भारती ब्लगरको खोज गर्ने बितीकै भारतीय ब्लगरको आम्दानी बारे लेखिएको एउटा लेख भेटियो। ब्लगकै विज्ञापनबाट मासिक ४० हजार अमेरिकी डलेर सम्म आमदानी गर्दा रहेछन। अमित अग्रवाल सबै भन्दा अगाडि रहेछन्। उनको ब्लग
March 8, 2011
Indian Bloggers - How are they doing?(भारतीय ब्लगरको चियो चर्चो)
Posted by:
nepalean
March 7, 2011
मेरी बसन्ती प्यारी बसन्ती
कता हरायौ हँ ? इनबक्समा कतै कतै प्रश्नका हरफहरु झुन्डिएका छन । कहिलेकाही कतै पनि केही नगरी त्यतिकै चुपचाप 'बिन्दास' बसे के फरक पर्ला र ? फेरी अलि अलि सन्चो पनि त छैन ।
धेरै दिन पछि दौतरीका नेपालियन भेटिए गुगल च्याटमा । कृष्णपक्षको लेखाइ पातलिदै गएको उनको गुनासो थियो, र यो सही थियो । साहित्यिक कथा, कविता र थोत्रा मोत्रा गन्थन बाहेक म के लेख्छु र नेपालियन जी ? अनि आजकल यस्तो सिर्जना(?) पढेर बस्ने फुर्सद पो कसलाई होला र ? गफ मोडियो, 'हो त नपत्याए हेर्नुस न कसरी ओझेल परे किशुनजीका अगाडी नेपाली भाषा साहित्यका अमुल्य निधि - डायमण्ड समशेर राणा । नेपाली भाषा साहित्यका लागि उनले छाडेर गएका अमुल्य सम्पत्ति र उनको योगदान के नेपाली मिडियाको चर्चाका लागि अपुग थियो त ? पक्कै थिएन । तर सत्य यो पनि हो कि मिडियाले त्यो पस्कन्छ वा पस्कनु पर्छ, जुन पाठक वा दर्शकले ज्यादा रुचाउछ, त्यो उसको व्यवसायिक धर्म पनि हो ।

तर यस्तो राजनीतिको मसला मात्र मन पराउने पारखी किन भयौं त हामी ? कता कता छाती भित्र दुखेझैं प्रश्न उभियो ।
फेस्बुक र ट्वीटर तिर केही मित्रहरुको स्टाटस पढेपछि मलाइ नि यस्तै लाग्यो, श्रष्टाको अवसानपछि पोखिने लोकाचारका झुठा आँसुहरुमा पनि कन्जुस्याइ हुदो रहेछ, भएको देखियो । त्यसो त नेता किशुनजीका महत्ता र सम्मानप्रति कसैको असहमति छैन तर उनका अनगिन्ति समाचार तस्वीर र प्रत्यक्ष प्रसारण समेत गरेर पलपलका खबर प्रकाशन/ प्रसारण भैरहंदा कतिपय वेव साइटले अहिले सम्म मुख पृष्ठमा नै साहित्यकार राणा केवल बिरामी भएको देखि यता उनको देहावसानको खबर अपडेट नै गर्न भ्याएका छैनन् ।
फेसबुकमा मित्र अशोक पार्थिवले लेखेका छन -
डायमण्ड शमसेरको मृत्युमा हामी साहित्य प्रेमीले मनमनै तोप पड्काएर बिदाई गर्यौं । जसलाई राज्यले सम्झिनुँ उचित ठानेन भने किसुनजीको मृत्युमा चाही पशुपतिको जंगल थर्किने गरी नेपाली सेनाले तोप पड्काएर बिदाई गर्यौ । धन्य होस् नेताहरूको बुद्दिलाई जसले यो देश तिनीहरूको मात्र ठानेका छन् । तर यो पनि नबिर्सिनु कि साहित्य, भाषा, संस्कृति ति मूला नेताहरू भन्दा पनि माथीको चिज हो जुन शताव्दियौं सम्म जिवित रहनेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 6, 2011
बिदेशमा धनकमाउने सपना
कृष्ण के श्रेष्ठ"काल्स"
धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा
उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा
सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा
संघर्षका तिखा तीर मैतिर ताक्दा खेरि
भाग्यलाई ढाल बनाई छेक्दै छु म विदेशमा
आमा ! अब फर्किन्छु हलो जोत्न स्वदेशमै
भनी गजल वेदनाका लेख्दै छु म विदेशमा
कृष्ण के श्रेष्ठ"काल्स" द्वारा सिर्जित अनाममण्डलीबाट प्रकासित गजलसंग्रह "धन कमाउने सपना"को विमोचन कार्यक्रममा फाल्गुन २८ दिनको २:३०मा मा पद्म कन्या क्याम्पस (डेनिस हल) हुंदैछ। अबश्य पाल्नुहोला।

Dautari Admin
March 4, 2011
कृपया, शिक्षा क्षेत्रलाई राजनीति मुक्त पारौँ
हुनत विश्वविद्यालयलाई व्यारेक बनाउनुपर्छ भन्नेहरू संग यस्तो प्रस्ताव गर्नु , मूर्खता हुन सक्छ । तर पनि यो भन्नै पर्छ , अब हाम्रो मुलुकमा राजनीति गर्न विद्यार्थीको प्रयोग नगरे पनि चल्ने भैसकेको छ । निर्दलीय पञ्चायती कलामा , राजनैतिक पार्टीहरू प्रतिबन्धित थिए , पञ्चायती पक्षधरहरूका लागि मात्र मुलुकको राजनीति पेवा थियो । असहमत विचार वर्जित थियो । तर चेतनाको फराकिलो संसारलाई जान्न बुझ्न खोज्ने विद्यार्थी वर्गले स्वतन्त्र विद्यार्थी युनियनको नाममा फरक प्रतिपक्षीय राजनीतिको स-सानो प्रयोगका लागि स्थान बनाएका थिए, महाविद्यालय र विश्वविद्यालयहरूमा । विद्यार्थीहरूले आफ्नो संघर्षका कारण विश्वविद्यालय र कलेजलाई बाह्य राजनीतिको ठाडो हस्तक्षेपबाट स्वायत्त राख्न सकेका थिए । फलस्वरूप विद्यार्थी युनियनको रूपमा बहुदलियताको स-सानो अभ्यास सीमित ठाउँमा भएपनि सम्भव भएको थियो । विद्यार्थी युनियनको चुनाबमा भाग लिने बिभिन्न प्रतिबन्धित पार्टीप्रति वफादार विद्यार्थी संगठनहरू थिए र स्वतन्त्र विद्यार्थी युनियनको चुनाबकालागि ती विद्यार्थी संगठनहरूका बीच हुने भिडन्तले बहुदलीय राजनीतिक चुनाबको स-सानो झझल्को गराउँथ्यो । तर पनि सबै कुरा राम्रो भने थिएन । कतिपय कलेजमा विद्यार्थी युनियनको नाममा हुने राजनीतिले, पठनपाठन गतिविधिको सम्पूर्ण रूपमा धज्जी उडाउने गरेकोहुन्थ्यो भने कहीँ राजनीतिको नाममा बिभिन्न समूहबीच गुण्डागर्दीका वारदातहरू महिनौसम्म चलिरहेका हुन्थे । यिनै विद्यार्थी राजनीतिका तनाबहरूले कतिपय स्थानमा हुने भिडन्तहरूमा मृत्यू र अङ्गभङ्ग बिच्छिन्न हुने घटनाहरू नभएका पनि हैनन् । थुप्रै व्यवधान, हिंसा र अप्ठ्याराहरूबीच पनि विद्यार्थी राजनीतिले , मुलुकमा रहेको एकदलीयताको राजनीतिक तानाशाहीभित्र, फरक विचार अभिव्यक्ति र क्रियाशिलताको एउटा स-सानो वैकल्पिक प्रयोग स्थल छुट्याइदिएको थियो र विविध विद्यार्थी संगठन र युनियनको चुनाब यसैका लागि थियो भनेर मान्नु पर्छ , त्यतिबेलाको परस्थितिमा विद्यार्थी राजनीति उचित थियो भन्ने मान्ने हो भने पनि ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
कृष्ण पौडेल (Krishna Paudel)
March 3, 2011
थेसिस लेख्ने-किन्नेहरु होशियार ! „Citation needed“
मास्टर थेसिस यहां लेखिन्छ भनेर टांसेका कम्प्युटर प्रिन्ट गरेका कागजहरु अचेल काठमाडौका गल्ली गल्लीमा देखिन्छ भनेर पढेको थिएं त्यो पनि जम्मा जम्मी १०,००० भन्दा कम मुल्यको ग्यारेण्टी सहित । लालू यादवले „हमारे राज्य मे कोइ भी अनपढ नही होना चाहिए“ सबको सर्टिफिकेट दे दो“ भनेर बिहारमा सर्टिफिकेट छ्याप छ्याप्ती पाइन्छ भन्ने जोक सुनिन्थ्यो पहिले । अचेल बिहारमा लालु राज खतम भए पनि नेपालमा लालु राज मौलाउदो छ ।
अब युरोपतिरको कुरा गरौं, जर्मनीमा एक जना अमेरिकी प्राध्यापकले नामको अगाडि डा लेख्दा झण्डै जेल जानु परेको । पुरानो कानुन अनुसार जर्मनि वा युरोप बाहिर पि एच डी गरेको मान्छेले यहां डा. लेख्न नपाउंदोरहेछ । तर एउटा प्रतिष्ठित संस्थाका डाइरेक्टर र हार्वाड युनिभर्सिटिको प्रोफेसर अफर छोडेर जर्मनी हानिएका प्रोफेसरलाई जेल हाल्ने कुरो पनि त भएन त्यसैले तुरुन्त सबै स्टेटका शिक्षा मन्त्रीहरु बसेर कानुन परिमार्जन गरी डा. लेख्न पाउने पारित भएपछि उनी जेल जानु परेन तर उनले त्यस पछि आफ्नो नेम प्लेट बाट डा. हटाएका छन भनेर पढेको थिएं ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 2, 2011
Coffee Chat with Sweta Baniya
Dautari Blog invites various Nepalese bloggers in the section "Blog Bhitra Blog"(Blog inside a blog). It gives our blogger to express their blogging ideology. It also gives other bloggers an opportunity to learn about our blogger friends. This time we have invited blogger Sweta Baniya from The Coffee House Revival.
1.How did you start your blog writing?
- Well, I had loved writing always and used to write journals in the Hi5 and educationsansar.com and I felt like I need my own space in the web. Something that will be just mine and that’s why I felt like I need a blog for myself.
2. You have called your blog "A Coffee House". Do you really get freedom from a coffee shop?
- Yes, the title says it is not just a "coffee house", but also the revival of the coffee houses that were very much popular during the Eighteen Century in England. The Coffee Houses are regarded as one foundational base for the development of literature in the then time. During that time period people used to gather at the coffee houses and used to hold various kinds of intellectual talks.
Thus, I was trying to do something like that with some kind of freedom of expression.

February 26, 2011
गाउँखाने कथा ४४ (Nepali Gau Khane Katha)
अपडेट: गाउँखाने कथा ४४ को सही उत्तर हो रुख कटहर। उत्तरको प्रयास गर्ने सबै पाठकालाई धन्यबाद। -----------------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
बाहिर सोला भित्र गोला, त्यो खान पाए कस्तो होला, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
बाहिर सोला भित्र गोला, त्यो खान पाए कस्तो होला, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 16, 2011
चर्चित गायक स्वरूपराज आचार्य सोध्छन- के वर माग्न मन्दिर गयौ..?
के वर माग्न मन्दिर गयौ, के वर मागी आयौ ?
यो मनमन्दिर उजाड पारी कुन मन्दिर धायौ ?
..................................................................
स्वरः स्वरूपराज आचार्य, संगीतः शिशिर योगी, शब्द रचनाः शिव प्रकाश
थपः http://www.nepalimanharu.com/ नेपाली मनहरू डट कम
यो मनमन्दिर उजाड पारी कुन मन्दिर धायौ ?
..................................................................
स्वरः स्वरूपराज आचार्य, संगीतः शिशिर योगी, शब्द रचनाः शिव प्रकाश
थपः http://www.nepalimanharu.com/ नेपाली मनहरू डट कम
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 13, 2011
प्रेम दिबसको शुभकामना सहित गजल
प्रेम दिबसको शुभकामना सहित यो गजल
देख्नेले के भन्लान छि: किन यसरी तानेको
जे गर्नु एकान्तमा गर्नु, कैले छैन र मानेको
ठाँउ न ठहर छ्या कस्तो गर्नु भा यस्तो रहर
अटेरी नहुनु, मैले पनि छु फेरि जानेको
मात्तेको किन? के छ र नजरमा त्यस्तो मेरो
लठ्ठ हुनु भो त, छैन जादु टुनाले हानेको
कटिन सक्छ कुरा कति,चियो चर्चा होला फेरि
शरम मान्नु अली कती त,किन ख्याल ठानेको
फुक्न मन न भाको कहाँ हो र मलाई पनि
रिसानी माफ होस है , समाजले छ बानेको
देख्नेले के भन्लान छि: किन यसरी तानेको
जे गर्नु एकान्तमा गर्नु, कैले छैन र मानेको
ठाँउ न ठहर छ्या कस्तो गर्नु भा यस्तो रहर
अटेरी नहुनु, मैले पनि छु फेरि जानेको
मात्तेको किन? के छ र नजरमा त्यस्तो मेरो
लठ्ठ हुनु भो त, छैन जादु टुनाले हानेको
कटिन सक्छ कुरा कति,चियो चर्चा होला फेरि
शरम मान्नु अली कती त,किन ख्याल ठानेको
फुक्न मन न भाको कहाँ हो र मलाई पनि
रिसानी माफ होस है , समाजले छ बानेको
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
waka
युएईमा तामाङ ल्होछार
"उभो उभो लाग्यो भेडीको बथान, उधो उधो लाग्यो चौरी गाई, हामीलाई पनी लैजाउन घुम्न दुवई तिर ए तामाङ दाई ..." । तामाङ गीत संगीतका पृथक जोडी मानिने एकै उमेरका हासिला र रसिला तुलसा वाईवा र इन्दिरा योन्जनले युएईको तामाङ ल्होसारको निहु पारेर आफ्नों मनको बह पोखे ।
गुलाबी रंगको तामाङ महिलाहरुको श्रृङगारमा सजिएर दुई
महिला जोडी स्टेजमा आएर खुल्ला निम्तो दिदा युएईका दर्शकपनि के कम? श्रोता कक्षबाटै हात उठाउादै \\\'म लान्छु है दुबई घुमाउन\\\' भन्दै चिच्याए । \\\' युगल आवाजको अर्को सेलो चन्द्रमा जस्तो रुपैले मोहनी लागेछ लौ हेर च्याङवाले बोलायो मैच्याङ भन्ने अर्को गीतमा दर्शकहरु अझै बढी झूमेका थिए । तामाङ गीत संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यी राष्टि्य स्तरका कलाकारहरुका साथमा यूएईमा रहेका
स्थानिय कलाकारहरु ज्ञान लामा, लक्ष्मी तामाङ, वले तामाङ, लाले तामाङ तथा अन्य कलाकारहरुलेपनि धोको फुकाएर गाए ।
तामाङ भेषभुषामा सजिएका यूवा गायक आसुसेन लामाले कार्यक्रमको पहिलो सन्ध्यामानै चर्चित तामाङ सेलोका गितहरु गाए । उनको नया एल्वम ढुङ्गामा है ढुङ्गामा लामाको अक्षर ढुङ्गामा, चोखो मायाा साटौलाहै दिएर फुलको थुङ्गामा, मैच्याङको हात माग्न स्वयम्भुको गुम्वामा जाने
कुरा गितको बोलबाट गर्दै थिए भने दर्शकहरु उनको तालमा लय थप्दै थिए । सम्झेर ल्याउदा कुटुक्क कलेजी छेउ खान्छ, तानतुन गर्दै तुनेको छु माझी दाईले जाल बुन्छ, जन्मेको ठाउा हुर्केको गाऊा सम्झेर ल्याउदा मन रुन्छ उनको यो देशप्रेमी गितले प्रवासीएका नेपालीहरुको मन कटक्क खाएको थियो । ताली र वाहा वाहाले हल गुन्जयमान भएको थियो । उनी गितको भाकामा हलमा उपस्थित आसाङलाई छेड हान्दै थिए र गितको बोलमा भन्दै थिए लाएको यो माया एक तर्फी रहेछ ।

खेमनाथ (बन्दिपुरे माहिलो)
February 5, 2011
चौथो नेपाली अन्तराष्ट्रिय भेला समिक्षा(4th International Nepalese Blogger Meet Report -with archive)
चौथो नेपाली अन्तराष्ट्रिय ब्लगर भेला फेब्ररी ८ मा सफलता पूर्बक सम्पन्न भयो। दौंतरी ब्लगमा भएको भेलामा करिब ४० जना ब्लगहरुले आफ्ना कुराहरु राख्नुभएको थियो। भेलाको सभापतित्व नेपालबाट उज्वल आचार्यले गर्नुभएको थियो भने भेलामा जापानबाट ध्रुब पन्थीले स्वागत मन्तव्य दिनुभएको थियो। भेलामा अमेरीकाबाट नबिन मालाकारले ब्लगको महत्वको बारेमा बोल्नुभएको थियो। भेलामा जापान देखी अमेरीकासम्म,अरब देखी अष्ट्रेलियासम्मका नेपाली ब्लगरले भाग लिनु भएको थियो।
सारा बिश्वका नेपाली ब्लगरलाई एकै समयमा एक घन्टा भित्र आफ्ना कुरा राख्न समय मिलाउनु र त्यसमा छलफल गर्नु निकै कठिन कार्य हो तर नेपाली ब्लगरहरूको सहयोगले एक घन्टामा सफलता पूर्बक भेला संचालन गर्ने कठिन कार्य पनि निकै सजिलो भएको थियो। भेलामा हरेक ब्लगरले आफ्नो परिचय,आफूले संचालने गर्ने ब्लग र आफूले किन ब्लगमा लेख्न थालेको जस्ता कुराहरु राख्नुभऐको थियो। भेलामा ब्लगमा कपि पेष्टलाई कसरी रोक्ने देखी ब्लगमा रिडरसिप कसरी बढाउने जस्ता कुरा राखिएको थियो। साथै बिभिन्न ब्लगरहरूले थुप्रै प्रश्न राख्नुभएको थियो जुन अनुभवी ब्लगरले त्यती छोटो सममा उत्तर दिन सक्दो प्रयास गर्नुभएको थियो। दौंतरीमा ६-६ महिना हुने ब्लगरभेला कायम राख्ने बाचा गर्दै आउने अगष्टमा पांचौ भेलाको लागी संपूर्ण ब्लगहरूलाई अग्रिम निमन्त्रणा दिन चाहान्छु। भेलामा कस्ता कुरा भए त्यो भेलाको आर्काइभमा हेर्नुहोला। साथै भेलाका कुन कुरा ठिक लाग्यो,कुन कुरा चित्त बुझेन,आगामी दिनमा के गर्दा ठिक होला आदी प्रतिक्रिया दिन नभूल्नुहोला।

February 3, 2011
जहाँ म जन्मे नेपली भई...
शिव प्रकाश
जहाँ म जन्मे नेपाली भई, मर्न पाउँ त्यही नेपाली भएर,धरतीमा मैले पहिलो पाइला, टेकेको माटो छातीमा टाँसेर ।
धरतीमा अर्को कहाँ छ संसार, हिमाल सधैं मुस्कुराइरहने ?
मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने
अविरल बग्छन् मेची र काली, भातृत्वभाव फिजाई संसार
तराई – पहाड हिमाल सबै, भावना एउटै, एउटै बिचार ।।
विर्सन्न कहिले काखको माया, कोखको भार नेपाली भएर
जिन्दगी वितोस् बिहान सधैं, आँखाले मेरा नेपालै हेरेर
घरदेश-परदेश जाँ' रहे पनि, गर्न पाउँ सेवा नेपली भएर
स्वर्ग हो त्यही नेपाल मेरो, मर्न पाउँ आमा पाउमा छोएर ।।
http://www.nepalimanharu.com/
अक्टोबर २०, २०१० बोस्टन ।
तराई – पहाड हिमाल सबै, भावना एउटै, एउटै बिचार ।।
विर्सन्न कहिले काखको माया, कोखको भार नेपाली भएर
जिन्दगी वितोस् बिहान सधैं, आँखाले मेरा नेपालै हेरेर
घरदेश-परदेश जाँ' रहे पनि, गर्न पाउँ सेवा नेपली भएर
स्वर्ग हो त्यही नेपाल मेरो, मर्न पाउँ आमा पाउमा छोएर ।।
http://www.nepalimanharu.com/
अक्टोबर २०, २०१० बोस्टन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 30, 2011
4th International Nepalese Blogger Meet (चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला)
4th International Nepalese Blogger Meet will be on Feb 5th 10 AM NST at Dautari Blog. Please visit http://www.dautari.org/ on 5th Feb 2011.चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5-2011,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा(http://www.dautari.org/) पाल्नूहोला।
भेलामा सहभागी हुने तरिका: तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ। भेलामा सहभागी हुनेका निम्ती कमेन्टबक्समा आउने जानकारी दिंदा नै प्रयाप्त हुनेछ। तपाईको सहभागिताको जानकारी अनुसार भेलामा सहभागी हुनेको नाम प्रकाशित गरिनेछ। भेला नेपाली समय १० बजे भएता पनि भेला सुरू हुनु केही घन्टा अघी तथा भेला सकिए पछी पनि भेलाको लागी प्रयोग हुने च्याट बक्स खुलै रहने छ। भेलामा समयको अभावले आउन सक्नु भएन भने पनि केही समय अघी या पछी आएर आफ्नो कुरा राख्न सक्नुहुनेछ। विश्व भरी छरिएर रहेका नेपाली ब्लगहरुको एकै ठाउंमा बसेर छलफल गर्न अन्य ब्लगरलाई खबर गरेर तपाईले पनि सहयोग गर्नुहोला।
चौथौ नेपाली अन्तराष्ट्रिय भेलाको सभापती-उज्वल आचार्य
स्वागत मन्तब्य-ध्रुब पन्थी
नेपाली ब्लगबारे परीचर्चा -के.पी ढुंगाना
ब्लगको महत्वबारे बिचार-नबिन मालाकार
भेला संचालन-नेपालियन
प्रावाधिक सयोग-सपना संसार
भेलामा हरेक ब्लगरले आफ्नो परिचय र आफूले छलफल गर्ने बिषय राख्नुहुनेछ(आफ्नो परिचय र छलफलको बिषय टाइप गरेर रेडी गरेर समय बचाउनूहोला र परिचयको क्रम सहभागीको सुची अनुसार हुनेछ)। ब्लगर बारे परिचर्चा केपी जी ले गर्नुहुनेछ भने ब्लगको महत्व बारेमा नबिन जीले आफ्नो बिचार राख्नुहुनेछ तथा उहांहरुसंग ब्लगहरुले छोटा प्रश्न राख्नसक्नुहुनेछ। भेलाको आधिकारिक अबधी १ घन्टा रहनेछ तथा भेलालाई आबश्यक अनुसार थप १ घन्टा थप्न सकिनेछ। समय अभावमा आउन नसक्नुहुने ब्लगरहरुलाई ध्यानमा राखी ब्लग छलफल ४ घण्टा सम खुलै राखिनेछ।
भेला सहभागीहुने को सुची: सहभागीको सुची समय अनुसार यसै ब्लगमा प्रकासित गरिनेछ।
1) नेपालियन: http://www.dautari.org/
2) सपानसंसार : http://sapanasansar.com/
3) वेदनाथ पुलामी (उमेश) : http://bednath.blogspot.com/
4) सुदिप काफ्ले : http://technott.com/
5) शिब प्रकाश: nepalimanharu.com
6) कृष्णपक्ष - http://krishnathapa.com/
7) गूल्मी दर्शन: http://www.gulminews.com/
8) गम्भिर: http://www.kahilekahi.blogspot.com/
9) प्रबिण थापा: http://www.prabin-thapa.blogspot.com/
10) कृष्ण पुरी: http://thenepalromania-krishna.blogspot.com/
11) केपी ढुगांना: http://www.hamroblog.com/
12) यात्री शेखर: http://yatrishekhar.blogspot.com/
13) रबिन्द्र रिजाल: http://www.rabindrarijal.com/
14) अर्चना श्रेष्ठ: http://archanashrestha.blogspot.com/
15) जिवन शर्मा: http://marojiban.blogspot.com/
16) बिष्नु मरासिनी: http://bismar.blogspot.com/
18) पवन पौडेल: http://www.creativepaudel.blogspot.com/
19) Aakar: http://aakarpost.com/
20) dev neupane: http://blog.devneupane.com/
21) Ekendra: http://blog.ekendraonline.com/
22) Anish: http://blog.enepal.com.np
23) Suraj Kumar Aryal: http://www.hamropathshala.wordpress.com/
24) Dhruba Panthi: http://www.dhrubapanthi.blogspot.com/
25)Pradeep Kumar Singh: http://nepaliblogger.com/
26))Aayush Sammoha: http://www.sahityabatika.blogspot.com/
27) musicbid : http://www.musicbid.co.cc/
28) शेखर: http://myhealthschool.blogspot.com/
29) Anil Adhikari: http://learnnfun.wordpress.com/
30) Aashish Bista: http://www.entertainmentnepal.co.cc/
31) Deependra: https://sites.google.com/site/deependrakumarjha/
32) Nabin: nabinkm.com
33) ज्ञानु बस्नेत: http://sahityamanjaree.blogspot.com/
34)Ujjwal Acharya: http://www.nepalivoices.com/
35) Ajaya Dhungana: http://abhinaw.com/
36)Mukunda Nepal: http://meroreport.net/
37)Bhupesh Mardi:http://www.youthcircleonline.blogspot.com/
38)Sweta Baniya: http://www.swetabaniya.wordpress.com/
39)Nepali Movie: http://nepalimovie.wordpress.com/
40)Basanta Giri : http://giri25.blogspot.com/
४१)Sarlahi express: http://www.sarlahiexpress.com/
४२)मेचीनगर अनलाइन : http://www.mechinagaronline.com/
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
सबै पहेंला धातु सुन हुदैनन्
प्रकाश सापकोटा
बनेपा, काभ्रे, ( हाल:त्रोम्सो, नर्वे )
सबै पहेंला धातु सुन हुदैनन्
सबै नुनिला अणु नुन हुदैनन्
अपार अनन्त सारा ब्रम्हाण्डभित्र
सबै चम्किला पिण्ड जून हुदैनन्
बरु नालीका किरा एकैनासे होलान्
सबै बालीका किरा घुन हुदैनन्
अभिमान केवल रातो रगत तर
सबै नसामा तातो खून हुदैनन्

January 27, 2011
January 24, 2011
किताब - लघुकथा

त्यो किताब लेख्न सजिलो थिएन ।
किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो
अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।
त्यसैले किताब लेखिने उर्दी जारी भयो । सैयौंको संख्यामा देशभरिका बडे बडे लेखकहरु भर्ना भए । उनीहरुको मुख्य काम त्यो महत्वपुर्ण किताब लेख्नु थियो ।
सर्वविदितै कुरा हो, शान्त वातावरणविना, हल्ली खल्ली र भाडभैलोको अवस्थामा लेखनकार्य सम्भव हुदैन। दिन, महिना र बर्ष बित्दै गयो किताब लेखिएन । कुर्दा कुर्दा पाठकहरु निराश भए ।
एकदिन मैले यसो चियाएर हेरें, उनीहरु कापी कलम बोकेर घरबाट त निस्कदा रहेछन तर दिनभर चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन, अनि कसरी लेखिन्थ्यो त त्यो किताब ?
बुझ्दै जादा थाहा पाएँ, त्यो किताबको नाम "संविधान" रहेछ ।
कृष्णपक्ष,इजरायल
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 23, 2011
म नेपालमा भएको भए ?(Nepal- The Country of Load Shedding)
विदाको मेसो पारेर भएभरका नेपाली ब्लग चाहर्दै थिएं। कुनै बेला कपि पेष्ट र चोरिएका सामग्री बारे गरिएको
गनथनको याद आयो। अन्जली तिमल्सिनाका चोरिएका सामग्री त के भयो कु्नी तर दिलीप आचार्यले भने चोरिएका सामग्रीको क्रेडिट लिइछाड्नू भयो। ३ बर्ष अघि दौंतरीले बनाएको स्वस्थानी फाइल धमाधम Rangeen Chara,X-Nepali, आदी जस्ता साइटले कपि गर्दै राखेका रहेछन्। यसो सोचें हामीले पनि सबैले सुनुन नै भनेर राखेका हौँ, उनिहरुले पनि बांढे स्वस्थानी माताले सबैको कल्याण गरुन।
हिजो आज नेपालमा फोन गर्यो प्राय फोन उठ्दैन। कि त मोबाइलमा चार्ज हुँदैन कि त मान्छे सुतिसकेका हुन्छन। बत्ती छैन ,मोबाइल कसरी चार्ज गर्ने? सबैका मोबाइल पिपलका पातले चार्ज हुदैन क्यार। जाडोको समय,दिन छोटा,लाइन नभए पछि रेडियो,टीभी सबै चट,अनि त सिरकको सहारा, ओक्षान जिन्दाबाद। साँच्चै नेपालमा अहिले मान्छे मात्र होइन टीभी,मोबाइल,राइस कुकर आदिको जिबन पनि कष्टकर छ। बिजुली भए ति सामानको भाग बढ्थ्यो। अब त मान्छेलाई टीभी देख्दा पनि रिस उठ्दो हो। त्यो सिसाको भाँडो के काम?

January 17, 2011
नग्न सत्य !
शिव प्रकाश
लुगाले छोपेको छ
तर अनुहारले देखाइरहेछ
के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ?
नबोले नि त्यो मुख
बोलिरहेछन् ती आँखा
के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ?
नभए नि तिम्रा सामू
भित्ता थिए ओरिपरी
के ती भित्ताका तिमीले कान थुन्न बिर्सियौ ?
नदेखे नि मैले केही
हेरिरहेथ्यो अँध्यारोले
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)