दूई भाइका तेर्सा करङ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
केही सत्यता, केही व्यंङ्ग्य र केही हाँसोले भरिएको यो परिभाषाहरुको सँगालोले चेनमेलको रुपमा सायद धेरै पटक पृथ्विको परिक्रमा गरिसकेको होला । विकिपीडियाका लेखहरुजस्तै बन्दै, थपिदैँ र कैयौं व्यक्तिहरुबाट सम्पादित हुँदै गएको यो "दुई गाई' को रोचक परिभाषा सायद ईन्टरनेटको पेजहरुमा पनि यत्र तत्र छन। कतै The Economies of Cows, कतै Two Cows Theory अनि Two Cow Economic Theory आदि नामले भेटिने यो परिभाषाको सँगालो आज आफ्नै कम्प्युटरको पुरानो फोल्डरमा भेटिएकोले सबै माझ बाँढदै छु ।
ल तपाई पनि हेर्नुस दुईवटा गाईले के कसरी संसारको भिन्न भिन्न देश, वाद र आर्थिक व्यबस्थालाई परिभाषीत गर्न सक्छ त:
Socialism
You have 2 cows and you give one to your neighbor.
Communism
You have 2 cows. The Government takes both and gives you some milk.
Fascism
You have 2 cows. The Government takes both and sells you some milk.
Nazism
You have 2 cows. The Government takes both and shoots you.
Bureaucracy
You have 2 cows. The Government takes both, shoots one, milks the other and throws the milk away.
Better to light a candle than to curse the darkness. ~Chinese Proverb
हिजों काठमाण्डौंको कंलककीमा साँझ ४ बजेतिर “यो कठपुतली सरकार ढल्नलाई ठिक्क परेको छ... निभ्न लागेको दियोको अन्तिम धप्का जस्तै बलेको हो, अब कुनै पनि बेला ढल्नसक्छ...” भनेर बाबुराम भट्टराईले भाषण गरेको केही घण्टा पछि तिनै नेताहरुले मलिन अनुहार र पराजित मानसिकता लुकाएर “जनता जनता बिच नै युद्ध गराउने षडयन्त्र भएकोले...” भन्दै आम हडताल फिर्ता लिएको घोषणा गरे।
हिजैको दिनमा काठमाण्डौको वसन्तपुरमा आम नागरिक, विद्यार्थी, प्राध्यापक, डक्टर, ईन्जिनियर, कलाकार र समाजका विभिन्न तपक्काका लाखौं मानिसहरु पनि शान्तिको कामना गर्दै शान्ति जुलुसमा सहभागी भएका थिए ।
हुन त आफ्नो पक्षमा नलेख्ने पत्रकारलाई ‘सामन्ती’को तक्मा र आफ्नै वैचारिक दास हुन नस्विकार्ने नागरिकलाई ‘भिजलान्ते’को पगरी भिराएर माओवादी नेतृत्बले स्वस्फूर्त रुपमा शान्ति कामनाका साथ निस्केका नागरिक लाई ठाउँ ठाउँमा आफ्ना ‘जनता’ लगाएर रोक्न नखोजेको पनि होईन, तर हजार व्यवधान र बाधा अडचन बिच वसन्तपुरमा जम्मा भएको भिडमा रहेको आम नागरिकको जमातको अवमूल्यन गर्ने नेतृत्ववर्ग सोच्नै पर्ने कुरा के छ भने:
जनता केवल देशका हुन्छन् कुनै पनि दल वा वादका हुँदैनन् ।
गौरवशाली दलका महान नेतालाई देशको स्थितिवारे प्रकाश पार्न पत्राकारले अनुरोध गरे। उनले दाहिने हातको मुठ्ठी बाटरे हावामा मुठ्ठी हल्लाउँदै भने:
“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।
वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नयाँ सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।”
“आधुनिक शिक्षा प्रणालीको वारेमा तपाईको धारणा बताईदिनुस न” । कसैले दलकै अर्कै प्रभावशाली नेतृलाई सोधे:
नेतृले पण्डितले कठस्थ श्लोक भट्याएको पाराले भनीन् :
“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।
कतिपय क्रान्तिकारी मित्रहरू युरोप , अमेरिका, जापान र अष्ट्रेलियामा बस्छन् तर उत्तर कोरिया र क्यूवाको गीत गाउँछन् । एउटा नाम चलेको ब्लगमा साम्राज्यवादी भनिने गरेको अमेरिकाको न्यू योर्क र बोष्टनमा बसेर, नेपालमा अराजकता अव्यवस्थाका अर्को नाम बनेका माओवादीको किर्तन गाउने माओवादी भाटहरूका लेख पनि कहिले काहीँ पढ्न परेको छ । यो देख्दा अवश्य उदेक लाग्छ । यी उग्र कम्युनिष्ट व्यवस्थाका मतियारहरू किन यति धेरै आडम्बरी बनेका होलान् भनेर । यदि उनीहरूले समर्थन गरिरहेको र भजन गान गरिरहेको उत्तर कोरियन वा क्यूबाली ढाँचाको उग्र कम्युनिष्ट व्यवस्था साँचै नेपाली जनताको मुक्तिदाता विचार हो भने , ती व्यवस्थाले नै राज्य चलिरहेका मुलुकहरु संसारका सबै भन्दा अछूत र निम्न कोटिका किन बने मैले अहिलेसम्म बुझेको छैन । किन हिजोका पूर्व युरोपेली कम्युनिष्ट राष्ट्रहरूको त्यो हविगत भयो ? किन हिजोदेखि आजसम्मका सबै कम्युनिष्ट राष्ट्रहरु नरसंहार र पछौटेपनको अर्को नाम मात्र भएर इतिहास बने ? नेपालका माओवादीले अँगालेको राजनैतिक विचार र दर्शनले नेपालको कायापलट हुने भए , किन एउटा अपवाद चीनलाई छाडेर बाँकि कम्युनिष्ट संसार यति बिघ्न तुच्छ बन्यो ?
सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।
सर्प पनि मर्ने लठ्ठी पनि नभाँचीने जुक्ति निकालेर आज बहिर्गमन र भोली फेरि प्रत्यागमन हुने हिसावले सत्ता छाडेको बेलामा सर्प नमरेर उल्टै लठ्ठी मात्रै भाँच्चेपछि के के मात्रै उपाए लगाईएन । हिरोईनसंग नाचीयो, कत्तीको ढाड भाँचीयो। यज्ञ-यज्ञादि, हवन र भैंसी दोहन समेत गरीयो चरण चरणको आन्दोलन भयो तर खै, आफुले जितेको कुर्सीमा त अर्कै हरुवा टाँस्सीएको टाँस्सीयै छ ।
बिचमा निक्कै दिन फुर्सद भएपछि महान नेताहरु विश्व ईतिहास पढ्न व्यस्त भए । छिमेकी देश भारतमा भएको “भारत छोड” आन्दोलन जस्तै यता पनि सिधैं “कुर्सी छोड” आन्दोलन गर्नुको विकल्प पनि बचेन । कुरा घुमाई फिराई गरेर “नागरिक सर्बोच्चता” को नारा लगाएकै हो तर नागरिक हैन आफ्नै लठैतले समेत राम्रो साथ नदिएका कारण सो पनि प्रायोजकको अभावमा चल्दा चल्दै टेलिभीजनको पर्दाबाट हराएका टेली श्रीखंलाजस्तै गरेर बिचमै तुहियो ।
नसरी र पाँचथरमा दर्जनबढी सम्झनामा रहन योग्य कार्यक्रम भए । झापाको दमकमा त्रिदेशीय गजल महोत्सवदेखी सुरु भएको यात्रा शनिबार मोरङको पथरीमा भएको झकास पुरस्कार वितरणसम्म आइ पुगेको छ । दमकमा फागुन २८ र २९ गते