March 7, 2015

गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ

काम र अध्यनले गर्दा समाचार, ब्लग, फेसबुक आदी बाट टाढा भएको थिएं। यतीकैमा नागरीकमा प्रकासित चिनमा नेपाली बेचिएको खबरमा आंखा पूगे। ( हेर्नुहोस ‘१५ लाखमा किनेर बिहे गरेको रहेछ' ) केही नलेखी मनै मानेन।

एसिएन मूलकमा छोरी भन्दा छोराको इच्छा बढी हुने हुंदा चीनमा केटाको संख्या केटी भन्दा निकै बढी छ।चीनको तथ्यांकले भन्छ  १०० जना छोरी जन्मदा १२० छोरा जम्मन्छन। ती केटा बालकलाई संगी भेटाउन हम्मे पर्ने कुरा ८-१० बर्ष पहिले नै आंकलन गरिएको थियो। खबर पढ्दा हो र, होइन होला जस्तो लाग्दथ्यो। तर अहिले नेपाली चेली नै चिनमा लिलाम भएको देख्दा हो त रहेछ भन्ने लाग्यो।

एक बर्ष पहिले चिनको आसपास घुम्ने मौका मिलेको थियो। भियतनाम हुंदा एउटा खबर पढेको थिएं, कम्बोडियाको गाउंबाट केटीहरु जबरजस्ती चिनमा लगेर बेहुलीको रुपमा बेचिन्छ। गरीब र कम पढाइभएका तथा चिनीया भाषा नआउने गाउंका कम्बोडियन केटी त्यसरी बेचिएको खबर पढ्दा नेपालको गाउंबाट भारतमा बेचीएको नेपाली केटीहरुको याद आयो। आफ्नै लोग्ने या आफन्तले केटीहरुलाई नेपालबाट भारत लगेको कथा जस्ता पिडादायिक छन, उस्तै कम्बोडीयाका केटीहरु चिनमा लगेर बेचीएका कथा पिडादायिक छन। सोचें गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ।

सोच्छु गरिबीले नेपालीलाई कती सताएको छ। भारतको आछामको घांसबारी देखी अरबको धुलोसम्म नेपालीको पसिना पोखिएको छ। आधुनीक मलाया बनेका छन जापान र अमेरीका। मिठो सपना बुनेर परदेश हेलिने नेपालीको दुःखको यात्रा काठमान्डूको एयरपोर्टबाटै सुरु हुन्छ। यो कुरा बिदेश जाने हरेकले बुझेका छन। तर बेदेशको जागिरको सपनमा नेपाली चेलीहरुमा अर्को बिष पोखिएको छ " नगदमा खरिद बिक्री"।

मानिसलाई किन बेच गर्न संसारको कुनै पनि देशमा पाइदैन। राजनिती र गरिबीले रुमलिएको नेपालमा त्यसको रोक तोक कस्ले गर्ने? गरिबसंग पनि त सपना हुन्छ। आफ्नो परिबारले पेटभरी खान र एकसरो राम्रो लुगा लगाएको हेर्ने इच्छा कस्लाइ हुंदैन? यस्तै इच्छा र मायाको भुमरीमा नेपाली चेलीहरु अब भ्रिकुटीको मुलुकमा बेचिंदै छन। नागरीकमा छापिएको कथा एउटा अंश मात्र हो, यसले अझै कती सताउने हो। भन्छन बुढी मरी भनेर नरुनु काल पल्कियो भनेर रुनु। हामी सबै प्राथना गरौं यस्तो काल नेपालमा कहिल्यै नपल्कियोस।


तिमीले हेरिरह्यौ

राकेश कार्की

तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ

तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्कि फर्कि हेर्न नसकि
अहिले रोएँ पिलपिल

तिमीले हाँसेर बिदा दिँदा
मायाले मलाई समाइरह्यौ
तिम्रो मनको घाउ मलाई
सुम्सुमाउन थमाइरह्यौ

फेरि फर्किन्छु चाँडै भनि
म गइरहेँ
सपना बटुल्दै विरानो देशमा
तिमी मै भइरहेँ


August 1, 2014

गाउँखाने कथा ५५ (Nepali #Gaukhane #Katha)




सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा(Gau Khane Katha) लिएर हाँजिर भएको छ।


आंखो छ माखो रमाउंछ, न हेर्छ न देख्छ, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।


July 28, 2014

न्याय दिने कि बेच्ने?

न्याय दिने कि बेच्ने?

भारतीय सर्वोच्च अदालका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले अदालतका लागि अदालत विरुद्ध अदालतसँगै २० वर्ष लडे। न्यायालयको शुद्धिकरणको प्रश्न उठाउँदै न्यायधीशको पनि सम्पत्ति विवरण सार्वजनिकीकरणको माग गर्दै सन् १९८९ मा उनले मुद्दा दायर गरे।
 
अन्ततः सन् २००९ मा सर्वोच्च अदालतसँगको लडाइँ टुङ्गियो। जित उनको भयो, तर उनले भने– यो जित मेरो हैन, अदालतको हो। देशको न्यायप्रणालीको हो। यो निर्णयको स्वागत सबैपक्षबाट स्वागत भयो। निर्णयलाई ‘वाटरसेड’ (ऐतिहासिक घटना) को संज्ञा दिइयो।
 
न्यायिक विचलनको घेराबन्दीलाई तोड्न यो कानुन धेरै हदसम्म सफल भयो। न्यायप्रणालीमा सुधारहरु देखिदै गए। न्यायिक स्वतन्त्रता झन् मजबुत हुदै गयो।
 
ग्रहण गर्न सके यो एक सुन्दर उदाहरण हो। तर हाम्रो विडम्बना अर्कै छ। न्यायप्रणाली पनि ‘सिन्डिकेट’ प्रणालीमा चल्न थालेको छ।
 
तासका खेल प्राय सबै जुवा नै हुन्छन्। सबैलाई थाहा छ तीन गड्डा मिसाएर खेलिने तासको खेल के हो भनेर? तर तेह्र वर्ष (२०५७ साल साउन ११ गते) अघि पुनरावेदन अदालत, विराटनगरको एक फैसलाले तासको यो खेल (म्यारिज) जुवा हैन भनिदियो। दिमागी खेल मानियो यसलाई। पुनरावेदन अदालतको यो निर्णयको किस्सा पत्रपत्रिकामा प्रसस्तै आइसकेको छ। हाम्रो अदालती इतिहासमा यो पनि एक ‘वाटरसेड’ नै हो।


July 18, 2014


इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरुबिर्साएर
मलाई मात्र सुखैसुखमा भुलाउँछ भने
जो जो बस्छन्त्यसमा
फननन घुम्छन्शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने
कोही बसेकोही बसीरहेछन्त्यस्मा


May 21, 2014

अमेरिकी राजनीतिमा आप्रबासी नेपाली को प्रवेश हल्ला र यथार्तता

- Shekhar Dhungel
केहि आप्रबासी नेपालीहरुले अमेरिकी राजनीतिमा प्रबेश गर्न इच्छा देखाएको वा रहर गरेको प्रसङ्ग लाइ यथार्ततामा अमेरिका बासि नेपालि र नेपाली समुदाय सबैको ध्यान जानु जरुरि छ "
"अमेरिकी सिनेटर ,कांग्रेस वा अन्य स्थानीय राजनितिकीको पदाधिकारीको लागि छनौटमा पर्न इच्छुक व्यक्तिको आफ्नो मतदाता रहेको क्षेत्रमा उसको योगदान ,पहुच अनि मतदाताको बिस्वास (समर्थन )एक र पहिलो छनौट को आधार हो "यो यथार्तता लाइ ढाकछोप गरि केहि आप्रबासी नेपाली हरु रहर मा वा चर्चा बटुल्न रहरमा निबेदन हाल्ने अनि प्रारम्भिक छनौटमा समेत नपरिकन आफु लाइ उम्मेदवार भन्ने अनि आफ्नो मतदान क्षेत्र वा मतदाता भन्दा बाहिर पुगेर नेपालीहरु सित अर्थ संकलन गर्ने थालेका छन्
त्यस्ता स्वघोषित उम्मेदवारले आफ्नो मतदाता क्षेत्रमा होस् वा नेपाली समुदायमा कहिँ कतै कुनै प्रकारको योगदान गरेको देखिदैन .उम्मेदवार छनौट प्रक्रियामा नै रहेको अबस्थामा नेपाली भएका कारणले अन्य क्षेत्रका नेपाली सित चन्दा संकलन गर्नु बुद्धिमानी हो ?आफ्नो मतदाता क्षेत्रका नागरिकको समर्थन र आर्थिक सहयोग नै एक मात्र छनौटको कसी हो .अन्य क्षेत्रका मानिस सित को आर्थिक संकलन नै छनौटमा पर्ने आधार हो भन्नु गलत हो यदि त्यसो हुन्थ्यो भने १६५ वर्ष पुरानो इतिहास बोकेको आप्रबासी भारतीय र चिनिया हरु बाट


May 10, 2014

नेपाली भाषा नेपाली भेष

हाम्रो भाषा हाम्रो भेष, प्राण भन्दा प्यारो छ। सानो छंदा कुनै एउटा र्यालीमा सुनेको नारा थियो हो। हिजो आज प्रती बर्ष ५ लाख नेपाली बिदेशीन्छन। नेपालमै पनि मन्त्री र सिमीत कर्मचारी बाहेक नेपाली भेषमा कोही देखिन्नन। टिभी त प्राय हिन्दी नै चल्छन नेपालमा। खोइ कती प्यारो छ हाम्रो भाषा खोइ कती प्यारो छ हाम्रो देश। आंफै कुरा मिलाएर बुझ्नुहोला।

तर यसो भन्दैमा नेपाली संस्कारको कमी पक्कै छैन। खोजी गर्ने भने नेपाली भाषा र भेष झल्काउने करोडौं सामाग्री भेटिन्छन। यसै प्रसंगमा तपाईहरुलाई कास्की भेगमा प्रचलीत नेपाली चराहरू समेटिएको स्लोक प्रस्तुत गर्दैछौं।