June 10, 2010

अमिताभ बच्चन को नसा मा नेपाली खुन

इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म बर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकि रहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोर्ट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपुर्व छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्येपुर्वका थुपै देशहरुमा दुइ शताब्दी अगाडीदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ । बसोबासमात्रै हैन, उनिहरु जहां जहां बसेकाछन् त्यहां त्यहां हल्लनै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।


June 9, 2010

नेपाली नेताहरुको वैयक्तिक विवरण !

नालायक छ सय एकले अरु काम केही नगरे पनि आफ्नो आयु बढाउने र भत्ता पचाउने काम भने आधारातसम्म कसरत गरेर पनि फत्ते गरेर छाडे। संविधान पनि नबनेको र नयाँ चुनाव पनि नभएको यस अबस्थामा हाम्रा नेताहरुलाई अझ नजिकबाट चिन्न र हाम्रा सबै नेताहरुको विवरण अद्यावधिक गर्न अति आवश्यक देखिएकोले सो प्रयोजनको निमित्त हालै एउटा नयाँ वैयक्तिक विवरणपत्र तयार गरिएको छ । आ-आफ्ना क्षेत्रका विजयी नेताहरुलाई यो विवरणपत्र भर्न लगाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ :


नेपाली नेताको वैयक्तिक विवरणपत्र

१)    नाम:
क)    नागरिकताको नाम:          ख) पार्टिभित्रको नाम:           ग) असली नाम:
२)    उमेर:
क)    प्रमाणपत्रमा रहेको उमेर:    ख) अरुलाई बताउने उमेर:      ग) साँच्चीकै उमेर:

(महानुभावहरुको व्यस्तता र समयाभावलाई दृष्टिगत गर्दै यसभन्दा तलका सूचाङ्कहरुमा केवल एउटा सही उत्तरमा “√” (ठीक) चिन्ह लगाए हुने व्यबस्था गरिएको छ।)


३)   लिङ्ग:          क) उभय लिङ्गी                 ख) नपुंसक लिङ्गी        ग) तेस्रो लिङ्गी



June 6, 2010

Get on your boots ! फिफा विश्वकप २०१०

खेल्नको निम्ती जुत्ताका तुना कस्नु भयो त? खेल्न तयार नभए पनि जुन ११ देखी एक महिना सम्म साउथ अफ्रिकामा सुरु हुने फिफा विश्वकप २०१०(South Africa World Cup 2010) हेर्न पक्का पनि तयार हुनुभयो होला। साउथ अफ्रिकाको लोकल समय सांझ ४ देखी १० बजे बिच खेलिने विश्वकप अरु ठाउमा प्रतक्ष प्रसारण हेर्नको निम्ती कि त मध्यरातमा उठ्नुपर्ने हुन्छ कि त बिहानको कफी पिउदै हेर्नुपर्न हुन्छ (South Africa 2010 Match Schedule)। खेलको समय नेपालमा सांझको खाना खाए पछी पर्ने हुंदा नेपालमा रहनेको लागी निकै सजिलो हुने भएकोछ। अमेरीकामा रहेनको लागी भने यो समयमा अफिस टाइम पर्ने हुंदा रेकर्डेड गेममा चित्त बुझाउनु पर्ने हुन्छ। सप्ताहअन्तका खेल चांही प्रतक्षनै हेर्न पाइन्छ। ४ बर्षमा एक पटक हुने यो खेलकुद महोत्सबमा जसरी भए पनि सहभागी त पक्कै भइन्छ। हाम्रो देश नेपाल विश्वकपमा सहभागी नभएपनि तपाइहरु आफ्नो प्रिय समुह छानीसक्नु भयो होला। विश्वकप प्रतीको आफ्नो अनुभव तथा टिका-टिप्पणी केमन्टबक्समा या ब्लग नै लेखेर सबै समक्ष बांड्नुहोला। साउथ अफ्रिकामा हुने विश्वकपका लागी अफिसयल गित तयार पारिसकिएको छ जसमा क्यानाडामा बस्ने सोमाली गायक के'नानले आफ्नो स्वर दिएका छन।



खेल शुरू हुन अझै एक हप्ता बांकि छ। यसबिचमा तपाइहरुले विश्वकपमा खेल्ने टिमबिच भइरहेका सौहाद्रपूर्ण खेलहरु हेरिरहनु भएकोहोला। तल प्रश्तुत गर्दैछु बिश्वकप सम्बन्धित रमाइला प्रसंग:


June 3, 2010

नो वर्क नो पे

विजयकुमार श्रेष्ठ

नेपाल एक कृषी प्रधान देशको नामले चिनीएको देश हो । ९० प्रतिशत नेपाली जनताहरु कृषी पेशामा आत्म निर्भर भएर बाचेका छन । आफ्नो पाखुरा खियाएर दैनिकी गुजारा गर्नलाई नेपालीलाई कसैको गुलामी गर्न बाध्य हुनु पर्ने अवस्था सृर्जना होला भन्ने कुरा स्वीकार्य छैन । देशको भौगोलीक वातावरणलाई नियालेर हेर्ने हो भने नेपालको भुमी नेपाली जनतालाई अपुग होला जस्तो लाग्दैन । देशमा देखिएका परिर्वतनीय माहोलमा चर्किन गएको फोहोरि राजनिती खिचातानीले गर्दा नेपाली जनता गरिवीको रेखा मुनी भासिन बाध्न हुनु परी रहेको छ । ईश्वरीय वरदान पाएर पनि वरदानीए उपहारलाई सहि तरिकाबाट सदुपयोग गर्न पछि परेकाले गर्दा पनि नेपाली जनताले असोचनिय नैरास्यताको माहोललाई अङ्गाल्न पर्ने दिन सृजना हुदै आईरहेको छ । देशमा कानुन भन्दा माथि बसेर हैकम चलाउनेहरुको विगविगी वढ्दै गएकोले गर्दा आज हामीले असोचनिय भयानक परिस्थितीको समना गर्नु पर्ने समयलाई मौलाउन दिन बाध्य भएका छौ ।



June 1, 2010

आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?




'बादल' ले ढाकेको हो र ? ( साभार : नागरिक पत्रिका)

भरतपुर क्यान्सर अस्पताल प्रमुख भक्तमान श्रेष्ठ गत २ हप्तादेखि अपहरणमा परेका छन् । उनको गाडि पोखरामा र ब्रिफकेश मुग्लिङ-चितवन बीचमा फेला परेका तथ्यहरू सार्वजनिक भएका छन् । सार्वजनिक भएका अरू तथ्यहरु मध्ये डाक्टर भक्तमान कट्टर माओवादी पेशाकर्मी रहेको र उनको यही विशेषताका कारण उनी भरतपुरस्थित यो अस्पतालका निर्देशकमा नियुक्त गरिएका रहेछन्, माओवादी सरकारका पालामा । प्राप्त विवरण अनुसार , भरतपुरको क्यान्सर अस्पताल डाक्टर भक्तमानको यो कार्यकालमा लगभग माओवादी राजनीतिको अखाडामा रुपान्तरण पनि बनाइसकिएको रहेछ । तर , समाचारहरू अनुसार, डाक्टर भक्तमान अलिक झोँकी स्वाभावका पनि रहेछन् र कामरेड प्रचण्डसंग सिधा सम्पर्क राख्ने हैसियतका भएका हुनाले पछिल्ला समयमा जिल्ला स्तरीय झिना मसिना माओवादी ठेट्नाहरूलाई टेरपुच्छर नलगाउने गर्दै रहेछन् ।
माओवादी शीर्ष पुरूष कामरेड प्रचण्ड र अर्का शीर्ष ५ मध्येका बादल भनिने राम बहादुर थापा को गृह जिल्लाका रूपमा रहेको चितवन, माओवादीले प्रस्ताव गरेको कथित नया नेपालको राजधानी पनि हो । माओवादी राजधानीबाट त्यहाँका महाराजा प्रचण्डलाई मात्र टेर्ने र बादललाई नजर अन्दाज गर्ने धृष्टता गरेको हुनाले, डाक्टर भक्तमानको अपहरण उनलाई नसिहत दिनका लागि बादल समूहको निर्देशनमा नै भएको कुरालाई समाचार बनाएर, नागरिक दैनिकले केही दिन अगाडि समाचार प्रकाशित गरे पछि बाँकि नेपालले


May 31, 2010

पिडाभीत्र लुकेको म परदेशी

मनोज "अज्ञानी"
-भरतपुर -११, चितवन
२०६७ जेठ १३ गते

नेपालीलाई भईसक्यो विदेश गई कमाइन्छ ।
खै के थाहाँ उसलाई यहा सारा गुमाइन्छ ।।
परदेशमा आई गर्न् पर्छ धुपमा काम ।
मिहीनेत र परिश्रमको छैन यहाँ दाम ।।

आफ्नो घरमा सानोकाम गर्न भयो गाह्रो ।
परदेशमा तातो वालुवा हुन लाग्यो प्यारो ।।


May 26, 2010

संबिधान सभाको म्याद थपे के नथपे के?

संबिधान सभाको म्याद सकिन करिब २४ घण्टा बांकी छ। किस्ता किस्तामा संबिधान सभालाइ तन्काउन बसेका बैठक
अर्को बैठकमा सहमती गर्ने भन्दै टुंगिएका छन। प्रमको राजीनामा र सहमतीको प्याकेजमा पार्टीहरु जुधेका छन। यसरी नै बिगत २ बर्षसम्म संबिधान बनाउन जुधेको भए अहिलेको समय आउने थिएन। संबिधान सभाको चुनाब भए पनि पार्टीहरु संबिधान सभालाइ सरकार बनाउने हतियारको रुपमा लिए। कुर्चीमा केन्द्रित नेपाली राजनितीको यो कुनै नौलो पहिचान होइन। तर मूल मर्म भुलेर संबिधान बनाउने कार्य पूरा नगरेकोमा अब के गर्ने होइन कि कसरी सत्ताको सांचो हत्याउने सबै त्यसैमा केन्द्रित छन।

संबिधान सभाको म्याद नथपिए के हुने हो आमजनतामा त्रास छ। कोही अब नेपालमा तानासाही हावी हुने कुरा गर्दैछन त कोही देशै नरहने हो कि भनेर चिन्ता ब्यक्त गर्दैछन। दु:खले आर्जेको लोकतान्त्रिक गणतन्त्रको हालत के हुने हो प्राय सबैको चिन्ता यसैमा छ।


May 25, 2010

नालायक, छ-से-एक !

भन्नलाई भन्छन, नभ्याएकोले लेखेनन् ।
बोल्दा त बोल्छन, नपाएकोले लेखेनन् ।
दुई वर्षमा नसक्कीने के नै पहाड थ्यो र,
यि हुत्तिहाराले, न-आएकोले लेखेनन् ।

                                                 चुनावमा बोल्या कुरा भुलेर लेखेनन् ।
                                                 लेख्ने बेलाँ' देश विदेश डुलेर लेखेनन् ।
                                                 कहीले महामहिको उर्दिमा त,
                                                 कहीले साईँलीको भट्टीमा झुलेर लेखेनन् ।

रोकी राख्दा खान पाउने आशले लेखेनन् ।
लेखिसक्के भत्ता गुम्ने त्रासले लेखेनन् ।
न जनताको इच्छा, न शहिदको सपना,
कर्तव्य भुलेर यि वदमाशले लेखेनन् ।



May 24, 2010

कहाँ छ?

आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके

दुरदराजका गाँउघरमा विकास कहाँ छ?
भाषण हडताल वार्ता तर निकास कहाँ छ?

भन्न त भन्छौ नी शान्ती र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ?


May 22, 2010

गाउँखाने कथा ३९ (Nepali Gau Khane Katha)


सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।

दूई भाइका तेर्सा करङ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


May 20, 2010

दुईटा गाई र विश्व अर्थतन्त्र !

केही सत्यता, केही व्यंङ्ग्य र केही हाँसोले भरिएको यो परिभाषाहरुको सँगालोले चेनमेलको रुपमा सायद धेरै पटक पृथ्विको परिक्रमा गरिसकेको होला । विकिपीडियाका लेखहरुजस्तै बन्दै, थपिदैँ र कैयौं व्यक्तिहरुबाट सम्पादित हुँदै गएको यो "दुई गाई' को रोचक परिभाषा सायद ईन्टरनेटको पेजहरुमा पनि यत्र तत्र छन। कतै The Economies of Cows, कतै Two Cows Theory अनि Two Cow Economic Theory आदि नामले भेटिने यो परिभाषाको सँगालो आज आफ्नै कम्प्युटरको पुरानो फोल्डरमा भेटिएकोले सबै माझ बाँढदै छु ।

ल तपाई पनि हेर्नुस दुईवटा गाईले के कसरी संसारको भिन्न भिन्न देश, वाद र आर्थिक व्यबस्थालाई परिभाषीत गर्न सक्छ त:

Socialism
You have 2 cows and you give one to your neighbor.

Communism
You have 2 cows. The Government takes both and gives you some milk.

Fascism
You have 2 cows. The Government takes both and sells you some milk.

Nazism
You have 2 cows. The Government takes both and shoots you.

Bureaucracy
You have 2 cows. The Government takes both, shoots one, milks the other and throws the milk away.



May 18, 2010

स्वप्निल संसारमा नरेन्द्र रौले

दौंतरीले नेपाली ब्लग तथा ब्लगरको बारेमा सधैं काम गरिरहेको छ। यसै अनुरुप नेपाली ब्लगरहरुसितको ब्लग संबादलाई ब्लग भित्र ब्लग स्तम्भमा नियमित राख्ने गरेका छौं। यस पटकको ब्लग भित्र ब्लगमा स्वप्निल संसारका ब्लगर नरेन्द्र रौलेलाई निम्ताएका छौं। आउने ब्लग भित्र ब्लगको स्तम्भमा ब्लगर कृष्ण पक्षसितको संबाद लिएर आउने छौं। प्रस्तुत छ नरेन्द्र रौलेको ब्लग संबाद।

१) ब्लग दुनियामा कसरी आउनुभयो - आफ्नो छोटो परिचय दिनुहोस न ।
सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेको हुं । स्कुल जिवनमा पत्रपत्रिका पढ्न , रेडियो सुन्न, कोर्षबाहिरका किताब पढ्न खुब चाख लिन्थें । कक्षा १० पढ्दा सुनाखरी भित्ते पत्रिका सम्पादन गर्थें । एसएलसि पछि उच्च अध्ययनका लागि ६ बर्षअघि मैले काठमाडौं काठमाडौं प्रबेश गरें । रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारिता र अंग्रेजी साहित्यमा बिए स्तरको पढाइ पुरा गरें ।
म बिगत तीन बर्षदेखि सक्रिय रुपमा पत्रकारितामा पेसामा छु । हाल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिक संबाददाताका रुपमा कार्यरत छु । तीन बर्षअघि कान्तिपुर दैनिकका पत्रकार एबं ब्लगर दिनेश वाग्लेसंग मेरो भेट भयो । मैले भर्खर आइ ए दोस्रो बर्षो परिक्षा दिएको थिए। नया


May 16, 2010

एक चर्चा वैदिक गणितबारेमा

निर्मलमणि अधिकारी 'आयोदधौम्य'

गणित विषयमा सिर्जनात्मकता र कलालाई कत्तिको स्थान छ - गणितशास्त्र विज्ञानको आधारभूत अंग हो । गणितलाई मानव सभ्यताको आवश्यकताका रुपमा मानिने गरेको छ । तरपनि के भनिन्छभने प्रायः मानिसहरु यसलाई पढ्न मन पराउँदैनन् । खासगरी हाम्रो देशमा गणितलाई नीरस र साह्रै गाह्रो विषय मान्ने प्रवृत्ति देखिन्छ । विद्यालयमा अधिकांश विद्यार्थीहरु अंग्रेजी तथा गणित विषयमा अनुत्तिर्ण हुने र जान्ने भन्ठानिएका विद्यार्थीहरुपनि गणितलाई अरुभन्दा बढीनै मिहिनेत गर्नुपर्ने ठानेर कता कता भारी ठान्ने ! धेरैजसोकालागि त गणित भनेको संख्याको हिसाब अथवा
 आधारभूत गणनाको शीप (Basic computational skills) मात्र हो । तर उनीहरुले जेलाई गणित ठानेका छन्, त्यो त गणितशास्त्रको विस्तृत क्षेत्रको एक भाग 'अङ्कगणित' (Arithmetic) हो । त्यसभन्दा केही जाने-बुझेकाहरुले शुद्ध र प्रायोगिक गणित (Pure and Applied Mathematics) को अन्तर गर्दै विविध शाखासम्म पुग्छन् । तथापि, हाम्रा गणितका शिक्षकहरु सूत्र वा साध्य -थ्योरम) रटाउनमा व्यस्त र विद्यार्थीहरु तल्ला तहमा सूत्र लगाएर हल गर्न र माथिल्ला तहमा लामा लामा थ्योरम घोक्नमा


May 15, 2010

धत् यो त सपना पो रहेछ


आयुष चौधरी “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके

निदाएपछि एउटा सपनाको आतङ्क
मेरो मनको हेडक्वाटरमा
मथिङ्गल हल्लाउने
ओहो कस्तो भयानक
आँशुको घामपानीले सिरानी भिजेपछि
अपहरणको छायाँले हात लम्काउछ
मृत्युको भयावह अनुहार देखाउदै
अजिङ्गरलेझैं सामुन्ने आएर लखेट्छ ।

र डरको अजङ्ग पहाड ठडिन्छ