December 19, 2010

नआऊ सामू यो रात पनि……….

शिव प्रकाश

नआऊ सामू यो रात पनि, पिएर बिताउँछु
पारेर छिया छोडेको मुटु, सिएर बिताउँछु ॥

बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥

उर्लेर आई  ती भेललाई, बगायौ कति  रात
धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥

मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
बिर्सन  सबै  ढुंगाको रुप, जिएर  बिताउँछु ॥

पिएर सधैं मातेर बस्छु, ती मात मेट्नलाई
जलेर  आफू प्रकाश केही, दिएर विताउँछु ॥

http://www.nepalimanharu.com/
डिसेम्बर १९, २०१० ।


एकछिन हाँस्ने हैन त ?

घरायसी, व्यावसायिक र अन्य विविध कारणले दौँतरीमा टि-टाइम नटाँसेको मात्रै हैन, दौँतरीमा नलेखेको पनि धेरै भएछ । त्यसैले आज आफ्नो र टि-टाइम दुबैको पुनरागमन गर्दैछु केही रमाइला जोकहरुबाट:


बाबु:- छोरा, आजको जाँच कस्तो भयो ?
छोरा:- बाबा, अलि बिग्रीयो जस्तो छ  !
बाबु:-यही हो तैँले पढेको, भोलीको जाँच पनि बिग्रियो भने मलाई बाबा नभन्।
(भोलीपल्ट छोरा जाँच सक्काएर फर्कन्छ)
बाबु:- आजको जाँच चाहीँ कस्तो भयो नि ?
छोरा:- सरी, गोविन्द जी, आजको जाँच पनि बिग्रियो ।


"Will the band play anything I ask them to?"
"Certainly sir"
"Well, ask them to play chess with me !" Angel



कार्टुन

- Luna

' टिरिङ्ग ! टिरिङ्ग !! टिरिङ्ग !!! '
फोनको घन्टी लगातार बजिरहेकोथ्यो । मेरो आँखा खुल्नै सकेन ! मलाई ऐठन परे झै भईरहेको थियो । फोनको घन्टी बज्न छोड्यो । म पुन : निदाए ।
केही बेरमा फेरी उसैगरी फोन आईरह्यो लगातार । बेड संगैको टेबलमा टेबलघडी थियो । हात तन्काएर ताने आँखा नखोलेरै । बल्ल बल्ल आँखा उघारेर हेरे , बिहानको ५ बज्दै थियो !
साधारणतया साँढे सात बजेतिर ब्युझिएर करिब आधा घण्टा जती बेडमा नै अघिल्लो राती तयार गरेका खबर लेखहरुको खेस्रालाई
 दोहोर्याइ तेहेर्याइ पढिरहने मेरो बानी थियो । कलमजिबी न परे ! 'पत्रकार ' को कहाँ आफ्नो समय हुन्छ र ! ऊ त सधैं पब्लिक कै लागि कुदिरहनु पर्छ कुदिरहनु पर्छ बेला न कुबेला ---
एकाबिहानै फेरी कुन समाचारको लागि फोन आयो भन्ने सोची फोन उठाए मैले लामो हाई काढ्दै हेल्ल्ल्ल्लो ! भने । उता बाट कानको जाली हल्लिने गरी चर्को आबाज आयो ' आनन्दे ! गूड् मर्निङ ! '
' प्रेम पो रैछ ! ' ' एका ब्यानै ( बिहानै ) के गूड् -- गूड् -- ' मेरो शब्द नै भक्भकियो रिसले !
उस्ले ' आनन्द ! सुन न यार ! -- ' भन्दै थ्यो म जङ्गिए ' मैले तलाई हिजो अस्ती नै भन्या हैन म जगिङ्ग जान्न् भनेर ! ब्यान ब्यानै
 उठायो यस्ले ! हिजो रात भर रात भर तैले पनि त रिपोर्ट तयार पारेकै थिस नि ! तलाई थकाई लागेन ?! २-४ दिन पछी स्टार्ड गरे
  हुन्न ! ' ऊ चूप थियो ।


December 17, 2010

कि कसो?

एउटा भबिष्यको दृष्य देख्या जस्तै लाग्यो। हुन त पैला पैला शिबरात्री र फाउ पुर्नेमा नी त्यस्तो दृष्य देख्या जस्तो नलाग्या त हैन, तर यो दृश्य चै शिब-शम्भो प्रायोजित होईन। दृश्य यस्तो छ:

एउटा निक्कै जोशिलो ब्यक्ति ट्वाँट हातमा लिएर मन्द मुस्कानका साथ बोल्दैछ। उस्का वरीपरी थरी थरीका अरु छन। त्यो जोशिलो ब्यक्ति भरखरै साम्सदमा निर्बाचित भएर आएको हो। उ भन्दै हुन्छ : यता पो मस्ति रै छ। जे बोले नी हुने, जे गरे नी हुने, भत्ता पक्का रे छ, सुरक्षा त झन हुने नै भो। पैला पैला त केई बोल्नै नहुने, केई गर्नै नहुने। भत्ता पचाउनै गार्हो। पैला साथीका नाममा दुश्मन धेरै थिए, अहिले दुश्मनका नाममा साथी धेरै छन। कि कसो कामरेड? ट्वाँटको गिलास अर्को अलि पर तिर बसेर मासु तान्दै गरेको कामरेड सांसद तिर छचल्काउँदै जोशिलो ब्यक्ति बोल्छ। मासु तान्ने सांसद टाउको हो मा हल्लाउँदै मासु चपाउन थाल्छ।

जोशिलो ब्यक्ति भन्छ: अब १०/१५ जना जति अरु हाम्रो जत्थाका सांसद भेला हुन पाईयो भने त हाँकिने रे छ। धेरै सिट ल्याउने प्रधानमन्त्री थोरै ल्याउने मन्त्री, यस्तै रे छ गणित। हैन त? चारतारे साम्सद साथी बिजुलीजलमा निक्कै मातेको देखेर उ तिर हेर्दै जोशिलो दंग पर्छ।

त्यो जोशिलो ब्यक्ति सँगै उभिएको एउटा धुपौरेले सुटुक्क भन्छ :पारस सरकार, रुबेला राजालाई त भेटेरै धन्यबाद भन्नु पर्छ। सरकारलाई यो साम्सद बनाउन जग खनेको त उसैले हो। गुन त बिर्सिनु हुन्न सरकार।

कि कसो?

December 16, 2010

वैदिक हिन्दू दर्शन र सहृदयता

( 'आयोदधौम्य' निर्मलमणि अधिकारी

सहृदयताको अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सर्न्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रक्रियालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण 'संचारको साधारणीकरण ढाँचा' भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । 'वसुधैव कुटुम्बकम्' को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा 'सहृदयता' लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा लिनु उपयुक्त हुने देखिन्छ । मानवीय व्यवहारमा सहृदयताको अनुपम रूपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागिर् इश्वरीय भक्तिको सर्न्दर्भमा चर्चा गरौँ । "भारतीय विचारधारामा जहाँ हामी मानव र्रर् इश्वरबीचमा निष्कपट संगति पाउँछौं, उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रूपमा लक्षित हुन्छ । पश्चिमी
 देशका पौराणिक आख्यानहरू पनि यस्तै निर्देश गर्दछन् । ... पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र इश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य र इश्वरको शक्तिको मुकाबिला गर्दछ, मनुष्यजातिको हितकोलागी इश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्यर् इश्वरद्वारा निर्मित वस्तु हो ।"


December 13, 2010

पारस फेरी बिबादमा

यदा कदा पत्याउनै नसक्ने काम गरेर चर्चामा आउने पारस शाहा आफ्नो राजकुमार पद्दबी सकिएपछी पून एक पटक चर्चामा आएकाछन। त्यो पनि गोली चलाएर। समाचारमा आए अनुसार उनीले नेपालको बिदेश मन्त्री सुजाताको ज्वाई पर्ने बंगलादेशी नागरीक रिबेल चौधरीलाई गोली चलाएका हुन। तर कोही पनि घाइते नभएको सुनिएको छ। पछी बिज्ञप्ती आउंदा पारसले हवाई फाएर गरेको बुझिएको छ।

यो गोली काण्डसंगै पून राजतनत्र बारेमा कुराहरु उप्किएका छन। ज्ञानेन्द्रले गर्दा होइन कि पारसले गर्दा राजतनत्र गएको भन्ने एकथरी छन बने अर्काथरी नेताहरू भएको भए बिदेशीसंग हो हजूर भन्दै पूच्छर लुकाउंथे तर पारसले कमसेकम बिदेशीबाट आफूं हेपिन त जोगिए। साथै नेताहरुले मैले गरेकै होइन या मैले भनेकै होइन जस्ता जाल थापेर उमक्ने स्थीतीमा पारसले मैले गरेको हो भनेर सकारेका छन। केही भने राजतन्त्र समाप्त गर्नेमा गिरीजा कोइराला प्रमूख रेहेकोले पारस कोइराला परिबारबाट छुद्र भएको ले त्यो बदला लिन कोइराला परिबार प्रती लक्षीत गरेर आक्रमण गरेको हुनुपर्दछ। स्मरण रहोस रेबेल चौधरीले बर्तमान परराष्ट्र मन्त्री सुजता कोइरालाकी छोरी मिलेनी कोइरालासंग बिहे गरेका थिए।


December 11, 2010

विकीलिकका संस्थापको गिरफ्तारी र नेपाली पत्रकारको चासो

दौंतरीको इमेल खोल्दा नेपाली अनलाईन पत्रकार संघको इमेल प्राप्त भो। प्रेस विज्ञप्ती रहेछ जुलियन असान्जको बारेमा। सांच्चै अहिले जुलियन वाइट हाउस देखी काठमाण्डौसम्म केन्द्र बिन्दुमा परेका छन। नेपाली अनलाईन पत्रकारले चासो राखे ठिकै छ। सरर पढ्दा विज्ञप्तीले सुचना सम्प्रेशण गर्न पाउनू विश्वव्यापी लोकतान्त्रिक मान्यता हो,यसमा कोही पनि बन्चीत हुनुहुनुहुन्न भनेका रहेछन।

पहिले त मलाई यो लोकतन्त्र भन्ने कुरो सारै हांसो उठ्छ। प्रजातन्त्रबाट फ्लप भएका नेता लोकतन्त्रको खरानी धसेर निस्कदा अनलाईन पत्रकार तिनै खरानीको बिगुत बन्न पूगेछन। दोस्रो असान्ज बिकीलिक भन्दा पनि यौन दुराचारको कैदी भएर जेलमा सामेल भएका छन। हुन त वाक स्वतन्त्रता जस्तो सुकै प्रजातन्त्रमा पनि लगाम भएर निस्कन्छ तर अचम्म मान्नू पर्ने कुरा के


December 6, 2010

एक बित्ते भित्ता , कर्कश स्वर र दाम्जिङ्ग

- लूना

केहि वर्ष अघि मात्रै काठमाण्डौ ' मन्दिर नै मन्दिरको शहर ' भनेर बिश्वमाझ चिनिन्थियो तर अब हिजो आजका कुरा हेर्नुस ! तितो सत्य हेर्नुस !! काठमाण्डौ शहर 'कंक्रिट नै कंक्रिटको शहर ' मा परिणत हुदै छ। भैरहेको छ धमाधम ! जब तपाइको दुइ पाइलाले काठमाण्डौ टेक्नु हुन्छ त्यसपछि तपाइको आखाले के देख्नु हुन्छ ? घरै घर ! घरै घर !! हो , यहि घरै घर अर्थात कंक्रिट नै कंक्रिटको शहर मेरो प्यारो काठमाण्डौमा जिबन बाचिरहेका परिवारहरु मध्ये कुनै एक परिबार छ र त्यो परिबार संग सम्बन्धितहरुको कथा लेख्दै छु जुन अन्य लाखौ लाख काठमाण्डौबासिहरुको कथा भन्दा बिल्कुल फरक ' चै ' हुने छैन ।
धुन्चे बजार नजिकैका बस्नेत दम्पतीले आफ्नो बसोबास काठमाण्डौ शहरमा केन्द्रित गरेको करिब १ बर्ष भयो । उनीहरुको साथमा एक सन्तान छ करुण , ऊ सात मा पढ्दै छ । उनीहरु बस्ने अपार्टमेन्टको पहिलो तलामा स्पोर्ट्सक्लब छ । बुबाले तयार गरिदिनुभएको हर्लिक्स पिएर उ स्पोर्ट्सक्लब गयो बिहानभरको खेल अभ्यासको लागि । छोरा करुण बाहिर गए पछी कल्याण
  किचनबाट बेडरुमतिर गयो ।

' रुकु ' उसले रुक्मिणीलाइ ब्युझाउन खोज्यो ।
'उम्म्म् '! रुक्मिणी कोल्टे फर्केर निदाईरही ।
' रुकु ! उठ न बा ! आठ बजिसक्यो ! करुण तल गएको पनि एक घण्टा हुनै लाग्यो .!'


December 4, 2010

सुकन्या अर्थात नीलिमा

शर्मिला खड्का दाहाल


तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् । 
    म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
    म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।


December 2, 2010

ब्लगर प्रदिप बस्यालका ब्लग गफ

ब्लग भित्र ब्लग स्तम्भ पून लिएर आएका छौं। यसपटक दौंतरीमा ब्लगर निम्ताउने क्रममा http://pradeepbasyal.com.np/ का ब्लगर प्रदिप बस्याललाई निम्ताएका छौं। प्रदिपजीलाइ कसरी ब्लगर बन्ने भूत चढ्यो सुनौं उहांकै गफबाट। प्रदिपजीको ब्लग तथा दौंतरीको ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै नभूल्नुहोला।

१) ब्लगर कसरी बन्न पुग्नु भयो ?

यसको एउटा वेग्लै रोचक कथा छ । पिताजीको जागीरको दौरान म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना–प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग’ लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने
 भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।


December 1, 2010

खालि बेकारमा !

शिव प्रकाश
 
छोड अब प्रेमका मात्र, गीत गाउन  खालि बेकारमा
जहाँ पनि जहिले पनि प्रीत लाउन खालि बेकारमा  !

गर्न खोज्यो एउटा यहाँ, हुन्छ फरक थाह छैन किन ?
तिम्रै छायाँ आउँछ माया, छानो छाउन खालि बेकारमा !

अरु केही धेरै छ गर्नु, धेरै  छ लेख्नु, यही जिन्दगीमा,
घुमीफिरी पुग्छ यो  मन तिम्रै टाउन खालि बेकारमा !

गीत  पनि, गजल  पनि, कथा कविता सेरोफेरो उही
लेखुँ भन्छु अर्थोक केही, केही आउन्न खालि बेकारमा !

दोष दिउँ किन कस्लाई  छैन वसमा यो  मनको तृष्णा
साँचो सत्य बोल्छ प्रकाश तिम्रै ध्याउन्न खालि बेकारमा !

डिसेम्बर ०१, २०१०।


November 29, 2010

अनिर्णयको बन्दी

शर्मिला खड्का दाहाल

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।
      "ओहो भिनाजु कहिले आउनुभयो नेपालबाट ?"
      "केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? "
      "सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "
यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा  गर्नमा चाहिँ पछि पर्दैनन् उनी । " ओहो दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "


November 28, 2010

अस्तव्यस्त काठमाण्डु :

केही समय वा वर्ष बिदेश बसेर नेपाल फर्किएका हाम्रै नेपालीहरूले ‘फर्केर आउँदा नेपालको तस्वीर उदेक लाग्दो पाएँ ‘ भनेर बताउँदा मलाई त्यो मान्छेप्रति भाउन्न भएर रिस उठ्थ्यो । जिन्दगीको विडम्बना , आँफूलाई पनि परदेशी नै हुन केही विवशता र जीजीविषाका रहरहरूले वाध्य बनाए । एकाध वर्षमा स्वदेश फर्किनु पर्ने सन्दर्भ र परिस्थिति आउने नै भए , आखिर हाम्रा हाँगाबिँगा जता छरिएका भए पनि जरा त स्वदेशमा नै गाडिएका छन् । तर स्वदेश फर्किएर प्रथम गासको रूपमा आँफूले हासिल गर्ने अनुभवहरूले भने प्रतेक पटक दाँतमा ढुङ्गा लगाउने परिस्थिति बनाएका छन् , यसपालि पनि मैले खुशी हुनु पर्ने सन्दर्भ र घटना फेला पार्न सकिन । यसो भन्दा बाहिर बसेर स्वदेशको कन्तो खन्ने शठ-बुज्रुकमा म पनि दरिउँला तर पनि इमान्दारिता पूर्वक भन्ने हो भने मैले स्वदेशमा आशा र भरोसा कहीँ कतै फेला पारिन । मुलुक दश वर्ष उताको भन्दा हरेक क्षेत्रमा मूल्यवत्ता , संस्कार, परिष्कार र आशा-अपेक्षा का पक्षमा जतासुकै खस्केको हो कि भन्ने निराशाववादिताले मलाई यस पटक पनि निर्लिप्त गाँजेको छ ।
काठमान्डू , देशको मुटु र मष्तिष्क दुवै हो , जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाण्डु जनसंख्याको चाप , भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो , यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा


November 25, 2010

भ्रमपीडा !

शिव प्रकाश


उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको
  सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ – “मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?”
“म के हुँ ?”
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।


November 23, 2010

गजल

तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैले
आत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैले

स्वाभिमानको मोल के था इमान बेच्नेहरुलाई
चोर बजारका नक्कली मान शान छानिन मैले

बिना बिधी बिधान, कस्तो पूजाको उपसना गर्नु
शाधक फटाह थे आफुलाई योग्य ठानिन मैले

जलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले

जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले

माटोको सिन्दुर र कुशको औठी

- लुना

आज बिहानै देखी इन्द्रा को घरमा चाहलपहल छ । हिजो अस्तिको भन्दा आज बेग्लै किसिमको रौनक छाएको छ । इन्द्रालाई बर पक्षकाहरु हेर्न आउदै छन् । दिनको १२:३० तोकिएको छ भेटघाट कार्यक्रम । १२ बजिसक्यो ! अब आधा घण्टा मात्रै बाकि छ । घरका सदस्यहरु पाहुना पक्ष लाइ स्वागत गर्न तम्तयार छन् । सबैको आखामा खुशीका साथ् एक किसिमको त्रास पनि छाएको छ । निर्मलाको निरस बर्तमान झैँ इन्द्राको जिबन पनि त्यस्तै भैदियो भने ?--- बर पक्षले हेरेर न स्विकारी दिदा इन्द्राकी फुपू निर्मला बुढी कन्या भएर बस्नुपर्यो माइतीमा । २-३ ठाउ बाट हेर्न आउनेहरुले देखाउने गरेको खोट निर्मलाको 'उचाई' थियो । बर भन्दा अग्ली भएकीले नसुहाउने भन्दै अस्विकार गरेका थिए । आफ्नो जिबन भन्दा बढी परिवारको इज्जतलाई मूल्यवान सम्झने आदर्श स्बभाबकि निर्मला त्यसपछि माइतीमा नै जिबन बिताउदै बसिन् ।
छोरीको जन्म हारेको कर्म सोच्ने पुरुष प्रधान समाजका पात्रहरु मध्यका थिए इन्द्राको परिबार पनि । निर्मलाको जिबनलाइ हारेको
  कर्म सम्झी चित्त बुझाइ बसेका इन्द्राको परिवारलाई कतै इन्द्राको जिबन निर्मलाको झैँ अपूर्ण निराश हुने त होइन भन्ने एक किसिमको त्रास हुनु स्बभाबिकै थियो । 'यहि पहिलो भेटमा नै बर पक्षकाले स्विकार गरिदिउन् इन्द्रालाई !' , इन्द्राकी आमाले भगवानलाई भाकल गरिरहेकी थिइन् मनमनै ।


November 19, 2010

सबभन्दा ठूलो मन

गुरु केदार वराल

आकाशको तुलना गर्न सकिन्न
त्यो भन्दा ठूलो छ मन
प्रकाशको पछि लागेर उछिन्ने केही छैन
छ भने मानिसको मन ।
सुपर सोनिक जहाज बने
त्यो भन्दा छिटो उड्छ मन
चन्द्रमामा मानिस पुग्नु अघि
मंगलमा पुगिसकेथ्यो मन ।
मनलाई मनले टक्कर दिन्छ
दुई मध्ये एक हार्छ मन
मनलाई नै अधिनमा राख्न नसक्नेको


November 13, 2010

रङ्ग - कूचिकार र भमरा

लुना

सप्तरंगी इन्द्रेणी शुन्दर रङ्ग कति
रङ्गमा रमाउने कूचिकार हुदो हो दङ्ग अति !

पोख्दो हो रङ्ग फिजाउदै थरि थरि
चोबल्दो हो कूचिलाई रंगमा घरीघरी

देख्दो हो प्राकृतिक सौन्दर्य अपार
सोच्दो हो स्वर्ग कै टुक्रा संग साछात्कार !

सुन्दो हो चराचुरुंगीको चिरबिर मधुर झन्कार
' सा रे ग म --- ' छुदो हो उसको दिलको सितार --

सम्झिदो हो प्रियसी कुशुम लता
चुम्दो हो नजिक गइ पुष्प कोमलता

भमरा भुन्भुनाउदो हो देखि कूचिकारको भाबुकता
लाग्दो हो उसलाई पनि इष्र्या कताकता ----

November 8, 2010

तिहारको नेपाली ब्लगर भेला

तिहारको समय पारेर नेपालको काठमाण्डौमा गरिएको नेपाली ब्लगर भेला रमाइलो भएछ। स्थान बिशेष पारेर गरिएको यो भेला भूगोलको परिबन्दीले गरेर काठमान्डौ र यसको आसपासका २०-२२जना ब्लगरहरु मात्र भेला हुनुभएछ। बिदा र चाडको मेसो पारेर अन्य ब्लगर मित्रहरु पनि समेल भएर
नेपाली ब्लगिगं बारे चर्चा परिचर्चा गर्नुभएछ।

छलफलको बिषयमा नेपाली ब्लगलाइ कसरी सकारात्मक दिशा तिर डोराउने,पाठकहरु माझ कसरी पूग्ने जस्ता कुराहरु भएका रहेछन। नेपाली ब्लगलाई दिघो राख्न यि २ कुराहरु अत्यन्त जरुरी छन। यि कुराहरु जती महत्वपूर्ण छन यिनलाई कायम राख्न उतिक्कै कठिन पनि छ। प्रयास अनेक हुन सक्छन तर केही प्रयासले मात्र परिणाम दिन सक्छन। यस्ता कुरामा सोच दिएर हरेक ब्लगरले आफ्नो ब्लग संचालन गरे नेपाली ब्लगको सतह पक्कै पनि माथी उठ्नेछ। साथै असल ब्लग लेखनमा ध्यान दिए नेपाली ब्लगप्रती पाठकहरुको चाख पक्कै पनि बढ्नेछ।

ब्लग कपी पेष्टको बारेमा कुरा उठ्यो कि उठेन तर यो समस्या नेपाली ब्लग जगतमा घटे पनि हटेको भने अझै छैन। अरुका ब्लग सामाग्री चोरी गर्ने ब्लगरलाई सबै ब्लगर मिलेर दुरुत्साहित गरे ब्लग सामाग्री चोरी न्युन भएर जानेछ।


November 5, 2010

केही सकारात्मक प्रयासको खाँचो

स्वदेशदेखि परदेशसम्म अक्सर भेटहरूमा सदाशयी नेपालीहरूको चर्चाको विषय नेपाली राजनीतिको दिशाहीन बन्दै गरेको तस्वीर नै हुने गर्छ । सबैले आफ्नो ज्ञान र बुझाइको आयतनलाई तन्काएर सजिलै गर्ने टिप्पणी हुने गर्छ ‘ नेताहरूले बर्बाद पारे देश, यिनलाई झुण्ड्याउन पर्ने’ आदि आदि । मुलुकलाई कागज र वेबपेजका समाचारमा चित्रित अतिरञ्जनामा मात्र बुझ्ने र सोझै नेताहरू बिरूद्ध मृत्यूदण्डको फतवा जारि गर्दै मिनट भरमा सकिने देश भक्तिको चिन्ता कुनै समाधान हो कि हैन सबैले सजिलै बुझ्ने कुरा हो । तर मुलुकमा सकारात्मक प्रयास हुँदै नभएको भने हैन । त्यसको सबैभन्दा ठूलो उदाहरण हो बिगत डेढ दशकदेखि लम्बिएर रहेको हिंसात्मक युद्ध एउटा टुङ्गोमा पुग्न लागेको कुरा । भलै खुद्रा हिंसाले देश झन खतरनाक बनेको छ , तर पनि तुलनात्मक रूपमा थोक मृत्यूको भयावह स्थतिबाट भने हामी बाहिर निस्केका छौँ । हुनत यो निमिट्यान्न हुन बाँकि नै छ , आशाका संकेतहरू पनि देखिएकै छन् ।
हामीले नबुझेको एउटा मुख्य कुरा के हो भने संसारका जुन जुन मुलुकमा हिंसात्मक युद्धहरू लडिए , तिनको अन्त्यका लागि गरिएका प्रयासहरू त्यति छिटो फलदायी हुन सकेका छैनन् र थिएनन् । त्यस मानेमा नेपाली शान्ति प्रयास वा प्रकृया वास्तवमा नै अति छिटो गतिमा नै अघि बढेको थियो, एउटा निश्चित बिन्दुसम्म । तर , यो शान्ति प्रकृयालाई एउटा निश्चित प्रणालीका रूपमा