November 19, 2010

सबभन्दा ठूलो मन

गुरु केदार वराल

आकाशको तुलना गर्न सकिन्न
त्यो भन्दा ठूलो छ मन
प्रकाशको पछि लागेर उछिन्ने केही छैन
छ भने मानिसको मन ।
सुपर सोनिक जहाज बने
त्यो भन्दा छिटो उड्छ मन
चन्द्रमामा मानिस पुग्नु अघि
मंगलमा पुगिसकेथ्यो मन ।
मनलाई मनले टक्कर दिन्छ
दुई मध्ये एक हार्छ मन
मनलाई नै अधिनमा राख्न नसक्नेको


November 13, 2010

रङ्ग - कूचिकार र भमरा

लुना

सप्तरंगी इन्द्रेणी शुन्दर रङ्ग कति
रङ्गमा रमाउने कूचिकार हुदो हो दङ्ग अति !

पोख्दो हो रङ्ग फिजाउदै थरि थरि
चोबल्दो हो कूचिलाई रंगमा घरीघरी

देख्दो हो प्राकृतिक सौन्दर्य अपार
सोच्दो हो स्वर्ग कै टुक्रा संग साछात्कार !

सुन्दो हो चराचुरुंगीको चिरबिर मधुर झन्कार
' सा रे ग म --- ' छुदो हो उसको दिलको सितार --

सम्झिदो हो प्रियसी कुशुम लता
चुम्दो हो नजिक गइ पुष्प कोमलता

भमरा भुन्भुनाउदो हो देखि कूचिकारको भाबुकता
लाग्दो हो उसलाई पनि इष्र्या कताकता ----

November 8, 2010

तिहारको नेपाली ब्लगर भेला

तिहारको समय पारेर नेपालको काठमाण्डौमा गरिएको नेपाली ब्लगर भेला रमाइलो भएछ। स्थान बिशेष पारेर गरिएको यो भेला भूगोलको परिबन्दीले गरेर काठमान्डौ र यसको आसपासका २०-२२जना ब्लगरहरु मात्र भेला हुनुभएछ। बिदा र चाडको मेसो पारेर अन्य ब्लगर मित्रहरु पनि समेल भएर
नेपाली ब्लगिगं बारे चर्चा परिचर्चा गर्नुभएछ।

छलफलको बिषयमा नेपाली ब्लगलाइ कसरी सकारात्मक दिशा तिर डोराउने,पाठकहरु माझ कसरी पूग्ने जस्ता कुराहरु भएका रहेछन। नेपाली ब्लगलाई दिघो राख्न यि २ कुराहरु अत्यन्त जरुरी छन। यि कुराहरु जती महत्वपूर्ण छन यिनलाई कायम राख्न उतिक्कै कठिन पनि छ। प्रयास अनेक हुन सक्छन तर केही प्रयासले मात्र परिणाम दिन सक्छन। यस्ता कुरामा सोच दिएर हरेक ब्लगरले आफ्नो ब्लग संचालन गरे नेपाली ब्लगको सतह पक्कै पनि माथी उठ्नेछ। साथै असल ब्लग लेखनमा ध्यान दिए नेपाली ब्लगप्रती पाठकहरुको चाख पक्कै पनि बढ्नेछ।

ब्लग कपी पेष्टको बारेमा कुरा उठ्यो कि उठेन तर यो समस्या नेपाली ब्लग जगतमा घटे पनि हटेको भने अझै छैन। अरुका ब्लग सामाग्री चोरी गर्ने ब्लगरलाई सबै ब्लगर मिलेर दुरुत्साहित गरे ब्लग सामाग्री चोरी न्युन भएर जानेछ।


November 5, 2010

केही सकारात्मक प्रयासको खाँचो

स्वदेशदेखि परदेशसम्म अक्सर भेटहरूमा सदाशयी नेपालीहरूको चर्चाको विषय नेपाली राजनीतिको दिशाहीन बन्दै गरेको तस्वीर नै हुने गर्छ । सबैले आफ्नो ज्ञान र बुझाइको आयतनलाई तन्काएर सजिलै गर्ने टिप्पणी हुने गर्छ ‘ नेताहरूले बर्बाद पारे देश, यिनलाई झुण्ड्याउन पर्ने’ आदि आदि । मुलुकलाई कागज र वेबपेजका समाचारमा चित्रित अतिरञ्जनामा मात्र बुझ्ने र सोझै नेताहरू बिरूद्ध मृत्यूदण्डको फतवा जारि गर्दै मिनट भरमा सकिने देश भक्तिको चिन्ता कुनै समाधान हो कि हैन सबैले सजिलै बुझ्ने कुरा हो । तर मुलुकमा सकारात्मक प्रयास हुँदै नभएको भने हैन । त्यसको सबैभन्दा ठूलो उदाहरण हो बिगत डेढ दशकदेखि लम्बिएर रहेको हिंसात्मक युद्ध एउटा टुङ्गोमा पुग्न लागेको कुरा । भलै खुद्रा हिंसाले देश झन खतरनाक बनेको छ , तर पनि तुलनात्मक रूपमा थोक मृत्यूको भयावह स्थतिबाट भने हामी बाहिर निस्केका छौँ । हुनत यो निमिट्यान्न हुन बाँकि नै छ , आशाका संकेतहरू पनि देखिएकै छन् ।
हामीले नबुझेको एउटा मुख्य कुरा के हो भने संसारका जुन जुन मुलुकमा हिंसात्मक युद्धहरू लडिए , तिनको अन्त्यका लागि गरिएका प्रयासहरू त्यति छिटो फलदायी हुन सकेका छैनन् र थिएनन् । त्यस मानेमा नेपाली शान्ति प्रयास वा प्रकृया वास्तवमा नै अति छिटो गतिमा नै अघि बढेको थियो, एउटा निश्चित बिन्दुसम्म । तर , यो शान्ति प्रकृयालाई एउटा निश्चित प्रणालीका रूपमा


November 4, 2010

Qantas A380 jumbo emergency landing - what was the reason?

Qantas Airbus flew from Singapore had to come back after 15 minutes. Reason, one of the engine blew out. It is an Airbus with Rolls-Royce engine. Some people are saying that there was an explosion however Quantas official are denying that. But there is a big hole beneath the wing with a mark of smoke chute.

We know the reason why it flew back but what made the engine to blew out, we do not know that.Was it due to fatigue on the blade? Or was it due to design error? Or a maintenance error? Or domino effect of all of them?

After the engine's removal it was found that the turbine blades had separated from intermediate pressure rotors. The low pressure turbine bearing and adjacent phonic wheel and speed probes were destroyed and the intermediate pressure shaft was severed. Expert are saying it is an uncontained engine failure. Which means if turbine debris get into the engine,it makes to fail the engine.

A long time back, an engine fell in south dakota from a flying aeroplane. Infact bolts they used did not have sufficient strength. So engine got loose from a flying plane. Engine did not fall off from Qantas plane. So this is not the case. However turbine got broken. It may be due to fatigue or it might have inferior material. It looks like pure mechanical failure. That means strength of the rotor blade was not enough to overcome the circumstance A380 faced in the Singapore sky.

गाउखाने कथा ४३



सप्ताहान्त आउने समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।

पहाडमा पहिरो गयो, हुर्हुराउंदो छ बुर्बराउंदो छ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


October 31, 2010

यूएईमा देउसी भैलो साँस्कृतिक कार्यक्रम



गत शुक्रवार अक्टोवर १९ २०१० का दिन वर दुवईको एभरेष्ट होटल नेपाली दर्शकहरुले खचाखच भरिएको थियो । उक्त अवसर दुवई नेपाल जनकल्याण राहत प्रतिष्ठानले जुराई दिएको थियो ।दशै लगत्तै तिहारको आगमनसँगै आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिलाए ।बरु सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ यो मनले सुसेलेको कस्लेपो सुन्छ, कविता राईको नृत्यको भाकाले यहि भन्दै थियो । रुप खोज्ने आँखाहरु धेरै धेरै आउछन्, मन खोज्ने मायाँलुलाई कहाँ  भेटिएला, हितैको मायाँलाई कहिले भेटौला, उनले प्रवासमा मायाँलुलाई खोज्दै थिइन् यहि गीतको भाकाको नृत्यमा, उनको उत्कृष्ट नृत्यले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिएको थियो । दर्शकहरुको आग्रहमा दोश्रो पटक पनि नृत्य गर्न बाध्य भएकी थिइन् ।आँखैमा सपना छ मुटुभरि चाहना ओठमा नौलो तिर्सना भन्छे चोरी चोरी गीतको बोलमा प्रीया लामाको नृत्यले दर्शकलाई



गायिका अन्जु पन्त्त यूएई जाने

दिपावलीको पावन अवसर पारेर आयोजना गर्न लागिएको सास्कृतिक दिपावली साँझ कार्यक्रमकोलागि अहिलेकी जल्दिबल्दी गायिका अञ्जु पन्त पहिलो पटक यूएई आउने भएकी छिन् ।
आगामी शुक्रवार नोभेम्वर ५ २०१० लक्ष्मिपूजाका दिन बरदुवईमा अवस्थित अष्टोरिया होटलमा आयोजना हुन लागेको उक्त साँगेतिक कार्यक्रममा उनलाई साथ दिदै छन् यूवा जमात्का लोक हिपपप गायक मिङ्गमा सेर्पा । तिहारलाई लक्षित गरि आयोजना गर्नलागिएको उक्त कार्यक्रमा अञ्जु पन्त मिङ्गमा सेर्पा मात्र नभई यूएईमा विगत लामो समयदेखि नेपाली साँगेतिक कार्यक्रमहरुमा तहल्का मच्चाएका स्थानिय कलाकारहरुको पनि सहभागिता रहने आयोजकले बताएको छ । राजु श्रेष्ठ सरोज थापा तथा भोजराज घलेले सयूक्तरुपमा आयोजना गर्नलागेको उक्त कार्यक्रमको सहयोगीको भूमिका भरौला यूवा जमात यूएईले गरिरहेको तथा कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजकले बताए ।
उनको सुरीलो आवाजले लठ्ठै परेका प्रवासी नेपालीहरु प्रत्यक्ष आफूअगाडीनै गायिकालाई भेट्न पाउँने हुँदा उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको उपस्थिति बाक्लो रहने आयोजकले बताएको छ ।

नियम

के पढि राख्नु भा?’
'नकाराउ न, प पढ्दै छु?’
त्यहि त, के बारेमा हो?
'किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।'
‘निकै मज्जाको रहेछ नि ,साच्चै महिलासंग पुरुष पनि आउनु पर्ने होइन र? के पुरुष नियम र घर संग जोडिदैन र?!
‘हो हो तिमीलाई सबै मज्जाको लाग्छ शीला तर तिमी कहिल्यै बुझ्दिनौ कसरी जोडिन्छ।‘

भन्नुस न के हो त्यो भनेको?अनि कसरी जोडिन्छ ? ‘ शीला यसरी नजान्ने हुन रत्ति भर अड मान्दिनन्। किनभने समझदारिता चाहिन्छ नि घर परिवार मा !उनी भित्र को आत्म विस्वास वास्तवमा उन्को जीवनको कडी नै हो!’हेर घर भनेको ढुंगा र माटोबाट दिइएको एउटा आकार हो। तर नियमले त्यसलाई मन्दिर बनाउछ । त्यै मन्दिर बनाउने काम महिलाको हो । एउटा
  घर घर परिवार सफल हुनलाई महिलाको हात हुन्छ’’


October 30, 2010

अनाथ परिवर्तन र बुर्जुवा बनेको जनवाद

नेपाली आधुनिक इतिहासको एउटा कालखण्डमा माओवादी हिंसा अवधि भित्रका चित्कारमय आवाजहरूको समिक्षा हुने नै छ । माओवादी पार्टिले केही आर्थिक र सामाजिक मुद्दा समातेर आफ्नो हिंसात्मक युद्ध शुरू गरे पनि यसको राजनीतिक लक्ष्य आमूल परिवर्तन र अग्रगमनको आवरणमा एकदलीय अधिनायकवादी साम्यवादी व्यवस्था मुलुकमा सञ्चालनमा ल्याउनु थियो भन्ने कुरा प्रष्ट नै थियो । तर आफ्नो लडाका शक्ति सबै खर्च गरेर सकिउञ्जेल लडे पनि युद्ध जितेर आँफू ‘भाले’ बन्न नसक्ने निष्कर्षमा माओवादीका सीमित ‘थिंक ट्यांक’ हरूको बुद्धि ‘ल्याण्ड’ हुँदा र यिनका भारतीय ‘प्रभू’ हरूको शुभेच्छाका कारण अन्तत: , नेपाली राजनैतिक दलहरू र माओवादी बीच १२ बुँदे सम्झौता भई अहिले जारि रहेको ‘शान्ति प्रकृया’ नामको अधमरो नाटक नेपालमा मञ्चन हुन सम्भव भएको थियो ।
माओवादी हिंसा र अपराधका घटनाहरूलाई गाउँ र वस्तिमा गएर देख्ने र सुन्ने वा भोग्ने मान्छेहरूका लागि , तिनीहरूले कायम राखेको ‘जनयुद्ध’को सक्कली रूप देखेको भए त्यो सम्झिँदा अझै आतंकले जीऊ सिरिङ्ग हुनुपर्छ । ती हत्याका स्वरूपहरू , सभ्य मानव समाजको परिकल्पनामा आउन नसक्ने खालका थिए । आँफूसंग असहमत हुने जो कोही बिरुद्ध तालिवानी शैलिको ‘फतवा’ जारी गर्नु र उसलाई घोचेर, थिचेर, पिसेर, लतारेर, कुटेर, हड्डि फुटालेर, छाला तारेर वा क्रमश: अंगभंग गर्दै तड्पाउँदै मार्ने वा अर्धमृत छाडेर आजीवन नारकिय जीवन बाँच्न विवश छाडिदिनु माओवादी ‘जन कारवाही’ का दूर्दान्त उदाहरणहरू थिए ।
 अहिलेसम्म पनि , त्यो कथित ‘जनयुद्ध’ को पीडा र अभिशाप लिएर अधकल्चो जीवन बाँच्न विवश सामान्य नेपालीहरूको आर्तनाद यदाकदा पत्रिकामा पढ्दा अनि त्यो कथित ‘जनयुद्ध’ मा जीवन गुमाएका १५ हजार नेपाली, हजारौँ घाइतेहरू, लाखौँ


सरकारी अजिंगरले निलेको वाक स्वतन्त्रता (नेपालमा बिचारमूलक ब्लग पनि सेन्सरसिपमा)

प्रजातन्त्रको सराद्द गरेर लोकतन्त्रको दोसल्ला ओडेको बहुदलिय सरकारले इन्टरनेटमा छाडापन आयो भनेर बेभसाइटहरु
भटाभट रोक्न थालेको छ। जनताको नाम जपेर नथाक्ने पार्टीहरु वाक स्वतनत्रताको धज्जी नै उडाउने गरी भाषण ठोक्दै
हिड्दछन। तर व्यबहारमा भने जनताको ढाडनै भाच्ने गरी मैदानमा उत्रन्छन। संबिधानको धारामा बगेर संचारमा ताला ठोक्ने प्रयास गरेको नेपाली राजतन्त्रलाई कात्रो ओढाएर आएका बहुदलीय पार्टीहरु संबिधान बनाउने नाममा आफ्नो भागमा कती पर्ने हो दाउपेच खेल्दैछन। देशलाइ अन्यौलको भडखालोमा जाकेर उत्तेजित भएका नेपाली पार्टीहरुको सरकारले अहिले आएर नेपालीको वाक स्वतनत्रमा दाम्लो कसेको छ।

करिब ६० वटा साइट ब्लक गरेर ब्लकिगं यात्रा सुरु गरेको नेपाली सरकारको लिस्ट बुझिनसक्नु छ। जनताका बिचार दिने हफ्टिगंटन पोस्ट साइट देखी यौनसंग सरोकारै नराख्ने बिशुद्द ब्यवसाहिक साइटहरु नेपालबाट हेर्न रोक लगाइएको छ। यही रोकको मारमा आफ्ना बिचार ब्यक्त गर्न ब्लगस्पट प्रयोग गर्ने ब्लगरहरु पनि परेका छन। यदी नेपाली सरकारले यो कदम जारी नै राखे ब्लगसप्टबाट संचालन हुने सबै ब्लगहरु नेपालमा हेर्नमिल्दैन। सरकारको यही हरकत हो भने उनीहरु वर्लडप्रेसबाट संचालनहुने ब्लगलाई पनि चाडैं निशाना बनाउने छन।


October 28, 2010

शुभ चिन्तक पाठक को आँखामा कर्णाली ब्लुज

सेप्तेम्बर १८- १९ तिर म काठमान्डौ मै थिए । २० तारिख मा मलाई बेल्जियम फर्किनु थियो । यता फर्किनु अघी २-४ बटा राम्रा नेपाली किताबहरु सँगै लिएर फर्किन्छु भन्ने सोचमा थिए । अलिअली किताब पढ्ने बानि Satelite’s blog हेर्दा हेर्दाइ - हेर्दै हुन थालेको थियो । स्याटेलाइट जिले किताब पढि सक्नु भए पछीयस्तरी बर्णन गर्नु हुन्छ कि त्यो किताब पढू पढू भैहाल्छा। नेपाल हिड्नु अघि मैले satelite ji संग पढ्नै पर्ने राम्रा किताब हरु को नाम लेखिदिनुस न २-४ बटा भनेर अनुरोध गरेकी थिए। ति किताब हरुको लिस्ट मा ' कर्णाली ब्लुज ' पनि थियो। १०-१२ दिनको काठमाण्डौ बसाइमा भोटाहिटी सम्म पुग्ने फुर्सद मिलाउन सकिरहेकी थिइन , भोटाहिटी नपुगे पनि आफू हिड्दा देखिने अन्य ठाउँ गोंगबु , सामाखुसी ,सोर्ह खुट्टे , बसन्तपूर नजिकका पुस्तक पसलहरुमा ' कर्णाली ब्लुज ' सोधिरहेकी थिए तर कहिँ पनि भेट्न सकिन। कान्तिपथ को बुक सेन्टर , बागबजार या भोटाहिटी नै पुग्नु पर्ने थियो मलाइ कर्णाली ब्लुज को लागि । आइतबार यता आइपुग्नु पर्ने भएकोले शुक्रबार


October 26, 2010

सरकारको मलामी जाऊँ

हस्त गौतम मृदुल

न उदाउदै अस्ताएको बिहानीमा
सुर्यको उज्यालो हत्केलाले छेक्दै
नारा जुलुस लगाउदै बुलन्द पार्दै
आए सरकारमा नयाँ नेपाल जप्दै
ति नै सपना झाडापखाला भए,
अनी गाउ र बस्ती बस्तीमा छायो
त्यही युद्धको रुप लिएर माहामारी
अकाल मृत्युले तान्डव मच्चायो
कति मरे बिना अर्थ जाजरकोटमा
अनी मेरो प्यारो रुकुम जिल्लामा
त्यसै गरी अरु बिकट जिल्लामा

दिन प्रतिदिन सयौ मान्छेहरु मरे
उपचार कुन चराको नाम होला


October 23, 2010

जेल भित्रका केटाकेटीलाई सहयोग

नियम कानुनको संजालमा अली ठुलै अपराध गर्नेलाई जेल अर्थात सुधार ग्रिहमा राखिन्छ। अपराधी एक्लै भए त ठिकै छ तर जब अपराधीका बच्चा बच्ची हुन्छन,तिनको भने सार्है बिजोग हुन्छ। आफन्त हुने खाने भए केही हद सम्म भए पनि सहयोग पाउलान तर गरिब गरुवाका छोरा छोरी तिनकै बाउ आमासंग जेलको अंध्यारोमा दिन बिताउन बाध्य हुन्छन। अपराध गर्ने बाउ आमाले त जेलमा बसेर सुध्रन मौका पाउलान,तर स्कुल जाने बेलाका कुनै कसुर नगरेका केटा केटी जेलमा बसेर हरेक सिक्ने अबसरबाट बन्चित हुन पुग्दछन।

यस्तो कुरा सबैको मनमा आएको होला। तर यस्ता समस्यालाई समाधान गर्न पू्ष्प बस्नेत लागी पर्नुभएको रहेछ। काठमाण्डौमा Early Childhood Development Centre भन्ने संस्था खोलेर यसरी समस्यामा पर्ने केटा केटीलाई जेलबाट बहिर ल्याएर पढ्ने ब्यबस्था मिलाईदो रहेछ। केही दिन पहिले उहांहरुले आर्थिक सहयोगका लागी गरेको स्पेसल ओलमपिक्समा भाग लिने मौका मिलेको थियो। पछि थाहा लाग्यो उक्त दौडमा भाग लिने नमिल्नेले अनलाईनबाट पनि सहयोग गर्ने सकिंदो रहेछ।

सहयोग र खर्चको बिबरण उहांहरुले समय समयमा निकाल्नुहुन्छ। नेपाललाई सहयोग गर्ने भनेर थुप्रै संस्था त छन तर यसरी नेपालीबाट नेपालीलाइ नै सहयोग गर्ने संस्था कमै होलान। पूष्प बस्नेतको होस्तेमा तपाईहरु पनि हैंसे गरेर जेलमा रहेका बालबालीकालाई पढ्ने मौका दिलाउन तपाईहरुले पनि पक्कै सहयोग गर्नुहोला।

सहयोगका लागी तयार पारीएको बेबसाइट: http://www.growingbeyondbars.org/

October 22, 2010

लौ हासौँ !

अघील्लो हप्तासम्म दौँतरीमा पनि दसैँ लागेकोले शुभकामना र दसैँ सम्बन्धि लेखहरु बढी टाँसीए। सधैँ गम्भिर विषय वा विन्तन मनन हैन, कहिलेकाहीँ ठट्टा पनि गर्दै रहनु पर्छ भनेर सुरु देखि नै थालिएको यो 'टि टाइम' फेरि केहि हप्तासम्म ओझेलमा परेछ । अत: आज फेरि केही नेपाली तथा अंग्रेजीका चुटकिलाहरु लिएर आएका छौँ । ल त अफिस, कलेज, घर जहाँ-जहाँ हुनुहुन्छ एकछीन सबै भुलेर हाँस्ने काममा लागौँ :


एकजना गाउँको विद्यार्थीले सहर पस्ने बित्तिकै एउटी सहरकी केटी साथी बनाएछ । एकदिन एउटा रेष्टुरेन्टमा रहेको बेला ती युवती आफ्नो मोबाइल सेट टेबुलमै छाडेर ‘रेस्ट रुम’ मा छिरीछन् । केटा मान्छेलाई ती युबतीले आफ्नो नाम मोबाइलमा ‘डार्लिङ’, ‘माइ लव’ वा अरु नै के लेखेकी होलीन भनेर जान्न खसखस लागेछ।

उसले आफ्नो मोबाइलबाट हत्तपत्त तीनको नम्बर डायल गरेर केटी साथीको फोनमा हेर्न थालेछ । एकैछिनमा तीनको मोबाइलमा घण्टी बजेछ र स्क्रिनमा नाम आएछ “नयाँ बोका” Calling…


A man walked into a bar and sat down next to a drunk man with a dog at his feet.

Man: Does your dog bite?

Drunk man: No!

A few minutes later, suddenly, the dog took a huge chunk out of the man's leg. Furiously, the man started shouting “…Man, you said your dog doesn't bite...!”

Drunk man: “Yes… but that's not my dog.”



October 20, 2010

यूएईमा नेपालीहरुले मनाए दशैं


यूएई
नेपाली पोषाक दौरा सुरुवाल अनि ढाका टोपिमा सजिएका प्रगतिनगर नवलपरासीका राजु पाठक दशैंको टिकाको दिन अक्टोवर १७ २०१० को साँझ सात वजेदेखि राती एघारबजेसम्म पनि व्यस्त देखिन्थे । नेपालीहरुमात्र नभई विदेशीहरु सहित करिब २०० जनालाई टिका लगाईदिएको बताए पाठकले ।

नेपालीहरुको ठूलो वाहुल्यता रहेको अलकुजमा अवस्थित दुवईको ईनोक पेट्रोलियम कम्पनीको आवासगृहभित्र एक हलमा विजयादशमीको अवसरमा नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नेपालीहरुमात्र नभई फिलिपिन्स भारतका नागरिकहरु पनि टिका र जमारा लगाएका देखिन्थे । उक्त अवासगृहमा नेपाली महिला तथा पुरुषहरु गरी २५० जनाको हाराहारीमा रहेका छन् भने कम्पनीमा कती नेपाली छन् रेकर्ड छैन । रमाईलो भयो आज दाजुभाइनै यहीं छौ तरपनि परिवारविनाको दशैं खल्लो हुने रहेछ । एक छोरा छोरीका बावु प्रगतिनगर
 भृकुटीमण्डी बोर्डिङ्गमा ७ बर्ष शिक्षक भई यूरोप छिर्ने रहरमा जागिर छोडी खाडीमा छिरेका पाठकले प्रवासीएको छैटौ बर्षमा


October 18, 2010

इराकको जोइन्ट बेस बलादमा दशैंको रन्को

लेखक बिजय कुमार श्रेष्ठ
इराक

हिन्दुहरुको महान चाड २०६७ सालको विजयादशमीको पावन अबसरमा इराकको जोइन्ट बेस बलादमा अबस्थित अल फुरात भिलेज क्याम्पमा भएको नेपालीहरुले अल फुरात भिलेज क्याम्पको प्रदशनी हालमा भव्यताका साथ महान चाड विजयादशमी मनाए । कार्येक्रमको ब्यबस्तापक सोहि क्यामका क्याम म्यनेजेर श्री राजेन्द्र अधिकारी जीले गर्नु भएको थियो । कार्येक्रममा बिशेष अथिति सोही क्याम्पको मालिका र केहि बिदेसी पाहुनाहरु थिए । कार्यक्रम संचालक श्री राजु बस्नेतले गर्नु भएको थियो र श्री बिजय श्रेष्ठबाट स्वागत मंताब्य दिदै दशैंको बारेमा केहि जानकारी गराउनु भएको थियो । अतिथि पाहुनाहरुबाट पनि कार्यक्रम मा खुसि ब्यक्त गर्दै केहि शब्दहरु बोल्नु भएको थियो। कार्यक्रममा विजयादशमीको केक काटेर प्रमुख अतिथि