December 10, 2008

कथा - पहिचान

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )
त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि अनुभव हुने भएकोले मलाइ जागिर प्रतिपनि मोह बढेको थियो ।
 
नेपाल विभिन्न जाती धर्म भाषा कला सस्कृतिले भरीपुर्ण धनी देश हो । नेपालमा बसन्त ऋतुको आगमन सँगै विभिन्न चाडपर्वले आफनो स्थान जगाउदै आएका हुन्छन । हामी आ-आफ्नो रिति संस्कृतिलाइ जर्गेना गर्दै आफ्नो क्षमताले भ्याएसम्म सबै चाडपर्व खुशीसाथ मनाएका नै हुन्छौ । यस्तै एक पछि अर्को गर्दै चाडपर्वहरु आउने क्रममा तिज पनि एक हिन्दु महिलाहरुको लागी विशेष पर्वको रुपमा मनाइन्छ । देशको कुनैपनि कुना होस या देश छोडी प्रदेशीयका महिला दिदिबहिनीहरुले हरीतालीका तिजलाइ आफ्नो क्षमता र समयले भ्याएसम्म मनाउदै आएका छन् । यो देख्दा लाग्छ आजको यूगमा आएर पनि हाम्रा चेलीहरुले आफ्नो कला सँस्कृतिलाइ अझै सम्मपनि उचीत सम्मान सहित ग्रहण गरीरहेका छन् ।

हुन सक्छ कतिलाइ आ-आफ्नो वाध्यताले गर्दा कति चाडपर्वहरुले खिन्नपनि बनाएको हुन्छ, इच्छा आकाक्षा हुदा हुदैपनि बिवस भइ आखा चिम्लिएर भएपनि त्यो क्षण गुर्जानै पर्छ । यसको जलन्त उदाहरण हो तिजको दिन एभरेष्ट क्यासीनोमा भइ गरेका घटनाले र्छलङ्ग बनाउछ भने सोही दिन चितवनमा घटेको बलात्कारी घटनाबाट पनि कयौ नरपिचास पुरुषले नारीलाइ मनोरन्जनको रुपमा मात्र प्रयोगमा ल्याएको अरु यस्ता धेरै घटनाहरुपनि छन् । नारी जन्मजात कोमल स्वभावका हून्छन त्यति माथीपनि तिजकै दिनमा आफनो लागी नभइ आफ्नो श्रीमानको लागी अथवा अविबाहीत नारीले योग्य वर मिल्ला कि भन्ने पौराणिक तथ्यलाइ सत्यमानी निरआहार भइ वर्त बसेका हुन्छन । झन त्यस्तो बेलामा उनीहरुलाइ नै क्षणिक मनोराजनको रुपमा लिन खोज्नु यो सरासर अपराध मानीन्छ भने हाम्रो यो हिन्दु समाजमा सहन योग्य हुदैन ।यसले यो देखाउछ की नेपालमा नारी प्रतिको कानुन आजको युग सम्मपनि मुक रहेछ भन्ने कुरा प्रष्ट पार्छ ।

तिजको दिन भएकाले मसँगै पढने अविबाहीत नारी साथीहरुपनि परिक्षालाई सहज बनाउदै भएपनि वर्त बसेका थिए । गाउको घरमा दिदि आउनु भएको थियो होला गाउको रमझम सम्झी म मेरो भाडाको कोठाको बार्दलीमा आइ एक तमासले म मन अमिलो पार्दै टोलाइरहेको थिए एक्कासी मेरा आखा पर अगाडी बढीरहेकी एक अधवैश्य नारीमा पर्‍यो । नारी जिन्स पाइन्ट र कालो टि-शर्ट, हिल जुत्ता, टाउकोमा कालो चस्मा कपाल हल्का रङगाएका हातमा मोबाइलबाट कोसैसँग कुरा गर्दै र एक हातमा अन्दाजी ५/६ बर्षकी छोरी डोराउदै मेरै घर तिर लम्कीरहनु भएको थियो । हेर्दा हेर्दै उहा सरासर मेरै घरको तल्लो फ्ल्याटमा छिर्नु भयो ।

तल्तो फ्ल्याटको कुरा गर्नु पर्दा त्यहा एक दम्पत्ति बस्दछन् । उनीहरुको एक ५/६ बर्षिया छोरा छ । श्रीमान कलेज पढाउनु हून्छ भने श्रीमति प्राइबेट संस्थामा कार्यरत हुनुहुन्छ र छोरा नजिकैको बोडिङ्गमा एल केजीमा पढदै छ । श्रीमति र छोरा दुइदिन पहिला नै माइत गइसक्नु भएको छ । मैले त्यति वास्था नराखी आफनो अध्यायनको कार्य सरुवात गरे । लगभग २० मिनेटपछि को कुरा हो । उहि नानी फुरुर्क हुदै हातमा चिजबल देखाउदै मेरो कोठामा प्रवेश गरीन र भन्दै थिइन अंकल मपनि ए बि सि डी पढछु ल । बाल बच्चा त कसलाइ पो मन र्पदैन होला र मैले उनीको बोलीलाइ सहर्ष स्वकारीदिए र म सँगै लेख्न पढन थाली हसिली सुकीलो मुहार त्यसमा पनि हल्का तोतोबोली मिसीदा ज्यादै माया लाग्दी थिइन ति बालिका ।

मैले उनीलाइ केहि प्रश्न गरे उनी उत्तर दिदै गइन, नाम स्कुल उनीको रोजाइ देखि लिएर उनीको परिवारका सदस्य सबैको बारेमा सोधेँ नानीको बाबा अफगानिस्थानमा कार्यरत हुनुहुदोरहेछ अफगानिस्थान इराक भनेको सुन्ने वित्तिकै हामी नेपालीलाइ मनमा हल्का भएपनि डरले डेरा जमाउछ । लगभग आधिघण्टा जति भएको थियो होला अचानक मेरो कोठामा स्टाइपलरको पिनले नानीको पैतलाका घोपिन पुगेछ र रुन थाली मलाइ डर महसुस भयो उनी भन्दैथिइ मम्मी सम्म जान्छु अनी मैले बोकेर उनीहरु सामु पुराइदिए र सबै घटना जस्ताको तस्तै भनी दिए। त्यति ठुलो घटना नभएको हुनाले त्यति मनन गरेरन म फर्किए आफनै कोठामा । जब म नानीलाइ बोकेर उनीहरुको कोठामा प्रवेश गरेको थिए त्यस बेलाको अवश्थाले निकै चाखलाग्दो सनसनीपुर्ण थियो। दुवैको सामु एक एक गिलासमा हुस्की दुइ तिन प्याक टेबुलमा लडेका बोतल । पेल्टमा नाना थरीका सलाद मासु आदि एक अर्काले गला जोडाउदै खादै थिए ।रङ्गी चङ्गी कपाल यसै पसारीएका थिए गालामा चुम्वनले पुछिएका पाउडरका डोराहरु देखिन्थे लगाइएका कपडापनि आफनो स्थान छोडेर अली खस्कीएका जस्तो देखिन्थ्यो र मेरो ढोकाको ढकढकाइले दुइ त्रसित भनु या सम्मालीन खोजेका थिए तर अपसोच नशामा डुबेकाले त्यो भएन ।
यो अवस्थाले मलाइ सोच्नै पर्ने बनायो फेरी एक पल्ट लावरिस बन्यो मेरो यो मन अनी आफुले आफैलाइ सोध्न थालेँ । यसमा कस्को गल्ती छ यि पुरुष एक दूइ दिन श्रीमति घरमा नहुदै मा परस्त्री सँग सम्बन्ध राखिहाल्नु पर्छ तिज नारीहरुको मात्रै हो र नारीहरुले गरेको अघोर तपश्यामा पुरुषलेपनि साथ दिनु पर्छ नी होइन र यिनी त झन शिक्षा बाढने गुरु थिए गुरु भइ कन पनि यस्तो व्यवाहार के यहि हो त यिनीको गूरुशिक्षा पुरुषहरु आफनो श्रीमति अरु कसैसँग बोले त आखा लागाउछन भने भने आफु चाहि किन अरुको श्रीमति सँग हुक्की तालमा रङ्गमाच बनाउने त यो कस्तो चरित्र !।

यिनी महिला महिलाको परिभाषा त मैले माथीका पक्तिहरुमा नै दिइ सकेको छु। के यि महिला त्यसमा मेल खाने खालकी छिन त, लाखौ महिलाहरु निराहार भइ आफनो ज्यान नै जिवन र मृत्यूको धारमा राखेर श्रीमानको आयुको लागी तपस्या गरेका दिनमा यिनीलाइ चाहि त्यहि दिन जुर्यो हुस्की कुखुराको सपेटा ताल्न र आफनो श्रीमान नभएको बेला परपुरुषसँग व्याकुल यौन प्यास मेटाउन । परदेशीयको श्रीमानले पनि बम गोला बारुद सँगै आत्मासाथ गरेरै भएपनि आफनो परीवारकॊ लागी केहि त सोचेकै होलान । यीनको पनि माइतीहरु बाटो कुरेका थिए होलान तिज तिहारमा चेली बेटीको पाइला नपर्दा माइतीघर नै सून्य हुन्छ सानी नानी नया पोशाकमा सजिएर मामलीको आगनीमा उर्फिन्थीन् होली बिबाह पुर्वका साथीहरुले बेदना र खुशी पोख्ने साथीको पर्खाइमा होलान । यि सबै सपना बनाएकी दिएकी छिन यि नारीले ।

मलाइ लाग्यो गल्ती त त्यसले गर्यो जसले कसैको इच्छालाइ नबुझी पैसाको लोभमा सबै सन्तान छोडेर पराइ भुमिमा पसीना बगाइरहेको छ । जब आफ्नो भन्नु नै कोहि नभएपछि पैसाको के अर्थ हुन्छ र । कसैको छोरीलाइ दुइ पैसाको सिन्दुरले सजाइदिएर श्रीमति भन्न मात्र त्यस्तो नामर्दाले किन कसैको चेलीको स्वतन्त्रमा भाजो हाल्नु । श्रीमति बनाइ सकेपछि उसको हरेक इच्छाहरु पुरा गर्न सक्नुपर्छ । आधुनिक जमनाका नारीहरुलाइ र्पैसाले मात्र खुशीदिन सक्छु भन्ने कुरा कथीत मात्र हुन्छ । के आफ्नै देशमा बसेका दाजुभाइले जहान परिवारलाइ पलेका छैन र?, बिदेशमा दिनरात एक तमासले पसिना बगाएर मातृभुमि फर्किदा एक दिन त समाजलेपनि विचरा धन्न फर्किएछ भनेर खुशि मनाउलान त्यैपनि तिम्रो पसिनाको केहि हिस्सा पायो भनी यानकी उसले एक खिल्ली चुरोट एक गिलास पदार्थ वा वालबच्चाले एक मिठाइ, नत्र त्यहिपनि तिमीलाइ बिचरा भन्ने कोहि हुदैन किनकी तिमीले हरेकको इच्छा आकांक्षालाइ कुल्चेर आफु जन्मेको भुमिलाइ दुइ पैसाको लोभमा लात हानेर परदेशीएका छौ । तिमीले कहिलै महसुस गर्‍यौ तिम्रो अनुस्पस्थितिमा कयौ दिन यि वनका न्याउनी चरी रोए होलान, डाडा पाखा छहराले तिमीलाइ कत्ति बोलाइरहे होलान, बर्खा लाग्दा मेलापातमा कति साथीहरुले तिम्रो सम्झनामा मन अमिलो बनाउदै कार्य गरे होलान। आफनो कोखको घाउ पराइ हुदा कुन आमालाइ सन्तोष हुन्छ वर्षै्रपिच्छे लाग्ने मेलामा तिम्रो सुरीलो स्वरमा जुन्गीन्थे होलान ति भाका यसपालीको मेलामा पक्कै गुन्जएनन् । तिम्रो अनुपस्थितिमा कति खाल्लो हुदो हो चाडपर्व पनि । केहि गर्लाकी भनेर दश दश महिनासम्म गर्वमा बोकेर यो धर्तिमा जन्माइन यहि धर्तीमा जन्मी यहा कै माटो सँगै मेलमिलापमा हुर्कीयौ बढ्यौ, दुइ चार अक्षर के चिन्न सकेका थियौ हात लाग्ने भएपछि चटक्कै माया मारेर यहि धर्ती बोध हुने बेलामा आफनो बल अनी जवानी पराइलाइ दाइजो दिएर तिमी रित्तो फर्कि आउछौ धर्ति माताले तिमीलाइ जन्माएर के पाइन त?। बुढा मातापिताले तिम्रो पसिनाबाट कमाएका केहि पैसा देखेपनि सन्तोष भने पक्कै लिन सकेका छैनन् तिमीले जिवनभर साथ दिउला जुनी जुनी भर जुनतारा भइ सँगै जिवन बिताउला भनी यग्ज्ञाको धुवा लगाएर सिउदोकमा सौभाग्य छर्कि दिएकी तिम्रो जिन्दगी तिम्रो अभावमा वाध्य भएर परपुरुषसँग सम्वन्ध राख्नपनि पछि परेकी छैनन् । अव भन तिमीले के पायौ र के दिन सक्छौ तिमीसँग के नै बाकी छ र दिनको लागी पनि ।

हुन त कुनैपनि व्याक्ति आफनो घर परिवार समाज आफनो जन्मभुमि त्यागेर अन्य देशमा रहरले जान चाहादैन। विशेष गरी खाडी मुलुक सबैलाइ आ आफनो वाध्यताले र सानो सपना बुनेर परदेशीएका हुन्छन। नजिकको तिर्थ हेला भने झै जन्मभुमिमा हुदा त्यति ख्याल नर्गनेहरु आफुले वाध्य भएर परदेशीनु पर्दा बल्ल जन्मभुमिको महत्वको बुझेका हुन्छन । प्रदेशमा जतिपनि गगनचुमी भवन प्राकृतिकलाइ पछि पार्नभनी बनाइएका जतिपनि बनाओटि साधनहरु भन्दा आफनै देशको गगनचुमी ढपक्क हिउले ढाकेका सेता हिमालहरु काखैमा राताम्मै फुलेका लाली गुरुसले भरिपुर्ण पाखा पखेराहरु नागबेली झै बगेका हिमश्रृखला खोलानालाहरु स्वर्गभन्दापनि प्यारो लाग्छ अर्ध नग्न भइ नाना धरीले सिङ्गारीएका चकलेटि पोशाक भन्दा गुन्यूचोली ले सजिएकी आफनै चेलीबेटि सँग आत्मासाथ हुन्छ। पियानो र हारमोनियमजस्ता आधुनीक बाजा भन्दा रोधीका बजेका मादल वनपाखामा गुन्जीने वासुरीको धु्न नै ह्दयस्पर्सी हुन्छन । पुर्खाले जोगाइ राखेको एक जन्मजात स्वतन्त्र मुलक कला सँस्कृतिले भरिपुर्णा प्रकृतिक छटाहरुले गर्दा नै आफु नेपाली भएकोमा गर्व गर्ने ठाउ बनेको छ । अरुको खटनमा बसेर काम गर्नुपर्दा कलिकति फुस्रत भए कि त घरपरिवार गाउ समाज प्यारो मातृभुमिसँग गुनासो पोखेर अनायसै आशुका ढिका खसाली र पछिको पैसाले किन्ने उज्वल भविष्यको कल्पनामा डुव्दा डुब्दै फेरी कुनै सन्देशले कामप्रति जागारुक बनाइदिन्छ । मनको लड्डु ध्यूसँगै खादै निर्जल मरुभुमिमा अफिसको कुर्चीमा बसेर कम्पुटर चलाउने होस या सडकमा गैटिबेल्चा खेलाउने साथी होस या कुनै चौकिदारी गर्ने चौकीदार किन नहोस सबै परदेशीको व्याथा कथा एउटै हुन्छ ।

समय निरन्तर बगीरहन्छ आफनो पराइ नभनी आफै गतिमा एक तमासले अगी बढिरहेको हुन्छ । हामी मानव भइकन समयलाइ आफनो नियन्त्रणमा लिइ सँगै पाइला बढाउन सकियो भने अवश्य एक दिन लक्ष्यमा पुग्न सकिन्छ । परदेशियका कर्मठ हातहरु बिदेश मरुभुमिमा जोत्नु भन्दा आफनै मातृभुमिमा कुटो कोदालोसँगै लडेर आफनो पसिनाले मातृभुमिलाइ भिजाएर सुन फलाउन सकिन्छ सुन्दर हरावरा प्रकृतिक छटासँगै आत्मासाथ गरेरपनि आफनो नाम उच्च राख्न सकिन्छ नेपाली मातृभुमिमा जन्मेर पनि कतिले आफनो नाम सर्वच्वमा लेखाउन सफल भएका नै छन् । त्यसैले रुपयालाइ सर्वस्व ठानेर परदेशीने मित्रहरु आफनो भविष्यलाइ पनि सोच्नुस परदेशी भुमिमा सधै दाशी भएतापनि अधिपत्य भने जमाउन सकिदैन । अधिपत्य त्यहा हुन्छ जहा तपाइको पहिचान हुन्छ । विदेशमा पनि पैसाको वोट हुदैन पसिना त वगाउनैपर्छ ति कर्मठ हातहरु आफनै जन्मभुमिको माटो मिलाउनुस । कसैको करकापमा दबेर काम गर्नु भन्दा छाति फुलाएर आफै देशको चटटान फोनुस्र आफनै प्यारी अनी आफनै कला सँस्कृति आफन्त गाउ समाज वन पाखासँगै मितेरी लगाएर जिउन सिक्नुस यहि नै स्वर्गको अनुभुति मिल्छ ।

सिन्दुर पोते किन्नमा सस्तो छ तर त्यसको मह्त्वमा धेरै अन्तर छ । नारीहरु त्यहि एक चिम्टी सिन्दुरले सिउदो रङ्गगाउन नपाएर बुढि कन्या नै बसेका छन् । कयौ नारीले सिन्दुरको रक्षा गर्न खोज्दा आफनो ज्यान नै गुमाएका छन । त्यहि सिन्दुर र पोते बिना पतिव्रत नारीहरु जिन्दगीभर उजाडिनपनि वाध्य भएका छन । भने आफनो सौभाग्यमा सजिएर बस्ता तिनै नारी कुनै अप्सरा भन्दा कमीको महसुस हुदैन पुरुषको लागी । र पनि कत्ति नालायक पुरुषले त्यहि सिन्दुर र पोतेलाइ हतियार बनाएर श्वार्थपनि लुटन पछि परेका छैनन् । सँसारलाइ निरन्तरता दिनका लागी सन्तति पैदा गर्ने भाडो क्षणिक मनोराजन र दुइ चार पचासको लेाभमा दिन डाहाडै लम्पसारीने जवानीको फुलहरु एक चोटि पछाडी र्फकेर हेर आफनो जवानीलाइ मात्र सम्झेर यहि जवानीले सधै लम्पसार पारीरहन साथ देला त क्षणिक मनोराजनकोलागी दुरुपयोग गर्ने वैश्य नारीहरुले गर्दा नै कर्मठ नारीहरुको समेत आवाज पूरुष प्रदान देशले दवाएर राखेको छ नरपिचास पुरुषहरु यस्तै नारीको कमजोरीको फाइदा उठाइ दिन डाहाडै नाङगै नचाउन सफल भएका छन् ।

त्यसैले मिठो फलको आशा गर्नेले कर्म पनि त्यत्तिकै गर्नुपर्छ । दुनिया स्वार्थी छ कोहि कसैको लागी केहि गर्ने छैनन र गरेर साध्यपनि हुदैन आफनो स्थान आफैले बनाउनुपर्छ । अरुको मुख ताक्ने बानीले गर्दा हामी हाम्रो समाज हाम्रो देश धेरैपछाडी धकेलीसकेको छ आकाशमा चन्द्र सुर्य पहुचमा नेपाली रगतले भ्याएसम्म सबैले आ आफनो स्थानबाट सक्दो सहयोग र साहेता गरियो भने कुनैपनि नेपाली आमाको सन्ततीले पराइ भुमिमा पसिना र रगत बगाउनु पर्दैन नेपाली चेलिले बन्द कोठीमा या कुनैपनि वाश्यालयमा नग्न नाच देखाइ जिवकोपार्जन गरी जिवन बिताउन वाध्य हुने छैनन र नेपालले सगरमाथा झै गर्वले उठेको शिर झुकाउनु पर्ने अवश्था आउदैन कि जय नेपाल जय भुमि प्यारो नेपाल ।

मेरो मोबाइलको घण्टीले मलाइ झस्कायो नम्बर हेरेको उही दाजु भन्दै हुनुहुन्थ्यो ‘सुमन भाइ म बाइक र्दुघटनामा परेँ’, 'हतार हतार वि एण्ड वि हस्पीटल पुगेँ दुइ जनाको अवस्था निकै चिन्ताजनक देखिए भने सानी नानीले सँसार छोडी सकेकी रहेछिन । त्यही रमीता हेर्न सबैको घुइचो देखिन्थ्यो ।


December 9, 2008

मेरा असली कमरेड

कुरो राजनितीको,बिषय समाजीक परिस्थीतीको। बुझी नबुझी प्रजातन्त्र भनेर लागियो। त्यही भूमरीमा कम्युनिष्ट प्रजातन्त्रको अर्को ध्रुबमा छ भनेर चिनाइए। तर खोइ पुरानो कम्युनिष्टको त के कुरो जंगलको खाटी कम्नियुष्ट पनि बहुदल तिर तेर्सियो। अब क्यारेमबोर्डका गोटीको निसाना दुइ ध्रुब रहेनन, सहस्र गोटी छरपस्ट जुन प्वाल नजीक उतै तेसारीने भए।

केही पहिले एउटा कमरेडको कथा पढेको थिए। सारै घतपरेको थियो। लेखकका साथीका जस्तै मेरा साथीका बुवा पनि नेपालकै नं १ बामपन्थी लेखक हुन। भनौं न कुनै पार्टी तिर नलागेका असली कमरेड । देशै हल्लाएर लेख्ने। तिनैको गाला तासिएको अनुहार सम्झेर कथा सकाएको थिए। केही समय पछि अर्का परिचित मित्रलाइ कमरेडको बखान दिन मन लाग्यो। हुन पनि नेपालमा यस्तै यस्तै कमरेड छन बजारभरी। मरिगए भेटीएन त्यो कथा। कथा यसरी भिजेको थियो मनमा, आफै पुन लेखौं कि जस्तो लागेको थियो। लेख्ने लेखक साझाको चौतारीमा आउने गालब हुन कि जस्तो लागेको थियो, तर सोध्दा हैन रहेछन। कस्तो रसिलो लेख जहिले सम्झदा पनि मानसपटलमा ताजै रहने। न त मैले पुनर लेखन नै गर्न सकें नत गुगलमाताले नै साथ दिइन। ति लेख र त्यो कथा धमिलो बनि हरायो आकाशमा। आज “दौतरी Followers” क्लिक गरेको त, "लौ कथाको रसवरी त त्यही पो रहेछ"। अब मेरो खस्रा शब्दको गाठो पारेर त्यही रसिलो रसबरीको पोको खोल्दै छु। उनै पुरान मित्र गोतामेको बाम नेता...

"पुराना वाम नेताको एक दिन"

'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ । बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर ।

पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्।

एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्। सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्।

जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।

कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि।

नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्।

साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै-घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ । दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युध्द भइरहेछ।
एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।

"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने। "फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!) यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।

घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।

(सक्कली कथा http://gautambasanta.blogspot.com/ मा छ)



बदमाशलाइ सजाय

कुरो ठिकै हो, बदमाशले सजाय नपाए के पुरस्कार पाउने त? । कति आनन्द आउछ हैन त बदमाशलाइ हतकडी लगाएर न्यायको कठघरामा उभिएको हेर्न? अमेरीकाको इलोनोइ(Illinois ) गणराज्यका गभर्नर Rod Blagojevich अब ३० बर्ष जती जेलमा बास बस्ने पक्का छ। उनले राज्यको सहयोगबाट चल्ने पत्रिकालाइ धम्काएर आफ्नो बिरोधमा लेख्ने पत्रकारलाइ ननिकाले रकम नै निकासा नदिने धम्की भरिएको टेप संघिय पुलिसले अदालत समक्ष प्रस्तुत गर्‍यो। आफ्नी श्रीमतीलाइ उच्च तहको जागिर दिलाउन खोजेको देखी राष्ट्रपतीका लागी हालै मात्र बिजय भएका बराक ओबामाको सिनेट पद ब्यक्तीगत फाइदाको लागी लिलाम बढाबढ गरेको उनी माथी थप आरोप छन। बिकसित देशमा घुस्यालाइ यसरी घोक्रेठ्याक लगाएर जेल कोचेका प्रस्तश्त उधारण छन।




तर यस्तो आनन्द लाग्ने समाचार आज सम्म नेपालमा देखेको छैन। साधरण चोर्ने,फोड्ने,पाकेट मार्ने आदीलाइ दोषि ठराएर जेल चलान भए होलान तर देशको सरकारी पदमा बसेर शक्तीको दुरुपयोग गर्दै अकुत सम्पती कुम्लाउनेलाइ औलो ठडाउने बाहेक केही कारबाही भएको छैन। के यस्ता घुस्याहालाइ कारबाही गर्ने देश नै धनी हुनुपर्दछ त? कि नेपालमा घुस्याहा नै छैनन्? किन नहुनु नि, नेपालमा त जती पद ठुलो भयो उती निसफिक्री घुस खान पाइन्छ। यस्तो हालत देख्दा त नेपाल तेस्रो होइन चौथौ मुलुक जस्तो लाग्दछ जहां अनिमियता देखी कानुनी संचरना बेखबर छ। अथवा पत्रिकामा खबर छापिएको भरमा वाध्य भएर केही गरे जस्तो गर्दछ जुन खबर जस्तै भोलीपल्ट अस्ताउन हुनपुग्दछ।

साच्चै भन्नु पर्दा घुस्याहालाइ कारबाही गर्न पैसा होइन एउटा लठ्ठी काफी छ। सकिन्छ भने घुस्याहालाइ जेलमै कौचौं होइन भने लठ्ठले सोरेर भए पनि कारबाही त गरौं। यांहा त घुस्या हतकडी लगाएर जेलदरबार होइन सलामी खाएर सिहंदरबार पुग्दछन। अहिले हेरौं न जेपी गुप्तालाइ? जेलमा थलापरी रामायण पढ्ने बेलामा नया नेपाल बनाउन संबिधान लेख्दैछन। के लेख्लान यस्ताले संबिधान? दुधको सांची बिरालो। यस्ता डाकाले लेखेको संबिधानले के नया नेपाल बन्ला? संबिधान सभाको बठैक दिन दिनै बस्दैछ। सभासदहरु जसरी भए पनि दैनीक पेश्की असुलीरहेका छन। संबिधान त बन्ला। संबिधानको किताबले देश त पक्कै चलाउदैन। आखिर देशमा नियम कै खिल्ली उठाए जस्तै स्वर्गको जस्तै संबिधान बनाए पनि जनतालाइ के फरक पर्दछ र? जब सम्म बदमासहरु खुलेआम घुमफिर गर्दछन देशले कहिले सहि बाटो समात्दैन। हामीलाइ बिकास होइन दु:ख गरेर कमाएको निबेकले निर्धक्कसंग हातमुख जोर्न पाए पुग्दछ।



एक छिन हासौंन

आचार्य प्रभा, अमेरीका

IMG_0268[2]हाँस्नै त हो हाँस्नलाई कुनै बिषयबस्तु त चाहिदैन वा रोजिरहनु पर्दैन। जुन जुन कुराले घत् पुर्याएर हँसाउछ त्यही कुराहरु म यहाँ  प्रस्तुत गर्ने प्रयास गर्छु । अर्थात जुन कुराहरुले मलाई हाँस्न वाध्य तुल्याएको थियो वा अहिले पनि हाँसी रहेकी छु। खास म हाँस्यब्यङ्यकार पनि त होइन।मैले यो बिधामा कलम चलाएकी पनि छैन।यो त केवल मलाई घत् पुगेर हाँस उठेको कुरा मात्र यहाँहरुलाई बाँड्न खोजिरहेकी छु ।

अब मेरो आफ्नै वास्ताविक्ता सुन्नु होस् न !जब म नेपालमा थिए एउटी गिनिचुनेको गीतकार अर्थात लेखिका थिए भनु । बरिष्ठ् नभए पनि महिला ''राइटर'' भनौ अङ्रेजिको 'डब्ल्यु' अक्षरबाट शुरु हुने शब्द ''राइटर''। आहा कत्ती अभिमान थियो त्यो वाक्यमा। कस्तो स्वाभिमान थियो? साहित्यिक जमघट,कार्यक्रमहरुमा कस्तो सम्मान थियो। भनौ गोजी रित्तो भए पनि 'राइटर' हुनुको अभिमान थियो । घरमा चुल्हो बल्न धौ-धौ परेपनी ''राइटर'' हुनुको इज्जत थियो। अर्थात संसारभरी नै ''राइटर''को स्थान अलग्ग हुन्छ। त्यही मध्ये म पनि आफ्नो देशको लागि एक लेखिका अर्थात ''राइटर''नै थिए भन्नु पर्ला। होइन भनु भने पनि रेडियो, एफ एम हरु लगायत पत्रपत्रीका सबैमा लेख्न नभियाएको होइन। नेपाली सैनिक कार्यक्रमको त स्थाइ नाटक,गीति कथाकार नै भएर काम गरेकी हुँ । मेरा प्रशङ्सकहरुका पत्रहरुमात्र दिनको २५/ २६ वटा पढ्न पाउदथे। कसरी लेख्ने मान्छे होइन भनेर पनि भनु म आफुलाई? अर्थात जे भएपनी कलमले चीनाएको थियो मलाई। तर ---बिडम्बना !भाग्य चम्काउने प्रयासमा म जब अमेरिका आइपुगेँ तब मेरो जीवनको काँया पलट भो। हुनत यहाँ आउने सबैले नै त्यही भोग्छन जुन मैले भोगी रहेकी छु वा भोगेँ। यहाँ आउने सबैको नै पासा पल्टिन्छ जस्तै नेपालमा मै हुँ भन्ने,ठुलो रवाफमा बाँच्नेले पनि बिदेशमा भिजेको मुसो हुनु पर्छ त्यस्तै मलाई नेपालका साथी भाईहरुले सोध्ने गर्छन् । त्यहा के गर्दैछौ? भनेर। बिचरा!ती साथी,आफन्तहरुलाई के थाहा?यहा मान्छेको दिनचर्या,जीवनभोगाइ नै ठीक उल्टो हुन्छ भनेर।

उनिहरुको प्रश्नलाई म ठट्यौलिमा उडाउदै जवाफ दिन्छु। नेपालमा हुँदा पनि म अङ्रेजी शब्दको 'डब्ल्यु' बाट शुरु हुने 'राइटर' थिए अहिले पनि त्त्यही 'डब्ल्यु' बाट आउने शब्दकै काम गरिरहेकी छु। उनिहरु एकक्षण रणभुल्लमा पर्छन र मौन हुन्छन अनी फेरी म हठातको साथ उनिहरुको मौनतालाई भङ गर्दै जवाफ दिन्छु। ''वेटरेस्''क्या त ? 'राइटर' र 'वेटरेस' एउटै अक्षर 'डब्ल्यु ' बाट शुरु हुने शब्द होइन त ? । अनी फोनमा शब्द्को सट्टा हासोको हल्ला मात्र गुन्जिन्छ। त्यस्तै बिगत सात,आठ बर्ष अघी मात्रै मेरो एक मित्र जो नेपालमा हुँदा 'अफिसर' थियो कुनै एउटा अफिसको। ऊ अमेरिका भित्रियो। कहिले कहिले मलाई नेपालमा हुँदा फोन गर्थ्यो अनी म सोध्ने गर्थे। ''तिमी अमेरिकामा के गर्दैछौ'' भनेर ? उस्ले हाँस्दै जवाफ दिन्थ्यो नेपालमा हुँदा पनि अन्त्यमा 'सर' शब्द आउने नै थिए।अब यहाँ पनि त्यही अन्त्यमा 'सर' शब्द आउने काम नै छ। म खुशी र अचम्भित हुँदै भन्थे। ए ---त्यसो भए तिमी त 'लक्की'रहेछौ त्यहा पनि त तिम्रो स्किल र क्वालिफिकेसन अनुसारको जागिर पाएछौ राम्रो भएछ त ! अनी उस्ले हाँस्दै जवाफ दिन्थ्यो अँ ---हो नि मेरो स्किल र क्वालिफिकेसन अनुसारकै 'जब' हो अन्त्यमा 'सर' नै आउने 'डिशवासर' अन्त्यमा यस्को पनि त शब्द 'सर' नै आएन त ? अनी म तीन छक्क पर्थे।

पत्यारो लाग्दैनथ्यो किन जिस्किएको नि ? भनेर रिसाऊथे पनि। तर ---यथार्थमा त्यस्तै पनि हुदो रहेछ। आफ्नो देशमा हुँदाको सबै कुरा नै बिर्सनु पर्दो रहेछ। तर साचै भन्ने हो भने आफ्नो देशमा पलापिएर खाएकाहरुलाई भने सार्है तह लागाउने देश रहेछ यो अमेरिका। काम गर खा, नत्र भोकै बस यही सिद्दान्त छ यहाँ। वास्तवमा यो एकप्रकारले राम्रो पनि हो। मै हुँ भन्ने र भेदभाव गर्नेहरुको लागि त यो देश शत्रु नै हो।

अब अरुतिर पनि लागौ न ---नेपालमा हुँदा घरमा पानी पनि श्रीमतिले दिएको मात्र खानु पर्ने, आफुले सारेर खान सम्म नसक्ने श्रीमान हरुको पनि हालत पत्ला छ यहाँ। आँफै पका, भाडा मोल,रूचे खा, नरूचे भोकै बस किन कि नेपालमा पो जतिसुकै अभाव भएपनी श्रीमानलाई मात्र कर थियो कमाउने र श्रीमतिले काम गरेर पैसा कमाउनै पर्छ भन्ने थिएन। श्रीमती केवल भान्से अर्थात सेविका मात्र तर यहाँ त दुवैले कमाउने अवसर पनि छ र जरुरी पनि छ। यौटाले कमाएको 'डलर' ले त बिल तिर्दा नै ठीक्क ---। 'डलर' कमाएर नेपाली रु खर्च हुने भए पो श्रीमानको सेविका भएर बस्ने कि कसो ? यहाँ त श्रीमती हजम पनि हुनु पर्छ किन भने श्रीमानको कपाल पट्कै पछी काट्दा बिसडलरको हिसाब ले पैसा जान्छ।मरी मरी कमाएको पैसा नाथे कपाल काट्दा नै जान्छ भने त्यो पैसालाई सबै श्रीमान हरुले नेपालीमा 'कनभर्ट'गर्दा ठ्याक्कै लग्भग पन्द्र्हसय जान्छ अनी जिब्रो निकालेर श्रीमान हरुले ल बुढी मेरो कपाल तिमीले नै काटिदेउ जस्तै भए पनि कस्लाई पो देखाउनु छ र ?

भनेर श्रीमतीद्वारा कपाल पनि कटाउन वाध्य छन उनिहरु । यस्तै सत्य तथ्य र हास्यस्पद जीवन भोगाइ छ।हामी सबै बिदेशमा बस्नेहरुको ।

क्रमश



कबिता - म र मेरो !!!


गोकुल बिबश ढकालgokul_bivas
बोस्टन, अमेरिका
डिसेम्बर ०९, ००८

झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
प्वाल परेको मोजा, भिजेको जुत्ता, पसिना मेरो सारथी,
निब भाच्चिएको कलम, मिती सकिएको मलम, मेरो ओखती
चोइटिएको मन, नकमिने धन, सम्झाउ आँफैलाई कती ?
पुरानो थाल, घुन लागेको दाल, मधेसी चामल
गाई काट्ने ठाउँ को खसी, परदेशको दशी, खोइ को मलामाल ?
माड् हाल्नै पर्ने मुख, नदेखिने सुख, कुन् जुनिको यो कर्म ?
बनको भाखा, हिमालि काख, खोइ मेरो धर्म,
सारा चिज बिरानो, म आफै बिरानो, मेरै देश बिरानो
यो मेरो जुनि दुखमै बित्यो, स्रिस्टि नै बिरानो,
झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती !


December 8, 2008

लघुकथा- श्राप निवास

आचार्य प्रभा
ऊ आफ्नो भब्य महल भएकोमा गमक्क थियो। उस्ले घरको अगाडि एउटा बोर्डमा ''आशिष निवास'' लेखेर टाँसेको थियो, जुन टाडाबाट नै देख्न र पढ्न सकिन्थ्यो । घरको वरिपरी ईटँका पर्खालले घरलाई सुरक्षित बनाइएको थियो। मानौ त्यो भब्यमहलको शान सौकत नै अर्कै होला जस्तो भान हुंथ्यो । सँगैमा उस्का हितैषी मित्रको भने यौटा सानो झुप्रो थियो जस्को चाँही उस्ले ''शान्त कुटी'' भन्ने नाम दिएको थियो। उक्त कुटिको वरिपरि सुन्दर फूलहरु लगाइएको थियो ।यसरी दुई मित्र बिचको आश्रय ''भब्यमहल''र सानो झुप्रोमा परिभाषित थिए ।

एकदिन अकास्मात् दुईमित्रबिच सानो कुरामा भनाभन पर्‍यो। ‘निवासवालाले’ बडो फुर्ति र घमन्ड्को साथ ''कुटिवाला'' लाई भन्यो ''साला झोपडिमा बस्नेको बुद्धी पनि त्यस्तै नै हुन्छ । कहिले ठुलो संसार देख्ने सपना पालेको भए पो सोचाइ पनि ठुलो हुन्छ । कुटिवाला मौन बनेर उस्का गाली सुनिरहेको थियो र उस्ले पनि ब्यङ्यात्मक मुस्कान छर्दै जवाफ दियो। ''हो हजुर महलमा बस्नेहरुको मात्रै सोचाइ महान हुन्छ, उनिहरु मात्रै समझदार हुन्छन । हामी झोपडिवालाहरु यस्तै नै हुन्छौ हामी जस्ता सँग किन तुलना गर्ने ? ”। फेरी निवासवाला गम्किएर बोल्न थाल्यो: ''हेर साथी मान्छेले आफ्नो औकात् बिर्सनु हुन्न। तिमी अहिले म सँग बोल्दैछौ । तिमी जस्तै सँग होइन याद गर, मान्छेले जहिल्यै सानो बिचार पाल्नु हुन्न। तिम्रो औकात जस्तो छ,बिचार पनि त्यस्तै सानो छ । त्यहि माथि यी झोपडिवालाहरु किन आँफै ठुला हुन खोज्छन ? मलाई त हाँस उठेर आउँछ । यी मलाई नै हेर न,बास पनि गतिलो, सोचाइ पनि उचा, त्यसैले त मेरा आफन्त, मित्रहरु पनि म जस्तै फराकिला सोचाइका छन। तिमीले देखिरहेकै छौ नि कस्ता कस्ता ठाट्टिएर आउछन मलाई भेट्न।

उस्का घमन्ड्का बखानहरु यसरी धारा प्रवाहका साथ बहिरहेको थियो जस्ले गर्दा उस्को मित्रलाई भित्र भित्रै असह्य भैरहेको थियो। उस्ले शान्त र सरल तरिकाले संयमित हुँदै भन्यो ''हेर्नुहोस् साथी मलाई ठुलो महलमा बसेर ठुलो रवाफ देखाउनु छैन,अब रह्यो ठुलो बिचारको कुरा, ठुलो बिचार सोंच, शब्द र भाषाणमा सिमित राखेर यदी त्यो ब्यवहाँरमा लागु हुँदैन भने म त्यस्ता बिचार लाई मान्न तयार छैन । मैले हेर्दै आइरहेको छु, महलमा बसेर ठुला गफ छाट्नेहरुका जाल र षड्यन्त्रहरु पनि। मलाई त्यस्तो बोक्रे भलाद्मी हुनुछैन । हो,  म झोपडिमा बस्छु मेरो सानो कुटी छ त र त्यो पवित्र छ,शान्त छ । त्यहा जालझेल छैन, म महलमा बस्नेसङ आफुलाई दाज्न पनि चाहन्न किन कि मैले समाजको लागि झोपडिमा नै बसेर पनि केही योग्दान दिइरहेको छु जस्तो लाग्छ।  म झोपडिमा बसे पनि भिखारिको जस्तो चित्त मेरो छैन र दुनियाँलाई लुटेर मैले बैभवशाली बन्नु पनि छैन। घर भनेको मन, मुटु र आत्मा मिलेर बनेको हुनुपर्छ। ढुङ्गा,माटो र ईटाँको पहाड अग्लाएर मात्र घर 'घर' हुदैन। यदी त्यहा मानवता र आत्मियता छैन भने, त्यो भित्र जहिल्यै शितयुद्ध चर्कन्छ भने त्यो घर होइन खण्डर हो । यसैले मलाई खण्डहर भित्रको खोक्रो बनावटि प्राणी हुनुछैन बरु झोपडिभित्रको मान्छे हुनुछ केवल मान्छे”

कुटिवाला मित्रको सम्बेदनशिल तर्क उस्ले सुनिरहेको थियो। ऊ अनायस झस्कियो चार ,पाँच जना मान्छेहरु उनिहरु भएतिर मचिदै आएर 'निवास वाला' लाई च्याप्प समातेर तथानाम भन्दै घिसार्न थाले । ''साले हामीलाई बिदेश पठाउछु भन्दै हामीबाट पैसा खाने त नै होइनस ?, अर्काको पैसा खाएर शान देखाउन लाज लाग्दैन ?, हाम्रो पैसा फिर्ता गर कि तेरो ''आशिष निवास ''हाम्रो नाममा नाम्सारी गर'' । त्यती भन्न नसकी नै अर्काले थप्यो '' नाम मात्र ''आशिष निवास'' टाउकोभरी ऋण बोकेर ठडाएको महल बैंकले लीलाममा निकालेको हिजोको अखबारमा मात्र मैले पढेको थिए । अनी कहाँ बाट हाम्रो नाममा नामसारी गर्नु ?, त्यो निवासमा हज्जारौको आँखा गडेको छ, कत्तिलाई रुवाएर ठडाएको निवास कत्तिले सराप दिइरहेको छ त्यसैले अब त ''आशिष निवास हैन ''श्राप निवास ''भने हुन्छ''

यसरी अनेकौ बचन् बाणले ऊ नतमष्तक भैरहेको थियो। आफ्नो साथीलाई भर्खर मात्र आडम्बरी गफहरु चुटेर ऊ आफुलाई महान ब्यक्तित्वमा साबित गराइ रहेको थियो। तर ती मानिसहरुले उस्लाई त्यसरी लज्जित बनाएकोमा ऊ साथीको अगाडि अत्ती नै शर्मिन्दा बन्न पुग्यो । आफ्नो साथीको बिह्वल अवस्था देखेर कुटिवाला साथीलाई दया लागेर आयो र उस्ले भर्खर मात्र भएको उनिहरुको भनाभनलाई बिर्सिएर ती मानिस् हरुलाई सम्झाउन थाल्यो। उस्ले अनुनय बिनय गर्दै भन्न थाल्यो: ''कृपया आज वहाँलाई छाडिदिनुहो स, वहाँलाई एक पटक मौका दिनुहोस । वहाँलाई म पनि साथ दिन्छु, म वहाँको दु:ख,सुखको साथी हो । मलाई जहसम्म लाग्छ वहाँ त्यस्तो बेइमान हुनु हुन्न। कहिले कही मान्छेबाट नचाहेर पनि गल्ती हुन सक्छ'' ।

उस्को मित्रले के बिन्ती पोखिरहेको थियो, तिनिहरुले रिसको आवेग ऊ माथि पनि पोखे । तर पनि ऊ धैर्य बनेर उनिहरुको बचनबाण सहिरहेको थियो । यत्तिकै बिचमा एउटाले भन्यो '' आज जाउँ, यसलाई अर्को पटक चाँही छाड्नु हुन्न ''भन्दै तिनिहरु बाटो लागे ।

ति दुई साथीहरु किङ्कर्तब्यबिमुढ बनेर त्यही झोक्राइ रहेका थिए । अनायस शान्तकुटी वालाले साथीलाई शान्त्वाना दिदै भन्यो: ''साथी चिन्ता नगर्नु होस्, समस्यासँग डराउनु हुन्न । साथी भनेको यस्तो मौकामा काम लाग्नु पर्छ, म छु, नडराउनु होस् । तपाईंको महल लीलाम भएपनी मेरो कुटिको दैलो खुल्ला छ । तपाईंको समस्या मेरो पनि समस्या हो। म पनि यस्मा सहभागि हुन्छु । मेरो एकमात्र बिन्ती तपाईंलाई अब देखी तपाईंको सोचाइमा परिवर्तन ल्याउनु होस्, अहमताको ढोकालाइ बन्द गर्नुहोस् । अरुलाई क्षणिक आँखा छलेर कमाएको सम्पत्तिले यस्तै हालत हुन्छ बरु म जस्तै झोपडिमा बस्नु होस्, आत्मा स्वच्छ राख्नु होस्, बिलासितामा नडुब्नुहोस् यसैमा आनन्द छ । बरु जाउँ मेरो कुटिमा थकाई मारौ ।त्यस्पछी अरु कुरा सोचौला ।

यत्तिका शान्तावनाका बचनहरु सुन्नसाथ ऊ बिक्षिप्त बनेर गहभरी आशु पार्दै भन्न थाल्यो ''साथी मलाई माफ गर, मैले घमण्डको आड लिएर तिमीलाई भन्नु नभन्नु भने । म अहमता भित्र रन्थनिएको रहेछु। मैले आफ्नो बैभवको शान देखाएर मानवता बिर्सिएको रहेछु । आज थाहा भयो मान्छेभित्रको मानवता र महान सोच भनेको के हो भनेर? ।महलभित्रको आडम्बर र झोपडिभित्रको साचो जीवनबिचको परिभाषा। हो, मैले त्यो निवास झुठो कमाइको आड्मा ठडाएको हुँ। त्यहा मैले वास्तवमा सन्चोको सास फेर्न पाएको छैन । मेरो घरपरिवार भित्रमा पनि जहिल्यै कलहको बिज फैली रहेकोहुन्छ किन कि मैले पनि अरुको परिवारलाई रुवाएको छु । म आज नै त्यो निवासबाट सर्छु । मलाई महलभित्रको बिलाशितामा क्षणिक रमेर अभिमान गर्नु छैन। तिमी जस्तै झोपडिभित्रको असल मान्छे भएर साचो र सत्य जीवन जिउनु छ।

(अमेरिका )



प्रचण्डले सिंहदरबार सम्हाल्न नसकेकै हो त?

राजतन्त्र मात्र नभएर नेपालमा शताब्दियौं देखि चलिआएको सामान्तीवादी प्रथालाई जरै देखि उखेलेर फाल्ने डिंग हांकेर जंगल पसेका महामहिम जनवादी नेताहरुले १५००० नेपालीको अवसानलाई महान क्रान्तिको लागि शहादात वा सफाया भन्ने शब्दावलीले सिंगार्दा पनि “नयां नेपाल” का सौदागरहरुसंग चुप लागेर जे भो भैगयो अब त केहि राम्रो होस भन्ने आशामा बसेका हामी मूकदर्शकहरुलाई सौदागरहरुले लोप्पा ख्वाउन शुरु गरेका छन ।

भ्रष्टाचार नियन्त्रण, विकृति नियन्त्रण र अर्थ संयन्त्र दर्हो र व्यवस्थित गर्न भर्खर शुरु गरिन लागेका केहि प्रयासहरु देख्दा विस्तारै केहि परिवर्तन होला कि त जस्तो लागेको थियो केहि दिन अगाडि सम्म ।

तर अहिले एउटा मात्र होइन तीन चार जना बरिष्ठ माओबादि मन्त्रीहरुले फलाकिराखेका छन बिदेशीले काम गर्न दिएनन रे । प्रधान मन्त्री आंफैले पनि मुखै फोरे “बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम गर्न दिएनन, अब कहिले सम्म हो त्यो काम गर्न नसके सरकार छाडेर संघर्ष गर्छौं ।“ अझ थपेका छन, सहयोगी दलहरु र आंफुले राम्रो काम गर्न खोजेका छन रे, त्यसको अर्थ सहयोगी दलहरुको कारण समस्या छैन भन्ने बुझिन्छ ।

डेढ लाखको पलंगलाइ राष्ट्र प्रमुखको हिसाबले उचित मानेर, वा कम्प्युटर अपरेटरको अमेरिका यात्रालाई सामान्य मानेर बस्दा पनि र प्रधानमन्त्रीको “शाही” कारगेडलाई सुरक्षाको हिसाबले ठिकै होला भनेर बस्दा पनि सुख नपाउने स्थिति आएछ । दुधे छापामारहरुले बेला बेलामा विध्वंश र उत्पात मच्चाउने अघोषित खुल्ला छुट पाउंदा पनि र “जंगल युनिभर्सिटी” बाट दीक्षीतहरुलाई सिंहदरवार पसाउंदा पनि शान्तिको सास फेर्न नपाउने स्थिति आउन लागेछ । हिजो सम्म आफ्नो नालायकीपनलाई राजतन्त्रको अवशेषको विशेषण दिएर उम्कने बानी परिसकेकाहरुलाई पुन आफ्नो नालायकिपनाको दोषारोपण गर्ने अर्को बहाना भेटिएछ , “विदेशी शक्ति” को !

सबैलाइ थाहा छ नेपाल एउटा मात्र देशको नभएर धेरै देशको क्रिडास्थल बनेको छ धेरै पहिले देखि । आंफुलाइ सक्षम मान्नेहरुले अव्यवस्थालाइ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने पनि बुझेको हुनु पर्छ वा बुझ्नु पर्छ । अरुले गरेको ठिक भएन भनेर बन्दुक बोकेर हिड्नेहरुले सर्व शक्ति आफ्नो हातमा आउंदा केहि गर्न नसक्ने भइयो अब हामी सत्ता छोडेर पुन संघर्ष गर्छौं भन्ने बिलौनालाइ के मान्ने ? संघर्ष के का लागि ? सत्ता कब्जाका लागि हैन? सत्ता पाइसके पछि फेरि सत्ता छोडेर संघर्ष गर्ने, कहिं भएको छ यस्तो “अनुपम” कार्य ? विकास गर्न पुल भत्काउन, टावर पड्काउन, दुर्गमका शिक्षकलाई रुखमा झुण्ड्याउन, चक्का जाम गर्न भन्दा गार्हो हुंदोरैछ भन्ने बुझेर मात्र हो या रगतको प्यास लागिसकेका कामरेडहरु रगत विना बांच्न नसक्ने भइसके ?

विदेशी चलखेलले काम गर्न दिएन रे । आफ्नै देश भित्र बसेको सरकारलाई बिदेशीले काम गर्न नदिदैमा चलाउनै नसक्ने कस्तो हुतिहारा रैछ सरकारको नेतृत्व, कि सरकार देश भित्र नभएर बाहिर छ ! अझ पुरानो मानसिकता र प्रणालीबाट चल्ने कर्मचारीतन्त्रले काम गर्न दिएन रे ! कस्तो वाहियात ! कस्तो “नया नेपाल” हो यो, जहां सरकारले कर्मचारितन्त्र हैन कर्मचारितन्त्रले सरकार चलाउंछ !

हजारौं कर्मठ र योग्य नागरिकहरु छन नेपालका, विदेशमा विदेशीका आधुनिक संयन्त्रहरुसंग भिजेका । स्थायित्वको ग्यारेन्टी हुन्छ भने विदेशमा सेकेन्ड क्लासको दर्जा त्यागेर आउन तयार छन । नेपाल भित्रै पनि छन नया जेनेरेशनका योग्य मान्छेहरु नया जोश र जागर बोकेका जिम्वेबारी सम्हाल्न सक्ने क्षमता भएका । किन गलत्याउन सक्दैनन सर्वे सर्वा भनाउंदा “नया नेपालको” भाषण गरेर नथाक्ने नेताहरुले जर्जर र असक्षम जिर्ण कर्मचारितन्त्र ?

एउटै उत्तर काफी छ “किनकि सरकारको नेतृत्व लिनेहरु वा सरकार नै खिया लागिसकेको जर्जर र असक्षम कर्मचारितन्त्र भन्दा असक्षम छ” ।


December 7, 2008

योजना बिहिन गन्तव्य

बिजयकुमार श्रेष्ठ
(हाल ईराक)


जविनलाई सँघर्षमय रथ भन्नु नै सार्थक रहेछ ।ठुलो आशा र भरोसालाई अंकमाल गरेर जननीले आफनो ईच्छा र चाहनालाई गुम्स्याएर राखेर आफनो सन्तानको भविष्य चित्र कोर्न थालीन् । न त, दिन नै भनिन् न त रात नै भनिन् जब आफनो गर्भमा सन्तानको भ्रुण बस्न गयो । आफनो बैबाहिक सम्बन्ध पछिको पहिलो आवश्यकतालाई भरिपुर्ण सामाजिक मुल्य र मान्यतालाई शिरोधार्य गर्नलाई र आफनो वंशको वर्ण विस्तारको लागि दिलो ज्यान दिएर दश महिनाको लामो सघर्षमय दिनहरु पश्चात आफनो ममतालाई जन्म दिन्छिन् । अनि आफनो कोखको उपलब्धिलाई देखेर नरमाउने र नमुस्कुराउने को नै होला र यी पलहरु हर प्राणीमा कौतुहलको विषय बन्ने गर्दछ । त्यो दश महिनाको जति जिम्बेवारी र होसियारी पुर्वक जोखिमहरुसँग लड्नु पर् यो त्यो भन्दा भयानक योजनहरु थ्पिदै गयो । आफनो ठुलो र फराकिलो मनले हरेक आफना गराई र सोचाईलाई योजना बद्ध तरिकाबाट अघि बढाउदै बढाउदै आशाका तरङ्गिनमा बाधिन पुग्छिन् । यो मेरो त्याग र तपस्याले सहि मार्गको पत्र्यापरोपण गरोस भन्ने उसको मनमा नाम को सम्झना हुन्छ र त्यो सपना साकार पार्नलाई आफनो बल र बुद्धिले भ्याएसम्म कम्मर कसेर लागेका हुन्छन् ति पौरखि र आशावादि हात र मनहरु………॥

जब ति आँखाका नानीहरुले बामे सर्न थाल्दछन् त्यो परिभेष नै नौलो सन्सार हो कि जस्तो लागेर आउँदछ । जिम्वेवारको कसिको भार थपिदै जान्छ ।आशाको किरणहरु चम्कदै चम्कदै लामो यात्राको सुरुवात तिर उकाली लाग्दछ । पन्ध्रौ सोह्रौ बसन्तहरु पार गराईदिन्छ र आफना चुनौतीको सामनालाई कुन कस्तो र कसरी परिभाषा दिन सक्ने क्षमतावान बनाउन सक्षम र सफल हातहरुले आशाको लहरहरु फिजाउने दिनहरुको सुरुवात हुन्छ । ती निमुखा आमा बुबाको दश नङ्गा खियाएर आफनो कर्तव्यको पालो केहि हदसम्म पुरा गरि दिएका हुन्छन् । तर पनि उहाँहरुको नजरमा आफना सन्तान दुधे बालखा नै सम्झनछन् । पाँच वर्षको उमेर देखि त्यो कोरा कागत र मसि साथमा च्यापेर हिड्न सुरु गरेको पच्चिस औं बसन्तसम्म पनि सिरानीमा साक्षि बनाएर साथ दिई नै रहए ।
अब शुरु भयो आफना मातापिताको पसिनाको थोपाहरुलाई भुईमा बिलिन हुनबाट बचाउन । केवल उसँग पच्चिस औं बसन्त पछिको उपहार भने पनि कर्मको फल भने पनि आफना ति दिनहरुलाई चिनाउने प्रमाण थियो लब्धाङ्गक पत्र अथवा प्रमाण पत्र । न त उसको पछाडि कुनै हुकुमबादि शासन चलाउने हात नै थियो न त उसँग कसैलाई किन्न सक्ने मनग्य धन दौलत नै थियो । आफनो कर्मको प्रतिफललाई उपभोग गर्न आफुले ज्ञान हासिल गरेको प्रमाण पत्र लिएर आफनो योग्यताको कदर हुने पदको लागी लडाई गर्न शुरु गरे । त्यो लडाइको गन्तव्य कहिले पुरा हुन सकेन र आफुले आफुलाई र्न धिकार्दै हार खाएको महसुस गर्न पुगे । त्यो हारले आफनो मनोबल गिराउने काम गर् यो मलाई । अनि ईमान्दारी र बफादारिको शब्द देखि यो मन जल्न थाल्यो । जो ति हातहरुले कलम समाउन सक्ने सामथ्र्य नभएकाहरु आज अहिसा महलमा राज गरि बसेका छन् । आफनो त्यो उत्कृष्टताको अबमुल्यन भएको देख्दा त भौतारिन बाहेक अरु के नै गर्न सक्थे र । ईज्जत र कदर भन्ने शब्दको अबमुल्यन भए पछि त्यहाँ के कुराको सृजना हुन्छ होला । त्यो कुरा त जो कोहिलाई पनि अबगत हुनु पर्ने हो । जालि फटाहाको संजालमा परे पछि आफुले आफैलाई बिस्रनु पर्ने बाध्यता किन पर्दो रहेछ भन्ने कुराको जानकारी यस्तै पिडा नाताबाद र कृर्पाबादले सृजना गरेको हुदो रहेछ ।


मेरो कोमल मनहरु तड्पिन थाल्यो के थाहा भयो र सधै परिवर्तनको बाटोमा पाईला हाल्नु पर्छ नयाँ सोच नयाँ बिचारको समय भोगि हुनु पर्छ भनरे किताबका पन्नामा पढेको थिए र ठुला बढाहरुको भाषणमा सुनेको थिए । ति सबै मुखले राम राम बगलिमा छुरा सावित हुदो रहेछ । आफुलाई त धाप मारिदिने हातहरु कसैको थिएन । ति मेरा सपना छताछुल्ल र लथालिङ्ग हुन पुग्यो । बिवश भएर लाचारिपन देखाउदै जानि जानि अर्काको दाश गुलाम बन्न बाध्य हुनु पर् यो मलाई । म भन्ने गर्दथे धन दौलत मानवको अपरिहार् य चिज भनेर तर के गर्नु यो निर्लज्ज संसारमा सर्वप्रथम आफनो पाईला भन्दा धनको पाईला अगाडि हुदो रहेछ । आफनो पच्चिसौ बसन्तको उपलब्धिलाई लत्याएर गुलामी सेवाको लगामलाई अङ्गाल्न बाध्य हुन पुगे । साहुसँग ऋण लिएर आफनो प्यारो जन्मभुमी र माता पिता स परिवारलाई चटक्क छाडेर मुग्लानिया हुन पुगे ।


परदेशमा धेरै धन दौलत कमाइन्छ आफनो जिवन यापनको लक्ष नै परिवर्तन हुन्छ भनेर अरुको मुखबाट सुनेको थिए र पत्र पत्रिकामा पनि पढेको थिए । त्यस्ता सुनौला भविष्य जिउन पाउने अनुभव स्वयं भोग्दैछु । परदेशि दाम काम र बातावरण ठुलो धनराशि खर्च गरेर आफना हरेक ईच्छा आकांक्षालाई नयाँ मुर्हत रुप दिनलाई आतुर भएका मेरा मन बिदेशि रहन सहन सजि सजावतसँग घुलमिल हुन थाल्यो । सुरुका दिनहरु त रमाईलो नै भएर बित्यो जब महिनाको अन्तिम दिन आयो र आफनो परिश्रमको फल लिने समयले यो मनलाई तान्दै ल्यायो र आतुर हुन गयो जिवनका पौरखि हातको फल लिनलाई । आफनो परिश्रमको जति हिस्सेदार र भागिदार थिए त्यो पुरा पाउन सकिन विभिन्न बहानाहरु देखाएर कट्टा गरि करारमा तोके जतिको रकम पाउन सकिन अनि मेरो मानसपटलमा फेरि पनि बजि्रन थाल्यो शोषण दमन र अत्याचारको चित्र । न त मैले उजुर नै गर्न सक्थ्ये केवल जति दियो त्यतिमा नै चित्त बुझाएर लिनु पथ्र्यो । न त मसँग प्रतिकार गर्न कुनै माध्यम नै थियो । परदेशमा धनको बोट हुन्छ भन्ने कुराको पहिलो पाठ सिकियो । लामो समयको खटाई र बिभिन्न जोखिमपूर्ण कामसँगको मुकाबिला जीवनको कुनै टुङ्गो नहुने यो परदेशको आत्माहरु सधै रोई रोई आफनो पिडालाई आफु भित्रै लुकाएर जीवन जि रहेका हुदाँ रहेछन् । पारि गाँउको ठुलेले परदेशबाट कमाएर फलानो ठाउमा घडेरि किन्यो रे पारि गाँउका काकाले ठुलो घर बनायो रे भन्ने देखा सिकीलाई मात्र मध्य नजर राखेर हेर्ने हाम्रो बानिले कहिले पाउला फेर्न सकेन । के कति जोखिम दमन अत्याचार सहेर त्यो काका र ठुले दाईले प्रगति गरेको थियो त्यो कुराको चासो हामीलाई हुदैन केवल उसले कमाएको धनको मुल्यांकन मात्र गर्दछौ ।


काम कै शिलशिलामा परदेशिएका पारि गाँउका कान्छा साहुको काम गर्दा गर्दै छतबाछ खसेर एक्कासी आफनो एक मुठ्ठी सास परदेशमा नै छाड्नु पर् यो । पल्ला घरे सानी कान्छिले आफनो साहुको शारिरीक र मानसिक यातनामा आफुलाई आहुति दिन बाध्य भईन । ति निमुखा देशको चपेटामा पिल्सिएर परदेशमा पनि मानव तस्करहरुको हातबाट दुःख पाउने कोमल मनहरुको मर्म कसले बुझिदिने छ र । देशको हालतले गर्दा परदेशिन बाध्य भएका कोमल मनहरुले बिना कसुर सडक पेटिको बास लिन पर्दा त नेपाल आमाको मन कति रोएका होला । हामी मध्यमा पनि केही पुराना मित्रहरु आफनो स्वार्थ पुरा गर्न तिर मात्र लागि पर्नु हुदो रहेछ । कोहि छिटै धनी बन्ने आशाले आफनै दाजु भाईलाई झुट्टा आश्वासन दिएर दुःखको समुन्द्रमा होमी दिदा रहेछन् । कोहि आफु चर्चित बन्ने तिर लागेर संगठन बिस्तार तिर लाग्दा रहेछन् । त पलानो पार्टि म फलानो पार्टि भनेर एक आपसमा मारा मार र काटा काट गर्ने नेता बादिहरु पनि हुदा रहेछन् ।

मेरो मन फेरि भौतारिन थाल्यो ति नेताबादि प्रकृयालाई देखेर त्यहि राजनितिकबादले गर्दा यो मरुभुमीमा उटले भोग्ने शासन भोग्नु परेको फेरि पनि त्यहिबाद सुन्दा त यो मनमा आगो दन्केर आउछ । हामीले त परदेशमा त आफनो हक र अधिकारको बिषयलाई लिएर पो अघि बड्नु पर्छ जस्तो मलाई लाग्दछ । आज ति निमुखा हाम्रा दाजु भाई र दिदी बहिनीहरुले अकालमा आफनो ज्यान गुमाउनु परेको बिषयलाई लिएर स्वरमा स्वर मिलाएर किन र कसरि भन्ने प्रश्नको खोजी गर्ने बेलामा यो पार्टि र त्यो पार्टि भनेर समय बर्बाद गर्नु उचित लागेन मेरो नजरमा । केवल एक जुट हुनको लागिमा पार्टि नै खोल्नु पर्छ हो र सजिलो माध्यम परदेशमा बस्ने परदेशिहरुलाई समेटेर बनाईएको प्रबाशि सन्जाल एन.आर.एन. के यो संस्थामा एक जुट भएर एक अर्काको पिर मर्का र खुशिलाई बाड्न सकिन्नौ र आखिर हामी सबै नेपाली नै हो जो जहाँ पुगे पनि जो जसरि बसे पनि । सबैले आफुले जानेका र सिकेका सिपलाई सदुपयोग गरेर उपलब्धि हासिल गरेका छौ ।हामी जहाँ गए पनि जहाँ भए पनि अखिर हाम्रो काम भनेको नाम र दाम कमाउने नै हो । कसैले जानेको र सकेको सेवा प्रदान गरेर पनि अरुको मन जित्न सफल भईन्छ नि त । हामीले बिभिन्न छत्र छायालाई अगालेर तेरो र मेरो भन्नु भन्दा पनि प्रबाशी नेपालीले चोखो नाम दिएर एन.आर.एन. को छाता मुनी बसेर प्रबाशी मित्रहरुको मुख पात्र बनेर काम गर्न पाएमा हाम्रा ति निमुखा दाजुभाई र दिदी बहिनीको मनले शान्ति पाउने थियो र हामीलाई आशिक दिने थियो जस्तो मलाई लाग्थ्यो । ति हामीले दश धारा पसिना बगाई कमाएर पठाएको हाम्रो सरकारलाई रेमिटान्स कहाँ कसरि कसले उपभोग गरि रहेको छ त्यो हामीले कहिले बुझेका छौ । हामीले केवल कमाएर परिवार पाल्नु मात्र हाम्रो कर्तव्य पुरा हुदैन । हामीले नेपाल सरकारलाई कर तिरेका छौ त्यो हामीले किन तिरेको भन्दा हामीले आफनो हक हित र बिमा जिवन सुरक्षाको लागि हो हामीले नेपाल सरकारलाई कर तिरेका त्यसैले हामीले आफुले तिरेको कर कहाँ र कसरि कसले उपभोग गर्दै छ भन्ने कुराको जानकारी लिने अधिकार हामीलाई छ । एकले थुकी सुकी सयले थुकी नदि भन्ने उखानलाई मध्य नजर राखेर हामीले काम गर् यो भने भोलीका दिनमा हामीले पछुताउनु पर्ने दिन सृजना हुन पाउदैन । ति हाम्रा समस्यालाई मध्य नजर राखेर हातमा हात मिलाएर भोली बन्न गई रहेका संविधान लेखन कार्यलाई हाम्रो दुख याचना हुने र बैदेसिक रोजगारलाई सर्बसुलभ ढंगबाट कोहि कसैले कसैलाई नठगिने र अप्ठेरो नपर्ने किसिमले कानून बनाउनु पर्छ भनेर हामीले प्रबासबाट आवाज उठाउनको लागि कम्मर कसेर लागौ भन्ने मेरो अनुरोध छ सम्पुर्ण आफनो देश छाडेर प्रदेशि भएर कर्म थलो बनाएर बस्न बाध्य भएका मित्रहरुमा । त्यसैले मेरो बिचारमा जीवन योजना विहिन गन्तव्य भनेर परिभाषा गर्दैछु ।
समाप्त ॥ ॥ ॥



गजल - नेपाली नानी मन पर्यो

सुमन बगाले
आबुँ खैरेनी ढकलटार ५ तनहु
(हाल इराक)

चौतारीमा विश्राम लिदा अगी जानी मन पर्‍यो  
गुन्ह्यु र चोलो लाउने नेपाली नानी मन पर्‍यो


हिस्सी छन मुहार उनको मिलेका ति दन्त लहर
निधारमा टिकी लाउने नेपाली नानी मन पर्‍यो


चुलबुले बानी उनको उसैमाथि बैंश पनि
शिरमा शिरबन्दी लाउने नेपाली नानी मन पर्‍यो


मुस्कुराइरहने अनी शर्माउने पनि उनी उस्तै
ढुङग्री र माडबडी लाउने नेपाली नानी मन पर्‍यो


जस्तो देश उस्तै भेष कसरी पहिराउन जानेकी
रुप र मायाकी खानी नेपाली नानी मन पर्‍यो



गजल - भेट्न मन लाछ मलाई

एकल प्रेम बहादुर गम्बो
सरमथली ५ रसुवा
हाल इराक

अति हुन्छ प्रेमपिडा थाहा छ मलाई
निल्नु न ओकल्नु तिम्रो माया भाछ मलाई

खोज्दा खोज्दै बिगतको मुटु बिझ्ने मायालाई
पागल नै हुन्छु अब यस्तै लाछ मलाई

जब दिएँ तिमिलाइ तनमन सुम्पीएर
कस्ले पो आफनो भन्न पाछ मलाई

बिर्सनै नसक्ने गरी कलेजीको यो दाग
कस्तो दियौ याद भित्र भित्रै खा’छ मलाई

जलिसकेको छु म तिमीलाइ अब के छ र
निष्ठुरी माया एक चोटि भेट्न मन लाछ मलाइ


कबिता - आफै भए दंग

कान्छा लाल तामाङ्ग
मकवानपुर फापरवरी-२ सित्रे दोभान
नेपाल हल- ताजि इराक


अनगिन्ती सुख थियो रम्न सकिएन
धोका हजार पाए पनि भुल्न सकिएन
तिम्रै अघी हजार दुख पाए पनि हुन्थ्यो
मायालुको दुई चार शव्द सुन्न पाए हुन्थ्यो

व्यक्त गर्दै छु म आज मेरो मनको व्यथा
आउने पिडी सम्झिने छन् यसलाई छोटो कथा
मनको व्यथा आज यहाँ यसै कोर्दै छु
दुखिएको घाउ आज सबलाई देखाउदैछु

सपनाको संसारमा मलाई हिडाएको रहेछ
आफ्नो भन्दै अंगालेर धोका दिन रहेछ
कति सम्म निस्ठुरी बनि हिडछौ आज तिमी
चाहेर पनि अब एक कहिल्यै हुन्नौ हामी

धन्यवाद त दिनै पर्छ धोका दिएकोमा
आर्षिवाद त दिनै पर्छ सामुन्ने अएकोमा
सयौ वर्ष मेरो माया बाँचि रहोस भन्दै
छोड्दौ छु म तिमीलाई आज आर्षिवाद दिदै

सोच्या थिएन यस्तो धोका तिमीले दिन्छ भिन
सवै सुम्पि दिएको थे आफ्नै प्राण ठानी
देखाई छाड्यौ संसारलाई आफ्नो रुपरंग
तिम्रो व्यवाहार देख्द आज आफै भए दंग



December 6, 2008

गजल - तिमी फूल बनेर हेर


बसन्त मोहन अधिकारी

तिमी फूल बनेर हेर ।
मेरो पिडा सहेर हेर ।

पूजाको सरदम बनी
मन्दिरमा गलेर हेर ।

फक्रिएर बंगैचा बिच
आफैलाई चुसेर हेर ।

बनेर सृष्टि कर्ता तिमी
सुन्दरता लुछेर हेर ।

हे निष्ठुरी भमराहरु !
आफ्नो रुप फेरेर हेर ।

जीवनको उमङ्ग बिच
आफैलाई चुडेर हेर ।

अरुको गला सजाउन
सियोमा उनिएर हेर ।

फूल जस्तै छ यो नारी
कठ्ठै ! जीवनको खेर हेर।



अतीतको पानाबाट (दोस्रो भाग)

(अतीतको पानाको पहिलो भाग यहा छ)

यसो हेर्दा नौ-दश कक्षामा पढ्ने देखिए पनि तिनी सात कक्षामा पढ्दीरहेछिन। तिनकै क्लासमा मेरो एउटा साथी थियो जसले पढ्न ढिलो शुरुगरेको ले भक्खर् सात कक्षामा पुगेको थियो। उ बाट तिनको बारेमा केहि सोध्न थालें। तिनको खास् घर तनहुंको खैरेनीटार तिर रहेछ र यहा सानिमाको घरमा बसेर पढ्न आएकी रहिछन्। मलाइ त्यतिखेर खैरेनीटार् कहा छ भन्ने पनि थाहा थिएन। तिनी राम्री थिईन् तर अहिले झन् तिनको सुन्दरता बढ्दै गए जस्तो लाग्न थाल्यो। दिन् पर् दिन् झन् झन् राम्री। तिनले हेरेको, हांसेको, सबै राम्रो लाग्न थाल्यो। अझै बोलचाल् भने भएको थिएन। त्यसै त केटीहरु संग बोल्न गाह्रो, झन् "कुछ् कुछ् होता है" हुन थाले पछि त झन् कस्तो गाह्रो। प्रयास् चांहि जरुर् गरें। तिनी बस्ने घरको बाटो, काम् नपरे पनि अलि बढि हिंड्न थालें। तिनकी सानीमाको पसल् पनि रहेछ र केही किन्ने निहुँले पसल् पनि जान थालियो, तर नचाहिएको भए पनि सामान् किन्यो, फर्कियो, र तिनीलाइ देखिईहालेमा यसो मुस्कायो अनि हिंड्यो। खास केही प्रगति भएन।

मैले तिनको कक्षामा पढ्ने मेरो साथीसंग कुरा छेडें। उसले चिट्ठी लेख्, म दिन्छु पनि भन्यो, तर हिम्मत् भएन। त्यतिखेर कस्तो स्थिति थियो भने, कुनै केटाले केटीलाई चिट्ठी लेख्यो र त्यो स्वीकार् भएन भने त्यो चिट्ठी स्कूलको अफिसमा पुग्थ्यो अनि शिक्षकको भक्कुमार् खाइन्थ्यो । र कहिले काहि त केटाको अभिभावकलाई समेत स्कूलमा झिकाइन्थ्यो। मेरो क्लासको दुई-तीन जना आशिक-दिवानाहरुले त्यो भोगि सकेका थिए। म त झन् क्लासको फर्स्ट ब्वाइ, अनुशासन, लगनशील र जिम्मेवार नमुना बिध्यार्थी भनेर चिनिएको। कहिले कांही यो इज्जत भन्ने कुराले पनि अवरोध पुर्याउदो रहेछ। चिट्ठी दिएर कथंकदाचित् approval भएन र त्यो स्कूलको अफिसमा पुग्यो भनेत बर्बादै भयो नि। यत्तिकैमा दशैं आयो। दशैं, नयाबर्ष आदिको मौकामा शुभकामना साटासाट खुब् हुन्थ्यो। कसले कसलाई पठायो, के लेखेर पठायो, र त्यसको के अर्थ हो, खूब् चर्चा हुन्थ्यो। अकास पात्ताल् जोडेर नेपाली अनि हिन्दीमा सायरी लेख्थे। कत्ति साथिहरुको शुभकामना पत्र, प्रेम् पत्र मैलेनै लेखि दिएको पनि थिंए। स्कूलको साहित्य प्रतियोगिताहरुमा, कथा, कविता, निबन्धहरु लेख्ने गर्थें र स्कूलको भित्ते पत्रिकामा त म सम्पादक मण्डलमा नै थिएं। त्यसैले यसको साहित्य राम्रो छ भनेर केही साथीहरु प्रेम पत्र लेखाउन म कहा आउथे। मलाई यसको राम्रो अनुभव थियो। तर आफ्नो लेख्ने बेलामा कस्तो गारो।

मेरो साथीले दशैंको यो मौकामा शुभकामना पत्र पठाएर हेर्न भन्यो। मलाई पनि हो जस्तो लाग्यो। बजार गएर एउटा राम्रो ग्रीटिङ् कार्ड किनेर ल्याएं, अनि आफूले उसलाई मन पराएको कुरा हल्का रुपमा राखेर, तिनलाई स्वीकार भए जवाफ लेख्नू, नभए पनि ठिकै छ नराम्रो नमान्नू वा नरिसाउनू वा यस्तै केही जे होस आफू बच्ने खालको भाषा प्रयोग् गरेर लेखें र साथीलाई दिएँ। यत्तिकैमा दशैं को छुट्टी भयो अनि त्यसपछि लगतै सेन्ट अप् टेस्ट पनि थियो। अलि याद् भएन,सेन्ट अप् टेस्ट दशैं पहिले थियो वा दशैं पछि। जे होस प्रत्यूत्तर् को प्रतिक्षा गरिरहें। प्रतिक्षाको घडी कस्तो ढिलो हुन्छ, भनिरहन पर्दैन। अति ब्यग्र र अधैर्य हुन्छ त्यो समय। त्यस माथि प्रेम पत्र लेखेको सार्बजनिक भएमा हुने लाज त छदै छ। यस्तो मान्छे ले पनि यस्तो गरेको भन्ने हुन्छ। जे होस प्रत्यूत्तर् को प्रतिक्षा गरिरहें। हरेक् दिन साथीलाई सोध्थें, जवाफ आयो कि भनेर । छैन भन्ने जवाफले निराश तुल्याउथ्यो।

क्रमश.....



तीन सय पचासका सभासद र नया नेपालको संबिधान

देशको हालसम्मको सबै खराव कार्यको लागी होलसेलमै राजतन्त्रलाई दोष लगाए पनि र गणतन्त्रको नाममा आफ्ना सबै पुराना पाप धोएर गौदान गरी चोखीन खोजे पनि हाम्रा देशका महानतम नेताहरुले आफ्नो रंग देखाउन थालिसकेका छन ।

एक जमानामा खसी बोका जस्तो गरि किनबेच भएर बदनाम भएका हाम्रा नेताहरु आजका दिनमा आँउदा सुध्रिसके भन्ने कसैलाई लाग्छ भने त्यो बिल्कुल गलत हुनेछ ।

यो कुनै व्यक्ति वा दल विषेशको कुरा होईन, तर हाम्रा नेताहरुको नैतीकताको स्तर झन झन घट्दो हालतमा छ । अझ सिधै कुरा गर्ने हो भने यिनिहरुको मूल्य '… लाई भन्दा देख्‍नेलाई लाज' भने जस्तै यति सस्तो भएको छ कि पत्याउन पनि मुश्किल हुन सक्छ ।

केहि दिन अगाडी पत्रिकामा यौन क्रिडाका लागी चाहिने औषधिको बिल सरकारी ढुकुटिमा पेश गर्ने सभासदको महानता भरिएको समाचार सेलाउन नपाउँदै यो हप्ता ३५० रुपैया मा बिक्ने सभासदहरुको आर्को समाचार आएको छ।

हालको नियमावलीमा गरिमामय संबिधान बनाउने जिम्मा पाएका सभासदले हाजिर गरेपछि दैनिक २ सय रुपैया बैठकभत्ता र १ सय ५० रुपैया यातायात खर्च गरि ३५० रुपैया पाउने व्यबस्था छ । अनि हाम्रा माननियहरु त्यो रकम प्राप्त गर्न मात्र सभामा हाजिरि जनाउन जाने गर्दछन ।

यो कुनै मनगढन्ते कुरा होईन डिसेम्बर ४ तारिखका दिन ४७ जना सभासदहरु ३५० को हाजिरी मारे पछि सभाहल बाट अन्तर्ध्यान भएछन । अब यो क्रम कति दिन देखी जारि थियो र कति दिन सम्म चलिरहनेछ भन्ने त यिनै ३५० मा बिक्ने सभासद र तिनका दलका नेताहरुलाई थाहा होला तर यो उच्च पदको निचो अबमूल्यन गर्ने सभासद र यिनका दलले कस्तो संबिधान बनाउलान र देशको कुन गती गर्ने हुन भन्ने चाहि सबैले सहज अनुमान गर्न सक्ने कुरा हुन ।

संबिधान सभाको चुनाव भएको दिनलाई छाडी पहिलो बैठक बसेको दिनबाट गन्ति गर्दा पनि यो गरिमामय सभाले पुरै ६ महिनाको समय यस्तै बिबिध जन-प्रियजन-सेवाको कार्यमा खर्चि सकेको छ ।

हुन त केहि समय अगाडी नया नेपालको संबिधान कुन दिन, कसरी र कहाबाट लागु गर्ने भन्ने सम्मका तिथि मिति तोकीएका खवर पनि आई सकेका छन, तर विकाउ सभासदका व्यस्तताका कारण चुनाव सक्कीएको सात महिना हुन लाग्दा समेत केहि स्थानमा गर्नु पर्ने उप चुनाव समेत हुन सकेका छैनन् । फेरी सरकार पक्ष र प्रतिपक्षको हालसम्मको रवैयालाई हेर्दा कसैलाई पनि यो संबिधान बनाउने हतार भएको पनि देखिन्न । जनतको बलिदान, ईच्छा, आकांक्षा सबै एकातिर राखेर हाम्रा सभासदहरु भने चिया-गफ, घाम तप्ने –बदाम खाने र दिनमा ३५० रुपैया कमाउनैमा व्यस्त र मस्त छन ।

नया संबिधान बने पछि हुने चुनावमा फेरि आईने, नआईनेमा यि ३५० का सभासदहरुलाई शंका होला र त यिनिहरु यहि सभालाई जति सक्यो त्यति तन्काउनु र लम्बाउनुमा नै लागेका छन। तर यस्ता ३५० का सभासदले कहिले संबिधान बनाउलान र कहिले देखी लागु गर्लान? खै मलाई त शंकै छ !



December 4, 2008

लोकतन्त्रले उदाएका दिनहरु

बिजयकुमार श्रेष्ठ, ईराक


परिवर्तनको खोजिमा भौतारिएको ति हातहरुले आफनो गाउँ समाजलाई देखेर आफूमा नै विहल हुदै संघर्षको मैदानलाई अंगालेर परिवर्तनको पुर्नरसंरचना तिर लाग्नलाई आफनो ज्यानको सम्म परवाह नगरि आफना भुन्टे च्यान्टे लाला वालालाई समेत चटक्क छाडेर सँधर्षको मैदानमा उत्रिए । आफनो हक र अधिकारको लागि न त दिन नै भनेर बसे न त रातमा नै विसराम मारे । आटे र गरे के नै हुदैन भन्ने पुर्खौली उखानलाई साबित गराएर देखाउन सफल भए ति हाम्रा पौरखि हातहरु ठुलो त्याग र तपस्याको बलिदन पछि सफलता आफनो पोल्टामा भित्रयाउन सफल भए । हाम्रो नेपाली उखानले उख्याएको छ नि त ‘कुवाँको भ्यागुताले संसार भनेको नै त्यहि कुवाँलाई सोच्ने गर्दछ’, किन कि उ त्यो कुवाँ भन्दा बहिर गएको हुदैन यो उखानलाई लत्याएर होईन हामीले देशको मुहारलाई बदल्नु पर्छ र सामान्ति शासनको जालबाट पार गर्नु पर्छ भनेर आटिलो शाहस लिएर यो परिवर्तको हातलाई अगाडि बडाएका थिए ।

तिमी गाउँबाट एका एक हराए देखि गाउँमा धेरै विकासहरु भए । एक पछि अर्को गर्दै नयाँ नयाँ किर्तिमानहरु तोडिन र जोडिन थाले बहुदलिय प्रजातन्त्रको दमनकारीहरुको शिकार बन्न पुगेका ति कलिला हातहरुले लोकतन्त्रको बिगुल फुकेर देशमा लोकतन्त्रको पुर्नवहाली गर्न सफल भए । जब देशमा लोकतन्त्रको बहाली भयो धेरै कुरामा उथल पुथल हुन पुग्यो ।नयाँ र नौलो बिचारहरुको उत्पती हुन थाल्यो । कमरेड अब तिमीले पनि आफनो गाउँ फर्कने बेला आएको छ किन कि अब गाउँ घरमा धॆरै बिकासको लहर फिजि सकेको छ त्यसैले म पनि मेरो प्राण भन्दा प्यारो जन्मभुमिमा फर्कदै छु र अब हामीले हातमा हात मिलाएर गाउँलाई सिङ्गगार्नु पर्छ । कमरेड म कसरि वर्णन गरु यि विकासका अग्र गतिहरुलाई तैपनि मैले यति छिटै भएको एक्काइसौ शताब्दिको परिवर्तनलाई मान्नै पर्छ उजागर पार्नै पर्छ ।

कमरेड पहिलो विकास भनेको तिमी छदांका ति धाराका बिगि्रएका टुटीहरु खिईएका फाली कोदाँला हसियाँ र खुकुरीहरु लिलामीमा बिकि्र गरीदिए किन की तिनको मर्मत सम्मार गर्ने काईला मिजार पनि सभासद् भएछन् रे । त्यसैले गाउँमा पुराना फाली कोदालो हसियाँ अर्जाप्ने मान्छे नभएको कारणले आर्थिक बिकासका लागी बिक्री गर्नु नै उत्तम ठानेर बिकासमा लगानी गरि दिए । अब गाउँमा पुराना टालेका कपडाहरु पनि पाईन छाड्यो, किनकी ति कपडा सिदिने साईला सुनामहरु पनि शहर पसि सके । उनीहरु पनि संसद भवन तिर धाउन थालेरे । अनि गाउँमा टालटुल गर्ने मान्छे नभए पछि सबैले नयाँ लुगा लगाउन पाउने भए गाउँमा भट्टि पसल गर्ने ति लामा कान्छा दाई पनि उनिहरुको पछि लागेरे । त्यसैले गाउँमा रक्सी चुरोट र खैनी खान सबैले छाडि सके ।पल्ला घरे पण्डित बाजेलाई पनि मन्दिरबाट निकाली दिए खै कुन्नी कुन दलित भन्ने पुजारि आएका छन् रे । पुजारि बाजे पनि बसाई सरे पछि गाउँमा कर्म कि्रया गर्ने मान्छे नभए पछि गणतान्त्रिक लोकतन्त्रले तय गर्ने झमेला पनि हटाईदिने सम्भावना छ रे । गाउँका अलि अलि हुने खानेहरुलाई लुटी पुटि पारेर गाउँबाट निकालेर बस्न नदिएर निकाले पछि गाउँमा सरसापाट चो पैचो पनि लिन दिन छाडेको छ । सर सापट अैचो पैचो नपाए पछि आफैमा आत्म निर्भर बन्न पर्ने हुनाले त्यसलाई पनि बिकासको मुल आधार मानिएको छ । अर्को कुरा गाउँका ति पिडित पुजारिले मन्दिरका वरिपरि सुन्गुर र कुखुराको फाराम खोलेका छन् रे । त्यसबाट पनि आर्थिक विकास हुने नै भयो । ति पल्ला गाउँका मास्टर साहेब देशका सबैभन्दा ठुला मान्छे बनेका छन् रे । हिजो फालि कुट्ने दानबहादुर पनि कमाण्डर बनेर खै अब त देशलाई सुधार्ने र उन्नतिको बाटोमा लम्काउने रे अब के को कमि हुने भयो त अनि हामीले लोकतन्त्रबाट पाएको शान्ति सुरक्षा र अमनचयन यस किसिमबाट उपलब्धि हासिल गर्न सफल भयौ । यो परिवर्तन त सुरुवात मात्र हो हेर्दै जाउँ । सर्वहारा वर्गको परिवर्तनले सर्वहाराको उजागर गरेर नौलो नयाँ रुप धारण गर्दछ कि उतार चडापको चपेटामा पानी बिनाको माछो बनाउने हो त्यो त समयले नै बताउने छ ।




अतीतका पानाबाट

सायद दश कक्षातिर पढथें होला। म प्राय: अघिल्लो बेन्चमा नै बसेको हुन्थें। हाम्रो कक्षा कोठाको ढोका प्राय खुलै हुन्थ्यो र म ढोकातिरकै छेउमा पर्दो रहेछु वा त्यहि नै मेरो रोजाइ थियो, थाहा भएन तर एउटी केटीले ढोका बाहिरको खम्बामा आड लगाएर मलाई हेरिरहने गरेको आभाष हुन थाल्यो। तिनी कतैबाट केही महिनामात्र हाम्रो स्कूलमा आएकी थिईन र उनको गाउँ पनि मेरो गाउँबाट नजिकै थियो। मलाई यति सामान्य जानकारी भने जरूर थियो।

तिनको त्यो ढोका बाहिर आएर हेर्ने क्रम जारी रहन थाल्यो र मलाई पनि कता कता रमाइलो लाग्न थाल्यो र कुनै दिन तिनी आईनन भने के के नभएको जस्तो, आजकलको भाषामा भन्ने हो भने, मैले तिनीलाई मिस् (miss) गर्न थालें।

हाम्रो पालामा सेन्ट अप टेस्ट हुन्थ्यो, सायद अहिले पनि हुन्छ। सेन्ट अप् टेस्ट नजिकै आईरहेको थियो र मेरो शिक्षकहरुको म प्रति केही आशा थियो, जिल्लामा बोर्ड फर्स्ट ल्याउछ कि भन्ने। मैले अन्य कुराहरुमा नअल्झि पढाइमा ध्यान दिनु थियो। तिनले मेरो ध्यान खिच्न थालेको जस्तो लागेपछि, मैले ढोका बन्द राख्न खोजें तर कोठा अंध्यारो भएकोले शिक्षकहरुले खोलिदिन्थे र सायद म पनि तिनी ढोका नजिक आऊन भन्ने चाहन थालिसकेको थिएँ।

यो क्रम चलिरह्यो। हाम्रो पालामा केटीहरुसंग बोल्न, संगै उभिन, हिंडनु ठूलो साहसको कुरो थियो। अहिले पनि म सम्झिन्छु, कक्षाका केही केटी सहपाठीहरुसंग कहिल्यै बोली मिसिएन। तै पनि सुनिन्थ्यो फलानाको फलानासंग, फलानाको फलानासंग प्रेम छ आदि आदि कुराहरु। त्यसले जरुर केही प्रभाव पार्थ्यो र मेरो पनि "कोही" सँग "त्यस्तै केही" भएहुन्थ्यो भन्ने कता कता लाग्थ्यो तर त्यस्को लागि कसैको पछि लागिएन, वा केही प्रयास् गरिएन। नजिकमा केही केटीहरु थिए तर तिनीहरुको सम्बन्ध कि दिदी कि बहिनीको हुन्थ्यो।

क्रमश:



December 3, 2008

भन राजा तिम्रो माया

सुमन बगाले,
आबुँ खैरेनी ५ तनहु (हाल इराक)


भन राजा तिम्रो माया कति
देवी देवताको शरणमा तिम्रो गाए भजन भक्ति
मठ मन्दीर बाकी छैनन् नबालेका मैले बत्ति
कयौ दिन कयौ रात अन्धाकारमा बिताइसके
कति कुराइ राख्छौ मलाइ अब भयो अत्ति
कि माया मारीसक्यौ कि त अन्तै डेरा सार्यौ
लाग्नै छोडीसक्यो मलाइ बिश्वास भर रत्ति
आजसम्म कुरेकी छु कुरी रहने छु पछिपनि
अझै देउ देवी देवता मलाइ धैर्यधारण शक्ति
मलाइ मात्र यस्तो हो कि ज्यानलाइ पनि हुन्छ
मेरो माया सय हो भन राजा तिम्रो कत्ति



गीत - नेपाल आमा


राकेश कार्की, लस् एन्जेलस्

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी

दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।


December 2, 2008

कबिता -मेरो अपिल पाठकलाई

आचार्य प्रभा
मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन
यदी उसो हो भने पनि,
म पक्कै नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर ---हुन सक्छन
भावनाहरु कसैको पनि
बिचार सँग मेल नखान सक्छ
वा ---अर्थको अनर्थ हुन सक्छ
साँचै त्यस्तै तारतम्य मिल्न गएमा
मेरो श्रीजना यदी कसैले
अद्ध्यन गर्छ भने
सबै मेरो बिचार सँग सहमत् हुन जरुरी छैन /
पक्कै पनि 'ऊ'मेरालागी
असल समिक्षक बन्न सक्छ
जस्ले ---मेरो बिचार को कमिलाई
असल भावनाको कसी लगाएर
पुर्णता गरिदिन्छ
अनी ---जस्ले मेरो श्रीजनाको कमीकम्जोरिलाई
औल्याएर सहि न्याय दिन सक्छ
हो त्यस्तै पाठकको पर्खाइमा
मेरा श्रीजनाहरु प्रतिक्षित छन
हो त्यसतै कम्जोरिको ढाड भाँच्ने
समिक्षकको अभावमा मेरा भावनाहरु
अलपत्र छन
त्यसैले म अपिल गर्दछु
म प्रसङ्शाको भोको छुइन
सहि,सत्य गालीको आशामा छु
न कि ---श्रीजनाको अर्थ बुझ्ने प्रयास नगरि
बेअर्थको प्रतिक्रीया पाउने अभिलाषामा /
(अमेरिका )


December 1, 2008

पदीय गरिमाको उपहास

शेखर ढुंगेल
मानवले आफुले व्यवस्था गरेको नेतृत्वको अवधारणा ज्यादै महत्वपूर्ण संवेदनशील एवं गरिमामय मानिन्छ । नेतृत्व वर्ग भाषा व्यवहार चरित्र आहार आदिलाई अनुकरणको विषय मानिन्छ । त्यसैले बाइबल कुरान हिन्दू शास्त्रका नायकलाई आदर्शका रुपमा प्रस्तुत गरिएको हो यस कारणले कि ति नायक रुपि पात्रको अनुकरण गरुन र समाज स्वस्थ चरित्र एवं नैतिक वान भै शान्ति छाओस् ।

सबका साझा शत्रु तत्कालिन आठ दलको दिल्ली सम्झौतामार्फत राजसंस्था फ्याकियो । संविधानसभाको निर्वाचन गणतन्त्र घोषणा गरि सत्ताको नेतृत्व सम्हालि सकेपछि प्रम दाहालले कसलाई अब दुश्‍मन देखेको आफु इतरका दल र जनतालाई दुश्‍मन देखेको हो भने त्यो दाहालको अल्पबुद्धि मात्र हो । संविधानसभा निर्वाचनमा खसेको मत मध्ये २८ प्रतिशत मत मात्रै दाहालको पक्षमा छ बाँकी ६२ प्रतिशतलाई दुश्‍मन घोषणा गर्ने हो भने आपुनै खुट्टामा बन्चरो हान्ने काम मात्र हो । बाइबलमा एउटा उक्ति लेखिएको छ- ‘बहुमतले अल्पमत माथि अन्याय नगरोसू’, नेपालमा त अल्पमतले बहुमतमाथि अन्याय गर्दैछ यो कुन शास्त्रको नीति हो?, यो प्रवृत्तिले कतै जनआन्दोलनको पुनरावृत्ति नहोस् ।

सभ्य समाज र स्वस्थ राजनीतिमा धम्की एउटा सामाजिक अपराध हो जुन कानुनत बर्णित हुन्छ । अमेरिकाको कानुनको कुरा गर्ने हो भने सरकारी कर्मचारी मात्र होइन एक सामान्य नागरिकले पनि कसैलाई कुनै प्रकारको धम्की दियो भने सजायको भागी हुनुको विकल्प छैन ।

देशको प्रमले अरुलाई धम्काउन मिल्छ मिल्दैन हाम्रो देशको कानुन कानुनविद र सभ्य नागरिकलाई चासोको विषय नै होइन जस्तो देखिन्छ । देशका प्रम दाहालको हामी एक भै दुश्‍मनमाथि बर्जन्छौं भन्ने अभिव्यक्तिले सिङ्गो राष्ट्र र कुटनैतिक समूहको कान ठाडो भएको छ । यस अगि पनि प्रम दाहालले त्यस्तै विवादास्पद र व्यक्तित्वको गरिमा विपरीतको अभिव्यक्ति दिइ आलोच्य भैसकेका छन् । आत्म विश्वासको कमि र आवेगलाई संयम् गर्न सक्ने क्षमता नभएका यस्तै व्यक्तित्वबाट विवाद र विमतिका पर्खाल बन्ने गरेका छन् । दाहालको यो उद्घोष विचलित एवं पराजित मानसिकताको उपजको रुपमा नागरिक समाजले लिएको छ ।

नेपालमा आजको राजनीतिमा दुश्‍मनको र दाहाल को माथि वर्जने अहम् सवाल खडा भएको छ । राणा र पंचायती शासन प्रजातन्त्र विरोधी थियो बहुदलीय व्यवस्था दाहालको दुश्‍मन थियो रे, अब त तत्कालिन आठ दलको बाह्र बुँदे सम्झौतादेखि संविधानसभा निर्वाचनसम्मको यात्रा तय गरि प्रम बनेका दाहालको दुश्‍मनको संविधानसभा विरोधी मासिए राजतन्त्रवादी भास्सीए संसद्वादी पराजित भए वा आतमसमर्पण गरिसके यो अवस्थामा दाहालको दुश्‍मन को र को माथि बर्जने?

नागरिक समाज भन्दैछ दाहालको कमजोर आत्मविश्वास, कमजोर साङ्ठानिक क्षमता लोलुपता नै सबैभन्दा ठूला दुश्मन हुन् कि कार्यकर्ताबाट लुटाउने र राजश्वबाट क्षतिपूर्ति दिलाउने तपाईको सोच दुश्मन हुन। आलिशान राजशी शोख तपाईका दुश्मन हुन, दललाई विवाद मुक्त बनाएर लैजान नसक्ने तपाई स्वयम्को नेतृत्व क्षमता दुश्मन हुन। उल्लेखित तत्कालका दुश्मनसित विजय हासिल गर्न नसके स्वयम् माथि बर्जनुको विकल्प छैन । यो देशमा अरुमाथि बज्रनेको लामो फेहरिस्त छ राणा बज्रे, राजा बज्रे, गिरिजा बज्रे सबै पाखा लागे अब बज्रनि होइन सहमति र सद्भावको बाटो नखोजे स्वयम् बजारिनु पर्नेछ । अरु माथि बज्रीने क्रमभङ्ग गर्न ढिला गर्नु हुन्न । प्रतिपक्षमा बसेको कांग्रेसलाई दुश्‍मन बर्जन्छ भनेको हो भने झनै अन्याय हुन्छ किनकी ६० वर्षे आपुनो स्थापित नीति परित्याग गरि प्रचण्ड पथ मै आत्म सर्मपण गरिसकेको दल कसरी दुश्‍मन हुन्छ? । तत्कालिन राजा ज्ञानेन्द्रलाई सत्ता च्यूत गराई दाहाललाई सत्तासिन गराउने कोइरालालाई दुश्‍मन देख्ने हो भने झनै हास्यास्पद हुनेछ । यो त छोरी कुटेर बुहारी तह लगाउने उक्ती जस्तो अरुलाई दुश्‍मन देखाइ आपुनै दल भित्रकालाई किरण पक्ष धम्काएको झनक दिने आत्मविश्वास गुमाएको सिपाही जस्तो ताल यो भयो ।

दाहाल माओवादी मात्रका प्रम होइनन्, देशका प्रम हुन । उनले प्रत्येक शब्द र पाइलामा पदिय गरिमालाई ध्यानमा राखी संयमित अनि अनुशासित अभिव्यक्ति र आचरण देखाउनु पर्दछ । व्यक्तिगत शौख, र आलिशानी तृष्णा, देश र जनताका नाममा त्याग गर्नु पर्दछ अनि मात्र पदिय गरिमा कायम राख्न सकिन्छ । देशका प्रम आपुनै देशबासीलाई विपक्षी दललाई दुश्मन सम्झी बजि्रन्छ भन्दछन् ।नेपालीले यो विडम्बना विरुद्ध छाती पिटेर बिलौना पोख्नु बाहेक के गर्न सक्दछौं देश र जनताको हित एवं संरक्षण गर्न जिम्मा दिएको आफ्नै प्रम आफैमाथि बजि्रन्छ भनेको सुन्दा उनी स्वयम्लाई नै आफु देशको प्रम हुँ भन्ने विश्वास छैन रहेछ र जनयुद्धको हाङ्गओभर अझै नउत्रेको रहेछ भन्ने जनताले बुझेका छन् ।



November 30, 2008

विलिन व्यक्तिगत स्वतन्त्रता

किरण पौडेल,
कुबेत

हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता माग्न जाने काँ पो होला

०७,१५,३६,४६ अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो अझ कति जल्ने होला

कति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिदको रगत पानी हुंदा चिन्ता लिने कोहि छैन

शाही शासन, राणाकालीन पंचायती र बहुदलवाद
प्रजातन्त्र जनगणतन्त्र लोकतान्त्रिक गणतन्त्रको विवाद

यात्रा लामो गर्दा धरी उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई कुरा बुझ्न गाह्रो भयो

यिनको चासो दुई छाक खाना एक टुक्रा कपडाको
गर्मी झरी हावा छेक्ने एक सानो झुपडीको

होईन ठूलो आशा यिनको पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन धेरै नै दिए बलीदान

कहिले उत्तर कहिले दक्षिण सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने मर्म बुझ्ने कहिले हो नी

पुत्र नेपालकॊ जन्मी उद्दार गर्ने कैले होला
विलिन भाको स्वतन्त्रता भोग्न पाईने कैले होला



घाउ

सुमन बगाले
आबु खैरेनी ढकलटार ५ तनहु
(हाल ईराक)

काली ! मिठो सम्झना अनी अदृष्य मायाका सौगातहरु !!


अल्पकालीन जिन्दगीको दिर्घकालीन न्यानो माया सदा खुशी रहनु जिन्दगीका अनमोल तृप्तीहरु पुरा गर्न कोशीश गर्नु । जीन्दगीका तीता मीठा सपनालाई सपनामा नै राखी एक मुठी श्वास लिएर बाच्दै थिए, बाच्दैछु र बाँचिरहने छु जब सम्म तिम्रो याद तिम्रो माया मेरो मनसपटलमा अटल अमर रहनेछ ।लेखीरहनु पर्ने नितान्त कतै देखिदैन् तैपनि जीन्दगीका आरोह अबरोह अनि उकाली ओह्राली गर्दै जादा जीबनलाई अहिले बमगोला लन्चरहरुसगं आत्मासाथ गर्दैछु । जन्माउन नपाउदै टुहुरो भइ निमोठिएको अपाङ्ग भएको हृदयबिदारक घातक घाउ बोकी यो मरुभूमिमा मृत्युसँग लडदै छु ।तिम्रो तस्वीर नयनमा उभाएर तिमीसँग तिता मीठा कुराहरु गर्नु मेरो दैनिकी नै बनेको छ । फुस्कीनै लागेका मधुर मुस्कान सुकीलो मुहार चन्द्रमा भन्दा कम देखिदैन । काली किन अली पातलो भयो जस्तो लाग्यो मलाइ कीन हो पीर चिन्ता नलीनु आफ्नो स्वास्थ्य ख्याल राख्नु । तिमीसँग कुरा गर्न यो मन आतुर हुन्छ । अनेकौ भावनाहरु तछाड मछाड गर्दै उर्लिरहनछन । ओछा्यानमा पल्टीदा यि नयनहरु तिम्रै तस्विरमा गइ अडि अनी मस्तिष्कले उही प्रश्न् सोधिहाल्छ तिमी कहा छौ के गर्दै छौ कसरी चल्दै छ बैबाहीक जिवन मसँग पुरा नभएका चाहानाहरु पुरा भए जस्तो लाग्छ म कल्पीन्छु भने तिमी मेरो कल्पनालाइ साकार बनाइरहेकी होली मित्रले दुःख दिदै होला यो समयमा त जस्तो लाग्छ । एक चुम्वनको लागी कुमले गाला छोप्ने रानी अहिले खुलेआम लम्पसारीन स्वतन्त्रा मिलेको होला । यस्ता यस्तै कल्पनाहरु तिम्रैसाथ लुटुपुटिन थाल्छ अन्तमा आफुले आफैलाइ धिक्र्कान शिबाय के हुदैन कति खेर निन्द्रादेवीको कोखमा पुग्छु पत्तै हुदैन मरुभुमी भएको जिन्दगी हरीयालीको कल्पना बाहेक अन्य केही हुदैन । तिम्रो सम्झना आउदा कोरीएका भावानाका क्षणहरु कथा कबिता बनी उही कपीका पन्नाका अडिक रहेका छन् । कसैको मोहमा मान्छे पुरै कवि हुदोरहेछ ।

भेट हुनु नै छुटिनको लागी हो सँसारमा कोहि कसैको जिन्दगी भरीकोलागी एक अर्काको साथ रहन सक्दैन । समयको साथ सँगै तिम्रो र मेरो भेट भयो फेरी उही समयले बिछोडको नमीठो घाउ लगायो र त्यहि घाउ सम्झना स्वरुप अहिले मिठो कल्पनाको सँसार बनाउने साधन भएको छ । तिमीलाइ पत्र पठाउन ढिलो गरेको पक्कै होइन । मनमा अनेकौ तरङ्गहरु आउछन् । कसैलाइ पनि म प्रतिको गुनासो नराखौ भन्ने सोचले यो कदम चालेको छु । फेरी पनि एक त तिमी पारिवारीक भइसकेकी छौ । तिम्रो जिबनमा फेरी फेरी पुराना अतितलाइ बल्झाइ दुख दिन चाहान्न । नभन अब मलाइ लेख्दै गर चिठी भनेर म त्यसरी तिम्रो बनेको घरमा पसेर बिर्गान चाहान्न। किनकि तिम्रो नव पति पनि म जस्तै एक पुरुष हो । तिमीलाइ थाहा छ पुरुषलाइ आफनो श्रीमति र खल्ती पराइले आखा लगाएको सहन सक्दैन । त्यसैले विचराको त कुनै कसुर छैन साथ दिनु उनको मनमा कुनै शङखा उत्पन्न हुने कुनै कसुर नराख्नु । म भन्दीन कि तिमीले धोका दियौ भनेर तिम्रो वियोगमा दिन डाहाडै नशामा डुबेर दुनियालाइ देखाउनपनि जान्दीन साथमा हुदा त लुकी चोरी लाएको माया बिछोडमा किन पर्दशन गर्नुपर्‍यो  र होइन पिउनका लागी वाहाना मात्रै हो जस्तो लाग्छ । म मा त के नै छ र बिल्कुल खाली छु नानी ह्दयविरक घाउ चहराइरहेका छन एक तन्कारले सदा सदाको लागी ।

तिमी जब पराइको भयौ, त्यो दिन देखी यो मनमा चन्चलाताले बास पाएन जाहा गएपनि सँसार सुन्य लाग्यो त्यसैले कसलाइपनि थाहा नै नदिइ यहा आए। यहा आएर पनि त्यहि त रहेछ जति टाढा हुन्छु निश्ठुरीको माया त्यति गाडा हुदोरहेछ सबै तिर बाट हेला भइ कसैको माया पाउन नसकेका म अभागी कसरी विदेशमा आएर माया अनी चोखो बन्न सक्थेर सबै परदेशीनेहरुको व्याथा पनि कथामा नै रुमालीएका हुदोरहेछ । यो दुखी लाइ दु:ख पाउन लेखेको जाहा गएपनि छोडदोरहेनछ । भगवानलाइ तिम्रो र मेरो जोडी सुहाएन कि कसो हो त्यसैले बिछोडको घाउ लागाइदियो त्यैपनि केहि छैन कुनै न कुनै आगामी आउने जुनीहरुमा त सुहाउला कि त । यति लेख्दैमा तिमी नसोच सुमनले माया मारेछ भनेर माया त गाडा छ गहिरो अन्नन्त अन्नन्त सम्मको लागी । जसले मलाइ माया गर्न सीकायो उसैलाइ भुलीयो भने सीकाउनुको अर्थ नै भएन नी होइन र मपनि त्यस्तो भुल्लकड त छैन नी । समाज स्वार्थी छ व्याक्ति स्वार्थी छ यसै स्वार्थी समाजमा हुर्कीएकी तिमी कसरी चोखो बन्न सक्छौ र । तिमीले भुल गरेकी होइन मेरो माया मा नै खोट रहेछ चाहेको सबै चिज पाउनैपर्छ भन्ने पनि केहि छैन तिमी साथ हुदा दुइ दिनको जस्तो लाग्ने जिन्दगी अहिले त्यहि जिन्दगीले मोड मोडमा ठक्कर दिदा लामो लागेको छ । खबरहरु यस्तै हुन तर तिमीसँगको सँगतले केही भावुक बनाइ यो मनलाइ हल्का भएपनि शाहानुभुति मीलेको अनुभव भएको छ ।

तिमी जस्तो साथी पाएर म यति खुशी छु की अब मलाइ जीवनको मोहपनि छैन सबै कुरा बाट सन्तुष्ट छु । तिमीलाइ थाहा नै होला जिवनको मोह नहुनु भएको मृत्युमुखी हुनु हो । भनि राख्नु त नपर्ला तैपनि एक साथीको नाता वा हकले यि शव्द पुन दोहोराउदैछु काली! तिम्रो जिन्दगी राम्ररी चलाउनु पारिवारीक भएपछि अलि तिमीमा जिम्मेवारी थपिएको छ जस्तो लागेको छ बिगतको कुरालाइ सम्झेर बर्तमानलाइ धमिलो नपार्नु । ल त आजलाइ ओझेल पर्न चाहान्छु बाकी अर्का पत्रमा तर धेरैपछि किनकी यो दुखेको घाउलाइ पटक पटक कोट्टाइ नुनचुक थप्न चाहान्न । ज्यादै दुख्दो रहेछ बिछोडका घाउहरु बरु बिष पिइ एक छिन छटपटिएर मर्न सजिलो होला तर बिछोडको घाउ सहन ज्यादै गाह्रो हुदो रहेछ । रुन्छु कराउछु जति रोए कराएपनि सुनीदिने कोहि हुदोरहेनछ । आखामा आशु रित्तिएपनि आशु बगेको डोब गालामा नबस्दोरहेछ सम्झनाका ज्वारभाटाहरु यो सानो कागजको टुक्रामा कोरीएतापनि छटपटि त आखिरी मुटुमा नै हुदोरहेछ । मेरा दिनर्चाय त यसरी नै बितिरहेको छ र वित्नेछपनि पहिलो माया मा नै ठेश लागेपछि अर्को नया बनाउनलाइ मन मरिसकेको छ । त्यहि पनि तिमीले भने जसरी जिन्दगीले एक बाटो बिराएपनि अरु बाटाहरु आउछन त भन्यौ तर मेरो जिन्दगीमा त्यो नै अन्तिम बाटो रहेछ । बाटोहरु त आए नआएका होइन तर तिमीले देखाएका बाटो भन्दा भिन्न बिल्कुल फरक जहा तिम्रो मेरो मायाको कुनै अश्त्तित्व नै छैन । त्यो सँसार मेरो लागी विरक्तिएकॊ छ कतिन्ज्ोल यसरी बिताउन लगाउछ समयले विताइदीउला तर तिमी भने आफनो राम्रो गर्नु बनिसकेको घरलाई सम्माल्नु ल त नमरी बाचिएछ भने कोरौला सधा खुशी रहनु तिम्रो खुशी नै मेरो शान्तोनाका प्रसाद हुनेछ ।

(सहयोगी बिजयकुमार श्रेष्ठ)



स्वदेश र शुन्य मन

प्रभाजीका स्वदेश गित र शुन्य मन कबिता बिशेष
आचार्य प्रभा , संयुक्त राज्य अमेरीका

''कविता ''-''शुन्य मन ''

यौटा शुन्य मन
मनहरुको शिविरमा पस्यो
अनी ---आफु नितान्त एक्लिएको
अनुभव पोख्यो ,
त र ---ती मनहरुले उस्लाई
अर्थात त्यो शुन्यमन लाई
उनिहरुको शिविरमा स्थान
नदिने घोषणा गरे
किनकी ---त्यो सुन्य मन
मान्छेहरुको छातीबाट
निस्किएको मन थियो
अनी ती मन हरु
जनवारहरुका छातीबाट
निस्किएका मनहरु थिए /
शुन्य मनले प्रश्न गर्‍यो
आखिर ---मलाई किन
तिमीहरुको साथमा राख्दैनौ ?
ती मनहरुले जवाफ दिए
किनकी ---तिमी
मान्छेको छातीभित्रको मन हौ
हामी निरीह पशुहरुका मनहरु हौ /
अब तिमी नै भन ---,
तिमी पनि मान्छेको छातीबाट
निस्कियौ भने झन मान्छेको
दुर्दशा के होला ?
त्यसैले हाम्रो अपिल
तिमी फर्क,जाउ
अनी सिकाउ मान्छेहरुलाई
कोमलता,मनुष्यता र सर्वश्रेश्ठ
प्राणिको कर्तब्य
अनी ---कोशिश गर फेरि
मान्छेको मन लाई पशुहरुको
भन्दा अझ ब्रिहत बनाउन

''स्वदेश गीत ''

बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि ---
जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी---
तर सकेनौ हामीले सपना सार्थक बनाउन तिम्रो
पश्चतापको आगोमा जलिरैछु म अहिले ---
पराइ नठान आमा मलाई म त बुढेसकालको साहारा हुँ नि
ह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि ---
एौटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नै
सबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले ---
त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एक
थाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक ---
बैरी नठान



November 28, 2008

जय ब्लग! ह्याप्पी ब्लगीङ।।

तपाईले गुगल, याहू वा अन्य कुनै सर्च ईन्जिनमा 'blog' लेखेर खोज्नु भयो भने, हजारौं वा लाखौं होईन, करौडौं पेजहरु भेटिनेछन । शुरुमा 'अनलाईन डायरी' भनिने यो ब्लगको क्षेत्र, विस्तारित भएर हाल साहित्य, समाचार, विज्ञान लगाएत समाजका हरेक क्षेत्रको विचार र सूचना प्रवाह गर्ने यौटा सशक्त माध्यम बनी सकेको छ ।

हरेक सेकेण्डमा केयौं नया ब्लग बन्ने क्रम जारि रहेकाले ब्लगको संख्या कति छ त भनेर निश्‍चित आँकडा दिन सकिने स्थिति छैन र केवल यो निरन्तर बढदै गएको छ मात्रै भन्न सकिने स्थिति छ ।

हाम्रै देशको कुरा गर्ने हो भने, Blogger मा करिव ८,४०० अनि Wordpress र आफ्नै डोमेनका बल्गसमेत गर्दा नेपालीका नाममा दर्ता भएका बल्ग करिव ९-१० हजारको हाराहारिमा रहेको रहेको मेरो प्रारम्भिक अध्ययनले देखाएको छ ।('दर्ता' लाई जोड दिनुको मतलव ति मध्य अधिकांश ब्लगहरु नियमित छैनन्)

ब्लगको ईतिहास हेर्ने हो भने; १९९४ मा त्यतिवेला बिद्यार्थी रहेका Justin Hall ले शुरु गरेको links.net लाई नै विश्‍वको प्रथम बल्ग मान्न सकिन्छ । त्यतिबेलासम्म सरकारी कार्यालय, बहु-देशिय कम्पनि वा केहि ठुला बिजनेस हाउसको मात्रै अधिपत्य रहेको ईन्टरनेटको पृष्ठहरु Justin Hall को ब्लगको शुरुवातले सर्वसाधारणको पहुँच बढन थाल्यो ।

ब्लगको रुपमा ईन्टरनेटको पृष्ठहरु सर्वसाधारणको पहुँचमा पुगे पनि बल्ग बनाउन कम्तिमा पनि वेबपेज डिजाईन र HTML सम्बन्धि केहि ज्ञान चाहिने भएकोले निजि बल्गहरुको अझै राम्ररि विकास हुन सकेको थिएनन् । तर जब १९९९ मा Evan Williams र Meg Hourihan ले Pyra Labs को गठन गरी निशुल्क रुपमा करिव करिव 'तयारी' ब्लग पेज उपलब्ध गराउन थाले त्यसपछि भने ब्लगिङको दुनियाको ईतिहास भिन्दै भयो।

यसरी Pyra Labs, (जुन अहिले गुगललेल लिएको छ र Blogger को नामले चीनिन्छ) ले साधारण कम्प्युटर सम्बनधि ज्ञान हुनेले आफै साज-सज्जा गरि चलाउन सकिने पेजहरु उपलब्ध गराए पछि ब्लगको दुनियामा बाढि नै आयो ।

हाल आएर विषय बस्तुको विबिधता मात्रै होईन, पढन, सुन्न, हेर्न र प्रतक्ष कुराकानी गर्ने सबै खाले सुबिधा ब्लगमा उपलब्ध हुन थालेको छ ।

नेपाली ब्लगको कुरा गर्दा दर्ताको संख्या निक्कै भए पनि नियमित संचालनमा आएका ब्लगको संख्या भने १००-१५० को हाराहारिमा छन ।

नेपाली बल्गरहरुको सूचीकरण गरेर राख्ने पहिलो वेबपेज bloggers.com.np मा करिव ६३३ ब्लग दर्ता भएका छन । त्यस्तै nepalibloglist.blogpost.com मा ३२० त hamrocircle.blogspot.com मा ५० को हाराहारिमा नेपाली ब्लगको प्रवृष्टी देखीन्छन् । तर नियमित अपडेट हुने वा बितेका तिन महिना अघिसम्म अपडेट भएका ब्लग गन्ने हो भने त्यसको संख्या डेश सय भित्र हुन्छ र एक महिना अघि सम्ममा अपडेट गरिएका ब्लगको संख्या करिव १२० जति मात्रै छन र त्यसमा पनि मुख्यतया नेपाली भाषामा मात्रै लेखिने ब्लग १०० जति मात्रै छन ।

नेपालि युनिकोडको विकास र माथि उल्लेखित प्रदायकहरुले उपलब्ध गराईदिएका निशुल्क पृष्ठ अनी बदलीदो परिस्थितिका बिच बढि भन्दा बढी नेपालि ब्लगहरु बन्नु पक्कै पनि खुशिको कुरा हो ।

अबका ब्लग केवल आफुलाई मन परेका पेजहरुको लिन्क राख्ने वा साथी-भाईका फोटोहरु राखेर व्यक्तिगत सूचना दिने मात्रै रहेनन। आधुनिक ब्लग विश्‍वभरि छरिएर रहेका सबैको जमघट स्थल, विचार, सूचना र समाचारको आदान प्रदान र नया खोज वा कुनै पनि सामाजिक वा समुहिक कार्यको लागी हातेमालो गर्ने स्थान पनि बनि सकेको छ ।

हामी आफ्नो विचार सम्प्रेषण गर्न स्वतन्त्र छौं र ब्लगले हामिलाई सहि अर्थमा त्यो स्वतन्त्रता दिएको छ, जहा तपाईको विचारमाथी कुनै पनि तगारो वा बन्देज लाग्दैन । मलाई लाग्छ भोलिका दिनमा ब्लगको क्षेत्र र प्रभाव अझै फराकिलो र दह्रो हुने छ । दिनदिनै यसको प्रविधिमा आएको सुधार, सरलता र विबिधताले समाज र देशको निर्माणमा पनि पक्कै पनि प्रतक्ष भूमिका खेल्न सक्ने छ ।

अन्तमा मेरो एकजना विदेशस्थित साथी केहि महिना अगाडी कामको लागी अन्तर्वार्तामा गएका रहेछन। अन्तर्वार्ता लिनेले उनको वैयक्तिक विबरण हेरेपछि सोधेछन "तिम्रो ब्लग छ?"। पढाईको हिसाबले ईन्जिनिएर भए पनि यो क्षेत्रमा त्यत्ति ध्यान नगएकोले उ एकैछिन अलमल्ल परेछ। पछि अन्तर्वार्ता लिनेलेनै उनलाई 'तिम्रो वायोडाटाले तिमिले के पढ्यौ र के जान्छौ भन्ने देखाउँछ तर तिम्रो बल्ग भएको भए तिमि के सोच्छौ र कस्तो विचार राख्छौ भन्ने पनि थाहा हुन्थ्यो" भनेपछि उ अलि प्रष्ट भएछ ।

जे होस अन्तर्वार्ता लिने सबैले सबैलाई यस्तो प्रश्‍न नगर्लान र केवल ब्लग लेखेकै भरमा कसैले राम्रो काम पाउलान नै भन्ने पनि कुनै ग्यारेन्टि छैन। तर यो विचार सम्प्रेषण गर्ने यौटा सशक्त माध्यमको भने हामिले भ्यायसम्म प्रयोग गर्नै पर्छ । जय ब्लग! ह्याप्पी ब्लगिङ।।



November 27, 2008

टी टाइम जोक्स is back!!

छोटो गफ देवनागरी लिखित उर्दु जोकको विषयमा

बेला बेलामा दिमागलाई बोझ दिएर लेख्ने कुरा भन्दा यता उताबाट कट पेष्ट गर्ने खालका विषयहरु टी टाइममा हाल्दिन्छु भन्ने बिचारले हिन्दी जस्तो देखिने भाषामा कहिले काहीं जोकहरु हालिदिने गरेको थिए । नेपालमा राष्ट्रपतिको चुनाव भयो र त्यहि मेसोमा बिना चुनाव काकताली परेर पार लागेका उपराष्ट्रपतिले फ्याट्ट हिन्दी भाषामा सपथ लिएर सो भाषा सम्बन्धी बबाल मचिए पछि आंफुलाई पनि हिन्दी भाषाको जोकहरु ठाडै राखिदिन मन लागेन । अनि अहिले सम्म थन्क्याएर राखिदिए ।

कुनै पनि भाषा बोल्न प्रयोग गर्न जान्नु भनेको आंफैमा एउटा उपलब्धी हो र योग्यता पनि हो तर हाम्रा दक्षिणतिरका बन्धुहरुको व्यवहारले हामीलाई यति आजित बनाइसकेको छ कि हामीलाई उनीहरुलाइ मात्र नभएर उनीहरुको भाषालाइ पनि राम्रो रुपमा लिन अप्ठेरो लाग्छ । अर्को कुरा बोल्न जाने भन्दैमा वा पायो भन्दैमा आफ्नो पदीय मर्यादाको ख्यालै नराखी परम आनन्द लिने झा देखि प्रचण्ड सम्मले नेपालको सलामी लिंदै भारतीय भाषा बोल्न चाही पटक्कै मिल्दैन ।

हाम्रो मामिलामा (हामी सर्व साधारण वा असाधारणको मामिलामा) भन्दा खेरी बाल्टिमोर देखि न्यू योर्क सम्म दुख परेको बेलामा २-४ डलर देखाउने माध्यम होस या बर्लिन देखि लन्डन सम्म काम नपाएर रन्थनिएको बेलामा काम गर्ने ठाउंमा प्रयोग हुने माध्यम भाषा यहि नै रहेछ भन्ने भुक्त भोगाइ आफैले पनि सकसेको हो । त्यसको मतलव हिन्दी भाषा , एक छिन पछि तल गएर मैले यसलाई हिन्दी भन्दिन, भारतीय संग नतमस्तक भएर बोलेको कुनै पनि हालतमा हैन । बरु जर्मनी, बेल्जियम, डेनमार्क, स्विडेन आदि देशहरुमा पनि बंगलादेशी, पाकिस्तानी, अफ्गानी, भारतीय, नेपाली आदिको एक आपसमा बोल्ने सम्पर्क भाषा भनेको हिन्दी भनिने भाषा नै रहेछ ।

कुनै बेला होस्टलमा पाकिस्तानीहरु थिए, उनीहरु फरर हिन्दी जस्तो लाग्ने भाषा बोलिरहेका थिए । म पनि प्रष्ट बुझ्ने मात्र होइन हैदराबादीहरुलाई नै मात दिने गरी हिन्दी बोल्छु भन्ने सोचाइ भएको मान्छे उनीहरुले बोल्ने भाषा बोलिदिएं । अनि के भन्छन ! “आपतो बहुत बढिया उर्दु बोल्ते हैं!” मैले यसलाइ हिन्दी भनेर भन्दा झण्डै युद्द होला भन्ने डर ! त्यस पछि त म भारतीयहरुसंग बोल्दा ठोकिदिन थाले, म उर्दु बोल्छु भनेर । भारतीयले हैन यो त हिन्दी हो भन्यो भने, पाकिस्तानीसंग भिडाइदियो, आफ्नो टन्टै साफ ! त्यहि भएर कसैलाई हिन्दी भाषामा जोक लेख्यो भनेर रीस उठ्यो भने देवनागरी भाषामा लेखिएको उर्दु भनेर पढिदिनुभो भने रीस आंफै शान्त हुन्छ !

ल शुरुवाति शायरी,

फूल गिर जाते हैं जब भी आप आते हो,
फूल गिर जाते हैं जब भी आप आते हो
जरा संभल के चला करो
बार-बार गमलों से क्यों टकराते हो ?


संता र बंता

बंता : संता ! तुम इतना परेशान क्यों हो ?
संता : मुझे यह बात समझ में नहीं आ रही है कि कैसे मेरा एक ही भाई है जबकि मेरी बहन के दो भाई हैं।


गाउंले संता
एक ग्रामीण (संता) अपने बेटे के साथ मॉल (shopping mall) में पहली बार घूमने गया। वहां उन्हें लिफ्ट दिखाई दी। दोनों ने लिफ्ट पहली बार देखी थी।

तभी वहां एक बुढ़िया आई। उसने बटन दबाया और दरवाजे के खुलते ही वह अंदर चली गई। दोनों बाप-बेटे इस नजारे को आंख फाड़-फाड़कर देख रहे थे। कुछ देर बाद लिफ्ट नीचे आई और उसके अंदर से एक लड़की निकली।

यह देखकर ग्रामीण संता चिल्लायाः बेटा जल्दी घर जा और अपनी मां को लेकर आ।

(last line has been removed on 28.11.2008-Panda)



नखोज्नु मलाई

बिजय कुमार श्रेष्ठ, मानकाजी तामांग
(हाल ईराक)

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा हराई सकेछु ।

नसम्झिनु है मलाई कुनै खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ॥

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु ।

नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ॥ ॥

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु ।

नखोज्नु है मलाई वरपिपलको छहारीमा,
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ॥ ॥ ॥

नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा,
म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनि सकेछु ।

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा,
म त अब परदेशि पो भैसकेछु परदेशि पो भैसकेछु ॥ ॥ ॥ ॥



November 26, 2008

गजल - कती रछन यहाँ

कती रछन यहाँ छानोमा आगो फुक्नेहरु
माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

घरको बाघ बन्को स्याल हुइया कि गर्जन
शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान
सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे
अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

सापटिमा हल्लिएका हुल्का हुल टाउका
वीर भएछन कसरी? थाङनामा लुक्नेहरु


November 25, 2008

ब्लग भित्र ब्लग


नेपाली ब्लग जगत बिस्तारै फराकीलो हुंदै गएको छ। कुनै बेला औलामा गन्न मिल्ने ब्लग अहिले १५० को हाराहरीमा छन। राजनीती देखी स्वास्थ सम्म,ब्यापार देखी यात्रा सम्बन्धी ब्लग रहेछन। प्राय ब्लगरहरु आफ्नो मनको भावना पोख्ने तथा मनका कुरा लेखाइमा प्रस्तुत गर्न ब्लग लेख्ने रहेछन। केही भने समाचार नै ब्लगको मुख्य आकर्षण बनाउने रहेछन। ब्लगको संख्या धेरै भए जस्तै सामाग्री पनि फरक फरक छन।
दौंतरी कै कुरा गर्दा साझामा गफकै भरमा १० मिनेटमा नाम जुराएर खोलीएको थियो। केही साथीहरु सक्रिय लेखनमा नभएता पनि नया पुराना दौतरीहरु अझै मिठो तथा उत्क्रिष्ठ लेख पस्किराख्नु भएको छ। तुरुन्तै पेन्ट ब्रसले दौतरीको लोगो बनाएर सामुहीक ब्लगको रुपमा प्रतक्ष प्रस्तुत भएको थियो। अहिले जस्तो होला भनेर सोचेको पनि थिइन। साथीहरु धेरै सल्लाह दिनु हुन्थ्यो यता उता गरेर,अरु दौतरीको सहयोगले अहिलेको स्थीती सम्म आइपुग्यौं। हुन त अगाडी बढ्न धेरै बाकी छ तर पनि १ बर्षको बिगत हेर्दा ठुलो फड्को मारिएछ। आशा छ पुराना साथीहरु पनि सक्रिय भएर दौतरीलाइ अझै मजबुत पार्नुहुनेछ।


दौंतरीको एकै उदेश्य हो, स्पष्ट बिचार बिना छेक थुन प्रस्तुत गर्नु। यसैलाइ मध्यनजर राख्दै दौतरीलाइ अगाडी बढाउने छौं।


तपाइ हरु छक्क पर्नु भयो होला,ब्लग भित्र ब्लग भनेको त दौतरी भित्र दौतरी रहेछ भनेर। त्यो भने पक्कै होइन। मैले पहिला फाट्ट फुट्ट लेखे पनि पक्का ब्लगर भएर लेखेको दौंतरीमै हो। तर पनि अन्य नेपाली ब्लगरसंग साक्षतकार अहिले सम्म भएको छैन। सधै अरुको खबर ब्लगमा उतार्ने ब्लगहरुको आफ्नो खबर ब्लगमा उतार्दा कस्तो हुन्छ भनेर हेर्ने प्रयास गरेको छु। ब्लगमा नया पन थप्न मात्र नभएर नेपाली ब्लग जगतको धरातल केलाउने प्रायस पनि यस्ले गर्नेछ।


हप्ता मा १ पटक हुने गरेर ब्लग भित्र ब्लग स्तम्भमा कुनै एउटा ब्लगरको कुराकानी समेट्ने प्रयास गर्ने छु।



कबिता- डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन ''

आचार्य प्रभा

भ्रममा नपरौ कोही
ठुलो देशमा गएर
सानो देशलाई मानसपटलबाट
निकाल्छु भनी
त्यसो ---होइन ,
भौगोलिक स्वरूप सानो भएर के भो ?
आखिर ---'हीरा'सानो भएपनी
प्रज्वलित हुन्छ ,
आफ्नी आमा ''डल्ली '',''पुड्की ''
भएपनी जन्म दिने आमा नै हुन्छिन
आकार भनेको त स्वरूप हो ,
आफ्नोपन र सर्वगुण होइन /
विश्वस्त नहौ कहिल्यै पनि
द्रब्यको मुल्य उचा छ भनी
ठुलो देशमा दु:खले
सानो मन लिएर जब हामी
'डलर','पाउन्ड ',जे नै कमाउछौ
तर ---हामी भित्रको
स्वाभिमान,माया ,स्नेह,सारा
हामीले गुमाइरहेका हुन्छौ /
हो ---हामी रमाउन सक्छौ
अग्ला ,अग्ला गगनचुम्बी महलहरुका
उचाइ देखेर
तर ---हामीले बिर्सिसकेकाहुन्छौ
सगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु /
हामी गम्किन सक्छौ महलभित्रको
बिलाशितापूर्ण जीवन भोगाइदेखी
तर ---हामी बिस्थापित बन्छौ
आफ्नी आमाको सानो काखको
न्यानोपनको आभासदेखी /
हुन सक्छ ---कहिलेकही
आफ्नो आंगन पनि बिरानो हुन्छ
आफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिन
तर --- आफ्नो आँगनलाई पैतालाको
भार मात्र बोकायौ भने /
अनी ---आमाको छातीलाई परेड खेल्ने
मैदान मात्र ठान्यौ भने,
त्यस्तै ---आफ्नी आमालाई सन्तान जन्माउने
मेसिन सरह मात्र सोच्यौ भने ,
सानो काखलाई न्यानोपन दिने
केवल ---स्वार्थी भावना मात्र राख्यौ भने /
त्यसैले ---समग्रमा भन्नु पर्छ ,
आकार,उचाइ ,मुल्य ,आफ्नोपन
जे भने पनि
हाम्रो ''भित्रीमन'' नै स्वाभिमानी हुनु पर्छ
आफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांस
फूलाऊनु पर्दछ ,
आफ्नी आमालाई नै ''हीरा''मा अनुवाद
गर्न सक्नु पर्दछ /
हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैन
एौटै सन्तानको ''प्रतिक'' बनेर
आमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछ
अनि मात्र सानो देश पनि प्रज्वलित
''हीरा ''बन्न सक्दछ /
आफ्नी आमाको स्वरूप जे जस्तो भए पनि
निसकलंक, निर्मल साईनो बन्न सक्दछ ,
अन्तमा ---देश ,आमा नै हामी सबैको
आफ्नोपन र स्वाभिमान
बन्न सक्दछ /



परदेशबाट पि्रयसीसँग बिछोडको तरङ्ग

विष्णु रेग्मी काठमाडौ वार्ड नं ९
वत्तिसपुतली गौशाला काठमार्डा नेपाल
हाल जोईन्ट वेस बलाद ईराक

मेरी हृदयकी ढुकढुकी!,

अविरल मायाका वर्षाहरु तिमिलाई सम्झना अनि आशीर्वाद प्यारा नानीहरु साथै तिमीलाई पनि । आफन्त तथा मान्यजनहरुमा दर्जानुसारको दण्डवत् प्रणाम उहि प्रवासिको तर्फबाट । सर्वप्रथम तिमीहरुबाट क्षमा चाहन्छु किनकी मैले आफनो गन्तव्य पुरा गर्न सकिन बाबा वा श्रीमानको अनुभुति दिन सकिन सदाँ सर्वदा गरिवीको मार र आर्थीक कठिनाईले गर्दा बाध्य भएर तिमीहरुबाट टाढा हुन परेकोमा मलाई ज्यादै चिन्ता लागी रहेको छ ।सक्छौ भने दया राखि एक चोटिलाई माफ गरि देउ है ल ।

जीवन भनेको यस्तै रहेछ अनेकौ आरोह अवरोहहरु आई पर्ने रहेछ । अनेकौ उकाली ओरालीहरुसँग सामना गर्न पर्ने रहेछ । अतितका ति दिनहरुको रमाईला क्षण कति रमाईला थिए । आज अचानक नदिका दुई किनार सरि तिमीबाट धेरै टाढा वादल पारि भिड भएर पनि एकान्त जस्तो लाग्न निर्लज्ज शहरको गर्व भित्र बम बारुद र हावासँग निस्सासिएर तिमीहरुको आधात माया अनि मिठो सम्झनाको कल्पनामा डुवेर हर दिन र रातहरु व्यतित गरि रहेको छु । बिछोड हुदाँको पिडा कतिसम्म घातक हुन्छ आफन्तहरुको यादले कतिसम्म सताउदो रहेछ । अनि जीवनमा कल्पना गरेका मिठा मिठा सपनाहरु चैत्रको हुरी बतासले उडाएर कहाँ पुर्‍याई दिन्छ कस्लाई के थाहा बितेका अतितहरु कहिले पनि फर्केर आउन सक्दैन भन्ने कुरा । त्यसैले यो छिया- छिया भएको पापी हृदयलाई मरि सकेको मन अनि जिर्ण र सिथिल शरिर भित्रको कमलो अन्तस्करणमा तिमीहरुको माया ममता अनि सम्झनामा भविश्यले साथदिएमा एक दिन मिलन हुने आशा र उमंगमा बाची रहेको प्रवासिको तर्फबाट तिमीहरुको सुस्वास्थ्यको दिर्गायु एवं सफलताको शुभकामना प्रकट गर्दै श्री पशुपतिनाथसँग प्राथना यो गर्दछु कि सारा दुख र कष्टहरु पिर व्येथा र बेदनाहरु सबै मेरै भागमा पारिदिनु किन कि म मेरो पत्नी तथा बच्चाहरुको लागी जस्तो सुकै पिडा सहन पनि बाध्य हुने छु ।

प्यारि पत्नी मलाई माफ गरि देउँ जुन ईच्छा र चाहनाहरु लिएर बिदेसिनु बाध्य भएको थिए ति आशा र भरोसाहरु दिएको थिए त्यसको बिपरित दिसादिन र अर्थहिन श्रम तथा सिपहरु बेचि रहेको छु । केवल मिठो सपनाको लागी सारा दिन व्युझिएर ६० डिग्रीको तापमा खटि रहेको छु पसिना र आसुको कुनै पर्वाह नगरि आफुलाई बेचिरहेको छु । म जस्ता हजारौ नेपाली यूवा शक्तिहरुले यस्तो पिडा सहन नपरोस् आफनो श्रम र सिपलाई जन्म भुमिमा सदुपयोग गर्न पाउने अवसर प्राप्त होस् भन्ने आशा र भरोसाका साथ सम्पुर्ण परिवार गाउँ तथा नेपाली दाजुभाई दिदी बहिनीहरुमा यो पत्र मार्फत सन्देश दिन चाहन्छु । कुनै व्यक्ति वा एजेन्टहरुका मिठा मिठा आँस्वासन र प्रलोभनमा फसेर बिदेशीनु कुचेष्टा नगर्नु होला सकभर आफनै मातृभुमिमा आधा पेट खाएर भएपनी मेहनत र परिश्रम गर्नु होला । स परिवारको माया र ममतालाई बन्दकीमा नपार्नु होला ।

प्यारी मायालु पत्र लेख्न त धेरै मन लागेको थियो तर तिमीलाई चोट पुग्ने वा पिर पर्ने खालका शब्दहरु यसमा समाबेस गर्न चाहिन किन की एउटा अवला नारि आफनो सिउँदोको सिन्दुरमा कत्ति गौरवान्तित बन्छे र कति भाग्यमानी ठान्छे आफुलाई त्यसैे मायाँको सम्झनै सम्झनाका रात अनि दिनहरु महिना र वर्षहरु जुग जुगसम्म आशाको दियो बालेर बस्दै समय र परिस्थीतिले हाम्रो भेट हुन लेखेको रहेछ भने हजारौ अन्धकारहरुलाईचिर्दै तिमीले बालेको दिपमा तेल थप्न आई पुग्ने छु । अनर्थ पापी दैवले हाम्रो मायामा विश्वासघात र ममतामा अुखा लगाएको रहेनछ भने यस जुनिको हाम्रो सँगमलाई हाम्रो माया अनि ममतालाई सँयोग मात्र ठानिदेउँ हुदैन । त्यसैले माया नानीहरुको अनि आफनो ज्यानको राम्रो ख्याल गर्नु बढि चिन्तामा डुबेर प्रबाशीको यादमा आफनो जीवनलाई निरास नबनाउनु तिमी जननी हौ विश्व ब्रह्रमाण्ड सारा तिमीमा नै अडेको छ । तिमीले कसैको दुख र पिडामाआत्तिनु हुन्न । तिमीले आफनो नानीहरुको उज्वल भविष्यको बारेमा सोचिदिनु पर्छ । तिमीले हरेक कदम पाईला चाल्नु पर्छ । तिमीले तिमी जस्ता ति निमुखा आमाहरुलाई साहासि र उजागरको पाईलामा उभिन सिकाउनु पर्छ । तिम्रा पति जस्तै बिदेशिएका हजारौ यूवाहरुलाई रोक्नु पर्छ । तिमीले पनि देशमा रक्तपात गरेर ठुलो बलिदान गरि पाउन सफल जनताको हक अधिकारको बारेमा आवाज उठान देशमा चेतनाको बिगुल फुकेर अधिकारको सुरक्षाको भागिदार बन्नु पर्छ । अनि मात्र विदेशिएका हजारौ नेपाली यूवाहरुको आत्माले शान्ति पाउने छ । तिमीलाई वषौ वर्षसम्म अथाह मायाँ दिने हरपल सम्झनाहरुमा तट्पिएर बाँची रहने उहि प्रवाशी पति ॥ ॥ ॥

(पत्र लेखन सहयोगी बिजय कुमार श्रेष्ठ, हाल इराक)



November 24, 2008

माओवादी उपयोगिताबाद र कांग्रेसको दौडाह

शेखर ढुङ्गेल

उपयोगिता अनि भड्काउ रणनीति अपनाई आफु इतर उभिएका सम्पूर्ण राजनैतिक धारलाई फकाउँदै, उचाल्दै र पछार्दै सत्ता प्राप्त गर्न सफल भएको माओवादीलाई थाहा छ सरकार चलाउनु र आफ्नो बर्चस्व कायम राख्नु फलामको चिउरा चपाउनु भन्दा गाह्रो छ । त्यसो भनेर माओवादी नेतृत्व अव आफ्नो जनयुध्दताकाका प्रतिबध्दता जनसेना एबं कार्यकर्तालाई छोडेर एमालेको बाटोमा अवतरण गर्ने घातक काम गर्न पनि सक्दैन । त्यसैले सत्ताको नेतृत्व गरेको माओवादीले फुटाउ र राज गरु भन्ने पुरानै सिध्दान्तको उपयोगबाट अगाडि बढ्ने संकेत गर्दैछ ।

माओवादीले एमालेबाट आफु पक्षीय इतरलाई अनि हिजोसम्म कट्टर दुश्मन मानेको राजावादी पक्षधर हस्तीहरुलाई हरियो घाँस देखाउँदैछ । माओवादीले यसो गर्नुको पछाडि उनीहरुको अनुभव उपयोग गर्ने भन्दा पनि कांग्रेस-एमाले वा कांग्रेस र अन्य संसदवादी दलहरुलाई सामिप्य हुन नदिनु हो । माओवादीभित्र अविश्वास भ्रम अनि विवादको अझै डर भनेको कतै कांग्रेस-तीनैथरि राजाबादी दलहरु र स-साना दललाई एकत्रित गरी शक्तिशाली नबनोस् । त्यसो भएमा माओवादीले आजसम्म प्रयोग गरेको रणनीति असफल बन्नेछ । अन्तर्राष्ट्रिय जगतले समेत प्रजातान्त्रिक मोर्चाको साथ दिनेछ ।

माओवादीले सरकारको नेतृत्व सम्हालेपछि बिभिन्न गोप्य एवं सार्वजनिक कृयाकलापले भारत र अमेरिका झस्किसकेका छन् । माओवादीले दर्जनौं शान्ति सम्झौतामा गरेका प्रतिबध्दता पुरा गरेको छैन । माओवादीले जबर्जस्ती कब्जा गरेका सम्पत्तिको बदला सरकारले क्षतिपूर्ति दिने भनेर उल्टो देश लुट्ने उद्घोष गर्दैछ । चीनसित माओवादीको बढ्दो सामिप्य, पासाङ्लाई प्रधानसेनापति बनाउने र चीनमा उसलाई बिशेष तालिमको चर्चा, मन्त्रीहरुको गोप्य चीन भ्रमण र भेटघाटले भारत अमेरिका झस्केका हुन्- कतै चीनले बर्मालाई बाजले छोपेझैं छोपेर अमेरिका र भारतको छायाँसमेत पर्न नदिए झैं नेपाललाई चीनले त्यस्तै बनाउने त होइन भन्ने चिन्ता अमेरिकालाई बढेको देखिन्छ ।

यस्तो अवस्थामा माओवादीको लागि कांग्रेस इतरका स-साना दललगायत पूर्व दरबारिया र शैनिक अनि कर्मचारीको सहयोग प्राप्त गर्नु आवश्यक छ । जोसित कांग्रेसले ऐतिहासिक भूल गरी दुश्मनी बढाएको छ । पूर्व राजावादीहरु राजसंस्था खत्तम हुनुमा माओवादीभन्दा पूर्व प्रधानमन्त्री कोइराला नै बढी दोषी देख्दछन् । बयोबृध्द नेता कोइरालाले राष्ट्रपति बन्ने लालचमा अन्तमा पूर्व राजा ज्ञानेन्द्रलाई धोका दिएको भन्ने एबं विश्वास गर्नेको संख्या ठूलै छ । अर्का बृध्द नेता श्रीभद्र शर्मा भन्नुहुन्छः प्रजातन्त्र र राष्ट्रियताका लागि वीपीले राजासित सम्झौता गर्नु उचित देख्दथे भने गिरिजाले माओवादीसित सम्बन्ध बढाएको परिणाम देखिएको छ ।

त्यसै माओवादीले १० वर्षे ४० वर्षे योजना अघि सारेका छैनन् । त्यसभित्र ठूलै ग्य्राण्ड डिजाइनको अनुमान गरिएको छ । माओवादीले परम्परागत संसदवादी व्यवस्था वा माओको कम्युनिष्ट व्यवस्था दुबै असान्दर्भिक बताउनुको बीचको व्यवस्था कतै बर्माको स्वरुप त होइन जेहोस् माओवादी तत्कालै र सजिलै अव सत्ताबाट अवतरण गर्नेवाला छैन । चीनमार्फत अमेरिका र भारतको विरुध्द ढालको तर्जुमा गरिसकेको हो भने अधिनायकवादी शासनको गन्ध आएको मान्नुपर्छ । बचन प्रतिबध्दता दिने तर कार्यान्वयन नगर्ने माओवादी रणनीतिको अगाडि रुकावट बन्न कोही सकेका छैनन् । माओवादी आफु सृदृढ हुन अन्य दलका सदस्यलाई फकाउने अभ्यास गर्दैछ । कारवाहीको त्रासदीबाट बच्न राजावादी पूर्व प्रशासक माओवादीप्रति नजिक हुन लालायित देखिन्छन् । ‘मरता क्या नही करता’ भन्ने हिन्दी कथनजस्तै एकातिर उनीहरु माओवादीप्रति आकर्षित हुनु अर्कोतिर कांग्रेस वा अन्य दलसित राजावादी पूर्व प्रशासकहरु नजिक नहोउन् र आफ्नो हात बलियो पार्ने माओवादीको उपयोगिताबाद नीति स्पष्ट देखिन्छ ।

बदलिएको परिस्थितिमा नेपालको एकमात्र पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस भने अस्तित्व बचाई राख्ने जोखिमपूर्ण पीडा बोकेर छटपटाइरहेको छ । यो दल असफल हुनुमा नेतृत्वको तानाशाही प्रवृत्ति नै एकमात्र कारण देखिन्छ । तानाशाही नेतृत्वकै कारण पुरानो कर्मठ त्यागी विव्दान कैयौं नेता-कार्यकर्ता पाखा लगाइए स्वयं पाखा लागे वा निस्कृय भएर बसेका छन् । कोही फुटेर कोही छुट्टिएर गए पनि यो ऐतिहासिक दललाई फरक नपर्ने भनी अति अहम्कारी बक्तव्य समेत नेतृत्व बर्गबाट आयो । कत्ति फरक पर्‍यो  कि परेन त संविधानसभा निर्वाचनको परिणामले देखाइदियो । तमलोपा फोरममा गएका कांग्रेस सदस्य र तिनको संख्या जोड्दा कांग्रेस आज पनि अग्रपंक्तिमा छ । ती नेता कार्यकर्तालाई समेट्नुको साटो घचेट्ने अदूरदर्शी कांग्रेस नेतृत्वको कारण यो दलको यस्तो दर्दशा भएको छ । स्वदेशमा मात्र नभै विदेशमा पनि कांग्रेस समर्थकहरु शर्मनाक बिबादमा अल्झिएर एकले अर्कालाई नङ्ग्याउँदैछन् । केन्द्र मूकदर्शक बनी तमासा हेरिराखेको छ । या त एकत्रित गर्न सक्नुपर्छ या बिघटन गरी अर्को समिति बनाउनु पर्छ त्यो गर्न कांग्रेसको नेतृत्व पक्ष असफल देखिन्छ ।

अरु त अरु संविधानअनुसार संसदीय दलको नेता आजसम्म चयन गर्न सकेको छैन । बिना औपचारिक प्रकृया र निर्णय नै गिरिजाबाबु स्वयं संसदीय दलको नेता मै हुँ भन्दैछन् । कार्यकर्ताको लागि यो जस्तो लज्जास्पद तानाशाही प्रवृत्ति के होला यस्तो अहम् र तानाशाही कांग्रेसको नेतृत्वले देशको लागि आवश्यक प्रजातान्त्रिक मोर्चा बनाउने पहल एवं नेतृत्व गर्ने मनोबल कसरी प्राप्त गर्नसक्छ कसरी विश्वासमा लिन सक्छ आफु इतरका राजनैतिक दलहरुको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले माओवादीसित बाह्र बुँदे सम्झँैता हुनुभन्दा अगाडिदेखिनै प्रजातान्त्रिक मोर्चाको आवश्यकता बताउँदै आएका थिए । तर कांग्रेसको अहमताले कार्यान्वयन हुन पाएन र आज देश बामपन्थीकरणको घेरामा फस्नपुग्यो ।

गिरिजाबाबुलाई प्रजातन्त्र मासिन लागेकोमा चिन्ता त छ कसरी जोगाउने जवाफ वहाँसित छैन । वहाँकै हातबाट कांग्रेसको नेतृत्वमा बनाइएको संविधानको अवशान भयो । कांग्रेससितै सम्झौता गर्दै प्रजातान्त्रिक पध्दति अगाडि बढाउन सहयोग गरेको राजसंस्थालाई बिस्थापित गराउनु भयो । परम्परागत रुपमा कांग्रेसको ढाल बनी सहयोग गरेका शक्तिहरुलाई लत्याउनु भयो । अझै पनि कांग्रेसको नेतृत्वमा चेत खुलेको छ भने प्रजातान्त्रिक संविधान बनाउन एक सशक्त शक्ति निर्माण गर्नुपर्छ र माओवादी इतरका सम्पूर्णशक्तिलाई एकत्रित गरी अगाडी बढ्नुको बिकल्प छैन । नेतृत्व जोसुकैको होस् सबै संसदवादी दल एवं शक्ति एक भई यो संवेदनशील अवस्थामा देशलाई पार लगाउने व्दन्व्द र त्रासमुक्त देश र समाज निर्माण गर्नु आवश्यक छ । सत्ताबिमुख हुनुपर्दाको तीतो फ्याँक्नमात्र क्रान्ति होइन क्रान्तिको उद्देश्य लक्ष्य र गन्तव्य समेतको स्पष्ट सिमाङ्कन पनि जनतामा राख्नुपर्छ । माओवादीलाई सत्ताबाट झार्नमात्र क्रान्ति गर्ने हो भने त्यो स्वयम् कांग्रेस र देशको लागि झनै प्रत्युत्पादक बन्नेछ ।.



श्रद्दान्जली स्रष्टा थापालाइ

हस्त गौतम मृदुल

एउटा तारा मुरयॊ शोकाकुल पारी।
पाइदैन दर्शन कठै गयो मायाँ मारी।

स्तब्ध पारीकन भौतिक चोला छोडयौ।
कैले भेट नहने गरी पाइलाहरु मोड्यौं।

अनयासै दुखद खबर धर्तीभरी छायो।
श्रद्दान्जली अर्पणने कस्तो बेला आयो।

एउटा फूल झर्‍यो बोटै सून्य पारी।
पाइदैन दर्शन कठै गयो माया मारी।

दिवंगत आत्मामा मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा स्मृतिको कान्ती॥

हजारौका ति ह्रदयमा जिवन्त भै रहे।
श्र्दद्धिय स्रजक तिमी अजर अमर भए।

एउटा दियो निभ्यो अन्धकार छरी।
पाइदैन दर्शन कठै गयो माया मारी।



हाम्रा सामु रहेनन् ज्वजल्यमान तारा

बिजय कुमार श्रेष्ठ
धादिङ्ग, हाल जोईन्ट वेश
बलाद ईराक

अब रहेनन् हाम्रा सामु पि्रय गायक राम थापा ।उहाँ २०१५ साल मंसिर महिनामा काठमाडौको कमल पोखरीमा बुबा हस्त बहादुर र आमा हिरा कुमारी थापाको कोखबाट जन्म लिनु भएको थियो । उहाँ हस्त बहादुरका साहिला छोरा हुनु हुन्थ्यो ।हुने बिरुवाको चिल्लो पात भने झै उहाँ सानै उमेरमा तृष्ण दिमाखका हुनु हुन्थ्यो ।सानै उमेरमा कसैले गुन गुनाएको देख्दा उहाँ त्यो गुन गुनाएको घुनमा तल्लीन भएर सुन्नु हुन्थ्यो । परिवारको ठुलो सँख्या भएकोले आफनो पढाई पश्चात उहाँ प्रहरी सेवामा पनि सेवा गर्नु भयो । उहाँ अति मिलनसार र नरम स्वाभावका हुनु हुन्थ्यो । उहाँ सँगित भन्ने बितिक्कै मरि हत्ते गर्नु हुन्थ्यो ।उहाँले सँगितको स बाट सुरु गर्नु भएर सँगित क्षत्रको ज्ञ सम्म पुरा गर्नु भयो । आफुले जानेको बिधालाई आफूसँग मात्र सिमित राख्न हुन्न भन्ने उहाँ उदार बिचार थियो ।

नेपालको मुटु मानिने काठमाडौ जस्तो ठाउँमा जन्म लिएर पनि उहाँले खोलानाला बनपाखा र कुनाकन्दरालाई रसाई दिनु भयो।उहाँले लेकबेसी मेलापात जादाँ गाउने गित देखि लिएर आधुनिक र नेपाली फिल्मी क्षेत्रको समेत गित गाई सक्नु भएको थियो । उहाले दर्शकको मन सारै राम्रासँग जित्नु भएको थियो । कुनै पनि कार्यक्रमहरुमा राम थापाको उपस्थितिमा हुन गई रहेको रमाईलोको स्वाँद अझ बढि हुन्थ्यो उहाँ हसिलो मुहार र हृदय छुने गितको भाकाले गर्दा समय बितेको पत्तै पाउदैन थियो । उकाली आराली र पाँखा पखेरामा उहाँको लयले साथ दिन्थ्यो हामीहरुलाई । अति सरल र नेपाली पन झल्केको हुन्थ्यो उहाँको लयमा को सानो को ठुलो को पढेका को नपढेका सबैले सजिलैसँग बुझने सरल तरिकाबाट स्पस्र छुने खालका हुन्थ्यो उहाँका भाँकाहरु । उहाँ आफनो राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रिय स्थरमा पनि चिर परिचित हुनु हुन्छ । बिबिसिले सन् २००२मा विश्वभर सर्वेक्षण गरि छानेका १० उत्कृष्ट मध्यमा उहाँले गाउनु भएका ऋतुहरुमा तिमी बोलको गितले सातौ स्थान हासिल गर्न सफल भएको थियो ।त्यसैले उहाँलाई बहुप्रतिभाको प्रतिकको रुपमा पनि हामीले पाउन सकिन्छ ।अति मिलनसार उहाँको नजरमा को सानो को ठुलो भन्ने भिन्नता हामीले कहिले पाउन सकेन ।आफुले हासिल गरेको विधाहरु सबैलाई समान तवरले बाड्न चाहान्थे ।उहाँ गायककार मात्र नभएर संगितकार पनि हुनु हुन्थ्यो । २०३५ सालमा कल्पनाको नौलो संसार भन्ने गितको बोलमा उहाँले संगित भरेर आधुनिक सँगीतको सुरुवात गर्नु भएको थियो ।पाँच सय जति गितमा उहाँले सँगीत भर्नु भएको थियो ।उहाँले दोस्रो नेपाली तारा २ मा निर्णायकको भुमिका निर्भाह गर्नु भएको थियो ।उहाँलाई हामी बहुप्रतिभाका धनी भनेर चिन्खछौ ।उहाँको जीवनमा नैरास्यता भन्ने कुराले बास गर्न पाएन आफुलाई भन्दा अरु साथि भाईको खुशिमा उहाँ प्रशन्न हुनु हुन्थ्यो ।

उहाँमा एउटै कुराको कमि थियो ।त्यो हो आफुले चाहेर न त किन्न नै सकिन्थ्यो न त बनाउन नै त्यो थियो भगवानले प्रसादको रुपमा हामी मानव जातीको वंश फहिलाउनको निमित्त दिएको उपहार पुत्र उहाँमा अतृप्तृय थियो ।नभएको त होईन तर के गर्ने बिधिको बिधानलाई कस्ले रोक्न सक्छर एउटा भएको छोरा पनि दुष्ट कालले चुडेर लग्यो ।साढे दुई करोड नेपालीको मन जितेर उहाँले आफू गायक राम थापा हो भन्ने कुराको परिचीत हामीलाई गराउनु भएको थियो ।उहाँका स्वाँर यो मरुभुमीमा पनि गुन्जयमान छ के यूद्ध भुमि के शान्ति भुमि हामी जहाँ गए पनि उहाको मधुरमय स्वार हाम्रो कानमा गुन्जि रहने छ ।ति पहरा कंदराहरुमा गुन्जि रहेको छ आज पनि राम थापा भनेर नचिन्ने विरलै होलान् उहाँलाई नचिन्नेले पनि उहाँको मधुर स्वाँर गुन्जना साथ यो त राम थापाको परिचय हो भनेर अड्कल काट्दछ ।आफनो जीवन संगीनी एक्लो पारेर र हामीलाई मर्माहत बनाएर छाडि जानु भएको छ ।

उहाँका कृतिहरु यस्ता थियो । ‘लेकाली हो चोयाको डोको’, ‘कटहर कटहरमा’ , ‘हाई हाई वनकाली माई’ , ‘पहाड झुक्नु पर्छ आँधि रोक्नु पर्छ’ , ‘ऋतुहरुमा तिमी’ जस्ता गितहरुले नेपालीहरुको मन मुटु चुमेका थियो ।उहाँले संगित भरेका केहि गितहरु यस्ता थियो ‘टाढैबाट देख्दा’, ‘तिम्रै गालाको’, ‘तिमी त्यसै लजायौ’, ‘थामेर किन छाड्यो हातहरु’, ‘छिटको साडी’ , ‘कहिले यो मन खहरे’ लगायतका दर्जनौ गीतको लोकपप्रीयताको मानक नै बनाएका छन् ।आज हाम्रा सामु रहनु भएन ।उहाँ अमर हुनु भयो ।उहाँ रहनु नभए पनि उहाँका कृतिले हामीलाई नजिक बनाई रहने छ । आज हामी यो यूद्ध भुमिमा रहेर पनि हामीलाई कोशेली स्वारुप आफनो मधुरमय स्वर छाडेर जानु भएको छ ।हामी परदेशमा भएर के भयो र उहाँको पर्थिवशरिर नरहे पनि उहाँ हाम्रो मनको तरङ्गमा जिवित हुनु भएको छ र अमर हुनु भएको छ ।कलाकारलाई देशको गहना हो भनेर सँज्ञा दिने ती हाम्रा देश बाहाकहरु देशको संगितस्त्रष्टाको निधन हुदाँ श्रद्धान्जली सभामा भाग लिन समेत उहाँहरुलाई फुर्सद मिलेन आफनो नातागोता पार्टिका कार्यकत्ता भएको भए लाखौ खर्च गरेर देशको ढुकुकीमा पौडि खेलेर प्लेन चार्टर गरेर भए पनि उपस्थित हुने थियो । यो नाताबाद-कृपावादको घृणित राजनितिक संजालले कहिले सुधारबादको निति लिने हो ।खाली भाषणको शासनले यो स्वास्च्छ हराभरा सुन्दर शान्त नेपाललाई भाषणी खोल ओडाई दिएर अन्धकारमय बनाई दिएको छ ।


नेपाली मन परदेशि बसाई भए पनि हाम्रा संगित क्षेत्रका जाज्वल्यमान तारा सगितस्त्रष्टा राम थापालाई मेरो र मेरा मित्रहरुबाट हार्दिक श्रद्धान्जली व्याक्त गर्दछौ ।
श्रद्धाजली व्याक्त गर्ने प्रवासी मनहरु:


बिजय कुमार श्रेष्ठ, धादिंग
राम प्रसाद पन्थ, धादिङ्ग
बिष्णु रेग्मी, काठमाडौ
प्रेम पाठक, बुटवल
हरि खनाल, अर्घाखाँची
किसोर श्रेष्ठ, ललितपुर
मान बहादुर श्रेष्ठ, पोखरा
मान काजी तामाङ्ग, सोलुखुम्बू