October 10, 2017

राइनासकोट नमुना गाउँ उदघाटन सँगै होमस्टे सञ्चालन

लम्जुङ जिल्लास्थित राइनास नगरपालिका, वडा-९ को शिरमा अवस्थित ऐतिहासिक कोट "राइनासकोट" को नजिकै रहेको राइनासकोट गाउँमा भूकम्प पछिको पुनर्निर्माण सम्पन्न भएको छ | पुनर्निर्माण अन्तर्गत १ सामुदायिक भवन र १४ वटा आवासीय घरहरुको नयाँ निर्माण तथा १ संग्राहलय (घुमाउने घर) र २ पुराना घरहरुको संरक्षण रहेका छन् | संगसंगै अमेरिका र संगसंगै नेपालको मुख्य आर्थिक सहयोग, सर्वोदय सेवाश्रमको स्थानीय समन्वय र स्थानीय जनताहरुको सहभागितामा सम्पन्न पुनर्निर्माणको जम्मा लागत २ करोड ५० लाख रहेको छ, जस मध्ये १ करोड ६० लाख बराबर “संगसंगै” बाट सहयोग र ९० लाख बराबर स्थानीय सहभागिता भएको छ | उक्त पुनर्निर्माणमा संगसंगै अमेरिका संयोजक नतासा ओजनियकको प्रमुख भूमिका रहेको छ |




September 17, 2017

स्थानिय चुनावमा कस्ता उम्मेदवारहरुलाई भोट हाल्ने ?


‘नेपालको संविधान २०७२’ घोषणा हुने ताका केहि विद्वान मित्रहरुले तर्क राखेका थिए,  स्थानिय निकाय सकेसम्म दलिय राजनीतिबाट मुक्त हुनुपर्छ र त्यो कुरा संबिधान मै ग्यारेन्टी गरिनुपर्छ| केहि गरि नगरप्रमुख वा गाउँप्रमुखमा त्यस्तो हुन सकेन भनेपनि वडा प्रतिनिधिहरु र त्यो भन्दा तलका पदहरुमा राजनीतिक उपस्थिति हुनुहुदैंन | नेपालको सामाजिक चालचलन, पहिचान र  स्थानिय सामान्य विकास निर्माणमा समेत दलिय राजनीतिले पुर्याउन सक्ने नकारात्मक प्रभावलाई गहिरो गरि विश्लेषण गर्दा यो विचार अत्यन्त सान्दर्भिक थियो | तत्कालिन नेपाल इन्जिनियर्स एशोसियसनको ३० औँ कार्यकारी परिषदको तर्फबाट सरकारलाई बुझाईएको सुझावमा समेत यो कुरा प्रष्ट लेखिएको छ |

विगतलाई सम्झदा २०५०-५१ साल तिर गाउँघर, छरछिमेकमा दलिय राजनीतिको अत्यन्त चर्को प्रकोप थियो, विकास निर्माणको कुरा त परै राखौं, सामान्य अइचोंपैंचो, मेलापातोमा समेत आफ्नो रगत भन्दा दलको प्रभाव बढी थियो | सामाजिक बहिस्करण तथा  छरछिमेकमा झगडाको मूल कारण फरक राजनीतिक विचार हुने गर्दथ्यो, पानी बाराबारको अवस्था थियो| एकै थातथलोमा हुर्किएर सदियौं देखि दुखसुख, विहाबारी, मर्दापर्दा समेत संगै हुने मान्छेहरु बिचपनि एकप्रकारको निषेधको भावना थियो| हामी