January 15, 2013

गरौंला स्वागत

प्रकाश सापकोटा

गरौंला स्वागतको तयारी हजूर
कहिले हुने हो सवारी हजूर

ध्वजाले सजाउँला यो मनको मझेरी
फूलबुट्टे गलैंचा पसारी हजूर

नबोली नबोली चलेको चल्यै छ
आँखा र आँखाको जुवारी हजूर

के नाता लगाउनु दोधारै दोधारमा
बनौ कि पियारा-पियारी हजूर

मुसुक्क हाँसे त बस्थें म कुरेर
दिलैको ढक्कन उघारी हजूर


January 13, 2013

यो एउटा कथा हो

तपाईँले कथा सुन्नु देख्नु भएको होला। पर्दामा देखिने कथाको शूरुमै भनिएको हुन्छ यो काल्पनिक हो,
कसैको जिबनसंग मेल खाएमा संयोग मात्र हुनेछ। तर यांहा कुरा गरिन लागिएको कथा काल्पनिक होइन ।
त्यसैले संयोग बस कसैसँग मिल्ने जाने संभावना छैन,यो कथा सरासर एक जना पत्रकारसँग मिल्न जान्छ।
करीव १० बर्ष पहिले घटेको यो घटना अहिले पुन ताजा भएर आएको छ।
कलमको सहारामा जिबन गुजारा गर्ने एक पत्रकारलाई राजनीतिक युद्धको निसाना बनाइयो। उनी निसानामा
मात्र परेनन्, परिवार र समाजसित कहिल्यै नफर्कने गरी जमिनमा अन्त्य गरियो।  मरेपछि पनि
समय समयमा यी पात्रलाई ब्यूँताउने गरिन्थ्यो। कहिले पत्रकारले आफ्नो पक्षमा खडा गर्थे त कहिले
नेता पक्षले आफ्नो पकड देखाउने उनको भूत उठाएर तर्साउँथे। उनी त मरेर गए, तर उनलाई मार्नेले कहिल्यै
सजाए भोगेनन्। उनका परिवारले कहिल्यै न्याय पाएनन्। न्याय त धेरैले पाएका छैनन तर कानुनको घेरामा
परेका अपराधी पनि अनेक बाहानमा निर्दोष साबित हुँदै यही समाजमा फर्केका छन। यसरी अपराधीको
मनोबल त बढ्छ नै, मरिनेका परिवार यस्तो लाचारी कानुनी प्रक्रिया देखेर मरे तुल्य हुन्छन्।  परिवारको
आशा हुँदो हो, एकपटक अपराधी समातिएला,सजाएको भागि दार बन्ला र मरेको आत्माले शान्त पाउला।
तर  उनीहरुसंग मरेकाको आत्म शान्त पार्न तर्पण पानी बाहेक केही हुदैन।
माओवादी जनयुद्धमा मारिएका हजारौं कथा मध्ये २०६१ साउन २७ गते मरिने पत्रकार डेकेन्द्र थापाको कथा
हो यो। यो कथा छापामारद्वारा मारिएका अन्य ब्यक्ती भन्दा फरक छैन। अपराधीले सजाय पाउने संभावना
पनि उतिकै न्यून छ। जुन पार्टीले उनलाई सिद्यायो उही नै सरकारको कुर्चीमा बसेको छ। मुखियाको छोरोलाई
सजाए दिने भनेर कस्ले मुख खोल्ने। त्यही अबस्था छ अहिले। उनका हत्यारालाई सजाए भए उनको आत्माले
पक्कै शान्ति पाउने थियो,उनका परिवारलाई एक किसिमको पीडाबाट मूक्ती हुनेथियो। उनको आत्माले
छिटै शान्ती पाओस भन्नका निम्ती कान्तीपूरमा छापिएको उनको कथा तपाईहरू बिच बाड्न चाहान्छु।