November 4, 2010
Qantas A380 jumbo emergency landing - what was the reason?
We know the reason why it flew back but what made the engine to blew out, we do not know that.Was it due to fatigue on the blade? Or was it due to design error? Or a maintenance error? Or domino effect of all of them?
After the engine's removal it was found that the turbine blades had separated from intermediate pressure rotors. The low pressure turbine bearing and adjacent phonic wheel and speed probes were destroyed and the intermediate pressure shaft was severed. Expert are saying it is an uncontained engine failure. Which means if turbine debris get into the engine,it makes to fail the engine.
A long time back, an engine fell in south dakota from a flying aeroplane. Infact bolts they used did not have sufficient strength. So engine got loose from a flying plane. Engine did not fall off from Qantas plane. So this is not the case. However turbine got broken. It may be due to fatigue or it might have inferior material. It looks like pure mechanical failure. That means strength of the rotor blade was not enough to overcome the circumstance A380 faced in the Singapore sky.
गाउखाने कथा ४३
सप्ताहान्त आउने समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
पहाडमा पहिरो गयो, हुर्हुराउंदो छ बुर्बराउंदो छ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 31, 2010
यूएईमा देउसी भैलो साँस्कृतिक कार्यक्रम

गत शुक्रवार अक्टोवर १९ २०१० का दिन वर दुवईको एभरेष्ट होटल नेपाली दर्शकहरुले खचाखच भरिएको थियो । उक्त अवसर दुवई नेपाल जनकल्याण राहत प्रतिष्ठानले जुराई दिएको थियो ।दशै लगत्तै तिहारको आगमनसँगै आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिलाए ।बरु सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ यो मनले सुसेलेको कस्लेपो सुन्छ, कविता राईको नृत्यको भाकाले यहि भन्दै थियो । रुप खोज्ने आँखाहरु धेरै धेरै आउछन्, मन खोज्ने मायाँलुलाई कहाँ भेटिएला, हितैको मायाँलाई कहिले भेटौला, उनले प्रवासमा मायाँलुलाई खोज्दै थिइन् यहि गीतको भाकाको नृत्यमा, उनको उत्कृष्ट नृत्यले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिएको थियो । दर्शकहरुको आग्रहमा दोश्रो पटक पनि नृत्य गर्न बाध्य भएकी थिइन् ।आँखैमा सपना छ मुटुभरि चाहना ओठमा नौलो तिर्सना भन्छे चोरी चोरी गीतको बोलमा प्रीया लामाको नृत्यले दर्शकलाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गायिका अन्जु पन्त्त यूएई जाने
आगामी शुक्रवार नोभेम्वर ५ २०१० लक्ष्मिपूजाका दिन बरदुवईमा अवस्थित अष्टोरिया होटलमा आयोजना हुन लागेको उक्त साँगेतिक कार्यक्रममा उनलाई साथ दिदै छन् यूवा जमात्का लोक हिपपप गायक मिङ्गमा सेर्पा । तिहारलाई लक्षित गरि आयोजना गर्नलागिएको उक्त कार्यक्रमा अञ्जु पन्त मिङ्गमा सेर्पा मात्र नभई यूएईमा विगत लामो समयदेखि नेपाली साँगेतिक कार्यक्रमहरुमा तहल्का मच्चाएका स्थानिय कलाकारहरुको पनि सहभागिता रहने आयोजकले बताएको छ । राजु श्रेष्ठ सरोज थापा तथा भोजराज घलेले सयूक्तरुपमा आयोजना गर्नलागेको उक्त कार्यक्रमको सहयोगीको भूमिका भरौला यूवा जमात यूएईले गरिरहेको तथा कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजकले बताए ।
उनको सुरीलो आवाजले लठ्ठै परेका प्रवासी नेपालीहरु प्रत्यक्ष आफूअगाडीनै गायिकालाई भेट्न पाउँने हुँदा उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको उपस्थिति बाक्लो रहने आयोजकले बताएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नियम
'नकाराउ न, प पढ्दै छु?’
त्यहि त, के बारेमा हो?
'किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।'
‘निकै मज्जाको रहेछ नि ,साच्चै महिलासंग पुरुष पनि आउनु पर्ने होइन र? के पुरुष नियम र घर संग जोडिदैन र?!
‘हो हो तिमीलाई सबै मज्जाको लाग्छ शीला तर तिमी कहिल्यै बुझ्दिनौ कसरी जोडिन्छ।‘
भन्नुस न के हो त्यो भनेको?अनि कसरी जोडिन्छ ? ‘ शीला यसरी नजान्ने हुन रत्ति भर अड मान्दिनन्। किनभने समझदारिता चाहिन्छ नि घर परिवार मा !उनी भित्र को आत्म विस्वास वास्तवमा उन्को जीवनको कडी नै हो!’हेर घर भनेको ढुंगा र माटोबाट दिइएको एउटा आकार हो। तर नियमले त्यसलाई मन्दिर बनाउछ । त्यै मन्दिर बनाउने काम महिलाको हो । एउटा
घर घर परिवार सफल हुनलाई महिलाको हात हुन्छ’’
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 30, 2010
अनाथ परिवर्तन र बुर्जुवा बनेको जनवाद
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सरकारी अजिंगरले निलेको वाक स्वतन्त्रता (नेपालमा बिचारमूलक ब्लग पनि सेन्सरसिपमा)
भटाभट रोक्न थालेको छ। जनताको नाम जपेर नथाक्ने पार्टीहरु वाक स्वतनत्रताको धज्जी नै उडाउने गरी भाषण ठोक्दै
हिड्दछन। तर व्यबहारमा भने जनताको ढाडनै भाच्ने गरी मैदानमा उत्रन्छन। संबिधानको धारामा बगेर संचारमा ताला ठोक्ने प्रयास गरेको नेपाली राजतन्त्रलाई कात्रो ओढाएर आएका बहुदलीय पार्टीहरु संबिधान बनाउने नाममा आफ्नो भागमा कती पर्ने हो दाउपेच खेल्दैछन। देशलाइ अन्यौलको भडखालोमा जाकेर उत्तेजित भएका नेपाली पार्टीहरुको सरकारले अहिले आएर नेपालीको वाक स्वतनत्रमा दाम्लो कसेको छ।
करिब ६० वटा साइट ब्लक गरेर ब्लकिगं यात्रा सुरु गरेको नेपाली सरकारको लिस्ट बुझिनसक्नु छ। जनताका बिचार दिने हफ्टिगंटन पोस्ट साइट देखी यौनसंग सरोकारै नराख्ने बिशुद्द ब्यवसाहिक साइटहरु नेपालबाट हेर्न रोक लगाइएको छ। यही रोकको मारमा आफ्ना बिचार ब्यक्त गर्न ब्लगस्पट प्रयोग गर्ने ब्लगरहरु पनि परेका छन। यदी नेपाली सरकारले यो कदम जारी नै राखे ब्लगसप्टबाट संचालन हुने सबै ब्लगहरु नेपालमा हेर्नमिल्दैन। सरकारको यही हरकत हो भने उनीहरु वर्लडप्रेसबाट संचालनहुने ब्लगलाई पनि चाडैं निशाना बनाउने छन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 28, 2010
शुभ चिन्तक पाठक को आँखामा कर्णाली ब्लुज
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 26, 2010
सरकारको मलामी जाऊँ
न उदाउदै अस्ताएको बिहानीमा
सुर्यको उज्यालो हत्केलाले छेक्दै
नारा जुलुस लगाउदै बुलन्द पार्दै
आए सरकारमा नयाँ नेपाल जप्दै
ति नै सपना झाडापखाला भए,
अनी गाउ र बस्ती बस्तीमा छायो
त्यही युद्धको रुप लिएर माहामारी
अकाल मृत्युले तान्डव मच्चायो
कति मरे बिना अर्थ जाजरकोटमा
अनी मेरो प्यारो रुकुम जिल्लामा
त्यसै गरी अरु बिकट जिल्लामा
दिन प्रतिदिन सयौ मान्छेहरु मरे
उपचार कुन चराको नाम होला
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 23, 2010
जेल भित्रका केटाकेटीलाई सहयोग
यस्तो कुरा सबैको मनमा आएको होला। तर यस्ता समस्यालाई समाधान गर्न पू्ष्प बस्नेत लागी पर्नुभएको रहेछ। काठमाण्डौमा Early Childhood Development Centre भन्ने संस्था खोलेर यसरी समस्यामा पर्ने केटा केटीलाई जेलबाट बहिर ल्याएर पढ्ने ब्यबस्था मिलाईदो रहेछ। केही दिन पहिले उहांहरुले आर्थिक सहयोगका लागी गरेको स्पेसल ओलमपिक्समा भाग लिने मौका मिलेको थियो। पछि थाहा लाग्यो उक्त दौडमा भाग लिने नमिल्नेले अनलाईनबाट पनि सहयोग गर्ने सकिंदो रहेछ।
सहयोग र खर्चको बिबरण उहांहरुले समय समयमा निकाल्नुहुन्छ। नेपाललाई सहयोग गर्ने भनेर थुप्रै संस्था त छन तर यसरी नेपालीबाट नेपालीलाइ नै सहयोग गर्ने संस्था कमै होलान। पूष्प बस्नेतको होस्तेमा तपाईहरु पनि हैंसे गरेर जेलमा रहेका बालबालीकालाई पढ्ने मौका दिलाउन तपाईहरुले पनि पक्कै सहयोग गर्नुहोला।
सहयोगका लागी तयार पारीएको बेबसाइट: http://www.growingbeyondbars.org/
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 22, 2010
लौ हासौँ !
अघील्लो हप्तासम्म दौँतरीमा पनि दसैँ लागेकोले शुभकामना र दसैँ सम्बन्धि लेखहरु बढी टाँसीए। सधैँ गम्भिर विषय वा विन्तन मनन हैन, कहिलेकाहीँ ठट्टा पनि गर्दै रहनु पर्छ भनेर सुरु देखि नै थालिएको यो 'टि टाइम' फेरि केहि हप्तासम्म ओझेलमा परेछ । अत: आज फेरि केही नेपाली तथा अंग्रेजीका चुटकिलाहरु लिएर आएका छौँ । ल त अफिस, कलेज, घर जहाँ-जहाँ हुनुहुन्छ एकछीन सबै भुलेर हाँस्ने काममा लागौँ :
एकजना गाउँको विद्यार्थीले सहर पस्ने बित्तिकै एउटी सहरकी केटी साथी बनाएछ । एकदिन एउटा रेष्टुरेन्टमा रहेको बेला ती युवती आफ्नो मोबाइल सेट टेबुलमै छाडेर ‘रेस्ट रुम’ मा छिरीछन् । केटा मान्छेलाई ती युबतीले आफ्नो नाम मोबाइलमा ‘डार्लिङ’, ‘माइ लव’ वा अरु नै के लेखेकी होलीन भनेर जान्न खसखस लागेछ।
उसले आफ्नो मोबाइलबाट हत्तपत्त तीनको नम्बर डायल गरेर केटी साथीको फोनमा हेर्न थालेछ । एकैछिनमा तीनको मोबाइलमा घण्टी बजेछ र स्क्रिनमा नाम आएछ “नयाँ बोका” Calling…
A man walked into a bar and sat down next to a drunk man with a dog at his feet.
Man: Does your dog bite?
Drunk man: No!
A few minutes later, suddenly, the dog took a huge chunk out of the man's leg. Furiously, the man started shouting “…Man, you said your dog doesn't bite...!”
Drunk man: “Yes… but that's not my dog.”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 20, 2010
यूएईमा नेपालीहरुले मनाए दशैं
यूएई
नेपाली पोषाक दौरा सुरुवाल अनि ढाका टोपिमा सजिएका प्रगतिनगर नवलपरासीका राजु पाठक दशैंको टिकाको दिन अक्टोवर १७ २०१० को साँझ सात वजेदेखि राती एघारबजेसम्म पनि व्यस्त देखिन्थे । नेपालीहरुमात्र नभई विदेशीहरु सहित करिब २०० जनालाई टिका लगाईदिएको बताए पाठकले ।
नेपालीहरुको ठूलो वाहुल्यता रहेको अलकुजमा अवस्थित दुवईको ईनोक पेट्रोलियम कम्पनीको आवासगृहभित्र एक हलमा विजयादशमीको अवसरमा नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नेपालीहरुमात्र नभई फिलिपिन्स भारतका नागरिकहरु पनि टिका र जमारा लगाएका देखिन्थे । उक्त अवासगृहमा नेपाली महिला तथा पुरुषहरु गरी २५० जनाको हाराहारीमा रहेका छन् भने कम्पनीमा कती नेपाली छन् रेकर्ड छैन । रमाईलो भयो आज दाजुभाइनै यहीं छौ तरपनि परिवारविनाको दशैं खल्लो हुने रहेछ । एक छोरा छोरीका बावु प्रगतिनगर
भृकुटीमण्डी बोर्डिङ्गमा ७ बर्ष शिक्षक भई यूरोप छिर्ने रहरमा जागिर छोडी खाडीमा छिरेका पाठकले प्रवासीएको छैटौ बर्षमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 18, 2010
इराकको जोइन्ट बेस बलादमा दशैंको रन्को
इराक
हिन्दुहरुको महान चाड २०६७ सालको विजयादशमीको पावन अबसरमा इराकको जोइन्ट बेस बलादमा अबस्थित अल फुरात भिलेज क्याम्पमा भएको नेपालीहरुले अल फुरात भिलेज क्याम्पको प्रदशनी हालमा भव्यताका साथ महान चाड विजयादशमी मनाए । कार्येक्रमको ब्यबस्तापक सोहि क्यामका क्याम म्यनेजेर श्री राजेन्द्र अधिकारी जीले गर्नु भएको थियो । कार्येक्रममा बिशेष अथिति सोही क्याम्पको मालिका र केहि बिदेसी पाहुनाहरु थिए । कार्यक्रम संचालक श्री राजु बस्नेतले गर्नु भएको थियो र श्री बिजय श्रेष्ठबाट स्वागत मंताब्य दिदै दशैंको बारेमा केहि जानकारी गराउनु भएको थियो । अतिथि पाहुनाहरुबाट पनि कार्यक्रम मा खुसि ब्यक्त गर्दै केहि शब्दहरु बोल्नु भएको थियो। कार्यक्रममा विजयादशमीको केक काटेर प्रमुख अतिथि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 17, 2010
एकादेशमा एउटा देश छ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दशै
चन्ड मुन्डको झुन्ड धेरै भो ,लात ठोकेर आउ दशै
कौरबको बिगबिगी धेरै हुँदैछ, अर्को कुरुक्षत्र रच्न
कपटी सकुनिको जाली पासा ,रोकेर आउ दशै
घिच्नेहरुले थिच्न छाडेनन, निर्धा घाँटिहरु यहाँ
दुर्गा कालीको जस्तै ,अग्नी ज्वाला पोखेर आउ दशै
मान्छे मान्छेको हुलमा, मान्छे भेटिदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आउ दशै
जात नेपाली, मन नेपाली, पन नेपाली, धर्म नेपाली
एकै सन्तान, एकै घर ,सदभाब रोपेर आउ दशै
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कोलोराडोको अरोरामा दशै
घरदेश सम्झी परदेश रुन्छ मन छैन थिर यो
बिना जमरा र टिका,दुखेको छ आमा शिर यो
नेपाली मनमा नेपाल बोकी नेपाल खोजेर
रोप्यौ सदभाब भुलाई थोरै भए नि पिर यो
कोलोराडोको अरोरामा आपसी सदभाब बढाउने उदेश्य अनुरुप दशै पर्बको उपलक्ष्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम बिच दशै कार्यक्रम मनाईएको छ। बिभिन्न स्वादिस्ट भोजन र आफ्नो कला संकृतिको प्रस्तुतिले परदेशमा बसेर पनि घरदेशमा रहेको अनुभुनी उपस्थित अरोरा बसिले गरेका थिए।
स्थानिय युबा बाशु दाहाल ,शैलेश पोखरेल ,गंगा चौलागाँई आदिको सक्रियता भएको उक्त कार्यक्रम बाक्लो जन साहभागिता भएको थियो । स्थानिय कलाकार शिमा पोखरेलको दुर्गा भजनबाट शुरु भएको उक्त साँझमा अनिल बस्नेतको क्यारिकेचर, र भुपेन्द्र महतको हास्य चुटकाले हसाएको थियो भने अम्बिका अधिकारि ,सलोना सिघ्देल ,सहारा कार्किको निर्त्यले बातावरण तताएको थियो। साथै शुरेश प्रधान ,नबिन डंगोल वाध्यबादनमा शुरेश प्रधान र,सिमा पोखरेल तथा गंगा चौलागाईले आफ्नो गायकीले दशैलाई सुमधुर बनाएका थिए भने बाल कलाकारबाट बिभिन्न जन जातिका पोशाक पर्दशन गरिएको थियो। साथै सारोन श्रेष्ठ ,श्रेया श्रेष्ठले रोचक निर्त्य प्रस्तुत गरेका थिए।
एक आर्कामा शुभकामना आदानप्रदान गरी मनाइएको यो सदभाबना दशैलाई निरन्तरता दिने कुराको आयोजक पक्षले जनाएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 16, 2010
प्रवासमा यसपालिको दशैं खल्लो भयो
बन्दिपुरे माहिलो
यूएई
पूजनिय बुवा आमा
सास्टङ्ग डण्डवत प्रणाम्
यो खाडीमा म लगायत भाइ आरामका साथ छौ त्यहाँ पनि तपाईहरु कुशलआरामै हुनुहुन्छहोला भन्ने उनै दयालु भगवान बसाहाथान सँग प्राथना गरिराखेको छु ।
आज हिन्दुहरुको महानचाड दशैंको आगमन भईरहेको बेलामा म भने प्रवासमा भौतारीरहेको छु । यसपालिको दशैंसँग छ ६ वटा दशै प्रवासीभूमिमा यस्तै खल्लो मानी बिताए । विगतका दशैंमा भने त्यति खल्लो महशुस भएको थिएन तर यसपालीको
दशैंमा किन हो किन म भित्र भित्र रुन पुगे ।
आज मेरो साथिसंगीहरु विदेशबाट झोला गुम्टा बोकी घरतिर जाँदै गरेको बेलामा म भने त्यहि झोला गुम्टा बोकी दुवाईदेखि अबुधावी पुगें । संगै बसेका साथीसंगीलाई चटक्क मायाँ मारी फेरी अर्का नयाँ नौला साथीहरुको बिचमा घुलमेल हुदैछु । कम्पनीको कामले गर्दा एक ठाउँबाट अर्को ठाउँमा सरुवाहुँदा यहाँ यस्तै हुन्छ । केही समय सँगै बसेका साथीहरुसँग बिछोड हुँदा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 13, 2010
दशैंको शुभकामना (दशैं नामै राम्रो चाडै राम्रो)
दौतरी परिवार
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 12, 2010
सम्झनामा
नछुटिने अजम्बरी साथ भए राम्रो ।
त्याग अनि र्समपण हुन्छ प्रेममा तर
भेट हुदा मिठा मिठा बात भए राम्रो ।
सम्झनामा एक्लै हाँस्ने एक्लै बसि रुने
पिडा पनि मिठो लाग्ने मात भए राम्रो ।
हिजो साँझ छुटिएर आज मिलन हुँदा
बर्षौ पछि भेटिएको छाँट भए राम्रो ।
आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 8, 2010
सहमतिको राग र अधिनायकवादको एजेण्डा
दलहरूबीच हुने सहमति र सहकार्यबाट नेपालको वर्तमान राजनीतिक गतिरोधको अन्त्य खोज्न सकिन्छ। तर यो सहमति सरकार बनाउनका लागि मात्र नभएर संविधान निर्माण र बाँकि भविष्यतर्फका लागि पनि हुनु पर्छ । यसका लागि नेपालको राजनैतिक वा शासकीय स्वरूपलाई कांग्रेस वा लोकतन्त्रावादी खेमाका दलहरूले भने जस्तो बहुदलियता र बहुलवादलाई अंगिकार गर्ने लोकतान्त्रिक खालको बनाउन सकिन्छ भने , मुलुकको आर्थिक ढाँचा, सामाजिक न्याय र सम्पत्ति वितरणको तरिकालाई माओवादी वा कम्युनिष्टहरूले भनेको जस्तो समाजवादी प्रकारको बनाएर सबैले स्वीकार्ने खालको बनाउन सकिन्छ । राजनैतिक दलहरू सहमतिमा जान चाहने हो भने , नेपालको समग्र स्वरूपलाई या त माओवादीले भने जस्तो विपक्षी बिहीन बनाउने हो भने दक्षिण अफ्रिकाको संवैधानिक मोडेल अनुरूप जान सकिन्छ या त लोककल्याणकारी राज्यस्वरूपका स्कण्डेनेभियन मोडेलमा जान सकिन्छ । किनभने यी दुई मोडेल पूर्ण संसदीय पूँजिवादी वा पूर्ण कम्युनिष्ट दुवै हैनन् । स्मरणीय रहोस् , पूँजिवादी युरोपका स्वीडेन, फिनल्याण्ड , नर्वे र डेनमार्क जस्ता मुलुकले अवलम्बन गरेको नर्डिक वा स्कण्डेनेभियन मोडेलको आर्थिक तथा राजनैतिक स्वरूप स-साना मुलुकको लागि अति नै सकारात्मक रूपमा प्रभावकारी मानिएको छ र यी मुलुकहरू नै जनताको जीवनस्तरको कसीमा संसारमा लगातार उच्च स्थान बनाउन सफल पनि रहेका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest





