस् एल् सी परीक्षाको तयारी त्यो समय जीवनको एउटा रोमान्चपुर्ण क्षण नै हो। केही कुतुहलता, केही डर, केही त्रास, उत्तीर्ण भएपछि को उच्च शिक्षा र भविष्यको सपना र अनुत्तीर्ण हुंदा हुने पिडा, लाजको डर सबैले भरिएको हुन्छ, त्यो क्षण। कुरालाई अन्यत्र धेरै के घुमाउनू, एउटा अचम्म भयो। हिउंदको पारिलो घाम भएको ले बाहिर आंगनमा गुन्द्री ओछ्याएर पढिरहेको थिएं। मेरो बुवा बाहिर कतै गांउतिर घुमेर फर्कनु भएको थियो। वहांले एउटा चिट्ठी मेरो अगाडी फ्यात्त फ्याँकिदिनु भयो, "रमेशले, यो चिट्ठी खड्ग बहादुर लप्टनको छोरीहरुको हात तलाई दिनु भनेर छोडेको रहेछ।" यति भनेर वहा भित्र लाग्नु भयो। यसो खाममा हेरें, पठाउनेको नाम रमेश राई लेखेको थियो, तर अक्षर् उस्को थिएन। रमेश् मेरो कक्षामा सबै भन्दा मिल्ने साथी थियो र अर्को ताज्जुबको कुरा, उ हिजो मात्र मलाई भेट्न आएको थियो। फेरि उसले चिट्ठी पठाउने नै भए किन ती लप्टन खड्ग बहादुरको छोरीहरु मार्फत् पठाउछ?यो प्रश्नले मेरो दिमाग फनफनी घुमायो।

ती लप्टन् साहेब मेरो बुवाको दौंतरी समुहका थिए र मेर बुवा तिनको घर बेला बेला पस्नु हुन्थ्यो तर उनका छोरीहरुसंग न मेरो न रमेशको कुनै हेलमेल थियो र रमेशले मलाइ चिट्ठी तिनीहरु मार्फत् पठाउने कुनै सम्भावना थिएन। एउटा बिष्मय अनि कुतुहलता बिच् पत्र खोलें, खाम् भित्र अर्को खाम पो निस्कियो र सक्कली पत्र प्रेषकको नाम् त त्यहा पो थियो। मैले अक्षर् पनि चिनि हालें। मेर मुटूको धडकन् तीब्र भयो, उच्चस्वास भयो र गर्मी बढ्यो। हिउंदको त्यो जाडोमा पनि पसिना आउला जस्तो भयो।
क्रमश:



तस्बिरमा जीवन

Deepak Jaditनेपाली ब्लगहरू बामे सर्दैछन। केही ताते ताते गर्दैछन। एक आपसमा बाटो हेर्ने देखाउने गरे पक्कै पनि नेपाली ब्लग समाजलाइ ठुलो सहारा हुनेछ। त्यसैले प्रत्यक हप्ता एकजना नेपाली ब्लगरको आफ्नो ब्लग समबन्धी कुरा राख्ने प्लान बनाएका थियौं। यस्ले प्रस्तुतीमा नयापन ल्याउने मात्र होइन कि ब्लगरले ब्लगलाइ कसरी हेरीराखेका छन, त्यो पनि पाठक सम्म पुर्याउंछ। ब्लग भित्र ब्लगको फर्मयाट कस्तो बनाउने त्यो सप्षट थिएन। यस पटक दिपक जडितलाइ खेस्रा प्रश्न राखेको थिएं। उहांबाट खेस्रै इमेल प्राप्त भयो। यो एक प्रकारको इमेल संबादनै भन्दा हुन्छ। दिपक जी को इमेल संबाद जस्ताको तस्तै।
दिपक जडित
सबभन्दा पहिलोकुरा त म अस्पस्ट भएँ यो फर्म्याट कस्तो रहने हो भनेर -जे होस् शिर्षक तस्विरमा जीवन राख्छु भन्नुभएको छ । त्यो तपाईंले गर्नुहुने हुँदा जसरी गर्नुहोस् तर मेरो फोटो ब्लगकै कुरा गर्दाभने मैले अगस्ट १९ मा पछिल्लो अपडेट गरेको रहेछु । पछिल्ला दिनहरुमा फोटो ब्लग चलाएकै रहेनछु अब अगाडी चलाउने त छु नै त्यसैले यतिखेर म तस्विरमा जीवन भन्दा पनि अक्षरमा जीवन र जगत नियाँलिरहेको छु ।

अब तपाईंको प्रश्न अनुशार जाउँ -मैले २००६ जुलाई ३ देखि मेरो साहित्य संसार र विविध नामको ब्लग शुरु गरेको थिएँ । ब्लगको बारेमा त्यसबेला खासै जानकारी नभएपनि ब्लग भनेको आफ्नो भावनाहरु बाँड्ने वेब डायरी हो जस्तै लागेको हो । हुनत अझै पनि ब्लगको सर्वमान्य परिभाषा लेख्न म सक्दिन होला किनभने यस्लाई कसैले कसरी कसैले कसरी प्रयोग गर्लान तथा हेर्लान । मैले ब्लग शुरु गर्नुभन्दा अगाडी आफ्ना रचनाहरु नेपाली फण्टमा टाईप गरेर कम्प्युटरमै यौटा फोल्डर बनाउंदै राख्ने गर्थें । यो ब्लग चलाउने आ ईडिया फुरेपछि भने ब्लगमै आफ्ना रचनाहरु पनि संकलन हुन सक्ने गतिलो उपाय देखेर सुरु गरेको हुँ । पहिलो पटक खोलेको ब्लग मेरो साहित्य सँसार र विविधलाई म मेरो मूल ब्लग मान्छु भने त्यसपछि मैले ब्लगमै एक अञ्जुली माया भन्ने अनलाईन गिती संग्रह बनाएको छु १११ वटा आफ्ना गीतहरु राखेर । त्यस्तै मेरो कविता यात्रा भन्ने कविता संग्रह पनि बनाएको छु भलै त्यसलाई पुरा गरिसकेको छैन । त्यस्तै खोलेरै मात्रै छोडेको छु अर्को ब्लग गजल गुँड भनेर त्यसमा आफ्ना गजलहरु संकलन गर्ने विचारमा छु । अर्को मैले खिचेका तथा संकलन गरेका तस्विरहरु राख्नलाई तस्विरमा जीवन र जगत भन्ने फोटो ब्लग पनि चलाउँछु ।फोटोग्राफीमा ज्ञान नभएपनि आफुसँग भएका फोटोहरु पनि संकलित रहने ठानेर चलाएको हुँ फोटो ब्लग चैं । ति बाहेक हाम्रो गौरादह भन्ने ब्लग पनि दर्ता गरेर संचालन समेत गरेको थिएँ । गौरादह क्षेत्रकै केहि साथीहरु मिलेर त्यसलाई अघि बढाउने ईच्छा थियो मेरो तर आवश्यक सहयोग कसैबाट नपाएर त्यसलाई बन्द गरिदिएँ ।

आजभोली म के गर्दैछु भन्ने प्रश्नमा पनि मलाई कहिल्यै केहि गर्न सकेको जस्तो या गर्दैछु जस्तो लाग्दैन सँधै केहि गर्न खोजीमात्रै रहेको हुन्छुआजभोली पनि केहि गर्न खोजीरहेको छु । बसाई अलास्काको एँकरेजमा छ अहिले । गत जुलाई ६ देखि म यहाँ छु । अन्यत्र बसेर सुन्दा अलास्का अहो ! त्यो त हिममय ठाउँ - बाह्रै महिना हिउँ नै हिउँले पुरिने । सँधै जाडो मात्र हुने भन्ने जस्तो लाग्थ्यो तर त्यस्तो होईनरहेछ । त्यस्तो ठाउँमा त मान्छेको बस्ती नै छैन अथवा भएपनि मुश्किलले यहाँका आदीवासीहरुको एकाध रहेछ । पहिले कोलोराडोमा म चारवर्ष भन्दा धेरै बसेको हुँदा मलाई यो ठाउँ कोलोराडो भन्दा त्यती फरक लागेन । समुद्र छेउमा भएर होला सिरेटो चल्दा चिसो अलि ज्यादा हुने चैं पक्का हो । के गर्नुहुँदैछ भन्ने प्रश्न दैनिकी चलाउने सवालमा हो भने चैं सामान्य काम गर्छु । स्कुल कलेज गईएन ।म ब्लगमा धेरै जस्तो आफ्ना कथा , कविता , गीत , गजल ईत्यादी मात्र लेख्ने गर्छु । केहि होलान ति बाहेकका कुराहरु लेखेको त्यस्ता मध्येमा म हाँसेको कुरा भनेर मैले ३ भाग लेखिसकेको छु त्यो लेख्दा आनन्द लाग्छ भने पहिले नै श्रद्धाञ्जली सम्झनाको भन्ने टाँसो आफुले लेखे मध्येमा राम्रो लाग्छ ।

नेपाली ब्लगहरु कस्तो हुनुपर्छ ? यस्मा पनि ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने के छ र ? जस्तो भएपनि हुन्छ तर जे पायो त्यहि पनि हुन्छ भन्ने हैन । ब्लग चलाउन सक्ने ब्याक्ती भनेको जहाँ बसेको होस् नेपाली समाजको यौटा शिक्षित ब्याक्ती नै हुन्छ उसले ब्लग जस्तो स्वरुपको चलाएपनि पहिलो प्राथमिकतामा समाजलाई सहि बाटोमा लैजाने सामाग्रीहरु राख्नुपर्छ । समाचार मुलक ब्लग नै छ भनेपनि यो समाचार साईट हैन ब्लग त हो भन्दै हुँदै नभएका र मनगढन्ते समाचार बनाएर ब्लगमा ठेल्नु हुँदैन । साहित्य कला सम्बन्धि ब्लग छ भने पनि समाजमा सकारात्मक संदेश जाने सामाग्री हुनुपर्यो । यस्तै मान्यता राख्छु म चैं ।

दौंतरीमा पहिले पस्दा कस्ले चलाउंछ केहि नदेखेर के हो यो अत्तो न पत्तो जस्तो लागेको थियो तर दौंतरीको बारेमा पढेपछि थाहा पाएँ । दौंतरीमा तपाईंहरुको प्रयास प्रसंसनिय छ । दौंतरीहरु धेरै धेरै बढ्दै जाउन । दौंतरीलाई शुभकामना !मैले त यति नै भन्न सकें । ब्लगभित्र ब्लग स्तम्भमा अन्य ब्लगरहरु सँग के सोध्ने र कसरी प्रस्तुत गर्ने भन्नेमा तपाईंहरु अझ स्पस्ट हुनुभयो भने सजिलो हुन्छ है ।

दिपकजी का ब्लगहरु:
तस्विरमा जीवन र जगत
एक अञ्जुली माया / गिती संग्रह
गजल गुँड
मेरो कविता यात्रा
मेरो साहित्य सँसार र विविध



हामी कता जाँदैछौ

शेखर ढुङेल
12/09/08 का दिन एकातिर दलका नेता झलनाथ खनाल उनका युवा दस्ता Youth force ले कानुन हातमा लिने काम नगरेको भन्दै पत्रकार सामु बोल्दै थिए उता youth force एभरेष्ट होटेलमा छपामार सैलिमा डेढ दर्जन मह्ङा गाडी तोडफोड गर्दै कानुनी राजको उदाहरण दिदै थिए। नेपालमा यो के भईराखेको छ ? हामी जती स्वतन्त्रता र मानवधिकारको लागि लडाईं लडेको कुरा गर्छौं त्यति नै दस कदम पछाडि आमान्बिय कार्य गरी राखेको र्छौं । यि र यस्तै असहज लाग्ने कान्ड दैनिक भैराखेका छन् । एकले अर्कालाई हिलो छ्याप्ने र गल्ती दोहोर्‍याई रहेका छन् ।

यस्तो खराबी देखिनुमा दल मात्र जिम्मेवार छैनन्, हामी प्रत्यक जिम्मेवार छौं । हामीमा चेतनाको कमी छ हामीमा बिकृतिले राज गरेको छ । हामीमा धैर्यता छैन, हामीमा सढ्भाब छैन , हामीमा त्याग छैन, हामी शान्त छैनौं, हामी कसैलाई पनि मौजूदा नियम कानुन, प्रशासन, प्रहरी, नेता माथि विश्वाश छैन, जायज नाजायज खोट्याउने सक्ने छमता छैन। हामी धम्कीको भाषा मात्रा बोल्द्छौ मिठाश हामीमा रित्तिदै छ । कसले हाम्रो मन मश्तिस्क्मा बिष घोलिरहेको छ? अब चेतना भनौ भने क्रान्ति नै क्रान्तिका भेल बहाइ राखेका छौ। दलित भनी भेदभाउ, बोक्सी भनी कुट्पिट लूट्पाट, यातना, अपहरण यही हो त आधुनिक समाज र सभ्य कानुनी समाज को गती? अरूको मात्र दोष थोपर्ने बानी परेको हामी नेपाली प्रत्येकको काम के अग्रगमन तर्फ लम्कदैछ ? यो राष्ट्र र जनता प्रती जिम्मेवार को ? यो बिकृतिपूर्ण प्रब्रितीको कारक तत्व के हो ? त्यस्को निराकरण कहिले कस्ले र कसरी गर्ने? यो अहम सवालमा क्रान्तिकारी भन्न रुचाउने नेताहरुको ध्यान गएन भने अब प्रजातन्त्र मात्र होइन देश कै अस्तित्व नरहने पक्का छ।

यस्तै असहज कान्डै कान्ड हरुका समाचार पढिरहदा यो लेखकको मन एकाएक एसै जगत को एउटा देश, हामी जस्ताइ दु:ख भोगेका मानिस बसेको देश जापानको याद आउंदछ त्यहाका मानिस, व्यबहार, सद्भाभ, अनुशासन देखेर मन कुडिन्छ अनी भन्न मन लाग्दछ के हामी मान्छेनै हौ। कहिले काहि केही धर्म परिवर्तन गरेका पाखण्डी नेपाली क्रीस्चियनहरुले लगाउने गरेको आरोप सत्य पो हो कि जस्तो लाग्दछ" ति भन्दछन् हिन्दू धर्मका आजका बाहुन छेत्री पुर्व जन्मका राक्षसहरु हून, हाम्रो देशको ईतिहास र हाम्रो व्यबहार देख्दा आरोप लगाउने लाई सहायता नै पुगेको छ।

प्रसँग जापानको यहाँ राजनैतीक दल मध्ये जापान कम्युनिष्ट पार्टी आर्थिक रूपमा अरु दल भन्दा सम्पन्न छ। तर राज्य सम्थन्त्र हाबी छैन , विश्वको पुरानो राजशाही छ । बिरोध भन्दा सम्मान बध्दो छ । जनतालाई सभ्य, अनुशासित , सहयोगि, शिक्षा दिन सफल जापानको छोटो भ्रमणको क्रममा देखेको भोगेको कुर राख्न मनलाग्यो।


क) एक जापानिज मित्रको साथमा भ्रमण गर्दै थिए त्यहाँको ट्राफिक प्रहरीले रोके, जपनी परम्परा अनुसार नमस्ते अनी माफ एकै शब्दमा पोख्दै डिस्टर्ब गरेकोमा क्षमा मागी हामी आज नियमित सवारी साधन को अवस्था चेक गर्दै छौं , तपाई तपाईंको कागज पत्र दिई सहयोग गर्नु हुन्छ कि ? उन्ले पनि राम्रो काम गर्नु भएछ धन्यवाद भन्दै आफ्नो कागज पत्र दिए चेक गरी सके पछी फेरी क्षमा माग्दै सहयोगको लागि धन्यबाद् भन्दै दुई वटा स्याउ र दुई केरा भएको ब्यग दिए, अनी भने तपाईंको यात्रा शुभ होस । अन्दाज लगाएँ नेपालतिर भएको भए कस्तो सम्बाद हुन्थ्यो होला?


ख) टोक्यो भन्दा १०० कि मि पर ओगावा नामको सानो शहरमा मेरो बसोबास थियो - पैदल् यात्राको क्रममा तीन ,चर कि मि लामो सङ्लो पानीको कुलोमा थरी थरीका साना-ठुला अनगिन्ती माछाहरु देखिन्थे मेरो दिमागमा आयो त्यत्रो बस्ती बिचको कुलोमा रहेको ति माछाहरुको अस्तित्व कसरी कायम हुन्सक्यो होला? जापानिज मित्रले भने यो प्रकृतिक शुन्दरताकोलागी स्थानीय जनताले नै कृतिम कुलो बनाइ माछा पालेका र उनिहरुले नै स्यहार सुसार अनी दानाको ब्यवस्था गर्छन्, मार्ने, खाने, अनुमती छैन कसैले केही गर्दैन।

ग) बाटोमा हिडदै गर्दा तार बार समेत नभएको बिशाल तरकारी फार्म देखियो, बाटो छेउमै एउटा पाल टाँगी त्यहाका सिमी, बोडी, फर्सी, काँक्रा, भ्यान्टा गोल्भेँडा आदी प्याक गरी मुल्य लेखी राखिएको थियो- कुनामा एउटा काठको बाकश (खुत्रुके) थियो वरीपरि कोइ देखिएको थिएन। मौका पाउने बित्तिकै अर्काले मिहिनेत गरी हुर्काएको फल्फुल चोरि खाइ हाल्ने म जस्ताको जिज्ञासा बड्ने नै भयो। जापानिज मित्र हायाकवाले भने यी हाम्रा ईलाकाका मिहिनेती किसान हुन। कसैले त्यसै लैजाने अपराध गर्दैन, तोकिएको मुल्य खुत्रुकेमा हाली दिन्छ र सामान लैजान्छ। चोरि हुँदैन- चोरि गर्नु ठुलो अपराध हो भन्ने हामी ठान्छौ त्यो पनि येस्ता मिहिनेती किसानको ठाँउमा कथमकदाचित चोरी भयो भने त्यो कोही बिदेशीकै काम हो भन्ने विश्वाश राख्ने रहेछन।

घ) एक दिन Tokyo को करीब ४ हजार विद्यार्थी भएको कलेजमा पुगेको थिएँ, कलेजको भूई तल्लामा पुगे पछी हायाकवाले जुत्ता फुकाल्न थाले र मलाई पनि फुकाल्न भने, कारण सोधेँ उन्ले भने कलेजको सरसफाई कायम राख्न त्यहाँ कलेजले विद्यार्थी लगायत प्रत्यकका लागि जुत्ता राख्ने बक्सा बनाएको थियो-आफ्नो जुत्ता राख्यो, त्यहाँ राखेको नरम, सफा अनी आवाज न आउने चप्पल लगाई भित्र जानु पर्दथ्यो- कस्तो अनुशासन ?

ङँ) १९९६ तिरको कुरा हो टोक्योमा एउटा जापानिजको हत्याकान्डमा नेपालीको नाम मुछिएको थियो- उनी फरार थिए - प्रहरिले सम्भब्य ठाँउमा छापा पनि मार्यो- फरार मित्रका नजिकका साथीहरुलाई सोधपूछका लागि बोलायो- 'ओवर स्टे' बसेका मित्रहरुलाई अब नेपाल पठाइदिने भयो भन्ने चिन्ताले ग्रस्त थिए- हाँसी हाँसी फोन गरेर खबर सुनाए- सोधपूछ सकिए पछी- कहाँ काम गर्छस ? कती कमाउँछस ? भनी सोधेछ। अनी प्रहरीले त्यो दिन कमाइ बराबरको पैसा पनि खाममा राखी अनुसन्धानमा सहयोग पुर्र्याएकोमा धन्यवाद भन्दै, चिया, कफि, खाना सामेत खुवाई पठाएछ र थप भनेछ राम्रो सित काम गर, नेपालका आफन्त लाई सहयोग गरे वहाँ । जापानिज प्रहरी नेपालमा भाको भए ?

च) १९९२ म त्यहाँ हुँदा एक जना सित ७० हजार येन् सापट लिएको थिएँ - म अर्कै शहरमा बस्दथे- मैले साधारण खाम्मा राखी सो पैसा हुलाक मार्फत पठाइ दिएको थिएँ। जापान भित्र २४ घण्टामा एक ठाँउबाट अर्को ठाँउमा साधारण चिट्ठी पुगी सक्दछ। एक हप्ता बित्यो साथीको हातमा पुगेन। जापानमा त्यस्तो हुनै सक्दैन। साथीले मलाई झुटो भन्ने पक्का थियो। मैले मित्रलाई भने तिमी तिम्रो छेउको पोस्ट अफिसमा सोध म मेरो ईलाका कोमा सोध्छु। त्यसै गर्‍यौं तीन दिन पछी कामबाट फर्कँदा ढोकामा टोक्योको मुख्य पोस्ट अफिस बाट दुई कर्मचारी आएका रहेछन भेट हुन नसकेपछी यो मिती, समय र मानिसलाई यँहा भेट्ने सम्भब नभएकोले यो नम्बरमा फोन गर्नु भनी सुचना राखेको चिट्ठी पाएँ । तोकेको स्थानमा पुगेँ त्यहाँ अनुसन्धान अधिकारीले यस्तो स्वागत र सिस्टता अनी बार बार सरी सरी भनी राखेका थिए, लाग्दथियो ति कतै ठुलै अप्राधी हुन र म पुलिस हुँ। म अक्मक्की राखेको थिए मेरो बारेमा अनी कहाँ मेल खसालेको कस्ता कस्ता नोट थिए सबै कुरा सोध्पुछ गरी सके पछी ति अधिकारीले त्यो ७० हजार येन् , टिकेट र खामको पैसा त्यो दिन को मेरो कमाई हुने १० हजार येन् समेत् दी सानो कागजमा सही गराए अनी माफ माग्दै भने हाम्रो कर्मचारीबाट गल्ती प्रमाणित भै सक्यो उन्लाई बर्खास्त गरी जेल पठाइ सकेका छौ। उस्को तर्फबाट म एक पटक फेरी माफ माग्दछु भन्दै ढोका सम्म आइ बिदा गरे।

त्यती मात्र होइन त्यहा धर्ना बस्दा सम्बन्धितलाई भन्दा अरुलाई बाधा पुर्याउन नहुने मान्यता छ । जुलुश निकाल्दा सडक पेटी मात्र प्रयोग गर्ने चलन छ सवारी साधन सडक बस शपीङ मल आदी जहाँ सुकै जापानिजहरुले एक अर्का प्रती दर्शाउने सौहार्दता , सहायता, सिस्टता आदर व्यबहारको के बयान गर्ने ? किन हामी त्यस्तो हुन सक्दैनौ ? कमसे कम् एउटा वा मेरो कारणले अरु ले दु:ख झमेला पाउन हुन्न भन्ने एउटा सामान्य मान्यता पनि हामी बाट लागु हुन सकेको छैन । नयाँ नेपाल को लागि कुनै नयाँ शुभ कामको थालनी खोइ ? पुराना भात्काउने, तर नयाँ जग नराख्ने ? खराब काम को सिको गर्न सक्छौ, तर किन राम्रो कामको सिको गर्न कजुस्याई ? जापान ले १९४७ ताका नै लागु गरेको सिविक सेन्स सम्बन्धी कानुन किन नबनाउने ?



बेल्जियममा वर्ल्ड म्युजिक प्रोग्राम सम्पन्न


पुरुशोत्तम सुबेदी
-बेल्जियम
गत १३ डिसेम्बर शनिबार को दिन बेल्जियम को लुभेन सहरमा वर्ल्ड म्युजिक प्रोग्राम भब्यताका साथ सम्पन्न भएको छ । झन्डै ४,००० हजार नेपालीहरु रहेको बेल्जियममा बिभिन्न जाती र भाषा भाषी नेपालीहरुको बसोबास रहेको छ भने अर्को तर्फ बेल्जियममा नेपाल बाहेक अन्य थुप्रै मुलुकका मानिसहरुको समेत बसोबास रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि लुभेनमा बिभिन्न देशबाट आएर बेल्जियममा बस्ती बसाएका मानिसहरुको कल्चर डान्स प्रोग्राम सम्पन्न भयको छ ।

आ - आफ्नो देशको खानाको पारीकार का साथै आ -आफ्नो भेस भुसामा सजियर रहेका मानिसहरुको सो कार्यक्रमको रौनक बयान गरेरै नसकिने खालको थियो । झन्डै १५ देसको संलग्नता रहेको उक्त विश्वकल्चर कार्यक्रममा कलाकारहरुले बिभिन्न नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको तर्फ बाट ईन्द्रधनुष स्पोर्ट क्लव (लुभेन ) र बिश्‍व मगरसंघ बेल्जियमले भाग लिएको थियो । भाग लिने देशहरुमा नेपाल -फिलिपीन्स -कोंगो -रुवान्डा -मरक्को -टर्की- भियतनाम -काजकिस्तान -भुटान -कुर्दस्तान -कोलम्बिया लगाय १५ औं राष्ट्रहरु रहेका थिए । त्यस्तै नेपाली कार्यक्रमको सुरुवातमा ईन्द्रधनुष क्लब को तर्फबाट क्ल्ब का उपाध्यक्ष अनन्ता गुरुङले नेदरल्यान्ड भाषामा स्टेजबाट मासलाई जानकारी गराउदै क्लबको नृत्य सुरु भएको थियो भने समुहगत महिला नृत्यको रौनक ले मासबाट गडगडाहट ताली बजिरहेको थियो । ईन्द्रधनुष क्लबका अध्यक्ष मिन्ड गुरुङ उपाध्यक्ष सुर्य ढकाल लगायत संस्थाका अन्य सदस्य हरुको पनि उपस्थिती रहेको थियो । ईन्द्रधनुस क्लबले ८ बजे पछी आफ्नो कला प्रस्तुत गरेको थियो भने विश्व मगरसंघले राती १०:३० को समयमा आफ्नो नृत्य कला प्रस्तुत गरेको थियो । बिश्‍व मगरसंघको तर्फबाट मार्के मगर- वीर मान घरती मगर सेक्रेटरी कुलबहादुर मगर लगायत अन्य थुप्रै सदस्यहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा एन आर एन बेल्जियम का महासचिब नन्द घलेको पनि उपस्थिती रहेको थियो ।विश्वमगरसंघ को तर्फ बाट सोनिया थनेतको नाच प्रदर्सन भयको थियो । स्मरण रहोस सोनिया थनेत ट्यालेन्ट अफ द एयर २००८ मा बेल्जियममा प्रथम भयकी १५ बर्सिय बालिका हुन । उनको न्रित्यले मासलाई झनै मोहित तुल्यायको थियो । सांझ ६ बजे बाट सुरु गरिएको उक्त कार्यक्रम राती १२: ३० मा समापन भयको थियो ।



December 13, 2008

एक छिन हासौंन - ४

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

अब पार्लरका कुरा त भए तीन बर्ष अगाडिका। अहिले जहा हाम्रो रेस्टुराँको पल्लो पट्टी नेल्स छ, जहाँ नङ राम्रो पारीन्छ। त्यहा पनि त्यस्तै छ ५० कटेका, व्हील चियरमा राखेर ल्याइएकाहरु नै नङको मर्मत गर्न आउँछन। सफाइ गर्नु भनेको त जरुरी को कुरा नै हो। उसो त देशको ब्यव्स्था राम्रो भएर पनि यो सब हुन गएको हुनु पर्छ। हाम्रो देशमा पो त सबै कुराको सहुलियत् छैन। एक छाक खान लाउन त धौ-धौ पर्छ। आवश्यकता परिपुर्ति गर्ने त प्राय:मा सामर्थ्य छैन कहाँबाट त्यस्तो बिलासिताको कुराहरु उपभोग गर्ने ? बुढेसकालमा पाउने भत्ता लिन जानलाई त कत्ती माइल हिंडेर जानु पर्छ, त्यो पनि सजिलो सँग पाउन गार्हो छ। त्यसैले भोगाइ र बचाइमा फरक पर्नु स्वभ्वाविक पनि हो। यस्मा हाँस उठ्नु भन्दा पनि खिन्नता बोध हुनुनै जरुरी छ। तर हाँस पनि उठ्नु स्वभ्वाविक छ।

तर ---दुइ देश को ब्यवस्था र बुढा, बुढिको कर्त्ब्य अधिकारमा फरक देख्दा भने ब्यङ्यात्मक हाँसो उठ्नु स्वभाविक नै लाग्नु पर्ने हो। मेरो ठोकुवा चाँही हैन है ! यी कुराहरु पनि मेरा अनुभवभित्र परेकोले यहाँ पोख्न लालायित बने भुलभएमा माफि चाहन्छु। तर देशको कानुन नियम र सहुलियत भएमा सबैमा यस्तै चाहना नहोला भन्न पनि सकिन्न। जब मान्छे सुन्य हुन्छ। उस्को केही आधार हुँदैन। आफुलाई असुरक्षित महसुश गर्छ, कसैबाट आश्वासन, प्रेरणा पाउदैन भने चाहे ऊ जवान नै किन नहोस् ? उस्मा जत्तिनै शाहस, हिम्मत, आँट, जागर भएपनी उस्लाई असक्षम र बृद्ध भएको महसुश हुन्छ।

यस्को आशय यही हुन जान्छ कि मान्छेमा चुस्ती, फुर्ती हुनुमा पनि सबैकुराले साथ दिएको हुनु पर्छ, अर्थात आर्थिक स्थिती पनि सबल हुनु पर्छ। टेन्सन हुनु हुँदैन अनी मात्र आफुलाई सबल ठान्न सकिन्छ कि ? मन नै खराब छ, कही कतै केहीको आशा छैन, भरोशा छैन भने कहाबाट जागर जोश हुन्छ ? यस्को अर्थ यो होइन कि उनिहरुलाई रत्तिभर पनि दु:ख, पीर छैन भन्ने। मान्छे को त्यस्तो छ जस्लाई पीर चिन्ता छैन तर मानसिक चिन्ता भएपनी ब्यवस्था सबल छ। अहिले देशमा के होला ? भरै के होला ? भन्ने चिन्ता छैन भने त त्यसै पनि मान्छे आत्मानिर्भर र सुखी त भै हाल्छ नि। यदी हाम्रो देश मा पनि त्यस्तै भै दिएको भए शायद ! त्यसैले त उहिलेका बुढा बुढीहरु अहिलेका भन्दा कत्ती बलिया र फुर्ती थिए रे ? किन भने त्यतिबेला अहिलेको जस्तो डर, त्रास, भय थिएन। व्यवस्था सबल नभए पनि कसैमा स्वार्थ पनि त थिएन। खान प्राकृतिक र शुद्ध थियो। तर ---यस्ता बिलासिता भने त थिएन है ? खाली यत्तिमात्र फरक हो अहिलेका हामी र उहिलेकाहरुमा हिम्मत, बल जागर चाँही थिए होलान। अँ त यो पनि जीवन भोगाइको एक्पाटो नै हो। मैले देखे र जानेका अनुभुतिहरु मध्ये । आदर्णीय पाठक बृन्द!, म जे जत्ती पनि लेख्दैछु यो अचानक सर्सर्ती मनमा लागेका कुराहरु सिधै टाइप गर्दैछु। किनकि, अमेरिकाको बसाइ छ समय त हाम्रालागी अदृश्य मालिक बनेको छ। उस्ले भर्सक हामीलाई चट्पटाउन नै दिदैन, ता पनि लेखनक्षेत्रको मोहले तानेर मात्र यत्ती गर्ने पनि समय सुटुक्क चोर्दैछु । भावनालाई गुमसाउन नसकेर। यो मेरो ब्यक्तिगत अनुभिती पनि हो तपाईंहरुलाई आफ्नो परिस्थिती पोखेँ क्षमा याचना सहित्।

क्रमश:



कामरेडको बन्दुके कंम्पन !

पहिला बिध्वंसकारी हुदैं आतंककारी सम्मको बिल्ला पाएका, अनि पछि भने क्रान्तिकारीको धार समाएर गणतन्त्रकारी हुँदै सरकारी भएका हाम्रा प्रधानमन्त्री ज्यूलाई आजकल चिन्ता छ रे ।

क्रान्तिकारी सोचको प्रभावकारी परिचालन गरेर नेपाललाई चमत्कारी बिकास गर्छु भन्दै हिडंने मान्छे आजकल नेपालको राजनेताहरुले सधैं बोल्दै आएका र आफ्नो नालायकीपन लुकाउन सबैले प्रयोग गर्ने पुरानो वाक्यांस प्रयोग गर्देछन " … के गर्ने ? काम गर्न त खोजेको हो नि! विदेशी षडयन्त्रकारीले गर्नै दिंदैनन। "

कुनैबेला 'अब हामि आयौं, दश बर्षमा नेपालले युगान्तकारी लक्ष हासिल गर्छ' भन्दै हिंडने मान्छेको यो लाचारी र र बिलम्बकारी बचन सुनेर जनता पनि अकमक्क परेका छन।

त्यसो त, बेला-कुबेला बर्बराउने र कहिले आफ्नै त कहिले अमेरीकी कुटनीतीज्ञको हत्याको योजना बनेको जस्ता हल्ला फैलाएर एकचोटी त 'त्रिशुल बाबा-२' को उपनाम समेत पाएका हुन उनले। अनी उनका केहि धूँवादार वक्तव्यलाई ठट्टा सम्झेर हाँस्ने बानि पनि परिसकेको छ नेपाली जनताहरुलाई । तर हालै केहि समय यता भने केहि दिनको अन्तरालमै फरक फरक वक्तव्य दिएर उनी जनता हँसाउने हैन तर्साउने काममा लागेका छन।

उनको वक्तव्य सुनेर हाल देशमा दुईथरी सनसनी फैलिएको छ । एकथरी मानिसहरु उनको यो वक्तव्यलाई पुरानै ठट्टाका नया 'कडी' सम्झेर बस्दैछन भने केहि भने हतप्रद: भएका छन। कारण, उनको नया वक्तव्य पहिलेको भन्दा पनि अझै भारि-भरकम छ। अझ सिधै भन्ने हो भने उनको यसपालाको वक्तव्य, वक्तव्य कम, धम्की बढि छ। त्यो पनि हतियार उठाउने धम्की

सरकारमा आफैं छन र फेरि आफैं हतियार उठाउने धम्की पनि दिदैंछन हाम्रा जननेता, गज्जव छ! यो हतियार कस्को बिरोधमा उठाउन लागेको हो सामान्य सोचको मान्छेले बुझ्न कठिन छ ।

केहि महिनाको सरकारी कुर्सीको आरोहण पछि नै कामरेडहरुको चमत्कारी गफका घैंटो फुटि सकेको प्रष्ट भएको छ र उनका हालैका दिग्भ्रमित वक्तव्यहरु केलाएर हेरेमा गनतन्त्रका पूजारीहरु गणतन्त्र हाँक्न नसक्ने प्रष्ट भैसकेको छ ।

अबका दिनमा पनि ‘विदेशीले काम गर्न दिएनन’, ‘सहयात्रीले सहयोग गरेनन्’ भन्ने सढे-गलेका बासी वक्तव्य दिएर आफनो नालायकिपन छुपाउने प्रयास नगर्दानै कामरडहरुको हित हुने देखीन्छ । त्यस्तै कुरालाई छुट दिने हो भने ज्ञानेन्द्रले पनि एकताका "विदेशी पैसाको बाढी" आएको कुरा बताएका थिए र उनलाईनै बाढि पैह्रो रोकीएपछि फेरी देश चलाउन दिए वा ‘बाँध’ बाँधेर काम चलाउन दिएको भए नि हुन्थ्यो नि! , अझ अगाडी जाने हो भने पन्चेहरुले पनि मुखले त देश बनाउँछौं भनेकै थिए क्यार ! उनिहरुले पनि विभीन्न कारणबस बनाउन पाएनन् होला। उनिहरुलाई नै निरन्तरता दिएको भए पनि हुन्थ्यो नी।

समष्टिमा जनतालाई अब 'परिणाम' चाहिएको छ, कसैको गन्थन वा हुत्तिहारापन लुकाउने शब्दजालको वक्तव्य हैन। हजारौं जिवनको वलिदान र बर्षौं को प्रतिक्षा पछि देशमा गणतन्त्र आएको छ । अब फेरि पनि कसैले जनतालाई शब्दजालले भुलाउँला, आफ्नो अकर्मण्यतालाई विभिन्न आन्तरीक वा वाह्य समस्याको पुरानो पर्दा लटकाएर लुकाउँला भनेर नसोच्दैमा राम्रो होला ।

सत्तामा बस्ने रहर मात्रै छ तर देश चलाउने हुत्ती छैन भने योग्यलाई सत्ता छाड्न प्रजातन्त्रमा कहिल्यै छेकवार छैन । हैन, फेरी पनि छोरी कुटेर बुहारी तर्साउने युक्तिको लागी कामरेडद्वारा यो हतियार उठाउने धम्की दिएको हो भने यसले उनिहरुको खोक्रो आदर्श, कार्यकुशलता, क्षमता र योग्यतालाई झनै नङ्याउने निश्चित छ ।



झड्किला बेवसाइट

नेपालमा अझै पनि ब्रोड ब्याण्ड भनेको सपना हो। अहिले छन ब्रोड ब्याण्ड तर नाम मात्रका। राम्रो कुरो यो हो कि डायल अप मा ट्या !..ऽ.. ट्या!..ऽ.. गर्दै लाइन कुर्नु पर्ने स्थीती कमै छ। एक दिन यसो नेपाली बेबसाइटको के हाल चाल रहेछ भनेर नेपाली वेब पेजको र्‍यान्किंग हेरेको थिए। नेपाल या नेपालीलाइ भनेर बनेका साइट पनि टप एक लाखमा पर्ने साइट प्रश्स्तै रहेछन। तिनलाइ टप १० मा राखेर कुन कतै चर्चित भनेर राख्दैछु। सबभन्दा बढि चर्चितको १०० किलो तौल राखेको छु। जती हल्का भयो उती कम हेरीने साइट हुन। ल हेर्नुहोस कुन साइट कती झड्कीला छन।


1) www.nepalnews.com - 100
2) www.kantipuronline.com - 83.50
3) www.cybersansar.com - 71.5
4) www.ntc.net.np - 50.34
5) www.mysansar.com - 40.30
6) www.nepaljapan.com - 27.60
7) www.mazzako.com - 21.56
8) www.sajha.com - 20.30
9) www.newsofnepal.com - 19.47
10) www.dcnepal.com - 18.75
दौंतरी (www:dautari.org/)त नेपाल न्युजसंग दाज्दा ३४ ग्राम पो हुने रहेछ।
दौंतरीका केही पुराना अंक यसरी हेर्नसक्नुहुनेछ।

December 2007
January 2008
February 2008



December 12, 2008

गित - याहां कोही भेटिएन

हस्त गौतम म्रिदुल
कयौं दियोको बली चढाएं अन्ध्यारो नै मेटियन।
देशलाइ नयां गति दिने यहां कोही भेटिएन॥
यावत ति दु ख दर्दहरु मुन मुन पो बल्झिए।
स्वाभीमानमा चोट पु रयाइ स्वार्थमै अल्झिए।
राष्टीय स्वरुप फेरिएन फेरिया केवल बिधिहरु।
संधै ओमुेलमा परि रहे अमल्य तिनै निधिहरु
कयौं आशाको बली चढाएं अन्योल नै मेटिएन।
देशको नयां खाका कोर्ने यहां कोही भेटिएन॥
शहिदका सप्ना कुल्चिय जनताको चाहाना टुटे।
स्वतन्त्रताको उज्यालोलाइ आपसमा मिलि लुटे।
आखिर कोही रहेनछन आमाको नै आशु पु छने।
निहित स्वार्थलाइ त्यागेर यो देशको मर्म बु मु्ने।
कयौ सुखको बली चढाएं ज्यादती नै मेटियन।
देशमा नयां आयाम थप्ने यहां कोही भेटिए


गजल - मेरो मनलाई तड्पाइ

आचार्य प्रभा ,
संयुक्त राज्य अमेरीका

मेरो मनलाई तड्पाइ तिमीले छली गयौ
मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ ।
बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै
थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ ।
बसन्तको पालुवा झै हाम्रो माया हुन्छ भन्थ्यौ
त र किन खडेरी भै उजाड बनी जली गयौ ।
अटल, अजर राख्छु भन्थ्यौ पिरतिको कथालाई
तर हिउंको पहाड झै छणभर मै गली गयौ ।

एक छिन हासौंन - ३

IMG_0268[2]आचार्य प्रभा, अमेरीका
ओह !अगाडी मैले त महिलाहरुको श्रीङार-पटारको कुरा गर्दागर्दै देशको कुरा निकालेर टुङ्याएकी थिए । यही प्रसँगमा मलाई म अमेरिका शुरुमा आउँदाको महिलाहरुको ब्युटीपार्लरको झझल्को आयो। म शुरुमा आउँदा मैले काम गर्ने ठाउँको अर्को पट्टी ब्युटिपार्लर थियो। त्यहा आउने कस्टमरहरु सब ४० देखी ७५ कटेका थिए यत्ती सम्म कि कोही त हिंड्न नसकेर समातेर ल्याउनु पर्ने खालका र कोही भने दमको रोगले सिकिस्त भएर अक्सिजनको सिलिन्डर समेत् झुन्ड्याएर आउनेहरु पनि थिए। अब भनौ न,त्यस्ताहरुलाई के को श्रीङार पटार?, तर पनि उनिहरुले पार्लर धाउनै पर्ने। अब यस्तो कुरा चाँही सोच्नै पर्नेहुन्छ यो उनिहरुको बाध्यता हो वा रहर ? त र फेरी यस्ता उमेरकाहरु भए पनि उनिहरुलाई मद्घत गरौ भन्ने हिसाबले यसो समात्न मद्घत गर्न खोज्यो भने त ''आई एम ओ के ''भन्छन यस्को अर्थ यही हो कि म आँफै सक्षम छु भन्न खोजेको हो । समग्रमा भन्नु पर्दा उनिहरुको आशय यही हो कि उमेरले म कमजोर छैन भन्ने । यता हाम्रो पट्टी सोच्ने हो भने ४० कटेपछी त उखान टुका भर्न थालछन ।'' घरले जा जा बनले आइज'' भन्नेबेला भैसक्यो । बुढेसकालमा के को नक्कल ?! नक्कल मात्र बुढेसकालमा त्याग्नु परेको भए त हो । तर ---गत्ती नै छाडिन्छ र पो त फसाद !अब बिचार गरौ न सोचाइ फराकिलो भएमा मात्र पनि जीवन भोगाइमा फरक पर्न आउदो रहेछ त्यसैले हामीले पनि सहि कुरालाई भने आत्सात गर्न जरुरी ।क्रमस :



December 11, 2008

गजल - कहिले भुल्याछैन

बिजयकुमार श्रेष्ठ
धादिङ्गकटुन्जे ,हाल ईराक०

दौतरी तिमीले दिएको उपहार मैले कतै फाल्या छैन
फाटिएको मुटु अझै पनि मैले टाढा बना छैन ॥
तिमीले जे जे सोचे पनि मनमा पाप पाल्या छैन
बगैचाका भमरा झै अन्त मन चाल्या छैन ॥ ॥
जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकि नै छ
सफलताको दिप मैले अझै पनि बाल्याछैन ॥ ॥ ॥
सौगात स्वारुप वर्णमाला दिन टाड्या छैन
कोरा कागत र निला मसि मैले छाड्या छैन ॥ ॥ ॥ ॥
बम र बारुदको भुमीमा बसे पनि तिमीलाई भुल्याछैन
तिमीलाई माया गर्ने यि मनहरु टाड्या छैन ॥ ॥ ॥ ॥ ॥
तिमीलाई सजाउन शब्दजाल रच्न छाड्या छैन
तिमीलाई बिसर्िएर टाढा बन्न खोज्या छैन ॥ ॥ ॥ ॥ ॥ ॥
तिमै्र नाममा जिवन मैले सर्मपण गरि सके
तिमीलाई छाडि मैले अन्त मन भुला छैन ॥ ॥ ॥ ॥ ॥ ॥ ॥
मित्रताको उपहारी सम्झनालाई कहिले भुल्याछैन कहिले भुल्याछैन
दौतरीलाई मैले कहिले भुल्याछैन कहिले भुल्याछैन कहिले भुल्याछैन ॥ ॥ ॥ ॥ ॥

समाप्त । । ।


दौंतरी सर्भरमा गडबडी

आज बिहान देखी दौंतरी सर्भरमा गडबडी भएको ले कतारको केही ठाउ बाहेक कतैबाट पनि दौतरी हेर्न मिलेको थिएन। दौंतरी गुगलको सर्भरमा निर्भर पर्छ। प्राय ब्लगस्पटका ब्लगहरु गुगलमै चल्ने हुंदा आइ.पी बाढ्नुपर्ने हुन्छ। कारण ठ्याक्कै पत्ता नलागे पनि अहिले दौंतरीको सर्भर संख्या फेरेर चलाएका छौं। तर प्राय ब्लगसप्टका साइट गुगल सर्भरमै चल्नेहूंदा यो काल पल्कने समस्याले पून दु:ख नदेला भन्न सकिन्न। दौंतरी आफ्नै सर्भरमा नसरे सम्म यसै गरी नै चल्नुपर्ने हुन्छ। त्यसैले दौंतरीलाइ आफ्नै सर्भरमा सार्ने छिटै काम सुरुगर्ने छौं।
दौंतरी हराउदा तपाइहरुलाइ कस्तो लाग्यो, आफ्ना बिचारहरु राख्नुहोला। दौंतरी १२ घण्टा जती अबरुद्द भएकोमा दौतरी समुहको तर्फबाट क्षमा चाहान्छु।

नेपालियन



December 10, 2008

एक छिन हासौंन - २

IMG_0268[2]आचार्य प्रभा, अमेरीका
श्रीङार भनेको स्त्रीजातिको लागि प्राकृतिक बरदान हो, यस्को सही सदुपयोग भने हुनैपर्छ। तर यस्लाई नचाहिदो उपयोग गरेर अरुलाई आकर्षण गर्छु भन्ने हेतुले मात्र यस्लाई प्रयोग गर्नु हुन्न। यहाँ त्यस्तो चाँही मलाई लागेन। भनौ त ४० कटेकाहरु को आशय चाँही म अझै पनि सक्षम छु भन्न खोजेको भान भयो मलाई।यो मेरो मात्र सोच पनि हुन सक्छ।अनी अर्को हामीलाई अलिक नपच्ने र हास उठ्ने कुरा चाँही के लाग्यो भने यहाँका महिलाहरुले ४० कटेपछी नै टीन एजको जस्तो हाउभाव गरेको जस्तो लाग्यो। जस्तै कसैको जन्म दिन छ भने रेस्टुराँ जाने, गिफ्ट दिने, त्यो गिफ्ट पाएर टिन एजकाले झै उत्साहित हुने।खुशी हुने के- के नै पाए जस्तो!। साथी-साथी भेट्ने मनाउ हामी त स्कुले जीवनमा मात्र त्यसो गर्थ्यौ वा गर्छौ। अनी रेस्टुराँमा पनि आईमाई मान्छे नै खाना खाने बडी आउछन। हाम्रो भन्दा ठीक उल्टो। हाम्रो रेस्टुराँ मा म बिचार गर्छु बिहान बिहानै लन्च खान आईमाई मान्छेको ओइरो लाग्छ । मलाइ कता कता हाँस पनि उठ्छ अनी म मन मनै ''हेर छाडा आइमाइहरु लोग्ने कता छोरा छोरी कता आफुहरु भने साथी बटुल्यो रेस्टुराँ धायो ''भन्दै आँफै हाँस्छु। के यो हाम्रो रीती थिती अनुसार हास्यस्पद नै छैन त ? हामीलाई भने रेस्टुराँ जान साइत कुर्न पर्छ त्यो पनि औशी,पूर्णेमा मन लागेको खाने कुरा खान। लन्च वा डिनर खान त परै जावोस। हुन त यो सँस्कार अनुसारको हाम्रो देशको परिस्थिती पनि त छैन। एक्जनाको कमाइले त्यो सबै परिपूर्ति हुने।

क्रमश: