Showing posts with label अभिव्यक्ति. Show all posts
Showing posts with label अभिव्यक्ति. Show all posts

July 14, 2009

बिचार ,सिद्दान्त र कर्तब्यसँग ब्यवहारिकता मेल नखान पनि सक्छ

आचार्य प्रभा
(अमेरिका )

बिचार, सिद्दान्त र कर्तब्यसंग ब्यवहारिकता मेल नखान पनि सक्छ । भन्छन नि मान्छेहरु गफै गफमा मेरो बिचार ऊच छ सोच राम्रो छ । म भेदभाव गर्दिन, मेरो नजरमा सबै समान छन, तर कहीं न कहीं मान्छेको बिचार, सिद्दान्त, कर्तब्य र सोचमा फरक पर्न जान्छ । कहीं कतै यो हुन परिस्थिती र समयको खेल पनि हुन्छ र कहिले कही यस्ता कुरा मान्छेको मानसिकतामा पनि भर पर्छ ।

हुन त मान्छे सबै कुरामा दक्ष र पोख्त त हुन सक्दैन उस्मा केही न केही कमीकमजोरी अवश्य हुन्छ नै । मान्छेले चाहेर पनि कहिल्यै ईश्‍वर हुन सक्दैन । ईश्‍वर पनि त हामीले मानेर मात्र पूजनशिल भएको हो । पुराना धर्म ग्रन्थहरुमा देखाइएकै छ नि उनिहरुको कमी कमजोरी, रङलीला आदी । मेरो भन्नुको आशय यही हो कि मान्छ्ले ऊच बिचार र सोचको कर्तब्यपथलाई अङिकार गर्ने हो भने मान्छे, मान्छेबिच यस्तो बैमनष्यता, लुछाचुँडी, हानाथाप किन हुन्थ्यो ?

तर मलाई लाग्छ ऊच बिचार, सहि सोचलाई मान्छेले सदुपयोग गर्न पनि उस्लाई मान्छे, समाजकै प्रेरणाको आवश्यकता पर्दछ । जस्तै भनौ न कोही मान्छे सबैसँग राम्रो ब्यवहार गर्छु भन्छ, म सहि बाटो रोजेर हिंड्छु भन्छ समाजमा केही योगदान गरेर बाँच्न चाहन्छ भने उस्को एक्लो प्रयासले कहिल्यै त्यो सम्भव हुन्न, उस्लाई प्रोत्साहन, हौशला र उत्शाह त चाहिन्छ नै । यदी उस्को ऊच बिचार र सोचमा बाधा, अड्चन आइदियो भने उस्ले कसरी उस्को ऊच बिचार र सोचलाई कर्तब्यमा ढालेर ब्यवहारिकतामा उतार्न सक्छ ? यी त भए कसैको पनि ऊच बिचार को सदुपयोग समाजबाट नै हुन्छ भन्ने उदाहरण । तर मेरो मुख्य आशय के हो भने, कसैले ऊच बिचार राख्छ भने त्यस्को सदुपयोग ऊ भित्रको ब्यक्तिगत आचरणमा पनि भर पर्छ । भनौं न, कोही एक युवक म समाज सेवा गर्छु भन्छ अर्थात म कसैलाई पनि सहि नजर बाट मद्घत गर्छु भन्छ, तर समाजले उस्लाई त्यो ओहोदामा पुर्‍याए पनि उस्को ब्यक्तिगत आचरण नै सहि छैन वा उस्मा निहित स्वार्थ मात्र छ भने उस्को सहि सोच, उच बिचार कसरी कर्तब्यपथमा लागेर ब्यवहारिकतामा ढल्न सक्छ र ? यसर्थ सही बिचार र सिद्दान्तलाई सहि ढंगले कर्तब्यपथमा उतार्नलाई मान्छेको ब्यक्तिगत स्वार्थ र उस्को ब्यक्तिगत चरित्र नै सहि हुनु पर्छ ।

जस्तो एउटा नेताले सबै जनतालाई मक्ख बनाउछ, आफु आफ्नो ओहदामा पुग्नलाई तर जब ऊ आफ्नो स्वार्थको लिस्नो उक्लन्छ अनी उस्का मीठा मीठा बचन,बाणी र सहि सोच, सही बिचार र सहि सिद्दान्तका कुराहरु ऊबाट बहिष्कृत हुन थाल्दछन । यस्को अर्थ हो कि यस्तो हुनु चाँही उस्को निहित स्वार्थ हो । त्यसैले बिचार, सिद्दान्त र कर्तब्यलाई ब्यवहारिकतामा उतार्न आफ्नो ब्यक्तिगत आचरण सहि र ऊच हुन पहिलो आवश्यकता पर्दछ र दोश्रो समाज, अन्य सबैको सहयोगको आवश्यकता पर्दछ । अनी मात्र सहि बिचार, सही सिद्दान्तले कर्तब्यपथमा हिँड्ने मौका पाउदछ । मेरो आशय यही हो कि कुनै बेला सहि र ऊच बिचार ब्यवहारिकतामा लागु हुन आँफैभित्रको मानवियता सबल र सहि हुन पर्छ अनी त्यस्लाई ब्यवहारिक्तामा उतार्न सकिन्छ त र सोच एकातिर, ब्यवहारिकता अर्को तिर भएमा त्यस्तो सोचले समाज, देश जहाकही प्रश्रय पाउदैन । त्यो त उस्को ढोङी र अनर्थको भाषण मात्र ठहर्न सक्छ । यसर्थ सहि सोच, सही बिचार, सही सिद्दान्तको अनुयायी बने पनि त्यस्लाई ब्यवहारमा पनि ढाल्ने कोशीश गरौं, नत्र फोस्रो नाराको आव्हान गरेर किन सबैलाई आफ्नो गलत पहिचान दिएर समाजमा कलंकीत बन्ने ? कि त यस्तो कुनै फोस्रो गफ नै नगर्ने जस्ले आफुलाई समाजमा हास्यको पात्र मात्र बनाउछ । नत्र आफुबाट हुने सम्म र आफ्नो औकातले थेग्ने सम्म सहि बिचार, सही सोँच र सहि सिद्दान्तको भारी बोक्ने जस्ले आफुलाई पत्यारिलो बनाओस र समाज,आफन्त,देशले पनि आफुबाट केही आशा गरोस् वा आफुले पनि गर्न सकियोस, न कि बकमफुस्रे गफले आफुलाई स्तरहिन बनाएर सबैको सामु झुटको खेती गर्ने उपनाम आफ्नो शिरमा नलागोस यसर्थ हुन सक्ने र गर्न सक्ने पुर्याउन सक्ने सोँच बिचार र सिद्द्न्तको सबैले खेती गरौ बेअर्थको सोँच र बिचार लाई पालेर समाजमा आफु स्तरहिन नबनौ ।



July 11, 2009

विरोधको राजनिती, वेहोस नेता र देश

पहिलो युबक: अस्ती हेरेको केटीको बारेमा तिम्रो परिवारबाट केहि निर्णय भयो? ।

दोश्रो युबक: बुबाले आफ्नो राय अझै दिनु भएको छैन, तर आमा भने बुबाको निर्णयको बिपक्षमा जान तयार हुनुहुन्छ ।

----                                -------                                  -------                                        ------

यो एउटा चुटकिला हो र पहिलो पल्ट यो पढ्दा म मस्त हाँसेको थीएँ । बाबु चाँहीले केटीको बारेमा के निर्णय गर्छन पक्का छैन तर आमाको निर्णय भने ‘फिक्स’ थियो । मतलब बाबुले ‘हुन्छ’ भने हुन्न! र ‘हुन्न’ भने हुन्छ! भन्न आमा तयार थिईन ।

सजिलै सोच्न सकिन्छ, त्यो घर र परिवारको हालत कस्तो होला! । अब यहि रुपकालाई अलिक वृहत रुप दिने हो भने यसले हाम्रो देशको स्थितिको सटिक व्याख्‍या गर्छ । हामीकहाँ पनि देश बनाउने जिम्मा पाएका र लिएका अभिभावकहरुको सोच र मनस्थीति माथिको संबादमा जस्तै छ ।

त्यसो त हालको तरल अबस्था र छिन छीनमा सरकार परिवर्तन भएका र हुन सक्ने सम्भाव्य यथार्थलाई हेर्ने हो भने कुन दल सत्ता पक्ष र कुन दल प्रतिपक्ष भनेर छुट्‍याईहाल्न पनि मुश्किन नै छ । तर एउटा कुरा चाहीँ यहाँ पनि के पक्का छ भने ‘आर्को’ ले गरेको कुराको यहाँ पनि भरमार बिरोध गरीन्छ, चाहे त्यो कुरा राम्रै किन नहोस ।

विश्‍वका प्राय: सबै विकसीत ( ‘विकसीत’ शब्द भन्दा नैतिकता भएका नेता भएको देश अझ सहि होला) देशमा सरकार जतीसुकै परिवर्तन भएपनि राष्ट्रको मुख्य निती, कार्यक्रम र निती नियमहरुलाई निरन्तरता दिईन्छ । तर हामीकहाँ भने प्रतेक दल मात्रै हैन, एउटै दल भित्रका ‘घटक’, ‘उप घटक’ र तीनका नेता-उपनेता सम्म आ-आफ्नै निती र कार्यक्रम लिएर हिडेका हुन्छन ।

कुरा अझ प्रष्ट पार्ने हो भने रचनात्मक कार्य केही गर्नु नगर्नु भन्दा पनि पूर्व सरकार वा विपक्षी दलको कार्यक्रमको ठ्याक्कै उल्टो कार्यक्रम वा कमसेकम विरोध त हुनै पर्छ । अनी यो रोग कुनै एक दल वा नेताको पेवा पनि रहेन, सबै नेता र दलमा यसको संक्रमणमा गम्भिर रुपमा गढेको छ ।

माओवादीले ल्याएको आर्थीक निती(राम्रै भए पनी) को कांग्रेसले बिरोध गर्नै पर्छ, एमालेको निती र कार्यक्रममा (देशको लागी उचित नै भए पनि) माओवादीले भाँजो हाल्नै पर्छ। समष्टीमा आफू बाहेकका कसैले केहि गर्न खोज्यो की त्यसको धज्जी उडाउनै पर्छ । यहाँसम्म की दलहरु सम्बिधानको ढाँचा समेत विपक्षी दलले कस्तो बनाउँछ त्यसको विपरीत प्रकारको खाका तयार गर्ने सुरसारमा बसेका छन । लाग्छ हामीकहाँ सम्बीधान सभा हैन, फुटबलका धेरै टिमहरु छन। यहाँ मिलोमतोको कुनै गुन्जाईस नै छैन। तिमी सात प्रदेशको कुरा गर्छौ भने म ९ भन्छु, तिमी नै ९ को अंक अघि सार्छौ भने मेरो जोड ५ मा हुनेछ । समष्टीमा यहाँ ‘फलानो’ दल र ‘ढिस्काना’ दलको संयुक्त प्रयाश हैन, ‘यो’ दल विरुध्द ‘त्यो’ दलको मुकावला मात्रै हुन्छ ।

एउटा दलले प्रधानमन्त्रीलाई कार्यकारी तोक्ने कुरा उठायो भने आर्कोले राष्ट्रपतिको नाम लिन्छ, तेस्रोले राष्ट्रपतिलाई समर्थन गरे चौथोले अर्कैलाई भोट हाल्छ । गज्जब छ!, के विरोध मात्रै विपक्षीको कर्तव्य हो त?, के आफू बाहेक अरुले जे गरे पनि गलत नै हुन्छ ?, के के विपक्षी दलको राम्रो कुरा मान्दा अर्को दलको अबमूल्यन हुन्छ र ? । हामी किन सहकार्य गर्न सक्दैनौं किन विपक्षी दल विपक्षी नभै समकक्षी हुदैन ? ।

राष्ट्र भन्दा माथि दल र दलभन्दा माथि त्यसका नेता हुनु भनेको देशको दुर्भाग्यको सूचक हो र हामीहरुकहाँ यस्तै स्थिति हावी हुँदै आएको छ । एउटा पुरानो उखान छ ‘भाई फुटे गवाँर लुटे’ । म कामना गर्छु हाम्रा सबै नेतामा हामीले ५ कक्षा पढ्दा ताका पढने यो उखानको मर्म बुझ्ने चेतना फिरोस र हाम्रा दलहरु ‘सत्ता पक्षी’ र ‘प्रतिपक्षी’ नभै समकक्षी बनुन । जय नेपाल !



April 9, 2008

निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्धोह



-पुरुषोत्तम सुबेदी
मानिश जन्मदात स्वतन्त्रताको अधिकारी हो र मानिश एउटा सामाजिक प्राणि पनि हो । बिगत २३७ बर्षसम्मका अवधिको नेपाली समाजमा ४ जात ३६ बर्णको भेदभावलेनै नेपाली समाजलाई अन्य मुलुकको तुलनामा धेरै पछाडि धकेली दिएको छ । बर्गै बर्ग जातै जात भएको समाजमा जातिय बर्गिकरणले गर्दा समान्तबादले जरो गाडेको पाइन्छ , जसले जान्यो बुझ्यो टाँठो बाठो भयो शिक्षा प्राप्त गर्यो त्यो बर्गले अन्य असिक्षित बर्गलाइ माथि उठन बन्चित गरायो । जातिय भेदभाव बाट सामन्तबादी नङग्रा गाडने बाहुनबाद र सैन्य शक्तिबाटै आफ्नो राज्य टिकाइ राखेको शाह बंसिय समाजले नेपाली सोझा साझा जनतालाई धेरै बर्षसम्म पिंजडामा राख्न शबल भयो ।

प्रकृतिको चक्रसंगै समयपनि परिर्बतनशिल छ । गतिशिल छ समयकै गतिमा मानिश पनि दौडिरहेको छ । पिजडामा राखेको सुगाले पनि पटु भन्छ भने एउटा निरंकुश दण्डहिनताको खुल्ला समाजमा रहेका नेपाली सोझा जनताले लोक तन्त्रको पटु बाक्य उच्चारण गर्न सक्ने भएका छन । तानाशाही र सामन्तबादीहरु दमन शोषणबाट पिडित जनताले यतिबेला निकै छला‹मारि सकेका छन । यो एउटा नेपाली समाजको त्रि्र गतिशिलता हो । हिजो आफैले दमन, शोषण गरेर गूमरामा राखेका दरबारीयाहरुले तिनै सिधा सोझा जनताको हक अधिकारको प्रयोग गरि फेरी सत्तामा पुग्ने बकमफुसे दाउमा छन । ठुलाले जे गरेपनि छुट र सानोले केही गल्तिनै नगरि आफ्नो बाँच्ने अधिकार गुमाएको नेपाली सोझो समाजले अब जतिसुकै महंगो मुल्य चुकाएर पनि निंरंकुशता दण्डहितना र अज्ञानको मुल जडलाईनै समाप्त पार्ने आँट र जमर्को गरेको छ यसले नेपालको बिकाशको ठुलो फड्को मार्ने केही बिदेशी अडकलबाजहरुले बिष्लेशण गरेका छन् ।


April 8, 2008

देश नै तनावमा भएको बेला संविधानसभा निर्वाचन होला कि नहोला

निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा भएका अपि्रय घटनाले संविधानसभा निर्वाचनमाथि अन्यौलता छाएको छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा भएको जनाइरहँदा देशका विभिन्न ठाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीचको झडप तथा निर्वाचन भाँड्ने तत्वद्वारा चालिएको िहंसात्मक कदमले यस्तो स्थिति निम्त्याएको हो ।
धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच सोमबार र मंगलबार पटक-पटक झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएकाले स्थानीय प्रशासनले आज बिहान १० बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाएको छ । त्यहाँ नेपाली सेनासहितको सुरक्षाकर्मीको आकस्मिक बैठक बसेको खबर छ ।
त्यस्तै अर्घाखाँचीमा कांग्रेस उम्मेदवार मानबहादुर विकसहित एक दर्जन कार्यकर्तामाथि माओवादीले कुटपिट गरी गम्भीर घाइते बनाएपछि त्यहाँका स्थिति पनि तनावपूर्ण बनेको छ ।
उता लमजुङमा सयौंको संख्यामा रहेका माओवादी कार्यकर्ताले िसंगो गाउँ घेरेर कांग्रेस कार्यकर्ताको ज्यान लिने भन्दै सर्च अभियान चलाएको बुझिएको छ भने तनहुमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीसहितका कार्यकर्तामाथि आक्रमण गरिएको छ ।
त्यस्तै माओवादीले डडेलधुराका केही गाउँमा अन्य दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा रोक लगाउँदै कांग्रेस उपसभापतिमाथि कुटपिट गरेका छन् । उनीहरुले मतदान तथा मतगणनाका सिलसिलामा एजेन्ट बस्ने जुनसुकै दलका कार्यकर्ताको ज्यान लिने धम्कीसमेत दिएका छन् ।
यता माओवादीले सिन्धुपाल्चोकबाट प्रकाशित हुने एक स्थानीय साप्ताहिक पत्रिका छाप्दाछाप्दै प्रेसबाटै नियन्त्रणमा लिएको खबर छ । त्यस्तै लमजुङमा कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीसहितका केही कार्यकर्ता एमाले आक्रमणबाट घाइते भएका छन् ।
उता धनुषामा मतदान अधिकृतलाई नै अज्ञात समूहले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको क्षेत्र नं। ३ का कांग्रेस सभापति विष्णु वस्यालमाथि हिजो मध्यरातमा खुकुरी आक्रमण भएको छ उनको स्थिति चिन्ताजनक छ । त्यस्तै रुपन्देहीकै पस्ररीमा बम विष्फोट गराइँदा पाँच जना घाइते भएका छन् । हिजो राजधानीको व्यस्त सडक नयाँबानेश्वरमा कांग्रेसको आमसभा सकिए लगत्तै अज्ञात समूहले बम विष्फोट गराउँदा एक जना पैदल यात्री घाइते भएका छन् भने वीरगंजमा गराइएको बम विष्फोटमा परी १४ जना घाइते भएका छन् ।
माओवादीले गोर्खामा कांग्रेसका बुथ प्रतिनिधिलाई गाउँ प्रवेशमा रोक लगाएको र गुल्मीमा एमालेका केही कार्यकर्तामाथि आक्रमण गरेको खबर छ ।
यता सिन्धुलीको शिविर बाहिर रहेका माओवादी सेनाका बि्रगेड कमान्डर रामबाबु थापा ुसंग्रामुलाई एमाले कार्यकर्ताले हतियारसहित समातेर सीडीओ कार्यालयमा बुझाएका छन् ।
त्यस्तै वैतडीमा एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गर्दा गम्भीर घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ओखलढुंगामा माओवादीले कांग्रेस उम्मेदवार बालकृष्ण दाहालले सम्बोधन गर्दै गरेको आमसभामा आक्रमण गर्दा केही कांग्रेसी घाइते भएका छन् ।
यसैबीच आज बिहान माओवादी अध्यक्ष प्रचण्डसँग अनमिन प्रमुख इयान मार्टिनले भेटघाट गरेका छन् । उनले अध्यक्ष प्रचण्डसँग शिविर बाहिर रहेका माओवादी जनसेनाबाट अराजक स्थिति निम्त्याइएको गुनासो गरेपछि प्रचण्डले शिविर बाहिरै रहे पनि जनसेनाले त्यस्तो उपद्रो नमच्चाउने प्रतिबद्धता प्रकट गरेका छन् । आजै मार्टिनले चितवनको जुनपानीस्थित जनसेनाको शिविर भ्रमण गरेको खबर छ ।
निर्वाचनकै अवस्थालाई ख्याल गरी आजदेखि नेपाल भारत सीमा शिल गरिएको छ । २८ गते राती खोल्ने गरी सीमा शिल गरिएको बताइएको छ ।

.

बिगतलाई सम्झनु नपरोस ॥

नपाल चनाबमय भएको छ । सारा नेपाली जनता आफनो देशको भाग्य निर्माण र नयाँ नौलो संविधान र नयाँ नेपालको उदय भएको हेर्न अतुर छन् नेपाली जनता । नेपाली जनताले धेरै पटक दुख कष्ट भोग्नु परेका छन् । देशमा भएका नेता भनाउदाहरु जब चुनाब आउछ तब यो हाम्रो देश हो भनेर चिन्न थाल्दछन् । चुनाब जिताएर पठायो आफुले बिजय हाँसिल गरेर गए पछि बिजय यात्रा मनाएको ठाउँलाई समेत भुलेका हुन्छन् । यस्ता कृर्या कलाप हामीले धेरै देखि सकेका छौ । फेरि पनि तिनै अनुहार ले गाउघरमा गएर आफना स्वार्थ पुर्तिको लागि निमुखा जनता माथि बजारमा पाइने जुलेबिको रसमा चुलुम्म ढुबाउन सकि नसकि ती ध्याम्पे भुडी देखाउदै हामीलाई भोट दिनुहोस भनेर गाउघर पसेका छन् ।
हामी सर्बसधारण निमुखा जनता सधैभरी ललाई फकाईको चपेटामा परेर आफुले पाएको हकअधिकारलाई पनि आफनो इच्छासँग सदुपयोग गर्न पाएका छैनन् । यस्ता घटनाबाट त्रसित भइराखेका हामी नेपाली अब त त्यस्ता घटना दोहोरिने छैन होला भनेर निर्धक्कसँग आफनो देशको भाग्य निमार्णमा कम्मर कसेर लागेका निमुखा नेपाली जनताले सोच्दै नसोचेका कुरा अचानक अहिले आएर जबरजस्ती धम्की त्रास पुर्ण वातावरण देख्नु पर्दा हामी नेपालीले कहिले आन्नदको सास फेर्न पाउला भन्ने कुराको आगमानलाई डोरयाउने होला त ।
निरंकुश राणा शासनमा नेपाली जनताले १०४ बर्षसम्म आफनो हक अधिकार बाट बिाचत बनाएर कालकोठरीको जिवन बिताउनु परयो । त्यो अत्याचारलाई सहन नसकेर त्यसको बिरुद्धमा जनता उत्रिए र आखिरमा बिजय समेत हासिल गरेर छाडे । त्यस पछि देशमा राजतन्त्रको पुर्नबहाली भयो त्यसबाट पनि जनताले कुनै उपलब्धि हासिल गर्न नसके पछि फेरि सत्ता परिबर्तन तिर लागे बहुदलिए प्रजातन्त्रको स्थापना गरे र देशमा नयाँ संविधान बनाए । प।र्टिहरु एक आपसमा खिचातानीको उतारचडाबले सिमा नागेर दलहरुमा मपाइत्वको भावना सृर्जना हुन थाले पछि जनताको मुल्य मान्यतालाई भुल्न छाड्यो नेता भनाउदाहरुले केवल खाली अएस आरामको दुनियाँमा बाधिन पुगे र आफनो भुडि भर्न तर्फ मात्र लाग्न थाले ।
निरंकुशबाट पार पायो भनेको तानाशाही प्रबृतीको थिचो मिचोमा परियो त्यसबाट पनि बहुदलिय प्रजातन्त्र ल्याइयो त्यो पनि सहिय हुन सकेन कोही जंगल पसे त कोही राता रात देशको ढुकुटीमा पौडि खेल्न थाले निमुखा जनता सधै भरि थिचो र मिचोमा पिल्सी नै रहने । त्यसलाई पनि प्रतिबाद गर्न देशमा फेरि रगतको भलबाडि बगाउन तत्परमा पुगे नेपाली जनता र अघि सरेर नयाँ नेपालको खाका कोर्न तर्फ दिन नरात नभनिकन सडक गल्ली तताउन थाले र आफना हक अधिकार सुनिश्चित पार्नलाई फेरि पनि कम्मर कसेर लागे । कयौ शहिद भए कर्याैको सिदुंर पुछिए कयौ टुहुरा भए त कयौ घर बेघर भए आफनो सन्ततीको लागी दिलो ज्यान दिएर यो देशमा फेरी सारा नेपाली जनताले चाहेको लोकतन्त्रको जग गाड्यो । सारा नेपाली जनताको मुहारमा खुशियालीको बहार छायो । लोकतन्त्रको बहाली कुनै एक ब्यक्ति र एक पार्टिले ल्याएको होइन यसमा सारा नेपालीको देन छ ।यसमा सबैको सहकार्य छ ।
नेपालीको रगतको भल बगाएर ल्याएको लोकतन्त्रलाई पुर्ण रुप दिन देशमा नयाँ सबिधानको आवश्यकता पर्ने भएकोले देशमा भएका सारा नेपालीहरुले आफना अफना प्रतिनिधिलाई अघि सारेर नौलो नयाँ नेपालको मुहार सृजना गर्नलाई कम्मर कसेर लागे । अब मात्र २ दिन बाकि छ देशको नौलो जन्म कुन्डली कोर्ने पण्डितहरुलाई हामीले राम्रोसँग चिन्नु पर्छ । नेपाली युवा शक्ति बिदेसिनुको कारण पनि देशको राजनितिक अस्तिरता राम्रो नहुनुको कारणले गर्दा र नेपालीले बिदेशमा बसेर पनि अनेक दुख कष्ट भोगी रहनु परिराखेको कारण पनि त्येहि नै हो । देशको माया कसलाई लाग्दैनर ।हामी प्रबासमा अनेक झमेलामा परि बिभिन्न कष्ट भोगी रहेका नेपालीको एउटे पुकार छ हामीले नेपाली भएर आफनो हकअधिकारको लाभ गर्न पाउँ भन्ने हाम्रो यो आउदो चैत्र २८को दिनलाई भय रहित बाताबरणमा देशको भविष्य निर्माण कत्र्तालाई छान्न सकौ भन्ने अभिलाषा हामीले बोकेका छौ ।
बिजय कुमार श्रेष्ठ
धादिङ्ग कटुन्जे ९
बाग्मित
नेपाल
हाल इराक



April 7, 2008

वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल का सदस्यहरुलाई संविधानसभा निर्वाचनको अवधिभर ुगान्धीु बन्न अर्थात् अिहंसावादी बन्न दिएको निर्देशन व्यवहारमा लागू भएको छैन । अब भने आतंकपूर्ण व्यवहार गर्दै आएको माओवादीको भ्रातृ संगठन वाईसीएलले चार दिन आफ्नो गतिविधि रक्षात्मक हुने बताएको छ । भनाइमा एउटा र गराईमा ठीक विपरित गतिविधि गर्दै आएका वाईसीएलले
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।




आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा

विगतको निर्वाचनमा परिचालित भएको सेना यसपल्ट चुपचाप बस्ने भनिए पनि आवश्यक सहयोगका लागि नेपाली सेना तम्तयार रहेको जनाएको छ । सरकारले यसपल्ट सेना परिचालन नगर्ने निर्णय गरेर विभिन्न व्यक्तिहरुले सेना परिचालनका विषयमा विभिन्न टिकाटिप्पणी गरिरहेका बेला संविधान सभा निर्वाचनमा सेना सकि्रय रहने भन्दै उसले आफैं मुख खोलेको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने हवाई साधनहरु उपलब्ध गराइने र आवश्यक सबैखाले
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।


April 4, 2008

घुम्दै फिर्दै रुम्जाटार

जती पनि लेख रचना हरु पढ्छु सबै माओबादीको बिरोधमा नै लेखेको देख्छु। माओबादीहरु द्वारा भएका अचाक्ली, ज्यादत्ती आदिको निन्दामा नै शब्द खर्चिएका छन। तर कसो गर्दा वा कसो हुँदा यो माओबादी प्रकोपबाट देश र जनताले छुटकारा पाउछ त भन्ने बिषयमा प्राय सबै मौन छन। बिरोध गर्न सजिलै हुन्छ। समस्याको कुरा गर्न सजिलै हुन्छ। तर समाधान के हो त? यस बिषयमा किन लेखिदैन? किन सोचिदैन? संबिधान सभाको चुनाव हुँदैछ। माओबादीले बहुमत सीट जित्नु समाधान हो कि माओबादी इत्तर कांग्रेस वा एमालेले जित्नु समाधान हो?माओबादीको उद्दन्ढ त देखेकै छौं, यिनीहरुको बहुमत आउनु पक्कै पनि समाधान होइन। कांग्रेस वा एमालेले बहुमत ल्याएर माओबादी किनारा लाग्ने अवस्था आउनु पनि समाधान होइन, किनकी बाह्रौं बर्षसम्म रगतको खोलो बगाएर आएको पार्टी निर्वाचन पछी चुपचाप बस्ला भनेर मान्न सकिन्न।
जिम्मेवार राजनैतीक पार्टीहरुले कसरी हुन्छ माओबादीहरुलाई प्रजातान्त्रीक मुलधारमा अवतरण गराउने तर्फ सोच्नु पर्थ्यो। माओबादीहरु निर्वाचनमा भाग लिएर प्रजातान्त्रीक संस्कार अनुरुप निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था सम्म पुगेकै छैनन र उनीहरुबाट प्रजातान्त्रीक संस्कारको अपेक्षा गर्नु बेकार हो। त्यसकारण माओबादीलाई केही समय कांग्रेस्-एमालेहरुले संगै लिएर जानु पर्ने थियो। ताते-ताते गर्दै प्रजातान्त्रीक बाटोमा बामे सर्न सिकाउनु पर्ने थियो।
यो संबिधान सभाको चुनाव भएकोले कुनै पार्टी बिशेषको बहुमतले संबिधान निर्माण गर्ने पक्कै पनि होइन।त्यसकारण अहिलेको संसदको जुन संरचना छ, सोही अनुसार तालमेल गरेर अघि बढेको भए पनि हुन्थ्यो। त्यसो गर्दा संबिधानसभामा माओबादीको सन्मानजनक उपस्थिति हुन्थ्यो र उनीहरुलाई देशि-बिदेशी प्रतिक्रियाबादीहरु मिलेर समाप्त गर्न लागेको भन्ने भान पर्ने थिएन।अब अहिले सबै एक्ला एक्लै चुनाव लड्न थाले पछि यो निर्वाचन् एउटा जीवनमरणको सवाल् बनेको छ र अहिले जति पनि भिडन्त आक्रमण भैरहेको छ, यो सबै एक्ला-एक्लै चुनाव लडनाको कारणले भैरहेको छ। जसको राजनीति, संगठनको आधार नै बल प्रयोग, हिंसाबाट टिकेको हुन्छ, उनीहरुले आक्रमण नगरेर के गर्छन् त?
ल मानें, दलहरुबिच् तालमेल सम्भव भएन, ठिकछ तर माओबादीका केही शिर्ष नेताहरुको लागि ठाउं छोडिदिन पर्थ्यो।त्यसो गर्दा उनीहरुका कार्यकर्ताहरुलाई पक्कै पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो र अहिलेजस्तो मारमुंग्रीमा लाग्ने थिएनन् होला। यस बिषयमा समयमै सोचिएको भए पक्कै पनि अहिलेजस्तो दिनहु भिडन्तका समाचारहरु सुन्नु पर्ने थिएन होला।

एकपटक चुनावी प्रक्रियामा, संबैधानीक प्रक्रियामा उनीहरुलाई ल्याइसकेपछि अघि बढ्न सजिलो हुनेथियो। उनीहरुको सेनाको ब्यबस्थापन् हुनेथियो र उनीहरु बढी जिम्मेवार हुनेथिए।एमाले र कांग्रेस, जो माओबादीलाई राजनीतिको मूलधारमा हामीले लिएर आयौं भनेर डंका पिट्छन्, अहिले नै निर्वाचनमा बहुमत् ल्याएर आफू एक्लै अघि बढ्न हत्तारिन हुने थिएन। यहांनिर यी दुबै दल चुके र देश् फेरि घुम्दै फिर्दै रुम्जाटार-अर्थात माओबादी समस्याले कहिले निकास नपाउने अवस्थामा पुगेको छ।


दुइ कन्टेनर

"बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। "
माओबादीको बिकाससंगै नेपाली शब्दकोशको पनि राम्रै बिकास भो। कती त प्रयोगै नहुने शब्द मुखैमा झुन्डिन पुगे भने कति नया शब्दको बिकास भयो। लौ भन्नुस त छापामार कहिल्यै प्रयोग भएको थियो होला? चक्रपथ सुनेको देखेकै हो, प्रचण्डपथ होला त शब्दकोशमा?
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।


April 1, 2008

चुनावको चर्चा र मेरो भोट

- चना -


होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ९ दिन पछाडि त संविधान सभाको चुनाव - ९ दिन भन्या के हो र ? त्यसो त हाम्रो यो दौंतरी समुहमा केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरोमा झण्डै सबैको एकमत जस्तो थियो । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा हामी बीच प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव हामी मध्य कसैले पनि चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ ।

(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए ।


(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन ।


(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।


(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन ।

(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन ।

जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

पूर्वनिर्धारित मितिमा चुनाव भैहालर पनि भोट हाल्ने मामिलामा हामी दौंतरीमध्येका शायद एक दुइजना बाहेक सपैजसो सहभागि हुन नसकिने स्थिति छ । हाम्रो लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम हुने जमात हौ । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका थोरै समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ दौतरीका रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

काठमाँडौ
१ - प्रकाशमान सिंह (काँ)
२ - माधव नेपाल (ए)
३ - मनु हुमागाइ (मा)
४ - सुप्रभा घिमिरे (काँ)
५ - नरहरी आचार्य (काँ)
६ - हितमान शाक्य (मा)
७ - राजेन्द्र श्रेष्ठ (ए)
८ - नविन्द्रराज जोशी (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ (ए)
१० - सानु श्रेष्ठ (ए)

ललितपुर
१ - उदय शमशेर राणा (काँ)
२ - सिद्दिलाल सिंह (ए)
३ - रघु पन्त (ए)

भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री (ए)

(नोट: छनोट केको आधारमा गरेको भनेर नसोध्नु होला )




March 31, 2008

आसन्न निर्बाचन् र अड्कल को बजार।

आसन्न निर्बाचन् र अड्कल को बजार।

बजारहरु हल्ला ले गुलजार छन। चुन पसल देखी सुन पसल सम्म, साडी पसल देखी गाडी पसल सम्म आसन्न संबिधान सभाको निर्वाचन नै प्रमुख बिषय भैराखेको छ। सुखद यस माने मा मान्नु पर्छ कि धेरै ले चासो राखेका छन, देश को भबिष्य बारेमा। दु:खद यस मानेमा मान्नु पर्छ कि यो चुनाव हुन्छ कि हुंदैन भन्ने कुरोमा नै कुरोको चुरो अड्केको छ। चुनाव भएन भने हुन सक्ने बिध्वंश कहाली लाग्दो जती छ त्यती नि चुनाव हुंदा सम्म हुने ध्वंसको छ। चुनाव हुन्छ र हुनु पर्दछ। चुनाव हुन नदिनेहरुको असली स्वरुप अझै देखिएको छैन। २४० बर्ष देखी बंशजको आधारमा सम्पूर्ण शक्तिको केन्द्र बनेका ज्ञानेन्द्र र तिनका सन्तानअहरुले यती सजिलै राजासत्ता त्याग्ला भन्ने कुरोमा विश्वाश गर्ने ठाउँ काम छ।

जसरी हुन्छ चुनाव हुन न दिने सोच कै एउटो पाटो तराइ आन्दोलन थियो। जाती र समुदायको पीडा जस्तो संबेदनशिल बिषयमा आगो लगाएर चुनाव भाड्न खोजेको हो भन्ने कुरो त संझौता हुन लागेको बेला चुनाव सार्ने प्रस्ताव उपेन्द्र यादव समुहले ल्याउनु ले स्पष्ट हुन्छ। ती उपेन्द्र यादब गत बर्ष मात्रै भारतको गोरखपुरमा भएको विश्व हिन्दू परिषदअको सम्मेलनको मन्चबाटै राजातन्त्र जोगाउने संकल्प गरेका ब्यक्ती हुन। मधेसी समुदायको मसिहा बन्ने दिवास्वप्न बोकेका यादबको बिगतको राजनऐतिक ईतिहास र चुनाव मा भाग लिएर पनि चुनाव हुन दिन्न भनेर लागेको जङली हरुको पार्टी को कृयाकलाप को तारतम्यताले बिगतमा राजा बिरेन्द्र सहकार्य गरेको भन्ने कुरा को नचाहेर पनि पुष्टि हुने हुन्छ।


आफु जसरी भए नि चुनाव जित्नै पर्ने बन्दूके मानसिकता जसरी गरे नि चुनाव नजित्ने देखिए पछीको बर्बराहट अचेल दिनहुं सुन्न पढ्न पाईन्छ। के त्यसो भए जंगलीहरु जंगल नजाओन भनेर भोट दिनु पर्‍यो त ? हिजो तिनको हातबाट पती मारिएका बिधवाहरुले तिनैलाई भोट दिनु पर्‍यो त? हात खुट्टा भांचिएका हेडमास्टरहरुले तिनैलाई लाल सलाम गर्नु पर्‍यो त? दुई छाक खान धौ धौ भएका गरीबको भकारी अनी गोठ रित्याउने असत्तिहरुलाई भोट दिनु पर्‍यो त ? अहं , जनताले भोट दिने छैन तिनलाई। बूथ क्यापचर् गर्न सकिएला केहीइ ठाउमा सबै ठाउमा सकिन्न। १ लाख राष्ट्रिय अन्तरराष्ट्रिय पर्एबेक्षकको आँखा छल्न सकिन्न, तिनलाई राम्रो संग थाहा छ र अस्ती मात्रा भित्ते राष्ट्रपतिले बिदेशी परिबेक्षकहरु चुनाव हराउन आएका रे। बुद्धी न भए बरु केही हुन्न शुद्धी पनि हराए भने भित्ते राष्ट्रपती जस्तो हुन्छ।


ब्यक्तिगत बिचारमा यो चुनाव मा प्रमुख दलको रुपमा नेपाली काँग्रेस र नेकपा एमाले कै हालिमुहाली हुने छ। राजा बाचाउनेहरुको अंश 5 प्रतिशतमा सीमित हुने छ। जंगली पार्टिको हबिगत मधेसी पार्टिको भन्दा नि दयनिय हुनेछ भने अन्य बाम दलको पनि उल्लेख्य सहभागिता हुने छैन। फेरी अर्को कुरा, संबिधान, संबिधान सभासदहरुले लेख्ने होइनन। एक जना मित्र गोबिन्दे ले संबिधान लेख्ला भनेर चिन्तित हुनु भएको देखें। संबिधान केही संबिधान सम्बन्धी कानूनबेत्ताहरुको समूह ले लेख्ने हुन र संबिधान सभाले दफावार छलफल गरी अन्तिम रुप दिने हुन। यस उसले यस्तो संबिधान उस्तो संबिधान यसले के लेख्ला उसले के लेख्ला भन्दा नि कुन चाँही बिचार ले प्राथमिकअता पाउछ भन्ने महत्वपूर्ण कुरो हुने हुन्छ। अस्तु!


March 27, 2008

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।

चुनाव संबिधान सभाको तर राजनैतीक पार्टीका कार्यकर्ताहरुको भिडन्त हेर्दा लाग्छ यो एउटा संसदीय चुनाव हो। पार्टीहरु आफ्नो बहुमत जुटाउन हरतरहले लागिरहेका छन। भाषाणमा आरोप-प्रत्यारोप त बुझिने कुरो हो तर कार्यकर्ताहरु मारामारीमा लागेका छन। कार्यकर्ता देखी उम्मेद्वार सम्मको ज्यान गुमेको छ। संबिधान सभा भनेको सरकार बनाउने सभा होइन र बहुमत ल्याउन यस्तो बिध्न उध्यम गर्नु पर्छ जस्तो लाग्दैन। बहुमत हुनेले संबिधान बनाउने भए सिधै संसदको चुनाव गरेको भए हुन्थ्यो वा अहिलेकै संसदले बनाएपनी हुन्थ्यो। संबिधान निर्माणको लागि यो चुनाव हुने भएकोले यसमा देशका प्रत्यक तप्का,बर्ग, जात-जाती, बिचार को प्रतिनिधित्व हुनु पर्ने हो र यसो हेर्दा लोकतान्त्रीक पक्षहरु एकजुट भएर जानु पर्ने हो। संबिधान सभाको चुनाव सकेसम्म गैर राजनऐतीक चरित्रको हुन पर्ने हो। पार्टीहरुले उम्मेद्वार उठाउदा समाजका बुद्धिजीवी, कानून ब्यबसायीहरु, शिक्षक, ब्यबसायीहरु, मानवाधिकारवादीहरु आदिलाई उठाउन पर्ने हो। तर तिनै पुराना बासी अनुहारलाई उठाइरहेका छन। यिनिहरुबाट नै हुने भए हिजो पनि यिनीहरुनै त थिए नि? किन देशले यो दुर्गाती ब्यहोर्न पर्‍यो?
संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्‍यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।


इराकबाटै भावी राष्ट्रपतिलाई धन्यबाद ।

सर्वप्रथम त न्ोपालको इतिहासमा नै पहिलो पटक हुनलागेको संविधानसभा निर्वाचनमा आफुलाई सहभागी गराउन नसकेकोमा म नेपाल आमा प्रति क्षमा माग्दछु । म अहिले इराकमा कार्यरत छु र मलाई मात्र नभएर सम्पूर्ण इराकमा रहेको नेपालीहरुलाई दूःख लागेको छ किनकी नेपालको इतिहासमा नै पहिलो पटक हुनलागेका संविधान सभाको मिति मात्र दुई साता बाँकी हुँदा संविधानसभा निर्वाचन नहुने हल्ला चल्न थालेकॊ छ । संविधानसभाको निर्वाचनलाई मुख्य मुद्दा बनाएका दलहरुका उच्छृंखल गतिविधि तथा गैर जिम्मेवारपूर्ण व्यवहारले संविधानसभा निर्वाचन हुनेमा आशंका बढेको हो यस्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न चुनावी प्रचारप्रसारको लागि आयोजित कार्यक्रममा माओवादीको हार नहुने र हारे निर्वाचन अमान्य हुने चेतावनी दिँदै आफूलाई जनयुद्धले राष्ट्रपतिमा स्थापित गराइसकेको दाबी गरेका छन् ।
संविधानसभा हुनमा नै आशंका बढिरहेका बेला प्रचण्डले आफूले हारेको चुनाव अमान्य हुने धम्कीले निर्वाचन हुने कुरामा आशंका जन्माएको छ । अर्कोतर्फ माओवादीका अन्य गतिविधिका कारण पनि निर्वाचन हुन कठिन छ । एक अर्कामाथि आक्रमण नगर्ने कागजी सहमति भए पनि व्यवहारमा माओवादीले लागू नगर्दा कठिन स्थिति सिर्जना भइरहेको छ । माओवादीका कारण प्रतिगामी तत्वले चलखेल गर्ने अवसर प्राप्त गरेको छ । प्रचण्ड र उसका कार्यकर्ताहरु नै चुनावको बाधकको रुपमा रहेको देखिएको छ अहिलेका दिनहरुमा वाईसिएल र छापाचारलाई परिचालन गरेर उम्मेदारहरुलाई बारम्बार आक्रमण गर्न लगाउने यो कहाँको न्याय हो चुनाव प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेद्धार र कार्यकर्ता माथि कि बारम्बार आक्रमण गरिन्छ । कि यो पनि केन्द्रको निर्णय होईन प्रचण्ड जीको मुखमा त यै वाक्यले बास गरेको छ । चुनाव भनेकै खुल्ला प्रतिस्पर्धा हो नि कि यो कुरा प्रचण्डलाई कसैले पनि सुनाएन । नेकपा माओवादीले भने ´ै उनिहरुलाई जनताले विश्वास गरेकै हो भने किन रोल्पामा छापामार मात्र धेरै नै प्रयोग गरियो कि रोल्पा जस्तो माओबादीको राजधानीमा पनि जनताले टेरपु´र लाएन माओवादीको अध्यक्ष प्रचण्ड त जनताले नै नचुनिकन राष्ट्रपति भन्दै हिड्दा अलि कति पनि जनताले के भन्ला भनेर सोचेनन् कि राष्ट्रपति भन्दा भन्दै सोच्न भ्याएनन् । प्रचण्ड जी माओवादी कार्यकर्ताले मात्र प्रचण्ड राष्ट्रपति हो भन्दैमा नेपाली जनताले प्रचण्डलाई राष्ट्रपति मान्दैनन् माओवादीले खूल्ला प्रतिस्पर्धा मार्फत् चुनेको खण्डमा मात्र आफुलाई राष्ट्रपति हो भनेर गर्व गर्नुस् ।
केहि दिन अगाडी माओवादीले हामीले संविधान सभाको निर्वाचन जसरी पनि जित्नै पर्छ नजितेको खण्डमा फेरि अर्काे विद्रोह गर्ने चेतावनी पनि विभिन्न चुनावी सभालाई सम्बोध गर्ने क्रममा व्यक्त गर्नु भएको रहेछ यो कुरा मैले भने विभिन्न संचार माध्यमबाट थाहा पाए तर यसको अर्थ त ६ अरब खर्च गरेर संविधान सभाको निर्वाचन नगरेपनि हुन्छ नि यसको त कुनै अर्थ रहेन किनकी जनताले चुनावमा भाग लिएपछि त त्यसको परिणाम त कसैको हार हुन्छ भने कसैको जित हारेकॊ खण्डमा त्यो निर्वाचनको भने मान्ने ता नै नरहने हो त ।अन्तिममा यि र यस्ता कार्य गर्नु भएकोमा भावी हुनलाग्नु भएका ने क पा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवादका साथै अगि्रम शुभकामना पनि ।
निर्वाचनको समय जति नजिकै छ त्यति नै सर्वसाधारण जनतामा त्रास बढ्दै गएको छ । परिवर्तनका निम्ति मिठो सपना साँचेर राखेका उनीहरु पटक-पटक हुने झडप अपहरण धम्कीजस्ता गतिविधिले आजको दिनसम्म भयरहित वातावरणमा मतदान गर्ने स्थिति सिर्जना हुन सकेको छैन । नेपाली जनतालाई भय रहित बाताबरणमा निर्वाचन गर्ने अवसर बनाई दिन इराकमा रहेका नेपालीको आग्रह छ र सहि नेता चुनिदिनु हुन पनि नेपाली जनतालाई पनि आग्रह गर्दछौ ।



March 23, 2008

कुकुरलाइ आची

कुकुरलाइ आची शब्द त्यती राम्रो होइन तर यो उखान एक बिद्वानले राष्ट्रिय पत्रिकामा प्रयोग गरेका थिए। हुनत गाली गलौजमा राष्ट्रिय पत्रिका देखी अन्तराष्ट्रिय ब्लगसम्म भरी भराउ हुन्छन। अझै केही पार्टिगत पत्रिका र ब्यक्तीगत ब्लगमा त गाली र तुछ्छ शब्दको लहर नै हुन्छ, दुबैको उदेश्य एउटै हुन्छ,कसरी बिपक्षीलाइ तल गिराउने भलै आफु पनि तु्च्छ हुन किन नपरोस।
मैले उठाउन लागेको कुरो के भने नानी देखी लागेको बानी छुट्ने त रहेनछ भन्नलाइ हो। प्राय पत्र-पत्रिकामा आएको हो वाइ.सि.एल ले के के उपद्रो गर्दै हिड्छन भनेर। तर पनि संबिधान सभाको निर्वाचन हुने छाट काट आएको थियो। तर १-२ दिन भयो चुनाबका उमेदवार नै मारिन थाले पछि फेर संभिधान सभाको चुनाब नहुने हो कि भन्ने आशंका उबज्न थालेको छ। दिन प्रती दिन नेपालमा मानवताको अवमुल्यन भइरहेको अबस्थामा १५-२० उमेदवार मारिए अचम्म नमाने हुन्छ। बिगतमा हेर्ने हो भने पनि माओबादी बिग बिगी भए देखी प्रती दिन ३-४ जना मान्छे मारिदै आएका छन। त्यस हिसावमा १ जना उमेदवार मारिनु कम भएतापनि एक किसिमको निकास निस्कन लागेको नेपालको लागी राम्रो लक्षण भने होइन।पिटापिट र पार्टी समर्थक मारिने क्रम त कम भएको छैन। आरोप प्रत्यारोप श्रिंखला त टुट्ने कुरै भएन।
फेरी चुरो कुरो तिर फर्किदां किन त हाल सालै मरेका संभिधान सभाका उमेदवार हत्या गर्ने माओबादी निकट भएको पुष्टी भएको छ। जो सुकै निटक होस, हत्यारको पहिचान भएपछि कानुन अनुसार कार्बाही हुनुपर्छ। बिना कारण मारिने बिरेन्द्र शाह हुन कि मरणाशन्न पिटिने डा ज्ञानेन्द्र गिरी हुन, या नया नेपाल बनाउने भनेर युनाइटेड सात पार्टीको संबिधान सभाको उमेदवारको हत्या होस, किन माओबादी निकट नै हुने गर्छन? कि मार्ने समुह माओबादी नै भएर जनताको आंखमा छारो हाल्ने माओबादी निकट भनिन्छ? यसो भने त तिनी बिद्वान डाक्टर नेताको शब्द शापटी लिएर तिन कै पार्टीतिर कुकुरले जंगलबाट शहर पसे पनि आची त छोड्दो रहेनछ निभनेर प्रक्षपेण गर्नुपर्ने अब्स्था आएको छ।


विष्मयहरू बीच निर्वाचन पर्व: साता चर्चा - एकलव्य

यो साता धेरै कुरा भए, सँधै जस्तो ।

अस्तिको दिन, भारतीय जनता पार्टीका शीर्षस्थ नेता लालकृष्ण अड्वाणीले एउटा एक हजार पेज लामो पुस्तक भारतीय अणु वैज्ञानिक एवं भुतपूर्व राष्ट्रपति एपिजे अब्दूल कलामका हातबाट विमोचन गराउनु भयो । नेपाली राजनितिमा यसको के चासो भन्ने लाग्ला । तर यो पुस्तक भित्र अड्वाणिले औँल्याएका छन् “ नेपाली माओवादी लोकतन्त्रका लागि खतरापूर्ण छन्,यिनले भारतीय नक्सलवादी शक्तिसंग मिलेर भारतमा पनि राजनैतिक हिंसा र अस्थितरता पैदा गर्न सक्छन् र नेपाली राजनीतलाई कम्युनिष्ट अधिनायकवाद तर्फ बलजफ्ति लैजान सक्छन् । अत: नेपालमा दिगो शान्ति र मुलुकको स्थायित्वका लागि , सबै पक्षलाई समेट्ने संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ” । नेपाली मामिलामा भारतिय चासो कुनै मानेमा नौलो कुरा नभए पनि , भारतले बोल्ने बित्तिकै नेपालमा प्रतिकृया स्वाभाविक नै हुन्छन् र यसपाली पनि नहुने कुरै भएन । भारतीय जनता पार्टीका धुरन्धर नेता अडवाणीको यो पुस्तकको उद्दरण उनको नीजि विचार हो वा यो उनको दलको आधिकारिक धारणा हो यो भन्ने कुराको स्पष्टीकरण नआएको भए पनि हिन्दू राष्ट्रवादको पर्याय मानिने एउटा प्रभावशाली भारतीय राजनैतिक दलको झुकाव नेपालमा विकसित राजनैतिक घटनाक्रमका सन्दर्भमा कतापट्टि वा कुन पक्षमा छ भन्ने कुराको अनुमान गर्न भने यो धारणाको अभिव्यक्तिले सजिलो पारेको मान्न सकिन्छ । लोकतन्त्रमा सबै पक्षलाई स्पेस दिनु पर्छ र त्यहाँ राजा पनि अटाउन पर्छ भन्ने धारणा अतिवादी सोचको उपज नै हो भनेर ठोकूवा गर्नु पर्ने केही कारण नभए पनि , अहिले विकसित हुँदै गरेको नेपाली राजनैतिक घटनाक्रममा , राजालाई स्पेश दिने कुराको वकालत गरेर नै संविधानसभाको निर्वाचनमा उत्रिन सकिने माहौल छ भनेर भने कल्पना गर्न सकिने स्थिति भने देखिन्न । तर पनि, संविधानसभाको ऐतिहासिक निर्वाचनमा राजा राख्नु पर्छ भन्ने सोच नै बोकेका मान्छे भए पनि , तिनले आफ्नो धारणा लिएर जनतामा पुग्न भने पाउन पर्छ, किनभने निर्वाचनमा जनतालाई ‘यो कुरा गर्न वर्जित छ है’ भनेर भन्न त पाइन्न । कुरा के हो भने जसलाई जे राजनेतिक मान्यता उपर विश्वास छ , त्यसका पक्ष वा विपक्षमा जनताको मत के छ त भनी खुट्याउन त निर्वाचन गरिन्छ नि !

एमाले माओवादी जुहारी:


१३,१४ वर्ष अघि रत्नपार्कको भित्तोबाट शुरू भएको एमाले र तत्कालीन संजमोको बाबुराम गुटको घमासान, कामरेड प्रचण्डलाई भित्ते राष्ट्रपति भएको एमाले नेताको टिप्पणी पछि पनि जारी छ । अहिले यो भित्ते प्रकरणको दोस्रो संस्करणमा आइपुग्दा , माओवादी विशेषत: एमालेले निर्वाचनमा आँफूसंग मिलिजुली चुनाब लड्न देखाएको अनिच्छाका कारण रुष्ट छ । माओवादी यसरी एमालेसंग निर्वाचन सिटहरूमा तालमेल र भागबण्डा गरी निर्वाचन लड्नुर्छ भन्ने प्रस्ताव लिएर गएको रहेछ , तर त्यसो गर्दा माओवादीले एमालेलाई आँफू भन्दा सानो हिस्सा ४०% सिट मात्र दिन खोजेको रहेछ र सो कुरा एमालेलाई सह्य नभएको कुरा कामरेड माधव नेपालले सार्वजनिक बताइसकेका छन् । यिनै कुराहरू बीच माओवादी versus एमाले जुहारी जारी छ । जुहारी मात्र नभएर , एक दशक भन्दा लामो भौतिक युद्द लडेका माओवादी पूर्व लडाकाहरू रन्थनिएर विशेषत: एमाले बिरुद्द र छिटपूट रूपमा अरू बिरुद्द पनि आक्रमणमा उत्रिएका छन् । तर जनता भने अवाक परेर हेरिरहेका छन्, मिलिजुली सरकारमा बसेर परिवर्तनका लागि काम गरिरहेका भनिएका राजनैतिक दलहरूका बीच यो द्वन्द किन ?
माओवादी भन्छ “ साँचो कम्युनिष्ट हामी मात्र हो , एमाले त पूँजिवादी भाषमा जाकिइसक्यो । ऊ कांग्रेसको सानो भाइ हो, कम्युनिष्ट त हुँदै होइन । अनि हिजोदेखि जनयुद्द मार्फत हामीले जनतालाई चेतनशिल बनाएका हुनाले सारा गाउँघर र अधिकांस नेपाली परिवर्तनको चाहनाले हाम्रो पक्षमा छन् , त्यसैले चुनाब त हामीले चाहिए अनुरुप नजित्ने कुरै छैन” । अनि एमाले भन्छ “ कांग्रेसले पुल्पुलाएर माओवादीलाई एमालेको शेखी झार्न अन्तरिम संसदमा उसकै संख्यामा सिट दिएको हो , साँचो कम्युनिष्ट हामी हौँ भन्ने कुरा त हामीले चुनाबै पिच्छे देखाइरहेका छौँ । माओवादीहरू भनेको त उग्रवापन्थी भड्काव मात्र हो । यिनका पक्षमा जनता छैनन् बरू जनता यिनको जोरजुलुमको डरले आक्रान्त छन्। हामीले तालमेल पनि गरिन्न, किनभने तालमेल खोज्ने हरूवाहरूले मात्र हो” । यही कडीमा हिजो कामरेड बाबुराम भट्टराईले एमालेलाई हियाउँदै कैलालिको अत्तरियामा यस्तो टिप्पणी गरेछन् :

“Dr. Bhattarai also accused the UML of being ‘a bunch of canny people bought off by NGOs/INGOs and working in the garb of communists.’Addressing the election rally in Attariya of Kailali, Dr. Bhattarai indicated that the Maoists won’t take the election results lying down if they were defeated.” साभार nepalnews.com


अहिलेका परिघटनालाई केलाउँदा, चुनाबी तालमेल नहनुको ज्वरोले माओवादीलाई बेसरी समाएको देखिन्छ । एमाले तालमेलबाट तर्किनुको पछाडि अमेरिकाको हात रहेको कुरादेखि अनेक थरिका आरोपहरू र माथि अंग्रेजी भाषामा उद्दरण गरिएको भनाइहरूले माओवादी कति खार खाएर बसेका छन् भन्ने कुरा देखाउन काफि छ ।
अब प्रश्न उठ्छ , यदि माओवादीले एमालेलाई लगाउने गरेक यी विविध थरिका आरोपहरूमा थोरै पनि सत्यता छ भने त माओवादी जस्तो क्रान्तिकारी राजनैतिक दलको भलोको लागि पनि, एमाले जस्तो अशुद्द र पूँजिवादी विकृतिले गाँजेको ठहरिएको पार्टीसंग सहकार्य र तालमेल नहनु राम्रो कुरा हैन र ? पछिल्लो आम निर्वाचन भएको लगभग एक दशक हुन लागेको स्थितिमा अनि माओवादी पनि शान्तिपूर्ण राजनीतिमा पुन प्रविष्ट भएको अहिलेको घडीमा, सबै दल विशेषका आकार र प्रकारका नक्साहरू पनि जनता र मुलुकले थाहा पाउन पर्‍ने खाँचो अनुभव भएको छ । दलगत प्रतिस्पर्धाले नै कसका पक्षमा एवं कुन राजनीतिक विचार औ दलका पक्षमा कति जनता रहेछन् भन्ने कुरा थाहा पाउन र तदनुरुप देशको राजनैतिक भविष्यको योजना बनाउन सघाउ पुग्छ। तसर्थ पनि सबै वैयक्तिक दल विशेषले, निर्वाचन आ-आफ्ना ढंगले नै लड्नु उचित हुन्छ । यो बहुदलीय लोकतन्त्रको पहिलो खुड्किला पनि हो जहाँ निश्चित विचार र सिद्दान्त अँगाल्ने मानिसहरूले राजनैतिक दल गठन गर्छन र जनता समक्ष अनुमोदनका लागि पुग्छन् । ती विचार र सोचका कारणले अलग भएर नै अलग दलहरू बनेका हुन्छन् अन्यथा ती एकाकार वा एकीकृत हुन्छन् ।एमाले र माओवादीहरूका एक अर्का प्रतिका आक्षेप र दावाहरूले पनि, ती दलहरूले छुट्टाछुट्टै निर्वाचनमा जानै पर्ने कुरा बताउँछन् । पहिला दलहरूले निर्वाचन पूर्ण रूपमा भयरहित माहौलमा सम्पन्न गरेर, कुनै अमुक विचारका पक्षमा कति मतदाता वा जनता रहेछन् भन्ने कुरा थाहा पाएपछि सबैलाई आ-आफ्नो हैसियतको ज्ञान प्राप्त हुनेछ ।
अर्को कुरा, कतिपय बामपन्थमा विस्वास राख्ने शुभेच्छुकहरूले भन्ने गरेको “ नेपालका कम्युनिष्ट नमिलेर, कांग्रेस वा अरूले निर्वाचन जित्छ नेपालमा” भन्ने कुरा पनि बामपन्थी दलहरू प्रतिको सदिच्छाले भन्दा कांग्रेस वा अरू पार्टीले सत्तामा पुग्ने अवसर नपाओस् भन्ने नकारात्मक चिन्तनबाट अनुप्रेरित छ भन्नै पर्छ । यो किनभने, विचार र व्यवहारका कारण नै माओवादी वा एमाले धेरै जसो परिस्थितिमा कांग्रेस वा अरू राजनैतिक पार्टीसंग धेरै नजिक छन् , केवल ‘कम्युनिष्ट’ भन्ने शव्द र केही वामपन्थी शव्दभण्डारको साझा प्रयोग बाहेक ।
तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।
नेपालमा तालमेल, मेलमिलाप र मिलिजुलीपनको खाँचो छ भने सबै पक्षबीच संस्कारका रूपमा जरूरी छ । निर्वाचन त प्रतिस्पर्धा गर्नैका लागि हो , गर्न सक्नु पर्छ खुट्टा नकमाइकन निर्धक्क आफ्नो विचार बोकेर स्पष्टतासाथ । यस कुरामा धेरै रोदन, प्रलाप र माथापच्ची नगरी निर्वाचन लडौँ किनभने राजनीति गर्छु भन्ने व्यक्ति र दलहरूका लागि त यो सबैभन्दा महान अवसर हो !


March 21, 2008

हामीले निर्वाचन चाहन्छौँ किनभने हामीले जित्नै पर्छ , नजिते के गरिन्छ देखौला !

कम्युनिष्ट क्रान्तिको सम्पन्नता मार्फत देशमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको एउटा राजनैतिक पार्टिले , कालान्तरमा प्रजातान्त्रिक पद्दतिबाट आफ्नो हिंसात्मक आन्दोलनलाई सेफ ल्याण्डिङ गर्न पर्‍यो भने यसो गर्नु पर्ला भनी राखेको विकल्प नै राजनैतिक मुद्दा निरूपणको नेपाली इतिहासमा विविध राजनैतिक पक्षको मिलन बिन्दु हुन पुगेको छ । अब जनताले संविधानसभाको निर्वाचनमा आफ्ना प्रतिनिधि छनोट गरेर, कुन राजनैतिक दल समूह र पक्षमा कति जनता रैछन् त भन्ने फैसला दिए पछि मात्र , नया परिस्थितिमा आफ्नो वास्तविक हैसियत कति रहेछ भन्ने कुरा सबै घटकहरूले थाहा पाउने कुरामा विश्वस्त हुन सकिन्छ । तर , जनताले निर्वाध रूपमा भय मुक्त हुँदै कुनै पनि विचारका पक्षमा आफ्नो मत प्रदान गर्ने मौका पाए भने मात्र यो कुराको औचित्य प्रमाणित हुने हो । हैनभने , जुन माहौलमा अहिलेको निर्वाचन सम्पन्न हुन जाँदैछ त्यो कुरालाई हेर्दा नेपाली इतिहासको यो सबैभन्दा महत्वपूर्ण घटना कतै सबैभन्दा नाजूक परिस्थितिमा त हुँदै छैन भन्ने आशंका जन्मने ठाउँ भने प्रशस्त छ ।
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?



March 16, 2008

दलहरू, मित्रवत् प्रतिस्पर्धा गर !

ऐतिहासिक संविधानसभाको निर्वाचनमा दलहरू मित्रवत् प्रतिष्पर्धा गर :

विधिसम्मत रूपमा मुलुकभरिकाका वयस्क मतदाता जनताले चुनेर पठाएका संविधान सभाका प्रतिनिधिहरूले गठन गरेको विशेषज्ञहरूको समूह द्वारा लेखिने संविधान र सोही सभाले अनुमोदन गरी संविधान बनाउनु पर्छ भन्ने सुनौलो चाहना २००७ सालमा सम्पन्न राणा विरोधी आन्दोलनसंगै मुलुकको गर्भमा उदाएको हो। संविधानसभाको गठन र यसले लेख्ने वा अनुमोदन गर्ने संविधानले मुलुक र यसको प्रभुसत्ताका वास्तविक हकदार जनता र जनता मात्र हुन भन्ने कुरालाई नि:शर्त स्थापित गर्छ । मुलुक जनताको हो र मुलुकभित्र राजनीतिको नाममा गरिने हरेक साना ठुला निर्णयहरूमा अन्तिम फैसला लिने आधिकारिकता केवल जनअनुमोदन मार्फत मात्र हो भन्ने विश्वव्यापी लोकतान्त्रिक सिद्दान्तका आधारभूत मान्यताहरूको विधिसम्मत स्थापनाको पहिलो कडी संविधानसभाको गठन र यसले गर्ने तत्पश्चातका कार्यहरू हुन् । वंश, परिवार र निश्चित जात वा समूहको ठालूवादी कब्जा वा विशेषाधिकारबाट राजनीति र राष्ट्रलाई स्वतन्त्र पार्दै यस्तै अभिजात्य र सामन्तवादी चिन्तनको रूढीवादी मान्यताहरूको वैधानिक विसर्जन गराई जनताको मुलुक र राजनीतिलाई उनीहरूकै जिम्मेमा छोड्ने यो भन्दा विशिष्ट तरिका कुनै हुन सक्दैन । यो अवसर नेपालीहरूले इतिहासमै पहिलो पटक पाएका छन् र अप्रत्यासित बिघ्न वाधा नउब्जेको खण्डमा आगामी एक महिनाको अन्तरालमा यो अवसर प्रायोगिक रूपमा सिद्द पनि भैसकेको हुनेछ । तर पनि यो कार्य अहिले देखिएको जस्तो सहज नहुन सक्छ ।
सर्वप्रथमत:, आसन्न संविधानसभाको निर्वाचन सम्पन्न हुँदा , नेपालमा वर्तमानको यो घडीसम्म अस्तित्वरत पुरानो राज्य प्रणालीका समस्त संरचना: राजतन्त्र , अर्थ-सामाजिक संरचना लगायतका यावत पक्ष र अंगहरूमा आमूल परिवर्तनको औपचारिक यात्राको उठान शुरू हुनेछ । अहिले सम्म माग गरिँदै आएका नेपाली समाज र राजनीतिका अनगिन्ति पक्ष र पाटाहरूमा उच्चरित हुँदै आएका असन्तुष्टिका श्वर र मागहरूको एकै मुष्ट संवोधन हुन पाउने अवसर संविधानसभा नै हो भन्ने लाग्ने हुँदा राजतन्त्रदेखि अस्तित्वरत विविध माग , असन्तुष्टि र अपेक्षाहरूको एकैचोटीको समष्टि प्रभाव र प्रहार यो संक्रमणको नाजुक घडीमा मुखरित हुनु पनि , संविधानसभाको महत्व र यसको अनिवार्यतालाई नै प्रमाणित गर्दछन् । यस्तोमा पुरानो मान्यताले यसको आगमनलाई तिरस्कार गर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो भने यो कठिन प्रसव वेदनामा नेपाली राष्ट्रले सहनु परेका अप्ठ्याराहरूको श्रृङ्खलात्मक क्रमलाई पनि बुझ्नेहरूले समयको अनिवार्यताका रूपमा बझेका छन् । अत: यो बेलामा अप्रत्याशित ढंगले अनपेक्षित बिघ्नहरू नया स्वरूप र नया पहेली बनी प्रस्तुत हुन सक्छन् र यो क्रम संविधानसभाको निर्वाचन ,गठन, नया संविधानको लेखन, अनुमोदन , जारी हुने समय अनि त्यसपछिका समयमा पनि चलिरहने छन् । यत्ति हो समय क्रममा , यस्का चाल, छाल र उद्वेगहरू शिथिल बन्दै जालान् । तर पनि नेपाली राजनीतिपटका अभियन्ताहरूले यी संगीन मामिला, पक्ष, क्रिया , प्रतिक्रिया र अन्तर्क्रियामा ध्यान दिएनन् र केवल चुनाबी राजनितिको दलिय गणीत केलाउनमा आँफूलाई केन्द्रित राखे भने , निश्चित दल विशेषको चुनाबी विजयमा , मुलकको भाग्य फेरि हार्नेछ र मुलुकवासी नराम्रो गरी ठगिनेछन् । पछिल्ला दिनहरूमा निर्वाचनका पक्षमा वातावरण बनेको जस्तो देखिए पनि यो दूर्भाग्यका संकेतहरू देखिने क्रम भने जारी छ ।
पछिल्लो एक महिनामा , आसन्न निर्वाचनलाई हुन नदिने केही आन्दोलनहरू सिर्जना भए । राजनैतिक नेतृत्वले तिनलाई सम्झौताको बिन्दुमा लैजान सफल मुहिम चलायो। वार्ता र सम्झौताहरू भए। पुन: ती समझौताहरू माथि क्रिया प्रतिक्रिया पनि आए । यस बीचमा छिमेकी मुलक भारतको चासो र संलग्नताका बारेमा धेरै अड्कल र आक्षेप पनि उठाइए । सकारात्मक वा नकारात्मक जुन दृष्टिले बुझ्न खोज्नेहरूका पनि आ-आफ्नै तर्कहरू थिए। जति यो संगीन समयमा निर्वाचनलाई हुन नदिन गरिएका आन्दोलनहरूका बारेमा सकारात्मक र नकारात्मक प्रतिक्रयाहरू आए त्यति नै ती आन्दोलनहरूसंग सम्भावित र प्रकट रूपमा जोडिन आएका पक्षहरू र भएको सम्झौतालाई पानि मान्छेहरूले आ-आफ्ना सैद्दान्तिक र वैचारिक धरातलमा उभिएर केलाए । यी सबै घटनाक्रमहरू नितान्त स्वाभाविक थिए।
बहुदलीय प्रतिस्पर्धात्मक शैलिको निर्वाचनमा होमिँदा, बिभिन्न दलहरूले चुनाबी राजनीतिमा आफ्नो बरिष्ठता साबित गर्ने भरमग्दूर कसरत गर्नु कुनै मानेमा अन्यथा हैन । तर पनि, अब हुन गइरहेको निर्वाचन र यो निर्वाचन पछि गठन हुने सभाका सभासदहरूले गर्ने कार्य नेपाली राजनितिको दीर्घकालीन भविष्यका लागि मार्गदर्शक हुने महत्वको भएको हुनाले , अहिलेको निर्वाचनलाई केवल दलहरूको आवधिक कार्यकालको सरकार गठन गर्न सम्पन्न गरिने निर्वाचन प्रतिस्पर्धाको रूपमा मात्र बुझ्न खोज्नु यसको गुरूतापूर्ण सन्दर्भ, महत्व र प्रकृतिलाई बुझ्न नसक्नु हो ।
राजतन्त्रसंगको मुद्दामा मात्र यो महत्वपूर्ण घटनालाई जोडेर अरू अझ महत्वका भावी नेपालको भाग्यसंग सिधा सरोकार राख्ने विषयहरूमा मौन साध्न खोज्नु पनि यो निर्वाचनसंग जोडिएका प्रत्यक्ष सरोकारवाला दलहरूको कमजोडी हो । अनि आसन्न निर्वाचनलाई एउटा पार्टीको विजयले मात्र सही र सफल उद्देश्यमा पुर्‍याउनेछ अन्यथा अर्को अनिष्ट खडा गरिनेछ भनेर जुन खालको हूंकारयुक्त आवाज दलहरू मध्येका निश्चित घटकहरूबाट आउने गरेको छ , यो कुरा समावेशी र सम्झौताको बुनियादमा टिकेको वर्तमान र यसले ताकेको मेलमिलापको भविष्यको प्रष्ट खिलापमा देखिएको छ ।
अब कसैले जित्ने हार्ने र कसैको जित वा हारबाट अरू कसैको प्रभावलाई पूर्ण रूपमा निष्प्रभावी बनाउने योजना लिएर नेपालको राजनीतिलाई अगाडि हाँक्न चाहनेहरूले आफ्नो स्वाभाव र योजनाले अबको नेपाललाई चलाउन सकिन्न भन्ने कुरा बुझ्न जति ढिलो गर्छन त्यति नै उनीहरू समसामयिकताबाट बाहिरिन्छन् वा मुलुकलाई निकास दिने कुरामा सँधै बाधक बनिरहन्छन् । समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्थाले पनि यही कुरालाई अँगालेको हो ।
चुनाबमा दलहरू दलीय मुद्दा लिएर उभिए पछि प्रतिस्पर्धा अवश्य हुन्छ । तर , कसैले यो हामीले बोकेको मुद्दा थियो, अरू त दाउ थाप्न आएका हुन भन्ने सोचेर अरू माथि धावा बोल्न कसिन्छ भने त्यसले लोकतन्त्रको आधारभूत अर्थ बुझेको छैन भन्ने बुझ्नुपर्छ अथवा उसले भन्ने वा दावा गर्ने कुरा र उसको लुकेको उद्देश्य बीच ठूलो खाडल विद्यमान छ । लोकतन्त्रले विचार र मुद्दालाई स्थापित गर्छ , पात्रहरू फेरिएर केही फरक पर्दैन। मारमुंग्रीको राजनीतिले लोकतन्त्रको केवल उपहास गराउँछ, कुनै मुद्दाको निरूपण गर्दैन ।
वर्तमानको संवैधानिक व्यवस्थाले, दलहरूले संविधानसभामा खुला प्रतिस्पर्धाका आधारमा जित्ने स्थान बाहेक उनीहरूले प्राप्त गरेको मत प्रतिशतलाई पनि उत्तिकै महत्व दिएको हुनाले, चुनाबी तालमेलहरू त्यति सहज नहुन सक्छ किनभने यसो गर्दा पार्टीको पक्षमा मत कम पर्ने हुन आउँछ । तर पनि खेलका नियमहरू हुन्छन् र तिनको पालना गरिएन भने खेल खेल नभएर जालझेल र नियम बीनाको ग्याङ फाइट हुनपुग्छ । नेपाली राजनैतिक इतिहासको यत्रो महत्वपूर्ण र अभुतपूर्व सन्दर्भलाई हामीले जतनसाथ अपनाउन सक्नुपर्छ ।
दलहरू , अत: स्वस्थ प्रतिस्पर्धा गर र जटिल मुद्दाहरूको निरूपणमा सहकार्य गर्न सिक ।


-एकलव्य



March 15, 2008

Free Tibet

यो शब्द उच्चारण गर्न जति सजिलो छ त्यसको भाव उत्तिकै गहिरो छ। हिप्पीहरु "Free Tibet" लेखिएको टि-सर्ट लगाएर गांजामा लठ्ठीएर घाम ताप्दै सुतेको देख्दा लाग्छ तिब्बत सित्तैमा घुमेर यसै गरेर दंगदास भएर सुत्नु हो। पर्यटकबाट अर्थतन्त्रमा ठुलै टेवा पुगेको तिब्बतमा यो नारा हिमकाय देशको त्रासले फिरन्तेको टि-सर्टमा सिमत हुन पुगेको छ।
आधी शताब्दी अघीबाट आफ्नो पहिचान गुमाएको तिब्वत हिजो आज बर्षमा १ पटक अझै चर्चामा आउने गर्छ। तर यस पटकको चर्चा भने लामै समयसम्म रह्यो। अझ भन्नु पर्दा आजको दिन सम्म तिब्वतको खबरले समाचारमा ठाउ ओगटिरहेकोछ। करिब करिब यो खबरबाट बेखबर नेपाली पत्रिका नेपालकै शहरहरुमा आफ्नो देश मुक्त गराउन पहल गरिरहेका तिब्तिय शरणार्थीहरुले नेपालमा पर्दशन गर्न पाउछन र, बहश गर्दैछन नेपाली जनता। दु:खको कुरा नेपालकै पहिचान भारी भइरहेको देशमा आफ्नो देशको पहिचान खोज्दैछन तिब्बतीहरु।करिब ४९ बर्ष पहिले तिब्बतको पूर्वी भुभाग चाम्डो हडपेर त्यस पछी १७ बुदे सम्झौता गेरर त्यही सम्झौतालाइ पासो बनाउदै सारा तिब्बतलाइ चिनले हडपेको थियो। तिन दिन सम्म चलेको चिनिया र तिब्बतीबिचको लडाइमा २००० तिब्बतिले ज्यान गुमाएका थिए। समर्थन बिरोध सधै हुने नै गर्छन। त्यतीबेला पनि तिब्बतका राष्ट्र प्रमुख दलाइ लामाले अमेरिका,बेलायत,भारत,रुस आदी देशसंग संरक्षणको लागी हार गुहार गरेका थिए। सुनुवाइ कतै भएन,चिलले कुखुराको चल्ला च्यापेर आकाशमा उढे जस्तो सबैले हेरी मात्र रहे। कुखुराको चल्ला चिल्लाए जस्तै चिल्लाउनु बाहेक शान्त तिब्बतीहरुको अरु उपाए केही रहेन। छानी छानी माओका सेनाले सताउदै गए, बाउलाइ बाधेर छोरालाइ बन्दुकले मार्न लगाए। साना साना तिब्बती बालकलाइ परिवार नियोजन गरियो। यातनाको सिमा रहेन। कति जिउदै जलाइए, कति म्रत्यु र जिबनको दोसांधमा सास धान्दै बांचे। जिउदै आफ्नो अगाडी म्रत्यु नाचेको देख्नु भन्दा पहाड काटेर दक्षीण झर्नु स्रेयसक्कर ठाने। दक्षीणको यात्रा त्यती सजिलो थिएन, हिम पहाड काट्दा ज्यान नै जोखीमा हुन्थयो तर जिउदै मारिनु भन्दा पहाडमै मर्न रोजे र नेपाल तथा भारतमा शरणार्थी बन्न पुगे। कैयौं दिनको उकालो र ओरालो, हिउ बग्ने खोला र खानेकुराको अभाव, धेरै बुढा बुढिले हिम पहाडमै अन्तिम आराम गर्ने ठाउ बनाए। आफ्नै प्रियजन अनकन्टार पहाडमा संसार छोड्दा मरेका लाशलाइ ढुगांले थिचेर छोडेर जान्थे आफ्न्तहरु। केहि समय यता उता भएको चिनिया सेनाको गोलीको शिकार बन्नुपर्थ्यो।सिमा सुरक्षा निकै कडा थियो। दलाइ लामाले तिब्बत छोड्दा त हेलीकप्टर लगाएरै खोजी गरिएको थियो। उनको हत्या गर्न पोतला दरबारमा नै आगो लगाइको थियो र भोली पल्ट चीनिया सेना जलेका मान्छेलाइ उत्तानो पार्दै दलाइलामा हुन कि होइनन जाच्दै हिडेका थिए। तिब्बत छोडेर नेपाल पस्दा देउरालीमा उनिहरुले कपडा बाधेर जान्थे जस्को अर्थ हुन्छ "Free Tibet"। म्रित्युसंगै जुधेर देश पार गर्दा पनि अन्तिममा देशलाइ मुक्त गर भन्न कहिलै भुलेनन तिब्बतीहरुले।
अहिले चिन विश्वमा ठुलै हैसियत राख्ने मुलुक भएको छ। तर चिन जबरजस्ति हडपेको तिब्बतलाइ आफ्नै हिस्सा ठान्छ भने सारा विश्व चिनकै मौन समर्थन गरिरहेको छ। इसं १९४९ मा तिब्बत छुट्टै देश भनेर अनुमोदन गरेको छिमेकी राष्ट्र नेपाल पनि चिनिया आर्थिक सहयोगको प्रोभोलनमा तिब्बत समस्या चिनको आन्तरीक मामला भनेर पन्छिने गरेको छ। तर फेरी तिब्बतीहरु तिब्बत गुमेको ४९ बार्षिकीमा जुरमुराएका छन तिब्बत खोज्न। खुला देशको रुपमा चिनीन २९औं ओलम्पिक आयोजना गर्नेलागेको चिनलाइ यस पटक भने तिब्बती आन्दोलनले सारै अप्ठ्यारोमा पारेको छ। जतीसुकै शक्तीसाली देश होस, त्यो भन्दा शक्तीसाली जनता हुन्छन। आफ्नो शक्ति खेर जान नदिइ सहि प्रयोग गर्दै गएमा एक दिन तिब्बत पक्कै पनि चिनबाट मुक्त हुनेछ।





March 11, 2008

सत्य होस तथ्य किन चाहियो?

एकदम नराम्रो समाचार नघटे न्युज डेस्क नै मसानघाट जस्तो हुन्छ रे। सबैलाइ खिच्ने या रडाको मच्चेको खबर नभए मुख्य समाचार के बनाउने, पत्रकारको दिनहुं चिन्ताको कुरो हो। त्यसैले हेर्नुहोस नराम्रो भन्दा नराम्रो खबरले ठाउं पाएका हुन्छन पत्र-पत्रकिमा। कान्तिपुर बिक्नमा मात्र नं १ होइन यस्तै लटर पटर समाचारमा पनि नं १ छ। झार झुर पारेर तातो खबर पस्किहाल्यो, गलत भए पछि खण्डन गरे भो। फेरी गलत नै भए नि कस्लाइ चासो, भोली पल्ट तरकारी पोको पार्न पुग्छ, तरकारीलाइ के सत्य के तथ्य? अझ प्राबाधीक लेख हुनु पर्छ कान्तिपुर पढ्दा भुणी पुराण पढे भन्दा मजा आउछ। जड्याले अंग्रेजी मिसाए जस्तो अन्ट सन्ट मिसाएर पुरा रामायण तयार पार्छन। त्यो रामायणमा सिताको श्रिमान रामको सट्टा रावण त परै जाओस हुनमान हुन बेर लाग्दैन। तर बिकेकै छन ति फाल्तु रामायण। अहिले नेपालमा टेब्लोइड पत्रिका भनेर "नया पत्रिका" निस्केको छ। छोटो समयमा समाचार दुनियामा ठुलै हिस्सा ओगटेको यो पत्रिका निकै सन्सनी खबर लिएर दैनिक निस्कने गर्छ। यसका खबर पढ्दा लाग्छ बेलायतका टेब्लोइडसंग यसले कुम मिलउने क्षमता राख्दछ। तर कता कता यसले पनि सिन्की तरिकाले खबर खादेको हो को जस्तो लाग्न थाल्यो। न्यु योर्क टाइम्सको हवाला दिदै एक घन्टाको लागी १००० डलर तिरेर न्युयोर्कका गभर्नर इलियट स्पिट्जरले वासिङ्टन होटलमा एउटी वेश्यालाई राखेको संघीय जाँच ब्युरोले पत्ता लगाएको छ भनेर मे १२ मा लेखेको छ। बासिगंटनको मेफ्लाओर होटलमा क्लाइन्ट ९ नामबाट एक वेश्यालाइ स्पिट्जरले ४००० हजार डलर भन्दा बढि दिएको खबर सबै पत्र पत्रिकामा स्पष्टै छ। हुन त गत साल करिब २ कोरोड डलर आम्दानी गरेका स्पिट्जरलाइ १००० हजार या ४००० ले के नै फरक पर्ला? करोडौ करोड घोटाला हुने देश नेपालमा त्यती २-४ हजारको भिन्नतामा नेपाली पत्रिकाको के आखा जाओस?


February 25, 2008

फागुनमा तिहार

खै परदेश आउने भनेर यहाँ सम्म आईयो -- खर्च बर्च नी निक्कै लाग्यो। अहिले सम्म उतै बस्या भए आफ्नै देश परदेश हुने रे छ। अन्त जानै नपर्ने।

अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।


ह्याप्पी तिहार।

माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।

तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।