March 28, 2013

बाबुरामको लेगासी ।


मलाई सधैँ लाग्थ्यो बाबुराम भट्टराई नेपाली राजनीतिको एउटा घमण्डी, ढोँगी र आडम्बरी पात्र हुन् । केही नेपालीहरू उनलाई नेपाली मसिहा बनाएर चित्रण गर्न लागि परे । तर बाबुराम त्यो माओवादी पार्टी जसले नेपाली समाजमा सबैभन्दा खतरनाक र निम्न कोटीको हत्या हिंसाको बीऊ रोपेर समाजलाई रगत पच्छे पारेर निर्मम् प्रहार गर्‍यो त्यही पार्टीको सबैभन्दा जिम्मेवार नेता मध्ये एक थिए भन्ने कुरा मान्छेले कति सजिलै र छिटै बिर्सन चाहे । बाबुरामले आँफूसंग असहमत हुने हरूको कत्लेआम  हिंसालाई अझै नाजायज नभनेको कुरा मान्छेले सजिलै बिर्सन चाहे । लमजुङ् दूराडाँका निहत्था शिक्षक मुक्तिसर र हजारौँ फरक विचार राख्ने मानिसहरू  लाई झूण्ड्याएर,  गोली ठोकेर वा अंगभंग गराएर मारिएको घटनालाई आवश्यकता ठान्ने बाबुराम सभ्यताका कुन मापदण्डले राजनीतिमा अरूभन्दा बढी योग्य पात्र हुन् मान्छेले खोज्न चाहेनन् । सामान्य गाउँमा हुर्केको , पढे लेखेको अनि शहरिया रवाफमा मातेकी अर्ध-नारी पुरुषको छवी बोकेकी  गैर जातीय अभिमानी नारी बिहे गरेका र स्त्रिद्वारा दमित बाबुराम स्वयंमा एउटा कुण्ठाका विम्व हुन् भन्ने कुरा मान्छेले बिर्से  । हिजो उनले लाखौँ गरीब र पछौटे नेपाली


प्रेम पाएमात्र पढाइ सप्रन्छ

‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने 
कसैले छुटाइदिनुपर्ने...


सग्लो आकृति


कोर्दैछु एउटा सग्लो आकृति
घोलेर मानिसका रंगहरु

हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी
चम्किलो भेटिएला केहि केहि
धमिला उस्तै आइलाग्लान्


March 13, 2013

लोकतन्त्रको बन्ध्याकरण

नेपालमा पटक पटक आन्दोलन गरेर राज्यव्यबस्था फेर्ने गरेका राजनीतिक पार्टीहरूले लोकतन्त्र आएपछि
जनता ढुक्क हुन सक्ने अबस्था आएको जिकिर गरेको दशक नपुग्दै लोकतन्त्रको बन्ध्याकरण गरेका छन।
कहिले राना त कहिले राजालाई दोष थोपार्दै देश माथि जान नसकेको व्याख्यान गर्ने पार्टीहरू आफै आफैंमा
झगडा गरेर अन्ततः देशका प्रधान न्यायाधीशलाई देश सुम्पिएका छन। बाटोमा भेटिएको कुराउनी बाँडेर खान
नसक्ने टाटे र पाङ्ग्रे बिरालाले ढेडु बांदरलाइ बराबर बाँड्न लगाउँदा सबै कुराउनी ढेडु बांदरले खाएको पुरानो
लोक कथा नेपालका पार्टीहरूले ब्यबहारमा ल्याएर चरितार्थ गरेका छन।

जनताले चुनेका जनताका छोरालेमात्र देश चलाउन सक्ने भन्दै सबै पार्टीहरुले मिलेर भारतबाट लोकतन्त्र आयात गरेका थिए। तर अहिले न त गाउं,जिल्लामा चुनाबबाट आएका मान्छे छन न त देश चालउने प्रधानमन्त्रीको कुर्चीमा। सबै पार्टीहरु मिलेर देशलाई निकास दिन चुनाब गर्नुपर्नेमा पार्टीहरु बिच न त बिस्वास छ न त सहकार्य। आखिर भोलि भोली भन्दै सहमतीको भजन गाउने मुख्य पार्टीहरु साना दलहरुलाई मिच्दै आफ्नो असमर्थताको लँगौटी प्रधान न्यायाधीशलाई सुम्पेर लोकतन्त्रको बन्ध्याकरण गरेका छन।



February 7, 2013

सिसा त रैछ जिन्दगी

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा 
नबन्दै भत्क्यो नाता , टुटयो बजारै मा 

अस्तित्वको भीख दुनिया सँग माग्दा माग्दै 
आँखा अगाडी जिन्दगीले , लुट्यो बजारैमा 

उराठ पतझड बस्ती भित्र , रंग भर्दा भर्दै 
भाग्य कोर्ने कलमनै , फुट्यो बजारैमा

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा 
प्रभात नै नआई , अन्धकारले छोप्यो बजारैमा


प्रभात
-----
भियना


January 20, 2013

काठमान्डूको फोहोर काठमान्डूबासिको सभ्यताको परिचय

January 18, 2013

●लुना
बेल्जियम नागरिक ब्रुनो ले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले युबट्युब मार्फत 
भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर  २०१२ मा पोस्ट भएको रैछ  । भिडियोमा काठमाडौँ
हिमालय , नेपाल , ट्रेकिंग शब्द उचारण गरेको बाहेक अरु क्यै शब्द बुझिन । फ्रेन्च भाषा प्रयोग
भएको छैन भिडियोमा । बाँकी सबै दृश्यले नै बताउँछ भाषा नबुझिए पनि । सार्है दुख लाग्दो दृश्य हो यो  ।
 
यो भिडियो काठमान्डू घुम्न आउने कुनै एक पर्यटकले खिचेका हुन्  । भिडियोमा काठमान्डूका नदि ( नदिको नाम चै उल्लेख गरिएको छैन तर हेर्दा देखिन्छ यो काठमान्डूको कुनै नदी ( बिष्णुमति )
मा ठेला रिक्साबाट फोहोर फालिएको छ  । फोहोरका थुप्राले नदि भनेर ठम्याउनै मुश्किल  झैँ
देखिएको छ  । नदीमा बगेको पानी पानी नभएर ढलको रुपमा परिणत भईसकेको छ  ।
 
यो कुरा ति बिदेशी पर्यटकको नजरमा कहाली लाग्दो भयाबह भए तापनि हामीलाई भने 
पाच्य ( बानी परेको हुन सक्छ ) यस हद सम्मको बाताबरण प्रदुषित दृश्य –तर  पनि 
यथार्त के हो भने यो भयाबह दृश्य नै हो !!!


January 18, 2013

गाउँखाने कथा ५३ (Nepali #Gaukhane #Katha)



सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


थालभरी तितौरा खाइनसक्नु, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।