July 24, 2013

परामर्श

‘प्राप्ति ! आज मेरो डक्टरकोमा जानु छ ल   ९  बजे!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन।

‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने काम त आफै  गर्नुस न सधै भरि मेरै भर परेर हुन्छ !‘ प्राप्तिले ऐना हेर्दै सुस्त तर खस्रो आवाज निकाल्छिन्। बद्रि संग यस्को प्रतिउत्तर छैन। दिनभर मन्त्रालयमा मथिल्लो तहबाट आउने आदेश अनि वर्षौको अस्वस्थता!-आफ्ना कमिकमजोरी बाहिरकालाई देखाउनु भन्दा आफ्नै जीवन संगिनीको रुखो शब्द भित्र मानसिक रुपमा सुखानुभूति प्राप्त गर्ने प्रयास गर्छन बद्री!

‘सुन न, आज तिमी एक दुई घन्टा पछि गए हुदैन, संगै जाउ न डाक्टरकोमा , 'को छ साथ् मा' भनेर सोध्छन नर्सहरु, निकै एक्लो र कम्जोर महसुस हुन्छ. '' बद्रि फेरी उही कुरा दोहराउछ्न .

‘यस्तो जरुरीकाम त समय मै गर्नु पर्यो नि । कहाँ अघि र पछिको कुरो गरिरा?प्राप्तिले अनिवार्यता देखाउछिन’फेरि बिहानै ३-४ जना क्लाइन्ट आइसकेको हुन्छ। सधै ढिला हुन्छ।  ।‘प्राप्तीले चियाको कप उस्को टेवल माथी टक्रक्क बजाउदै राख्छिन।

‘अरु बढी केहि चाहियो भने माया संग माग्नु ल! मलाई हतार हुन आट्यो। पर्खिरहेका होलान।‘ प्रविधिको विकासले कहाको मान्छे लाई कहा पुर्याइदिन्छ त्यसै अनुरुप प्राप्ति आज भोलि प्रत्यक्ष परामर्श सुबिधा उपलभ्ध गराउन थालेकि छिन वेब क्याम मा फेसबुक अनि याहु च्याट मार्फत ।

‘अनि माथिल्लो दराजमा छन सबै हस्पिटलको डकुमेन्टहरु, बिर्सेर गएर मलाई फोन नगर्नुहोला मलाई फुर्सद हुदैन पुर्याउन फेरि। ‘लौन भुसुक्क बिर्सिएछु !! हेर्नुस त आज छोरीको स्कूलमा प्रोग्राम छ रे जसरी भएनि जानुहोला। १० बजे पुग्नु पर्छ।‘ प्राप्तीले स्याण्डलको लेस मिलाउदै बद्रीलाई थुप्रै कुरोको संझना गराउछिन।

‘के आयो फेरि’  छोटो रिङ सुनेर प्राप्तिले बद्री तिर हेरेर सुस्तरी भन्छिन। नजिकै सोफामा बसेर चिया पिउदै गरेको बद्रीको आँखा जानि नजानी प्रप्तिको सेलफोनमा श्रीमतीको पुरानो मित्र  विश्वको  फोटो सहित  टेक्स्ट  म्यासेज मा ठोकिन्छन  ‘come online sweet heart, i am desperate.’



अस्तु !
http://ashmako.blogspot.com/2013/07/blog-post.html

May 12, 2013

आमा हराएको दिन

बसन्त ऋतुको आगमन संगै बोट बिरुवाहरू नयाँ पातको फेरोले सजिएका छन्। नयाँ पातका बीचमा फुलहरू लटरम्म फुलेका छन्। प्राय सबै रुख यस सिजनको फल फलाउने तयारीमा छन्। सिजनसंगै मेल खाने गरी चाडपर्व पनि हाम्रा ढोकामा आउने तरखरमा छन्। प्रकिर्तीले मर्तित्व दर्साइरहेको बेलामा मानिसहरू आफ्ना आमाहरू सम्मान गर्ने तयारीमा छन्। देश कुन,ठाउँ कुन,सबै आमाको मायालाई किर्त्यगता देखाउन केही न केही तयारी गरिरहेका छन्। चन्द्रमाको क्यालेन्डर मान्ने हिन्दुहरुले भर्खर माता तीर्थ औँसी मनाए भने सूर्यको क्यालेन्डर मान्ने पश्चीमीहरुले त्यसको २ दिनपछि मदर्स डे मनाउँदै छन्।
आज शनिबार विदाको दिन, लोक नाथ ढिलो गरी उठ्यो। स्कुल नजानु पर्ने पनि हुनाले लोक नाथ त्यसै दंग छ। उसको बाउ भुने गोठको काम गरेर चिया खांदै थिए। लोकनाथ म पनि चिया खान्छु भन्दै बाउंसंग टास्सिन पुग्यो। केटा केटी मान्छेले चिया खानहुन हुंदैन,बरु हिजो भूटेका मकै बांकी छन,त्यै खानू। बाउको कुरा नसकिदै लोकनाथ मकैको बटुका लिएर बाहिर आइपुग्छ। बिदाको खुसी,भुटेका मकै घरी टाउको हल्लाउंदै घरी मकैका फुल गन्दै उ आफ्नै दुनीयामा मस्त छ। यतिकैमा उसको साथी रेखा आइपूग्छे। हामी त आज बजार जाने। उसले लोकनाथको ध्यान भंग गरी। मलाई पनि मिठाइ ल्याइदे है, लोकनाथ मकै चपाउंदै भन्यो। मलाई मकैका फुल दे न त अनि बल्ल मिठाइ ल्याइदि्न्छु। लोकनाथले मकै नदीइ सुखै पाएन। आज माता तिर्थ औंशी हो के, त के गर्छस् लोकनाथ,रेखाले सोधी। लोकनाथसंग उत्तर नै थिएन। रेखाको प्रश्नको गहिराइ लोखनाथको बालमस्तिकको धरातल भन्दा निकै क्लीष्ट थियो। डेढ बर्षको उमेरमा आमा गुमाएको