October 25, 2008

छापामारलाई राष्ट्रीय सेनामा नगाभ्दा राष्ट्रको हित हुन्छ

डेढ दशकदेखि रक्तरंजित हिंसाको पर्याय बनेको नेपाली राजनीतिले शान्तिको बाटोमा पदचाप बढाइसकेको छ । शान्तिको बाटोबाट विधिवत रूपमा भयानक र अपत्यारलाग्दो युगान्तकारी परिवर्तन देशले देखिसकेको छ । अढाइ सय वर्ष लामो नेपाली शाह राजाहरूको शासनले देशको राजनैतिक पटांगिनीबाट विधिवत समाप्तिको दिन देख्नु पर्‍यो भने नेपाली राजीतिको सत्ता केन्द्रमा, हिंसात्मक क्रान्तिलाई बाटो बनाएर कतिपयले आतंककारीको रूपमा समेत चिनेको माओवादी पार्टी विराजमान हुन आइपुग्यो । राजनिति यस्तै हो सँधै कुनै एउटै शक्तिको मात्र सिक्का जमिरहन सक्दैन; ढिलो चाँडो नया शक्तिको अविर्भाव र पुरानाहरूको बिदाइ अनि फेरि पुनरागमन वा सदाका लागि अन्त्य अवस्यम्भावी कुरा हुन ।

तर यहाँ उठाउन खोजिएको कुराले भने अहिले नेपाली राजीतिको बजारमा चर्चाको केन्द्रमा रहेको कुरासंग सरोकार राख्छ । त्यो हो माओवादी छापामारहरूको नेपाली सेनामा समायोजन गर्ने वा नगर्ने अथवा गर्ने हो भने कसरी गर्ने । खास गरी माओवादी इतरका राजनैतिक पार्टीहरूले यो विषयलाई निकै संवेदनशिल ढंगले लिएको पाइन्छ र यस्तो काम गर्नै हुन्न भन्ने मत राख्छन् भने माओवादीको सत्ता बाहिर रहेको समूहले विशेष ढंगले शत प्रतिसत माओवादी छापामारहरू सेनाका सबै पद र श्रेणीमा माओवादी कै ढाँचा र वर्गीकरण अनुसार समायोज हुनुपर्ने जिरह राख्ने गरेका छन् , यहाँ पनि माओवादीको सत्तामा रहेको समूहले भने अलिक नरम धारणा अँगालेको पाइन्छ । यो पार्टीको रणनीति पनि हुनसक्छ । कतिपय कट्टरपन्थी विचार राख्ने माओवादी नेताहरूको भनाइमा माओवादी छापामारहरू अहिलेको गणतन्त्रवादी परिवर्तनका वाहक हुन् , यिनीहरू जनसेना हुन र यिनीहरूले पपर्म्परागत नेपाली सेनालाई युद्दमा परास्त पारेर विजयी भएका हुन् त्यसैले यी छापामारहरू नेपाली सेना भन्दा बढी कार्यकुशल छन् । माओवादी छापामारका पक्षमा तरफदारी गर्ने यो समूहको अर्को दावा के छ भने माओवादी छापामारहरू आँफैमा विशिष्ट छन् र उनीहरू माथि नेपाली सेनामा प्रवेश गर्न चाहिने आधारभूत न्यूनतम् शारीरिक र अन्य योग्यताका मापदण्डहरू लागू गर्नु पनि हुन्न ।

सेना समायोजनसंग गाँसिएको यो प्रश्न माओवादीसंग दलहरूले गरेको १२ बूँदे दिल्ली सम्झौता र अमूर्त रहेको वृहद शान्ति सम्झौताको महत्वपूर्ण पक्ष हो । हिंस्रक युद्द लडेर आएको पार्टीको शक्तिको मेरूदण्ड रहेको ठानिएको छापामार समूह जुन संस्तागत रूपमा व्यारेकमा सरकारी कोषबाट पालिएर अनुत्पादक बसेको छ , त्यसको जति सक्दो उचित र द्रूत विसर्जनबाट मात्र शान्ति प्रकृयाले निष्कर्ष हासिल गर्छ । अत: यो मामिला संगीन छ ।

माओवादीका विचारमा उसको जनसेना वा छापामार वर्तमान परिवर्तनको एकल कारक हो । यो जिरह गलत छ किनभने परिवर्तनको पृष्ठभूमिका कारकको कुरा गर्दा माओवादी युद्द , विरेन्द्रको वंश विनास, ज्ञानेन्द्रको उरेण्ठेउलो महत्वाकांक्षा, मित्रराष्ट्र भारतको राजतन्त्र बिरुद्दको वितृष्णा र योजना, दल र माओवादीको सहकार्य अनि सर्वत्रबाट प्रताडित जनताको शान्ति र परिवर्तन प्रतिको उत्कट चाहना जुन निश्चित दल विशेषको दायरा भन्दा निकै माथि थियो जस्ता धेरै कुराहरू अहिलेको परिवर्तको गर्भमा रहेका कुराहरू हुन् भन्नेमा आशंका रहनु हुन्न । कुनै एउटा पक्ष वा कारकले मेरो कारण परिवर्तन भएको श्रेय नै लिन खोज्ने हो भने गणतन्त्रवादी परिवर्तनको जिम्मा स्वयं तत्कालीन राजा ज्ञानेन्द्रलाई दिँदा अनुपयुक्त हुन्न । तर पनि, यति भनेर माओवादीको आन्दोलनको अन्तस्तहमा रहेका कैयौँ विडम्बनाहरूका वावजूद , उसको योगदान एउटा कारक थियो भनेर भन्नै पर्छ । जुन सत्य पनि हो ।

हिजोको परिस्थितिमा पुनरुत्थानवादी र राजावादीहरूको फेरि फर्केर खतरनाक बन्न सक्ने महत्वाकांक्षा र नेपाली सेनामा समेत परम्परागत शक्ति दरवारप्रति वफादारी देखाउनेहरूबाट हुन सक्ने खतरालाई चेक दिन माओवादी छापामार केही हदसम्म काम लाग्न सक्थे भन्ने एउटा आँकलन रहिआएको परिस्थिति पनि अहिले विद्यमान छैन । माओवादी छापामारहरू केही माओवादीले भन्ने गरे जस्तो सर्वविजयी शक्ति पनि होइन र यदि त्यस्तो हुन्थ्यो भने पुरानो नेपाली सेनालाई खारेज गरेर उनीहरू नै देशको सेना भइसक्थे र आँफुले भने जस्तो जनवाद देशमा थोपरिसकिएको हुन्थ्यो । अझै संगीन कुरा के हो भने माओवादी छापामार माओवादी प्रशिक्षित हतियारधारी कार्यकर्ता नै हुन र यी सच्चा अर्थमा 'जनसेना' पनि हैनन् । हिजोको हिंस्रक युद्दकालमा , कांग्रेस वा एमालेका वा अन्य पार्टीका गाउँ र स्थानीय कार्यकर्ता र मतदातालई छानी छानी मार्ने वा कार्वाहिका नाममा दर्दनाक रूपले घाइते बनाउने कतिपय मिलिसियाहरूबाट नै माओवादीको सेना बनेको छ । यस्तोमा माओवादी छापामारमा सर्वग्राह्य र सर्वपक्षी जनसेना बन्न सक्ने कुनै चरित्र छ भनेर दावा गर्न कुनै माओवादी नै अघि सर्न सक्दैन । माओवादी छापामारहरू माओवादी दलका कट्टर कायर्कर्ता हुन जसलाई राजनैतिक र हात हतियारको प्रशिक्षणबाट सुसज्जित पारिएको छ । माओवादी पार्टी स्वयं सत्ताको हर्ताकर्ता बनेको अहिलको सन्दर्भमा , नेपाली सेनालाई पार्टीगत राजनीतिको क्रिडाभूमि बन्न नदिन सचेत रहनु सबैभन्दा बढी उसैको जिम्मेवारी हो । यदि आज उसले अहिलेको परिवर्तनमा आफ्नो अग्राधिकार रहेको कुराबाट फाइदा लिन खोज्छ र गैरराजनैतिक सेनालाई आँफु अनुकूल पार्न आफ्ना मिलिसियाको जबर्जस्त राष्ट्रिय सेनामा समायोजन खोज्छ भने , भोलि तराई र अन्य जातीगत सेनाहरूले शान्ति सम्झौताको टेबलमा आउन यही नजिरको कार्यान्वयन खोज्नु अन्यथा ठहर्दैन । यसले माओवादीको राजनैतिक एजेण्डा देशको राजनीतिलाई , हिंसा र डरको भरमा आफ्नो बाटोमा हिँडाउनु हो भन्नेको तर्कलाई मात्र बल दिन्छ । आफ्नो पार्टीगत राजनीतिको विचार र हिंसात्मक आग्रह लाद्नमा प्रशिक्षित कार्यकर्तालाई मुलुकको स्थायी सरकार मानिने सेनामा बलजफ्ति हुल्दा , अहिले आफ्नो राम्रो भएको ठानिए पनि कालान्तरमा यो विजय घुएँत्रो बन्न जाने सम्भावना उत्तिकै हुन्छ । सेनामा पार्टीगत कोटा छुट्याउने चलनमा पुगेर यो समायोजन प्रकृया टुंगिने स्थिति आउनबाट हामी जोगिनु पर्छ ।

देश राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक पक्षमा भयानक परिवर्तनको चौबाटोमा खडा छ । अहिले उठाइने विवेकपूर्ण पाइलाहरूले भोलिको दिशा तय गर्न मद्दत पुर्‍याउने छन् । अत: , स्वयं माओवादीले नै देशको भविष्यका लागि डरलाग्दो रूपमा प्रत्यूत्पादक बन्ने संभावनाको यो विषयलाई आफ्नो दावाका भरमा हाइज्याक हुनबाट बचाउने जिम्मेवारी आँफ्नो काँधमा लिन सक्नुपर्छ । जसले जे दावा गरे पनि देश सबैको हो , देशको सेना सबैको हो । मुलुकको रक्षा, शान्ति र समुन्नतिको चाहनालाई सुदृढ गर्ने अनि सेना र प्रशासनिक सेवाका अवसरमा सबै समूदायको सहभागिता अनि सेनाको व्यवसायिक अनुशासनलाई उच्च बनाउन जति जरूरी छ त्यति नै राष्ट्रिय सेनालाई राजनीतिको रंगमा रंगिनबाट जोगाउनु आवश्यक छ । मुलुकको हरेक तह, तप्का, पक्ष र व्यवसाय राजनीतिको आग्रह, पुर्वाग्रह र दूराग्रहमा रंगमगिएको यो वर्तमानमा एउटा मात्र गैरराजनैतिक अस्तित्वलाई यो सरूवा रोगबाट बचाउँदा कुने राजनैतिक दल विशेषले जित्ने वा हार्ने भन्दा पनि मुलुकको भने जीत हुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । अत: छापामार कार्यकर्तालाई राजनैतिक कार्यकर्तामा परिवर्तित पार्ने, रोजगारका अवसरमा पुनर्स्थापन गर्ने अनि वैदेशिक रोजगारका अवसरमा पठाउने वा स्वेच्छिक तरिकाले वैयक्तिक रूपमा सेना वा पुलिसका सर्वमान्य मापदण्डलाई स्वीकारेर प्रविष्टि दिने गरेमा नै राम्रो हुनेछ ।

- एकलव्य ( कार्तिक १० ,२०६५ / 26 October, 2008 )



October 23, 2008

किन दौडी रहेछौ ब्यर्थैमा

purushottam subedi
तिम्रो पेट भरिए पछी पनि शायद अरु सामल जम्मा गर्नु छ होला ।
राम्रै गुजारा हुँदा हुँदै पनि अग्लो तला चाहियको छ शायद तिमीलाई ।
चिन्ता तिमीलाई तिम्रै घरको मात्रै छ अरु जाउन सब भांडमा ।
बिपरित बिचार त बैरी नै ठान्छौ के तिम्रै बिचार सब ठीक हो त ?
तिम्रो गाडीका टायर बदल्न बिती सक्यो -नया घरको जग बसाउन बालुआ गिटी खसाउन बिती सक्यो । नेतालाई भन्सुन गरी छोरो अमेरिका युरोप पठाउन बिती सक्यो ।
पार्टिमा ध्यान नदिय पोस्ट धरापमा पर्ने डर पनि उत्तिकै छ तिमीलाई ।
आखिर मानवताको रुप पनि बिर्सेंउ तिमी धनको लालचमा ? तिमी धनी हुँदा
देश कता तिर जादै छ के थाहा छ तिमी लाई ? बिना शुत्रको राज्य हाँक्न
खोज्ने तिमी अब बल्ल चाल् पायौ आफ्नै घर भात्केको ? धेरै धन कमायर
मोज गर्छु भन्ने शोच हो तिम्रो आखिर तिम्रै छोरी बुहारी अपहरित हुन पुगे
कुनै जवाफ छ तिम्रो ? जुन बेला पनि ईर्स्यामा दिन गयको छ तिम्रो ।
अनुशासन को पाठ पढाउन छोडेका छेनौ अरुहरु लाई । आखिर तिमी
शान्ती को अनुभुती गरेकै छौ तैपनी । गिन्तिमा ९९ आँफै हुन खोज्छौ
अन्त्यमा आँफैलाई गिन्ती गर्न भुलेउ १०० पुग्न १ कम भयो ।मिठो त खुब चाहिने तिम्रो जिब्रो लाई तर सादा पानी उमाल्ने ढंग छैन तिम्रै । आखिर कसरी चलाऊछौ त तिम्रो यो घर ? घरमा धैंसो उत्पादन गर्ने आईडिया छैन काजल को उद्योग खोल्ने तिमी कती दक्क्ष छौ आफ्नो देशमा ? बरु दुनियाँ लाई केही दिन सिक । आखिर तिमी एक्लई आयका हौ र जादा पनि एक्लई हो । किन दौडी रहेछौ ब्यर्थैमा ?


October 21, 2008

भेटियो यतिको पईला !

Yeti ko Paila यति र यु. एफ. ओ. दुईवटा यस्ता रहश्यहरु हुन जुन बेला- बेलामा मिडियामा आईरहन्छन, अनि यीनिहरुको अस्तित्वको वारेमा पनि सकारात्म र नकारात्मक दुवै खाले विचारहरु रहेका छन। एकथरि मानिसहरु यिनको अस्तित्वलाई ठाडै नकार्छन भने अर्काथरी बेला बेलामा यस्को अस्तित्वको प्रमाण फेला परेको बताउँछन ।

यहि हप्ता संयोगबस यि दुबैको अस्तितवको वारेमा एकै चोटि ईण्टरनेट, कागजी छापा र बिद्युत्तीय समाचार माध्यमहरु भरिएका छन ।

यु. एफ. ओ. को बारमा आएको खबर यसपाला पनि 'ईतिहासको कथा' भएकोले यहा त्यसको चर्चा गरिने छैन । तर यति, जुन केवल नेपालको उच्च हिमाली भेगमा अझै रहेको विश्‍वास गरिन्छ, को वारेमा फेरि यौटा भर्खरै भएको अध्ययनले यतिको अस्तित्वको प्रमाण दिन कोशिस गरेको छ।

धौलागिरि-४ मा करिव ४२ दिनको अध्ययन, अनुशन्धान पछि भर्खरै यौटा जापानि टोलिले यतिको पद चिन्ह फेला पारेको कुरा बताएका छन।

त्यसो त हिमाली भेगका शेर्पा समुदायका विबिन्न व्यक्तिहरु र पर्वतारोहिहरुले बेला बेलामा टाढा बाट यतिलाई देखेको, जम्काभेट भएको र यदा कदा यतिसंग सम्पर्क गरीएको र उपचार गरेको किबंदन्तिहरु पनि सुन्नमा आएका छन र उनिहरु यतिको अस्तित्वलाई सहज स्विकार्छन । तर यसपाला भने बोलीचालिको भाषामा 'हिम मानव' पनि भनिने यतिको करिव २० ईन्च लामो पद चीन्हको फोटो पनि सो टोलीले सार्बजनिक गरेको छ।

स्मरण रहोस सिलौटेबाट करिव २०० मिटर परको स्थान, जहा सन २००३ मा सो टोली का टोली नेता Yoshiteru Takahashi ले टाढाबाट यौटा करिव १५० से . मि . को हिममानवको आकृति दुई खुट्टाले हिडंदै गरेको देखेका थिए, सोहि स्थानमा यस पटक नौ वटा अति संवेदनशील क्यामरा राखि खोज शुरु गरीएको थियो ।

हुन त टोलीको मुख्य लक्ष हिम मानवलाई फ्लिममा उतार्नु थियो, तर यस पटकको लागि त्यो भने सम्भव भएन । तर उनिहरु यस पटक प्राप्त यतिको पद चिन्हबाट निकै उत्साहित भएका छन । सो टोली का टोली नेता Yoshiteru Takahashi ले आफुहरुले कैयौं पटक हिमाली यात्रा गरिसकेकोले भालु, हरिण वा अन्य कुनै जनावरको पद चिन्हसंग झुक्किने कुनै संभावना नभएकोले बताउँदै, यो यति कै भएको कुरामा पुर्ण विश्‍वस्त रहेको जनाए।

टोली नेताले यतिको पद चिन्हले यो हिम मानव कुनै काल्पनिक कथा नभएकोले आफुहरु जत्ति सक्यो छिटो सो अनुशन्धानलाई निरन्तरता दिन आउने र यतिलाई क्यामेरामा नउतारेसम्म यो खोज जारि रहने पनि बताए ।

(स्रोत: विभिन्न पत्र-पत्रिका र वेवसाइटहरु)



October 20, 2008

कविताभित्र संसार अटेको हुन्छ

आचार्य प्रभा
(अमेरिका )
यौटा स्वछ पाना र कलमको
समागममा जन्मेको म कविता
म भित्र अक्षरहरुको खेती गरिन्छन
अनी ---समग्रमा म
भावनात्मक लहर बन्छु
त्यस लहर भित्र
ह्रृदय छुने भावना हुन्छ ,
कसैको चित्कार हुन्छ ,
पीडा हुन्छ ,बिश्व शान्तिको नारा हुन्छ /
प्रक्रीतिको सौन्द्रय बर्णन हुन्छ ,
आमाको ममत्व हुन्छ
नारीको बेदना हुन्छ
यथार्थमा ,
संसार अटेको हुन्छ /
म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन /
त्यसैले ---कबिता
गाइनेको गीत हुन सक्दछ ,
मैच्याङको डम्फु हुन सक्दछ ,
सोरठिको भाका हुन सक्दछ ,
धाननाचको ''पालाम ''हुन सक्दछ ,
दोहरिको ''लय''हुन सक्दछ
आखिर ---जे नै भए पनि
कबिता सहिद्को गाथा हुन सक्दछ ,
अस्मिता बेचिएकी चेलीको
चित्कार हुन सक्दछ ,
कबिता हर मर्मको आव्हान हुन सक्दछ ,
स्वच्छ भावनाको प्रस्फुटन हुन सक्दछ,
खाली पाना र कलमको अप्नत्वको
चिन्ह हुन सक्दछ ,
श्रीजनाको अमीट उदगार हुन सक्दछ ,
निस्वार्थ आत्माको देश प्रेमको
सकारात्मक् भावना हुन सक्दछ /


बोस्टनमा महाकवि देवकोटाको शतवार्षिकी

अक्टोबर १८ बोस्टन अमेरिका ।
बोस्टनवासी नेपालीहरुले आज यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाका शतवार्षिकी मनाए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा वोस्टन वरपर रहेका साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हार्डभार्ड विश्वविद्यालयका प्राध्यापक डा‌. शिव गौतम, च्याप्टरका महासचिव शिव प्रकाश र कोषाध्यक्ष डा. उषा शर्माले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वका वारेका प्रकाश पार्नु भएको थियो । च्याप्टरका अध्यक्ष तथा अनेसासका केन्द्रीय उपाध्यक्ष भारती गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश शर्मा अच्युत अधिकाएरी पेमानिमा शेर्पा गोकुल ढकाल महेश्वर पन्त सुश्री सृष्टिसुमन पन्त सावित्री नेपाल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो भने ध्रुव धिमिरेले स्वर्गीय देवकोटाको यात्री कविता वाचन गर्नु भएको थियो ।


त्यसैगरि कार्यक्रममा सूर्यप्रसाद नेपाल अच्यतमणी पौडल र मुकुन्द अधिकारीले स्वर्गीय देवकोटा सम्बन्धी आफ्ना अनुभवहरु बताउनु भएको थियो ।
विगत केही वर्षदेखि बोस्टन क्षेत्रमा नेपाली साहित्यिक कार्यक्रको आयोजना गर्दै आएको अनेसास बोस्टन च्याप्टरले हाल नियमित रुपमा द्वैमासिक साहित्यिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ ।

तस्वीर धन श्रेष्ठ बोस्टन ।



October 19, 2008

प्रवासमा नेपालीको दूर्गती

यसपाली दशैको टिका लगाउने ठुलो धोको सहित नेपालको लागि परिवार सहित हिडियो । जुरिख पछि नया दिल्लीको एयरपोर्टमा पुगे पछि नेपाल समिप्य आएको जति महसुस भयो यहा नेपालीहरु प्रवासमा नया जिवन खोजेर जान चाहने को ताती देखेर मनमा चिसो म लगायत सवैलाई परेको अनुभव भयो । एयरपोर्टको ट्रान्जिटमा करिव १०० नेपाली दाजभाइमात्र नभई दिदी वहिनी कतै खुसी त कतै भविष्यको आसकांले आक्रान्त पारेर दिल्ली मा आफनो प्लेन पर्खदै गरेको दुष्यले सवैको मन चस्स छुयो । राती १ वजे देखि विहान ६ वजे सम्म नेपाल जान प्लेन पर्खेर वसेको म लगायत अरु को आखा वाट एक पछि अर्को गर्दै नेपाली भविष्यको कामना गर्दै दशैको मुखमा अरव लगायत इजराइल इराक अफगानिस्थान जादै गरेको देखियो ।

के यसरी जाने मध्ये सवैको भविष्य सुनिस्चित छ र मनमा यस्तै कल्पना गर्दा गर्दे एक जना कुनामा वसेर रोइ रहेको दृष्य कति करुणामय थियो कि सवैको आखा रसायो । भएछ के भने साउदीको लागि रिन काटेर जानलागेका ति दाइको भिसा र पासपोर्टको इस्यू डेट फरक परेको रहेछ । उनलाई छोडेर सवै गए अनि उनि एक्लै। केही जान्दैनन निरक्षर ति दाइलाई के भएको समेत थाहा रहेन छ । २ दिन भयो केही नखाएको अव के गर्ने र कहा जाने थाहा छैन । एक जना साथीले हतपत आफु संग भएको खाना उनलाई दिइ पछि उनको मुहार मा अलिकति उज्यालो देखा पर्‍यो।

मैले यहा नमस्ते युरोप वाट यो भिडियो साभार गरेको छु जसमा मलेसियामा नेपालीको स्थितीको वारेमा त्यहा स्थित नेपाली राजदुतले जानकारी दिएका छन ।यस्तो दृष्य र स्थितीवाट वच्न नेपाल सरकार र हामीले पनि केही गर्नु आवस्यक छैन र - तर के गर्न सकिन्छ लेख्न अनुरोध छ ।



October 18, 2008

यूएइमा दशैको रौनक

नेपालीहरु बिश्वको कुनै पनि देशमा रहेता पनि उनिहरुले आपःनो रिती रिवाज चाड पर्वलाई बिर्स हुँदैनन्, विश्वमा रहेका नेपालीहरुले विभिन्न तरिकाले यस पालीको दशै मनाए । खाडी राष्ट्हरुमा पनि दशै विभिन्न तरिकाले मनाए ।

यूर्एइको अबुधावी देखी २६० कि.मी टाढा रहेको रासलखेमाका नेपालीहरुले बडो हर्र्सोल्लाहसका साथ मरुभूमिमा दशै मनाए । विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले टिकाको दिन कम्पनीबाट विदा लिई मरुभूमिको बिचमा खसी काटेर रमाईलो गरे ।

मरुभूमिको बिचमा सबै नेपालीहरु एक आपसमा शुभकामना आदान प्रदान गर्दै नेपालमा जस्तै गरी दशैको महसुस गरे । नेपालीहरु परिवारदेखी धेरै टाढाको महशुस गरीरहेका थिए र बितेका दशैका दिनहरुका सम्झनाहरुलाई एक आपसमा साटासाट गरेका देखिन्थे । निधारमा रातो टिका लगाउदै नेपालमा जस्तै मान्यजनहरुबाट आर्शिवादहरु लिईरहेका थिए । मरुभूमिको बिचमा पनि दाउराबाट मासु भात पकाई उपस्थित सबै नेपाली साथीभाइहरु एक आपसमा रमाउदै नाच्दै रमाईलो गर्न मस्त देखिन्थे ।

यूर्एइका लागि राजदूत महामहिम अर्जुनबहादुर थापाको निवासमा दशैको शूभकामना आदान प्रदान गर्दै दशै मनाईयो । यूएइमा रहेका विभिन्न तह र तप्कामा कार्यरत विशिष्ट नेपालीहरुको उपस्थित रहेको थियो । उपस्थित नेपालीहरुले एक आपसमा टिका तथा शुभकामना आदान प्रदान गर्दै दशै मनाएका थिए । उक्त अवसरमा यूर्एइका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरुको उपस्थित रहेको थियो । नेपालका बाढीपिडीतलाई सहयोग गर्ने सम्पूर्ण यूरर्एइबासी नेपालीहरुलाई राजदूत अर्जुन बहादुर थापाले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै अबुधावी देखी १६० किमी टाढा सारजाहमा पनि नेपालीहरुले एक आपसमा टिका लगाउदै दशै मनाए । दशैको टिकाको दिन बेलुका नजिकैका सबै नेपालीहरु जम्मा भइ मान्यजनहरुबाट जस्तै टिका तथा आर्शिवाद लिएका थिए भने विभिन्न परिकारका मासु तथा अन्य परिकारका खाना बनाई साथीभाइहरुलाई खुवाउनमा ब्यस्त देखिन्थे ।


October 17, 2008

गजल - मनको पाखो बाझो

मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
डुबानमा छु आज भोली फेरी दर्की दियौ

आबरणमा अबतरण दोष आफ्नै हो कि
नौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौ

हतारमा के थियो भोक थियो कि भोग
फुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौ

आस्थाको सहयात्रा सहज थिएन क्यारे
यात्रामा एक्लै पारी बिच बाटो फर्की दियौ

मनको दैलो मैलो भयो दिल अन्धो कस्तो
अनुरागमा दाग थेन फेरी झर्की दियौ


October 16, 2008

रोमाको प्रगती र अपांग इतिहांस


केही पहिला रोमा न्यौपानेको मेल उनको ब्लगको ठेगाना ( http://romaneupane.blogspot.com/)सहित प्राप्त भएको थियो। ब्लग हेरें, यु ट्युबका क्लिपहरु हेरें। नेपालका प्राय पत्रिकाले उनको समाचार लेख्न भ्याइसकेछन। यु टुबको भीडियोले बलियो प्रमाण देखाउदै थिए उनि सबल सरह कम्मर मर्काएर मनोरन्जन लिन र दिन सक्छिन। केही लेखु उनको बारेमा जस्तो लाग्यो तर लेख्ने कुरा त सबै पत्र पत्रिकाले लेखी सकेका थिए। फेरी उनको मनोबल पनि असधारण थियो, मेरो लेखले मनोबल के नै थप्ला र ? फेरी उनि दौंतरीको सन्जाल सम्म पनि आउने हुन की होइनन? यस्तै कुरा मनमा खेलाउदा खेलाउदै समय गएको पत्तो नै भएन।
यो बिषय यतिकै हरायो। तर आज यसो यु टुबमा आखा नचाउदै थिंए, रोमाको भीडियो देखा पर्‍यो। उनले कम्मर मच्चाएर गितमा रमेको फेरी हेरें। अनी पुन उनको ब्लगमा छिरें। ब्लगमा अझ सामाग्री थपेर चुस्त पारिएको थियो। खबरहरुमा रोमा अझ छाइएकी थिइन। तर किन किन सबै समाचारमा रोमालाइ प्रोत्साहन भन्दा सान्तवना दिएको पाए। आफुले देखेका भेटेका अपांग आफ्न्त,साथीभाईको सम्झना आयो। हुन पनि हामी अपागंलाइ प्रोत्शाहन भन्दा सहानुभुतीले नै ढाक्ने गर्छौ र उनिहरुला झन अपागं बनाछौं। म पनि सबै अपांगसंग सान्तवनासंगै रम्थे।
जब केही बर्ष पहिले अध्यनको सिलसिलमा अमेरिका आए, अपांगलाइ हेर्ने द्रिष्टीमा १८० डिग्री परिबर्तन आयो। खासमा नेपालमा अपागंलाइ त अबसरको ‘अ’ पनि दिने गरेका रैनछौं। यांहा अपांगहरु सपांग सरह कसैको सहारा बिना स्वतन्त्र जिबन जिउने मात्र होइन सपांगसंग हरेक काम गरिराखेका हुन्छन। हुन त उनिहरुलाइ प्राय सबै बहानमा आबत जाबत गर्ने मिल्ने बनाइएको हन्छ, घर तथा अफिसहरुमा सजिलै आउने जाने ब्यबस्था गरिएको हुन्छ र चर्पी देखी सपिगं मल सम्म कुनै पनि ब्यबधान नहुने ब्यबस्था मिलाइएको हुन्छ। खाने पानि, बिजुली बत्ती त पाउन हम्मे हम्मे भएको देशमा अपांगलाइ अमेरिका सरह ब्यबस्थाहोस भन्न खोजेको त होइन तर जती जहां सकिन्छ अपांगलाइ समाजिक ब्यबस्थामा सामेल गर्न प्रयास गर्नुपर्दछ। सहानुभूती र भत्ता होइन अपांगलाइ सामाजीक हैसियतका साथ बाच्न दिनु पर्दछ। त्यसो गरे मनोबल बलियो भएकी रोमा मात्र होइन मनोबल खोसीएका कैयौं नेपाली अपांगले सहि जिबन जिउन मात्र होइन सबल सरह देशललाइ केही दिन पनि सक्छन। आठ बर्षको उमेरमा दुर्घटनमा एउटा खुट्टा गमाएकी रोमा प्रशस्सत सफलता हासील गरिसकेकी छन। तर रोमा आफै उन्नतीको शिखरमा मात्र नपुगी अन्य अपांगलाइ बैसाखी दिएर आफु संगै माथी लाने प्रयासलाइ मैले प्रशंसाका शब्दले जती समेट्न खोजे पनि सफल हुन सकिन। उनका यु टुबका क्लीप र उनको ब्लगमा तपाइ आफै गएर प्रशंसाको खादा ओढाउनुहोला।


तपाइकै मनलाई उत्तर दिनुहोस

purushottam subedi
–beljiyam
(१) यदी भोक प्यास ले मर्नै लागेको मानिस भेटे तपाईं के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(२) भिडमा हराएर रोइ रहको बालक भेटे के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(३) एक्कासी तपाईं संग डांका आई लाग्दा के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(४) तपाईं संग श्रीमती छे बच्चा छन -तर एक्कासी कुनै सुन्दर
महिलाले प्रेम प्रस्ताव राखे तपाईं के जवाफ दिनु हुन्छ ?
-------------------------------------------------------------------------------------
(५) तपाईं आफ्नो मित्रको घरमा हुंदा टेवलमा वा अरु कुनै स्थान मा
राखिएको ठुलै धन रासी देखेमा र मित्र नभएको अवसरमा के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(६) तपाईंको साथीले तपाईंको पैसा चोरि गर्‍यो भने तपाईं के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(७) तपाईं आफ्नासंग र पराइसंग कस्तो ब्यवहार् गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(८) तपाईंको जाँड र रक्सिको कारणले घरमा सधैं झगडा हुन्छ भने
तपाईं के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(९) बाटोमा साथी भेटिदा नमस्ते गरे हुँदैन ? हातै मिलाउनु पर्ने किन?
-------------------------------------------------------------------------------------
(१०) सार्वजनिक स्थान मा चर्को स्वरले बोल्नु के उचित हो ?
------------------------------------------------------------------------------------
(११) तपाईं लाई अरुले विश्वाश गर्दा गर्दै पनि फेरी किन
अनबिस्वासिको पात्र बन्न खोज्नु हुन्छ?

------------------------------------------------------------------------------------
(१२) के तपाईं भित्र इमान्दारिता छ ?
------------------------------------------------------------------------------------
(१३) तपाईंमा अरुको कुरा गरेर आफ्नो समय बर्बाद गर्ने बानी त छैन ?
------------------------------------------------------------------------------------
(१४) तपाईंले अरुको लागि राम्रो देखाउन कपडा पहिरिनु हुन्छ कि आफ्नो लागि ?
------------------------------------------------------------------------------------
(१५) तपाईंमा धन कमाएर बढी घमन्ड त चढेको छैन ?
-----------------------------------------------------------------------------------
(१६) तपाईं लाई मन पर्ने बिचार साथी वा आफन्तले मन नपराउन सक्छन –
-----------------------------------------------------------------------------------
के तिनिहरु तपाईंका बिरोधि नै हुन त ?
-----------------------------------------------------------------------------------
(१७) तपाईं ले छिटो गर्छु गर्दा कतै ढिलो त भएको छैन ?
-----------------------------------------------------------------------------------
(१८) धेरै राम्रो बन्न खोज्दा कतै नराम्रो त भएको छैन ?
-----------------------------------------------------------------------------------
(१९) रिसले तपाईं लाई फाईदा गरेको कुनै रिकर्ड छ कि ?
----------------------------------------------------------------------------------
(२०) म र मेरो मात्र भन्ने सोच ले तपाईं कतै ग्रसित त हुनु हुन्न ?
-----------------------------------------------------------------------------------
(२१) खान नपाएर भोकै हुनु र संपन्नसाली ले एक दिन भोकै बस्नु
के एउटै अर्थ लाग्ला?
-----------------------------------------------------------------------------------



October 15, 2008

दशै, हामी र प्रचण्ड

-शेखर ढुङ्गेल
सधैंझै दशैंको व्याख्या महत्वका बारेमा सैयौं लेख कविता कथा-व्यथाको पुनरावृत्ति गर्दै समस्त नेपालीहरुको महानपर्व बडा दशैं भर्खरै बित्यो । सधैं झै दुःखसुख साटासाट गर्दै रिस-रागमाथि विजय प्राप्त गर्ने उन्नति-प्रगति मनोकामना पूरा होस् भन्ने शुभेच्छासहित विदा भयो दशैं सधैझैं । हुनेले गच्छेअनुसार नहुनेले पनि ऋण काडेर नै खर्च गरी खुशी मनाए । कतिपय कलमहरुले यो पर्वलाई फजुल र खर्चिलो भनी टिप्पणी गरे पनि इशाईहरुको कि्रसमसभन्दा यो पर्व धरै गुणा सस्तो छ ।

बहुदलीय व्यवस्थाको प्रादुर्भावपश्चात् एक जाति विशेषले यो पर्व हाम्रो होइन खस जातिले मात्र चलाएका हुन् भन्ने प्रचार गरी बहिस्कारको अभियानसमेत चलाएका थिए । दशैं पर्वको प्रमाणित ऐतिहासिक दस्तावेजको अध्ययन-अनुसन्धानपश्चात् निष्कर्ष निस्कियो कि यो कुनै जाति विशेषले चलाएको पर्व होइन । विश्वका तीन प्रमुख धार्मिक सम्प्रदाय इशाईले कि्रसमस मुसलमानले इद र हिन्दूहरुले दशैं नवरात्री आ-आफ्नै प्रकारले राष्ट्रिय चाड मनाउँदै आएका छन् । नेपालमा भने हिन्दू र बौद्ध धर्मावलम्मीको विशेष प्रकारको मिश्रणयुक्त समाज छ तर शास्त्रअनुसार ॐकारलाई आफ्नो ईश्वर मान्ने सबै समुदाय हिन्दू भएकाले नेपालमा पूर्वका यलम्बर हुन् वा काठमाडौं उपत्यकाका मल्लराजा सबैले यो पर्व मनाउँदै निरन्तरता दिंदै आएका हुन् । अर्थात् यो पर्व एकजाति विशेषको मात्र नभै नेपाल राष्ट्रका सम्पूर्ण नेपालीहरुको संस्कृतिकै रुपमा स्थापित भैसकेको छ ।

स्वदेशको मात्र के कुरा विश्वका कुना-कुनामा पुगेका नेपालीहरु एक-अर्काको जात नसोधी दशैंजस्ता पर्वमा एकाकार हुन्छन् । दशैंलाई हाम्रो पर्वु भन्छन् । यहाँ कुनै तेरो र मेरो चल्दैन । विदेशमा सुख-सम्पन्न जीवन बाँचिरहेका भनेर सोचिएका वास्तविकता अर्कै हुनसक्दछ नेपालीको अनुहार खुसीले फकि्रन्छ । अमेरिका युरोपमा मात्र होइन खाडी मुलुकदेखि इराकसम्म रोजगारीको लागि भौतारिएका सम्पूर्ण नेपालीले एक-आपसमा अपनत्व देखाउँदै अंकमाल गरी यो पर्व मनाएको खबर सुन्न पाउँदा प्रत्येक नेपाली आनन्दित र हर्षित हुनु स्वाभाविक हो ।

नेपालजस्तो सानो राष्ट्रको अस्तित्व उसको मौलिक पहिचानको संरक्षणबाट मात्र जोगाउन सकिन्छ । पर्व चाड जात्रा सस्कृतिले एक-अर्कालाई सामीप्य लेराउने भाइचारा र सद्भाव बढाउने अवसर पनि प्रदान गर्दछ । सँस्कृति भेषभुषा भाषा पर्वको अवमूल्यनले हाम्रो राष्ट्रियतामा आँच आउन सक्दछ हामी विखण्डित हुन पुग्दछौं ।

यसै सन्दर्भमा नयाँ नेपालको नाममा माओवादीको सरकारका सदस्यहरुले देखाएको बिडम्बनायुक्त रबैया हेर्दा दुख लाग्छ । देश विकास गर्न यस्ता पर्व चाड सँस्कृतिले बाधा पुर् याउँदैनन् भन्ने तथ्य नबुझेको देख्दा अचम्म लाग्छ । आजको अति विकसित देश जापानको प्रसङ्ग कोट्याउनु उचित होला । राजनीतिक दलको सम्पन्नताको आर्थिक कोष हिसाबले जापान कम्युनिष्ट पार्टी अरुभन्दा अगाडि छ । त्यहाँका मजदुर बलिया छन् । मालिकको त्यतिकै इज्जत गर्दछन् । त्यहाँ राजसंस्थाविरुद्ध कुनै कार्यक्रम गरॆका छैनन् । विश्वको एक पुरानो सँस्कृतिको संरक्षक बनाएर जापानीजहरुले सम्राटको निरन्तरता दिइराखेका र जापानको मौलिक भेष अनेकौं पर्व-जात्राको निरन्तरतामा कमी आएको छैन । नेपालको जस्तै रथ तान्ने कैयौं जात्रा भब्यताका साथ परम्परागत लुगा लगाई मनाइन्छन् । सैनिक एवं परराष्ट्र नीतिमा एक हिसाबले अमेरिकाको छायाँ देखिए तापनि सार्बजनिक स्कुल कलेजमा अंग्रेजी भाषा पढाउने-नपढाउने विवाद हुँदा जनमतसंग्रह गर्नुपर् यो । निर्णय नराख्ने भन्ने आयो । त्यहाँका युवा आफ्नो भाषाप्रति गर्व गर्दछन् र भन्दछन्- हाम्रो भाषा अरुले सिकुन् हामी किन सिक्ने स्मरण रहोस् जापानमा अंग्रेजी सिक्न छुट्टै भाषा-स्कुल जानु पर्दछ । सार्वजनिक स्कुल-कलेजमा पढाइ हुँदैन । यसको अर्थ के भने देश विकास गर्न धर्म सँस्कृति पर्व बहिस्कार वा नष्ट गर्नुपर्दैन । बरु संरक्षण गरेर राष्ट्रलाई सम्पन्न गराउन सकिन्छ भन्ने जापान एउटा उदाहरण हो । सँस्कृतिविरोधी हाम्रा क्रान्तिकारी नेताहरुले यो तथ्य बुभुन सकेका छैनन् ।

धर्मको नाममा हुने जात भातजस्ता विभेदको अन्त जरुरी छ तर स्थापित राष्ट्रिय सँस्कृति पर्व चाड-जात्रालाई विस्थापन वा बहिस्कार गर्नु यो दशैंको प्रसङ्गमा नेपालका प्रधानमन्त्री अन्य माओवादी मन्त्रीगणका रबैयाले माओवादीकै लागि प्रत्युत्पादक हुने स्पष्ट छ ।

विश्वका कुना-काप्चारमा पुगेका सम्पूर्ण नेपालीले गर्वसाथ यो पर्व मनाइरहेको पहिले-पहिलेभन्दा यस पटक सबै देशमा रहेका राजदूतावासहरुले समेत यो पर्वलाई विशेष महत्व दिई मनाइ राखेको समाचार आइरहँदा माओवादीको यस्तो रबैयाले नेपालीहरु खिन्न भएका छन् । त्यसमा पनि प्रचण्डको निरन्तररुपमा धर्म-सँस्कृति भेष-भाषा प्रतिको नकारात्मक ब्यवहारले जनताको संवेदनशील आस्थामा चोट पुर् याउँदै लगेको छ ।

प्रधानमन्त्री प्रचण्डसित जनताले तर्कसंगत जबाफ माग्न थालेका छन्- किन हाम्रा विशिष्ठ सँस्कृतिको द्योतक चाडपर्वलाई ध्वस्त पार्न खोजिदैछ एउटा सामन्तको भन्दा बढी सुविधा-सम्पन्नतायुक्त विलासी विदेशी भ्रमण नरोकिने पक्षपात भेदभाव नरोकिने जर्बजस्ति लुटपाट चन्दा कब्जा नरोकिने तर दशैं रोकिने जनतासित भोट माग्न जाँदा र स्वागत पाउँदा टीका-माला निषेध नहुने तर जनताको प्राणभन्दा प्यारो भाषा भेष पर्व चाड-जात्रा जस्ले हामी नेपालीको एकतालाई बचाई राख्छ यसको सम्मान र संरक्षण गर्नुको साटो निषेध गर्ने किन द्वन्द्व कालमा गाई काटेर हिन्दूधर्मविरुद्ध जेहाद छोडिसकेका माओवादी अध्यक्ष प्रचण्डले मौका र हात बलियो बनाउन पाएभने पशुपति र स्वयंम्भुमा फलामे काँडे तार लगाई छेक्ने कुरामा शंका छैन तालिवानको झैं । त्यसैले होला गणतन्त्र आइसकेपछि पनि स्वस्फुर्त रुपमा हजारौं जनता पूर्वराजाको ढोकामा पुगेका । यसले देखाउँछ कि धर्म सँस्कृति भेषभुषा पर्व जात्राका संरक्षकलाई जनताले सम्मान गर्दा रहेछन् । माओवादीहरुको यस्तो हरकतले राष्ट्र बलियो बन्ने देशले प्रगति गर्ने देखिन्न बरु थप नयाँ द्वन्द्वको शुरुआत हुनेछ र माओवादी पार्टी जनताबाट अलग्गिने छ ।



न देश, न जनता…

न देश, न जनता, केवल कमाउने सार छ ।
वृक्षा रोपण गर्नेको हातमा वनमारा झार छ ।

सर्वहाराका नाईकेको सवा लाखको विस्तरा त,
कैयौं निमुखाका अझै 'कब्जा' मा घरबार छ ।

नयाँ नेपाल बनाउने हामी नै हौं भन्थे तर,
हातमा अझै पनि यिनका बन्दुक र तरवार छ।

हत्या, हिंसा, विष्फोट अब सामान्य झै भयो यहाँ
वाध्य छु म सोच्न, के देशमा कुनै सरकार छ? ।

सुनेथेँ सडेको माछा यौटैले पोखरी नै सडाउँछ ,
यहाँ त कुहिएका माछाले तालै पुरा भरमार छ ।



October 14, 2008

ईराकमा एक नेपालीको मृत्यू

- राम प्रसाद पन्त र जिवन पौडेल
ईराक स्थित बलाद बेस क्यम्पमा कार्यरत एक नेपालीको ११ अक्टोबरका दिन बेलुकी मृत्यू भएको छ । कुलाक कम्पनि अन्र्तगत रहेर केबिआर कम्पनीको सुरक्षागार्डमा कार्यरत इलाम घर भई ´ापाको विर्तामोडमा बसोबास गर्दै आउनु भएको मोहन प्रसाद शर्माको ह्दयघात भई निधन भएको हो उहाँ करिब ४१ वर्षको हुनुहुन्थ्यो । २ वर्ष अगाडि पैसा कमाउने र आफ्नो सन्तानसँग सुखिमय जिन्दगी बिताउने आशामा बैदेशिक रोजगारका लागि ईराकको युद्ध भुमिमा आउनु भएको थियो । दशैको खुशीयालीमा रमाईरहेको बेसका नेपालीहरुलाई अकस्मात उहाँको निधन भएको खबरले मर्माहित र स्तब्ध तुल्याएको थियो । उहाँको पाथ्ार्िक शरीरलाई नेपाल पठाउने प्रकि्रया अगाडि बदाएको जानकारी कम्पनीका सम्बन्धित व्यक्तिले दिनु भयो । पार्थिक शरीरलाई अक्टोबर १४ तारिकका दिन ईराकबाट कुवेत पठाई सकेको र त्यहाँबाट नेपाल पुर् याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने स्रोतले जानकारी गरायो । उहाँलाई क्षतिपूर्ति स्वरुप प्ररम्भिक चरणमा ६ महिना बराबरको उहाँको पारिश्रमिक र सुरक्षागार्डमा कार्यरत सहकर्मीबाट कम्पनिमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग उपलब्ध गराउने भन्ने प्रारम्भिक छलफल भईरहेको स्रोतले जानकारी गराएको छ । तर यसको बारेमा भने विस्तृत जानकारीे आउन बाँकी नै छ । उहाँको निधनमा बेसमा कार्यरत नेपालीहरुले अक्टोबर १४ तारिक बेलुकी श्रद्धाजली कार्यक्रमको आयोजना गरि आफ्नो सहकर्मी प्रति भावपूर्ण श्रद्धााजली अर्पण गरेका छन् । उहाँको चिर शान्तिको कामना सहित परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भागवानले प्रदान गरुन् हामी सबै यहि कामना गर्दछौं । प्राप्त जानकारी अनुसार उहाँको घरमा १ श्रीमती करिब २ वर्षका छोरा र १२ बर्षकी छोरी हुनुहुन्छ ।


यन आर यन बेल्जियम को साधारण सभा सम्पन्न

purushottam subedi
गत अक्टोवर १२ तारिख का दिन यन आर यन बेल्जियम को दोस्रो साधारण सभा निकै चर्का चर्कीका साथ संपन्न भयको छ । उक्त्त समारोहमा अतिथि ,प्रमुख अतिथ तथा विशिष्ट अतिथिहरूलाइ सस्थाका सदस्य माधव सापकोटाले गरेका थिए सो उद्धाटन समारोहमा इन्द्र धनुष क्लवका अध्यक्ष मिन गुरूङ, इनेपालका सम्पादक कृष्णप्रसाद रेग्मी , पासा पुचका रविन्द्रमान श्रेष्ठ,साग्रीला समाजका दिपेन्द्र केसी , NRN ICC का रविन्द्रमान श्रेष्ठ , एनडिफ वेल्जियमका तुलसी सुवेदी , नेपाली जनप्रगतिशिल मंचका विष्णु भूजेल ,शेर्पा किदुग वेल्जियमका पिजी शेर्पा लगायतका महानुभावहरूले सो साधरण सभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । भने नेपालवाट सो साधरण सभामा भाग लिन आउनु भएका संविधानसभाका सभासद आङ दावा शेर्पिनी तथा अर्का सभासद पासाङ शेर्पाले समेत साधरण सभाको सफलताको कामना गर्दै नेपालमा अव लेखिन गैरहेको भनिएको संविधानमा गैरआवासीय नेपालीहरूका मागहरूलाइ सम्वोधन गर्न आफ्नो तर्फवाट पहल गर्ने प्रतिवद्दता जाहेर गरेका थिए । साधरण सभाको पहिलो उद्धाटन समारोह सम्पन्न भए पछि शेर्पा किदुग वेल्जियमको प्रायोजनमा भएको दिवा भोजमा सयैा नेपालीहरूको सहभागीता रहेको थियो । शेर्पा समाज वेल्जियमका विभिन्न सदस्यहरू सो कार्यमा सक्रीय रूपमा खटेका थिए । त्यस पछि लगत्तै सूरू भएको साधरणा सभाको वन्द सत्रको संचालन सस्थाका सचिव तथा तत्कालिन निर्वाचन समितिका संयोजक वोधराज पैाडेल गरेका थिए भने सभापतित्व युवराज गुरूङले गरेका थिए । सो वन्द सत्रमा कोषाध्यक्ष वासुदेश खड्काले आथिक प्रतिवेदन तथा सन्तोष जोशीले NRN वेल्जियमको विगत २ वर्षे कार्यकालको प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यसै गरी विधान शंशोधन मसैादा माधव सापकोटाले गरेका थिए । त्यस पछि वन्द सत्रको अध्यक्ष गरिरहेका गुरूङले तत्कालिन कार्यसमितिलाइ भंग गरी आ सी सी प्रतिनिधि रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको धोषणा गरेका थिए । श्रेष्ठको अध्यक्षता वसेको सो सभामा कोषाध्यक्ष , महासचिवले अनुमोदनका लागि पेश गरेका आथिक र प्रगति प्रतिवेदन साधरण सभाको वैठकले सामान्य सुझाव र प्रतिकृयाका साथमा सो अनुमोदन गरेका थिए । सस्थाको विधमान विधानलाइ आफु अनुकुल हुने गरी केही , जस्तै २१ सदस्यीय भएको कार्य समितिमा अध्यक्षले थप ४ जना स्वविवेकले थप्न पाउनु पर्ने , कार्यसमितिको वैठक अनुमोदन विपरित अध्यक्ष स्वयले गर्न थप्न पाउने नयाँ प्रावधान राखिएको शंशोधन प्रस्ताव ,निवर्तमान अध्यक्ष वेल्जियमको तर्फवाट NRN ICC सदस्यमा सिफारिस गरिने प्रकृयालाइ निरन्तरता दिदै यस पटक देखी विधानत सो व्यवस्था गर्ने भन्ने निर्वतमान कार्यसमितिका पदाधिकारीहरूको चलाखी पूर्ण विधान सम्शोधन प्रस्तावलाइ साधरण सभाका वहुमत सदस्यले अस्विकार गरी परिमार्रजन गर्न सफल भए । जस अनुसार अध्यक्षले मनोनयन गर्न आवस्यक देखीएको खण्डमा सो प्रस्तावलाइ कार्यसमितिको वहुमतवाट विभिन्न क्षेत्र वर्ग लिंग वा जात जनजाति वा अल्प सख्यक समुदाय वा विषय विशेज्ञलाइ मनोनयन गर्ने गरी संशोधन गरियको थियो ।


October 11, 2008

इराकमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए

- राम प्रसाद पन्त र जिवन पौडेल
हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादस्थित कुलाक कम्पनी र पिपिआईमा रहेका नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले आपुनो घरपरिवारलाई सम्झिदै धुमधाम सँग दशै मनाए । नेपालीहरु विश्वको कुनै पनि ठाँऊमा जे-जस्तो अवस्थामा रहेपनि उनिहरुले आफ्नो भाषा धर्म र संस्कृति अनि रितिरिवाजलाई भुलेका हुदैनन् भन्ने उदाहरण ईराकमा कार्यरत नेपालीहरुले पनि देखाएका छन् । विभिन्न क्षेत्रमा कार्यरत आफ्ना दाजुभाइहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो । आफ्नो देश अथवा घरपरिवारबाट टाढा रहेपनि आफु भन्दा ठुला दाजुहरुबाट रातो टिका लगाउनेको पनि कार्यक्रममा ठुलो उपस्थिति रहेको थियो । त्यसै भिडमा केहि खाली निघारै भए पनि शुभकामनाहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्यो भने केहि संगतिको तालमा आफ्ना दुःखहरु विसर्िएर रमाउनमा नै व्यस्त देखिन्थ्यो । आफ्ना घर परिवार छोडेर पैसा कमाउने आशामा आएका नेपालीहरुले आपुनो परम्परालाई नबिसर्ी सबै नेपाली मिलि दशै मनाए । त्यस अवसरमा टिका कार्यक्रम तथा लोकगीतको नृत्य कायक्रमहरुको पनि आयोजना गरिएको थियो । करिब ७ः०० बाट शुरु भएको कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । त्यस अवसरमा दुवै कम्पनीमा कार्यरत नेपालीहरुको दुवै कायक्रममा ठूलो मात्रामा उपस्थिीत रहेको थियो । यसरी ईराकमा कार्यरत नेपालीहरुले एक आपसमा आफ्ना दूःख र पिडा विसर्िएर आफ्नो बडादशैंलाई यो वर्षको लागि विदा गरे । ईराकमा रहेका नेपालीले मनाएको बडादशै देख्नेहरु सबै आफु नेपालमा नै रहेको र आफ्नै घर-परिवारसँग मनाई रहेको अभास गर्दै थिए एक अर्कामा ।


फरिया राम्रो हो कि जोबन राम्रो हो?

फरिया राम्रो हो कि जोबन राम्रो हो? प्राय: उत्तर आउंछ फरिया राम्रो त्यसै हुन्छ जोबन राम्रो हो। त्यसो भए टिका, चुरा, फुली, बुलाकी केही पनि होइनन् त ? यस्को उत्तर दिन भने गार्है पर्छ। कुनै पनि नारी यि सजिने कुरा समझ्दै मात्र पनि मुहार चम्किलो बनाउछन सजिए पछिको त कुरै छौडौं। तर पनि किन केही नारीहरु फरिया भन्दा जोबनकै पछि पर्छन त? समाज र आफ्नतको बिरोधको बाबजुत पनि जोबनको पछि लागेका प्रशस्त उदारण छन। त्यसो गर्दा धरातलबाट सिधै आसमानमा पुगिन्छ भन्ने धेरैको सोच छ र कतिपयलाइ केही क्षणको लागी भए पनि आकासमा पुगेको देखेका भोगेका छौं। हुन त यो फरिया र जोबन बिबादकै बिषय हो। त्यसैले नै सेन्सर भन्ने चिज उत्पन्न भएको होला। अनि फरिया र जोबन बिच रेखा खिचिन्छ, कति फरिया लगाउने र कती जोबन देखाउने। त्यही मिस नारीलाइ कसैले फरिया देखाउने खेल भन्छन त कती जोबन देखाउने ब्यबसाय भन्छन। नढाटी भन्नु पर्दा मिस नारीमा सुइमिगं सुट लगाएर बिरालो चालमा हिड्नु जोबनको प्रदर्शन होइन कस्ले भन्छ? त्यसो भए जोबनको पछाडी त सिगैं समाज पनि त रहेछ। त्यसै भएर त मिस नेपाल पक्ष र प्रतिपक्षकको बिबादले गर्दा सरेको सरै छ।


तपाइहरुले अनुभव गर्नु भएको होला नि त्यही नारी फरियामा सजिंदा कति सुन्दर दखिन्छे र जोबनमा प्रश्तुत हुदा त्यो सुन्दरता हराएर नग्नता मात्र देखिन्छ। नग्नता ले एक नजर त खिच्छ तर नजर उत्रे पछि नजरको न पनि पाउदैन। भनेपछि जती फरिया उती सुन्दरता हो त? कतै यही भावनाले मध्य एसियाको संस्कृति प्रभाबित भएको त होइन? होइन भने कालो बस्त्रले सिर देखी पाउ सम्म किन छोप्नु पर्यो त? हुन त जोबन जो कोही या जा कही देखाउने बिषय होइन भनेर वकालत गर्लान। तर यो जोबनको अर्को धुर्वमा उभ्भिएको एउटा शैली मात्र हो।


मानिसहरु जोबनको बिरोध गर्छन, नैतिकताको आदी इत्यादी कुरा गर्छन तर पनि जोबन देखाउने खेलमा नारी नै अगाडी छन भने समाज ताली बजाएर तिनीहरुको पछाडी उभिइरहेको हुन्छ मानौ उनिहरू हरेक नारीको जोबन पिउन लालायित छन।


यसै क्रममा जोबनको केही कुरा बांकी नराखेकी Brittney Spears को हिजै मात्र निस्किएको Womanizer भिडियो । जोबन राम्रो कि फरिया राम्रो हो तपाइ आफै निर्कोल गर्नुहोस।




गित - कस्तो होला छाती फोडी

Ram Babu Neupane
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?

गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?

उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?

तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?

थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?



October 10, 2008

शर्माएर संस्कार र संस्कृति जोगिदैन

पुरुशोत्तम सुबेदी –बेल्जियम


हिन्दू हरुको महान चाड बडा दसैं अब बिदेसमा पनि तिब्रताका साथ मनाइन थालिएको आभास भएको छ । सन १९९० देखी बिदेसमा छरिन पुगेका नेपाली हरु अब विश्वको जुन कुनै देसमा पनि आफ्नो धर्म र संस्कृतिलाई संसार सामु पहिचान गराउन सफल हुँदै छन । सन २००४ देखी हाल सम्म को बेल्जियम को सामान्य अन्दाज ले के देखाएको छ भने हिन्दू संस्कृति अगाडि बढाउन नेपाली नारी हरुको ठुलो हात रहेको देखिएको छ । बिगत केही बर्ष यता बेल्जियम मा थुप्रै नेपाली हरुले प्रामानेन्ट रेसिडेण्टी प्राप्त गरी आ आफ्ना परिवार समेत सेटल गरी सकेका छन ।

आखिर मानिस जहाँ गए पनि आफ्नो संस्कार र संस्कृति साथमै जादो रहेछ । बेल्जियम मा बस्ने नेपाली हरु पनि आफ्ना परिवार संग र आफ्ना आफन्तजन संग रमाउन आफ्नो संस्कार संस्कृतिसंग दांजिन थालेका छन । सन २००६ देखी बेल्जियम मा नेपाली महिला र बालबालिका को संख्या ह्वात्तै बढेको छ । बेल्जियम मा नेपालीहरुले स्थाइ बसोवास संगै अब नेपाली हरु आफ्नो संस्कार लाई पनि बढी जोड दिएको पुष्टी हुन्छ । किनकी हरेक बर्ष आउने चाड पर्वमा महिलाहरु को अग्रसरता बढी देखिन्छ । हरेक बर्ष चाड आफ्नै कोठामा मान्ने र बाहिर निस्कन नमान्ने गोरेहरु संग शर्माउने आदी कृयाकलाप हरु अब बिस्तार हट्दै गयको छ । खास गरी परिवार संगका नेपालीहरु दसैं वा जुन कुनै चाड मनाउन निर्धक्क अगाडि बढेका छन ।

अस्थाइ बसोवास हुँदा एक टोक्रा बियर संग दसैंको बेलामा कोठा भित्र रमाउने नेपाली आज ३-४ बाल बच्चाहरु संग खुल्लम खुल्ला टिका जमरा लगाइ बाहिर अन्य आफन्त जनकोमा गै टिका ग्रहण गरेका छन । यसले पनि के पुष्टी हुन्छ भने बिदेसमा नारी बिनाको एक्लो मानिस ले संस्कार र संस्कृति लाई पछ्याउन त्यती सफल हुँदैन । किनकी अझै पनि केही नेपाली पुरुष बिदेसमा पनि संस्कार बिहिन र बिकृति तिर नजिक देखिएको छ । फेरी पनि नेपाली नारी हरु आफ्ना लोग्ने हरुलाई सहि बाटो तर्फ डोरयाउदै आफ्ना चाड वाड बिदेसी भुमिमा खुशीका साथ मनाउन थालेका छन । बिगत ३ बर्ष यता बेल्जियम मा तिज, दसैं र तिहार निकै जांगर का साथ मनाईएको भान हुन्छ । पोहोर साल भन्दा अझै खुल्ला रुपमा यसपाली बेल्जियम शहरमा दशै मनाइएको छ । चाड पर्वका दिन आ आफ्नो घरमा मिस्ठान्न पारीकार त सबैको घरमा हुन्छ नै । तर यस पाली एक घर बाट अर्को घरमा आफ्ना मान्यजन को हातको टिका लगाउन जाने क्रम निकै तिब्र देखियको थियो।


छिट पुट मानिसहरु टिका लगाइ बाहिर जांदा आफ्नो निधारको टिका पुछेर बाहिर गएको र भित्र आएर पुन टिका लगायका प्रमाण पनि नदेखिएका होइनन । आखिर यसो किन त- किनकी नेपाली आफ्नो पछौटे पनलाई अझै पनि सुधार्न सकेका छैनन भन्ने प्रमाण हो । आफ्नो संस्कार बिनाको कुनै पनि मानिस अधुरो हुन्छ । जब मानिस आफु संपन्न हुन्छ - तव उ कि त धार्मिक हुन्छ -या त उ पुरै नास्तिक हुन्छ । जे होस बेल्जियम मा हिन्दू संकार संखे किराको चाल् जस्तै धिमी गतिले अगाडि बढेको महसुस भएको छ ।



October 9, 2008

नाग कन्या र बिकनी किलरको बिहे !

सारा नेपालीले दशैं मनाइरहेको बेला नाग कन्या विश्वास र बिकिनी किलर मिस्टर नटवरले आज केन्द्रीय कारागारमा बिहे गरेछन ! पत्र पत्रिका र अन्य मिडियामा चर्चामा आउने खोजे जस्तो भान पारेकी नाग कन्याले दशैंको चुप चाप समय नै किन रोजिन र नेपाली मिडियाले भन्दा पहिले यसलाई भारतीय मिडियाले कसरी थाहा पाए मलाइ चाहि शंका लागेको छ (हुन त यो शंकै शंकाको सम्बन्ध हो) ।

पढ्नुस टाइम्स अफ इन्डियाको भर्खर अपडेट गरिएको समाचार :


KATHMANDU: Once known as the Serpent and Bikini Killer, Charles Sobhraj acquired a new moniker on Wednesday: newly-wed, tying the knot Nepali-style with his 20-year-old Nepali fiancée Nihita Biswas.

On Wednesday, Nepal celebrated Bada Dashami, the 10th day of its biggest Hindu festival Dashain, traditionally regarded as an auspicious day for weddings. While pairs headed for temples to say “I do”, for 64-year-old Sobhraj, it was a more sombre ceremony in Kathmandu’s Central Jail where he has been serving a life sentence for murder.

The bride wore a pink T-shirt and trousers while Sobhraj kept his trademark cap as they exchanged vows and tikas, the red vermilion mark. He was allowed to come out of his cell and in the presence of curious prison guards and other inmates, the short ceremony was conducted to make them husband and wife.

The "marriage" comes after their engagement in July following Nihita's visit to the prison to offer to interpret for Sobhraj's visiting French lawyer, a visit whic both say resulted in love at first sight.

However, like the whirlwind romance that was marked by controversy, the wedding is also going to be controversial. There was no priest though the bride’s brother and mother Shakuntala Thapa turned up to show their support. Thapa, a leading lawyer, is also fighting Sobhraj’s case in Supreme Court, challenging a lower court decision that declared him guilty of the murder of an American backpacker, Connie Jo Bronzich, in 1975.

Sobhraj’s appeal will be heard on October 19, after Nepal’s courts reopen after the long holiday break. If he is set free by the apex court, as Nihita claims it will, the couple plan to proceed to France and get married in accordance with French laws.

The wedding is Sobhraj’s second one, though in between he had several girlfriends and a common law wife of Chinese origin with whom he has a daughter. The newly weds have decided that the daughter, now six, will live with them.

Sobhraj’s only recorded and official wedding was to a French woman who divorced him during his imprisonment in India and later married an American.

If the apex court rejects Sobhraj’s appeal, the couple has decided that Nihita will go to the International Court of Justice to fight for his release. Sobhraj claims he was framed by police and not given a fair trial.
.


October 8, 2008

मेरो आंगनमा दसैं पर्व

पुरुशोत्तम सुबेदी -बेल्जियम
पहेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो ।
मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।।

पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो ।
पाखा बारीको लिंगे पिङ् मा साथी भाई संग टिका जमरा लगाइ रमाउने हो ।।

भाई गोरे पनि घरमा भय त रमाइ रमाइ खेलिन्थ्यो होला ।
बैरी ले बेपत्ता पारेकै ४ बर्ष भयो खबर दिय त काज किरिया गरिन्थ्यो होला ।।

न त गोरे ले कुनै प्रती उत्तर दिन सक्यो उसका आफन्त हामी लाई ।
बैरी ले शरम मान्यो बताउन यथार्थता साचियो काम मलामी लाई ।।

नौलो जनबादको कुरा गर्दै भाई गोरेले- थोत्रो बन्दुक मा तेल मुसार्दै भन्थ्यो ।
दसैं मा आउछु होला दाजु भर त छैन -जे होस् म नभयपनी मान्नु दसैं भन्थ्यो ।।


बहिनी पनि सिंह दरवार किल्ला भित्रै को माटामुनी- बाट सराप्दै छे होली पापी हरु लाई ।।
गल्ती के नै थियो र उसको अधिकार को लागि- आवाज बुलन्द गरेकी थीइ समाज लाई ।।

बैरी बैरी को भेट भयो- होला मिला पत्र पनि- आसा के नै गर्नु छ र बिकासको ।

चोरै चोरको रग रगी छ देसमा अहिले -चिट्टा पर्‍यो देस लाई बिनासको ।।

न भाई गोरे न बहिनी बाटुली काग लाई बेल झैं जन गणतन्त्र अधुरो हुने भयो ।
हरेक बर्ष आउने चाड बडा दसैमा भाई बहिनी संग रमाउने आसा अधुरो रह्यो ।।



October 7, 2008

बेल्जियममा खुल्ला भलिवल प्रतियोगिता भब्यताका साथ सम्पन्न

पुरुशोत्तम सुबेदी
गत अक्टोवर ५ तारिख मा बेल्जियमको लुवेन शहरमा ईन्द्रधनुस क्लबले राखेको खुल्ला भलिवल प्रतियोगिता भब्यतापुर्बक सम्पन्न भयको छ । उक्त्त भलिवल प्रतोयोगितामा इन्द्रधनुस टिम - फ्रितुर ग्रुप - बिस्व मगर समाज बेल्जियम- हिमालयन स्पोर्ट कमिटी -यन्टवेरपेन (ए) यन्टवेरपेन (बी) र ब्रसेल्सस टिम गरी ७ वटा टिमले भाग लियका थिय । कार्यक्रमको सुरुमा मुख्य अतिथी यन आर यन बेल्जियमका नवनिर्बाचित महासचिव नन्द राज घले ले शुभकामना मन्तब्य दिनु भयको थियो भने ईन्द्रधनुस क्लबका उपाध्यक्ष एबं कार्यक्रमका कोअर्डिनेटर सुर्यप्रसाद ढकाल ले नियमहरु पढेर सुनाउनु भयको थियो । साथै क्लबका अध्यक्ष मिन गुरुङ ले दुई वटा भलिवल पहिलो एम्पायर सुभास सुब्बा लाई हस्तान्तरण गरी खेलको सुरुवात भयको थियो ।
साथै क्लवका पदाधिकारीहरु अनन्ता गुरुङ -भोज जि सि-हरी भण्डारी -यसोदा(सुबेदी)थापा -राजन सिवाकोटी -राजु गुरुङ -कुसल घोताने -उमेस राज भण्डारी -सहदेव गौतम - अन्जन भटराइ -सुनिल मुनिकार - को साथै स्वयम सेवक तर्फ माधव सापकोटा -अमृत के सि -पुस्ता पाण्डे -रबी तमाङ लगायतका साथीहरुले यस भलिवल प्रतियोगिता लाई सघाउनु भयको थियो । दिनको १ बजे बाट सुरु भयको सो भलिवल प्रतियोगिता बेलुका ९ बजेर ३० मिनेट जांदा समापन भयको थियो ।
उक्त्त भलिवल प्रतियोगितामा झन्डै ३०० जना दर्सकले मादल -खाली बोतल -ताली- सिटी बजायर आ आफ्ना टिम लाई उत्साहित गराउने काम गरेका थिय । सबै टिम ससक्त भयको हुनाले समय लम्बियको थियो । साथै टिम कप्तान सुभास सुब्बा -आनन्द गुरुङ -खगेन्द्र पुन -सोतान तमाङ -सरोज गौचन - राजन सेरचन - राजु सेन रहनु भयको थियो भने एम्पायरमा सुभास सुब्बा -आनन्द गुरुङ-सिद्धार्थ श्रीठ -राजु सेन -रिम प्रशाद सन्यासी रहनु भयको थियो ।साथै यस भलिवल खेल प्रतियोगिता लाई आर्थिक तर्फ सहयोग पुर्याउने सहदेब गौतम-लाल काजी गुरुङ - नन्दराज घले -उमेस राज भण्डारी -प्रविण गौचन -अमृत के सि - अहमददिन मिया ले गर्नु भयको थियो भने चितवन सहायता कोस बेल्जियम बाट प्रथम हुने टिम लाई ९ -९ वटा टिसर्ट संस्थाका महासचिव टिका पौडेल ले दिनु भयको थियो । खेल को आखिर समयमा यन्टवेर्पेन (ए) र बिस्व मगर संघ का बिच कडा प्रतिस्पर्दा भयको थियो । पहिलो चरणमै दुई ग्याम हात परेको बिस्व मगर समाजले अन्तिम चरणमा लगातार तीन ग्यम मा पराजित भै दोस्रो स्थान हात पारेको थियो ।
अन्तमा एन्टवेरपेन (ए) ले कडा मेहनतका साथ प्रथम पुरस्कार ४०० युरो नगद र खसी उपहार प्राप्त गरेको थियो भने बिस्व मगर संघ बेल्जियम ले २०० युरो नगद को दोस्रो पुरस्कार हात पार्न सफल भयको थियो । साथै उक्त भलिवल प्रतियोगिता का खेलाडी हरु मध्य सबै भन्दा उत्क्रिस्ठ खेलाडी टेक पुन (मेन अफ द म्याच )ले १०१ युरो नगद पुरस्कार हात परेका थिय । स्मरण रहोस बेल्जियम मा (मेन अफ द म्यच)को यो अबसर उनको दोस्रो थियो ।
पुरस्कार बितरणको कार्यक्रममा नेपाल बाट पाल्नु भयका संबिधान सभाका सदस्य श्री पासांङ शेर्पा ज्युको प्रमुख अथित्यमा सम्पन्न गरियको उक्त कार्यक्रममा श्री पासांङ सेर्पा ज्युले प्रमाण पत्र प्रदान गर्नु भयको थियो भने क्लवका आध्यक्षले नगद पुरस्कार र उपाध्यक्ष अनन्ता गुरुङ ले खाता ओढाउनु भयको थियो । अन्तमा भबिस्यमा यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने क्लवका अध्यक्ष मिन गुरुङ र उपाध्यक्ष यबं कोअडिनेटर सुर्य ढकाल ले बताउनु भयो ।


October 6, 2008

शुभकामना बिजया दशमीको

शुभकामना बिजया दशमीको

मन भरीका रहर ओठ भरी डुलुन
बसन्तको सुबास वरि परी घुलुन

जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो अंधेरो,अतिसारो यो
सदभाबका ज्योति बिभेद तरी झूलुन

मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन

आस्थाका देव देवी विश्वाशमा जागा छन
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो खुशी घरी घरी फूलून


आफ्नै कुरा ।

अघिल्लो हप्ता गुगलको google analytics मा एक नजर दौडाएको थिएं, जस अनुशार दौंतरीमा दैनिक सरदर करिव २०० भन्दा बढि पाठकहरुको आगमन हुंदो रहेछ ।

संसारभरी छरीएर रहेका नेपालीहरुको साझा ब्लग मात्रै नभई, दौंतरी कुनै पनि बाद, गुट वा विचारको समर्थन वा बिरोधको उद्देश्य नलीई केवल विचारको आदान-प्रदान गर्न शुरु गरीएको बल्ग हो यो । त्यसैले यो ब्लग वास्तबमै छोटो समयमै यौटा स्वस्थ र गालि-गलौज मुक्त ब्लग बनेर देखा पर्‍यो ।

घटना-दूर्घटना वा तोडफोडको समाचारलाई बढाई चढाई वा निहित स्वार्थ पूर्ती गर्न बङ्याई, टेङ्याई पस्केर गालि गलौजको भरपूर मसलाको छुट गरेर ट्राफीक बढाउने कार्य कहिल्यै गेर दौंतरीले—यो यौटा गौरवको बिषय लाग्छ मलाई ।

राजावादि देखि माओबादिसम्म सबैले आफ्नो विचार राख्‍न पाउन भनि शुरु गरीएको ब्लग भएकोले यसको स्वतन्त्रतामा कुनै शंका गर्नु वा यसलाई कुनै वादसंग समर्थीत भएको भनेर सोच्नु नितान्त गलत साबित हुनेछ ।

यो ब्लगर दौंतरीको शुरुवात देखी नै यसमा आफ्नो विचार र भावनाहरु राख्दै आईरहेको छ र यो कुरा पढ्दा सायद हाम्रा धेरै शुभचिन्तक पाठकहरुलाई अचम्म पनि लाग्न सक्छ कि यसमा लेख्‍ने हामिहरु मध्य धेरैको एक-अर्कासंग प्रतक्ष परिचय समेत छैन ।

विज्ञानको चमत्कारले कम पारीदिएको भौगोलिक दूरिका कारण यो सम्भब भएको छ, तर यहि यौटै तथ्यले पनि दौंतरी कुनै यौटा वादको पछाडि छैन भन्ने पनि पुष्टि गर्छ ।

त्यसो त अनलाईन आउने कमेण्ट र कहिले काहि परिचित मित्रहरुबाट पाईने ‘अफलाईन’ सल्लाह र सुझाबले हामिलाई आफ्नो कमी-कमाजोरी लाई न्यून गर्दै लान सहयोग पुर्‍याएको छ तर यसको अझ अधिक निरन्तरताको आशा गरेकाछौं हामिले ।

हुन त यसको हालको उपलब्धीमा रमाउन सकिने स्थिति आएको छैन तर सबै आ-आफ्ना पेशा र काममा लागेका र फुर्सदको समयमा आफ्नो मातृभूमि र भाषा –साहित्यको सम्झना र सेवामा लाग्ने र कोहि पनि प्रोफेशनल ब्लगर वा पत्रकार नरहेको यो चौतारीमा शुभ चिन्तक र पाठकहरुले देखाउनु भएको सदभावलाई हेर्दा र प्रतिदिन बढदै गएको आगन्तुक संख्याले हामिलाई निक्कै हौशला मिलेको छ ।

बल्गर र वर्डप्रेस जस्ता निशुल्क प्रदायकले सुलभ पारिदिएको अन्तर्जालका स्थान र नेपाली यूनिकोडको सरलिकरणले नेपाली ब्लगिङको दुनियामा पनि नौलो आयाम थपीदिएको छ र त्यहि हजारौं ब्लगको भिडमा दौंतरी आफ्नो अलग पहिचान सफल भएको छ । यसको लागी म दौंतरीको तर्फबाट सबै शुभचिन्तक पाठकहरु र ब्लगर साथिहरुलाई धन्यवाद दिन चाहन्छु र दौंतरीमा सबै क्षेत्रका व्यक्तिहरुको अझ शसक्त र सकृय भूमिकाको आशा गर्दछु।

कुरालाई छोटो पार्दा, आजका मितिबाट दौंतरी दोस्रो वर्षमा प्रवेष गरेको छ र यस अबधिमा दौंतरी सरदर एक हप्तामा ८ वटा भन्दा बढि ब्लग प्रस्तुत गर्दै विश्‍वभरि छरिएर रहेका धेरै नेपाली दाजुभाई र दिदी बहिनिहरुको माया पाउन पनि सफल भएको छ । यो सबै हाम्रा शुभ चीन्तक अन्य ब्लगर मित्रहरु र प्रबुद्ध पाठकका सल्लाह र सुझावले मात्रै सम्भव भएको छ। तसर्थ म दौंतरीका तर्फबाट समस्त बल्गर मित्रहरु र नियमीत सल्लाह सुझाव दिनुहुने सम्पूर्ण पाठकवर्गहरुमा कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

संसारभरि रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनिहरुमा विजया दशमीको हार्दिक मङगलमय शुभकामना सहित !



October 5, 2008

वैध-अवैधको सर्मनाक खेल

शेखर ढुङ्गेल
नेपालको एकमात्र जेठो र प्रजातन्त्र एवं मानवाधिकारको लागि संघर्ष गरेको राजनीतिक दल नेपाली कांग्रेस आफ्नो लक्ष्य हासिल गर्न सफल भए तापनि सदुपयोगिताको अपरिपक्वता हुँदा प्राप्त सफलता र स्थापित धरातलसमेत धराशायी हुन पुगेको छ । १७ साल अगाडिको दलभित्रकै गुटबन्दीले कमजोर बन्न पुगेको यथार्थतालाई कांग्रेसले शिक्षाको रुपमा लिन सकेन- २०४७ सालपश्चात् । दलभित्रकै गुटबन्दीले प्राप्त संविधान व्यवस्थाको अन्त्य हुनपुग्यो । स्थापनाको सैद्धान्तिक नीतिमा विचलन आयो र दलकै अस्तित्व रक्षाको लागि चिन्ता गर्नुपर्ने अवस्थ्थामा कांग्रेस आएको छ । जनताले ससम्मान उच्च स्थ्थानमा पुर् याएका हुन् देशको साँचो सुम्पिएका हुन् नेपाली कांग्रेसलाई । तर ऊ त्यसको सम्मान सदुपयोग गर्न असफल भयो- आन्तरिक चरम विवादमा फसेर । प्रसङ्ग विभिन्न् उद्देश्य र बहानामा विदेश पुगेका विषेश गरी अमेरिका र बेलायतमा कांग्रेस समर्थकहरुका नाममा भैराखेका कथित वैध र अवैधको स्तरहीन विवादको हो । यसको प्रचार-प्रसारले कांग्रे्रस मात्र नभै निस्वार्थ रुपमा यो दलको भलो र प्रगति चाहने नागरिकहरु लज्जित भएका छन् । श्रद्धेय नेता स्व। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि दासत्वबाट मुक्ति पाउन भनी उद्घोष गरी अलग्गिएपछि विभाजित मानसिकताको घाउ दिनानु दिन घट्नुको साटो बढ्दै गएर स्वदेशमा मात्र नभै त्यो सिथिल अस्वस्थ बनाउने रोगले विदेशमा पनि नराम्रोसित गाँजेको देखिएको छ र मपाईंको यो असाध्य रोगले सर्वपक्षीय अहित गरिरहेको छ । अस्थिरता अव्यवस्थ्था अनैतिकता अक्षमताको एउटा पाटो बनिसकेको नेपाली कांग्रेसको छविलाई प्रजातन्त्र र मानवाधिकारको आवरणले ढाक्न नसक्ने बातावरण यस्ता विवादित चर्तिकला बनाउँदै लगेका छन् । त्यस्तै वातावरणमा पिल्सिल्सएर दल देश व्यवस्थाले केही दिएन भनी चप्पल ठटाएर विदेशिएका कथित खाँटी कांग्रेस भनाउन चाहने युवाहरु भर्खर अलिअलि बाक्लिंदै गएको नेपाली समाजमा विभाजनको दूषित रेखा कोर्न तम्सिनु जायज एवं बुद्धिमानी हो कि होइन भनी छुट्याउन असफल देखिएका छन् । त्यसमा पनि म वैधानिक अवैधानिक देख्ने दृष्टिभ्रमको असाध्य रोगले विशेष गरी अमेरिका र बेलायतमा संक्रमणकै रुप लिएको प्रमाण स्वरुप पत्र-पत्रिकामा आरोप-प्रत्यारोपका श्रृंखलाको प्रकाषणबाट देखिन्छ । त्यसका साथै विभिन्न कार्यक्रमको बहानामा आ-आफ्ना पहुँचका नेता बोलाउने हनुमान बनी भक्ति देखाउने होडबाजी र विवाद नेताले आफ्ना कार्यकर्ता सहायक बनाई लेराई तत् तत् देशमा छोडिजाने अनैतिक पदीय गरिमा प्रतिकूलका कार्यका समाचारले त झनै बेइज्जत गराउँदै लगेको छ । बेलायतमा हालै दलका कार्यवाहक अध्यक्ष सुशील कोइरालालाई बोलाउँदा भएको खर्चका बारेमा अनियमिताको आरोप निलम्वनजस्ता सर्म्रनाक समाचार त्यसको खण्डनमा अर्को समाचारहरुले यस्ता कांग्रेस सम्पर्क समितिहरुको नियत पनि पर्दाफास भएको छ । सुशील कोइरालाको बारेमा अमेरिका भ्रमणका बेला प्रकाशित समाचार सुजाता कोइराला समेतले मानिससित पैसा लिई विदेश पठाउने गरेको भन्ने समाचार सम्प्रेषण गरेर स्वयं कांग्रेसहरु एकले अर्काको पोल खोल्दै नङ्ग्याउने गरिराखेका छन् । अझ एकले अर्कोको विरोधमा निकालेका व्यक्ति-व्यक्ति र समूहका प्रचारबाजीले यी दुबै पक्ष झट्केला सावित भएका छन् । स्मरण रहोस् झट्केलाले घरको इज्जत होइन आफ्नै स्वार्थ मात्र देख्दछ र खोज्दछ अनि त्यहाँ अशान्ति र मुद्दाहरु हुन्छन् । यिनीहरुका आरोप-प्रत्यारोप देख्दा भारतमा रेलको यात्रा गर्दाको दृश्य सम्झना आउँछ । के देखिन्छ भने खेतमा पुरुष हुन् कि महिला मुख छोपेका हुन्छन् तर तल नाङ्गै- त्यस्तै हाल छ यिनीहरुको विवादको । पार्टीको केन्द्रीय नेतृत्व त्यतिकै हास्यास्पद निर्णय गर्दछ- कसैलाई समर्थन र कसैलाई विरोध गरेर अमेरिकाको कानुनअनुसार विदेशको दलीय राजनीति यहाँ गर्न छुट छ कि छैन मलाई ज्ञान त छैन तर कुनै उद्देश्य राखी कानुनी दायरामा दर्ता भै राजनीतिक कि्रयाकलाप गर्न विदेशी राजनीतिक दलले उर्दी र निर्देशन जारी गर्नु कानुन संगत छ कि छैन गम्भीर सवालप्रति बेवास्ता गरिएको छ । नेपालको कानुनअनुसार दर्ता भएका राजनीतिक दलका समर्थकहरुले अमेरिकामा बेलायतमा राजनीति गर्न पाउँछन् कि पाउदैनन् स्पष्ट हुन जरुरी छ कि छैन कथम् कदाचित नेपालको राजनीतिक दल िहंसात्मक गतिविधिमा जातीयता क्षेत्रीयताका लडाईँमा संलग्न भए भने ती दलका समर्थनमा विदेशमा राजनीति गर्नेहरुलाई ती देशको कानुनले कस्तो हैसियतामा राख्ला ?आफ्नो घर-परिवार जन्मभूमि छोडी केही गर्ने उद्देश्य लिई आएका र यी देशका राजनीतिक वातावरण व्यवहार बुझिसके पछि पनि नेता बोलउने राजनीतिक गतिविधि गर्ने ती नेताबाट हुनुमानको प्रमाणपत्र लिने काम गर्नुभन्दा बरु त्यहाँ खर्च हुने बराबरको रकम देशका मुखभरी बाढी माओवादी पीडित आफ्नै दलसमर्थक गाउँ गाउँका दुःखीहरुलाई दिएमा के इज्जत घट्दछ आखिर श्रद्धेय नेता बी।पी। ले केही निर्णय गर्नुपर्दा देशको माटो र गरिब जनताको अनुहार सम्झनु भन्नु भएको थियो नि होइन र एक त सानो नेपालीको समूह त्यसमा पनि को कुन ग्रुपको कांग्रेस र अरु को को भन्ने खोजी गुटबन्दी र विवादले सानातिना नितान्त साँस्कृतिक सामाजिक र सामूहिक कार्यक्रममा समेत भाँजो हाल्ने काम यस्ता सम्पर्क समितिमार्फत् भैराखेको गुनासो सर्वत्र छाएको छ । आ-आफ्ना पक्षको मानिसको सिफारिस र छनौट गर्नेजस्ता निकृष्ट काम विदेशी भूमिमा आइपुगेर पनि नछोड्नु विडम्बना नै भएको छ । राजनीति गर्ने रहर भएकाहरु कि त स्वदेश जानु कि त सक्ने दक्षता योग्यता भएकाले जो जुन देशमा वा शहरमा छ त्यही देश र कानुनी दायरामा त्यही देशको राजनीति गरे त सबै नेपालीले सगौरब सहयोग पनि गर्दथे नेपालीको एकतामा पनि सहयोग पुग्ने थियो कि ?
अन्तमा यो लेख पढेर कांग्रेस समर्थकको नाममा खरानी घस्नेहरुको धमिलो आँखाले यो पक्तिकारलाई कुनै पदवी दर्जा नदिनु होला म एक मात्र प्रजातन्त्र स्थायित्व मानवाधिकार स्वतन्त्रताको लागि बिनाझण्डाको स्वतन्त्र नागरिक हुँ ।

दौंतरीमा १ बर्ष

सर्वप्रथम त शुरु भइसकेको दशैको लागी संपुर्ण मित्र बन्धू, दौंतरी शुभेछ्छुकहरुमाझ शुभकामना टुक्राउन चहान्छु। संयोग नै मान्नु पर्दछ, दौंतरी शुरू भएको पनि अक्टोबर ७, मंगलबार १ बर्ष पुग्दै छ। पोहोर साल दौंतरी शुरूहुदा खेरीका प्राय साथीहरु त अझै पनि सक्रिय हुनुहुन्छ। त्यसैले सक्रियनै हुनु भइरहेका साथीहरु र पछि जुट्नु भएका साथीहरु माझ दौंतरीमा आफ्नै गनथन बाढ्न चहान्छु।
दौंतरी साथिहरुकै उर्जाले खोलीएको र साथिहरुकै उर्जाले चलिरहेकोले दौंतरीलाइ सधै संपुर्ण मित्रहरुले आफ्नै ब्लग सम्झिनुहुन आग्रह गर्दछु। जब संचार जगतमा भक्तीभावको गिता मात्र पाठ भएको महशुस गरियो र स्पष्ट बिचार राख्नेको कलम खोसिएको महशुस भयो, तब स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ भनेर दौंतरीको उदय भयो। ब्लगको सुन्ना अनुभव भएको मैले दौंतरीको बागडोर समातेको थिएं। थुप्रै उत्तम नेपाली ब्लग तथा राम्रा नेपाली संचार वेवपेजहरु स्थापित भइसकेको अबस्थामा एक महिना जती निकै न्युन ब्यबस्थापनमा बल्ग चल्दा निकै हिनताबोध भएको थियो। पेजलाइ स्तरीय बनाउनु र स्तरीय बिचार प्रकाशन गर्नु चुनौती त छदैछ, वेब पेज ब्यबस्थापनको राम्रो ज्ञान नहुनुले निकै कठिन मोडमा पुर्याएको थियो भने ब्लग समाग्रीको कहिले कांही अभाव हुदा कनि कुथी म आफैले नि पान्ना भर्ने काम गरेको थिए। तर समग्रमा एक बर्षलाइ हेर्दा सबै दौंतरीले मित्रहरुको प्रशस्त माया पाएको छ भने स्तरिय लेख र रचनाहरु निरन्तर प्रकाशन भइरहेका छन तथा प्रावाधीक सहयोग पनि प्राप्त भइरहेको छ।
दौंतरी सबै माझ पुराउन जोड गर्दा थुप्रै मित्र तथा संस्था बाट निकै सहयोग मिलेको थियो भने कुनै साइटमा दौंतरी शब्द नै सेन्सर हुन पुगेको थियो। एक दुइ पटक त गालि भरिएका पत्रहरु र कमेन्ट पनि प्राप्त भएका थिए। नेगेटिभ बारे कुरा गर्दा केही मित्रहरुलाइ दौंतरीमा लेख्न हतोत्साहित पनि गरिएको मैले भेटाए। तर मलाइ लाग्दछ कलम कैले पनि तरवार संग झुक्दैन र स्पष्ट बिचार कहिले पनि कैद हुने छैनन। हुन त एउटै इभेन्टलाइ बिभिन्न कोणबाट हेर्नेहरु भेटीन्छन। हाल सालै भएको प्रचण्डको अमेरीका भ्रमणाइ कसैले पारिबारीक भ्रमण भने तथा कसैले इतिहासकै सानो र चुस्त टोलीको रुपमा चित्रित गरे। यो भ्रमण बिगतमा भएका भन्दा निकै उत्पादक भनेर ब्याख्या गरियो भने कसैले सयौं मुलुकका राष्ट्र प्रमुखको मेलामा प्रचण्डले पनि मेला भरेको स्पष्टाए। संयुक्त राष्ट्र संघको भ्रमणलाइ यसरी हेरीन्छ भने कतिपय महत्वपुर्ण कुराहरुलाइ सहि र खुला बिचारले सधै सप्ष्ट पारिनु नेपालीहरुको लागी सधै खांचोको कुरा पर्दछ।
जहिले पनि समुहको उर्जा समेटेर हिड्दा त्यो उर्जा समुहमै हराउने सम्भावना उत्तिकै हुन्छ। त्यो मलाइ सबैभन्दा ठुलो डरको बिषय थियो। केही मित्रहरुले त्यस्तै अनुभव सुनाउनु भएको थियो र बिचमा केही सक्रिय साथीहरु नपाउदा म पनि दौंतरीको त्यही नियती हुन्छ कि भनेर निकै अत्तालिएको थिए। तर केही मत्रहरुको निरन्तर सक्रियताले पुन साथिहरुका सहयोगी हात दौंतरीमा आइपुगे। मैले ब्होरेका १ बर्षका समस्टिगत अनुभव यिनै हुन। तपाइहरुका अनुभव, अपेक्षा आदी के छन त्यो पनि बाड्नुहोला। दौंतरी स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ सधै भइरहोस।


अलमलियको प्रदेसी

purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।

बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।

दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।

नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।

धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।

समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।

नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।

बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।

तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।

पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।



October 3, 2008

दौँतरीलाई जन्म दिन र दशैँको बधाइ र शुभकामना !

ख्याल ख्यालमा नचिनेका साथीहरूसंग
दौँतरीको पिर्ति कोरेको वर्ष दिन हुन थालेछ,
दौँतरीको यस पटकको पिर्ति संयोगले
दशैँको महाअष्टमीको पवित्रतामा फुलेछ

हरेक यात्राहरू , एक कमजोड पदचापबाट शुरू हुन्छन्
विशाल नदीहरू, चट्टान फोरेर निरिह निसृत बहन्छन्
तर पनि नदीको विशालता महासागरको सांक्षी छ
यात्राका पाइलाहरू अन्तरिक्षमा अनुवाद बन्छन्

कलमहरू श्वरमा अनुवाद हुँदा, निर्भिक बन्न सक्नु पर्छ
स्वतन्त्रता अनि मानवातका पक्षमा अडिग अड्नु पर्छ
निरंकूशताको गन्धे प्रदषणको नाडी छाम्न सक्नु पर्छ
छल-कपट र बैमानी चालहरूको पद आहट चिन्नु पर्छ

आक्रान्त छौँ हामी , ढोंगी बुद्दको आवरणमा युद्द बोकेकाहरू संग
नक्कली मसिहाको आवरणमा हिंसाको खेती गर्नेहरू संग
जनताको नाममा जनतालाई जन्तु भएको ठान्नेहरूसंग
मेरो लागि केही गरेको दावामा केवल आफ्नो भण्डार भर्नेहरूसंग

इतिहास सांक्षी छ , कोकोहोलो लगाउनेहरूको भीड हामीले देखेका छौँ
आँफ्ना सबै सुकर्म अनि अरू सबै कुकर्मको रट पटक पटक पढेका छौँ
उनकै पछि हिँड्नेहरू जनता हुन् , अरू सबै पराइ भएपछि,
आफ्ना र अरूको भेदमा हामी जनताको सदैव भएकै हो दूर्गति

झूट र भ्रमको यो बाली इतिहासका गराहरूमा सदैव फस्टाएको छ
अतितभन्दा हिजो र आजमा यो प्रवृत्ति झ्याङ्गिँदै झन मौलाएको छ
अत: निरन्तर गोल पोष्टतर्फ मिल्क्याइँदो भकुण्डो हामी बनाइएका छौँ
अन्धकारमा अनुहार आँकलनको यो विडम्बनामा उल्लू जो बनाइएका छौँ

हे कलमहरू , अन्धकारको यो भ्रममय पर्दाको विन्यास गर्ने बेला आएको छ
अनुहार र दावाहरूमा भन्दा नियत त उद्देश्यको तस्वीर खिच्ने बेला आएको छ
शुरुवात त कहीँबाट हनैपर्छ, त्यो म आँफैबाट प्रस्थापन आज प्रस्थापन गर्नुपर्छ
अक्षर अक्षर अभिव्यक्तिको 'दौँतरी' बनेर श्‍वरको खेतीमा कलमको उद्‍घोष छर्नुपर्छ।


जय दौँतरी ! जय दशैँ ! जय होस् मित्रहरूको !



-एकलव्य


October 2, 2008

गजल - दशै

दौतरीका दौतरीहरुलाई बिजया दशमीको मंगलमय शुभकामना
सहित यो दशैको गजल पेश गरेको छु
रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस


October 1, 2008

दशै आयो, खांउला पिउंला

चाड पर्व बर्ष भरी गरेका दु:ख भुलेर परिवार, नाता गोता संग खुशीको समया बिताउने क्षण हो। दशै नेपालीको लागी त्यस्तै चाड हो। यस अवसरम एक आपसमा शुभकामना साटा साट गर्ने, अनेक किसिमका रमाइलो गर्ने यस्तै आदी गरेर समय बिताइन्छ। हुन त नेपालमा अहिले इतिहासकै काल घडिमा बिती रहेको छ, के को टिका लाउनु, यस्तै अनुभुती हुन्छ कहिले कांही। नेताहरुले छक्काउदा छक्काउदै अहिले संबिधानको ललिपप दिएर जनतालाइ राखेका छन। सामानमा कम्पिटिसन भए ग्राहाकलाइ फाइदा हुन्छ तर नेपालमा धेरै पार्टी भए पनि जनता नै सस्ता भएका छन। तर पनि बर्ष दिनको चाड, पुर्खाले दिएको उपहार, हाम्रो संस्क्रिती धान्नु नै पर्दछ। आफ्नो मौलिकता जोगाउनु भनेको आफ्नै आत्मसम्मान गर्नुहो।
यस्तै अबसरमा दौंतरीबाट शुभकामना साटासात गर्दा बिभिन्न खाले शुभकामना प्राप्त भएका थिए। केहीलाइ तपाइहरु समक्ष बाढ्न चाहान्छु।
-----------------दौतरी लाई मेरो शुभकामना--------
purushottam subedi beljiyam
दु:खमा होस वा सुखमा मेरो दौतरी संग
म सधैं सधैं साथ दिने दौतरिको पनि दौतरी
बुढै भय पनि जोस थपी दिने मेरा दौतरी हरु संग
हातमा हात मिलाई यस मानव रुपी जिवनमा
दौतरिको भिडमै रमाउन चाहन्छु । मेरा जोडीहरु संग
म जहाँ भय पनि बेखबर रहने छैन । मेरो एउटा सुझाब
दौतरी लाई -माइ संसार को जस्तो चकारेर गाली गर्ने लेखक हुन
वा कम्मेन्ट कर्ता त्यस्तो लाई जगा दिनु दौतरी को अपमान हुनु हो भन्ने
सुझाब दिदै मेरा दौतरी परिवार का साथै संसार भरका दौतरी प्रेमीसबै दौतरी लाई
बिजया दशमीको हार्दिक मंगलमय शुभकामनाका साथै उत्तरोत्तर प्रगतिको थप शुभ कामना टक्र्याउडछु धन्यवाद ।।
----सुसन न्यौपाने, रामबाबु तथा साथीहरु----
HAPPY VIJAYA DASAMI 2065 विजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभकामना !शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने किहले बन्द नगर्नू । बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई दिदी बहिनी अनि दौतरी परिबारमा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु। -


September 30, 2008

यसपाली दशैं छैन!

परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले,
खसी काटेर बर्ष दिनको खुशी मनाउन्न काइदाले,
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर,
आँगनै भरी फुलेका,
हास्न भुलेका ,
नाती नातीनी संग खेल्दै,
जीवनको उत्तरार्ध पनि भुल्दै,
काइला रम्दै थिए,
काइला जिम्दै थिए।

साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी,
धेरै दु:खले किनेको खसी,
चन्दा धन्दा गर्नेले,
दण्डा देखाउदै मागे,
काइलाले खुशी फर्काउन मानेन,
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु?
काइला आँफै काटिए ।
यसरी दशैंदशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस

गाम मा दशैं छैन,
यता टिका पनि,
जमरा पनि,
न लागा भन्ने उर्दी जारी हुन बेर छैन,
बिना वर्दी भारी हुन बेर छैन।

मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा,
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।



September 29, 2008

जय दुर्गे !

Durga2 श्रोह्र श्राद्धको समाप्तिसंगै हिन्दू धर्माबलम्बीहरुकालागी एकदमै पवित्र र महत्वको पर्व शुरु हुन्छ। असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा धुमधाम संग मनाईने यो यो कालरात्रीलाई बोलीचालीको भाषामा हामी नवरात्री पनि भन्छौं ।

यस पावन अवसरमा माता नवदुर्गाको आराधना गरिन्छ। यो नौ दिनमा माताको नौ रुप अर्थात:

१‍) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघंटा ४) कुष्मांडा ५) स्कंधमाता ६) कात्यायिनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री को आराधना गरेमा यस लोक र परलोक दुवैमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा घर-घरमा कलश स्थापना गरेर यो आराधनाको शुरुवात गरिन्छ । साथै कलशको वरिपरि वा घरको पूजाकोठा वा पवित्र स्थानमा जौ छरेर जमरा रोपिन्छ । यो पवित्र जमरा दशौं दिन अर्थात विजया दशमिको दिनमा मातको प्रसादको रुपमा टिका संगै शिरमा लगाउँदा माताको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

शास्त्र र पुराणका अनुशार : भगवान रामले दुर्गा सहित शस्त्र पूजा गरी शक्ति संपन्न भई दशमीको दिनमा रावण माथी विजय प्राप्त गर्नु भएको थियो। र त्यसै बेलादेखी नवरात्रीमा शक्ति एवं शस्त्र पूजा को परम्परा कायम भयो ।

त्यस्तै अन्य केहि मान्यताका अनुशार इंद्र भगवानले यहि दशमिका असुरहरु माथी विजय प्राप्त गरेका थीए। महाभारतको युद्ध यसै दिन प्रारंभ भएको गाथा पनि छ भने पांडवहरु आफ्नो गुप्तवास पश्चात यसै दिनमा पांचाल आएका थिए। त्यस्तै अर्जुनले पनि यहि दिनमा द्रौपदीलाई स्वयंवरमा प्राप्त गरेका थिए भन्ने कथन पनि छ ।

प्रसंगहरुलाई जे जस्तो गरी जोडे पनि वा बयान गरे पनि वास्तबमा यो विजयको उत्सव हो र यस उत्सवले असत्य माथि सत्यको जित हुने दर्शाउँछ ।

अन्य समयमा गरीएको आराधना र शाधना भन्दा यो समयमा छिट्टै सिद्धि र सफलता मिल्ने आस्थाका कारण यस समयमा माता दुर्गाको विशेष पूजा-आराधना गरिन्छ।

भिन्न भिन्न लक्ष वा कामना पूर्ण गर्नको लागी माताको भिन्न भिन्नै मन्त्र वा श्लोकले माताको आराधना गरिन्छ। आउनुहोस हामि पनि जानिराखौं के का लागी कसरी माताको आराधना गर्ने:

विपत्ति नाश को लागी: शरणागतदीनार्थपरित्राण परायणे। सर्वस्तयार्तिहरे देवि नारायणि नमोऽस्तुते।।

शत्रु नाशको लागी: सर्वाबाधाप्रशमनं त्रैलोक्यस्या‍‍‍खिलेश्वरी। एवमेव त्वया कार्यमस्मद्‍वैरी विनाशनम्।।

सर्वबाधा निवारणको लागी: सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वित:। मनुष्यों मत्प्रसादेन भविष्यति न संशय।।

भक्ति प्राप्तिको लागी: नतेभ्य: सर्वदा भक्त्या चण्डिके दुरितापहे। रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।।

मोक्ष प्राप्तिको लागी: त्वं वैष्णवो शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमासि माया। सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भुवि मुक्ति हेतु:।।

मंगल प्राप्तिको लागी: सर्वमंगमांगल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुऽते।

जे होस, संगारमा आईसकेको विजया दशमीले संसारभरि छरिएर रहेका सम्पूर्ण नेपालीको भलो गरोस र माता दुर्गाको कृपाले हामी सवैको कल्याण होस ।

म यहि पोष्ट मार्फत सबै ब्लगर मित्रहरु र दौंतरीका शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

"जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नामोस्तुते ।।"

जय दुर्गे !



September 28, 2008

राष्ट्रसंघको ६३ औं महासभामा प्रधानमन्त्रीको सम्वोधन

नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ, अध्यक्ष महोदय! सर्वप्रथम यस महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा तपाइँलाई बधाई दिने अनुमति चाहन्छु र आश्वस्त पार्छु कि मेरो प्रतिनिधि मण्डलको तर्फबाट तपाइँका जिम्मेवारीहरु पूरा गर्न पूर्ण सहयोग रहने कुरामा आश्वस्त गर्न चाहन्छु । म संयुक्त राष्ट्र संघका महासचिवलाई संयुक्त राष्ट्र संघको नेपालको परिस्थितिसम्बन्धी सकारात्मक भूमिका र विस्तृत प्रतिवेदनका लागि धन्यवाद दिन चाहन्छु ।

अध्यक्ष महोदय, संसारको सबैभन्दा नयाँ गणतन्त्रको प्रथम प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघको यस अगस्ट महासभामा सम्बोधन गर्न पाउनु मेरो निम्ति पूर्णरुपमा ऐतिहासिक अवसर हो । यहाँ विश्वभरिका नेताहरुसमक्ष उभिँदा मैले म र मेरो पार्टीले गरेको लामो संघर्ष जुन सत्ताबाट बाहिर पारिएका शताब्दीयौंदेखि दबाइएका बिाचत गरिएका र सीमान्तकृत सर्वसाधारणको मुक्तिको एकमात्र उद्देश्यद्वारा साचालित थियो को बारेमा सोचिरहेको छु । मेरो देशका पहाड र उपत्यकामा रहेका मैदानी भाग र शहरी क्षेत्रमा रात दिन काम गरिरहेका महिला र पुरुष अझै पनि जीवनका सामान्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन् र उनीहरु र उनीहरुको परिवारको लागि एक दिन बराबर अधिकार र अवसरहरुको प्रयोग गर्दै राष्ट्रको सम्मानित नागरिकको रुपमा बाँच्ने दिन आउने छ भन्ने आशा गरिरहेका छन् ।

हामी इतिहासको अत्यन्त महत्वपूर्ण ऐतिहासिक राजनीतिक परिर्वतनको मोडमा उभिएका छौं । र म र मेरो पार्टी सकारात्मक ऐतिहासिक परिवर्तनको नेतृत्वकर्ता भएकोमा गौरवान्वित छौं । आज म सुदूर पश्चिमको दलित केटाको आँखामा पूर्वका दबिएका आदिवासी जनजाति महिला घरविहीन थारु महिला भूमि विहीन मधेशी र पहाडका झुप्राहरुमा बसिरहेका किसानहरुको आँखामा चम्किरहेको आशा देखिरहेको छु । म उनीहरुलाई विश्वास र जिम्मेवारीका साथ दिगो शान्ति र समतामूलक प्रगतियुक्त नयाँ नेपालको यात्रामा लैजान चाहन्छु । त्यसकारण मसँग यस अगस्ट महासभामा नयाँ संघात्मक लोकतान्त्रिक गणतान्त्रिक नेपालका जनता र सरकारको तर्फबाट प्राप्त अभिवादन र सदिच्छाबाट प्राप्त सम्मान र अवसर छ ।

एक दशक लामो सशस्त्र संघर्षपश्चात् नोवेम्वर २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई पछ्याउँदै यसैवर्ष अप्रीलमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । जनताले उत्साहका साथ मेरो पार्टीलाई मतदान गरे र ठूलो आशा र अपेक्षाका साथ मेरो पार्टीलाई संविधानसभाको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित गरे । पहिलो बैठकमा नै संविधानसभाले २४० वर्ष पुरानो राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गर् यो र पुरानो सामन्तवादी राज्य संरचनाबाट एउटा समावेशी र संघात्मक राज्य संरचना निर्माण गर्ने अवसर सिर्जना गर्‍यो। त्यो लामो समयदेखिको नेपाली जनताको चाहनालाई ध्यान दिएर गरिएको कार्य थियो । उनीहरुले परिवर्तन र रुपान्तरणको पक्षमा मतदान गरे जसको निम्ति मेरो पार्टीले वर्षौंदेखि संघर्ष गरेको थियो । ऐतिहासिक राजनीतिक परिवर्तनपछि अब हाम्रो एजेण्डा समानरुपले ऐतिहासिक सामाजिक र आर्थिक परिवर्तन गर्ने रहेको छ ।

आज मैले पुरै गौरवका साथ तपाइँलाई सूचित गर्नैपर्छ- हाम्रो संविधानसभा सबै सीमान्तकृत उपेक्षित जातीय समुदाय आदिवासी जनजाति दलित सुविधाविहीन र पिछडिएका क्षेत्र र समुदायका जनताको प्रतिनिधित्वयुक्त सर्वाधिक समावेशी प्रतिनिधिमूलक अंग हो । यो एक्काइसौं शताब्दीको पहिलो दशकको प्रतिनिधित्व विश्वका लागि ठूलो उदाहरण बन्नसक्छ । सरकार शान्ति सुरक्षाको पुनर्स्थापना गर्न, द्वन्द्व पीडित जनतालाई तत्काल राहत प्रदान गर्न, भ्रष्टाचारको तीब्र बृद्धिविरुद्ध लड्न, अति गरीव वर्गलाई लक्षित गरी आर्थिक राहतको प्याकेज कार्यक्रम लागु गर्न, पूर्वाधार निर्माण र सार्वजनिक निजी साझेदारी बृद्धि गर्न प्रतिवद्ध छ ।

सरकारले नेपाली जनताले लामो समयदेखि पर्खिरहेको नयाँ सामाजिक आर्थिक परिवर्तनको वातावरण तयार गर्न अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी सहकार्य गर्ने वातावरण बनाउनेछ । नेपालको शान्ति प्रकि्रया यसका विशेषताहरुमा मौलिक र वुहदलीय लोकतन्त्र समावेशी सहमतिमूलक संवाद र निर्णयकर्ताको रुपमा जनताको पहिचान स्थापित गराउने कुरामा आधारित छ । यो हाम्रो शान्तितर्फको सिर्जनात्मक सोंचको परिणाम हो र यसले कुनै पनि ठाउँमा शान्ति प्रकि्रयालाई सन्दर्भ सामग्रीको रुपमा सहयोग गर्न सक्छ ।हामी नेपालको शान्ति प्रकि्रयामा संयुक्त राष्ट्र संघको लगातार समर्थन र अझ विशेष गरी अन्मिनद्वारा गरिएको सेना तथा हतियार व्यवस्थापनसम्बन्धी कार्यको प्रशंसा गर्दछौं । संयुक्त राष्ट्र संघीय मिसन अन्मिन ले यसको जिम्मामा रहेका कार्यहरु राम्ररी पूरा गरेको छ । म यसलाई हाम्रा छिमेकी मित्र र दाताहरुलाई उनीहरुले नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संस्थागत विकासको पक्षमा पुर्‍याएको लगातार समर्थनका लागि धन्यवाद दिने अवसरको रुपमा लिन्छु । म उहाँहरुको यो समर्थन नेपाली जनताको उपेक्षाअनुरुप यसका विकास सम्भाव्यताहरु अघि बढाउन समेत कायम हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

अध्यक्ष महोदय, हामी देशभित्रको शान्ति प्रकि्रयामा अगाडि बढिरहँदा विश्वमा खाद्य संकट तेलको मूल्यमा बृद्धि र जलवायु परिवर्तनको खतराजस्ता नयाँ समस्याहरुले हामीलाई निहार्दैछन् । यी चुनौतीहरु हाम्रो सहस्राब्दी लक्ष्य हासिल गर्ने क्रममा समस्याको रुपमा उभिएका छन् । अल्पविकसित मुलुकका समस्या समाधान नगरिकन सहस्राब्दी लक्ष्य प्राप्त गर्न सकिने छैन । सन् २००० मा गरिएका सहस्राब्दी घोषणाका उच्च प्रतिज्ञा र २००२ को विश्व सम्मेलनमा विकासका लागि वित्तीय सहयोगको प्रतिज्ञा गरिएको थियो । ती मध्ये धेरै प्रतिवद्धताहरु अझै पूरा हुन बाँकी छन् र सहस्राब्दी विकास लक्ष्यका प्राप्तिहरु विश्वका गरीव जनतासमक्ष पुर् याउने काम अत्यन्त आवश्यक छ । आज संयुक्त राष्ट्र संघका एजेण्डाहरुले यी विकास चुनौतीहरु र अझ धेरै मुद्दाहरु जस्तो कि धार्मिक अतिवाद र आतंकवाद आणविक हतियार र आमसंहारकारी हतियारको बृद्धि लागु औषध मानव तस्करी र नक्कली मुद्राको कारोबारजस्ता संगठित अपराध देशभित्र र देशहरुको बीचमा द्वन्द्व मानवअधिकारको बढ्दो हनन् जातीय नरसंहार युद्ध अपराध र मानवताविरुद्धको अपराधजस्ता मुद्दाहरुको समाधान गर्नुपर्दछ ।

यो कुरा अझ बढी स्पष्ट छ कि यी विश्वव्यापी समस्याहरुको विश्वव्यापी समाधान चाहिन्छ । यस अवसरमा हामीले एकसाथ संयुक्त राष्ट्र संघका बडापत्रका उद्देश्यमा आधारित भएर एउटा दृष्टिकोण र रणनीति बनाउनु पर्दछ । संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तमा जस्तै एकपक्षीयता होइन वहुपक्षीयता नै यी समस्याहरुको उत्तर हो । नेपालजस्ता अल्पविकसित राष्ट्रहरु तिनीहरुको विकास प्रयासमा विशेष प्रकारका समस्याहरुको सामना गर्दैछन् । हामी गरीवीको दुसाध्य चक्रमा फसेका छौं । विभिन्न ऐतिहासिक कारणहरुले हामीसँग न्यून आर्थिक बृद्धिदर न्यून उत्पादकत्व अविकसित उद्योगहरु र परम्परागत कृषि प्रविधि छ । अवसर र सामाजिक सूचकांकको तल्लो तहको कारणले ती देशहरुमा लगातार द्वन्द्व र संकटहरु देखापरेका छन् । आज देशभित्र र देशहरुको बीचमा समेत धनी र गरीवबीचको बढ्दो अन्तरले आसन्न विनाशलाई संकेत गर्दछ । यो अमानवीय र अन्यायपूर्ण छ कि आजको प्राप्ति सम्पन्नता र प्रगतिको यो युगमा पनि उच्च तहको असमानता कायम छ ।

उत्तिकै महत्वपूर्ण कुरा के छ भने सम्पन्नताको ताप र गरीवीको समुद्र न त दिगो रुपले टिकाऊ छ न त विकसित देशहरुकै हितमा छ किनभने यसले तिक्तता र द्वन्द्वलाई वढावा दिन्छ र दीर्घकालीनरुपमा विकसित देशकै प्रगतिलाई समेत घटाउँछ । यो संयुक्त राष्ट्र संघको आधारभूत भावनाको समेत विरुद्ध छ । अल्पविकसित देशहरुको तीब्र संकटको अवस्था र त्यसको विशिष्ट प्रकृतिको कारणले म जोडदाररुपमा माग गर्छु कि अल्पविकसित राष्ट्रहरुलाई संयुक्त राष्ट्र संघले विशेष र केन्द्रित कार्यक्रमद्वारा अलगरुपमा हेरोस् । यदि न्यायिक र समावेशी विश्व निर्माण गर्ने हो जसको संयुक्त राष्ट्र संघले गर्वका साथ वकालत गर्छ अल्पविकसित राष्ट्रहरुलाई समर्पित समर्थन र सहयोग उपलब्ध गराउनुपर्दछ । हामी केवल अल्पविकसित मात्र छैनौं भूपरिवेष्ठित पनि छौं । हाम्रो विकास चाहनाको पूर्तिका प्रयासमा यो दोहोरो वेफाइदा हो । वास्तवमा विश्वव्यापीकरणका नकारात्मक असर र व्यापारको बढ्दो मूल्यले हामी अझ सीमान्तकृत भएको महसुस गर्दछौं । हामी यी असरहरुलाई कम गर्न विश्वव्यापी सम्झौताहरु अल्पविकसित राष्ट्रहरुको लागि ब्रसेल्स कार्यक्रम र भूपरिवेष्ठित राष्ट्रहरुको लागि अल्माटी कार्यक्रम पूर्णरुपमा लागु होस् भन्ने चाहन्छौं । विशेषरुपमा म हाम्रा विकसित मित्रहरुले अल्पविकसित राष्ट्रहरुको विकासको निम्ति उनीहरुको राष्ट्रिय आयबाट केही प्रतिशत छुट्याउन गरेको प्रतिवद्धता व्यापार सहुलियत ऋण माफी र उनीहरुको क्षमता बृद्धिमा सहयोगजस्ता प्रतिज्ञाहरु पूरा गर्नुपर्ने कुराको आवश्यकतामाथि जोड दिन चाहन्छु ।

हाम्रो सन्दर्भमा म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु कि नेपालले हाम्रो गरीवी न्यूनीकरण र गरीवका लागि शासनको नीतिमा आधारित कार्यक्रमहरु अघि बढाउनेछ ।

हामीले हाम्रा जनतालाई जलवायु परिवर्तनको बढ्दो समस्याबाट बचाउनुपर्ने आवश्यकता छ । उदाहरणको लागि हाम्रो देश नेपालको पनि हिमनदी पग्लने र मौसममा भइरहेको परिवर्तनले जीवन निर्वाह प्रणाली कृषिको दिगोपनामा कमी लगातार बाढी र पहिरोजस्ता जलवायु सम्वन्धित प्रकोपहरु देखा परिरहेका छन् । हिमालय श्रृंखलाले जीवनको निम्ति अत्यावश्यक पानी करोडौं जनतालाई उपलब्ध गराइरहेको छ । विश्वको छानाको रुपमा रहेको सगरमाथा र हिमालय श्रृंखलाको संरक्षण र उचित सदुपयोग गरेर समस्त मानवतालाई नै योगदान दिनुपर्ने आवश्यकता छ । त्यसकारण हिमालय क्षेत्रको महत्वपूर्ण वातावरण बचाउनका निम्ति आवश्यक सम्पूर्ण सहयोग गर्न म विश्व समुदायलाई जोडदार अपिल गर्दछु । हामीले साझा तर भिन्न भूमिका सहितको शासन स्थापना गर्नुपर्छ जहाँ विकसित राष्ट्रहरुले अल्पविकसित र संकटमा परेका राष्ट्रहरुको केही भार वहन गर्नुपर्दछ ।

मौसम परिवर्तनको समस्यालाई सम्बोधन गरेर नेपालको नवीकरणीय र शक्तिको स्वच्छ स्रोतको रुपमा रहेको जलविद्युतको ठूलो सम्भावनाबाट फाइदा उठाउन विश्व समुदाय तयार हुनुपर्दछ । यसका लागि विद्युत आयोजनाहरुमा लगानी निम्त्याउन र प्रोत्साहित गर्न नेपाल तयार छ । शान्ति न्याय लोकतन्त्र र विकासको वातावरण निर्माण गर्न विश्वव्यापी मानवअधिकारको प्रयोग अत्यन्त आवश्यक छ । लोकतान्त्रिक राष्ट्रको रुपमा नेपाल सबै परिस्थितिहरुमा आफ्ना जनताको मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्न प्रतिवद्ध छ । नेपाल मानवअधिकारको संवैधानिक र कानूनी ग्यारेण्टी गर्न र नेपाल पक्ष भइगरेका सबै अन्तर्राष्ट्रिय मानवअधिकारको पालना गर्न कटिवद्ध छ । सरकार दण्डहीनताको वातावरण अन्त्य गर्न कटिवद्ध छ । प्रस्तावित शान्ति तथा मेलमिलाप आयोगले शान्ति र न्यायको बीचमा आवश्यक सन्तुलन कायम गर्नेछ । यदि त्यहाँ न्याय कायम हुन्छ भने त्यसले शान्ति प्रकि्रयाको पनि संरक्षण गर्नेछ ।अध्यक्ष महोदयम प्रशन्न छु कि एशिया र प्यासिफिक क्षेत्र शान्ति एवं निशस्त्रीकरण क्षेत्रीय केन्द्र २० वर्ष पछाडि काठमाडौंबाट साचालित भइरहेको छ ।

यस अगष्ट महासभाले न्यूयोर्कबाट केन्द्रको कार्यालय काठमाडौं सारेकोमा म सबै सदस्यहरु यस क्षेत्रका राष्ट्रहरु महासचिव सचिवालयका अधिकारीहरु सबैलाई धन्यवाद दिन चाहन्छु । सम्वन्धित सबै राष्ट्रहरुको सहयोगले केन्द्रलाई सफल बनाउने कुरामा नेपालको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । वर्षौंदेखि शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ अभिन्नरुपले सहभागी हुने गरेको छ । यसलाई ध्यान दिएर नेपालले यसका शान्ति स्थापकहरुलाई लगातार रुपमा १९५८ देखि नै पठाइरहेको छ । अहिले हामी संयुक्त राष्ट्र संघमा नेपाली शान्ति स्थापकहरुको सहभागिताको पचासौं वार्षिकी मनाइरहेका छौं । यसलाई म विश्वव्यापी शान्ति प्रक्रियामा नेपालका शान्ति स्थापक सैन्यहरुको लगातार सहभागिता रहने प्रतिवद्धता दोहोर् याउने अवसरको रुपमा लिन्छु । नेपाल संयुक्त राष्ट्र संघको शान्ति प्रक्रियामा सेना र प्रहरी उपलब्ध गराउने पाँचौं ठूलो देश हो । हामी प्रशन्न छौं उनीहरुले आफ्नो व्यावसायिक दक्षता र प्रदर्शनको लागि देशभित्र र विदेशमा पनि सम्मान प्राप्त गरेका छन् । हामी यसलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हाम्रो मुख्य योगदानको रुपमा लिन्छौं । हामीले राष्ट्रिय मानवअधिकार आयोगलाई मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्नसक्ने गरी बलियो बनाउने काम जारी राख्नेछौं । यो कुरा स्पष्ट छ कि नेपालमा शान्ति सम्झौतामा हस्ताक्षरपश्चात् मानवअधिकारको अवस्थामा सुधार हुँदै आएको छ ।

अध्यक्ष महोदय, केही समय अगाडि मात्र विश्व व्यापार संगठनमा प्रवेश गरेको अल्पविकसित राष्ट्र हुनुको नाताले दोहा विकास योजनाका एजेण्डाहरुका ठोस प्रगतिमा भइरहेको कमीप्रति नेपाल गम्भीर चासो राख्छ । विश्व व्यापार संगठनको प्रुेमभित्र वहुपक्षीय व्यापार सम्वन्धका अवसर प्रयोग गर्ने काममा अब ढिलाइ गर्नुहुन्न । अल्पविकसित राष्ट्रका सबै व्यापारिक उत्पादनहरुलाई भन्सार र कोटामा सबै मुख्य राष्ट्रहरुले छुट उपलब्ध गराउनुपर्दछ । त्यसको साथै अल्पविकसित राष्ट्रहरुका सामानको उत्पत्ति र आपूर्तिमा उपयुक्त नियमहरु बनाइनुपर्छ । त्यसरी मात्र दोहा बैठकलाई विकास बैठकको रुपमा बदल्न सकिन्छ । अल्पविकसित राष्ट्रहरुलाई विश्व व्यापारसँग एकीकृत नगरिकन कसरी विश्व व्यापारलाई दिगो समानतायुक्त र समावेशी बनाउन सकिन्छ मलाई थाहा छैन । त्यस्तै गरेर अल्पविकसित देशहरुलाई व्यापारको लागि बढी सहयोग र व्यापार सरलीकरणका उपायहरु दिनुपर्छ जसले उनीहरुको व्यापारिक क्षमता बृद्धि गर्न सक्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको क्षेत्रमा देखापरेका ठूला चुनौतीहरु सामना गर्न संयुक्त राष्ट्र संघमा सुधार र लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता छ । र यसले विश्वको वर्तमान यथार्थ प्रतिविम्वित गर्न सक्नुपर्छ । हामीले विश्व संस्थालाई विश्वव्यापी समस्या समाधान गर्न आवश्यक मात्रामा विश्वसनीय वैधानिक सक्षम र प्रभावकारी बनाउनैपर्छ । म यसलाई संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्यप्रति नेपालको उच्च विश्वास र प्रतिवद्धता दोहोर् याउने अवसरको रुपमा लिन्छु ।

नेपाली जनता र सरकारको तर्फबाट म विश्वका समस्याहरु समाधान गर्न सदिच्छा सहयोग र पारस्परिक एकताका आधारमा संलग्न हुने प्रतिवद्धता जनाउँछु जसलाई हामीले नेपालको परराष्ट्र नीतिको अभिन्न अंगको रुपमा लिएका छौं । नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ । जसमा संयुक्त राष्ट्र संघ विश्वास गर्छ । त्यसकारण यहाँको भेलालाई सम्बोधन गरिरहँदा मलाई संयुक्त राष्ट्र संघको सम्पूर्ण उद्देश्य आदर्श र ती आदर्शको बीचको अन्तरसम्बन्ध र हामीले हाम्रो देशमा प्राप्त गर्न खोजेको आर्थिक सामाजिक र राजनीतिक परिवर्तनको सम्बन्धमा विशेष अनुभूति भएको छ । सींगो विश्व परिवारको रुपमा सामूहिक र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै हाम्रा साझा उद्देश्यहरु प्राप्त गर्न सफल हुन सकौं ।

धन्यवाद !।



September 27, 2008

हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता

माओवादी जनयुद्दले  नेपालका गाउँघरमा त्रासदि मच्चाएका बेलाको  कुनै समयमा तेह्रथुमको म्याङ्लुङमा एउटी कलेज पढ्ने केटीले जिन्सको पाइण्ट लगाएको र कपाल काटेर छोटो पारेको आरोपमा ती छात्रालाई, त्यतिबेला जनताको यु्द्द लडेका भनिएका माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले कार्वाही गरेको थियो । बेलाबेलामा हाम्रा क्रान्तिकारी तथा राष्ट्रवादी समूहहरूबाट यो र यस्तै खालका घटना देशव्यापी रूपमा घटाउने र चर्चामा आएर सेलाउने गरकै हुन् त्यतिबेला । यस घटनामा कारवाही स्वरूप ती अभागी वालाको  कपाल पूर्ण मुण्डन गरिएको  थियो र उनको जिन्सको पाइण्टलाई छिया छिया पारेर बेइज्जति गर्दै बजार घुमाइएको घटना समेत त्यतिबेला समाचारको विषय बनेको थियो । .........  तर समयको गति न हो ,क्रान्तिकारिताको यो स्वरूपमा अहिले आएर १८० डिग्रिको परिवर्तन आइसकेको छ , किनभने ब्वाइज कट काटेको कपाल र जिन्सको पाइण्ट लगाएर माओवादीकी एकजना शिर्षस्थ महिला मन्त्री हिसिला यमीले आफ्नो पद तथा गोपनियताको शपथ दुई तीन पटक ग्रहण गरिसक्नु भएको छ। त्यस्तै पम्फा भूसालले पनि गरिन् क्यारे  । त्यसकारण, मन्त्राणी स्वयंले औपचारिक अनुमोदन गरिदिएको त्यो पहिरन र आवरण अब विवादको वस्तु नरहेको हुनसक्छ ।


तर नया नेपालमा नेपाल सुन्दरी ( मिस नेपाल ) प्रतियोगिता  हुन दिने कि नदिने कुरा सर्वथा विवादमा रहिआएको छ र हुन नदिने भन्ने पक्षका हर्ताकर्ता माओवादीहरू सत्तामा पुगेपछि भने मिस नेपालका आयोजकहरूको जागिर र जाँगर दुवै झन निरिह बन्न पुगेको छ । सुनिएको छ हिडन ट्रेजर नेपाल भन्ने संस्थाले आयोजना गर्ने मिस नेपाल प्रतियोगिता हालैका मितिमा आइपुग्दा  हुनबाट छैटौँ पटक रोकिएको छ । यो प्रतियोगिता हुन दिने र नदिने पक्षका आ-आफ्ना तर्कहरू पक्कै छन् । यसको विरोधमा न्वारानदेखिको बल खर्चिनेहरूका अनुसार यस्तो प्रतियोगिताले महिलाहरूको मानमर्दन गर्छ र महिला अस्मिताको बिरूद्द उनीहरूको बजारीकरण गर्दै अवमूल्यन गर्छ । अनि सञ्चालकहरूले प्रतियोगिताको नाममा सुन्दरी कन्याहरूलाई गर्नु नगर्नु गरेर लाभ लिन पनि सक्छन् र यसले समग्र नारी अस्तित्वको बजारमा लिलामी गर्छ । अत: महिला अस्मिता बिरूद्द गरिने यस्तो पूँजिवादी कर्तूतबाट जोगाउन , मिस नेपाल जस्ता प्रतियोगिता सञ्चालन रोक्नुपर्छ ।

उता सुन्दरी प्रतियोगिता हुनुपर्छ भन्नेहरूको पनि त्यति बडेमानको माग केही छैन । संसारभरि लगभग ( उत्तर कोरिया र मुसलमान मुलुकको भने थाहा भएन ) जतासुकै हुने र गरिने यस्तो प्रतियोगिता नेपालमा मात्र रोक लगाएर केही राम्रो हुने हैन भन्ने उनीहरूको भनाइमा असहमत हुनुपर्ने कुरा पनि केही छैन । यसका पक्षधरहरूका अनुसार सुन्दरता नारीहरूको पहिलो सम्पत्ति हो , र बाह्य र आन्तरिक सुन्दरताको प्रष्फुटन र प्रतिष्पर्धामा भाग लिने अवसरबाट बञ्चित गर्ने कुनै पनि कार्य अलोकतान्त्रिक त हुँदै हो , यसले महिलाको न्यूनतम् मानव अधिकार माथि पनि धावा बोल्छ भन्ने कुरा पनि साँचो नै ठहर्छ । अरू प्रतिस्पर्धाहरू जस्तै उमेर पुगेका सुन्दरीहरू तँ भन्दा म के कम राम्री छु ? भन्ने खालको प्रतिस्पर्धामा लड्न चाहन्छन् भने , सरकारको टाउको दुख्नु पर्ने कुनै कारण हुनुपर्ने केही देखिन्न ।

समग्र देश हिंसाग्रस्त छ , मुलुकभरि अव्यवस्था अनि राज्य र दण्डविहीनताको जगजगी मच्चिएको छ  । मान्छेको बाँच्न पाउने अधिकार , निर्भय रहेर आफ्नो दु:खसुख गरी परिवारसंग रहन पाउने अधिकार, आधारभुत सेवा ,सुविधा र वस्तु हासिल गर्न पाउने अधिकार, शिक्षा , स्वास्थ्यका अधिकार कुनै पनि कुरा देशमा अस्तित्वमा देखिन्नन् तर राज्य भने आफ्नो उपस्थिति दर्शाउन , केही चर्चित मुद्दामा आफ्नो संलग्नता देखाउन लागेको देखिन्छ ।

हुनत सुन्दरी प्रतियोगिता हुन दिँदा वा नदिँदा , नेपालीको भाग्यमा कुनै कायापलट हुने पनि हैन र यसले हाम्रो नियतिमा त्यति ठूलो तात्विक अन्तर ल्याउने पनि हैन , तैपनि नारीहरूले आँफुले सुन्दरी प्रतियोगितामा भाग लिएर , जितेर आँफुले गौरव हासिल गरेको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको मानव अधिकार हो र त्यसको रक्षा राज्यले गरिदिनु पर्छ । माओवादी राजनीतिको आदर्श मानिने कम्युनिष्ट मुलुक चीनले समेत सन् २००३, २००४, २००५ र २००७ मा  मिस वर्ल्ड  प्रतियोगिताको आयोजना आँफै गरेको छ । आधुनि विश्वमा सबैभन्दा बढी पट यो सुन्दरी प्रतियोगिताको आयोजक  कुनै पूँजिवादी मुलक नभएर कम्युनिष्ट मुलुक चीन रहेको कुरा  पढेका र देखेका जो कोहीले बुझ्न नसकेको पहेली के हो भने यो सुन्दरी प्रतियोगिता महिला अस्मिताको बिरुद्द नै हो  कि नेपालमा अहिलेका  सत्तापक्षकाहरूको राजनैतिक स्टण्ट मात्र ?  बुझ्न सकिएको छैन ।  सुन्दरी प्रतियोगिता हुन दिएर  हामीलाई हुनुपर्ने घाटा केही छैन, भयो भने थोर बहुत फाइदा नै होला । अत: कसैको राजनैतिक अडानको स्वार्थमा यो प्रतियोगिताको भविष्य जोडिनु पर्ने केही कारण देखिन्न । त्यसैले हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता, कसैको केही खोसिने वाला छैन यसो गर्दा , इच्छुकहरूले भाग लिन्छन् त्यत्ति हो । बरू यो प्रतियोगिता ठीक हैन भनेर बिरोध गर्ने अर्को महिला समूह भएमा, तिनलाई पनि टुँडिखेलमा बिरोधसभा राख्ने अवसर दिँदा हुन्छ, भिडन्त टार्नु पर्‍यो त्यत्ति हो । तर, राजनीति नगर्ने हो भने कसैलाई बिरोध गर्न जानु पर्ने दरकार पनि हुन्न ।


गृहमन्त्रीको अरण्य रोदन र माओबादीको हुंकार

आज एकै दिनमा नेपालका मिडियामा दुईवटा अति भिन्न र पूर्ण विपरित समाचारहरु आए:

पहिलो समाचार थियो: उप-प्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमको संसदमा हतियार निषेध गरीएको 'अरण्य रोदन'। अरण्य रोदन यस मानेमा कि, उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनि हतियारलाई संसदमा मात्रै निषेध गर्न चाहन्थे र माओबादिलाई अनाधिकृत हतियार लिएर देशका अन्य कुनै पनि भागमा विचरण गर्न भने होलसेलमै छुट दिईएको छ । अनाधिकृत हतियार कसैले पनि कहि पनि लिन वा राख्न हुन्न भन्ने आँट गृहमन्त्रीलाई पनि आएन ।

शायद एकदमै शाहस जुटाएर उनले यत्ति पनि उदघोष गरेका थिए, तर उनको यो रोदन मिस्रित दरिलो उदघोषले केहि घण्टा पनि 'हिट' हुने मौका पाएको थिएन, राष्ट्रमा जुन बेला, जहाँ पनि र जे पनि गर्न अग्राधिकार प्राप्त माओवादिका तर्फबाट एक जना वरिष्ठ नेता टोपबहादुर रायमाझीले आफूहरुले त्यो निर्देशन पालना नगर्ने चुनौती दिई हाले।

रमाईलो कुरा त उनले बामदेवको ठाडै खिल्लि उडाएर त्यो उनको व्यक्तिगत विचार भएको बताए । वाह! गुण्डागर्दिको राजको यो भन्दा ठुलो आर्को के उदाहरण खोज्ने?। जहाँ देशका मूल कानून वा संबिधान निर्माण गर्ने दिग्गजहरुको भेलामा ज्यान लिन सकिने हतियारहरु आरामले बिना रोकतोक जान सक्छन र कानूनको ठाडो उलंघन त्यहि बाटै हुन्छन ।

एकातिर आफ्ना सुप्रिमोको कुनै यौटा जमघटमा अमेरिकि राष्ट्रपतिसंग भएको 'जम्काभेट' लाई 'वृहत वार्ता' र 'गहन छलफल' को नाम दिएर जहाँ माओबादिहरु, अमेरिकाले उनिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको र यो 'भेट-घाट' पछि अमेरिकि नजरमा माओबादिहरु आतंककारी नभएको पुष्टि गर्न लागी परेका छन भने त्यहि बेलामा दिउसै हतियारधारिहरु सभासदको भिडमा प्रवेश गरि आफ्नो त्रास कायम राख्दैछन ।

माओबादिले पटक-पटक आफू नसुध्रीने वा आफुलाई समान्य नागरिक भन्दा बिशेष सम्झिने कुराहरु यस्तै हरकतहरुबाट प्रदर्शन गर्दै आएकाछन भने अन्य दलका जिम्मेबार नेताहरु पनि खालि झारा तिर्ने हिसाबले मात्रै त्यसको बिरोध गर्दै आईरहेका छन । यस्तै कानून तोडने हिम्मत र झारा टार्ने बिरोध चलिरहे भोलिका दिनमा हाम्रो देशको हाल के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । तर कानूनको पालना गर्दा नूर गिर्ने माओवादिको यो सोच त्यत्तीनै हलुका र बिकृत छ जत्ती बन्दुक बोकेर हिडंदा शान बढने उनिहरुको आडम्बर । यो कुरा समयमै बुझेमा सबैभन्दा बढि फाईदा माओबादि लाई नै हुन्छ ।



निरिह संविधानसभा , नेताजीको सपरिवार विदेश शयर : न्यू नेपालको विचित्र मोडेल (एक परिहास)

     संविधानसभाको निर्वाचन भएको पुगनपुग ६ महिना हुन थाल्यो । २ वर्षे पधावधि रहेको सभाको मुख्य काम हो नया संविधानको लेखन, अनुमोदन र जारी भएको घोषणा गर्नु । तर नेपालको हालत देखेर यस्तो लाग्दैछ कि , संविधान लेखनको कार्य कतै प्राथामिकतामा नै छैन । ६०१ जनाको सभा गठन गर्दिएर अलिकति बेरोजगार पार्टीका हुल्लडहरूलाई जागिरको जोहो मिलाइएको छ । ती पार्टीको श्‍वरमा समर्थन जनाउन जम्मा पारिएका लठैत हुल्लडहरूलाई तलब र भत्ताको टौवा ठड्याइदिएर त्यहीँ चर्न अह्राइएको छ र ती त्यहीँ भुल्दैछन् । मन्त्री बनेका सुपर लठैतहरू भने आजकल , नया नेपालको राजनैतिक मोडेल खोज्न- भेट्टाउन जहान परिवार सहित सरकारी कोषको ब्रम्हालुट गर्दै विदेश शयरमा मस्त छन् । अनौठो छ, जनताको युद्द लडेका जनताका पार्टीमा सरकारी भ्रमणदलमा मिसिन जनता नै छैनन् , केवल छोराछोरी, पति-पत्नि र नातागोता मात्र छन् । अहिले जुन द्रूत एवं भीमकाय गतिमा माओवादी नेतृत्वको मन्त्री मण्डलका मन्त्रीहरू विदेश यात्रामा निस्केका छन् , त्यो देख्दा यस्तो लाग्छ मानौँ उनीहरू नया नेपालको विचित्र राजनैतिक मोडेल भित्र्याउन व्यग्र र आतुर छन् । हेर्नुस न नेताजीहरू भ्रमण गर्दै गरेका मुलुकहरू कस्ता कस्ता फर्मूला बोकेका छन् :

माओवादी पार्टी सुप्रिमो र मुलुकका प्रधानमन्त्री दुवै बनेका पुष्पकमल उर्फ प्रचण्ड साम्राज्यवादी अमेरिकाको भ्रमणमा छन् । उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिता देखाउने तथा अमेरिकी राष्ट्रपति बुशले दिने सामूहिक जलपानमा भाग लिने काम गर्ने छन् भन्ने विश्वास थियो। यो उनले गरिसके , तर नेपालमा रहेका माओवादी समर्थित मिडियाले भने यो सामूहिक जलपानको समारोहमा राष्ट्रपति बुशसंग मुखामुख भएको एउटा सामान्य सन्दर्भलाई माओवादीको अमेरिकमाथि भएको कुटनैतिक विजयको घटनाको रूपमा बहुप्रचारित पार्ने कोशिस गरे । यस्तै केही अमेरिकामा रहेका माओवादी समर्थक विद्यार्थी एवं अवसरकै मेसो खोजी रहने व्यवसायी र दूतावासका कर्मचारी अनि सानो गोराहरूको समूहलाई भेटेर प्रचण्डले गफगाफ गर्न पाएको साधारण घटनालाई उसका समर्थक चाटुकारहरूले प्रचण्डलाई अमेरिकामा भयंकर स्वागत गरिएको रूपमा प्रचार गर्ने कोशिस गरे । तर पनि वास्तविकता के हो भने, संयुक्त राष्ट्रसंघको यो कुम्भ मेलामा जात्रा भर्न जाने विदेशी नेताहरूको न्यूयोर्क र अमेरिकामा यतिबेला लथालिङ्ग उपस्थिति हुन्छ । राष्ट्रपति बुशसंग मुखामुख गर्न पाएको सन्दर्भलाई लिएर यति बिघ्न उत्तेजित बन्नु पर्ने कुनै कारण देखिन्न । तर पनि, भयंकर अमानुष र अमानवीय हिंस्रक शैलिको त्रासदि मच्चाएर संसारमै अछूत सरह तिरस्कार गरिएको समूहलाई भने यस्तो सामान्य भेट सन्दर्भ पनि पारसमणिले छोएर सुन बनाउने वा पवित्र पार्ने चमत्कारको लाग्न पनि सक्छ। यो छलाङ नै होला !

जनताको गणतन्त्रमा आफ्नी पत्निका साथमा छोरालाई स्वकीय सचिव बनाउँदै सरकारी खर्चमा कम्युनिष्टहरूले जन्मेका दिनदेखि नै साम्राज्यवादी भनेर गाली गर्न मन पराउने अमेरिका शयरमा निस्केका प्रधानमन्त्रीको यो भ्रमण उनले नै भन्ने गरेको आगामी नेपालमा लागू गर्ने भनिएको अनौठो मोडेलको तन्त्रको फर्मूला लिनका लागि पनि हुनसक्छ । प्रचण्डले भन्ने गरेको पूँजिवादी आर्थक चमत्कारको यो मोडेलवाला राजनैतिक परिपार्टीको अलिकति फर्मूला पूँजिवादी अमेरिकाबाट ल्याउने कुराका लागि उनी वहाँ पुगेको आशंका गर्ने हो भने , उनकै पार्टीका अन्य नेताहरूका बाँकि भ्रमणहरूको पनि चर्चा गर्नै पर्ने हुन्छ ।

सुनिएको छ , अर्का माओवादी मन्त्री रामबहादुर थापा आफ्ना छोरालाई सरकारी कोटाको सुरक्षा सल्लाहकार बनाएर चीनको रेडआर्मीले खेल्ने परेड हेर्न चीन पुगेका छन् । उनले रेड आर्मीको परेड हेरेर आएपछि माओवादी लडाकाहरूलाई कसरी नेपालको सरकारी सेनामा मिसाएर समग्र देशलाई माओवादी पार्टीकरण गर्ने भन्ने टेक्नोलिजीलाई मजाले प्रयोग गर्नेछन् । माओवादी नामले लडिएको यो युद्दलाई भर्खरै काठमाण्डौली जनताको निधी जात्राहरूको बजेट काटेर साँस्कृतिक क्रान्तिको पूर्व-पीठिकाका रूपमा प्रयोग गर्न थालिएको सन्दर्भमा , माओको देशबाट आयात गरिने नया मोडेलको राजनैतिक परिपार्टीको तन्त्रको प्रयोगका लागि , सँधै सेना र लडाईँको महत्वलाई मात्र बुझ्न चाहने माओवादी लडाका कमाण्डर एवं अहिलेका सरकारी रक्षामन्त्रीले आफ्ना सूत्रहरू र पाटपूर्जा लिन त्यहाँ गएका होलान् भन्ने बुझ्न गाह्रो छैन ।

माओवादी शान्ति-प्रकृयामा गएपछि सदावहार रहेका अर्का मन्त्री कृष्णबहादुर महरा पनि माओवादी मोडेलको आदर्श मानिने मुलक उत्तर कोरिया शयरमा आफ्ना सुपुत्र सहित निस्केका रहेछन् । आफ्ना पुत्रले बिदेश घुम्न पाउनु पर्ने जिरह गर्न थालेपछि यी कामरेडले पनि सरकारी कोटाको शाखा-अधिकृत बनाएर आफ्ना पुत्रलाई जनवादी शैलिले भ्रमणदलमा घुसाएका रहेछन् । उत्तर कोरिया भ्रमणबाट मन्त्री महराले ‘जनताको जनवाद र जुछ्छे विचारधारा’ को आदर्श फर्मूला ल्याएर नेपालमा प्रयोग गर्न चाहन्छन् भन्ने कुरा विश्वास गर्न सकिन्छ ।

उता अर्का माओवादि मन्त्री गोपला खुम्बु सपत्नि सरकारी भ्रमणमा ससुराली भेट्न हङ्कङ गएको कुरा पढ्न पाइयो भने सरकारमा रहेका माओवादी इतरका तीनवटा मन्त्री पनि मुलुक बाहिर नै छन् रे !

यता माओवादी पार्टीको प्रतिवद्दता पत्रमा रहेको १० वर्षमा १० हजार मेगावाट बिजूली निकाल्ने योजना कार्यान्वयन सजिलै गर्न सकिन्छ भन्ने उद्घोषका साथ , ठूलो भारतीय दलबल र त्यहाँका उर्जा मन्त्री जयराम रमेशको नेतृत्वमा काठमाण्डूमा ‘पावर समिट’ सम्पन्न गरियो , त्यही समिटको बाँकि रहेको कामकुरो पूरा गर्न अर्को सम्मेलनमा हिजैदेखि भारतको वराणसीमा हुँदैछ र त्यहाँ पनि माओवादी कानून मन्त्री देव गुरुङ पुगेका छन् । जति बेला चाहे पनि जान सकिने भएर होला त्यहाँ कामरेड गुरूङले आफ्ना जहान केटाकेटी लाने चहाना राखे राखेनन् त्यति चर्चा भएको छैन । तर पनि, माओवादीले भनेको चमत्कारी विकास र अभुतपूर्व मात्रामा निकालिने बिजुलीको यो ठूलो परिकल्पनामा भारतीयहरूको यति अन्तरंग चासो देख्दा भने, माओवादी प्रतिवद्दतापत्रको निर्माण पनि उतैका मित्रशक्तिले गर्दिएका रैछ्न् कि भन्ने कुरा सोच्नै पर्ने हुन्छ ।

घटानाक्रमलाई नजिकबाट नियाल्दा अनि संविधानसभा नामको जम्बो जुलुसका खातेपिते-रमिते सदस्यहरूको नकाम देख्दा अनि सरकारी नेताहरूको भ्रमण र सुख शयल देखेपछि भने आजकल यस्तो पनि लाग्न थालेको छ कि हामीले खोजेको संविधान पनि प्रोफेसर एस डी मुनी, प्रकाश कारत, इन्दर गुजराल, डिपि त्रिपाठी आदि महान राजनीतिज्ञ र राजनेताहरूको सल्लाहमा विज्ञहरू मिलेर जवाहारलाल नेहरू विश्वविद्यालयको विशाल पुस्तकालय भित्रै पो लेखिँदैछ कि ! हाम्रो चमत्कारी विकास र संविधान लिएर मित्र मुलुकका मित्रहरू नै हाम्रो कायापलटका लागि लागेपछि हाम्रा मन्त्रीहरूले के काम गर्ने त विदेश शयरको आनन्द नलूटेर ? यत्रा वर्ष जनतालागि जनतालाई नै डसेर जंगलमा बसियो, अब पनि विश्व भ्रणकको मंगल-आनन्द नलिने ?