October 3, 2011

शुभ बिजय दशमी - Happy Dashai

oहरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ।

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर (Ayush)

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,


चुनौती सामना गर्न चट्टान बनेर,

रातो टिका बनेर, जमरा बनेर,

सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,

खुसी भएर, उल्लास भएर,

सबैका लागि सधैं सधैं, मंगलमय बनेर,

सबै सबैलाई शुभकामना बनेर (Luna)
दशैं आयो भन्छन् , दशा हुन्छ मलाई
मेरो चिसो चुल्हो, छैन बाल्ने सलाई
नाना माग्छ छोरो, घरमा खाना छैन
भन्ने सम्म छैनन् , दुःख पर्यो तलाई
छिमेकमा खसी, कराउँदा म्या म्या
आँशु झारि खान्छु, छोराछोरी छलाई
विजयको टिका, मेरो हार बन्छ
चाडपर्व छायो, मेरो घर जलाई
यो पसिनाको धारा, जति पोखे पनी
रुवावाँसी सधै, यिनै बसन्तलाई(बसन्तमोहन)


शुभ होस दशै

शुभ होस दशै भन्दै कति रटनु पट्टु सरि
भोक र रोगले सुकेको छ पेट यो टट्टु सरि

खेरा गयो पोहोर पनि शुभकामना दशैको
शान्ति कता पुग्यो बोली भो मेरो छट्टु सरि

सुख सम्ऋद्धी तेस्तै भो ऋणको बोझ थपियो
लाचार भै चुपचाप भाछु म फेरि लठ्ठु सरि

सुरका कुरा धेरै भए बेसुर छ ताल देशको
दानब नै देब देखे कि! कि मै छु मठ्ठु सरि

September 27, 2011

एक्ला बाबुरामको सेलाउँदो उत्साह ।

कुनै जमानामा एसएलसी बोर्ड फर्ष्ट पनि भएका पिएचडीधारी मेधावी बाबुरामले , आफ्नो पिएचडी डाक्टरको उपाधी आफ्नै लागि काउछोको माला भएको बताएका थिए । यसको कारण थियो , पार्टी भित्रै उनको विद्वत योग्यताका बारेमा गरिने आशंका र पार्टी बाहिरबाट उनलाई त्यसैका भरमा आउने प्रशंसा पार्टीका शीर्षस्थले समेत डाह गर्नु । त्यसैले हिंसात्मक युद्धताका , आँफूले यो बुर्जुवा उपाधिलाई त्याग गरेको घोषणा समेत उनले गर्नु परेको थियो । तर कालान्तरमा उनको यही वौद्धिक व्यक्तित्व , बुर्जुवा योग्यता र डाक्टरको उपाधी उनलाई चाहनेहरू सबैको मुख्य आकर्षणको केन्द्र बन्न पुगेका छन् । बाबुरामले पनि यो महत्व बुझेरै होला, डाक्टरीलाई राम्रै प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभा सम्बोधनका लागि बोलाउने क्रममा पनि देखियो , जुन उनको इच्छा बिरुद्ध पक्कै थिएन ।

बाबुराम जतिबेला कथित जनयुद्धमा थिए , उनका सहकर्मीबाट उनको भारतीय पिएचडीमाथि गरिएको डाह स्वरूप उनकै मुखबाट बुर्जुवा डिग्रीको महत्व्हीनता बकाउने गरिन्थ्यो । त्यसैले उनले कतै दावा गर्नु परेको थियो ' मलाई डाक्टर बाबुरामको रूपमा चिनिन मन लाग्दैन' । केही महिना अघि सम्पन्न माओवादीको पालुङटार भेलामा , एउटी सभासद धर्मशिला चापागाईँले बाबुरामलाई आरोप लगाएर भनिन् ' बाबुरामजीले भारतमा पढेर पिएचडी डाक्टर मात्र हुनुभएन , भारतीय विस्तारवादका सबै बिकृतिहरू नेपाल र माओवादी पार्टीमा ल्याउनु पनि भयो' । पुष्टपकमल दाहालदेखि मोहन वैद्य खेमाका सबै माओवादीहरू बाबुरामलाई भारतले उचालेका प्रियपात्र हुन् भन्ने


September 26, 2011

गाउँखाने कथा ४९ (Nepali #Gaukhane #Katha)

अपडेट: गाउँखाने कथा ४९ को सहीउत्तर हो: सलाई

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।

---------------------------------------------------------

छ्याक्क छिना फलामको बिना, हराएमा लिना न दिना , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



September 18, 2011

पूर्वी नेपालमा ठूलो भूंइचालो (Strong Earthquake of 6.8 Richter Scale in Eastern Nepal)

नेपाल भूइचालको रेखामा रहेकोहुंदा हामी नेपालीलाई भूइचालोले संधै झस्काइरहेन्छ। समाचारहरु अनुसार पूर्वी नेपाल र भारतको सिमानामा 6.8 रेक्टर स्केलको भूइचालो गएको छ। आइतबार साझ करिब ६:३०मा गएको भूइचालो नेपाल र सिक्किमको सिमानामा थियो। उक्त भूइचालो को धक्का ४५ सालमा गएको भन्दा पनि ठूलो महशुस गरिएको थियो।

हामी सबैले नेपालमा रहेका सबै आफन्तको शकुसलताको कामना गरौं।



September 12, 2011

बन्दुक विचार हैन विनाश हो मुर्खता हो


मुहारमा रुन्चे मुस्कान टांसेर
बिदाइका लागि तिमीले हल्लाएका हातहरु ले
मेरो मुटु वा भनौ मेरो सम्पूर्ण अस्तित्वलाई नै हल्लाइ दियो
तिम्रा आँखाबाट बहेको बलिन्द्र आँसुले झन
आसंका जन्माइ दियो
धराप, पाइपबम, अपहरण जस्ता
चाहिँदा नचाहिँदा दुर्घटना सम्झाइ दियो
मं त आज कुरुक्षेत्रमा


September 11, 2011

लावन्डेताले फुल

उनको लावन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!
उनको,,,,,,
फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!
उनको,,,,,
ठुला ति दुई नयँन खोल्दा नबोलेरै,लजाएरै सबै भनेको थियो!
नौ गेडी गलाको,हातको चुरिले झनै सुन्दरतालाई घुलाको थियो!!
उनका,,,,
पैजनी छम छम बज्दा उनी संग संगै रनबनै झुमी नाच्छरे!
उर्लने खहरे पनी उसलाई भेट्दा नदिसरी सान्त बहेको थियो!!
उनको,,,,,
स्वर्गकी अप्सरा लाई जित्ने पहाड कि रानी चारै दिशा कहलेको थियो!
उनको लाबन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!!
"खलानको मान्छे"