October 16, 2010

प्रवासमा यसपालिको दशैं खल्लो भयो

खेमनाथ पौडेल
बन्दिपुरे माहिलो
यूएई

पूजनिय बुवा आमा
सास्टङ्ग डण्डवत प्रणाम्
यो खाडीमा म लगायत भाइ आरामका साथ छौ त्यहाँ पनि तपाईहरु कुशलआरामै हुनुहुन्छहोला भन्ने उनै दयालु भगवान बसाहाथान सँग प्राथना गरिराखेको छु ।
आज हिन्दुहरुको महानचाड दशैंको आगमन भईरहेको बेलामा म भने प्रवासमा भौतारीरहेको छु । यसपालिको दशैंसँग छ ६ वटा दशै प्रवासीभूमिमा यस्तै खल्लो मानी बिताए । विगतका दशैंमा भने त्यति खल्लो महशुस भएको थिएन तर यसपालीको
  दशैंमा किन हो किन म भित्र भित्र रुन पुगे ।
आज मेरो साथिसंगीहरु विदेशबाट झोला गुम्टा बोकी घरतिर जाँदै गरेको बेलामा म भने त्यहि झोला गुम्टा बोकी दुवाईदेखि अबुधावी पुगें । संगै बसेका साथीसंगीलाई चटक्क मायाँ मारी फेरी अर्का नयाँ नौला साथीहरुको बिचमा घुलमेल हुदैछु । कम्पनीको कामले गर्दा एक ठाउँबाट अर्को ठाउँमा सरुवाहुँदा यहाँ यस्तै हुन्छ । केही समय सँगै बसेका साथीहरुसँग बिछोड हुँदा


October 13, 2010

दशैंको शुभकामना (दशैं नामै राम्रो चाडै राम्रो)

दशैं नामै राम्रो चाडै राम्रो। केटा केटी देखी बुढाबढी सबै दंग। दु:ख सुख जसरी होस,चाड मनाउने सबै तम्तयार। स्वदेशमा हुन या बिदेशमा,भुल्नै नसकिने चाड हो यो। चाडै चाड भएको देश भएपनि यो चाडमा त पत्रिकै बन्द हुने गरी मनाइन्छ। चक्का जाम,हडताल देखी गुरिल्ला युद्द पनि दशैमा बन्द गरिन्छ। शान्ती अशान्ती सबै थप्प गरेर परिवार तथा आफन्तसंग भेटघाट गरी मनाउन चाड हो दशैं। सायद तपाईहरु पनि कतिपय दशैंको लागी घर जाने तरखर गर्दैहुनुहुन्छ होला। कती घर पुगी सक्नुभयो होला। बिदेशमा रहने खशीको ब्यबस्था गर्दैरहुनु भएकोहोला। यस पटक त टिका आइतबार परेको छ,सायद धेरै जनाको त बिदा नै होला।

दशैको गफ जती गरे पनि सकिदैन। दशैंको रमाइलो पनि यस्तै हो। नामै लिंदै मन त्यसै प्रफुल्ल हुन्छ। चाडको महोलसंगै दशैमा चोरी पनि बढेर आउंछ। त्यसमा सबैले पक्कै ख्याल गर्नुपर्दछ। त्यो भन्दा पनि बढी ख्याल गर्नु पर्ने कुरा त पिंग खेल्दा चोटपटक लाग्ने या आस्वस्थ मासु या धेरै मासु खांदा बिरामी पर्ने। सधैं जस्तो यस्तै यस्तै गरेर दशैं बित्ने गर्दछ। यसपटक पनि सधैं जसो रमाइलो गरेर दशैं मनाउनुहोला। अन्य सालको भन्दा यस साल कसरी तपाईको दशैं भिन्नहुंदै छ त्यो पनि पक्कै भन्नुहोला। बिजया दशमी २०६७को सबै लेखक तथा पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना तथा उत्तोरत्तर प्रगतीको कामना।

दौतरी परिवार

October 12, 2010

सम्झनामा

यात्राभरी साथ दिने हात भए राम्रो
नछुटिने अजम्बरी साथ भए राम्रो ।

त्याग अनि र्समपण हुन्छ प्रेममा तर
भेट हुदा मिठा मिठा बात भए राम्रो ।

सम्झनामा एक्लै हाँस्ने एक्लै बसि रुने
पिडा पनि मिठो लाग्ने मात भए राम्रो ।

हिजो साँझ छुटिएर आज मिलन हुँदा
बर्षौ पछि भेटिएको छाँट भए राम्रो ।

आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके

October 8, 2010

सहमतिको राग र अधिनायकवादको एजेण्डा

दलहरूबीच हुने सहमति र सहकार्यबाट नेपालको वर्तमान राजनीतिक गतिरोधको अन्त्य खोज्न सकिन्छ। तर यो सहमति सरकार बनाउनका लागि मात्र नभएर संविधान निर्माण र बाँकि भविष्यतर्फका लागि पनि हुनु पर्छ । यसका लागि नेपालको राजनैतिक वा शासकीय स्वरूपलाई कांग्रेस वा लोकतन्त्रावादी खेमाका दलहरूले भने जस्तो बहुदलियता र बहुलवादलाई अंगिकार गर्ने लोकतान्त्रिक खालको बनाउन सकिन्छ भने , मुलुकको आर्थिक ढाँचा, सामाजिक न्याय र सम्पत्ति वितरणको तरिकालाई माओवादी वा कम्युनिष्टहरूले भनेको जस्तो समाजवादी प्रकारको बनाएर सबैले स्वीकार्ने खालको बनाउन सकिन्छ । राजनैतिक दलहरू सहमतिमा जान चाहने हो भने , नेपालको समग्र स्वरूपलाई या त माओवादीले भने जस्तो विपक्षी बिहीन बनाउने हो भने दक्षिण अफ्रिकाको संवैधानिक मोडेल अनुरूप जान सकिन्छ या त लोककल्याणकारी राज्यस्वरूपका स्कण्डेनेभियन मोडेलमा जान सकिन्छ । किनभने यी दुई मोडेल पूर्ण संसदीय पूँजिवादी वा पूर्ण कम्युनिष्ट दुवै हैनन् । स्मरणीय रहोस् , पूँजिवादी युरोपका स्वीडेन, फिनल्याण्ड , नर्वे र डेनमार्क जस्ता मुलुकले अवलम्बन गरेको नर्डिक वा स्कण्डेनेभियन मोडेलको आर्थिक तथा राजनैतिक स्वरूप स-साना मुलुकको लागि अति नै सकारात्मक रूपमा प्रभावकारी मानिएको छ र यी मुलुकहरू नै जनताको जीवनस्तरको कसीमा संसारमा लगातार उच्च स्थान बनाउन सफल पनि रहेका छन् ।



October 7, 2010

दौंतरीहरूलाई शुभकामना

दौतरीका पाठक तथा लेखक सबैलाई शुभकामना। दौंतरीमा सामेल भएको ३ बर्ष पूरा भएर आज ४ बर्ष लागेको छ। यो समय छोटो या लामो के भन्ने खै,तर लेख,समिक्षा र संबाद धेरै भएछन। धेरै मित्रता गांसियो,कती त टुटाइयो,कती अझ गांसिदै छ,प्रक्रितीको नियती नै यस्तै होला। दौंतरीबाट धेरै गर्ने सोच थियो,कती गरियो त्यो त पाठहकरुले नै मुल्याकंन गर्ने हो। जे जती गरियो त्यसमा अझ अन्य सामाग्री थप्दै सदैब यो इन्टरनेटको जालोमा दौंतरी बनेर रहिरहने छौं। नेपाली भएर निर्भिक स्वच्छ तथा सही बिचार संप्रेषण गर्दैरहने छौं। दौंतरीसंगै अहिले सम्म रहनु भएकोमा तपाईहरुलाई सबैलाइ बधाइ साथै आउने समयमा पनि दौंतरीसंग रहिरहनु हुन आशा गर्दछौं। दौंतरीबाट हराउनु भएको भए पुन दौंतरीमा आएर रमाउनुहोला।

के राम्रो गरियो,के गर्दा राम्रो होला पक्कै भन्नुहोला,साथै एक आपसमा शुभकामना बाढ्न पक्कै पनि नभुल्नुहोला। नेपालीको ब्लग चौतारी दौंतरी,तपाइ हामीकै साझा सम्पती हो।

विश्लेषण

आदरणिय दिदी बहिनीहरु!

'आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु।
तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।'
उ बोल्दै थियो। 'आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी ! ऊठ्नुस! जाग्नुस!धर्मको ढोगी बनेर होइन कर्मको हत्केलाहरु उठाउदै। अब नारी घर र चौघेरा, पर्खालको पहरेदार होइन सिंगो राष्ट्रको महान योद्दा बन्नु पर्छ.' तालीको गडगडाहटले ऊ भित्र झन उत्साह बढि रहेको थियो।
‘पुरुषको बोलवाला रहेको यो समाजलाई नारी शक्तिको गुन्जयमान ध्वनी चाहिएको छ ।हामी सबै मिलेर नारी ध्वनीलाई प्रतिध्वनीत गरौ। अब यहाँ, नारी पुरुष बिच भागबण्डा हुने छैन स्वामित्वको ,बरु ,शंखघोस् हुनेछ एकताको!


October 6, 2010

शुभकामना गजल

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

पहिला नेपाल, नेपाली अनीमात्र जनसम्पर्क समिति- गगन थापा

यूएई

गत शुक्रवार दुबईको एक होटलमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति यूएईको प्रथम महाधिवेशनमा प्रवासमा पहिला नेपाल, नेपाली अनि मात्र जनसम्पर्क समिति भई चिनिन नेपाली कांग्रेसका युवा नेता गगन थापाले कार्यकर्ताहरुलाई अनुरोध गरे ।

उक्त अवसरमा यूएईमा रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थितमा अन्तकृया कार्यक्रम समेत सम्पन्न भएको थियो । एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाह, नेपाली समाजका अध्यक्ष, यम तमु, एनआरएन एन सी सीका अध्यक्ष चुडामणी ढकाल, नेपाल पत्रकार महासाघका
 अध्यक्ष शंकर ज्ञवाली, जनजाती महासाघका अध्यक्ष भुवन राई, लगायत अन्य संघ संस्थाका प्रमुखहरुले नयाा कार्यसमितिको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । प्राय वक्ताले गगन थापालाई भर्खरै भएको नेपाली काग्रेसको महाधिवेशनबाट थपिएको जिम्मेवारी सफलतापूर्णरुपमा गहन गर्न आग्रह समेत गरे ।


October 3, 2010

'एक्काइसौँ शताब्दी' : मताग्रही अवधारणा कि वस्तुगत संज्ञा

( निर्मलमणि अधिकारी 'आयोदधौम्य'

धेरै नै प्रयोग गरिने शब्दावली हो यो 'एक्काइसौँ शताब्दी' । लेखाइ र बोलाइ दुवैमा 'एक्काइसौँ शताब्दी' को दुहाइ दिने क्रम बढ्दो छ । तर,हाम्रो देशमा जसरी 'आधुनिक' (Modern), 'आधुनिकतावाद' (Modernism), 'उत्तर आधुनिकतावाद' (Postmodernism),, वैश्विकरण (Globalization) आदि अवधारणाहरूलाई तिनको अर्थ नबुझेरै सर्न्दर्भबिना प्रयोग गरेको देखिन्छ त्यसरी नै 'एक्काइसौ
शताब्दी' लाई पनि नबुझेरै बोल्ने/लेख्ने गरेको देखिन्छ । मोर्डन, मोर्डर्निज्म, पोस्टमोर्डर्निज्म,
  ग्लोबलाइजेसन आदि वस्तुगत संज्ञा होइनन्, यी त मताग्र ही अवधारणा (Ideological concept)हुन् र 'एक्काइसौँ शताब्दी' पनि त्यस्तै हो ।

यी सबै अवधारणाहरू युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिबाट निःसृत हुन् ।


'शताब्दी' मात्रै भनियो भने यो शब्दले सामान्यतया एक सय वर्षो समयावधि भन्ने अर्थ दिन्छ र कुनै सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रहलाई जनाउँदैन । तर जब 'शताब्दी' को अगाडि 'एक्काइसौँ' भनी विशेषण लगाइनासाथ यसले वस्तुगत आधार गुमाउँछ । अर्थात्, 'एक्काइसौँ शताब्दी' भन्ने अवधारणा


October 1, 2010

राम्रो कुरो बाहेक बाँकि सबै हुने देशमा

आफ्नो मुलुकबाट प्रवाहित हुने समाचारको शृंखला हेर्दा माथिको शीर्षक दिमागमा फुर्‍यो ।
माओवादी हिंसाले लखतरान र जीर्ण पारेको देशमा, केही वर्ष चुनाबका मुखमा एउटा पार्टीको नाममा झड्केलो जन्म्यो , तराई जनतान्त्रिक फोरम । फोरम विचित्रको थियो किनभने यसमा कुनै स्पेशल र ओरिजिनल मान्छे र प्रवृत्ति थिएनन् । अत: यो भगवानको श्रृष्टिमा बन्न नभ्याएको तर पछि सबै जीवजन्तुका चुनिन्दा अंगको गठजोडले बनेको ऊँट जस्तो देखिन पुग्यो । हिजोका भग्नावशेष पञ्चदेखि सबै पार्टीका 'लेफ्टओवर' बटुलेर आकार दिइएको यो तराईको राजनीति गर्ने फोरमलाई कतिले त दक्षिणी छिमेकीको नेपालस्थित प्रतिनिधि भनेर समेत आरोप लगाए । कुरो जे भए पनि , फोरमका काम , कर्तूत र ध्येय भने नेपाललाई कसरी “फोरौँ’ र 'सिध्याऔँ' भन्ने नै हो कि जस्तो लाग्ने कृयाकलाप यसले देखाइरह्यो, आफ्नो स्थापना कालदेखि
गत संविधानसभा चुनाब ताकाको मतदाता नामावलीमा २५ देखि ३०% फर्जी मतदाता रहेको कुरा निर्वाचन आयोगले एउटा सर्वेक्षण मार्फत पत्ता लगाएछ । यसैलाई आधार मानेर , अहिले निर्वाचन आयोगले निर्वाचन प्रणालीमा सुधार ल्याउन नया परिचयपत्र जारी गर्ने कार्यक्रम ल्याएको कुरा समाचारमा पढ्दा खुशी लागेको थियो , कमसेकम केही कुराका लागि असल पर्यास हुन थाल्यो भनेर । अझै भन्दा , यो प्रकृयामा जानु पूर्व निर्वाचन आयोगले सर्वदलीय भेला समेत गराई सो कुराको बारेमा दलहरूबाट सहमति पनि लिई सकेको रहेछ ।


September 27, 2010

ब्लगर बेदनाथका आफ्नै कुरा

ब्लगरका कुराकानी प्रस्तुत गर्ने क्रममा यस पटक ब्लगर बेदनाथ पूलामीलाई दौंतरीमा निम्ताएका छौं। "आफ्नै कुरा "नामक ब्लग लेख्नुहुने बेदनाथ जीको इमेलद्वारा तयार पारिएको कुराकानी प्रस्तुत गर्दैछौं।:

१) ब्लग यात्रा कसरी शुरू गर्नु भयो ?
नमस्कार मेरा सबै ब्लगर मित्रहरु, पाठक र सुभचिन्तकहरुमा !
रहरै रहरमा नजानिँदो तरिकाले ब्लगको शुरुवात गरिन पुगिएछ ! जति वेला धनकुटाको मित्र टिका जी ले वेब बनाउनु न, मलाइ त अलिक पारा आएन भनेर Blogger.com को लिंक दिनु भो, उति वेला hi5.comfacebook जस्तो एउटा सामाजिक संजाल मात्र होला भन्ने लागेको थियो र रजिष्टर मात्र गरे ! उहालाई पनि त्यो लिंक उहाको साथीले दिनु भएको रहेछ व्यक्तिगत वेब बनाउनु भनेर ! जब
  मैले ब्लग एउटा फ्री वेब पेज हो भन्ने थाहा पाएपछी र ब्लगमित्रहरुको हौसला पाए पछी भने यसको नशा नै लाग्यो ! अनि नजानिदो रुपमै भए’नी मेरो ब्लगको यात्रा शुरु भो ........"पाइलटको बाटोमा धुलो उडाउदै’’ !


September 25, 2010

मेरो यात्रा कुण्डली

के हुन्छ यांहा
खै पत्तो भेटिएको हैन
जुगौं बिताए मैले
थाहा पाएको छैन
यो जकटिएको धागो
शुरु कुन हो
अन्त्य कुन हो
खोज्दा खोज्दै म त बिचमै हराएछु
झल्यास्स बिउझिएं
पून यात्राको मर्म जान्न खोजें
अनयासै यात्रामा सामेल नभएको भान भो
जे पनि यात्रा
जता पनि जात्रा
के श्वास प्रश्वास पनि यात्रा नै हो त?

घडी पला सबै यात्राका बिन्दू हुन त?


फटिंग्रे

यो कथा मैले धेरै पहिले यै दौतरीको लागि भनेर लेख्न शुरु गरेकी थिए । कारण वस ढिला भयो ।यस्का मथिल्ला दुइटा भाग यहि दौतरीमा पहिले नै आइसकेको छन ---आशा छ यो मेरो कथा लेखनको पहिलो प्रयास हो हजुरहरुलाई मनपर्ने नै छ! -आश्मा
*******************************************************

कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति
  मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसूस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावनाहरु खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि बाल्यकाल
 को उही छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-


September 24, 2010

गाउखाने कथा ४२ (Nepali Gau Khane Katha)



सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।

नुवाईधुवाई जीउमा चन्दन लाई, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


September 22, 2010

खाडीमा एक दिनको रमाईलो यात्रा

जिवनको हरेक उकाली ओराली अनि देउराली पार गर्न एक किसिमको यात्रा गर्नु पर्ने नै रहेछ । यात्रा जिवनको एक महत्वपूर्ण अंग रहेछ जस्तो लाग्छ मलाई । कुनै न कुनै माध्यमबाट हामीहरुले प्रत्येक दिन घण्टा मिनटमा यात्रा तय गरिरहेका छौ । या त्यो यात्रा जिवनको यात्रा होस् या कुनै लामो दूरीमा जाँदा बटुलेको अनुभवको यात्रा होस् आखिर यात्रा यात्रानै हो ।
२००९ सालको अन्त्य र २०१० सालको सूरुको दिन जनवरी १ का दिन यूएईका एनआरएनहरुले एउटा पिकनिकको आयोजना गरे । म यात्रा पिकनिक स्टेज प्रोग्राम सांगेतिक कार्यक्रम भने पछि दुई दिनको जेठो । यसैले म २०१० सालको पहिलो दिन लामो यात्रा र पिकनिकमा गएर रमाईलो गर्ने
सोच बनाए । म मात्र नभएर म जस्तै प्रवासीएका सयौ जना पिकनिकमा जानको लागी तम तयार भए ।
२०१० सालको पहिलो दिन बिहानै म तुलसी बस्याल अली भएर बाहिर निस्कियौ भर्खरै विहानी पखको स्वस्थ हावा चलि रहेको थियो सुर्यका किरणहरु दुवईका गगन चुम्बी महलका रंगी


September 21, 2010

दरखाने दिनको यात्रामा देखिएको रमझम

सेप्टेम्वर १० २०१० अर्थात भाद्र २५ २०६७ नेपालमा तिजको दर खाने दिन विदेशमा अर्थात खाडी देशहरुमा शुक्रवार विदाको दिन मुस्लिम धर्मालम्बिहरुको चाड ईदको विदाको दिन । यसपाली भने जुरेकै रहेछ दर खान प्रवासमा भएका दाजुभाइहरुलाई । यति मात्र नभएर उक्त दिन सधैझै यसपालीको शुक्रवार पनि तिजको रमाईलो कार्यक्रम हुँदै थियो ।

कार्यक्रममा नगाएका अन्य तिन जना भित्र चेतन राना अली र टिकारामलाई लिएर देरा दुवई तिर हुईकिए । खाडी मुलुकको मध्यान्नको टन्टलापुर घाम एकैछण वाहिरी वातारणमा हिडडुल गर्दा पसीनाले खलखल्ती भिजाउने हामी घामको कुनै प्रवाह नगरी नेपाली चोक आब्रा तिर लाग्यौ । ओ हो वाटो आवज जावत गर्ने मानीसहरुको भिड थिचोल्नै गाह््रो । नेपालीहरु मात्र नभएर अन्य देशका नागरीकहरुको पनि भिड थामीनसक्नु थियो । लाग्थ्यो काठमाण्डौ पशुपतिनाथमा शिवरात्रीको मेला चलीरहेको छ ।

नेपाली चोकमा दुई चार जना साथीहरुसँग भेट भयो जाने होईन तिजको रमझममा मैले भने भन्दै थिए आफ्नो त यतै छ रमझम नेपाली क्यासेट बेच्ने भाइले । लौ आयो नयाँ नेपाली लोक गित चलचित्र अनि तिजका गितहरु सबै नेपालीहरु उनकै बोलीलाई पछ्यादै झ्याम्मीए । पुरानो तन्नामा छरपस्ट फीजाईएका नेपाली सि।डी ब्यवसायिहरु कराउदै थिए । उनिहरुलाई त्यो टन्टलापुरको घामको पनि कुनै प्रवाह थिएन कार्यक्रम त परै जाओस् । सबै सि।डी व्यवसायीको बोलाई बेचाई र सामान एकै किसिमका हुने रहेछन् ।



September 18, 2010

गीत-फुल फुल्ने

खोंच अनि कन्दरामा सुनगाभाको फुल फुल्ने
संकेत हो कि बाधा बिच जीवनको फुल फुल्ने!

झुके हार उठे जित
जिन्दगीको चक्र
भेटिन्छ है पौरखले
सफलता को बक्र,

अध्याँरो लाई भत्काएर जुनेलीको जून खुल्ने
संकेत हो कि बाधा बीच जीवनको फुल फुल्ने!



September 17, 2010

सिमा आँफै तिर ढेपिएको छ रे

सुन्दैछु ,मेची र काली पनि चेपिएको छ रे
भुत्ते भो कि गोर्खे खुकुरी नै हेपिएको छ रे

कती धितो राख्नु बिचरो छ सगरमाथा नि
धाक नलगाउ भो लाजले सेपिएको छ रे

हात मुख जोर्न शिप शिल्प पलायन भए
बचेँका पेटमा अझै रिन खेपिएको छ रे

शान्तिको कान्ती नि अटेन रे आँखा भित्र हाम्रा
बुध्दको माटो यो रगतले लेपिएको छ रे


September 14, 2010

क्रान्तिकारी निर्लज्जता !

लाग्छ माओवादीलाई मात्र जे केही भन्ने र लागेको गर्न पाउने छूट छ हाम्रो मुलुकमा । क्रान्तिकारी र आमूल परिवर्तनकामी हुँ भन्ने डाँको डरलाग्दो श्वरमा बोलेपछि , काम जत्रो तुच्छ र निकृष्ट गरेपनि , चल्दो रहेछ ! के गर्ने आफ्ना बलिष्ठ भुस्तिघ्रेले जे भन्दिए पनि पत्याउँछन् र बाँकि नपत्याउने बिरोधीलाई प्रतिगामी भनेर हिंसा र हतियारका मतियारहरूले दनादन दिए भैहाल्यो, कसको के खैरियत ? चमत्कारी गुणडाराजको यो गनतन्त्रमा । कसले रक्षा गर्छ ती असहमत विचारवाला सोझा हतियारबिहीन जनताको यो मुलुकमा ? पुलिस र प्रशासन काम नै गर्दैन , सेनालाई व्यारेक बाहिर निसक्नै अधिकारै छैन । त्यसैले त निर्धक्क छन् ती मत्त साँढे जस्ता जत्थाहरू !


कामरेड प्रचण्डले शक्तिखोर प्रशिक्षणमा राज्यसत्ता कब्जा गर्ने माओवादी राजनीतिको तिकडम कस्तो तरिकाको छ भन्ने पेटारो फोरे , तर त्यत्रो योजना त्यत्रो भीमकाय शरीरधारी जूंगे नेताले भाले हुँदै छताछुल्ल पार्दा पनि हामीलाई माओवादीको कुत्सित नियतमाथि औँला ठड्याउन मन लागेन ! राजाको कथित निरंकूशता बिरुद्ध क्रान्ति गरेर , लोकतन्त्रको उदार राज्यनीतिका मातहतमा स्वतन्त्रता र निर्भिकताको जीवन बाँच्ने हाम्रो सन्तति दरसन्ततिको इच्छामाथि , कामरेड प्रचण्ड मार्काको अधिनायकवादी राजनीतिले डंका मार्न खोज्दा र यिनैका नेताले त्यो योजनाको साखुल्य प्रमाण पेश गर्दा पनि हामीले माओवादीको षडयन्त्रकारी राजनीतिक उद्देश्यमाथि पर्याप्त बिरोध गर्नु पर्ने दरकार नै ठानेनौँ । ज बोले पनि जे गरे पनि माओवादी क्रान्तिकारी नै रहिरह्यो , उसले उही ढर्राको सर्वऔषधीमय राजनीतिक नाच नाची रह्यो र आज पनि उसैको ठूलो डाँको बजेकै छ । उसले जे सोचेर जुन योजना हाकाहाकी सार्वजनिक गरे पनि , जुन नौटंकी नाचे पनि , जुन तानाशाही विचार बोके पनि ; मान्छेहरू यो नै चमत्कारिक राजनीतिको मसिहा नै हो भनेर ह्यामलिनको बाँसुरीवादकका पचाडि लागेका मुसाका झून्ड सरह , गल्छिमा खसेर अन्त्य हुन हतारिएर पछ्याइरहेका देखिन्छन् ।



September 13, 2010

जस्ट १० मिलीयन नेपाली रुपिज पर् पर्सन

आम्मै १ करोड प्रती ब्यक्ती,त्यो पनि नेपालीलाई। त्यसले त सारा नेपालीलाई धनी बनाउंछ होला। पूल अस्पताल,स्कुल ,खानेपानी...ए यो त माओबादी पार्टीका महराले चिन संग ५० सांसद किन्न प्रती ब्यक्ती मागेको पैसा पो रहेछ। कता कता ठमेल तिर सडके भुरा भुरीले गोरेसंग सर १ रुपिज भनेको याद आयो।

सही या गलत के हो तर महराले चिनका एक अधीकारीसंग सांसद किन्न गरेको संबाद मिडीयामा आइसक्यो। महाराले यो नया प्रबिधीबाट जोड जाड पारेर तयार पारिएको भनेका छन। तर उनले एक 'चिनियाँ अधिकारी'सँग सभासद् खरिदका लागि पैसा मागेको विवादास्पद टेलिफोन संवादलाई भने
  स्विकारेका छन। माओबादीको केन्द्रीय समिति बैठकले उक्त प्रकरणबाट पार्टी गोपनीयता भंग गरेको, आन्तरिक सुरक्षामा विदेशी हस्तक्षेप र मानवअधिकार हनन भएको टिप्पणी गरेको छ।


September 10, 2010

चार मुक्तक

हरुवा र जितुवाको घमासान छ ।
एउटै कुर्सीको मात्रै तानातान छ।
के गर्छन यीनले शान्ति स्थापना,
कुर्सी पाउनै जब हानाहान छ ।

गर्न लाई त गर्छन् त्याग र बलिदानका कुरा ।
बोल्न लाई बोल्छन् शान्ति र समाधानका कुरा ।
राष्ट्रियता र देशभक्ति किताबमै थन्क्यो अब,
केही उत्तरका गुलाम, केही सुन्छन् हिन्दूस्तानका कुरा ।



September 7, 2010

सपना हराएको मान्छे

- प्रयास
कस्तो अनौठो, सपना पनि हराउदो रैछ
कता हरायो हरायो मेरो सपना
फिर्ता गरिदेउ है, कसैले लगेको भए
खबर पाऊ है, कसैले पायौ भने
जहाँ सुकै खोजे , कुना कानी जताततै हेरे
धरतीको यो पाटो बाट अर्को गोलार्ध सम्म
कहिँ भेटिन , शंका पनि कसलाई गरु ?
आँखा को ज्योति हराउछ भन्छन
सुख दुख हराएको पनि सुने को छु ,
आँशु - हाँसो पनि हराउछ रे समय संगै


September 4, 2010

गाउँखाने कथा ४१ (Nepali Gau Khane Katha)

अपडेट: गाउखाने कथा ४१ को उत्तर दांत हो। उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद,यसपटक भने कसैले पनि उत्तर मिलाउन सक्नुभएन। अर्को पटक सजिलो गाउंखाने कथा सोध्ने छु।
-----------------------------------------------------------------------


सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।

पल्टन-पल्टन दुई पल्टन आए जति चट, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


August 29, 2010

टिपन टापन: लोभीपापी देखि अघोरीसम्म

धेरै दिन देखि केहि कुरा लेखौं भन्दा भन्दै पनि औंला चलाउन सकिएन। देशमा लोभीपापीहरुको खेल अझै टुंगिएको छैन। चुनाव-हरुवा प्रधानमन्त्री भयो भनेर कुर्लिनेहरु आंफै पांच पटक हार्दा पनि नपुगेर अझै पनि हार्न तम्सिदैछन। बेलाका नालायक माधव नेपाल र त्यो कुर्सीमा कि आंफु नत्र अर्कै जंगे वा हर्के आओस तर आफ्नै पार्टीको अर्कोले छुन पनि नपाओस भनेर जालो बुन्न खप्पिस प्रचण्डको लोभीपापी रुपी एक्टिङका चुट्किलाले दैनिक पत्रिका रंगिएकै थिए। यस्तो चहल पहलमा हामी जस्ता चक्रव्युहमा फसेका प्राणी रुमलिनु बाहेक अरु के नै गर्न सकिन्छ र! न त कमल हसनको “हिन्दुस्तानी” लाई व्यवहारमा उतार्न सकिन्छ न त “रंग दे वसन्ती” को आमिर खान लाई नै। वास्तवमा भन्दा नेपाल र नेपालीको नियति “पिपली लाईभ” को नत्थु रामको जस्तै छ। भारतमा मिडियाहरुले “पिपली लाईभ” लाई जन्म दिन्छन तर नेपालमा मिडियाहरुमा यति दम पलाइसकेको छैन। बरु नेपालमा त “पिपली लाईभ” पार्टी र नेताहरुको पेवा हो, र यो पेवा रुपी ब्यापार अझै वर्षौं फस्टाइरहनेछ। किनकि कोरा सपना देखाइदिनुस सयौं “नत्थुराम”हरु तयार छन बन्दुक बोक्न र अन्जानमा आहुति दिन। भाषा मात्र फरक छ, “पिपली”मा यसलाई “आत्महत्या” भनिन्छ भने नेपालमा “बलिदान”।


August 27, 2010

हा… हा… हा… हा… हा…

केही समय भएछ ‘टि-टाइम’ अन्तर्गत केही नराखेको । धेरै सप्ताहन्त आए र गए तर मेसो नमिलेर टि टाइम धेरै दिन देखि अपडेट भएन । आज भने केही ताजा जोकहरु लिएर फेरि हाजिर भएका छौ:

--------------------                                     ------------------                               -------------------

पत्नी: मलाई हिराको हार बनाइदियौ भने म सात जन्म सम्म तिम्रै हुने छु।

पति: हार सँग कानको टप र हिराकै फूली पनि बनाइदिन्छु, तर कुरा यही जन्ममा मात्रै टुङ्ग्याउँ है त ?


बैँक काउण्टर बाहिर बसेको एक जना ग्राहक बैँक कर्मचारीको आबाज राम्ररी नसुने पछि :

ग्राहक: हेर्नुस... म राम्ररी कान सुन्दिन तपाईँले के भन्नु भएको अलि ठूलो स्वरमा भन्दिनु न !
बैँक कर्मचारी: हैन... म कहाँ बोल्दै छु र..!, म त बिस्कुट खाँदैछु।


पत्नी: पहिला त तिमी विवाह पछि मलाई झनै माया गर्छु भन्थ्यौ त ! ।
पति: हो त नि!, तर मलाई त्यति बेला के थाहा कि तिम्रो विवाह मै सँग हुन्छ भनेर ।


एक जना ९० वर्षको बुढो मान्छे मृत्यु पछि स्वर्गमा पुग्छ । चारैतिरबाट अति आकर्षक जीउ डाल भएका अति सुन्दर र जवान अप्सराहरुले उसलाई स्वर्गमा स्वागत गर्छन् ।

बुढो मान्छे एकैछिन कींकर्तव्यबिमुढ भएर सुन्दर अप्सराहरु तर्फ हेर्छ र आफैँ बुदबुदाउँछ “ …धेत् , बाबा रामदेबको चक्करमा नपरेर योग ध्यान नगरेको भए …बरु ठीक समयमा यहाँ आइपुग्ने रहेछु… ।”