March 21, 2015

चिट चोर्ने त यसरी

कसरी पास भयो भन्ने होइन की पास भयो की भएन, त्यसमा मतलब छ। अझै फस्ट डिभीजन आयो भने त सुनमा सुगन्धनै भयो नी ?






 पटनामा मेट्रीक परिक्षा चलीरहंदा आफन्तलाई चिट चोराउन गरिएको प्रयास यो एउटा नमुना मात्र हो। एपीले यो फोटो उपलब्ध गराए पनि भारतका केही टिभी च्यानलले भिडीयो नै प्रसारण गरेका थिए। यो फोटोले पटनामा मात्र होइन विश्वभरी नै हल्ला खल्ला मच्चाएको छ। एपीका अनुसार एकै दिनमा ६०० बिध्धार्थी निस्कासीत भएका छन। अब ति निस्कासीत बिध्धार्थीलाई पून परिक्षा दिन ३ बर्ष रोक्का या जेलै चलान पनि गर्ने सकिने छ।

नेपालमा पनि देशै भरी एस एल सी परिक्षा सुरू भएको छ। कुनै परिक्षा केन्द्रबाट केही बोरा किताब बरामद भएको खबर आएको छ। तर यती बिध्न संसारै हल्लाउने गरी समाचार भने आएको छैन। तर नेपालमा परिक्षाको प्रश्नपत्र पहिल्लै बाहिर ल्याउने, चिट चोराउने अथवा अर्काको नाममा परिक्षा दिने रोग सबैले जानेकै हो।

 संसारै चकित बने पनि नियम कानुनको धज्जी उडाउने ठाउंमा यस्ता खाले खबर के नै खबर बन्ला र?


March 7, 2015

गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ

काम र अध्यनले गर्दा समाचार, ब्लग, फेसबुक आदी बाट टाढा भएको थिएं। यतीकैमा नागरीकमा प्रकासित चिनमा नेपाली बेचिएको खबरमा आंखा पूगे। ( हेर्नुहोस ‘१५ लाखमा किनेर बिहे गरेको रहेछ' ) केही नलेखी मनै मानेन।

एसिएन मूलकमा छोरी भन्दा छोराको इच्छा बढी हुने हुंदा चीनमा केटाको संख्या केटी भन्दा निकै बढी छ।चीनको तथ्यांकले भन्छ  १०० जना छोरी जन्मदा १२० छोरा जम्मन्छन। ती केटा बालकलाई संगी भेटाउन हम्मे पर्ने कुरा ८-१० बर्ष पहिले नै आंकलन गरिएको थियो। खबर पढ्दा हो र, होइन होला जस्तो लाग्दथ्यो। तर अहिले नेपाली चेली नै चिनमा लिलाम भएको देख्दा हो त रहेछ भन्ने लाग्यो।

एक बर्ष पहिले चिनको आसपास घुम्ने मौका मिलेको थियो। भियतनाम हुंदा एउटा खबर पढेको थिएं, कम्बोडियाको गाउंबाट केटीहरु जबरजस्ती चिनमा लगेर बेहुलीको रुपमा बेचिन्छ। गरीब र कम पढाइभएका तथा चिनीया भाषा नआउने गाउंका कम्बोडियन केटी त्यसरी बेचिएको खबर पढ्दा नेपालको गाउंबाट भारतमा बेचीएको नेपाली केटीहरुको याद आयो। आफ्नै लोग्ने या आफन्तले केटीहरुलाई नेपालबाट भारत लगेको कथा जस्ता पिडादायिक छन, उस्तै कम्बोडीयाका केटीहरु चिनमा लगेर बेचीएका कथा पिडादायिक छन। सोचें गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ।

सोच्छु गरिबीले नेपालीलाई कती सताएको छ। भारतको आछामको घांसबारी देखी अरबको धुलोसम्म नेपालीको पसिना पोखिएको छ। आधुनीक मलाया बनेका छन जापान र अमेरीका। मिठो सपना बुनेर परदेश हेलिने नेपालीको दुःखको यात्रा काठमान्डूको एयरपोर्टबाटै सुरु हुन्छ। यो कुरा बिदेश जाने हरेकले बुझेका छन। तर बेदेशको जागिरको सपनमा नेपाली चेलीहरुमा अर्को बिष पोखिएको छ " नगदमा खरिद बिक्री"।

मानिसलाई किन बेच गर्न संसारको कुनै पनि देशमा पाइदैन। राजनिती र गरिबीले रुमलिएको नेपालमा त्यसको रोक तोक कस्ले गर्ने? गरिबसंग पनि त सपना हुन्छ। आफ्नो परिबारले पेटभरी खान र एकसरो राम्रो लुगा लगाएको हेर्ने इच्छा कस्लाइ हुंदैन? यस्तै इच्छा र मायाको भुमरीमा नेपाली चेलीहरु अब भ्रिकुटीको मुलुकमा बेचिंदै छन। नागरीकमा छापिएको कथा एउटा अंश मात्र हो, यसले अझै कती सताउने हो। भन्छन बुढी मरी भनेर नरुनु काल पल्कियो भनेर रुनु। हामी सबै प्राथना गरौं यस्तो काल नेपालमा कहिल्यै नपल्कियोस।


तिमीले हेरिरह्यौ

राकेश कार्की

तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ

तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्कि फर्कि हेर्न नसकि
अहिले रोएँ पिलपिल

तिमीले हाँसेर बिदा दिँदा
मायाले मलाई समाइरह्यौ
तिम्रो मनको घाउ मलाई
सुम्सुमाउन थमाइरह्यौ

फेरि फर्किन्छु चाँडै भनि
म गइरहेँ
सपना बटुल्दै विरानो देशमा
तिमी मै भइरहेँ