October 5, 2008

वैध-अवैधको सर्मनाक खेल

शेखर ढुङ्गेल
नेपालको एकमात्र जेठो र प्रजातन्त्र एवं मानवाधिकारको लागि संघर्ष गरेको राजनीतिक दल नेपाली कांग्रेस आफ्नो लक्ष्य हासिल गर्न सफल भए तापनि सदुपयोगिताको अपरिपक्वता हुँदा प्राप्त सफलता र स्थापित धरातलसमेत धराशायी हुन पुगेको छ । १७ साल अगाडिको दलभित्रकै गुटबन्दीले कमजोर बन्न पुगेको यथार्थतालाई कांग्रेसले शिक्षाको रुपमा लिन सकेन- २०४७ सालपश्चात् । दलभित्रकै गुटबन्दीले प्राप्त संविधान व्यवस्थाको अन्त्य हुनपुग्यो । स्थापनाको सैद्धान्तिक नीतिमा विचलन आयो र दलकै अस्तित्व रक्षाको लागि चिन्ता गर्नुपर्ने अवस्थ्थामा कांग्रेस आएको छ । जनताले ससम्मान उच्च स्थ्थानमा पुर् याएका हुन् देशको साँचो सुम्पिएका हुन् नेपाली कांग्रेसलाई । तर ऊ त्यसको सम्मान सदुपयोग गर्न असफल भयो- आन्तरिक चरम विवादमा फसेर । प्रसङ्ग विभिन्न् उद्देश्य र बहानामा विदेश पुगेका विषेश गरी अमेरिका र बेलायतमा कांग्रेस समर्थकहरुका नाममा भैराखेका कथित वैध र अवैधको स्तरहीन विवादको हो । यसको प्रचार-प्रसारले कांग्रे्रस मात्र नभै निस्वार्थ रुपमा यो दलको भलो र प्रगति चाहने नागरिकहरु लज्जित भएका छन् । श्रद्धेय नेता स्व। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि दासत्वबाट मुक्ति पाउन भनी उद्घोष गरी अलग्गिएपछि विभाजित मानसिकताको घाउ दिनानु दिन घट्नुको साटो बढ्दै गएर स्वदेशमा मात्र नभै त्यो सिथिल अस्वस्थ बनाउने रोगले विदेशमा पनि नराम्रोसित गाँजेको देखिएको छ र मपाईंको यो असाध्य रोगले सर्वपक्षीय अहित गरिरहेको छ । अस्थिरता अव्यवस्थ्था अनैतिकता अक्षमताको एउटा पाटो बनिसकेको नेपाली कांग्रेसको छविलाई प्रजातन्त्र र मानवाधिकारको आवरणले ढाक्न नसक्ने बातावरण यस्ता विवादित चर्तिकला बनाउँदै लगेका छन् । त्यस्तै वातावरणमा पिल्सिल्सएर दल देश व्यवस्थाले केही दिएन भनी चप्पल ठटाएर विदेशिएका कथित खाँटी कांग्रेस भनाउन चाहने युवाहरु भर्खर अलिअलि बाक्लिंदै गएको नेपाली समाजमा विभाजनको दूषित रेखा कोर्न तम्सिनु जायज एवं बुद्धिमानी हो कि होइन भनी छुट्याउन असफल देखिएका छन् । त्यसमा पनि म वैधानिक अवैधानिक देख्ने दृष्टिभ्रमको असाध्य रोगले विशेष गरी अमेरिका र बेलायतमा संक्रमणकै रुप लिएको प्रमाण स्वरुप पत्र-पत्रिकामा आरोप-प्रत्यारोपका श्रृंखलाको प्रकाषणबाट देखिन्छ । त्यसका साथै विभिन्न कार्यक्रमको बहानामा आ-आफ्ना पहुँचका नेता बोलाउने हनुमान बनी भक्ति देखाउने होडबाजी र विवाद नेताले आफ्ना कार्यकर्ता सहायक बनाई लेराई तत् तत् देशमा छोडिजाने अनैतिक पदीय गरिमा प्रतिकूलका कार्यका समाचारले त झनै बेइज्जत गराउँदै लगेको छ । बेलायतमा हालै दलका कार्यवाहक अध्यक्ष सुशील कोइरालालाई बोलाउँदा भएको खर्चका बारेमा अनियमिताको आरोप निलम्वनजस्ता सर्म्रनाक समाचार त्यसको खण्डनमा अर्को समाचारहरुले यस्ता कांग्रेस सम्पर्क समितिहरुको नियत पनि पर्दाफास भएको छ । सुशील कोइरालाको बारेमा अमेरिका भ्रमणका बेला प्रकाशित समाचार सुजाता कोइराला समेतले मानिससित पैसा लिई विदेश पठाउने गरेको भन्ने समाचार सम्प्रेषण गरेर स्वयं कांग्रेसहरु एकले अर्काको पोल खोल्दै नङ्ग्याउने गरिराखेका छन् । अझ एकले अर्कोको विरोधमा निकालेका व्यक्ति-व्यक्ति र समूहका प्रचारबाजीले यी दुबै पक्ष झट्केला सावित भएका छन् । स्मरण रहोस् झट्केलाले घरको इज्जत होइन आफ्नै स्वार्थ मात्र देख्दछ र खोज्दछ अनि त्यहाँ अशान्ति र मुद्दाहरु हुन्छन् । यिनीहरुका आरोप-प्रत्यारोप देख्दा भारतमा रेलको यात्रा गर्दाको दृश्य सम्झना आउँछ । के देखिन्छ भने खेतमा पुरुष हुन् कि महिला मुख छोपेका हुन्छन् तर तल नाङ्गै- त्यस्तै हाल छ यिनीहरुको विवादको । पार्टीको केन्द्रीय नेतृत्व त्यतिकै हास्यास्पद निर्णय गर्दछ- कसैलाई समर्थन र कसैलाई विरोध गरेर अमेरिकाको कानुनअनुसार विदेशको दलीय राजनीति यहाँ गर्न छुट छ कि छैन मलाई ज्ञान त छैन तर कुनै उद्देश्य राखी कानुनी दायरामा दर्ता भै राजनीतिक कि्रयाकलाप गर्न विदेशी राजनीतिक दलले उर्दी र निर्देशन जारी गर्नु कानुन संगत छ कि छैन गम्भीर सवालप्रति बेवास्ता गरिएको छ । नेपालको कानुनअनुसार दर्ता भएका राजनीतिक दलका समर्थकहरुले अमेरिकामा बेलायतमा राजनीति गर्न पाउँछन् कि पाउदैनन् स्पष्ट हुन जरुरी छ कि छैन कथम् कदाचित नेपालको राजनीतिक दल िहंसात्मक गतिविधिमा जातीयता क्षेत्रीयताका लडाईँमा संलग्न भए भने ती दलका समर्थनमा विदेशमा राजनीति गर्नेहरुलाई ती देशको कानुनले कस्तो हैसियतामा राख्ला ?आफ्नो घर-परिवार जन्मभूमि छोडी केही गर्ने उद्देश्य लिई आएका र यी देशका राजनीतिक वातावरण व्यवहार बुझिसके पछि पनि नेता बोलउने राजनीतिक गतिविधि गर्ने ती नेताबाट हुनुमानको प्रमाणपत्र लिने काम गर्नुभन्दा बरु त्यहाँ खर्च हुने बराबरको रकम देशका मुखभरी बाढी माओवादी पीडित आफ्नै दलसमर्थक गाउँ गाउँका दुःखीहरुलाई दिएमा के इज्जत घट्दछ आखिर श्रद्धेय नेता बी।पी। ले केही निर्णय गर्नुपर्दा देशको माटो र गरिब जनताको अनुहार सम्झनु भन्नु भएको थियो नि होइन र एक त सानो नेपालीको समूह त्यसमा पनि को कुन ग्रुपको कांग्रेस र अरु को को भन्ने खोजी गुटबन्दी र विवादले सानातिना नितान्त साँस्कृतिक सामाजिक र सामूहिक कार्यक्रममा समेत भाँजो हाल्ने काम यस्ता सम्पर्क समितिमार्फत् भैराखेको गुनासो सर्वत्र छाएको छ । आ-आफ्ना पक्षको मानिसको सिफारिस र छनौट गर्नेजस्ता निकृष्ट काम विदेशी भूमिमा आइपुगेर पनि नछोड्नु विडम्बना नै भएको छ । राजनीति गर्ने रहर भएकाहरु कि त स्वदेश जानु कि त सक्ने दक्षता योग्यता भएकाले जो जुन देशमा वा शहरमा छ त्यही देश र कानुनी दायरामा त्यही देशको राजनीति गरे त सबै नेपालीले सगौरब सहयोग पनि गर्दथे नेपालीको एकतामा पनि सहयोग पुग्ने थियो कि ?
अन्तमा यो लेख पढेर कांग्रेस समर्थकको नाममा खरानी घस्नेहरुको धमिलो आँखाले यो पक्तिकारलाई कुनै पदवी दर्जा नदिनु होला म एक मात्र प्रजातन्त्र स्थायित्व मानवाधिकार स्वतन्त्रताको लागि बिनाझण्डाको स्वतन्त्र नागरिक हुँ ।

दौंतरीमा १ बर्ष

सर्वप्रथम त शुरु भइसकेको दशैको लागी संपुर्ण मित्र बन्धू, दौंतरी शुभेछ्छुकहरुमाझ शुभकामना टुक्राउन चहान्छु। संयोग नै मान्नु पर्दछ, दौंतरी शुरू भएको पनि अक्टोबर ७, मंगलबार १ बर्ष पुग्दै छ। पोहोर साल दौंतरी शुरूहुदा खेरीका प्राय साथीहरु त अझै पनि सक्रिय हुनुहुन्छ। त्यसैले सक्रियनै हुनु भइरहेका साथीहरु र पछि जुट्नु भएका साथीहरु माझ दौंतरीमा आफ्नै गनथन बाढ्न चहान्छु।
दौंतरी साथिहरुकै उर्जाले खोलीएको र साथिहरुकै उर्जाले चलिरहेकोले दौंतरीलाइ सधै संपुर्ण मित्रहरुले आफ्नै ब्लग सम्झिनुहुन आग्रह गर्दछु। जब संचार जगतमा भक्तीभावको गिता मात्र पाठ भएको महशुस गरियो र स्पष्ट बिचार राख्नेको कलम खोसिएको महशुस भयो, तब स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ भनेर दौंतरीको उदय भयो। ब्लगको सुन्ना अनुभव भएको मैले दौंतरीको बागडोर समातेको थिएं। थुप्रै उत्तम नेपाली ब्लग तथा राम्रा नेपाली संचार वेवपेजहरु स्थापित भइसकेको अबस्थामा एक महिना जती निकै न्युन ब्यबस्थापनमा बल्ग चल्दा निकै हिनताबोध भएको थियो। पेजलाइ स्तरीय बनाउनु र स्तरीय बिचार प्रकाशन गर्नु चुनौती त छदैछ, वेब पेज ब्यबस्थापनको राम्रो ज्ञान नहुनुले निकै कठिन मोडमा पुर्याएको थियो भने ब्लग समाग्रीको कहिले कांही अभाव हुदा कनि कुथी म आफैले नि पान्ना भर्ने काम गरेको थिए। तर समग्रमा एक बर्षलाइ हेर्दा सबै दौंतरीले मित्रहरुको प्रशस्त माया पाएको छ भने स्तरिय लेख र रचनाहरु निरन्तर प्रकाशन भइरहेका छन तथा प्रावाधीक सहयोग पनि प्राप्त भइरहेको छ।
दौंतरी सबै माझ पुराउन जोड गर्दा थुप्रै मित्र तथा संस्था बाट निकै सहयोग मिलेको थियो भने कुनै साइटमा दौंतरी शब्द नै सेन्सर हुन पुगेको थियो। एक दुइ पटक त गालि भरिएका पत्रहरु र कमेन्ट पनि प्राप्त भएका थिए। नेगेटिभ बारे कुरा गर्दा केही मित्रहरुलाइ दौंतरीमा लेख्न हतोत्साहित पनि गरिएको मैले भेटाए। तर मलाइ लाग्दछ कलम कैले पनि तरवार संग झुक्दैन र स्पष्ट बिचार कहिले पनि कैद हुने छैनन। हुन त एउटै इभेन्टलाइ बिभिन्न कोणबाट हेर्नेहरु भेटीन्छन। हाल सालै भएको प्रचण्डको अमेरीका भ्रमणाइ कसैले पारिबारीक भ्रमण भने तथा कसैले इतिहासकै सानो र चुस्त टोलीको रुपमा चित्रित गरे। यो भ्रमण बिगतमा भएका भन्दा निकै उत्पादक भनेर ब्याख्या गरियो भने कसैले सयौं मुलुकका राष्ट्र प्रमुखको मेलामा प्रचण्डले पनि मेला भरेको स्पष्टाए। संयुक्त राष्ट्र संघको भ्रमणलाइ यसरी हेरीन्छ भने कतिपय महत्वपुर्ण कुराहरुलाइ सहि र खुला बिचारले सधै सप्ष्ट पारिनु नेपालीहरुको लागी सधै खांचोको कुरा पर्दछ।
जहिले पनि समुहको उर्जा समेटेर हिड्दा त्यो उर्जा समुहमै हराउने सम्भावना उत्तिकै हुन्छ। त्यो मलाइ सबैभन्दा ठुलो डरको बिषय थियो। केही मित्रहरुले त्यस्तै अनुभव सुनाउनु भएको थियो र बिचमा केही सक्रिय साथीहरु नपाउदा म पनि दौंतरीको त्यही नियती हुन्छ कि भनेर निकै अत्तालिएको थिए। तर केही मत्रहरुको निरन्तर सक्रियताले पुन साथिहरुका सहयोगी हात दौंतरीमा आइपुगे। मैले ब्होरेका १ बर्षका समस्टिगत अनुभव यिनै हुन। तपाइहरुका अनुभव, अपेक्षा आदी के छन त्यो पनि बाड्नुहोला। दौंतरी स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ सधै भइरहोस।


अलमलियको प्रदेसी

purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।

बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।

दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।

नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।

धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।

समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।

नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।

बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।

तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।

पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।



October 3, 2008

दौँतरीलाई जन्म दिन र दशैँको बधाइ र शुभकामना !

ख्याल ख्यालमा नचिनेका साथीहरूसंग
दौँतरीको पिर्ति कोरेको वर्ष दिन हुन थालेछ,
दौँतरीको यस पटकको पिर्ति संयोगले
दशैँको महाअष्टमीको पवित्रतामा फुलेछ

हरेक यात्राहरू , एक कमजोड पदचापबाट शुरू हुन्छन्
विशाल नदीहरू, चट्टान फोरेर निरिह निसृत बहन्छन्
तर पनि नदीको विशालता महासागरको सांक्षी छ
यात्राका पाइलाहरू अन्तरिक्षमा अनुवाद बन्छन्

कलमहरू श्वरमा अनुवाद हुँदा, निर्भिक बन्न सक्नु पर्छ
स्वतन्त्रता अनि मानवातका पक्षमा अडिग अड्नु पर्छ
निरंकूशताको गन्धे प्रदषणको नाडी छाम्न सक्नु पर्छ
छल-कपट र बैमानी चालहरूको पद आहट चिन्नु पर्छ

आक्रान्त छौँ हामी , ढोंगी बुद्दको आवरणमा युद्द बोकेकाहरू संग
नक्कली मसिहाको आवरणमा हिंसाको खेती गर्नेहरू संग
जनताको नाममा जनतालाई जन्तु भएको ठान्नेहरूसंग
मेरो लागि केही गरेको दावामा केवल आफ्नो भण्डार भर्नेहरूसंग

इतिहास सांक्षी छ , कोकोहोलो लगाउनेहरूको भीड हामीले देखेका छौँ
आँफ्ना सबै सुकर्म अनि अरू सबै कुकर्मको रट पटक पटक पढेका छौँ
उनकै पछि हिँड्नेहरू जनता हुन् , अरू सबै पराइ भएपछि,
आफ्ना र अरूको भेदमा हामी जनताको सदैव भएकै हो दूर्गति

झूट र भ्रमको यो बाली इतिहासका गराहरूमा सदैव फस्टाएको छ
अतितभन्दा हिजो र आजमा यो प्रवृत्ति झ्याङ्गिँदै झन मौलाएको छ
अत: निरन्तर गोल पोष्टतर्फ मिल्क्याइँदो भकुण्डो हामी बनाइएका छौँ
अन्धकारमा अनुहार आँकलनको यो विडम्बनामा उल्लू जो बनाइएका छौँ

हे कलमहरू , अन्धकारको यो भ्रममय पर्दाको विन्यास गर्ने बेला आएको छ
अनुहार र दावाहरूमा भन्दा नियत त उद्देश्यको तस्वीर खिच्ने बेला आएको छ
शुरुवात त कहीँबाट हनैपर्छ, त्यो म आँफैबाट प्रस्थापन आज प्रस्थापन गर्नुपर्छ
अक्षर अक्षर अभिव्यक्तिको 'दौँतरी' बनेर श्‍वरको खेतीमा कलमको उद्‍घोष छर्नुपर्छ।


जय दौँतरी ! जय दशैँ ! जय होस् मित्रहरूको !



-एकलव्य


October 2, 2008

गजल - दशै

दौतरीका दौतरीहरुलाई बिजया दशमीको मंगलमय शुभकामना
सहित यो दशैको गजल पेश गरेको छु
रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस


October 1, 2008

दशै आयो, खांउला पिउंला

चाड पर्व बर्ष भरी गरेका दु:ख भुलेर परिवार, नाता गोता संग खुशीको समया बिताउने क्षण हो। दशै नेपालीको लागी त्यस्तै चाड हो। यस अवसरम एक आपसमा शुभकामना साटा साट गर्ने, अनेक किसिमका रमाइलो गर्ने यस्तै आदी गरेर समय बिताइन्छ। हुन त नेपालमा अहिले इतिहासकै काल घडिमा बिती रहेको छ, के को टिका लाउनु, यस्तै अनुभुती हुन्छ कहिले कांही। नेताहरुले छक्काउदा छक्काउदै अहिले संबिधानको ललिपप दिएर जनतालाइ राखेका छन। सामानमा कम्पिटिसन भए ग्राहाकलाइ फाइदा हुन्छ तर नेपालमा धेरै पार्टी भए पनि जनता नै सस्ता भएका छन। तर पनि बर्ष दिनको चाड, पुर्खाले दिएको उपहार, हाम्रो संस्क्रिती धान्नु नै पर्दछ। आफ्नो मौलिकता जोगाउनु भनेको आफ्नै आत्मसम्मान गर्नुहो।
यस्तै अबसरमा दौंतरीबाट शुभकामना साटासात गर्दा बिभिन्न खाले शुभकामना प्राप्त भएका थिए। केहीलाइ तपाइहरु समक्ष बाढ्न चाहान्छु।
-----------------दौतरी लाई मेरो शुभकामना--------
purushottam subedi beljiyam
दु:खमा होस वा सुखमा मेरो दौतरी संग
म सधैं सधैं साथ दिने दौतरिको पनि दौतरी
बुढै भय पनि जोस थपी दिने मेरा दौतरी हरु संग
हातमा हात मिलाई यस मानव रुपी जिवनमा
दौतरिको भिडमै रमाउन चाहन्छु । मेरा जोडीहरु संग
म जहाँ भय पनि बेखबर रहने छैन । मेरो एउटा सुझाब
दौतरी लाई -माइ संसार को जस्तो चकारेर गाली गर्ने लेखक हुन
वा कम्मेन्ट कर्ता त्यस्तो लाई जगा दिनु दौतरी को अपमान हुनु हो भन्ने
सुझाब दिदै मेरा दौतरी परिवार का साथै संसार भरका दौतरी प्रेमीसबै दौतरी लाई
बिजया दशमीको हार्दिक मंगलमय शुभकामनाका साथै उत्तरोत्तर प्रगतिको थप शुभ कामना टक्र्याउडछु धन्यवाद ।।
----सुसन न्यौपाने, रामबाबु तथा साथीहरु----
HAPPY VIJAYA DASAMI 2065 विजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभकामना !शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने किहले बन्द नगर्नू । बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई दिदी बहिनी अनि दौतरी परिबारमा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु। -


September 30, 2008

यसपाली दशैं छैन!

परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले,
खसी काटेर बर्ष दिनको खुशी मनाउन्न काइदाले,
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर,
आँगनै भरी फुलेका,
हास्न भुलेका ,
नाती नातीनी संग खेल्दै,
जीवनको उत्तरार्ध पनि भुल्दै,
काइला रम्दै थिए,
काइला जिम्दै थिए।

साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी,
धेरै दु:खले किनेको खसी,
चन्दा धन्दा गर्नेले,
दण्डा देखाउदै मागे,
काइलाले खुशी फर्काउन मानेन,
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु?
काइला आँफै काटिए ।
यसरी दशैंदशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस

गाम मा दशैं छैन,
यता टिका पनि,
जमरा पनि,
न लागा भन्ने उर्दी जारी हुन बेर छैन,
बिना वर्दी भारी हुन बेर छैन।

मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा,
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।



September 29, 2008

जय दुर्गे !

Durga2 श्रोह्र श्राद्धको समाप्तिसंगै हिन्दू धर्माबलम्बीहरुकालागी एकदमै पवित्र र महत्वको पर्व शुरु हुन्छ। असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा धुमधाम संग मनाईने यो यो कालरात्रीलाई बोलीचालीको भाषामा हामी नवरात्री पनि भन्छौं ।

यस पावन अवसरमा माता नवदुर्गाको आराधना गरिन्छ। यो नौ दिनमा माताको नौ रुप अर्थात:

१‍) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघंटा ४) कुष्मांडा ५) स्कंधमाता ६) कात्यायिनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री को आराधना गरेमा यस लोक र परलोक दुवैमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा घर-घरमा कलश स्थापना गरेर यो आराधनाको शुरुवात गरिन्छ । साथै कलशको वरिपरि वा घरको पूजाकोठा वा पवित्र स्थानमा जौ छरेर जमरा रोपिन्छ । यो पवित्र जमरा दशौं दिन अर्थात विजया दशमिको दिनमा मातको प्रसादको रुपमा टिका संगै शिरमा लगाउँदा माताको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

शास्त्र र पुराणका अनुशार : भगवान रामले दुर्गा सहित शस्त्र पूजा गरी शक्ति संपन्न भई दशमीको दिनमा रावण माथी विजय प्राप्त गर्नु भएको थियो। र त्यसै बेलादेखी नवरात्रीमा शक्ति एवं शस्त्र पूजा को परम्परा कायम भयो ।

त्यस्तै अन्य केहि मान्यताका अनुशार इंद्र भगवानले यहि दशमिका असुरहरु माथी विजय प्राप्त गरेका थीए। महाभारतको युद्ध यसै दिन प्रारंभ भएको गाथा पनि छ भने पांडवहरु आफ्नो गुप्तवास पश्चात यसै दिनमा पांचाल आएका थिए। त्यस्तै अर्जुनले पनि यहि दिनमा द्रौपदीलाई स्वयंवरमा प्राप्त गरेका थिए भन्ने कथन पनि छ ।

प्रसंगहरुलाई जे जस्तो गरी जोडे पनि वा बयान गरे पनि वास्तबमा यो विजयको उत्सव हो र यस उत्सवले असत्य माथि सत्यको जित हुने दर्शाउँछ ।

अन्य समयमा गरीएको आराधना र शाधना भन्दा यो समयमा छिट्टै सिद्धि र सफलता मिल्ने आस्थाका कारण यस समयमा माता दुर्गाको विशेष पूजा-आराधना गरिन्छ।

भिन्न भिन्न लक्ष वा कामना पूर्ण गर्नको लागी माताको भिन्न भिन्नै मन्त्र वा श्लोकले माताको आराधना गरिन्छ। आउनुहोस हामि पनि जानिराखौं के का लागी कसरी माताको आराधना गर्ने:

विपत्ति नाश को लागी: शरणागतदीनार्थपरित्राण परायणे। सर्वस्तयार्तिहरे देवि नारायणि नमोऽस्तुते।।

शत्रु नाशको लागी: सर्वाबाधाप्रशमनं त्रैलोक्यस्या‍‍‍खिलेश्वरी। एवमेव त्वया कार्यमस्मद्‍वैरी विनाशनम्।।

सर्वबाधा निवारणको लागी: सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वित:। मनुष्यों मत्प्रसादेन भविष्यति न संशय।।

भक्ति प्राप्तिको लागी: नतेभ्य: सर्वदा भक्त्या चण्डिके दुरितापहे। रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।।

मोक्ष प्राप्तिको लागी: त्वं वैष्णवो शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमासि माया। सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भुवि मुक्ति हेतु:।।

मंगल प्राप्तिको लागी: सर्वमंगमांगल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुऽते।

जे होस, संगारमा आईसकेको विजया दशमीले संसारभरि छरिएर रहेका सम्पूर्ण नेपालीको भलो गरोस र माता दुर्गाको कृपाले हामी सवैको कल्याण होस ।

म यहि पोष्ट मार्फत सबै ब्लगर मित्रहरु र दौंतरीका शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

"जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नामोस्तुते ।।"

जय दुर्गे !



September 28, 2008

राष्ट्रसंघको ६३ औं महासभामा प्रधानमन्त्रीको सम्वोधन

नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ, अध्यक्ष महोदय! सर्वप्रथम यस महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा तपाइँलाई बधाई दिने अनुमति चाहन्छु र आश्वस्त पार्छु कि मेरो प्रतिनिधि मण्डलको तर्फबाट तपाइँका जिम्मेवारीहरु पूरा गर्न पूर्ण सहयोग रहने कुरामा आश्वस्त गर्न चाहन्छु । म संयुक्त राष्ट्र संघका महासचिवलाई संयुक्त राष्ट्र संघको नेपालको परिस्थितिसम्बन्धी सकारात्मक भूमिका र विस्तृत प्रतिवेदनका लागि धन्यवाद दिन चाहन्छु ।

अध्यक्ष महोदय, संसारको सबैभन्दा नयाँ गणतन्त्रको प्रथम प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघको यस अगस्ट महासभामा सम्बोधन गर्न पाउनु मेरो निम्ति पूर्णरुपमा ऐतिहासिक अवसर हो । यहाँ विश्वभरिका नेताहरुसमक्ष उभिँदा मैले म र मेरो पार्टीले गरेको लामो संघर्ष जुन सत्ताबाट बाहिर पारिएका शताब्दीयौंदेखि दबाइएका बिाचत गरिएका र सीमान्तकृत सर्वसाधारणको मुक्तिको एकमात्र उद्देश्यद्वारा साचालित थियो को बारेमा सोचिरहेको छु । मेरो देशका पहाड र उपत्यकामा रहेका मैदानी भाग र शहरी क्षेत्रमा रात दिन काम गरिरहेका महिला र पुरुष अझै पनि जीवनका सामान्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन् र उनीहरु र उनीहरुको परिवारको लागि एक दिन बराबर अधिकार र अवसरहरुको प्रयोग गर्दै राष्ट्रको सम्मानित नागरिकको रुपमा बाँच्ने दिन आउने छ भन्ने आशा गरिरहेका छन् ।

हामी इतिहासको अत्यन्त महत्वपूर्ण ऐतिहासिक राजनीतिक परिर्वतनको मोडमा उभिएका छौं । र म र मेरो पार्टी सकारात्मक ऐतिहासिक परिवर्तनको नेतृत्वकर्ता भएकोमा गौरवान्वित छौं । आज म सुदूर पश्चिमको दलित केटाको आँखामा पूर्वका दबिएका आदिवासी जनजाति महिला घरविहीन थारु महिला भूमि विहीन मधेशी र पहाडका झुप्राहरुमा बसिरहेका किसानहरुको आँखामा चम्किरहेको आशा देखिरहेको छु । म उनीहरुलाई विश्वास र जिम्मेवारीका साथ दिगो शान्ति र समतामूलक प्रगतियुक्त नयाँ नेपालको यात्रामा लैजान चाहन्छु । त्यसकारण मसँग यस अगस्ट महासभामा नयाँ संघात्मक लोकतान्त्रिक गणतान्त्रिक नेपालका जनता र सरकारको तर्फबाट प्राप्त अभिवादन र सदिच्छाबाट प्राप्त सम्मान र अवसर छ ।

एक दशक लामो सशस्त्र संघर्षपश्चात् नोवेम्वर २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई पछ्याउँदै यसैवर्ष अप्रीलमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । जनताले उत्साहका साथ मेरो पार्टीलाई मतदान गरे र ठूलो आशा र अपेक्षाका साथ मेरो पार्टीलाई संविधानसभाको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित गरे । पहिलो बैठकमा नै संविधानसभाले २४० वर्ष पुरानो राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गर् यो र पुरानो सामन्तवादी राज्य संरचनाबाट एउटा समावेशी र संघात्मक राज्य संरचना निर्माण गर्ने अवसर सिर्जना गर्‍यो। त्यो लामो समयदेखिको नेपाली जनताको चाहनालाई ध्यान दिएर गरिएको कार्य थियो । उनीहरुले परिवर्तन र रुपान्तरणको पक्षमा मतदान गरे जसको निम्ति मेरो पार्टीले वर्षौंदेखि संघर्ष गरेको थियो । ऐतिहासिक राजनीतिक परिवर्तनपछि अब हाम्रो एजेण्डा समानरुपले ऐतिहासिक सामाजिक र आर्थिक परिवर्तन गर्ने रहेको छ ।

आज मैले पुरै गौरवका साथ तपाइँलाई सूचित गर्नैपर्छ- हाम्रो संविधानसभा सबै सीमान्तकृत उपेक्षित जातीय समुदाय आदिवासी जनजाति दलित सुविधाविहीन र पिछडिएका क्षेत्र र समुदायका जनताको प्रतिनिधित्वयुक्त सर्वाधिक समावेशी प्रतिनिधिमूलक अंग हो । यो एक्काइसौं शताब्दीको पहिलो दशकको प्रतिनिधित्व विश्वका लागि ठूलो उदाहरण बन्नसक्छ । सरकार शान्ति सुरक्षाको पुनर्स्थापना गर्न, द्वन्द्व पीडित जनतालाई तत्काल राहत प्रदान गर्न, भ्रष्टाचारको तीब्र बृद्धिविरुद्ध लड्न, अति गरीव वर्गलाई लक्षित गरी आर्थिक राहतको प्याकेज कार्यक्रम लागु गर्न, पूर्वाधार निर्माण र सार्वजनिक निजी साझेदारी बृद्धि गर्न प्रतिवद्ध छ ।

सरकारले नेपाली जनताले लामो समयदेखि पर्खिरहेको नयाँ सामाजिक आर्थिक परिवर्तनको वातावरण तयार गर्न अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी सहकार्य गर्ने वातावरण बनाउनेछ । नेपालको शान्ति प्रकि्रया यसका विशेषताहरुमा मौलिक र वुहदलीय लोकतन्त्र समावेशी सहमतिमूलक संवाद र निर्णयकर्ताको रुपमा जनताको पहिचान स्थापित गराउने कुरामा आधारित छ । यो हाम्रो शान्तितर्फको सिर्जनात्मक सोंचको परिणाम हो र यसले कुनै पनि ठाउँमा शान्ति प्रकि्रयालाई सन्दर्भ सामग्रीको रुपमा सहयोग गर्न सक्छ ।हामी नेपालको शान्ति प्रकि्रयामा संयुक्त राष्ट्र संघको लगातार समर्थन र अझ विशेष गरी अन्मिनद्वारा गरिएको सेना तथा हतियार व्यवस्थापनसम्बन्धी कार्यको प्रशंसा गर्दछौं । संयुक्त राष्ट्र संघीय मिसन अन्मिन ले यसको जिम्मामा रहेका कार्यहरु राम्ररी पूरा गरेको छ । म यसलाई हाम्रा छिमेकी मित्र र दाताहरुलाई उनीहरुले नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संस्थागत विकासको पक्षमा पुर्‍याएको लगातार समर्थनका लागि धन्यवाद दिने अवसरको रुपमा लिन्छु । म उहाँहरुको यो समर्थन नेपाली जनताको उपेक्षाअनुरुप यसका विकास सम्भाव्यताहरु अघि बढाउन समेत कायम हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

अध्यक्ष महोदय, हामी देशभित्रको शान्ति प्रकि्रयामा अगाडि बढिरहँदा विश्वमा खाद्य संकट तेलको मूल्यमा बृद्धि र जलवायु परिवर्तनको खतराजस्ता नयाँ समस्याहरुले हामीलाई निहार्दैछन् । यी चुनौतीहरु हाम्रो सहस्राब्दी लक्ष्य हासिल गर्ने क्रममा समस्याको रुपमा उभिएका छन् । अल्पविकसित मुलुकका समस्या समाधान नगरिकन सहस्राब्दी लक्ष्य प्राप्त गर्न सकिने छैन । सन् २००० मा गरिएका सहस्राब्दी घोषणाका उच्च प्रतिज्ञा र २००२ को विश्व सम्मेलनमा विकासका लागि वित्तीय सहयोगको प्रतिज्ञा गरिएको थियो । ती मध्ये धेरै प्रतिवद्धताहरु अझै पूरा हुन बाँकी छन् र सहस्राब्दी विकास लक्ष्यका प्राप्तिहरु विश्वका गरीव जनतासमक्ष पुर् याउने काम अत्यन्त आवश्यक छ । आज संयुक्त राष्ट्र संघका एजेण्डाहरुले यी विकास चुनौतीहरु र अझ धेरै मुद्दाहरु जस्तो कि धार्मिक अतिवाद र आतंकवाद आणविक हतियार र आमसंहारकारी हतियारको बृद्धि लागु औषध मानव तस्करी र नक्कली मुद्राको कारोबारजस्ता संगठित अपराध देशभित्र र देशहरुको बीचमा द्वन्द्व मानवअधिकारको बढ्दो हनन् जातीय नरसंहार युद्ध अपराध र मानवताविरुद्धको अपराधजस्ता मुद्दाहरुको समाधान गर्नुपर्दछ ।

यो कुरा अझ बढी स्पष्ट छ कि यी विश्वव्यापी समस्याहरुको विश्वव्यापी समाधान चाहिन्छ । यस अवसरमा हामीले एकसाथ संयुक्त राष्ट्र संघका बडापत्रका उद्देश्यमा आधारित भएर एउटा दृष्टिकोण र रणनीति बनाउनु पर्दछ । संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तमा जस्तै एकपक्षीयता होइन वहुपक्षीयता नै यी समस्याहरुको उत्तर हो । नेपालजस्ता अल्पविकसित राष्ट्रहरु तिनीहरुको विकास प्रयासमा विशेष प्रकारका समस्याहरुको सामना गर्दैछन् । हामी गरीवीको दुसाध्य चक्रमा फसेका छौं । विभिन्न ऐतिहासिक कारणहरुले हामीसँग न्यून आर्थिक बृद्धिदर न्यून उत्पादकत्व अविकसित उद्योगहरु र परम्परागत कृषि प्रविधि छ । अवसर र सामाजिक सूचकांकको तल्लो तहको कारणले ती देशहरुमा लगातार द्वन्द्व र संकटहरु देखापरेका छन् । आज देशभित्र र देशहरुको बीचमा समेत धनी र गरीवबीचको बढ्दो अन्तरले आसन्न विनाशलाई संकेत गर्दछ । यो अमानवीय र अन्यायपूर्ण छ कि आजको प्राप्ति सम्पन्नता र प्रगतिको यो युगमा पनि उच्च तहको असमानता कायम छ ।

उत्तिकै महत्वपूर्ण कुरा के छ भने सम्पन्नताको ताप र गरीवीको समुद्र न त दिगो रुपले टिकाऊ छ न त विकसित देशहरुकै हितमा छ किनभने यसले तिक्तता र द्वन्द्वलाई वढावा दिन्छ र दीर्घकालीनरुपमा विकसित देशकै प्रगतिलाई समेत घटाउँछ । यो संयुक्त राष्ट्र संघको आधारभूत भावनाको समेत विरुद्ध छ । अल्पविकसित देशहरुको तीब्र संकटको अवस्था र त्यसको विशिष्ट प्रकृतिको कारणले म जोडदाररुपमा माग गर्छु कि अल्पविकसित राष्ट्रहरुलाई संयुक्त राष्ट्र संघले विशेष र केन्द्रित कार्यक्रमद्वारा अलगरुपमा हेरोस् । यदि न्यायिक र समावेशी विश्व निर्माण गर्ने हो जसको संयुक्त राष्ट्र संघले गर्वका साथ वकालत गर्छ अल्पविकसित राष्ट्रहरुलाई समर्पित समर्थन र सहयोग उपलब्ध गराउनुपर्दछ । हामी केवल अल्पविकसित मात्र छैनौं भूपरिवेष्ठित पनि छौं । हाम्रो विकास चाहनाको पूर्तिका प्रयासमा यो दोहोरो वेफाइदा हो । वास्तवमा विश्वव्यापीकरणका नकारात्मक असर र व्यापारको बढ्दो मूल्यले हामी अझ सीमान्तकृत भएको महसुस गर्दछौं । हामी यी असरहरुलाई कम गर्न विश्वव्यापी सम्झौताहरु अल्पविकसित राष्ट्रहरुको लागि ब्रसेल्स कार्यक्रम र भूपरिवेष्ठित राष्ट्रहरुको लागि अल्माटी कार्यक्रम पूर्णरुपमा लागु होस् भन्ने चाहन्छौं । विशेषरुपमा म हाम्रा विकसित मित्रहरुले अल्पविकसित राष्ट्रहरुको विकासको निम्ति उनीहरुको राष्ट्रिय आयबाट केही प्रतिशत छुट्याउन गरेको प्रतिवद्धता व्यापार सहुलियत ऋण माफी र उनीहरुको क्षमता बृद्धिमा सहयोगजस्ता प्रतिज्ञाहरु पूरा गर्नुपर्ने कुराको आवश्यकतामाथि जोड दिन चाहन्छु ।

हाम्रो सन्दर्भमा म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु कि नेपालले हाम्रो गरीवी न्यूनीकरण र गरीवका लागि शासनको नीतिमा आधारित कार्यक्रमहरु अघि बढाउनेछ ।

हामीले हाम्रा जनतालाई जलवायु परिवर्तनको बढ्दो समस्याबाट बचाउनुपर्ने आवश्यकता छ । उदाहरणको लागि हाम्रो देश नेपालको पनि हिमनदी पग्लने र मौसममा भइरहेको परिवर्तनले जीवन निर्वाह प्रणाली कृषिको दिगोपनामा कमी लगातार बाढी र पहिरोजस्ता जलवायु सम्वन्धित प्रकोपहरु देखा परिरहेका छन् । हिमालय श्रृंखलाले जीवनको निम्ति अत्यावश्यक पानी करोडौं जनतालाई उपलब्ध गराइरहेको छ । विश्वको छानाको रुपमा रहेको सगरमाथा र हिमालय श्रृंखलाको संरक्षण र उचित सदुपयोग गरेर समस्त मानवतालाई नै योगदान दिनुपर्ने आवश्यकता छ । त्यसकारण हिमालय क्षेत्रको महत्वपूर्ण वातावरण बचाउनका निम्ति आवश्यक सम्पूर्ण सहयोग गर्न म विश्व समुदायलाई जोडदार अपिल गर्दछु । हामीले साझा तर भिन्न भूमिका सहितको शासन स्थापना गर्नुपर्छ जहाँ विकसित राष्ट्रहरुले अल्पविकसित र संकटमा परेका राष्ट्रहरुको केही भार वहन गर्नुपर्दछ ।

मौसम परिवर्तनको समस्यालाई सम्बोधन गरेर नेपालको नवीकरणीय र शक्तिको स्वच्छ स्रोतको रुपमा रहेको जलविद्युतको ठूलो सम्भावनाबाट फाइदा उठाउन विश्व समुदाय तयार हुनुपर्दछ । यसका लागि विद्युत आयोजनाहरुमा लगानी निम्त्याउन र प्रोत्साहित गर्न नेपाल तयार छ । शान्ति न्याय लोकतन्त्र र विकासको वातावरण निर्माण गर्न विश्वव्यापी मानवअधिकारको प्रयोग अत्यन्त आवश्यक छ । लोकतान्त्रिक राष्ट्रको रुपमा नेपाल सबै परिस्थितिहरुमा आफ्ना जनताको मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्न प्रतिवद्ध छ । नेपाल मानवअधिकारको संवैधानिक र कानूनी ग्यारेण्टी गर्न र नेपाल पक्ष भइगरेका सबै अन्तर्राष्ट्रिय मानवअधिकारको पालना गर्न कटिवद्ध छ । सरकार दण्डहीनताको वातावरण अन्त्य गर्न कटिवद्ध छ । प्रस्तावित शान्ति तथा मेलमिलाप आयोगले शान्ति र न्यायको बीचमा आवश्यक सन्तुलन कायम गर्नेछ । यदि त्यहाँ न्याय कायम हुन्छ भने त्यसले शान्ति प्रकि्रयाको पनि संरक्षण गर्नेछ ।अध्यक्ष महोदयम प्रशन्न छु कि एशिया र प्यासिफिक क्षेत्र शान्ति एवं निशस्त्रीकरण क्षेत्रीय केन्द्र २० वर्ष पछाडि काठमाडौंबाट साचालित भइरहेको छ ।

यस अगष्ट महासभाले न्यूयोर्कबाट केन्द्रको कार्यालय काठमाडौं सारेकोमा म सबै सदस्यहरु यस क्षेत्रका राष्ट्रहरु महासचिव सचिवालयका अधिकारीहरु सबैलाई धन्यवाद दिन चाहन्छु । सम्वन्धित सबै राष्ट्रहरुको सहयोगले केन्द्रलाई सफल बनाउने कुरामा नेपालको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । वर्षौंदेखि शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ अभिन्नरुपले सहभागी हुने गरेको छ । यसलाई ध्यान दिएर नेपालले यसका शान्ति स्थापकहरुलाई लगातार रुपमा १९५८ देखि नै पठाइरहेको छ । अहिले हामी संयुक्त राष्ट्र संघमा नेपाली शान्ति स्थापकहरुको सहभागिताको पचासौं वार्षिकी मनाइरहेका छौं । यसलाई म विश्वव्यापी शान्ति प्रक्रियामा नेपालका शान्ति स्थापक सैन्यहरुको लगातार सहभागिता रहने प्रतिवद्धता दोहोर् याउने अवसरको रुपमा लिन्छु । नेपाल संयुक्त राष्ट्र संघको शान्ति प्रक्रियामा सेना र प्रहरी उपलब्ध गराउने पाँचौं ठूलो देश हो । हामी प्रशन्न छौं उनीहरुले आफ्नो व्यावसायिक दक्षता र प्रदर्शनको लागि देशभित्र र विदेशमा पनि सम्मान प्राप्त गरेका छन् । हामी यसलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हाम्रो मुख्य योगदानको रुपमा लिन्छौं । हामीले राष्ट्रिय मानवअधिकार आयोगलाई मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्नसक्ने गरी बलियो बनाउने काम जारी राख्नेछौं । यो कुरा स्पष्ट छ कि नेपालमा शान्ति सम्झौतामा हस्ताक्षरपश्चात् मानवअधिकारको अवस्थामा सुधार हुँदै आएको छ ।

अध्यक्ष महोदय, केही समय अगाडि मात्र विश्व व्यापार संगठनमा प्रवेश गरेको अल्पविकसित राष्ट्र हुनुको नाताले दोहा विकास योजनाका एजेण्डाहरुका ठोस प्रगतिमा भइरहेको कमीप्रति नेपाल गम्भीर चासो राख्छ । विश्व व्यापार संगठनको प्रुेमभित्र वहुपक्षीय व्यापार सम्वन्धका अवसर प्रयोग गर्ने काममा अब ढिलाइ गर्नुहुन्न । अल्पविकसित राष्ट्रका सबै व्यापारिक उत्पादनहरुलाई भन्सार र कोटामा सबै मुख्य राष्ट्रहरुले छुट उपलब्ध गराउनुपर्दछ । त्यसको साथै अल्पविकसित राष्ट्रहरुका सामानको उत्पत्ति र आपूर्तिमा उपयुक्त नियमहरु बनाइनुपर्छ । त्यसरी मात्र दोहा बैठकलाई विकास बैठकको रुपमा बदल्न सकिन्छ । अल्पविकसित राष्ट्रहरुलाई विश्व व्यापारसँग एकीकृत नगरिकन कसरी विश्व व्यापारलाई दिगो समानतायुक्त र समावेशी बनाउन सकिन्छ मलाई थाहा छैन । त्यस्तै गरेर अल्पविकसित देशहरुलाई व्यापारको लागि बढी सहयोग र व्यापार सरलीकरणका उपायहरु दिनुपर्छ जसले उनीहरुको व्यापारिक क्षमता बृद्धि गर्न सक्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको क्षेत्रमा देखापरेका ठूला चुनौतीहरु सामना गर्न संयुक्त राष्ट्र संघमा सुधार र लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता छ । र यसले विश्वको वर्तमान यथार्थ प्रतिविम्वित गर्न सक्नुपर्छ । हामीले विश्व संस्थालाई विश्वव्यापी समस्या समाधान गर्न आवश्यक मात्रामा विश्वसनीय वैधानिक सक्षम र प्रभावकारी बनाउनैपर्छ । म यसलाई संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्यप्रति नेपालको उच्च विश्वास र प्रतिवद्धता दोहोर् याउने अवसरको रुपमा लिन्छु ।

नेपाली जनता र सरकारको तर्फबाट म विश्वका समस्याहरु समाधान गर्न सदिच्छा सहयोग र पारस्परिक एकताका आधारमा संलग्न हुने प्रतिवद्धता जनाउँछु जसलाई हामीले नेपालको परराष्ट्र नीतिको अभिन्न अंगको रुपमा लिएका छौं । नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ । जसमा संयुक्त राष्ट्र संघ विश्वास गर्छ । त्यसकारण यहाँको भेलालाई सम्बोधन गरिरहँदा मलाई संयुक्त राष्ट्र संघको सम्पूर्ण उद्देश्य आदर्श र ती आदर्शको बीचको अन्तरसम्बन्ध र हामीले हाम्रो देशमा प्राप्त गर्न खोजेको आर्थिक सामाजिक र राजनीतिक परिवर्तनको सम्बन्धमा विशेष अनुभूति भएको छ । सींगो विश्व परिवारको रुपमा सामूहिक र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै हाम्रा साझा उद्देश्यहरु प्राप्त गर्न सफल हुन सकौं ।

धन्यवाद !।



September 27, 2008

हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता

माओवादी जनयुद्दले  नेपालका गाउँघरमा त्रासदि मच्चाएका बेलाको  कुनै समयमा तेह्रथुमको म्याङ्लुङमा एउटी कलेज पढ्ने केटीले जिन्सको पाइण्ट लगाएको र कपाल काटेर छोटो पारेको आरोपमा ती छात्रालाई, त्यतिबेला जनताको यु्द्द लडेका भनिएका माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले कार्वाही गरेको थियो । बेलाबेलामा हाम्रा क्रान्तिकारी तथा राष्ट्रवादी समूहहरूबाट यो र यस्तै खालका घटना देशव्यापी रूपमा घटाउने र चर्चामा आएर सेलाउने गरकै हुन् त्यतिबेला । यस घटनामा कारवाही स्वरूप ती अभागी वालाको  कपाल पूर्ण मुण्डन गरिएको  थियो र उनको जिन्सको पाइण्टलाई छिया छिया पारेर बेइज्जति गर्दै बजार घुमाइएको घटना समेत त्यतिबेला समाचारको विषय बनेको थियो । .........  तर समयको गति न हो ,क्रान्तिकारिताको यो स्वरूपमा अहिले आएर १८० डिग्रिको परिवर्तन आइसकेको छ , किनभने ब्वाइज कट काटेको कपाल र जिन्सको पाइण्ट लगाएर माओवादीकी एकजना शिर्षस्थ महिला मन्त्री हिसिला यमीले आफ्नो पद तथा गोपनियताको शपथ दुई तीन पटक ग्रहण गरिसक्नु भएको छ। त्यस्तै पम्फा भूसालले पनि गरिन् क्यारे  । त्यसकारण, मन्त्राणी स्वयंले औपचारिक अनुमोदन गरिदिएको त्यो पहिरन र आवरण अब विवादको वस्तु नरहेको हुनसक्छ ।


तर नया नेपालमा नेपाल सुन्दरी ( मिस नेपाल ) प्रतियोगिता  हुन दिने कि नदिने कुरा सर्वथा विवादमा रहिआएको छ र हुन नदिने भन्ने पक्षका हर्ताकर्ता माओवादीहरू सत्तामा पुगेपछि भने मिस नेपालका आयोजकहरूको जागिर र जाँगर दुवै झन निरिह बन्न पुगेको छ । सुनिएको छ हिडन ट्रेजर नेपाल भन्ने संस्थाले आयोजना गर्ने मिस नेपाल प्रतियोगिता हालैका मितिमा आइपुग्दा  हुनबाट छैटौँ पटक रोकिएको छ । यो प्रतियोगिता हुन दिने र नदिने पक्षका आ-आफ्ना तर्कहरू पक्कै छन् । यसको विरोधमा न्वारानदेखिको बल खर्चिनेहरूका अनुसार यस्तो प्रतियोगिताले महिलाहरूको मानमर्दन गर्छ र महिला अस्मिताको बिरूद्द उनीहरूको बजारीकरण गर्दै अवमूल्यन गर्छ । अनि सञ्चालकहरूले प्रतियोगिताको नाममा सुन्दरी कन्याहरूलाई गर्नु नगर्नु गरेर लाभ लिन पनि सक्छन् र यसले समग्र नारी अस्तित्वको बजारमा लिलामी गर्छ । अत: महिला अस्मिता बिरूद्द गरिने यस्तो पूँजिवादी कर्तूतबाट जोगाउन , मिस नेपाल जस्ता प्रतियोगिता सञ्चालन रोक्नुपर्छ ।

उता सुन्दरी प्रतियोगिता हुनुपर्छ भन्नेहरूको पनि त्यति बडेमानको माग केही छैन । संसारभरि लगभग ( उत्तर कोरिया र मुसलमान मुलुकको भने थाहा भएन ) जतासुकै हुने र गरिने यस्तो प्रतियोगिता नेपालमा मात्र रोक लगाएर केही राम्रो हुने हैन भन्ने उनीहरूको भनाइमा असहमत हुनुपर्ने कुरा पनि केही छैन । यसका पक्षधरहरूका अनुसार सुन्दरता नारीहरूको पहिलो सम्पत्ति हो , र बाह्य र आन्तरिक सुन्दरताको प्रष्फुटन र प्रतिष्पर्धामा भाग लिने अवसरबाट बञ्चित गर्ने कुनै पनि कार्य अलोकतान्त्रिक त हुँदै हो , यसले महिलाको न्यूनतम् मानव अधिकार माथि पनि धावा बोल्छ भन्ने कुरा पनि साँचो नै ठहर्छ । अरू प्रतिस्पर्धाहरू जस्तै उमेर पुगेका सुन्दरीहरू तँ भन्दा म के कम राम्री छु ? भन्ने खालको प्रतिस्पर्धामा लड्न चाहन्छन् भने , सरकारको टाउको दुख्नु पर्ने कुनै कारण हुनुपर्ने केही देखिन्न ।

समग्र देश हिंसाग्रस्त छ , मुलुकभरि अव्यवस्था अनि राज्य र दण्डविहीनताको जगजगी मच्चिएको छ  । मान्छेको बाँच्न पाउने अधिकार , निर्भय रहेर आफ्नो दु:खसुख गरी परिवारसंग रहन पाउने अधिकार, आधारभुत सेवा ,सुविधा र वस्तु हासिल गर्न पाउने अधिकार, शिक्षा , स्वास्थ्यका अधिकार कुनै पनि कुरा देशमा अस्तित्वमा देखिन्नन् तर राज्य भने आफ्नो उपस्थिति दर्शाउन , केही चर्चित मुद्दामा आफ्नो संलग्नता देखाउन लागेको देखिन्छ ।

हुनत सुन्दरी प्रतियोगिता हुन दिँदा वा नदिँदा , नेपालीको भाग्यमा कुनै कायापलट हुने पनि हैन र यसले हाम्रो नियतिमा त्यति ठूलो तात्विक अन्तर ल्याउने पनि हैन , तैपनि नारीहरूले आँफुले सुन्दरी प्रतियोगितामा भाग लिएर , जितेर आँफुले गौरव हासिल गरेको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको मानव अधिकार हो र त्यसको रक्षा राज्यले गरिदिनु पर्छ । माओवादी राजनीतिको आदर्श मानिने कम्युनिष्ट मुलुक चीनले समेत सन् २००३, २००४, २००५ र २००७ मा  मिस वर्ल्ड  प्रतियोगिताको आयोजना आँफै गरेको छ । आधुनि विश्वमा सबैभन्दा बढी पट यो सुन्दरी प्रतियोगिताको आयोजक  कुनै पूँजिवादी मुलक नभएर कम्युनिष्ट मुलुक चीन रहेको कुरा  पढेका र देखेका जो कोहीले बुझ्न नसकेको पहेली के हो भने यो सुन्दरी प्रतियोगिता महिला अस्मिताको बिरुद्द नै हो  कि नेपालमा अहिलेका  सत्तापक्षकाहरूको राजनैतिक स्टण्ट मात्र ?  बुझ्न सकिएको छैन ।  सुन्दरी प्रतियोगिता हुन दिएर  हामीलाई हुनुपर्ने घाटा केही छैन, भयो भने थोर बहुत फाइदा नै होला । अत: कसैको राजनैतिक अडानको स्वार्थमा यो प्रतियोगिताको भविष्य जोडिनु पर्ने केही कारण देखिन्न । त्यसैले हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता, कसैको केही खोसिने वाला छैन यसो गर्दा , इच्छुकहरूले भाग लिन्छन् त्यत्ति हो । बरू यो प्रतियोगिता ठीक हैन भनेर बिरोध गर्ने अर्को महिला समूह भएमा, तिनलाई पनि टुँडिखेलमा बिरोधसभा राख्ने अवसर दिँदा हुन्छ, भिडन्त टार्नु पर्‍यो त्यत्ति हो । तर, राजनीति नगर्ने हो भने कसैलाई बिरोध गर्न जानु पर्ने दरकार पनि हुन्न ।


गृहमन्त्रीको अरण्य रोदन र माओबादीको हुंकार

आज एकै दिनमा नेपालका मिडियामा दुईवटा अति भिन्न र पूर्ण विपरित समाचारहरु आए:

पहिलो समाचार थियो: उप-प्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमको संसदमा हतियार निषेध गरीएको 'अरण्य रोदन'। अरण्य रोदन यस मानेमा कि, उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनि हतियारलाई संसदमा मात्रै निषेध गर्न चाहन्थे र माओबादिलाई अनाधिकृत हतियार लिएर देशका अन्य कुनै पनि भागमा विचरण गर्न भने होलसेलमै छुट दिईएको छ । अनाधिकृत हतियार कसैले पनि कहि पनि लिन वा राख्न हुन्न भन्ने आँट गृहमन्त्रीलाई पनि आएन ।

शायद एकदमै शाहस जुटाएर उनले यत्ति पनि उदघोष गरेका थिए, तर उनको यो रोदन मिस्रित दरिलो उदघोषले केहि घण्टा पनि 'हिट' हुने मौका पाएको थिएन, राष्ट्रमा जुन बेला, जहाँ पनि र जे पनि गर्न अग्राधिकार प्राप्त माओवादिका तर्फबाट एक जना वरिष्ठ नेता टोपबहादुर रायमाझीले आफूहरुले त्यो निर्देशन पालना नगर्ने चुनौती दिई हाले।

रमाईलो कुरा त उनले बामदेवको ठाडै खिल्लि उडाएर त्यो उनको व्यक्तिगत विचार भएको बताए । वाह! गुण्डागर्दिको राजको यो भन्दा ठुलो आर्को के उदाहरण खोज्ने?। जहाँ देशका मूल कानून वा संबिधान निर्माण गर्ने दिग्गजहरुको भेलामा ज्यान लिन सकिने हतियारहरु आरामले बिना रोकतोक जान सक्छन र कानूनको ठाडो उलंघन त्यहि बाटै हुन्छन ।

एकातिर आफ्ना सुप्रिमोको कुनै यौटा जमघटमा अमेरिकि राष्ट्रपतिसंग भएको 'जम्काभेट' लाई 'वृहत वार्ता' र 'गहन छलफल' को नाम दिएर जहाँ माओबादिहरु, अमेरिकाले उनिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको र यो 'भेट-घाट' पछि अमेरिकि नजरमा माओबादिहरु आतंककारी नभएको पुष्टि गर्न लागी परेका छन भने त्यहि बेलामा दिउसै हतियारधारिहरु सभासदको भिडमा प्रवेश गरि आफ्नो त्रास कायम राख्दैछन ।

माओबादिले पटक-पटक आफू नसुध्रीने वा आफुलाई समान्य नागरिक भन्दा बिशेष सम्झिने कुराहरु यस्तै हरकतहरुबाट प्रदर्शन गर्दै आएकाछन भने अन्य दलका जिम्मेबार नेताहरु पनि खालि झारा तिर्ने हिसाबले मात्रै त्यसको बिरोध गर्दै आईरहेका छन । यस्तै कानून तोडने हिम्मत र झारा टार्ने बिरोध चलिरहे भोलिका दिनमा हाम्रो देशको हाल के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । तर कानूनको पालना गर्दा नूर गिर्ने माओवादिको यो सोच त्यत्तीनै हलुका र बिकृत छ जत्ती बन्दुक बोकेर हिडंदा शान बढने उनिहरुको आडम्बर । यो कुरा समयमै बुझेमा सबैभन्दा बढि फाईदा माओबादि लाई नै हुन्छ ।



निरिह संविधानसभा , नेताजीको सपरिवार विदेश शयर : न्यू नेपालको विचित्र मोडेल (एक परिहास)

     संविधानसभाको निर्वाचन भएको पुगनपुग ६ महिना हुन थाल्यो । २ वर्षे पधावधि रहेको सभाको मुख्य काम हो नया संविधानको लेखन, अनुमोदन र जारी भएको घोषणा गर्नु । तर नेपालको हालत देखेर यस्तो लाग्दैछ कि , संविधान लेखनको कार्य कतै प्राथामिकतामा नै छैन । ६०१ जनाको सभा गठन गर्दिएर अलिकति बेरोजगार पार्टीका हुल्लडहरूलाई जागिरको जोहो मिलाइएको छ । ती पार्टीको श्‍वरमा समर्थन जनाउन जम्मा पारिएका लठैत हुल्लडहरूलाई तलब र भत्ताको टौवा ठड्याइदिएर त्यहीँ चर्न अह्राइएको छ र ती त्यहीँ भुल्दैछन् । मन्त्री बनेका सुपर लठैतहरू भने आजकल , नया नेपालको राजनैतिक मोडेल खोज्न- भेट्टाउन जहान परिवार सहित सरकारी कोषको ब्रम्हालुट गर्दै विदेश शयरमा मस्त छन् । अनौठो छ, जनताको युद्द लडेका जनताका पार्टीमा सरकारी भ्रमणदलमा मिसिन जनता नै छैनन् , केवल छोराछोरी, पति-पत्नि र नातागोता मात्र छन् । अहिले जुन द्रूत एवं भीमकाय गतिमा माओवादी नेतृत्वको मन्त्री मण्डलका मन्त्रीहरू विदेश यात्रामा निस्केका छन् , त्यो देख्दा यस्तो लाग्छ मानौँ उनीहरू नया नेपालको विचित्र राजनैतिक मोडेल भित्र्याउन व्यग्र र आतुर छन् । हेर्नुस न नेताजीहरू भ्रमण गर्दै गरेका मुलुकहरू कस्ता कस्ता फर्मूला बोकेका छन् :

माओवादी पार्टी सुप्रिमो र मुलुकका प्रधानमन्त्री दुवै बनेका पुष्पकमल उर्फ प्रचण्ड साम्राज्यवादी अमेरिकाको भ्रमणमा छन् । उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिता देखाउने तथा अमेरिकी राष्ट्रपति बुशले दिने सामूहिक जलपानमा भाग लिने काम गर्ने छन् भन्ने विश्वास थियो। यो उनले गरिसके , तर नेपालमा रहेका माओवादी समर्थित मिडियाले भने यो सामूहिक जलपानको समारोहमा राष्ट्रपति बुशसंग मुखामुख भएको एउटा सामान्य सन्दर्भलाई माओवादीको अमेरिकमाथि भएको कुटनैतिक विजयको घटनाको रूपमा बहुप्रचारित पार्ने कोशिस गरे । यस्तै केही अमेरिकामा रहेका माओवादी समर्थक विद्यार्थी एवं अवसरकै मेसो खोजी रहने व्यवसायी र दूतावासका कर्मचारी अनि सानो गोराहरूको समूहलाई भेटेर प्रचण्डले गफगाफ गर्न पाएको साधारण घटनालाई उसका समर्थक चाटुकारहरूले प्रचण्डलाई अमेरिकामा भयंकर स्वागत गरिएको रूपमा प्रचार गर्ने कोशिस गरे । तर पनि वास्तविकता के हो भने, संयुक्त राष्ट्रसंघको यो कुम्भ मेलामा जात्रा भर्न जाने विदेशी नेताहरूको न्यूयोर्क र अमेरिकामा यतिबेला लथालिङ्ग उपस्थिति हुन्छ । राष्ट्रपति बुशसंग मुखामुख गर्न पाएको सन्दर्भलाई लिएर यति बिघ्न उत्तेजित बन्नु पर्ने कुनै कारण देखिन्न । तर पनि, भयंकर अमानुष र अमानवीय हिंस्रक शैलिको त्रासदि मच्चाएर संसारमै अछूत सरह तिरस्कार गरिएको समूहलाई भने यस्तो सामान्य भेट सन्दर्भ पनि पारसमणिले छोएर सुन बनाउने वा पवित्र पार्ने चमत्कारको लाग्न पनि सक्छ। यो छलाङ नै होला !

जनताको गणतन्त्रमा आफ्नी पत्निका साथमा छोरालाई स्वकीय सचिव बनाउँदै सरकारी खर्चमा कम्युनिष्टहरूले जन्मेका दिनदेखि नै साम्राज्यवादी भनेर गाली गर्न मन पराउने अमेरिका शयरमा निस्केका प्रधानमन्त्रीको यो भ्रमण उनले नै भन्ने गरेको आगामी नेपालमा लागू गर्ने भनिएको अनौठो मोडेलको तन्त्रको फर्मूला लिनका लागि पनि हुनसक्छ । प्रचण्डले भन्ने गरेको पूँजिवादी आर्थक चमत्कारको यो मोडेलवाला राजनैतिक परिपार्टीको अलिकति फर्मूला पूँजिवादी अमेरिकाबाट ल्याउने कुराका लागि उनी वहाँ पुगेको आशंका गर्ने हो भने , उनकै पार्टीका अन्य नेताहरूका बाँकि भ्रमणहरूको पनि चर्चा गर्नै पर्ने हुन्छ ।

सुनिएको छ , अर्का माओवादी मन्त्री रामबहादुर थापा आफ्ना छोरालाई सरकारी कोटाको सुरक्षा सल्लाहकार बनाएर चीनको रेडआर्मीले खेल्ने परेड हेर्न चीन पुगेका छन् । उनले रेड आर्मीको परेड हेरेर आएपछि माओवादी लडाकाहरूलाई कसरी नेपालको सरकारी सेनामा मिसाएर समग्र देशलाई माओवादी पार्टीकरण गर्ने भन्ने टेक्नोलिजीलाई मजाले प्रयोग गर्नेछन् । माओवादी नामले लडिएको यो युद्दलाई भर्खरै काठमाण्डौली जनताको निधी जात्राहरूको बजेट काटेर साँस्कृतिक क्रान्तिको पूर्व-पीठिकाका रूपमा प्रयोग गर्न थालिएको सन्दर्भमा , माओको देशबाट आयात गरिने नया मोडेलको राजनैतिक परिपार्टीको तन्त्रको प्रयोगका लागि , सँधै सेना र लडाईँको महत्वलाई मात्र बुझ्न चाहने माओवादी लडाका कमाण्डर एवं अहिलेका सरकारी रक्षामन्त्रीले आफ्ना सूत्रहरू र पाटपूर्जा लिन त्यहाँ गएका होलान् भन्ने बुझ्न गाह्रो छैन ।

माओवादी शान्ति-प्रकृयामा गएपछि सदावहार रहेका अर्का मन्त्री कृष्णबहादुर महरा पनि माओवादी मोडेलको आदर्श मानिने मुलक उत्तर कोरिया शयरमा आफ्ना सुपुत्र सहित निस्केका रहेछन् । आफ्ना पुत्रले बिदेश घुम्न पाउनु पर्ने जिरह गर्न थालेपछि यी कामरेडले पनि सरकारी कोटाको शाखा-अधिकृत बनाएर आफ्ना पुत्रलाई जनवादी शैलिले भ्रमणदलमा घुसाएका रहेछन् । उत्तर कोरिया भ्रमणबाट मन्त्री महराले ‘जनताको जनवाद र जुछ्छे विचारधारा’ को आदर्श फर्मूला ल्याएर नेपालमा प्रयोग गर्न चाहन्छन् भन्ने कुरा विश्वास गर्न सकिन्छ ।

उता अर्का माओवादि मन्त्री गोपला खुम्बु सपत्नि सरकारी भ्रमणमा ससुराली भेट्न हङ्कङ गएको कुरा पढ्न पाइयो भने सरकारमा रहेका माओवादी इतरका तीनवटा मन्त्री पनि मुलुक बाहिर नै छन् रे !

यता माओवादी पार्टीको प्रतिवद्दता पत्रमा रहेको १० वर्षमा १० हजार मेगावाट बिजूली निकाल्ने योजना कार्यान्वयन सजिलै गर्न सकिन्छ भन्ने उद्घोषका साथ , ठूलो भारतीय दलबल र त्यहाँका उर्जा मन्त्री जयराम रमेशको नेतृत्वमा काठमाण्डूमा ‘पावर समिट’ सम्पन्न गरियो , त्यही समिटको बाँकि रहेको कामकुरो पूरा गर्न अर्को सम्मेलनमा हिजैदेखि भारतको वराणसीमा हुँदैछ र त्यहाँ पनि माओवादी कानून मन्त्री देव गुरुङ पुगेका छन् । जति बेला चाहे पनि जान सकिने भएर होला त्यहाँ कामरेड गुरूङले आफ्ना जहान केटाकेटी लाने चहाना राखे राखेनन् त्यति चर्चा भएको छैन । तर पनि, माओवादीले भनेको चमत्कारी विकास र अभुतपूर्व मात्रामा निकालिने बिजुलीको यो ठूलो परिकल्पनामा भारतीयहरूको यति अन्तरंग चासो देख्दा भने, माओवादी प्रतिवद्दतापत्रको निर्माण पनि उतैका मित्रशक्तिले गर्दिएका रैछ्न् कि भन्ने कुरा सोच्नै पर्ने हुन्छ ।

घटानाक्रमलाई नजिकबाट नियाल्दा अनि संविधानसभा नामको जम्बो जुलुसका खातेपिते-रमिते सदस्यहरूको नकाम देख्दा अनि सरकारी नेताहरूको भ्रमण र सुख शयल देखेपछि भने आजकल यस्तो पनि लाग्न थालेको छ कि हामीले खोजेको संविधान पनि प्रोफेसर एस डी मुनी, प्रकाश कारत, इन्दर गुजराल, डिपि त्रिपाठी आदि महान राजनीतिज्ञ र राजनेताहरूको सल्लाहमा विज्ञहरू मिलेर जवाहारलाल नेहरू विश्वविद्यालयको विशाल पुस्तकालय भित्रै पो लेखिँदैछ कि ! हाम्रो चमत्कारी विकास र संविधान लिएर मित्र मुलुकका मित्रहरू नै हाम्रो कायापलटका लागि लागेपछि हाम्रा मन्त्रीहरूले के काम गर्ने त विदेश शयरको आनन्द नलूटेर ? यत्रा वर्ष जनतालागि जनतालाई नै डसेर जंगलमा बसियो, अब पनि विश्व भ्रणकको मंगल-आनन्द नलिने ?


September 25, 2008

नियात्रा - सामुहिक रुपमा नाङ्गै नुहाउँदा

-कृष्ण प्रसाई
समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं । टोकियो भएर सेन्डाइ हुदै ओमोरी पुग्नु थियो आजको यात्रा । नभन्दै बस छुटिसकेपछि टोकियो उत्तरतिर पर्ने बिभिन्न ससाना शहरहरु हुँदै सेन्डाईलाई पनि नाघेर हामी ओमोरी पुग्यौं । ओमोरीबाट होक्काइडो टापुस्थित प्रसिद्ध शहर सापोरो पुग्न पानी जहाजबाट उत्रिएर फेरि बसमा यात्रा गर्नुपर्ने रहेछ । यो ट्राभल एजेन्सीको अग्रिम जानकारी थियो । बेलुका ७ बजेको समय थियो हाम्रो ओमारीबाट पानी जहाज चढ्ने । निर्धारित समयभन्दा हामी दुई घण्टा अघिनै ओमारी पुगिसकेका थियौ । ओमारी जापानको उत्तरी भागमा अवस्थित ठुला पानीजहाजहरुको वन्दरगाहा रहेछ त्यहाँबाट जापानका अन्य ठाँउमा पनि पानीजहाजहरु छुट्दा रहेछन् । पानीजहाजहरुको वग्रेल्ती संख्या हेर्दा यो कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिरू भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

म जीवनमै पहिलो पल्ट त्यति ठूलो वडेमानको पानीजहाज चढिरहेको थिए । झण्डै एक हजारको हाराहरीमा रहेका यात्रु र झण्डै दुई सयको संख्यामा रहेका कारहरु पानीजहाजभित्र चढ्दै थिए । मान्छे चढ्नका लागि ठूलो हजाइजहाज कै जस्तो सिंढी र गाडीहरुका लागि जहाजको तल्लो भागमा रहेको प्रवेश मार्ग रहेछ । यात्रु र गाडीहरु सवै जहाज भित्र समाहित गर्न झण्डै एक घण्टाको समय लाग्यो । पानीजहाजभित्र चढिसकेपछि पनि जहाज भित्रै अझ उक्लिनुपर्ने तीन-चार तला थिए । जम्मा जम्मी वाइस घण्टाको प्रशान्त महासागर माथिकॊ यात्रा थियो यो । जहाजको सवै भन्दा तल्लो भागमा गाडीहरु राखिएका थिए । एक हप्ताको छुट्टि मनाउन सापोरो सहर र होक्काइडो पुग्ने जो सुकैले निजी सवारी साधन आफुसगै पानीजहाजमा हालेर यात्रा गर्दारहेछन, ताकी जहाजबाट उत्रिसकेपछि पनि हप्ता भरको यात्रा गर्दा आफ्नै गाडी होस् । त्यसोभयो भने भाडाका गाडी खोजिरहनु पर्ने झन्झट पनि नहुने र मन चाहे ठाँउमा पारिवारिक यात्रा गर्न सजिलो हुने रहेछ । गाडीहरु राखिएको भन्दा माथिल्लो तला धेरै महंगा तारे होटलको सुविधा दिएर वनाएका व्यवस्थित कोठाहरु रहेछन् । त्यो तलामै मान्छेका इच्छा अनुसार सुविधाका लागि वनाइएका पुस्तकालय योगा कोठा अरु शारिरीक व्यायमका हल साना तिना फेन्सी पसल लगायतकाहरु थिए । त्यो भन्दा माथि सामुहिक यात्रीका लागि वनाइएका सार्वजनिक सुत्ने कोठाहरु थिए । अरु भन्दा ती कोठाहरु धेरै ठूला र एउटै कोठामा लहरै ओछ्रयाइएका फोमका विछ्यौनाहरु थिए । लगभग एक सय जनाजति एउटै कोठामा सुत्न मिल्ने ठूला कोठाहरु रहेछन् । त्यति ठूलो कोठामा लहरै विछ्याइएका विछ्यौनाहरु मध्ये एउटाको हकदार म पनि थिए । जस्लाइ मैले पैसा तिरेर वाइस घण्टाकालागि आफ्नो वनाएको थिए । महिला पुरुष सवै थिए त्यो कोठामा । कुनै भेदभाव थिएन त्यहाँ । सवै कोठामा त्यस्तै थियो तर महिलाको एकातिरको भाग र पुरुषको अर्कोतिरको भागमा आ-आफैले ओछ्यान छान्ने चलन रहेछ । तर ट्वाइलेट र नुहाउने ठाँउ लगायत साउना चै महिला र पुरुषको अलग अलग थियो । यो तलाको प्रायः सवै भागमा सुत्ने कोठाहरु नुहाउने कोठाहरुनै थिए । खानपिन र रेष्टुरेण्टका लागि भने सवैभन्दा माथिको र सारै फराकिलो ठाँउ छुट्टयाइएको रहेछ । रेष्टुरेण्ट भन्दा माथिल्लो पाँचौं तलामा भने समुद्रको दृश्य हेर्नका लागि र सिगरेट आदि पिउनका लागि छुट्टाइएको थियो ।

हाम्रो यात्रा पाँच दिनको लागि तय गरिएको थियो । सापोरो र होक्कइडोका लागि । पाँच दिन मध्ये दुई दिन त आउने जाने गरि पानीजहाज मै विताउनु पर्ने थियो । समुद्र बाहेक जमिनको यात्रा भने तीन दिनको मात्र थियो । पाँच दिनको प्याकेज टुरको पैसा दिएका थियौ हामीले । पानीजहाजभित्र पसिसकेपछि मलाई सवै तलाको परिवेस र स्थितिले कौतुहल बनाएको थियो । एक घण्टा त मैले तलमाथि गरेरै विताएँ । मानिसका लागि चाहिने सवै वस्तु थिए जहाजमा । खेल्ने सामाग्री देखी पिउने नाच्ने गाउने रमाउने सवै सुविधा बिद्यमान थिए त्यहाँ । जहाजभित्रको यस्तो निरिक्षण भ्रमण सर्वथा नौलो भएकाले मेरा सहयात्री साथीहरुले पनि छाडा छाडिदिएका थिए मलाई । म भने प्रत्येक कुरालाई नियालिरहेको थिए ।

जहाजको सवैभन्दा माथिल्लो तलाबाट मैले सारा संसारलाई हेरेँ । पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर समुदै्रसमुद्र देखिने साँच्चै नै समुद्रको संसार थियो त्यो । म त्यही समुद्रको संसारमा त्यति ठूलो वडेमानको पानीजहाजबाट झण्डै एक हजार यात्रुको घर संसार वोकेर सामुहिक यात्रा गरिरहेको थिए । एक हजार यात्रुमा नेपालको वटुवा सायद म मात्र हुँदो हुँ । मैले देखेसम्मका सवै यात्रु जापानिज नै थिए त्यहाँ । वाहिर अन्य मुलुकको अनुहार वोकेका कसैलाई देखिन मैले त्यहाँ । प्रायः सवै जापानकै आन्तरिक पर्यटक थिए र आफ्नै गाडी नहुनेहरु सायद प्याकेज टुर गर्दै थिए हाम्रा सहयात्री भएर । जापानमा गरिने प्राय सवै आन्तरिक र वाह्य भ्रमणहरु प्याकेज टुर मै सवैले गर्नेगर्दछन् । आफै गरिने भ्रमण झन्झटिलो र वढी खर्चिलो हुने हुँदा अधिकांश पर्यटकहरुको रोजाइनै प्याकेज टुर हुने गर्दछ जापानमा ।

प्याकेज टुरमा हिंडेको सामुहिक टोलीलाई सजिलै चिन्न सकिन्छ जापानमा । सम्वन्धित ट्राभल एजेन्सीको चिनारी स्वरुप टोपी गन्जी वा झण्डाको लोगोमा समेटिएर यात्रा भराइन्छ जापानमा । त्यसो गर्दा विभिन्न समुहभित्र पनि आफ्नो भ्रमण दलको यात्रीलाई सजिलै चिन्न सकियोस भनेर यस्तो भ्रमण संकेत दिइएको हुन सक्छ । किनभने प्रत्येक पटकको मेरो जापान भ्रमणमा आन्तरिक पर्यटकहरु यस्ता संकेतहरुमा टा्रभल कम्पनीहरुका वसमा र पर्यटकीय ठाँउहरुमा प्रसस्तै मात्रामा भेटिएका थिए ।

संसारभरमै यात्राका लागि जापानीहरु प्रसिद्ध छन् । भनिन्छ जापानमै वसिरहने कुनै जापानी भन्दा अन्य मुलुक विशेषगरी गरिव मुलुकमा यात्रा गर्ने जापानीहरुको मासिक खर्च निकै कम हुने गर्दछ । यसो हुनाको कारण जापानमा हुने संसारकै उच्च महंगाइ प्रमुख रहेको छ । जापानमा एक महिना धान्ने पैसाले अन्य एसियाली मध्यम र विकासशील देशहरुमा तीन महिना धानिन्छ । त्यसैले पनि जापानमा पर्यटन व्यावसाय ज्यादै फस्टाएको छ ।

म पानीजहाजको पाँचौ तला माथि चढेर चारैतिरको समुद्रमा धेरैवेर एकाकार भएँ । चारैतिर समुद्र भएकाले अनौठो लागिरहेको थियो । प्रशान्त महासागरको उत्तरी भागमा वहेको चिसो हावाले वाहिर त टिक्नै नसक्ने बनायो मलाई । केहिक्षण पछि आफ्नो ओछ्यान भएको कोठातिर लागे म । मेरा अरु साथीहरु ओछ्यानमा आराम गरिरहेका थिए । किताव हेरेर वसिरहेकी फुमीकोसानलाई (सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउछ) मैले आँखाको इसाराले रेष्टुरेण्टतिर जाँउ भन्ने इसारा गरेँ । आवाज निकालेर वोल्दा अरुलाई वाधा नहोस भनेर नै मैले फुमीको दिदीलाई त्यसो गरेको थिएँ । मेरो इसारा बुझ्ने बित्तिकै हामी लागिहाल्यौ माथिको रेष्टुरेण्टमा । हामी रेष्टुरेण्टबाट तल ओर्लिएर आ-आफ्नो ओछ्यानमा सुत्दा रातीको १२ वजिसकेको थियो ।

विहान उठिसकेपछि यताको यात्रामा हिड्नु अधि साकाइसानले सिकाएको जापानी सस्कृति र जीवन शैलीलाई फेरि एकपटक संझे । साकाइसानले सिकाए ‘पुरुष साउनामा नुहाउन जाँदा निर्वस्त्र भएर समुहिक रुपमा नुहाउनु पर्ने जापानको चलन र परम्परा धान्न मलाई मानसिक रुपमा धौ धौ पर्ला जस्तो थियो । तरै पनि नुहाउनु पर्ने अनिवार्य बाध्यता पनि म सँगसगै थियो । जे त होला नी भनेर भएभरको हिम्मत कसेर म पनि नौ वजेतिर पुरुष साउनामा भित्र पसेको त वाफरे वाफ ! संसारै नाङ्गो देखें भित्र मैले । त्यतिधेरै पुरुषहरु सामुहिक रुपमा त्यसरी नाङ्गिएर नुहाइरहेका र बाफ लिइरहेका देखेर म त तीन छक्क परे । जापानीहरुको चलनमा यसरी निर्वस्त्र भएर नुहाउनु सामान्य थियो र त्यो एउटा संस्कृतिभित्र पर्दथ्यो । तर मेरो परिवेश फरक थियो । संस्कृति फरक थियो । त्यति धेरै मान्छेका अगाडि नाङ्गिनु भनेको एक किसिमको महाभारत थियो मलाई । अधि वाहिर पलाएको हिम्मत पनि पानी-पानी भयो मेरो । समुहको अगाडि नाङ्गिने कुरा चानचुने साहासको कुरा थिएन । यद्यपी यसरी नाङ्गिनु भनेको जापान कोरिया र चीनमा एक किसिमले समान्य मानिन्थ्यो र निर्वस्त्र भएर नुहाउन साउनामा जाने दैनिकी जस्तै हुन्छ जापान कोरिया र चीनमा ।

भित्रको वातावरणले मनमा अझ संकोच थपियो । कस्तो दशा ! नुहाउन भित्र पसिकेसपछि निर्वस्त्र नहुनु भनेको पनि नुहाइरहनेहरुको सस्कृतिमाथिको अपमान थियो । समुहमा आफुमात्र विदेशी देखिरहेको थिए त्यहाँ मैले । त्यो समुहबाट भाग्नु भनेको अझ ठूलो गल्ती हुन जान्थ्यो । त्यसैले प्रसान्त महासागरमा हिंडिरहेको जहाजभित्रको साउनामा मन मिचेर पहिलो पटक सार्वजनिक रुपमा नाङ्गिए म । एक्लै रुपमा नाङ्गिनु र सामुहिरुपमा नाङ्गिनुमा आकास पातालको फरक हुन्छ । निर्वस्त्र भएपछि दिमागले एकपल्ट त कामै गरेन । म टोलाएको अरुहरुले पनि देखेजस्तो लाग्यो त्यसैले आफु सम्हालिदै गएँ र साउना भित्रकै सानो मन्द तातोपानीको कुवामा हतपत्त पसेँ । म जस्तै जनेन्द्रीयको आकार र अवस्था ओडेर विभिन्न सानो र ठूलो आकारका कुवामा नुहाई रहेका मनुस्यहरुको त्यहाँ कमी थिएन । तर मैले कसैको अनुहारतिर आफ्नो नजर पार्नसकिन । नपारेरै नुहाउन थालेँ । त्यतिबेला भने मैले आफु सानो छँदा गाउको हडिया खोलामा बर्खे भेल आएको बेला आफ्ना बाल दौतरीहरुसंग कसैको पर्वाह नगरी सामुहिक रुपमा नाङ्गै नुहाएको सम्झे । कुवाहरु भएकै छेउमै पसिना फुटाउने तातो कोठा पनि थियो । म त्यहाँ पनि गएर सरिरैभरि पसिना छुटाएर फेरि कुवामै फर्किए । तातो कोठाभित्र पनि नाँङ्गा मनुस्यहरुको कमी थिएन । पच्चीस भन्दा वढी ठाँउमा भने एक्लै वसेर नुहाउन सकिने पानीका छहारा र सावर जडित स्थानहरु थिए । तर जति थिए सवै सार्वजनिक थिए । सवैले सवैलाई देख्न सक्ने अवस्थाका थिए ।

आफ्नो छोप्नु पर्ने अङ्ग पनि डराएर होला दौराको एक पटक मात्र सिलाएको इजार जस्तो भएको थियो । बडो सकस परिरहेको थियो शरिरका सवै भागलाई समुहिक युद्ध गर्न त्यो समय । म जस्तै शरीरका सबै भाग भिजेको परालझै भएका थिए शरम र संकोचले ।
यसरी मैले पहिलो पटक सामुहिक रुपमा निर्वस्त्र नुहाएपछि कसैको मुखमा एकै पटक सम्म नहेरी आफ्नो नुहाउने कर्म विदेशी महासागर माथि हीँडिरहेको जहाजमा सकेको थिएँ । मैले नुहाउने काम सकेको देखेर मेरा पुरुष र महिला जापानी साथीहरुले एकपटक मुखामुख गरे ।

उनीहरुको मुखामुख गराईलाई मैले बुझिहाले तर बुझपचाउदै सामान्य जस्तै लिए मानौ मलाई नुहाउदा केही सकस भएको थिएन । म जापानी संस्कृतिसंग रत्तिएको देखेर उनीहरु खुसीहुनु स्वभाविक थियो तर मैले नाङ्गिनु अघि खेपेको मानसिक तनाव र संकोचको ब्याख्या उनीहरुलाई कसरी गर्न सक्थेँ र किनभने म उनीहरुको हाँसोको पात्र पनि त हुन चाहान्नथेँ ।

नुहाउने घरभित्र एक्लै नाङ्गिनुलाई पनि पूर्वीय दर्शनभित्रको हिन्दुधर्मले समेत नकारेको छ । इसाई धर्ममा पनि यसलाई स्वीकारिएको छैन । तेसैले भनिन्छ ननहरु एक्लै नुहाउदा पनि ईश्वरले नांङ्गिएको देख्नसक्ने ठानेर आफ्ना अंङ्गहरु पेटानीले छेकेर वा ढाकेर नुहाउछन् तर अचम्मको सोचनीय कुरा के छ भने त्यत्रो पर्खाल नाघेर नांङ्गिएको देख्नसक्ने सर्वशक्तिमान त्यो सत्ताले जाबो सुतीको पेटानी छेड्न नसक्ला त?।

‘काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

सापोरो छेउको बन्दरगाहमा ओमारी वन्दरगाहबाट हिडेको ठ्याक्कै २२ घण्टा पछि हाम्रो पानीजहाजले पुर्‍यायो। वन्दगाह आउनु पूर्व इन्धन संरक्षण गरिएका कैयौं ठूलाठूला तेलका ट्याङ्गकरहरु देखिए । सायद त्यस्ता उज्वलनशिल वस्तुहरु समुद्रभित्र भण्डारन गरिएर राख्दा कुनै भवितब्य वा दुर्धटना भैहाल्यो भने पनि कम क्षती खेप्नुपर्छ भनेर त्यसरी राखिएको होला । यो मैले अंदाज मात्र गरेको थिएँ । हामी संग ठूलाठूला समुद्र नभए पनि ठूला नदीहरुको छेउछाउ वा विचमा यस्ता प्रज्वलनशील बस्तुलाई भण्डारण गर्दा राम्रो हुने रहेछ जस्तो लाग्यो मलाई पनि ।

पानीजहाजबाट उत्रिसकेपछि आफ्ना गाडी हुनेहरु गाडीको प्रतिक्षामा थिए भने प्याकेज टुरमा निस्किएका हाम्रा टोलीहरुका लागि भने छेउमै ट्राभल कम्पनीकै सुविधासम्पन्न वस तैनाथ थियो । हाम्रा दलका सहभागी सवैले रातो रङ्गको घाम छेक्ने टोपी लगाएका थिए । हेर्दाहेर्दै केहीक्षण पछि झमक्क साँझ पस्यो सापोरोमा । होक्काइडो प्रान्तको सवै भन्दा ठूलो सहर भएकोले त्यसको सान नै फरक रहेछ । इटालीयन र वेलायती मोडलका पुराना घरहरु पनि प्रसस्त देखिए सापोरोमा । हामी त्यहाँ पुग्दा जात्रा चलिरहेको थियो शहरभरि । जापानको उत्तरी भागमा भएकाले टोकियो भन्दा जाडो रहेछ सापोरोमा । आलु र तरबुजा प्रसस्त पाइदारहेछन् त्यहाँ । सम्पूर्ण जापानभरि यहीबाट वितरण हुँदो रहेछ चिसो माटाको आलु । वजार घुमाउदै झण्डै एक घण्टा पछि हाम्रो वसले पहाडी इलाकाको जंगलभित्र रहेको एउटा होटलमा बास बस्न पुर् यायो । हजारौं मान्छेहरु एकैपटक खान र वस्न मिल्ने होटल रहेछ त्यो । अति सुन्दर ठाउँमा वनाइएको होटल प्राकृतिक हिसावले वडो मनमोहक थियो । वेलुका डिनरका लागि मात्र एकपटकमा हजारौं मान्छेले एकैपटक खान सक्ने होटल रहेछ त्यो । सयौंको संख्यामा परिकारहरु थिए खानेकुराका । वेलुकाको खाना खाएर हामी आ-आफ्नो कोठामा सुत्न गयौं । रमाइलो के रहेछ भने राति सुत्दा लगाउने गाउन भने प्राचीन जापानीहरुले सुत्दा प्रयोग गर्ने शैलीको पहिरन रहेछ जस्लाई लगाएर के ढल्केको थिएँ म त भुसुक्क भएँछु ।

भोलिपल्ट बिहानै दृश्य अवलोकनका लागि पर्यटक बसबाट बाहिरमात्र के निस्केको थिए पाटननै पाटन जस्ता लाग्ने स-साना थुम्काथुम्कीहरु बीच हामी गुडिरहेका थियौं । समतल भने कुनै ठाँउ थिएन तर थुम्काथुम्की बीचपनि यसरी फूलहरु फुलेका देखिन्थे मानौ सवै देखिए जति फूलकै संसार हो । यस्ता फूलका संसारहरु होक्काइडो प्रान्तभरि प्रसस्तै रहेछन् । यसलाई ‘राविन्द्रा’ भन्दा रहेछन् जापानीहरुले । दिउँसो फूलै-फूलको संसार घुमियो । त्यतिधेरै फूलका संसार पहिलो पल्टनै देखिरहेथें म । दिउँसोको खाना खाएपछि भने बुद्धधर्मका पुरातात्विक महत्व वोकेको एउटा ठूलै संग्राहलय हेरियो र साँझतिर हिजो वसेकै होटलमा बास बसियो ।

सापोरो यात्राको अन्तिम दिन भने हामीलाई विहानको खाजा खाइसके पछि सिधै झरना र गुफा देखाउने पूर्व निर्धारित कार्यक्रम रहेछ । मुख्य सडकमा गाडी रोकेर जंगलको बाटो भएर केहीवेर िहंडेपछि झरना र गुफा पनि आयो । हामी जस्तै हजारौ पर्यटकको भीड लागेको त्यो झरना र गुफा के-के न होला भन्ने ठानेको थिएँ तर केही न केही कामको सानो न सानो छाँगो जस्तो मात्र थियो । त्यस्ता छुगा त बर्खामा नारायणघाट मुग्लिन खण्डमा देखिने सामान्य छुगा जस्ता थिए । गुफा पनि हाम्रो देशमा पहाडका भारी बोकेर हिड्ने भरियाले यसो खाना पकाउन र आराम गर्न खोजेको ठाँउ जस्तो मात्र थियो । गन्नै हो भने त्यस्ता गुफा मेरो देशमा दशौं हजार छन् । त्यहाँ देखिएका जस्ता झरना हजारौ छन् । हिजैदेखि बहुप्रचारित गुफा र झरना हेरे पछि झल्झली मैले मेरो देशमा हेरिदिने मान्छे समेत नभएर त्यसै त्यसै मानव आँखाहरुलाई पर्खेर वसिरहेका पर्यटक विहिन हजारौं गुफा कन्दरा र छहराहरुलाई संझे ‘लाटो देशमा गाँडो तन्देरी’ भने झै केही नभेटे पछि पर्यटको मन बहलाउन कृतिम तरिकाले बनाएरै भएपनि प्रचार प्रसार गरेर पर्यटक लोभ्याइने गरिदो रहेछ विदेशमा । यस्ता हेरी त हाम्रो देश त प्राकृतिक सम्पदामा स्वर्ग नै छ । देश चलाउने मान्छे अदुरदर्शी हुँदा मात्र तिनीहरुले महत्व नपाएका रहेछन् जस्तो लाग्यो मलाई । सापोरोका सवै गुफा कन्दरा र छहराहरु सम्झिएर दिक्क पो लाग्न थाल्यो त्यताका ठाँउ हेर्न ।

केहीदिन अघि मात्र पनि पुराना सम्पदा हेर्ने लालसा बोकेर टोकियो संग्राहलय पुगेको म नेपालमा अहिले सम्म प्रयोगमा आइरहने हलो जुवा कोदालो र दमाहा जस्ता बस्तुहरु हेरेर फर्किएको थिएँ । जापानीहरुले आफ्नो इतिहास भनेर सजाइएका ती सामानहरु मेरो देशका हजारौं गाँउमा अहिले पनि छ्यासछ्यास्ति भेटिन्छन् । यस्तो लाग्यो मेरो गाँउका प्रत्येक घरनै बिदेशका लागि सानातिना सम्पदा बोकेका संग्राहलय रहेछन् । मेरो देशले सम्पदैसम्पदाको इतिहास बोकेर दुनियाँ सामु प्राचीनतम् संग्राहलाय आफैमा उभ्याएको रहेछ ।

मलाई खुसी लागिरहेथ्यो आफू र आफ्नो देश सम्झेर । सोच्दा सोच्दै हाम्रो बस त हामीले दुई दिन अघि छाडेको सापोरो वन्दरगाहमा पो आइपुगेछ । सापोरोबाट पनि सातै बजे साँझ छुट्ने पानीजहाजमा जानुपर्ने हाम्रो यात्राको तय पहिलेनै भइसकेको थियो । त्यसैले हामी पनि पहिला जसरी नै पस्यौं पानीजहाजको पेटभित्र ।

साँझ छिप्पिसकेपछि सवै भन्दा माथिको तलामा गएर मैले भएभरको समुद्र हेरेँ । समुद्रको अध्यारो रातबाट देखिने पानीका तरङ्गहरु हेरेँ । चिसो हावाले जति हिर्काए पनि मैेले समुद्रको आश्वादन गरिनैरहेँ । चिसोको डरले पाँच तला माथि कोही ननिस्किएकाले एक्लो मनको तरंग संगै अन्दाज मात्र गर्न सकिने सामुदि्रक तरङ्गहरु भित्र फेरि पनि रमाइरहेँ । यस्तो समुद्रको यात्रा पछिल्ला दिनमा हुने नहुने सोचाइबीच अल्झिएको मेरो मनले अघाउन्जेल सम्म समुद्रको संसारलाई पिइरहेँ । पिइनैरहेँ ।

घाम उदायो विहानै प्रसान्त महासागरमा । आफ्नो ओछ्यान छोडेर अरु नयाँ ओछ्यानमा हत्तपत्त निंन्द्रै लाग्दैन मलाई । रातिपनि धेरैपटक व्युँझिएर नजिकैको महासागरलाई छेवैको झ्यालबाट हेरेको थिए मैले । विहान म उठ्दा समुद्र लमतन्न सुतिरहेको थियो । यस्तो लाग्दै थियो आजको सुर्यले पुरै मानवता लिएर उदाएको छ । समुद्रलाई भने कुनै हतारो छैन उठ्नलाई । सदियौं देखि उ यसरिनै सुतेको छ चीर निद्रामा ।



कतै यो साँस्कृतिक क्रान्तिको अभ्यास त होइन

शेखर ढुङ्गेल
हाम्रा विद्वान् अर्थमन्त्रीको एउटा मुख्र्याइँले सनातनदेखिको नियमित परम्परागत धार्मिक आस्थाको पर्ब मनाउने नेपालीहरुको संवेदनशीलतामाथि आक्रमण भएको छ । सडकमा जनता ओर्लिएका छन् र यत्रतत्र धुवाँ उढेको छ । विदेशी दवाव एवं आयातीत मानसिकताका नेताहरुबाट नागरिकका सामाजिक र परम्परागत चाडपर्ब र संस्कृतिजस्तो संवेदनशीलता एकपछि अर्को गर्दै ध्वस्त पारीँदै छन् ।

विद्वान् अर्थमन्त्रीको फजुल खर्च वलिदिनु अनुचित भन्ने तर्क हो भने १५ हजारलाई फजुल देखि परम्परागत चाडपर्ब मेलाबन्द गर्न खोज्नेले नक्कली सहायक बनाई आफ्नै छोरालाई अमेरिका लगी लाखौं खर्चगर्दा त्यो फजुल देख्नुपर्ने होइन?, कुन नैतिक धरातलमा बसी १५ हजारलाई फजुल मान्ने बाबुरामजीले प्रकाश दाहाललाई रोक्नु भएको भए जनताले स्याबासी दिन्थे कि ?।

यस्तै हो भने माओवादीले पशुपति र स्वयम्भूलाई पनि फलामे बारले घेराबन्द गर्न बेर छैन । किनकि बुद्धको सान्दर्भिकता समाप्त भैसकेको भनी उद्घोष गर्ने माओवादी नेता भट्टराई जो आज अर्थमन्त्री बनेका छन् कतै नयाँ नेपालको लेबल लगाएर नेपालमा पनि अफगानिस्तानमा तालिवानले बुद्धमूर्ति फोरेझैं नव सम्राट माओवादीले मन्दिरका मूर्ति झिकेर फ्याक्ने वा फोर्ने त होइनन्? न रहे बाँस न बजे बाँसुरी ?

यहाँ कुरा उठेको छ बलिप्रथा बन्द गर्न फजुल खर्च नदिने भन्ने- कथित कि्रस्चियन र जनावरको अधिकार संरक्षणको नाममा हिन्दूधर्मविरोधी एनजिओहरुको लहै-लहैमा लाग्नु अर्थमन्त्रीको अल्पबुद्धि हो । मेरो तर्क के छ भने- हो कसैले आफ्नो सफलताको लागि जनावरको वलि दिनु अविश्वसनीय हुन सक्दछ । त्यो व्यक्ति विशेषको कुरा हो । जब जनाबरको हत्याकै कुरा गर्ने हो भने नेपालका मठ मन्दिर चाडपर्बमा घर-घरमा वलिको नाममा धार्मिक रंग दिनु मारिने जनावरको संख्याभन्दा सैयौं हजार गुना बढी जनावरको हत्या कि्रस्चियन राष्ट्रहरुमा हुन्छ । यहाँका कतिपय फर्महरुमा बिजुलीको झड्का दिई गाई गोरु खसी बोका र भेडा मारिन्छन् । आफ्नो धार्मिक परम्परा कायम राख्दै मासु खाने इच्छा पूरा गर्न चाडपर्ब पर्खनुपर्ने वाध्यतामा रहेका ९० प्रतिशत गरिब जनताको चाहनालाई जनावरको अधिकारको दुहाई दिई विरोध गर्नुको कुनै तुक छैन । इशाईहरु पनि बाइबलको दोस्रो टेष्टमोनी ननिक्लिदासम्म जनाबर मात्रै होइन मानिसकै बलि दिन्थे । पछि सुधार्दै लगेका हुन् र आज पनि विभिन्न बहानामा अर्कोको देशमा हस्तक्षेप गरी लाखौं जनताको बलि दिइरहेका छन्-इराक अफगानिस्तान आजका ताजा नरवलिका उदाहरण हुन् । रह्यो चाडपर्बको कुरो हाम्रो देशमा मात्र नभै जापान थाइल्याण्ड भारतलगायतले आफ्नो परम्परागत संस्कृति मेलालाई स्वदेशमा मात्र नभै विदेशमा समेत जीवन्त राख्ने गरेका छन् । यस्ता पर्ब मेला चाड पूर्वेली सभ्यताका द्योतक हुन् जुन हाम्रोजस्तो देशको सामाजिक आस्था नै हुन् जो गर्ब गर्न लायक छन्- हाम्रा चाडपर्ब सामाजिक परम्परा देखेर पस्चिमेली जनतासमेत लालायित भएका छन् । छर-छिमेकी इष्टमित्रहरुबीच सौहार्दता सामीप्य एवं सहाभागिता जनाउने यस्ता विशिष्ठ प्रकारका चाड मेलाको संरक्षण गर्नुको साटो नरबलिबाटै सत्ता ग्रहण गर्न सफल भएको माओवादीको नीति ुविनासकाले विपरित बुद्धि हो ।

वामपन्थीले देबता मान्दैनन् भन्ने मान्यतालाई माओवादी प्रमाणित गर्न खोज्दैछ । मेचीदेखि महाकालीसम्म तत्कालीन राजा एवं रजौटाले स्थापना गरेका अनेकौं नाच चाड मेला जात्रा आदि धार्मिक एवं सामाजिक सौहार्दताका कारण अमूल्य रीतिरिबाज हुन् जस्को संरक्षण जरुरी छ । आफ्नो देशको विशिष्ठ मौलिक संस्कृतिको संरक्षण गर्दै देश विकास गर्नु बुद्धिमानी हुन्छ न कि विस्थापन । अर्थमन्त्री बाबुरामजीलाई राष्ट्रले अपनाउनु पर्ने मितव्ययिताका क्षेत्र फजुल खर्चका रौं-रौं बुँदा-बुँदा सम्झाउनु पर्लाजस्तो लाग्दैन । विभिन्न समुदायमा स्थापित विविध चाडपर्ब साँस्कृतिक परम्परालाई प्रोत्साहित एवं जीवन्त राख्ने जनताको संवेदनशीलतासित गाँसिएको र राष्ट्रकै मौलिक बिशिष्ठ परिचयमध्येको साँस्कृतिक निरन्तरतामा बाधा विवाद ल्याउने सामाजिक सद्भाव खलबल्याउने काम सरकार स्वयं गर्दछ भने त्यो अपरिपक्वताले उसलाई नकारात्मक प्रभाब पार्नेमा शंका छैन ।

यस्तै धार्मिक प्रचलन र साँस्कृतिक परम्परा संरक्षण गर्न भनी त्यागी समाजसेवी तत्कालीन राजा रजौटाहरुले गुठी स्थापना गरी त्यसकै आयस्रोतमार्फत खर्च व्यहोर्ने चलन चलाएका थिए । जनता सित त्यस्ता गुठी संस्थासित राजस्व संकलन गर्ने तर खर्च गर्नुपर्दा फजुल देख्ने माओवादी अर्थमन्त्रीको बुद्धिप्रति दयामात्र गर्न सकिन्छ माफ गर्न सकिन्न ।

देशको बदिलंदो परिस्थिति र विवादास्पद लाग्ने यस्ता विषयमा नेता पत्रकार बुद्धिजीवी बर्गले एकदम गम्भीर भएर सोच्ने र निर्णय गर्नुपर्ने कुरा के भने देशलाई धर्मनिरपेक्ष घोषणा गरेपछि कुनै पनि धर्म विशेषको चाडपर्वलाई राज्यले खर्च गर्नु न्याय एवं तर्कसंगत नदेखिन सक्दछ । सबै धर्मालम्वीले त्यस्तै समान माग राख्न सक्तछन् । तर हामीका भएका हजारौं प्रकारका गुठी संस्था र तिनका सम्पत्ति राज्यले साचालन गरिराखेको अवस्था एकातिर छ र राज्यले ती परम्पराको निर्वाह गर्नु अनिवार्य छ । सरकार यो विवादबाट उम्किने हो भने जुन-जुन संस्था गुठी जेजस्तो पर्ब साँस्कृतिक कार्यक्रम नाच मेला चाडको गठन भएका छन् ती सबै स्थानीय वा सम्बन्धित निकायको जिम्मा दिनु पर्दछ । त्यति नै संवेदनशील कुरो के पनि हो भने देशका प्रत्येक धर्म सम्प्रदाय एवं जातिको परिचयात्मक परम्परागत धार्मिक सामाजिक साँस्कृतिक रीति-रिवाज पर्व मेला जात्रा चाडहरुको सम्बद्र्धन एवं संरक्षण अनिवार्य छ । स्थानीय स्तरमा सम्बन्धित जनतालाई संगठित एवं प्रोत्साहित गरी उनीहरुकै समितिले रीतिअनुसारको पर्व मेला जात्रा चलाउने छन् । जापान भारत थाइलैण्डमा पनि स्थानीय जनताको सहभगितामा बनेका समितिमार्फत प्रसिद्ध धार्मिक तीर्थस्थल मेला जात्रा बैज्ञानिक परदर्शी एवं व्यवस्थित तरिकाले साचालन भैराखेका छन् । हाम्रो भाषा भेष धार्मिक चाड साँस्कृतिक मेला पर्व प्राण र परिचय हो । त्यही नै नेपाल राष्ट्रको विशिष्ठ मौलिक सामाजिक परम्परा हो । यसको विशिष्ठतामा आघात पार्ने काम कुनै पनि बहानामा कसैले गर्दछ भने त्यो नेपालीका लागि सह्य हुनेछैन ।



September 22, 2008

साहित्य जगतमा चोरि

पुरुशोत्तम सुबेदी
-बेल्जियम
समय परिवर्तन संगै हरेक चिजमा अथवा हरेक बिषय बस्तुमा परिवर्तन आउनु स्वभाविकै हो । तर अहिलेको बिकसित दुनियाँमा हरेक बस्तु चाहे ति दैनिक उपभोगका लागी उत्पादित वस्तु हुन वा चेतनाको लागि सिर्जित सैक्षिक सामाग्रीहरु हुन ति सबै छेत्रमा गूणस्तरमा गिरावट आएको छ । सन्दर्भ लाई साहित्य क्षेत्र तर्फै मोडौं --

साहित्य संसार यती महत्वपूर्ण फाँट हो कि जुन फाँटमा प्रवेश गरिसके पछी मानिसले अर्को बाटो लाग्न गाह्रो पर्छ । जव मानिस बिषय मा गहिरिएर जान्छ -तव उसले त्यो गहिराई को इनार को सफा पानी बाहिर निकाल्न सफल हुन्छ । तर आजकाल बिषयको गहिराईको धराताल मा पुग्नु को सट्टा कोही त्यस तर्फ प्रवेश गरेको छ भने पनि त्यही खाडल्मा पुरिने संभावना बढेर गएको छ । किनकी यस साहित्यिक छेत्रमा पनि हरेक विकृती र विसंगतिले अछुतो राख्न सकिरहेको छैन ।

साहित्य एउटा भावात्मक करुण मनबाट उब्जिने ब्यथा हो । जसले समय सापेक्षित मनका बेदना लाई आफ्नो घुमाउरो भाषा शैलीमा प्रकट गर्छ । जस्तै – कथा, कविता, निवन्ध, गीत- गजल, यात्रा स्मरण आदी नाममा आफ्नो भाब ब्यक्त गर्ने गर्छन् । उकाली- ओरली, मेला- पात, सांझ- बिहान, देश- प्रदेश, सुख- दु:ख हरेक छेणमा उब्जिएका कारुणिक ब्यथा लाई आफ्नै स्वर भाखा लय -बिधी -शैलीमा प्रकट गर्नु लाई मेरो बुझाईमा साहित्य भनिन्छ । जसले दु:ख बुझेको छैन - जसले गरिविको अनुभव बटुलेको छैन - जो माथि कुनै घटना आई लाग्दैन - जो संबन्धित बिषय बस्तुमा अनुभवी छैन त्यसले जिन्दगीको यथार्थ धरातालमा पुगेर बिषय वस्तु लाई समेट्न सक्दैन । उसले साहित्यिक धराताललाई सस्तो लोकप्रीयताको लागि मात्र प्रयोग गरेको हुन्छ ।

आजकाल बजारमा कवि र साहित्यकार को त आभाव नै छ । भएका जे जती कवि साहित्यकार हुन ति सबैले भने लोकप्रियता हासिल गर्न सकिरहेका छैनन । पहिलो कुरा त साहित्यमा मानिस हरुको वितृष्णा फैलिएको छ । दोस्रो कुरा छिटफुट भएका साहित्यकार र कवी हरु आर्थिक मार को चपेटामा परेका छन । जसले गर्दा पनि साहित्यिक फाँट कमजोर भएको जस्तो देखिन्छ । त्यसो त दु:ख दर्द बिना का कुनै पनि बिषयले साहित्यमा प्रवेश गर्न सक्दैन । यदी प्रवेश गरी हाले पनि त्यो अधुरै रहन्छ । थालियको काम लाई सिध्याउनु काम हो भने बिषय लाई समेटेर बोलियको भाषा लाई कारुणिक लय दिनु साहित्य कला हो । वास्तवमा साहित्यिक कला सस्तो छैन । तर बजारमा यसको अहिले भाऊ पनि छैन । जव बजारमा नक्कली वस्तुको बिगविगी हुन्छ । तव त्यहा गुणस्तरीय बस्तुको अभाव पक्का हुन्छ । त्यस्तै अहिले विश्वामै नेपाली साहित्य अलोकप्रिय हुँदै गैरहेको छ ।

त्यसो त साहित्यिक फाँट सबै खत्तम भएको त होइन । यस क्षेत्रले जती उचाइ पाउनु पर्ने हो त्यो पाउन सकिरहेको छैन । २०४६ साल पछी बहुदलिय प्रजातन्त्र को खोल ओढेको पुरानै शासनले नेपाली युवा शक्ती लाई रोजगारको वाहनामा जव बाहिर जान दियो -तव त्यही सक्ती बाहिरिनुका साथ साथै पस्चिमा संस्कृतीले नेपाल मा प्रवेश पायो । यसले धर्म संस्क्रिती मात्रै नभै नपाली साहित्य फाँटमा पनि त्यतिकै असर पुर्‍याएको छ । खुलम्खुल्ला पस्चिमा संस्कार नेपाली भुमिमा प्रवेश र देशको गिर्दो अर्थ नीतिले हरेक जनमानसमा एउटा बितिस्णा पैदा गरायो । यसका साथै नेपाली साहित्य र संस्कार कमजोर हुनुमा माओवादी जनयुद्धले पनि अपजस खेप्नै पर्छ । युद्धकै कारण बिदेशिएका नेपाली श्रष्टाहरु बिदेशी भुमिमा जती असहज स्थितिमा छन । त्यती नै असहज स्थितिमा नेपाली साहित्य र संस्कृतिले पनि बिदेशी भुमिमा मौनता छाएको छ । जुन देशमा राजनीतिक उथल पुथल आउछ त्यस देशमा अरु हरेक क्षेत्रमा विकृति देखा पर्दछ । त्यस्तै नेपालको राजनीतिक परिवर्तनले संस्कार संस्क्रिति र साहित्य क्षेत्रमा समेत भुकम्प ल्याएको छ ।
आजकाल यस साहित्यिक फांटमा पनि सस्तो लोकप्रियाताको लागि तंछाड मछाड भएको देखिन्छ । साहित्यिक फाँटको संस्थापन् पक्षले यस भित्र हुने गैर जिम्मेवारि पूर्ण काम लाई निरुत्साहित गराउन पहल गरेको देखिदैन । ब्यक्ती चरित्र हत्या -लगायत साहित्य क्षेत्रमै साहित्य कलाको पनि चोरि हुने गरेको छ । यस बिषयमा राष्ट्रिय अन्त-रास्ट्रिय साहित्य समाजले आफ्नो जिम्मेवारि बहन गरे जस्तो लाग्दैन । मानिस अन्यायमा पर्‍यो भने संबन्धित सुरक्षा निकायमा पुग्छ । जस्तै - घर चोरि हुनु, हत्या बलत्कार - लुटपाट आदी बिषयका मुद्धा लाई लियर अड्डा अदालतमा पुग्छ । निवेदन चढाउछ न्याय माग्छ र त्यस संबन्धी अदालतले फैसला गर्छ । तर साहित्य फांटमा हुने गरेको अन्याय र अत्याचार को बिरुद्ध निवेदन दिने ठाउँ को अभाव भए जस्तो देखिन्छ । भर्खरै मात्र साहित्यिक क्षेत्र मा भएको चोरि को उजुरिको कुनै जिम्मेवारि पूर्ण जवाफ पाए जस्तो लाग्दैन ।

अतिरुपेणवै ;सिता अती गर्भेण रावणा ।
अतिर्दानादवलिर्वद्धो ;ह्यती सर्वत्र ब्रजयत ।।


चाणक्य भन्छन:-अती सुन्दरी हुनाले सितालाई रावणले हरण गरेको हो -धेरै घमन्ड गर्नाले रामले रावणको हत्या गरेका हुन - धेरै दानी हुँदा वली राजा न्यायको कठघरामा उभिनु परेको थियो ।

यसको मतलव साहित्य फांटमा पनि राम्रा रचना हरु हुनु भएन - किनकी धेरै राम्रो भएमा चोरि हुन्छन जस्ता उत्तर ले साहित्य जगत लाई निरुत्साहित नबनाउला र? यदी त्यसो होइन भने गत ६ महिना पहिले मात्र पुरुशोत्तम सुबेदी द्वारा लिखित (के रहेछ जीवन ?) नामक कविता लाई सस्तो र छिटो छरितो लोकप्रीयता कमाउन नेदरल्यान्ड बस्ने दिनेश खरेल नामक यक ब्यक्तिले कबिता चोरेका छन । अरुको घर फोर्नु चोरि मानिन्छ - हरेक सर समान को चोरि - गर्नु चोरि हो भने साहित्य रचना लाई कपी गरी आफ्नो नाम बाट प्रकाशीत गर्नु पनि चोरि होइन र ? संसारभर का साहित्य प्रेमी हरुलाई म अझै पनि प्रमाण सहित पुन राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक अदालतमा तल बताइएको ठेगाना र सबुत प्रमाण पेस गर्दछु । http://guest.sangalonews.com/#post22 मा प्रकाशीत (के रहेछ जीवन ?)लाई आधार मानेर http://nepalkoreanews.com/details.php?article_id=4238&cat_id=30 लगायत अन्य थुप्रै वेब साइटमा दिनेश खेरल नाम बाट प्रकाशीत (जीवन ) नाम को कबिता लाई अदालत समक्ष उभ्याउदा कस्तो निर्णय होला त ? यस तर्फ पनि कसैको दृष्‍टि पुग्ला कि ?



September 21, 2008

ईन्द्रजात्रा, माओवादीको मितव्ययीता र संस्कृति माथिको प्रहार

सेप्टेम्बर १४ अर्थात करिव २ हप्ता अगाडी मात्र प्रचण्डले जम्बो दलबलकासाथ भारतको भ्रमण गरे। ९२ सदस्यीय सो टोलीमा सरकारका तर्फबाट मात्रै करिव ४४ जना सामेल थिए ।

त्यसको लगत्तै नेपाल फर्केका प्रधानमन्त्री शनिवार पून: १२ जानाको दलबल सहित अमेरिकाको न्युयोर्कतर्फ लागेकाछन।

पानि-पधेरो जस्तो भारत जाँदा त्यत्रो दलबलको के जरुरत थियो वा के कारणले त्यो जनताको करको रकम ४४ जनाको घुम-घाममा खर्च गर्नु पर्‍यो त्यो अनुशन्धानकै विषय बन्न सक्ला ।त्यसपछिको अमेरिकाकको भ्रमणमा पनि १२ जनाको संख्यालाई केहि नभएपनि ६ जनाको संख्यामा ल्याएको भए पनि नेपालको शान पक्कै पनि घट्ने थिएन होला ।

तर यि दुई भ्रमणको बेलामा जनताको करको रकम खर्च गर्नलाई सरकारलाई कुनै संकोच भएन, न त यो खर्च कटौति गर्ने तर्फ टाउको दुखाउने जरुरत नै महशुस भयो सरकारलाई ।

तर अचानक ईन्द्रजात्राको समापन गर्ने बेलामा सरकारलाई यो धान्नै नसक्ने १५-१६ हजार रुपैयाको फजुल खर्चको याद आयो, अनि शुरु भयो काठमाण्डौमा टायर बाल्ने पुरानो परम्परा ।

केहि थोत्रा टायरको आहुति साथ काठमाण्डौको वायुमण्डल रंङभंङीने गरी सोह्रश्राध्दमा होम गरेपछि पून: केहि शान्त भएको छ सांस्कृतिक नगरि कान्तिपुर ।

ईन्द्र जात्रा जस्तो सयौं बर्ष पुरानो धार्मिक र सांस्कृतिक परम्परालाई ‘नेवारको जात्रा’ मान्ने माओबादि सोच आफैंमा हास्यास्पद मात्रै छैन । यसले सम्पूर्णमा नेपाली संस्कृति र परम्परामा सिधै प्रहार गर्ने र नेपाल भित्रै नेपाल खोज्नु पर्ने स्थिति बनाउने माओबादिको दुरगामि नीतिको पनि पर्दाफास गरेको छ ।

अहिले सरकारमा माओबादिको बाहुल्यता छ र माओबादिहरु ईश्वरलाई मान्दैनन् (मान्दैनन् भन्दा पनि ‘जान्दैनन्’ र ईश्वरको अस्तित्वलाई बुझ्न सक्ने वौद्धिकता उनिहरुमा छैन भन्दा सहि होला) यो आफ्नै ठाँउमा छ। तर नेपाल माओबादिको मात्रै देश होईन र १०-१२ बर्ष जत्तीको धुमिल ईतिहास भएको यौटा दललाई हजारौं बर्ष पुरानो र खोजिको समेत विषय रहेको रहश्यमय प्रथा र संस्कृतिलाई एकतर्फी र लिँडे सोचले लत्याउने कुनै अधिकार छैन। मितव्ययीताको पर्दा टाँगेर, त्यस पछाडि आफूलाई चाहिने सबै ठिक र आफुलाई मन नपर्ने सबै कुरा गलत सिद्द गर्न खोज्नु माओबादिको ठुलो भुल हो । अपुतालिमा आएको केहि भोटको नशामा गरीने यस्तो लहडका कामले उनिहरुको भलो नगर्ने मात्रै होईन राजनीतिमा आउने अपुतालीको हदम्याद केवल २-४ बर्ष मात्रै हुने र आर्को पालि फेरि चुनाव आँउछ भन्ने कुरा माओबादिले समय छँदै बुझेमा राम्रो होला ।



चाणक्य निति (२)

केही पहिला चाणक्य नीति दौतरीमा राखेका थियौं। पाठकहरुले कत्तिको मन पराउनु भयो, कमेन्ट त केही रहेनछ। नीति शास्त्रका कुरा कहिले निकै बिबादमुलक हुन्छन त कुनै निकै घतपर्दा हुन्छन। फेरी पनि चाणक्य निति का केही नीतिहरु राख्द छौं।

purushottam subedi
beljiyam

परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियाबादिनाम ।
बर्जयत ताट्टशं मित्रं बिसकुम्भं ।।

कतिपय मानिसहरु मुखले मिठो बोले पनि पछाडि घातक हुन सक्छन । अगाडि पर्दा प्रसंसा गर्ने पछाडि पर्दा निन्दा गर्ने मित्रलाई छोडे उपयुक्त्त हुन्छ । किन कि त्यस्तो मित्र बिसले भरिएको घैंटो को मुखमा दुध राखे जस्तै हो ।त्यसैले त्यस्तो मित्र वाट सधैं सावधान हुनु जरुरी हुन्छ ।

सैले शैले न माणिक्यम् मौक्तिकं न गजे गजे ।
सर्बत्र न स्थितो साधुभ्यं चंदनं न वने वने ।।

सबै पहाड पत्थरमा हिरा जुहारात पाइदैन । सबै हात्तीको टाउकोमा मोती पाइदैन । सत्जन हरु पनि सबै ठाउमा पाइदैनन् । सबै बनमा चन्दन का रुखहरु पाइदैनन् । यसको अर्थ राम्रो चिज जहाँ कही पाइदैन ।

नदी तिरेच ब्रिक्षेसु परग्रिहशुकामिनी ।
मन्त्रिहिनास्छ राजन ;शिघ्र नस्यन्त्य संशयम ।।

खोलाको किनर मा रहेको बृक्ष -गाउ गाउ डुल्ने महिला - मन्त्री बिनाको शक्ती बिनाको राजा स्वत: नाशीएर जान्छन। यसमा दुई मत छैन ।



गजल - भरिएको थिए

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा

लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा

कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा

छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा

कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा
.