August 26, 2013

मजानै बेग्लै

तर्केसी तिमी , आँशुमा जिउनुको मजानै बेग्लै 
उफ ! जिउदै अचानोमा रेटीनुको मजानै बेग्लै 

संगै मिली भाग्य रेखा बदल्ने भन्दा भन्दै 
काटेसी पखेरू, मुटु दुखाई हास्नुको मजानै बेग्लै 

देउतै निष्ठुरी , भाकल मेरो सुन्दा सुन्दै 
पिडै  पीडाको झिरमा उनिनुको मजानै बेग्लै 

सप्तरंगी सहितको प्रभात खोज्दा खोज्दै 
घुन जस्तै , जात्तोमा पिसिनुको मजानै बेग्लै 

प्रभात 
क्यालिफोर्निया 


August 25, 2013

नयाँ नेपाल

बसन्तमोहन अधिकारी
 
रगतले नुहाएर नयाँ नेपाल बनाएछौ
जन्मदिने यो आमालाई सधैं कति रुवाएछौ ?
जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैं घरमा लडाएछौ
 
भाई रुँदै खाडी मुलुक, बैनी घर रोईराछीन्
र्मनु बाँच्नु गरिवलाई तड्पाएछौ
राजनिती चाल तिम्रो जनतालाई ऋण बढ्यो
आफु भोग्न सत्ता भत्ता चुनाव भन्दै कराएछौ
 
अब गर्ने चुनावले नयाँ रुप को को आउँछौ
नेपाली जनतालाई सबै यि रुप देखाएछौ
एैले बन्न नसकेको यो संविधान कैले बन्छ
मिठो सपना देखाएर थाङ्गनामाथी सुताएछौ