March 12, 2008

गजल - समय

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो
पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो
कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो
दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो
कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो


March 11, 2008

सत्य होस तथ्य किन चाहियो?

एकदम नराम्रो समाचार नघटे न्युज डेस्क नै मसानघाट जस्तो हुन्छ रे। सबैलाइ खिच्ने या रडाको मच्चेको खबर नभए मुख्य समाचार के बनाउने, पत्रकारको दिनहुं चिन्ताको कुरो हो। त्यसैले हेर्नुहोस नराम्रो भन्दा नराम्रो खबरले ठाउं पाएका हुन्छन पत्र-पत्रकिमा। कान्तिपुर बिक्नमा मात्र नं १ होइन यस्तै लटर पटर समाचारमा पनि नं १ छ। झार झुर पारेर तातो खबर पस्किहाल्यो, गलत भए पछि खण्डन गरे भो। फेरी गलत नै भए नि कस्लाइ चासो, भोली पल्ट तरकारी पोको पार्न पुग्छ, तरकारीलाइ के सत्य के तथ्य? अझ प्राबाधीक लेख हुनु पर्छ कान्तिपुर पढ्दा भुणी पुराण पढे भन्दा मजा आउछ। जड्याले अंग्रेजी मिसाए जस्तो अन्ट सन्ट मिसाएर पुरा रामायण तयार पार्छन। त्यो रामायणमा सिताको श्रिमान रामको सट्टा रावण त परै जाओस हुनमान हुन बेर लाग्दैन। तर बिकेकै छन ति फाल्तु रामायण। अहिले नेपालमा टेब्लोइड पत्रिका भनेर "नया पत्रिका" निस्केको छ। छोटो समयमा समाचार दुनियामा ठुलै हिस्सा ओगटेको यो पत्रिका निकै सन्सनी खबर लिएर दैनिक निस्कने गर्छ। यसका खबर पढ्दा लाग्छ बेलायतका टेब्लोइडसंग यसले कुम मिलउने क्षमता राख्दछ। तर कता कता यसले पनि सिन्की तरिकाले खबर खादेको हो को जस्तो लाग्न थाल्यो। न्यु योर्क टाइम्सको हवाला दिदै एक घन्टाको लागी १००० डलर तिरेर न्युयोर्कका गभर्नर इलियट स्पिट्जरले वासिङ्टन होटलमा एउटी वेश्यालाई राखेको संघीय जाँच ब्युरोले पत्ता लगाएको छ भनेर मे १२ मा लेखेको छ। बासिगंटनको मेफ्लाओर होटलमा क्लाइन्ट ९ नामबाट एक वेश्यालाइ स्पिट्जरले ४००० हजार डलर भन्दा बढि दिएको खबर सबै पत्र पत्रिकामा स्पष्टै छ। हुन त गत साल करिब २ कोरोड डलर आम्दानी गरेका स्पिट्जरलाइ १००० हजार या ४००० ले के नै फरक पर्ला? करोडौ करोड घोटाला हुने देश नेपालमा त्यती २-४ हजारको भिन्नतामा नेपाली पत्रिकाको के आखा जाओस?


March 10, 2008

मनोन्यास - जलेको ह्रदयमा फुलेको प्रेम

जलेको ह्रदयमा फुलेको प्रेम - १
- हस्त गौतम मृदुल

कठोर निष्ठुरी कालो रातमा दियोको उज्यालो रोशनी प्रकास खुले झै प्रिय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। बसन्त बृक्षमा झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा मुले झै प्रिरय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु।

तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौन्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ। त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।

आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ। यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पुर्वबाट नै उदाउछ त्यसैले तिमी त्यही पुर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ…।

त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उत्स्रग चेतना बाढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले सर्वच्चशिखर चुमेदेखी शुरु हुन्छ।

स्वायम्भुतर्फ सेता परेवाको लावालस्कर उडेदेखी शुन्छ। मठमन्दिरमा शंखध्वानी घण्टा र भजन किर्तन गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु बिना पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।

देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन बर्दान दिने स्थानहरु…।

तस्रथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।

यहाका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय जस्ले रुख ढाल्छ त्यहा फुलहरु कसरी फुलिरहन सक्छन र यहा हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु काटीएका छन। आशाका विउहरु सुकेका छन। अंशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ। भेटियो भने त्यो पनि बेच्न सक्छन तस्रथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो पि्रय पाइला पाइला फुक्दै आउ यो धरामा धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।

जतिखेर पनि श्र्रापले ऐरीका काडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानुभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ। महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।
क्रमश:


March 8, 2008

गजल - मदिरा

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो
होश उडाउने हासो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो


March 6, 2008

गजल - कैदी जस्तै

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ
एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ
हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ
बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ
छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ


प्रवासीदांको पिडा

खेमनाथ पौडेल
यू।ए।ई

विदेश पलायन हुनु हामी सबैको रहर होईन बेरोजगार घरको आर्थिक भार परिवार तथा श्रीमतीको कचकच देखासेखी र छोटो समयमा धेरै पैसा कमाउने मनासाय ले हामी विदेशीएका हौ भने एकाधमात्रमा विदेश रहरले पनि आएका हुन्छौ ।
म पनि यिनै माथिका कारणहरु मधे एक कारणले आज भन्दा ५ बर्ष पहिला विदेश पलायन हुन बाध्य भए । मेरो पहिलो विदेश खाडी देश साउदी अरब थियो । त्यतिबेला महिनाको १० हजार भन्दा अतिनै ठुलो लाग्यो र कम्प्युटर अपरेटरको लागि भनेर साउदी अरब गए । साउदी अरबमा एकाध कम्पनीमा ३ बर्षे करार अवधी हुन्छ मेरो कम्पनीको पनि ३ बर्षे करार अबधी थियो । ३ बर्ष पछि मात्र ४ महिना छुट्टि पाउने मलाई त त्यतिबेला जेलमा निश्चित समयको लागि परेको जस्तो लाग्यो । गत बर्ष मात्र मेरो तिन बर्षे करार अबधी सकिएर ४घ् महिना पछि छोटो समयको लागि घर गए । घरमा ६ महिनाको छोरी काखमा खेलाउदै छोडेको छोरी आज ४३ महिना पछि छोरी त चिन्नै नसकिने भईछन् । पहिलो पटक छोरीलाई देख्दा पिल पिल आँखाबाट आसुका ढिक्का खसे । ४ महिनाको छुट्टि गएता पनि म तत्काल यू।ए।ई आउनु पर्ने भएको हुनाले करिव १८ दिन जति घर परिवारसँग मायाँ साटासाट गर्ने मौका पाए ।
करिव ४३ महिना पछि घरमा गएको १८ दिन भित्रमा नै परिवार जिवन संगिनी र प्यारो देशसँग विछोड हुदा असहाय पिडा भयो । एयर्पोटको भित्री प्रवास प्रवेश गर्ने द्धाराबाट सँगिनी तथा छोरीलाई दुई हातले टाटा गर्दै म फेरी प्रवासीए । पहिलो पटक यू।ए।ई आउँदा म रनभुल परे । साउदी अरबको अति अनकन्टार मरुभूमी उधेलियामा बसेको ब्यक्ति एक्कासी गगन चुम्बी भवनको बिचमा आउँदा केही दिन त म ति भवनहरुलाई हेर्दै दङ्गदास परे ।
मलाई समयले पनि साथ दिएको थियो र मेरा एक जना आफान्तले मलाई उहाँलेनै काम गर्ने कम्पनीमा बोलाउनु भएको थियो । करिव १५ महिना पछि म फेरी नेपाल फर्किए यो पटक भने करिव ४० दिनको विदा लिएर गएको थिए । लामो बिछोड पछि मिलन भएको परिवासँग ४० दिन कसरी बिते थाहानै भएन । अकस्मात विदेश उड्नु भन्दा ३ दिन अगाडी मात्र झल्यास्स भए फेरी विछोड हुनुपर्ने समय आयो भनेर । जिवन संगिनीले आफ्नो श्रीमानलाई मायाँ नगर्ने कमै मात्र होलान् तर मेरी जिवन संगिनीले मलाई अति मायाँ गर्दथिईन् विदेश जाने बेलामा उनि काठमाण्डौ सम्म जसरी पनि सँगै आउने र मलाई विदेश पठाएर मात्र जाने गर्दथिईन् तर यो पटक भने उनले मलाई एयरपोर्ट सम्म छोड्न सकिनन् । म विदेश आउने बिहान उनि घर फर्किन् मेरो बेलुका ९ बजेको उडान थियो एक्लै काठमाण्डौमा १२ घण्टा समय विताउन अति कठिन भयो साथमा भाईहरु त थिए तर प्यारी साथमा भएको जस्तो के हुन्थ्यो ।
भर्खरै रमाईलो लागेको कोठा एकैक्षणमा साह्रै सुन्य लाग्यो कता कता मोती हराएको जस्तो महसुस भयो । समय बितेको थाहानै पाईएन । विस्तारै समयले कोल्टो फेर्दै थियो अधेरी रातले ढपक्क ढाके जस्तै दिनलाई ढाक्दै थियो । हाते घडीले साढे पाँच बजाउदै थियो । मन कता कता गरुङ्गो भइरहेको थियो । बिहानै छुट्टने बेलामा संगिनीले रातो टिका निधारमा लगाईदिएकी थिईन् । दिउस हिड डुल गर्दा टिका खस्न सक्छ बेलुका दाजुलाई एयरपोर्ट जाँदा फेरी लगाईदिनु है उनले भाइलाई सम्झाउदै थिईन् तर मैले अति जतनले त्यो टिका जोगाई राखे । बेलुकासम्म उनले लगाईदिएको टिका जस्ताको तस्तै थियो । भाइले दुई वटा टिका थपि दिए भाउजुले दही राखीदिनु भएको छ खानु भन्दै गिलासमा दही देखाउदै दिए पिउन मात्र के लागेको थिए दुई थोपा आसु चुहिन थाल्यो ।
बाहीरी मौशम केही चिसो थियो एयरपोर्टमा पुग्दा झमक्क साँझ परेको थियो । जलश्रोतको दोश्रो धनी देश भएता पनि सडक पेटीमा उज्यालोको कमि थियो सायद लोडसेडीङ्ग भएको थियो क्यारे । विदेशी सडकमा बेलुका देखी बिहान सम्म उज्यालो हुने हुँदा भविश्यमा यहाँ पनि यस्तै होला कि भन्ने झिनो आशा लिदै म एयरपोर्ट तिर लागे । यात्रुहरु भित्र जाँदै थिए म पनि देव्रे काँधमा कालो झोला भिरी हातमा अर्को झोला डोराउदै एयरपोर्ट भित्र छिरे । भाइले जानु भन्दा पहिला अंगालो हालेर बिदाई गरे त्यतिबेला साह्रै रुन मन लाग्यो । रोए पनि तर उनीहरुले देखेनन् । एक दुई वटा फोटाहरु पनि खिचियो अनि म भित्र नगईन्देल यही बस्नु है भनि म १ बर्षको लागि बिछोड भएर भित्र छिरे । भित्र छिरेर टिकट चेक गरिसकेपछि बाहीर भाइहलाई अन्तिम बिदाई गर्नको लागि आँखाहरु तेसा्रए तर बाहिर अनकन्टार अध्यारो बाहेक केही देखीन पोहोर सालको जस्तै सिसाबाट छोरी र प्यारीले बाई बाई गरेको याद आयो । उनी हुन्थीन भने त म माथी नगईन्जेल बस्थीन होलीन् तर भाइ त हिडी सकेछन् । मन भरी बिलौना गर्दै त्यहि पनि कुनै हुलमा पो छन् कि भनेर भाइलाई यता उता खोजे पाउन सकिन अनि बिस्तारै पाहिलाहरु प्रवास तिर बढाए ।
३ घण्टा म नेपालको एयरपोर्टमा बसे । त्यसपछि रातको ९ बजेर १५ मिनेट जाँदा म त्यहाँबाट यू।ए।ईको लागि उडे । कोही नेपालीहरु पहिलो पटक विदेश जाँदै थिए उनिहरु खुशी मुद्रामा थिए तर म भने धेरै अमिलो थिए । जब म एयरपोर्ट भित्र छिरे अनि मनभरी त्यहि हिजो अस्तिका ताजा घटनाहरु एका एक आउन थाल्यो । मैले सम्झना होस् भनेर केही घटनाहरु जानी जानी गर्दथे र ख्याल ठट्टा पनि गर्दथे ताकी समयमानै सम्झन सकियोस यि घटनाहरुलाई भनेर ।
४० दिनको बसाईमा प्यारी छोरीहरुसँग लडीबुडी पनि धेरै गरिएछ । उनीहरुको मायाँ पनि बढिनै भएछ । एक मन त फर्केर जाउँ कि जस्तो पनि लाग्यो तर फर्केर गए भने के गर्ने मलाई सुहाउने रोजगारी देशमानै पाउन सक्छु त खै सक्दिन होला देशको अवस्था पनि यस्तै छ म मात्र होईन विदेशीन लागेको अरुलाई हेरेर चित्त बुझाए । अर्को मन फेरी फर्केर म गए भने उनिहरुको भविश्य के होला भन्ने सोचेर प्रवास तिर लागे । अनकन्टार अँध्यारो थियो बाहिरी मौशम र मेरो मन भित्र पनि त्यस्तै नै थियो । विस्तारै प्लेनमा भएका सबैले नेपाल छोड्दै थियौ । प्लेनले बिस्तारै आफ्नो गति लियो एकैक्षण पछि मेरो सुन्दर देश नेपाललाई छोड्न बाध्य भए । प्लेनले भुई छोडदा मुटुमा कम्पन भयो डरले होईन कि देश छोडेर फेरि विदेश जान लागेको भनेर । सुन्य आकाशमा उड्दा मन सधै परिवारहरुकै साथमा थियो ।
एथियाद एयरलाईन्समा पहिलो पटक यात्रा गर्दै थिए । अन्यमा भन्दा यसमा केही बढी सुविधाहरु भएको देखे । केही समयपछि परिचालिकाहरुको आगमन भयो हल्का पेय पदार्थ लिए । प्लेनमा यात्रा गर्दा जतिबेला पनि मेरो मन उहि नेपाल उहि गाउँ भिर पाखा नदी नाला बनजँगल अनि परिवारको बिचमा नाचिराखेको मात्र हुन्थ्यो ।
तिनै वितेका कल्पनै कल्पनाले यू।ए।ईको अबुधावी आएको थाहा पाईन । काठमाण्डौको चिसो वातावरणले हल्का जाडोको महसुस भएको थियो तर अबुधावी ओर्लने बित्तिकै गर्मी वातावरणले घेरीहाल्यो ।
करिव रातको १ बजे म अबुधावी एयरपोर्टमा उत्रिए । पहिलो पटक म त्यो एयरपोर्टमा उत्रिएको थिए अलि अल मल पनि परे । केही समय पछि बाहीर निस्किए । एक जना साथीसँग कोठामा लागे । विदेशमा नेपालमा जस्तो थिएन राती भए पनि सडकमा ठुला ठुला बत्तिहरु बलीरहेका थिए । मौशम गर्मि जस्तो लाग्दथ्यो । टाउको अलि अलि दुखी रहेको थियो । भित्र मुसा दगुरी राखेको थियो । करिव आधा घण्टाको यात्रा पछि कोठा आई पुगेछ । कोठा भित्र प्रवेश गर्दा तुरुक्क रोए फेरी एक बर्षको लागि यो कोठामा बस्नु परयो भनेर । साथीहरु कोही सुती रहनु भएको रहेछ भने कोही बसी रहनु भएको रहेछ । म पुग्दा साथीहरु खुशी हुनुभयो । केही समय भलाकुसारी गरी नेपालबाट ल्याएको ताजा सुन्ताला खायौ । रात भरी झसक्क झसक्क ब्युझदो रहेछु घरको यादले ।
बिहान १० बजे सम्म बेडमा सुति राखेको थिए । मेरा आफन्तले साथीको मोवाईलमा फोन गरेर किन घरमा आए भनेर खवर गर्नु भएन भन्नु भयो । म झसँग भए किनकी मेरी पियारीसँग वाचा गरेको थिए जाने बित्तिकै आरामैसँग आईपुगे भनि फोन गर्दछु भनेर । मोवाईल नेपालमानै छोडेको हुनाले एक जना साथीलाई मोवाईल मागेर मिसकल के गर्न लागेको थिए नेपालबाटै प्यारीको फोन आयो । पहिलो घण्टी उठाउँदा मधुरो आवाज आएर होला अलि नबुझिएको अनि कुरा हुन नपाउँदै काटियो र फेरी फोन आयो । मधुरो आवाजले आरामै सँग आईपुग्नु भयो भन्दा आखाँबाट आसु चुहे अँ आरामैसँग आए भनि छोटो कुराकानीमै टुङ्गाए । विहिवार आएको हुनाले सुक्रवार र शनिवार विदा थियो अफि २ दिन बिताउन मलाई दुई महिना जस्तो लाग्यो कोठामा राती सुत्यो कि तिनै दिनको याद आउने ।
२ दिनको विदा पछि म अफिस गए अफिसमा सबैले मलाई स्वागत गरे आज काम नगर भोली देखी गर्नु भनेर मलाई पि्रु छोडीदिए धन्यवाद तिमीहरुलाई मन मनै भने ।
खाडी राष्ट्रमा कार्यरत हामी नेपालीहरु एक बर्ष दुई वर्ष अथवा तिन बर्ष मा एक न एक पटक नेपाल फर्कन्छौ छुट्टिमा । साउदी अरबको तुलनामा अन्य खाडी राष्ट्रहरुमा प्रत्येक बर्ष या दुई बर्षमा विदा पाईन्छ तर साउदी अरबमा पनि अहिले बिस्तारै नियम कानुनहरु फेर बदल भईनै राखेको छ । हामी विदेशबाट स्वदेश फर्कदा जति खुसी गदगद हुन्छौ त्यति हामी स्वदेशबाट प्रवासीदा पिडादायी हुन्छौ ।
साच्चैनै हामी विदेशबाट घरमा जाने बेलामा कति खुशी हुन्छौ र दिन कहिले जाला जस्तो हुन्छ । घर जाने समय १ हप्ता बाँकी छदा हामीलाई निन्द्रा पनि लाग्दैन तर स्वदेशबाट विदेश फर्कदा भने पिडा अर्कै हुन्छ ।


बन्धन र याद

यूगल गीतहरु

- हस्त गौतम ँमदुल”
बन्धन

मृदूल-जब पानी पर्छ याद आउँछ मुन मुन।
बूझाउनै सक्दीन म तिमी बिना यो मन।
अन्जू-दर्शन नै नपाउदा आत्तिय मुन मुन।
हजूरलाइ नै संधै चाहान्छ नी यो मन।

मृदूल- सेती भएर यी आशुँ छाती चिरेर बगे।
स्वीकार्ने छू तिमीलाइ अपनाएर लगे।
अन्जू- सद्धिक्षा त्यो पूरागर्न प्रतिक्षा गरेकी छू।
तिमीसंगै जान्छु भनी अगाडी सरेकी छू।

अन्जू- आँचल तिम्रो नपाइ दुखी छु मुन मुन।
हजूरलाइ नै संधै चाहान्छ नी यो मन।

मृदूल- जब फुल देख्छु याद आउछ मुन मुन।

तिमीलाइ स्वीर्कान आक्तर छ यो मन।

मृदूल- अँध्यारो गुफा सरी छ मेरो आज जीवन।
तृणानालॆॆ मुटु जल्दा वैली सक्यो यौवन।
अन्जू- तिमी नै हौ मेरो इक्षा तिमी नै हौ चाहाना।
पर्खिएर बसेकी छु होइन यो बहाना।

अन्जू-दर्शन नै नपाउदा आत्तिय म मुन मुन।
हजूलाइ नै हरपल खोजीरहन्छ यो मन।

मृदूल- जव जुन देख्छु याद आउँछ मुन मुन।
मुना-म्ादन बन्नलाइ आतुर छ यो मन।


याद

मृदूल- धेरै याद आयो तिम्रो तस्वीरमा हेरी।
कैले भेट होला हाम्रो भविस्यमा फेरी॥
अन्जू- देख्न नपाइ तिमीलाइ मन औधीे रुन्छ।
रही खपी रहे पछि एकदिन मन्को हून्छ॥

अन्जू- कति राम्रो दिन होला हामी सगै हँुदा
चस्क्कै दूुख्छ मुटु ति स्मृतिले छुंदा।

मृदूल- सारै मन रुदो रैछ टाढा हुदा खेरी।
बहूत खूशी लाग्यो मलाइ तस्वीरमा हेरी।
अन्जू-जिउन नपाइ तिमी संग मन मेरो रुन्छ।
रही खपी रहे पछि एकदिनको हून्छ॥


अन्जू-जहाँ रहे पनि संधै खुशीमा नै बाँचे।
पबित्र यो हाम्रो माया हृदयमा साँचे।

मृदूल- सम्मुनाको यो मनमा चल्छ आँधिबेरी।
कैले भेट होला हाम्रो जिन्दगीमा फेरी॥
अन्जू- सम्बन्ध यो नजोडेर मन संधै रुन्छ।
रही खपी रहे पछि एकदिनको हून्छ॥



March 5, 2008

आमालाइ कम्पियुटर

नाम्लो र आंसीलिने आमाहरु आजकाल कि बोर्ड र माउससंग साइनो गास्दैछन। खबर सुन्दा पत्यारलाग्न अलि गार्है पर्छ। अझ डलर बिनाको निशुल्क: कम्पिट्युर ट्रेनीगं भन्दा झन पत्यार लाग्न कठिन लाग्छ।आर्वा बिजय गा बि स कास्किमा स्थानीय स्वयम सेबक धर्म राज बरालबाट बिभिन्न स्रोत समाल्दै स्थानीय आमा समुहलाइ कम्पिट्युर हार्डवयर र सफ्टवयार तालिम गराउंदैछन। तालिम प्रदान गर्ने शिक्षक पनि स्वयम सेवक भएको यस कार्यक्रममा बचेको समय स्थानिय युवालाइ पनि तालिम दिइने गरिन्छ। यि सबै तालिम कार्यक्रम निशुल्क: हुन। यस पटक नेपाल जांदा आफ्नै गाउमा यस्तो कार्यक्रममा बोल्न दिइदा आफुलाइ नै विश्वास लागि रहेको थिएन भने मास्टर्स पढ्दा गरेको हार्ड डिस्कको थेसिसमा सिकेको कुरा गाउंमा आफ्नै आमाहरुको अगाडी भन्न पाउदा अर्को मास्टर डिग्री पाएको महशुस गरेको थिएं। यसको उपयोगिता त कति होला तर यो काम भने निकै प्रशंसिय छ।



March 4, 2008

स्वस्थानीको भेटी

सान दाइले स्वस्थानीको भेटी रुपन्देही शंकरपुरको शिव मन्दिरको जिर्णोद्दारमा प्रयोग गर्ने सल्लाह राख्नुभएकोछ। तलको पे-पालको बटनबाट सहयोग गर्नुभयो भने उक्त रकम शंकरपुरको शिव मन्दिरको जिर्णोद्दारमा जाने छ। सहयोगको अपडेट तथा प्रयोग भएको रकम सान दाइबाट जानकारी हुनेछ।



.................................................................

हालसम्मको सहयोग
Ramesh Nepal $11.00

Madan Baral $ 11.50

Total $ 22.50




आशा

- हस्त गौतम मृदुल

गीत
आशा

एकक्षिण् बिछोड हुँदैमा माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा आगो मरयो भन्ने नमान।

जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।

अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।


अनिकाल

खडेरी परयो बिस्वासमा मायाकै अनिकाल छ।
कतै पनि छैन सुख सान्ती जताततै बेहाल छ।

हिन्नलाइ यहाँ बाटो छैन अन्योलमा गुजि्रदै छु।
मुन मुन बिपत्ति थपियो अध्यारोमा जाकिदै छु।
डर त्रास त छदैछ अमुै जताततै बेहाल छ।
निरंकुस्ता पनि हटेन बिधिकै अनिकाल छ।

गुमाएर सवै अधिकार लाचार भै बाँचेको छु
अभावको भुमरीमा परी बाँदर मुै नाचेको छु।
प्राण धान्न गारयो भयो जताततै बेहाल छ।
अराजक स्थिति हटेन सान्तीकै अनिकाल छ।

३ कबिता
जनबाद

जंगली कानुन यहाँ जनबाद भयो।
स्थिापित सान्ती आज कता गयो।
लोकतन्त्र बहुलायो बाकी के रहयो।
सर्वभौकिता नै आज लिलाम भयो।

क्षेणिक सपना बाँडी संकटमा जाके।
लक्ष्यमै नपुगीकन नेता जति थाके।
तँछाड गर्दैछन अग्रगामी बन्दै छन।
लाजै पचाइ हाम्रै बिजोग हेर्दैछन।

डुंगामुडाको संस्कृति बिकसित गरे।
थांन्नामा सुताइ आफनो पोल्टो भरे।
दण्डहिनताको बिधि यहाँ लागु गरे।
युद्ध अनि अभावले कति जनता मरे।

देशलाइ बिला लगाइ खान पो थाले।
आपसमा लडी क्रोधको आगो बाले।
उधारो बुद्धिमा बिबेक लिलाम गरे।
जनता सुखी होलान नेताजति मरे।



एक्लै एक्लै

- दौंतरी पाठक
एक्लै एक्लै हिड़्दै गर्दा, लामो लाग्ने यो बाटोमा,
साथी कुर्छू भनी पर्खे, कतै पछि परिन्छ की

एकानासे जिन्दगिमा, रंग भर्छू भनी लागे
बाटो बिर्सी पर अन्त कतै पुगीन्छ की

पुग्ने ठाऊं थाहा छैन, उकाली त चढेकै छु
फ़र्की आउने हो की हैन, मनमा माया भरेकै छु

सम्झिने लाइ साथ मेरो, बिर्सिनेलाइ माया छ है
टाढा कतै लैजाऊ बरु, हात समाई संग संगै



February 25, 2008

फागुनमा तिहार

खै परदेश आउने भनेर यहाँ सम्म आईयो -- खर्च बर्च नी निक्कै लाग्यो। अहिले सम्म उतै बस्या भए आफ्नै देश परदेश हुने रे छ। अन्त जानै नपर्ने।

अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।


ह्याप्पी तिहार।

माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।

तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।


February 24, 2008

खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!

मधेश दुखेको आज होइन । शताब्दिऔ पहिलेदेखि हो । त्यहाँ रहेको सामन्ति संस्कार, अन्धविश्वासको जरा, अशिक्षा र गरीविको बिबिध पहलुहरु खोतल्न सजिलो छैन । त्यस्ता अनेक समस्याका ठेलिहरु छरपष्ट थाति राखेर त्यहाँ हिजोका दिनमा "निकम्मा नेता"का पहिचान बनाएकाहरु आज प्रायोजित आन्दोलनको घोडा चढेर सम्पूर्ण देशलाइ अनिर्णयको बन्दी बनाउन खोज्दैछन । यी शिखण्डी मदिसे नेताहरु मधेशको समस्या समाधानको सम्पुर्ण बाटो छेकेर देशलाइ बिखण्डनतिर लान खोज्दैछन र तीनका धोतिपछाडि भारतले खुल्लमखुल्ला धाप मारिरहेको छ भन्ने छर्लंङ्ग देखियो । अब यी फटाहा मधेशी नेताहरुले मधेशको समस्याको दुहाइ दिदा पनि मधेशका न्यायप्रेमी नेपालीको अवहेलना गरेको जस्तो लाग्न थालेको छ। यो अवसरमा सरकारमा रहेका दलहरुले दलाल मदिसे नेताहरुको नाजायज माग अस्वीकार गरेको सुन्दा थोरै भएपनि आशा जगाएर बसेको थिएँ । तर अहिले एकाएक कसको दवाव हो कुन्नि? रातारात हेलिकप्टरबाट नेताहरु बालुवाटार ओराल्दै सम्बिधानसभाको चुनावपछि छुट्टै मधेश राज्य बन्न सक्ने खालको एक मधेश एक प्रदेश नारामा रातारात सहमति कायम गर्न थालेको छ भन्ने गाइँगुइँ सुनिन थालेको छ । यस्तो सहमति कुनै हालतमा गरिनु हुन्न । जुनसुकै मुल्यमा पनि देश टुक्राउने खेलको समर्थन गर्न सकिन्न । कुनै नेताहरुले देशलाइ टुक्राउन यस्ता खालका षडयन्त्रात्मक क्रियाकलापमा साथ नदेओस । खवरदार !!!!

February 22, 2008

स्वस्थानी अध्याय:३०/३१

Swasthani  30_31 - Share on Ovi
अध्याय:३०/३१
http://www3.sendthisfile.com/d.jsp?t=0XErdPpxM2GhAslHswkQQo3I
आजबाट श्री स्वस्थानी कथा समाप्त भयो।
- सानदाई

कुकुर नेता, भेडा जनता, देश डामाडोल

"नेपाल त बेहाल छ", "ग्यास छैन, बत्ती छैन, डिजेल छैन, सडकमा गुडने गाडी छैन" समष्टिमा ईन्धन र बत्ती नभए पछी नेपालमा अहिले केहि पनि छैन। साच्चै कहालि लाग्दो अबस्थाबाट देश गुज्री रहेको छ ।

जिउदो रहदा सम्म त आम नागरीकले राज्यको तर्फबाट कुनै सामाजिक प्रत्याभूति र सम्मान पाएनन् पाएनन्, अब त सुन्दै छु मरे पछि पनि अन्तिम संस्कारको लागी दाउरा नभएकोले नेपाली जनताले ढुङ्गे युगमा पनि व्यहोर्न नपरेको लाचारी र लज्जास्पद पिडा भोग्नु पर्ने छ ।

.

नेपालको खबर फेरी एकचोटी विश्‍वभरिका मिडियामा आउन थालेका छन् अनी संसारका बिभिन्न भागमा छरिएर बसेका नेपालिले फेरी एकचोटी 'स्टल'मा राखीएका पत्रीका डराई डराई हेर्नु पर्ने र कसैले आफूलाई 'नेपाली' भनेर चिन्ला भनेर सकेसम्म आफ्नो परीचय समेत लुकाएर हिडनु पर्ने बाध्यता फैलिएको छ ।

पेट्रोल पम्पमा लाईन लागेका सबारी साधनका तस्विर, ईन्धन अभावले बन्द गरिएका होटेल रेस्टुरेन्ट र उद्योगका खबर अनी पानीकोलागी लाममा बसेका गृहीणी र काकाकूल बनेको नेपालको हालत, यहि छ आजकल संसारभरी कै खबरमा ।

मधेश आन्दोलनको १०औ दिनमा करिव करिव बार्ता भंग हुने निश्‍चित भईसकेको छ र अबका दिनहरुमा देशको हालत झनै जर्जर हुनेमा कुनै शंका छैन। विदेशबाट सापट गरेर ल्याएको 'लोकतन्त्र' पछिका दिनमा नेपालीहरुका दिन आशा बिपरित पहिला भन्दा झनै कष्टकर भएका छन।

आन्दोलनको क्रम यसरी जारी रहे केहि दिन पछि टेलीफोनमा समेत "लोड सेडिङ्ग" गर्नु पर्छ रे (कारण- विना पावर सप्लाई त्यो पनि कती बेर र कसरी चल्छ र), त्यसपछि हामि पूर्ण रुपमा ढुङ्गे युगमा प्रवेष गर्ने छौं । किनकी नेपालिहरुले अब पकाएर खानको लागी दाउरा, मट्टीतेल र ग्यास नभएकाले काँचो खाने बानी नबसाली सुखै छैन, अनी सञ्चारको लागी घर-घरमा परेवा पाल्नु पर्ने छ ।

जंगलि राजका नाईकेहरुलाई जुन दिन देखी ससम्मान देशको जिम्मादिने कार्य भयो त्यसै दिन देखी नेपालको ईतिहासमा हिंसाबाटै सत्ता प्राप्ती र सर्बकार्य सिद्द हुन्छ भन्ने बिचार पनि पूर्णरुपमा स्थापीत भयो । नालायक र हुत्तिहारा नेता भएका देशमा हिंसाले 'बहादुरी' र जंगलि राज ले 'जनबादी' नाम पायो। एकचोटी पून सत्ताको स्वाद पाउने लालचमा लागेका पानिमरुवा र सत्तालिप्सा नेताले एक चोटीको मुतको न्यानोकोलागी बिवेकको तिलान्जली दिएर 'ढुङ्गा-मुढा' बादलाई त्वं सरणं गरे अनि त्यसै पछि शुरु भयो नेपालमा दण्डहिनता र अराजक आन्दोलनको शुरुवात !

मागे पछि दिनै पर्ने, भने पछि मान्नै पर्ने अनी बोले पछि पुर्‍याउनै पर्ने ----नत्र बाटो बन्द, तोडफोड, जे पनि हुनसक्छ।

अहिलेको आन्दोलन बिषय र परिस्थिति अनुशार केहि फरक रहे पनि यसको गुणात्मकता भने फेरी माओबादीको जंगलीराज बाटै प्रभावित र अनौपचारीक रुपमा प्रोत्साहित छ । दण्डहिनता को नमूनै बनेको देशमा एउटा हिस्रक गुटलाई ससम्मान सत्तामा ल्याईन्छ भने त्यस्तो देशमा जुनसुकै जायज वा नाजायज माग पनि राख्न सकिन्छ र राख्ने मात्रै हैन त्यो पुरै पनि हुन्छ भन्ने मानसिकताले घेरेको छ हाम्रो देशलाई । त्यसैले यसको दोष पनि हाम्रा महान नेताहरुले नै लिनु पर्छ र उधारो बुद्धिले काम गरेसम्म यसको समाधान पनि निस्केला भन्ने मलाई लाग्दैन ।



February 20, 2008

स्वस्थानी अध्याय:२८ / २९

Swasthani 29 - Share on Ovi
अध्याय:२९
http://www8.sendthisfile.com/d.jsp?t=7gZdtkCu6EnCCA4HKXHmt1hQ
----------------------------------------------------------------

Swasthani 28 - Share on Ovi
अध्याय:२८
http://www8.sendthisfile.com/d.jsp?t=AzSQnAfuTQ2chALp9EpiL4sp
- सानदाई

February 17, 2008

स्वस्थानी अध्याय:२७

Swasthani 27 - Share on Ovi
अध्याय:२७
http://www6.sendthisfile.com/d.jsp?t=xnp4pHhoyePuvM5UCwe2Zwj0
सानदाई

Tea Time 3 "टिपन टापन"

सन्ता र बंता
सन्ता को बाबु कुवामा खसेछ , सन्ता ले बंता लाई भन्छ
संता : कल सुबह डैडी कुएं में गिर गए , बहुत चोट लगी , चिल्ला रहे थे
बंता : अब कैसे हैं ?
संता : ठीक ही होंगे , कल रात से कुएं से कोई आवाज नहीं आई

बस Accident
एक आदमी दर्द से चिल्ला रहा था - हे भगवान मेरा हाथ टूट गया
संता : ओय चुप कर , उस आदमी को देख , वह तो मर गया है लेकिन फिर भी कुछ नहीं बोल रहा है...

संता and पत्नी घूमने जा रहे थे तभी उन्हें एक गधा घास खाते हुए दिखा
पत्नी बोली : देखो तुम्हारा रिश्तेदार , नमस्ते करो
संता बोला : नमस्ते ससुरजी

सन्ताले श्रीमती लाई कविता सुनाउछ:
देखा तुझे तो रूह खुश हो गई
एक कमी थी वो भी पूरी हो गई
पागल हैं वो जो कहते हैं कि चिम्पैंजी की नस्ल धरती से विलुप्त हो गई

एक जना भक्त मन्दिरमा सधैं पूजा गर्छ , भगवान प्रसन्न हुन्छन अनी सोध्छन
भगवान : वत्स क्या चाहिए ?
भक्त : मेरी शादी ऐश्वर्या से करा दो भगवान
भगवान : उसकी एक साड़ी एक लाख की है , खर्चा कर पाएगा ?
भक्त : कोई उपाय प्रभु ?
भगवान : मल्लिका ले ले कम कपडे से काम चलेगा

February 14, 2008

स्वस्थानी अध्याय:२४

Swasthani 24 - Share on Ovi
अध्याय:२४
http://www3.sendthisfile.com/d.jsp?t=0HGZxkKzzRyjN4IUF4azECiS
- सानदाई

रातो गुलाफ


रातो गुलाफ

लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ,
स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ।

रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा,
समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।


प्रेमालिंगनमा बाँधिन न उमेर हुन्छ, न अबेर हुन्छ,
उभिने धरातल भांसिन्छ कि भनी पर्खाएं रातो गुलाफ।





February 13, 2008

स्वस्थानी अध्याय:२३

Swasthani 23 - Share on Ovi
अध्याय:२३
http://www10.sendthisfile.com/d.jsp?t=f4Bji8AlHcPaLgBOwpAjVOwS

सानदाई

February 12, 2008

स्वस्थानी अध्याय:२२

Swasthani 22 - Share on Ovi
अध्याय:२२
http://www12.sendthisfile.com/d.jsp?t=CuIlgO2HEVosOWdmgIFVl9WT

सानदाई

बिरालो बांधेर श्राद्ध

नेपालमा भिसा नविकरण गर्नु पर्छ, पुगेको भोली पल्ट नै गर्छु भनेर यतै बाट फोटो समेत खिचेर लगेको थिंए । नेबिल ब्यैंक महाराजगंज मा बुझाउनु पर्ने रहेछ भिसा को फारम, मेला नै लाग्दो रहेछ त्यता त । पहिला गएर टोकन लिनु पर्ने, घण्टौं कुरे पछि बल्ल फारम बुझाउने पालो आउंदो रहेछ । बुज्रुक भएर फोटो यतै बाट खिचेर लगे पनि फारम भर्न भने बिर्सेछु, आजकाल electronically फारम भरेर त्यसैलाइ प्रिन्ट गरी बुझाउनु पर्ने रहेछ । नेबिल ब्यैंक को छेउमै रु. १००.०० प्रति ब्यक्ति फारम भर्ने अफिस रहेछ । "कस्तो महन्गो" भन्दा "हामी expert छौं फारम भर्न लाइ, हामीले भरेको मा केही गल्ती हुंदैन त्यसैले १०० रुपैंया लिएको" भने साहुजीले । पहिलै टोकन लिएर जानु पर्ने रहेछ, फारम भरेर फर्के पछि फेरि कुर्नु पर्यो ।

आफ्नो पालोमा फारम बुझाउन जांदा मेरो फोटो भएन रे । मैले झन अमेरिकामै अमेरिकाको पासपोर्ट standard फोटो खिचेर आएको नेबिल ब्यैंक को कर्मचारीले हुन्न रे । किन भएन भनेर सोध्दा त मेरो फोटो मा म कालो आएको छु रे मान्छे भन्दा । हुन पनि हो Walmart मा खिचेको रहर लाग्दो भने आएको थिएन, तर पनि अलि कालो आयो भन्दैमा फोटो नै नमिल्ने भने त हैन नि ? मेरो त्यो फोटोको background चाहिने जति उज्यालो नै थियो, खालि अनुहार अलि tan देखिएको थियो । मेरो पासपोर्टमा आखिर तेहि Walmart मा नै खिचेको फोटो थियो । अनि कस्तो फोटो चाहिन्छ त भनेर सोद्धा अर्काको फाइल बाट फोटो देखाइन । त्यो फोटो त मैले पहिलो चोटि अमेरिका जांदा फोटो कनसर्न मा खिचेको जस्तै रहेछ । अनि मैले ति कर्मचारीलाइ यो फोटो मा त झन Adobe Photoshop चलाएर गोरो बनाउने, लाली लगाउने, पिम्पल हटाउने आदि काम गर्छन्, अनि कसरी यो मन्छे संग मिल्यो र भनेर सोधें । हक्क बक्क भएर ति कर्मचारीले "तपाइं को फोटो अलि कालो भएकोले पासपोर्टमा भिसा scan गर्दा कालो आउंछ" भनिन । अनि मैले अफ्रिकाको मन्छे ले भिसा लिनु पर्यो भने कस्तो खालको फोटो खिचाउनु पर्छ नि भनेर सोधें ।

केहि सिप लागेन, अखिरमा महन्गोमा emergency फोटो खिचेर भोली फेरि आउनु पर्यो । मेरो नया फोटोमा Adobe Photoshop चलाएर गोरो बनाउनु को साथै लाली पनि अलिकति चढाइ दिएको रहेछ । बिरालो बांधेर श्राद्ध गर्ने जस्तै भोलि पल्ट तेहि कर्मचारीले खुरुक्क तेहि फोटो लिइन ।


यौटा नयाँ त्रिशुल बाबा !

त्यसो त नेपालमा बिभिन्न कुराहरुको हल्ला चलिरहेका हुन्छन् र थरी थरिका हल्ला चलाउने हरुको कुनै कमी छैन।

पशुपतिको मुर्तीमा पसिना आएको हल्ला, कुनै परिचीत सामाजिक व्यक्तित्वको हत्या भएको हल्ला, पानीमा बिष मिलाईएको हल्ला, र कुनै मानिसमा दैवि शक्तिको अवतरण भएको हल्ला। यस्ता र यस्तै बिभिन्न हल्लाले व्याप्त हाम्रो देशमा केहि समय यताबाट यौटा नया भविष्यबक्ताले पनि बेला बेलामा आफ्नो उपस्थिति देखाउन थालेका छन ।

करिब एक बर्ष जत्ती अगाडी ति नया भविष्यबक्ताले नेपालका अमेरिकि राजदूतको हत्या गर्ने ताना-बाना बुनीएको र त्यसको प्रमाण आफूसंग रहेको बताएका थिए। तर समय बित्तै जाँदा न त कुनै हत्याको षडयन्त्रको पर्दाफास भयो न त ती भविष्यबक्ताले कुनै प्रमाण कसैलाई दिए ।

केहि समय पछि तिनले फेरी नेपालमा 'कू' हुन लागेको देखि अन्य बिभिन्न भविष्यबाणि हरु गरे, ति सबै भविष्यबाणीहरु त्रिशुल बाबाको असार महिनामा नेपालमा बिशाल भुकम्प आउने बकम्फुसे हल्ला भन्दा केहि निक्लेनन् र सबैले सोचे शायद अब यी नया बिद्धान ज्योतिषले कुनै नया भविष्यबाणी गर्दैनन् ।

तर हिजो आजको नेपाली छापामा ति भविष्यवक्ता फेरी एक पटक छाएका छन् । यस पटक तिनले आफ्नै हत्या हुन लागेको धूवाँदार भविष्यबाणी गरेका छन। बताउनु नपर्ला, यो पनि तिनका पहिलाका भविष्यबाणी भन्दा केहि फरक छैनन् मतलब, न अंक ज्योतिष, न फलादेश न कुनै खगोलबिद वा कुनै पश्चिमी ज्योतिष बिद्यामा आधरित भएकोले यो पनि केवल यौटा चर्चामा बसिरहन चलाईएको यौटा हावादरी हल्ला मात्रै हो ।

हुन त त्रिशुल बाबा र यिनमा केहि भिन्नता नभएको होईन, त्रीशुल बाबालाई कालो अक्षर भैसीं बराबार थियो भने यीनी चाहि कुनै जमानामा अक्षर सिकाउने कार्यमा पनि लागेका थीए, तर जहाँसम्म भविष्यबाणीको सबाल छ, यी दुबैमा कुनै भीन्नता छैन, किनकी यी दुबै गलत भविष्यबाणी गर्नमा माहिर छन ।

जहाँ यौटा बाबा यौटै गलत भविष्यबाणी पछि चुप लागेका छन त्यहि यी भने नया नया भविष्यबाणी गर्न पछाडी परेका छैनन् ।

बास्तबमा राजनितिमा लाग्नेको लागी चर्चामा रहि रहनु वा मिडीयामा बनिरहनु आफ्नो उपस्थिति देखाउने मजबूरि वा अन्तीम उपाए हो । कुनै सार्थक वा रचनात्मक कार्यले आफ्नो उपस्थिति देखाउन नसके पछि जसरी भए पनि आफ्नो अस्तित्व देखाउन भिभिन्न बेलामा बिभिन्न नेताहरुले धेरै किसिमका प्रयोग गरेका छन, तर यि सबै भन्दा यो प्रयोग पक्कै पृथक छ।

भविष्यबाणी र त्यसमा पनि राजनैतीक भविष्यबाणी भने पछि सबैले कान त ठाडो गर्ने नै भए र यसै बाट आफ्नो चर्चा परिचर्चा पनि हुने । तर यो झूठको भविष्यबाणी धेरै भए पछी भविष्यबक्ता बिस्तारै ज्योतिष बाट हास्य पात्रमा परिणत हुदैं जाने कुरो चाही सबैलाई चेतना भया ।


February 11, 2008

स्वस्थानी अध्याय:२१

Swasthani 21 - Share on Ovi
अध्याय:२१
http://www7.sendthisfile.com/d.jsp?t=aEscxY9JyMj4MWPmzvVlz7i6
सानदाई

February 10, 2008

स्वस्थानी अध्याय:१९ / २०

Swasthani 19 - Share on Ovi
अध्याय:१९
http://www9.sendthisfile.com/d.jsp?t=cenA8mMsVusbTuZ67DH8nklA


Swasthani 20 - Share on Ovi
अध्याय:२०
http://www9.sendthisfile.com/d.jsp?t=6nbCVI1KRDbC22dz76Zaae0h

- सानदाई

February 8, 2008

बेठेगान बन्दै गएका ठेगाना

"लक्ष्मी जस्ती बुहारी घर भित्रीईन, घर स्वर्ग भयो, घरमा बस्ने सबै स्वर्गवासी भए !"

यो यौटा एकलाईनको चुटकिला, र केवल शब्दको खेल मात्रै हो । घर स्वर्ग भएपछि त्यसमा बस्नेलाई "स्वर्गवासी" त भन्नै पर्छ, तर कुरा के भने न त कसैको घरमा लक्ष्मी भित्रीन्छन, न त कुनै बुहारी भित्रेर कसैको घर स्वर्ग बन्छ ।

भर्खरै कतै पढेको थिएँ, काठमाण्डौको रत्न पार्कको नाम परिवर्तन गरेर 'शहिद पार्क' राखियो रे । अब यसरी हेर्दा त्यस पार्कमा बस्ने जत्ती सबै थोककै भाऊमा शहीद हुने भए।

त्यसो त सेक्सपीयरले धेरै अगाडी नाममा केहि छैन र जे नाम दिए पनि गुलाफले त्यहि बास्ना दिन्छ भनेकै हुन, तर हाम्रा नेताहरुलाई भने बास्ना त्यहि आओस, स्वरुप र तौर तरीका त्यहि रहोस कुनै मतलव छैन, मतलव छ त 'नाम' मा, नाम फेर्नै पर्छ ।

राजा र राजपरिवार संग जोडिएका सबै कुराको नाम फेर्नै पर्ने 'दृढ अठोट' लिऐर सरकार यसरी चल्दै छ, मानौ, यो भन्दा ठुलो र गौरवशाली कार्य अरु हुनै सक्दैन ।

यसै क्रममा, जन-आन्दोलन २ ताका चाबहिल-कपन बाटोमा यौटा ठाउँको नाम स्थानियवासीले परिवर्तन गरेर 'लोकतन्त्र चोक' राखेछन। त्यो कुरा एकदिन एकजना भाईले फोनमा मलाई बताएको थीयो, तर यसपाला दशैमा त्यहा जाँदा त्यो ठाउँको नाम पून: परिवर्तन भएर "गणतन्त्र चोक"भैसकेको थियो । मतलब हामी केवल नामकै मात्रै पछाडी छौं र सरकार पनि त्यसैलाई आफ्नो "पौरख" ठान्दै छ ।

रातारात, स्कूल, कलेज, बाटो, पुल, पोखरी, भवन ईत्यादिका नाम परिवर्तन हुदैछन्, । फेरी वैचारीक दरिद्रताको परम नमूना रहेका हाम्रा उच्च ओहदावालाहरुको दिमागमा 'शहीद' वा 'लोकतन्त्र' बाहेक बाहेक अरु कुनै नाम आउदैन्। बाटोको नाम फर्नु पर्‍यो "लोकतन्त्र मार्ग", पार्कको नाम परिवर्तन गर्नु पर्‍यो "शहीद पार्क" ।

अब राजा र राजपरिवारको नाम पनि राख्‍नु भएन, 'शहीद' वा 'लोकतन्त्र' बाहेक अर्को नाम पनि छैन के गर्ने ? । हुदां हुदां अब राज मार्ग भन्न पनि त्यसमा 'राजा' को नाम आउने भएकोले राजमार्गलाई पनि राजमार्ग नभनी 'शहीद मार्ग' भन्ने हो की (त्यसै पनि हरेक दिन यि बाटोहरुमा दूर्घटनाहरु भईरहेका छन र यात्रीहरु शहीद भई रहेका छन) अनि राजधानिलाई पनि शहीद धानी भन्ने हो की? । रानी पोखरिलाई लोकतन्त्र पोखरी, महेन्द्र नगरलाई गणतन्त्र नगर, रानि वनलाई शहीद वन । म सोच्दै छु, उसै पनि हुलाक पत्र कहिल्यै भनेको ठेगानामा नपुग्ने हाम्रो देशमा यस्तो भरमार नाम परिवर्तन भए पछि झन के हाल होला?

केहि समय पहिले एकजना साथिको पत्र आएको थियो उस्को वरिपरिका गल्ली, चोक, बाटो सबैको नाम परिवर्तन भैसकेको रहेछ , हुदां हुदां कुनै यौटा शाहवंसीय राजा र उस्को नाम पनि मिलेकोले उस्ले पनि जोशमा आफनो नाम पनि फेरेछ। ऊ आजकल आफ्नो पुरानो नाम बाट हैन 'स्वतन्त्र नेपाल' को नामले चिनिन्छ ( भ्रम नपरोस 'नेपाल' चाहि उस्को पुरानै थर हो) ।

आज बिहान उसलाई यौटा पत्रको जबाफ लेखेको थिएँ तर उसको ठेगाना लेखे पछि यो पत्र के गतिले ठेगानामा पुग्ला र जस्तो लाग्दैछ।

तपाई नै हेर्नुस न तलको ठेगाना, कुनै बकम्फुसे दलको चुनावी घोषणा-पत्रको शुरुवात जस्तो; कुन नाम हो, कुन ठेगाना समेत छुट्याउन मुस्कील पर्छ :


लाई:
स्वतन्त्र नेपाल
शहीद चोक, गणतन्त्र गल्ली,
संबिधान सभा मार्ग,
राजतन्त्रात्मक गणतन्त्र नेपाल




स्वस्थानी अध्याय:१८

Swasthani 18 - Share on Ovi
अध्याय:१८
http://www12.sendthisfile.com/d.jsp?t=HWh88WMXT77KodVFWNQMAEUI
- सानदाई

February 7, 2008

स्वस्थानी अध्याय:१७

Swasthani 17 - Share on Ovi
अध्याय:१७
http://www3.sendthisfile.com/d.jsp?t=g0HnSQMGgKClnWixQC569fsu

सानदाई

स्वस्थानी अध्याय:१६

Swasthani 16 - Share on Ovi
अध्याय:१६
http://www4.sendthisfile.com/d.jsp?t=OWuL1NMOQbfclCMbWxLUf2Q7
सानदाई

February 6, 2008

अनलाईन राहदानि डट कम

संसार भरि नै ईण्टरनेटको माध्यमबाट सरकारी काम-काज र बिभिन्न कागज-पत्र तयार हुने कार्य चलिरहंदा नेपालमा पनि सरकारका काम-कारबाहि नेटकै माध्यमबाट नहोला भन्न सकिन्न । यसै सन्दर्भमा नेपाल सरकारले पासपोर्ट रिन्यू गर्ने कार्य अनलाईन शुरु गर्‍यो भने कस्तो होला ?

ल हेर्नुहोस, यो मेरो पूर्वाग्रह होईन 'पूर्वानूमान' मात्रै हो:

सबैभन्दा पहिला त तपाई ईण्टरनेट जोडेर नेपाल सरकारको 'राहदानी नविकरण' लेखीएको पृष्टमा प्रवेश गर्नु हुनेछ । मोनिटरमा " नेपाली सरकारको राहदानी नविकरण पृष्टमा स्वागत् छ" लेखिएको खुल्ने क्रममा हुनेछ ।

तर ५ मिनेटसम्म त्यो सन्देश मात्रै देखिई कुनै प्रतिकृया नभएपछि, अन्तमा तपाई हैरान भएर आफ्नो Browser "Refresh"गर्नु हुनेछ, अनि शायद यस्तो शन्देश तपाईको मोनिटरमा देखिने छ :



केहि नलागी तपाई "हस त !" लेखीएको ट्याबमा थिच्नु हुनेछ ।
अब, आईतबार बिहान १० बजे नै तपाई त्यहि पोर्टलमा छिर्नु हुनेछ । त्यस दिन सायद यस्तो मेसेज आउन सक्छ :


तपाई कुनै उपाए नलागी नेपालमा फोन गरेर नेपाल बन्द नभएको दिन पत्ता लगाएर पून: त्यहि पृष्टमा जानुहुनेछ र आफूलाई चाहिने फाईल खोज्न थाल्नु हुनेछ ।

नेपालको सरकारी कार्यालयको नेपाली कागजले पोका पारेका फाईल भन्दा पनि ईण्टरनेटको यो फाईल खोज्न तपाईलाई गार्‍हो हुन्छ । "राहदानी नविकरण फारम" लेखीएको ट्‍याब देखीए पनि कि त त्यो खुल्दै खुल्दैन कि त यस्तो मेसेज आउने छ:
अन्तमा केहि नलागी तपाई "सहायता"लेखीऐको ट्याबमा थीच्नु हुनेछ। त्यस पछि यस्तो पेज खुल्ने छ:

अन्तमा जसरी भए पनि आफ्नो काम गर्नु पर्ने भएको र विदेशमा वा कार्यालय बाट टाडा रहेकाले तपाईले दोस्रो अर्थात "ईमेल बाट फाईल प्राप्त गर्ने फारम" खोलेर तिन पुस्ते नाम-थर र अन्य जानकारी हाली फारम "Submit" गर्नु हुनेछ ।

तपाईको आश्‍चर्यको सिमा त्यतिबेला टुटछ जब तपाईको ईमेल ईनबक्समा तुरुन्तै यौटा यस्तो सन्देश आँउछ " तपाईले खोज्नु भएको राहदानि नविकरणको फारम यहाँ छ, कृपया यो अनलाईन भरेर प्रेषण गर्नु होला"

तपाई आफ्नो सरकारले I.T क्षेत्रमा मारेको फडको देखेर खुशी हुदै‌ तुरुन्तै त्यो लिन्कमा जानु हुनेछ । नभन्दै त्यहा यौटा "अनलाईन राहदानी नविकरण फारम" लेखीएको Interactive page खुल्नेछ। तपाई बल्ल ठाँउमा पुगेको अनुभव गर्दै धमाधम नाम, ठेगाना, पुरानो राहदानी नं आदि सबै भरी "Submit" लेखेको ठाँउमा थिच्नु हुनेछ । तर जत्ती गरे पनि त्यो फारम प्रेषण हुदैन र अन्तमा यौटा यस्तो Error Message आउने छ:


अन्तमा तपाई Virtual अनलाईन फारममा Physical हुलाक टिकट टाँस्ने गुत्थी फेला नपरेपछि पूर्बबत: 'अफलाईन' नविकरण Processको लागी यात्राको तयारी गर्नतर्फ लाग्नु हुनेछ ।