April 28, 2013

प्रचण्ड र छिमेक भ्रमणको हुण्डरी !


प्रचण्डको चीन र भारत भ्रमणले विशेषतः माओवादी पार्टी र नेतृत्वका कारण क्रमशः अस्थिरता र भग्नतातर्फ खस्किँदो र भत्किँदो देशको भाग्य कायापलट नै हुने हो कि भन्ने भ्रम छर्न 'माओ' विद्वानहरू उद्यत रहेका छन् । यो काममा माओवादी छापादेखि युग पाठक नामका माओविद्वान र नागरिकका किशोर नेपालसम्म खटिएका छन् । एउटा दल विशेसका असाध्यै अस्थिर चरित्र र व्यवहारयुक्त नेताको यस्तो प्रयास देख्दा र यही मतलाई पत्याउने यही मतका  पाठक र जनता पनि यो मुलुकमा रहेको हुँदा यो हाम्रो सोचको दारूण अवस्था नै मान्नु पर्छ ।

अहिले मुलुकमा हिजोको जस्तो कुनै राजा, सेना , बहुमत प्राप्त दलको नियन्त्रण बाँकि रहेन । छिमेकीहरूलाई पनि थाहा छ, नेपालको परिस्थिति अझै केही वर्ष स्थिरताको बाटोमा जाने छैन किनभने , कांग्रेस र एमाले जस्ता लोकतान्त्रिक दलहरूको अपेक्षाकृत शान्त राजनीतिलाई हुल्लड र आतंकका सौदागरहरूले बन्धक बनाएका छन् । नेपालको पहाड र हिमालको जनमत बराबर रूपमा बाँडिएको छ र मधेश निर्णायक भएर कसैको बहुमत बन्न सकिरहेको पनि छैन, जुन भारतले चाहन्छ । छिमेकीलाई थाहा छ, नेपालको स्थिरता र शान्तिको ग्यारेण्टी गर्न नसके पनि अशान्ति र उथलपुथलको अभियन्ता बनेर नेपाललाई अधकल्चो बनाउन नेपाली माओवादीहरूले प्रशस्त काम गरिरहेका छन र गरिरहन सक्छन् । तिनलाई कुनै तरिकाले इङ्गेज गरिरहनु पर्छ । यही उद्धेश्यले माओवादी पार्टीले नियोजित रूपमा पार्टी फुटाएर २ वटा बनाएको छ र एउटालाई उपद्रो गर्न प्रयोग गर्न मिल्ने 'मिलिसिया' को रूपमा 'रेडि' पोजिसनमा राखेको छ । यो माओवादी पार्टीको त्यो foil  हो जस्लाई आवश्यकता अनुसार प्रयोग गरी राज्यलाई अस्त व्यस्त पार्न सकिन्छ । यो


March 28, 2013

बाबुरामको लेगासी ।


मलाई सधैँ लाग्थ्यो बाबुराम भट्टराई नेपाली राजनीतिको एउटा घमण्डी, ढोँगी र आडम्बरी पात्र हुन् । केही नेपालीहरू उनलाई नेपाली मसिहा बनाएर चित्रण गर्न लागि परे । तर बाबुराम त्यो माओवादी पार्टी जसले नेपाली समाजमा सबैभन्दा खतरनाक र निम्न कोटीको हत्या हिंसाको बीऊ रोपेर समाजलाई रगत पच्छे पारेर निर्मम् प्रहार गर्‍यो त्यही पार्टीको सबैभन्दा जिम्मेवार नेता मध्ये एक थिए भन्ने कुरा मान्छेले कति सजिलै र छिटै बिर्सन चाहे । बाबुरामले आँफूसंग असहमत हुने हरूको कत्लेआम  हिंसालाई अझै नाजायज नभनेको कुरा मान्छेले सजिलै बिर्सन चाहे । लमजुङ् दूराडाँका निहत्था शिक्षक मुक्तिसर र हजारौँ फरक विचार राख्ने मानिसहरू  लाई झूण्ड्याएर,  गोली ठोकेर वा अंगभंग गराएर मारिएको घटनालाई आवश्यकता ठान्ने बाबुराम सभ्यताका कुन मापदण्डले राजनीतिमा अरूभन्दा बढी योग्य पात्र हुन् मान्छेले खोज्न चाहेनन् । सामान्य गाउँमा हुर्केको , पढे लेखेको अनि शहरिया रवाफमा मातेकी अर्ध-नारी पुरुषको छवी बोकेकी  गैर जातीय अभिमानी नारी बिहे गरेका र स्त्रिद्वारा दमित बाबुराम स्वयंमा एउटा कुण्ठाका विम्व हुन् भन्ने कुरा मान्छेले बिर्से  । हिजो उनले लाखौँ गरीब र पछौटे नेपाली