April 26, 2015

भूकम्पका प्रश्न #Nepal's Earthquake

सर्वप्रथम त भूकम्पमा ज्यान गुमाउने देशबासीप्रती हार्दीक श्रद्दान्जली।

भूकम्प आयो गयो। क्षती धेरै भयो, केही थाहा भयो केही थाहा हुन बांकी छ। मान्छे मरे, घर भत्कीए, बाटो चिरीए। किन यती क्षती? क्षती हटाउन सकिन्थ्यो की? भूकम्प निर्मुल नै पार्न सकिन्थ्यो की?
नेपालको धरोहर धरहरा भत्कीयो, यस्लाई बचाउन सकिन्थ्यो की?

मरेका मान्छेलाइ त जलाउने, घाइतेलाई कसरी उपचार गर्ने? त्यो भन्दा ठुलो प्रश्न भत्कीएका संरचना कहिले बनाउने? के अब धरहरा फेरी ठडिएला? कती अग्लो थियो, कसरी बनेको थियो? प्रश्न धेरै छन, उत्तर मात्र शुन्य।


करीब ८ रेक्टर स्केलको भूकम्प आयो, त्यो भन्दा ठुलो भूकम्प मिडीया र फेसबुकले ल्याए। भूकम्प पछी स-सना भूकम्प आएका आएै छन। अनगिन्ती भूकम्पले भयभित नेपाली मनमा कसरी मलम लाग्ला?
नेपाल भूकम्पको रेखामै पर्छ। यो थाहा भएकै कुरा हो। तर यो भूकम्पले किन यती भय ल्यायो?
नेपालमा भूक्मप त आइनै राख्छ। सायद यो शताब्दीमा यती ठुलो आएकै थिएन। नेपाल भूकम्पको रेखै माथी पर्छ। पटक पटक भूकम्प आउनूको सट्टा एकै पटक आउंदा ठुलो क्षती हुन्छ, सायद नेपालमा त्यही भएको हो की?

हजुर प्रश्न धेरै छन, उत्तर कमै छन। प्रश्न माथी प्रश्न थुपार्दा उत्तर हराएको पत्तो नै भएन। तर अब के त? एक बर्षमा यो भुकम्पले नेपाललाई कता पुर्याउला? नेपाल पूरानै स्थानमा फर्किएला की अझ थला पर्ला?
गोलमेच सम्मेलन, संबिधान सभा, लोकतन्त्र, गणतन्त्र, संघियता आदीले देश थला परेको छ। अब यो माहा-भूकम्पले देशलाई कती थलो पार्ने हो?
यो बिपत्तीमा सहयोगका हात निकै फैलिएका छन। हरेक देश, संस्थाबाट सयोग नेपाल ओइरेका छन्। ती सहयोग काठमान्डौमै थन्किनेहो की गोरखाको बा्र्पाक सम्म पूग्ने हो?

प्रश्न धेरै, उत्तर कम, प्राय बिध्धार्थीको एस.एल.सी उत्तर पूस्तीका जस्तै छ। नेपालीको कर्म अधीकांश तेस्रो श्रेणीमा उत्रीन्छन, त्यस्तै छ नेपालको अबस्था। यो भूकम्पले श्रेणी अझ खसाल्ने हो की? चौथो श्रेणी छैन। भए नेपालका नेताले नेपाललाई चौथो श्रेणीमै थन्काउथे।

भन्छन आगोले पोले पछी छोरो सप्रन्छ। आउने जाने ढोका बन्द भए नया ढोका भेटीन्छ। रात सकिए पछी नया बिहानी उदाउंछ। बिपत्तीले तहस नहस पारेको प्रकीतीमा सुन्दर आकिर्ती देखीन्छ। त्यस्तै बनोस यो नेपालको बिपत्ती।

 नेपालले नेपालीको माया पाइरहोस!


April 1, 2015

फोटो आंफै बोल्छ :: Photo speaks itself



सिरीयामा पत्रकारले टेलिस्कोपीक क्यामाराले फोटो खिच्दा ४ बर्षे बालीकाले हतियार ठानेर आत्मसमर्पण गरेको तस्बीर आंफै बोल्छ।

A kid in Syria mistook SLR camera with telescopic lense as a gun and raised her hand to surrender.


March 21, 2015

चिट चोर्ने त यसरी

कसरी पास भयो भन्ने होइन की पास भयो की भएन, त्यसमा मतलब छ। अझै फस्ट डिभीजन आयो भने त सुनमा सुगन्धनै भयो नी ?






 पटनामा मेट्रीक परिक्षा चलीरहंदा आफन्तलाई चिट चोराउन गरिएको प्रयास यो एउटा नमुना मात्र हो। एपीले यो फोटो उपलब्ध गराए पनि भारतका केही टिभी च्यानलले भिडीयो नै प्रसारण गरेका थिए। यो फोटोले पटनामा मात्र होइन विश्वभरी नै हल्ला खल्ला मच्चाएको छ। एपीका अनुसार एकै दिनमा ६०० बिध्धार्थी निस्कासीत भएका छन। अब ति निस्कासीत बिध्धार्थीलाई पून परिक्षा दिन ३ बर्ष रोक्का या जेलै चलान पनि गर्ने सकिने छ।

नेपालमा पनि देशै भरी एस एल सी परिक्षा सुरू भएको छ। कुनै परिक्षा केन्द्रबाट केही बोरा किताब बरामद भएको खबर आएको छ। तर यती बिध्न संसारै हल्लाउने गरी समाचार भने आएको छैन। तर नेपालमा परिक्षाको प्रश्नपत्र पहिल्लै बाहिर ल्याउने, चिट चोराउने अथवा अर्काको नाममा परिक्षा दिने रोग सबैले जानेकै हो।

 संसारै चकित बने पनि नियम कानुनको धज्जी उडाउने ठाउंमा यस्ता खाले खबर के नै खबर बन्ला र?


March 7, 2015

गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ

काम र अध्यनले गर्दा समाचार, ब्लग, फेसबुक आदी बाट टाढा भएको थिएं। यतीकैमा नागरीकमा प्रकासित चिनमा नेपाली बेचिएको खबरमा आंखा पूगे। ( हेर्नुहोस ‘१५ लाखमा किनेर बिहे गरेको रहेछ' ) केही नलेखी मनै मानेन।

एसिएन मूलकमा छोरी भन्दा छोराको इच्छा बढी हुने हुंदा चीनमा केटाको संख्या केटी भन्दा निकै बढी छ।चीनको तथ्यांकले भन्छ  १०० जना छोरी जन्मदा १२० छोरा जम्मन्छन। ती केटा बालकलाई संगी भेटाउन हम्मे पर्ने कुरा ८-१० बर्ष पहिले नै आंकलन गरिएको थियो। खबर पढ्दा हो र, होइन होला जस्तो लाग्दथ्यो। तर अहिले नेपाली चेली नै चिनमा लिलाम भएको देख्दा हो त रहेछ भन्ने लाग्यो।

एक बर्ष पहिले चिनको आसपास घुम्ने मौका मिलेको थियो। भियतनाम हुंदा एउटा खबर पढेको थिएं, कम्बोडियाको गाउंबाट केटीहरु जबरजस्ती चिनमा लगेर बेहुलीको रुपमा बेचिन्छ। गरीब र कम पढाइभएका तथा चिनीया भाषा नआउने गाउंका कम्बोडियन केटी त्यसरी बेचिएको खबर पढ्दा नेपालको गाउंबाट भारतमा बेचीएको नेपाली केटीहरुको याद आयो। आफ्नै लोग्ने या आफन्तले केटीहरुलाई नेपालबाट भारत लगेको कथा जस्ता पिडादायिक छन, उस्तै कम्बोडीयाका केटीहरु चिनमा लगेर बेचीएका कथा पिडादायिक छन। सोचें गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ।

सोच्छु गरिबीले नेपालीलाई कती सताएको छ। भारतको आछामको घांसबारी देखी अरबको धुलोसम्म नेपालीको पसिना पोखिएको छ। आधुनीक मलाया बनेका छन जापान र अमेरीका। मिठो सपना बुनेर परदेश हेलिने नेपालीको दुःखको यात्रा काठमान्डूको एयरपोर्टबाटै सुरु हुन्छ। यो कुरा बिदेश जाने हरेकले बुझेका छन। तर बेदेशको जागिरको सपनमा नेपाली चेलीहरुमा अर्को बिष पोखिएको छ " नगदमा खरिद बिक्री"।

मानिसलाई किन बेच गर्न संसारको कुनै पनि देशमा पाइदैन। राजनिती र गरिबीले रुमलिएको नेपालमा त्यसको रोक तोक कस्ले गर्ने? गरिबसंग पनि त सपना हुन्छ। आफ्नो परिबारले पेटभरी खान र एकसरो राम्रो लुगा लगाएको हेर्ने इच्छा कस्लाइ हुंदैन? यस्तै इच्छा र मायाको भुमरीमा नेपाली चेलीहरु अब भ्रिकुटीको मुलुकमा बेचिंदै छन। नागरीकमा छापिएको कथा एउटा अंश मात्र हो, यसले अझै कती सताउने हो। भन्छन बुढी मरी भनेर नरुनु काल पल्कियो भनेर रुनु। हामी सबै प्राथना गरौं यस्तो काल नेपालमा कहिल्यै नपल्कियोस।


तिमीले हेरिरह्यौ

राकेश कार्की

तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ

तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्कि फर्कि हेर्न नसकि
अहिले रोएँ पिलपिल

तिमीले हाँसेर बिदा दिँदा
मायाले मलाई समाइरह्यौ
तिम्रो मनको घाउ मलाई
सुम्सुमाउन थमाइरह्यौ

फेरि फर्किन्छु चाँडै भनि
म गइरहेँ
सपना बटुल्दै विरानो देशमा
तिमी मै भइरहेँ


August 1, 2014

गाउँखाने कथा ५५ (Nepali #Gaukhane #Katha)




सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा(Gau Khane Katha) लिएर हाँजिर भएको छ।


आंखो छ माखो रमाउंछ, न हेर्छ न देख्छ, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।