July 24, 2012

दोधार


Rakesh Karki

लस् एन्जेलसका साथीहरु जम्मा भयौँ

नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ

साँगीतिक साँझ सिनेमामा रमाउँदै

पार्टी डिजेमा कम्मर मर्कायौँ

सेलिब्रेटिजहरुको शहर यो

ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ

खितितिति खित्का रमाइलो गफै

विकसित देशमा चाला अर्कै

को भन्दा को कम हामी जम्मै

कस्तो कस्तो हेर फेशन आम्मै

एकादेशका राजकुमार राजकुमारी जस्तै

गगनचुम्बी महल हामी मस्तै

चिप्लिने कारमा आइफोन जोडी

हाइ हेलो ह्वाट्स अप बडी


July 13, 2012

अचेल समाज

-Prem Oli
अचेल समाज


साडी र सुरुवाल कुर्तामा
सजिएको समाज त्यो
आज
प्यान्ट हाफ प्यान्ट हुँदै
कट्टु र पेन्टिमा हिड्दा
छोराको के कुरा
छोराको बालाई पनि
मन थाम्न गार्हो भो
रातमा भन्दा झन
दिनमा पो हिंड्न सार्हो भो
त्यसैले होला अचेल
हजुर बाहरु पनि
कान्छीको भट्टी छाडी
क्याबीन डिस्को तिर भेटिन्छन
हजुर आमाहरुस॑ग
सानो सानो कुरोमा पनि च्याठिन्छन ।

काकाहरु पनि अचेल
डाँका भएका छन
पेन्टी र कट्टुकै लागि
कसैको खल्ती चोरेका छन
कसैको घरै फोरेका छन
तर कसले भन्ने बिकृति यसलाई
सबैले झन कट्टु पेन्टिलाई
उत्तर आधुनिकतासँग जोडेका छन
त्यसैले होला चित्रकारहरु पनि
नारी सौदर्यताको वकालत गर्दै
बिना बस्त्रको चित्र कोरेका छन ।

कला कर्मी पनि के कम
कथाले भन्दा
समाजले मागेको भन्दै
नयाँ नयाँ रेकर्ड तोडेका छन
विवाह गर्दा
सात जनमलाई खाएको कसम पनि
सातै दिनमा छोडेका छन ।


June 22, 2012

गाउँखाने कथा ५२ (Nepali #Gaukhane #Katha)




अपडेटः गाउँखाने कथा ५२को सही उत्तर  हो कसौंडी। उत्तर मिलाउने लुनाजीलाई बधाई तथा उत्तर मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍---------------------------------------------------

सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


हिंड पुड्के, चुला जाउं?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।






June 21, 2012

निकंम्मा मान्छे

-खलानको मान्छे


निकंम्मा सबित भयका भिरु हरु
आफ्नो संम्बिदान सभा मा पराजित भय
शान्तिको लागि क्रान्ति उध्द्घोश गर्ने हरु
आफ्नै बन्दुकको मोहरिमा डराउने भय
अब पूर्ण मुर्दा शान्तिको लागी
मसानमा अघोर तन्त्र गर्दै छन
हजारौ नेपाली टाउको को मला लगाएका
चन्ड मुन्ड नै हुन की त यी कलियुगका
दब्दवा छ अझै भाले भन्ने सपना
पोथी होइन थारो भैंसीको आसन मा
घाश खाँदै पाहुर मर्दै छन
बश मोटाउदै छन चुनाबी खेल खेल्न
एुटा रण तयार हुँदैछ् फेरी
जनता बाट सुक्रिती हुने ठहरमा
जात बर्ण धर्मको बिभाजन हुँदै छ
किनकी फुटाउ र राज गर माहामन्त्र हो निकंम्मा हरुको


May 26, 2012

नेपालको संविधान जारी

नेपालको संविधान बनाउने पटके संविधान सभा जारी छ। २ वर्ष पाएको म्यादमा पनि संविधानको कुनै खेस्रा तयार नभएको ले पटक पटक म्याद थप्दै सर्वोच्च अदालतले थपेको म्यादमा पनि संविधान बन्ने कुनै लक्षण छैन तर म्याद सकिने अन्तिम दिन सम्म पनि सभा भने जारी छ। साँच्चै कै संविधान त अब छोरा नातिको पालामा आउला तर नक्कली संविधानको खेस्रा भने यस्तो छः


हामी नेपाली

- प्रेम ओली
बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलिमा सधैं चढने
बलिका बोकाहरु हामी
सिकारीहरू अर्कै
सिकार खानेहरू अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दूध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै