June 29, 2010
गजल
जारी छ। परदेशका कति दु:खद खबरले बेला बेला हाम्रो मन पोल्छ ।
यही पोलेको मनलाई गजलमा भरेको छु
अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु
पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे आगो भित्र बल्यो भन्दिनु
जिर्ण भको कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु
खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु
उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कती थे रे आशाहरु उसै संग जल्यो भन्दिनु
नेपाली माटोका कविता

Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 28, 2010
वि...च...रा... म
सुख्खा लागेर धाँजा फाटेको
जिन्दगीको गराबाट
आकाशतिर
आशाको त्यान्द्रो फालिरहेको
सँधियारको रोपो
हरियो फिरिसक्दा पनि
अझै पाल्दै मनभरी
अलिकती आशा, थोरै विश्वास, झिनो भरोसा ...
कतै वृष्टि भैहाल्छ कि ?
माटो भिजीहाल्छ कि ?
जीवन फुलिहाल्छ कि ?
तर खोइ ...?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 27, 2010
अन्नपूर्ण हिमालमा रगतका बाछिटाहरु
:-नरेन्द्र रौले
केहि बर्ष अघि जर्मनीको प|mर्याङ्र्फटमा शहर बरालिदै पुगेका थिए, कवि युयुत्सु आरडी शर्मा । त्यहाँ पुग्दा उनका एक जना जर्मन फोटोग्राफर साथी एन्डी्रज स्टीम बाट कालो झोला उपहार पाए । त्यो कालो झोला उनको घनिष्ठ साथी बन्यो । जता पुगेपनि कहिल्यै त्यो
झोला साथबाट नछुट्ने । दिनहुँ भिरेका हुन्थे उनले । प्रेमिका जत्तिकै प्यारो बनिसकेको थियो त्यो । यस्तैमा घुमन्ते कवि शर्मा हिंड्न दिएनन् । कालो झोला बोक्ने नै यस अघि बम त्यो कालो झोला बोकेर बेलायत हान्निएका थिए एकपटक । सुरक्षाकर्मीले कसैलाइ पनि कालो झोला वोकेर बिस्फोट गराइएका रहेछन् । यो घटनाले कविले यसलाई आफ्नो स्वतन्त्रता खोसिएको महशुस गरे । आतंकवाद सबै भन्दा निर्किष्ट चिज रहेछ भन्ने उनलाइ लाग्यो । यसै घटनालाइ उनले आफ्नो पुस्तकमा शशक्त ढंगमा समेटे । अंगे्रजी र नेपाली दुबै भाषामा तिखो सँग कलम चलाउन सक्ने लेखक एबं कवि युयुत्सु आरडी शर्माका एक दर्जन कविता संग्रह प्रकाशित छन् यसपाली पहिलो पल्ट गै्रह्र आख्यान कृती अन्नपूर्ण एण्ड स्टेइन्स अफ ब्लड -अन्नपुर्ण हिमालमा रगतका बाछिटाहरु) पाठकमाझ सार्बजनिक गरेका छन् उनले । विशेषगरि युयुत्सु आरडी शर्मा कवि हुन् । तर अब ग्रैह आख्यायनमा पनि आफ्नो दख्खल देखाएका छन् उनले ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 25, 2010
एप्पल धमाका :
:-कृष्ण पौडेल
दश वर्ष अघि लगभग मृत मानिसकिएको ‘एप्पल’ ले केही हप्ता अघि कम्प्युटर सम्राट मानिएको बिल गेट्सको ‘माइक्रोसफ्ट’ लाइ जितेर संसारको सबैभन्दा ठूलो कम्प्युटर ब्राण्ड बन्ने सौभाग्य जित्यो । माइक्रोसफ्टको लगभग २१९ अरब डलरको ब्राण्ड भ्यालुलाई उछिनेर आफ्नो समग्र ब्राण्डको मूल्य २२२ अरब पुर्याउँदा ‘एप्पल’ को लेटेष्ट सेनसेसन ‘आइप्याड’ मात्र एक हप्ताको आयूसहित बजारमा प्रवेश गरेको मात्र थियो । पोर्टेबल कम्प्युटर रूपी, मल्टिमिडिया डिभाइस र इण्टर्याक्टिब कम्युनिकेसन डिभाइसको रूपमा काम गर्ने क्षमता भएको यो आधुनिक ‘खरीपाटी’ जस्तो ‘आइप्याड’ लाई केही महिना अघि बजारमा ल्याउनु पूर्व ‘एप्पल’ ले उद्घोष गर्दै गर्दा कतिपयले , यो ‘प्याड’ लाई रजस्वाला आईमाइको गुप्ताङ्ग छोप्ने कुराको जस्तो नाम राखेर पनि के चल्ला भनेर खिसिट्युरी नगरेका हैनन् । तर लञ्च गरिएको छोटो समयमा नै लगभग ३० लाख भन्दा बढि प्रति बिक्रि भएर ‘आइप्याडले’ कीर्तिमान कायम गरिसकेको छ । यो बिक्रिको गति विश्वभर प्रतिमिनट ४५ हजार प्रतिसम्म पुगेको थियो भन्ने आँकडाले यसको लोकप्रियतालाई उजागर गर्छ । आइप्याडको क्रेज अझै विस्तार हुने क्रममा छ र यसले नया कीर्तिमान कायम गर्दै आफ्नो साम्राज्य विस्तार गरिरहेछ । मल्टिटास्किङको अभाव, फ्लास भिडियो हेर्ने एडोबे सफ्टवेयरलाई नराख्नु, युएसबी पोर्ट र क्यामरारहित भएर थुप्रै आलोचना र त्रूटिका बीच पनि ‘आइप्याड’ को क्रेज डढेलो झैँ बढेको देख्न पाइन्छ ।
तर यहाँ चर्चा नगरी नहुने विषय भने ‘एप्पल’ले हिजो मात्र वितरण थालेको एप्पल आइफोन-४ को हो । हिजो जुलाइ २४ मा अमेरिकी फोन कम्पनी एटिएनटी र एप्पल स्टोर बा बिक्रि वितरण थालिनु पूर्व नै प्रि –अर्डरबाट ६ लाख प्रति आइफोन -४ बिक्रि भैसेकेको तथ्य आइपुगेको छ । उता पहिलो अन्तर्राष्ट्रिय चरणमा बिक्रि खुला गरिएका , देशहरू: जापान, जर्मनी, फ्रान्स , बेलायत र अमेरिकी स्टोरहरूमा बिक्रि शुरू गरिएको केही घण्टामा ‘आइफोन -४’ को स्टक रित्तिएको छ । यस्तो देखिन्छ , अब आइफोन-४ का लागि आन्दोलन पो हुने हो कि !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मनोज गजुरेलको नक्कली अमेरीका
एउटा चतुरेकै लेखमा किन जोहोरी खेल्नु पर्यो त भन्नुहोला। यस्तै चतुरेका कथाहरुमा थरै रुमलिएका छन र अमेरिकालाई त्यस्तै ठान्छन। एक पटक अमेरिका आएकै २-४ दिनमा फिल्ममा देखिए जस्तै देखासिकी गर्दा एक हप्ता भित्रै अमेरिका आएका बिध्धार्थी संधैको लागी नेपाल फर्कनुपरेको थियो। चलचित्रमा देखिए जस्तो अमेरिका त्यस्तो छैन। नत यिनै चतुरेको दाऊपेच जस्तो छ।
अमेरिका एउटा धर्म निरीपक्ष देश हो। तर अचम्म सरकार खुलेरै कुरा गर्छ "अन गड भी ट्रष्ट",अर्थात हामी भगवानमा विस्वास गर्छौं। हरेक परिवार प्रत्यक आइतबार चर्च जान्छन। क्रिस्चियिन मात्र होइन जिउज पनि हप्तै पिच्छे आफ्नो टेम्पल जान्छन। बाताबरण त्यस्तै भएर हो कि अमेरिका छिरेका मुस्लिमहरु पछी धर्ममा अतिबादी बन्न पूग्छन। यो त तपाईहरुले समाचारमा पढ्नु भएकै होला। हिजो मात्र १० जना अमेरीकी मुस्लिमले पाकिस्तानमा म्रित्युदण्ड पाए। भारती, नेपाली पनि हप्ताको अन्त्यमा मन्दिर तिरै जाने जमर्को गर्छन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 22, 2010
उत्तर कोरियन फुटबल खेलाडीहरू प्रति
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कृष्णपक्ष ब्लगयात्रा
यस पटक ब्लग भित्र ब्लगमा कृष्णपक्षलाई निम्ताएका छौं। उहां मुख्य रुपमा कृष्णपक्षमा साथै मेरो सन्देशमा ब्लगिगं गर्नुहुन्छ। प्रस्तुत छ कृष्णपक्षसंगको ब्लग गफ।
१)ब्लग के का लागी लेख्नुहुन्छ? -प्रत्येक टाँसोमा थोरै भए पनि सामाजिक सन्देश सम्प्रेषित होस् भन्ने मेरो अभिप्सा रहन्छ, यद्यपि मेरो ब्लग लेखनको मूल अभिप्राय भनेको आत्मसन्तुष्टि नै हो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 19, 2010
मान्छे
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
असुरक्षित पूर्वोत्तर भारतका नेपालीहरूको पीडा
- कृष्ण पौडेल
बिगत केही हप्ताहरूदेखि नेपाली छापा र मिडियाका माध्यमहरूमा भारतको पूर्वोत्तर राज्य मेघालयका नेपालीहरूको दु:ख र पीडाले चर्चा पाएको छ । मेघालयका रैथाने खासी जातिले त्यहाँ सदियौँ वा दशकौँदेखि श्रमिक र पशुपालन व्यवसायमा लागेर जीवनयापन गरिरहेका नेपाली भाषीहरूमाथि गरेका हिंसात्मक आक्रमण , २० औँ नेपालीको हत्या र त्यसकारण सिर्जित मानवीय उत्सर्जनका घटनाहरूले नेपाली मिडियामा प्रशस्त ठाउँ पाएको देखिएको छ ।
स्थानीय खासीहरूले मेघालयका पहाडी क्षेत्रहरूबाट सयौँ नेपाली परिवारहरूका घर गोठहरू जलाएका छन् वा बलजफ्ति विस्थापित गराएका छन् । यी परिवारहरु सहाराबिहीन बनेर छिमेकी राज्य आसाम र बंगाल हुँदै नेपाल फर्किन थालेका समाचार पनि आइरहेका छन् । हामी नेपालीहरू मध्ये कतिपयलाई लाग्न सक्छ , यी नेपालीहरू को हुन् र कहिलेदेखि त्यहाँ पुगेर बसोवास गर्न थाले त ?
यी मध्ये कतिपय परिवारहरू विगत केही सय वर्ष भन्दा बढी समयदेखि भारतमा छरिएर रहेका हुन् भने अरू कामको खोजीमा नेपालबाट अस्थायी समयका लागि त्यहाँ पुगेका छन् । भारतको आसाम लगायत पूर्वोत्तर राज्यहरूमा ३,४ सय वर्ष अघिदेखि बसोवास गरिआएका नेपालीहरूको जनसंख्या पनि उत्तिकै विशाल छ । संख्या निश्चित किटेर भन्न नसकिए पनि , भारतका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपाली भाषीहरूको संख्या ६० लाख देखि १ करोड बीच रहेको अनुमान छ । यो संख्या मध्ये , सिक्कीम, दार्जिलिङ गोर्खा पार्वत्य परिषद, उत्तराञ्चलको देहरादून वरिपरि पुस्तौँदेखि बसोवास गरिरहेको मोटामोटी १०-१५ लाख नेपालीहरू मात्र तुलनात्मक रूपमा सुरक्षित छन् । नेपालीहरूको सघन बसोवास क्षेत्रमा रहेका हुनाले अपेक्षाकृत रूपमा सुरक्षित जनसंख्या हो यो । हुनत दार्जिलिङ क्षेत्रमा पनि नेपालीभाषीहरू बीच नै गोर्खाल्याण्ड आन्दोलनको विषयमा पक्ष विपक्ष बनेर संघर्ष जारि छ र त्यहाँ नेपाली समूहरू बीच नै हिंसाका घटनाहरू फाटफुट देखिने गर्छन । तर पनि , यी क्षेत्रहरूबाट यी छिटपूट संघर्षका कारण नेपाली भाषीले आफ्नो थातथलो छाडेर हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 18, 2010
Waiter, waiter! there is a fly in my soup.
वर्ल्डकपका कारण आजकल ब्लगमा लेख्ने समय फुटबलले ‘खान’ थालेको छ । यता ब्लगमा “टि टाईम जोक” नराखेको पनि धेरै भएछ । त्यसैले आज केही रमाइला ठट्टाहरु राख्ने जमर्को गर्दैछु ।
प्रश्न एउटै भएपनि त्यसका जबाफ भने भिन्न भिन्न र धेरै हुन सक्छन् । त्यस्तै एउटै प्रश्नका भिन्न भिन्न र रमाईला जबाफहरु आजको टि टाईममा। यो पुरै संकलनमा सुरुको प्रश्न भने एउटै छन, तर तीनका जबाफ सायदै हामीले सोचेजस्तो होला । ल हेर्नुस् त रेस्टुरेण्टमा सुपमा झीँगा परेपछी सोधिने प्रश्न र तीनका शानदार जबाफहरु :
Waiter, there is a fly in my soup !.
Don't worry sir that spider on your bread will soon get him !.
Waiter, what's this fly doing in my soup?
Um, looks to me to be backstroke, sir...
Waiter, waiter! There's a dead fly in my soup.
Yes, sir, they can't stand the boiling water.
Waiter, there is a fly in my soup !
Don't worry sir, they don't eat much !.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 16, 2010
खाने पेटमा लात हान्ने को?
राणा,शाहा आदीले शोषेर यांहा पुर्याए अब कांहा अन्न पाउनु,कोही कुर्लेलान। राणा त ईतीहांस भइसके,अब शाहा पनि फोटोमा सिमीत छन। अझै किन पेट भर्न गार्हो? राजनितीको सदस्यता बोकेका कड्केलान,फलानो पार्टीले गर्दा यस्तो भएको हो। तर त्यो कड्काइले एकछिन मान्छे
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 13, 2010
Free Egyptian Blogger Karim Amer
All people should have the freedom of peacefully express their opinions. Tell the Egyptian President Hosni Mubarek to free this prisoner of conscious and accept all people's right to the freedom of expression.
Please click this link to visit the Karim Amer petition site and file petition so that his speech for freedom will be restored.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
3 G को जमाना
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


