April 5, 2011

के होला यो घुस प्रकरण?

हाल नेपालको समाचार घुस प्रकरणले छाएको छ। नेपाल संसारकै कुख्यात घुस्या देश भएको त सबैलाई जानकारी नै छ। नेपालमा मात्र के अमेरीकैमा पनि बाल्टीमोरका मोहन थापाले लाइसेन्स बिभागका कर्मचारीलाई लाइसेन्सको लागी पैसाले नै किनेका थिए। तर त्यो थियो अमेरीकामा। २० रुपयाको घुस लिएकोमा एक बिरष्ट प्रहरी बरखास्त भएका थिए,ति नेपाली त जेलै जान पार्यो।

नेपालमा भने घुस खाने ठाउंमा काम पाउनू भनेको भाग्यैको कुरा हो। घुस खाने ठाउमा सरुबा हुन कर्मचारीहरु तछाड मछाड गर्छन। यो नेपालीको लागी नौलो होइन। घुस्या र भ्रष्टलाई ठेगान लगाउने प्रक्रिया भने नेपालीको लागी पक्कै पनि नौलो हो। तर अब नेपालमा यो पनि नौलो हुने छाड्ने स्थीती देखिन्छ। चप्पल लगाएर सिंहदरबार छिर्ने नेताहरू चिल्लो पजेरोमा बहिरीन्छन। यस्तो आकास पातको फरक देख्दा देख्दै पनि घुस खाएको प्रमाण भेटीएन भनेर नेपाली अदालतहरुले नेताहरूलाइ


April 4, 2011

देशको ब्यथाले - दुखेको मन

- Bed Nath Pulami

"भन्न मन लाग्छ भने भन मलाई
 स्वदेश निन्दक वा घृणा चिन्तक
 तर यो देश तिम्रो जती कै मेरो पनी देश हो
अंश बण्डा गर्ने हो भने पनी
यो देशको एक करोड टुक्राहरु मध्ये
एउटा टुक्रा माथी मेरो पनी छाप्रो हुने'छ
र त्यो देशका असंख्य बगरहरू मध्ये
एउटा बगरमाथि मेरो पनी चिता हुने छ । " (भूपी शेरचन )
यी माथिका भूपिका शब्दहरु आज निकै घत लागी रहे , मनमा निकै गडेर वस्यो । अहिलेको देशको अवस्था - कल्पना र सोच बाहिरको छ । मनमा निक्कै पीडा छ , सम्झन्छु कतिन्जेल यो सब माहोल हेरेर बस्ने ? सहनु पनी एउटा हद हुन्छ नि ! ......... तर गर्ने के ... ? उपाय के ? अहिले सबैलाई अवगत नै भएको कुरा हो देशको समस्या मूर्धन्य भएर गाजिएको छ । जस्तै मै हु


April 1, 2011

April Fool कि चैते फूल

आज एप्रल १, अर्थात अरुलाई मूर्ख बनाउने दिन। कतै तपाईलाई पनि कसैले मूर्खको सुचीमा राख्न सफल भए? एक पटक मेरो गाउंमा बिले घर्तीलाई तिम्री सासू हस्पिटलमा छिन भेट्न जानू भनेर मूर्ख बनाएका थिए। यही फूल बनाउने खेलको अर्को कथा छ,त्यो छिटै लिएर आउने छु।


March 31, 2011

सारा खुसि बन्दकीमा राखें

- प्रकाश सापकोटा

जसको लागि सारा खुसि बन्दकीमा राखें
कोशी, कैले उर्लिएको गण्डकीमा राखें
उही पर भइदिंदा कस्तो होला मन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन

फुल्ने हाँगै सुम्पिएर आफु झर्दा पनि
छाति पुरै ओछ्याएर माया गर्दा पनि
भोग्नु कति गाह्रो हुन्छ फगत एक्लोपन
सुन्नेलाई थाह हुन्न भोग्नेले नै भन

न त वल्लो घाटको भएँ न त पल्लो तीरको
न मसानको हुन सकें, न त मन्दीरको
जिउनु कति गाह्रो हुन्छ भौंतारिई कन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन

मार्च- २४, २०११ (त्रोम्सो, नर्वे)


March 27, 2011

चट्पटे मन

– राजेश नतांश

काया बच्ची भा'की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई
प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे– 'ओई ! चट्पटे खान जाम न !'
उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने,चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु– 'जाऔँ,हिँड् ।'
आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो–पहेँलो घाम टल्किरहेको छ । गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ–आफ्नो बासस्थान फर्किरहेका
छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ । बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद्, चित्रकार हुदोँ हुँ त म यो सौन्दर्यलाई


March 25, 2011

गाउँखाने कथा ४५

अपडेट: गाउँखाने कथा ४५ को सहीउत्तर हो: सिंगान
उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद। उत्तर मिलाउने पूष्पजीले अब गाउं माग्नूहोला।
लुनाजी त गाउंखाने कथामा एक्सपर्टनै पर्नूभयो,क्लू दिनु भएकोमा धन्यबाद।
उत्तरको नाउंमा उत्रीसंखल केमेन्ट लेख्नहुनेलाई न-धन्यबाद।
-------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।



उभिण्डो ठेकीमा लतलते दही, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।