September 24, 2010

गाउखाने कथा ४२ (Nepali Gau Khane Katha)



सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।

नुवाईधुवाई जीउमा चन्दन लाई, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


September 22, 2010

खाडीमा एक दिनको रमाईलो यात्रा

जिवनको हरेक उकाली ओराली अनि देउराली पार गर्न एक किसिमको यात्रा गर्नु पर्ने नै रहेछ । यात्रा जिवनको एक महत्वपूर्ण अंग रहेछ जस्तो लाग्छ मलाई । कुनै न कुनै माध्यमबाट हामीहरुले प्रत्येक दिन घण्टा मिनटमा यात्रा तय गरिरहेका छौ । या त्यो यात्रा जिवनको यात्रा होस् या कुनै लामो दूरीमा जाँदा बटुलेको अनुभवको यात्रा होस् आखिर यात्रा यात्रानै हो ।
२००९ सालको अन्त्य र २०१० सालको सूरुको दिन जनवरी १ का दिन यूएईका एनआरएनहरुले एउटा पिकनिकको आयोजना गरे । म यात्रा पिकनिक स्टेज प्रोग्राम सांगेतिक कार्यक्रम भने पछि दुई दिनको जेठो । यसैले म २०१० सालको पहिलो दिन लामो यात्रा र पिकनिकमा गएर रमाईलो गर्ने
सोच बनाए । म मात्र नभएर म जस्तै प्रवासीएका सयौ जना पिकनिकमा जानको लागी तम तयार भए ।
२०१० सालको पहिलो दिन बिहानै म तुलसी बस्याल अली भएर बाहिर निस्कियौ भर्खरै विहानी पखको स्वस्थ हावा चलि रहेको थियो सुर्यका किरणहरु दुवईका गगन चुम्बी महलका रंगी


September 21, 2010

दरखाने दिनको यात्रामा देखिएको रमझम

सेप्टेम्वर १० २०१० अर्थात भाद्र २५ २०६७ नेपालमा तिजको दर खाने दिन विदेशमा अर्थात खाडी देशहरुमा शुक्रवार विदाको दिन मुस्लिम धर्मालम्बिहरुको चाड ईदको विदाको दिन । यसपाली भने जुरेकै रहेछ दर खान प्रवासमा भएका दाजुभाइहरुलाई । यति मात्र नभएर उक्त दिन सधैझै यसपालीको शुक्रवार पनि तिजको रमाईलो कार्यक्रम हुँदै थियो ।

कार्यक्रममा नगाएका अन्य तिन जना भित्र चेतन राना अली र टिकारामलाई लिएर देरा दुवई तिर हुईकिए । खाडी मुलुकको मध्यान्नको टन्टलापुर घाम एकैछण वाहिरी वातारणमा हिडडुल गर्दा पसीनाले खलखल्ती भिजाउने हामी घामको कुनै प्रवाह नगरी नेपाली चोक आब्रा तिर लाग्यौ । ओ हो वाटो आवज जावत गर्ने मानीसहरुको भिड थिचोल्नै गाह््रो । नेपालीहरु मात्र नभएर अन्य देशका नागरीकहरुको पनि भिड थामीनसक्नु थियो । लाग्थ्यो काठमाण्डौ पशुपतिनाथमा शिवरात्रीको मेला चलीरहेको छ ।

नेपाली चोकमा दुई चार जना साथीहरुसँग भेट भयो जाने होईन तिजको रमझममा मैले भने भन्दै थिए आफ्नो त यतै छ रमझम नेपाली क्यासेट बेच्ने भाइले । लौ आयो नयाँ नेपाली लोक गित चलचित्र अनि तिजका गितहरु सबै नेपालीहरु उनकै बोलीलाई पछ्यादै झ्याम्मीए । पुरानो तन्नामा छरपस्ट फीजाईएका नेपाली सि।डी ब्यवसायिहरु कराउदै थिए । उनिहरुलाई त्यो टन्टलापुरको घामको पनि कुनै प्रवाह थिएन कार्यक्रम त परै जाओस् । सबै सि।डी व्यवसायीको बोलाई बेचाई र सामान एकै किसिमका हुने रहेछन् ।



September 18, 2010

गीत-फुल फुल्ने

खोंच अनि कन्दरामा सुनगाभाको फुल फुल्ने
संकेत हो कि बाधा बिच जीवनको फुल फुल्ने!

झुके हार उठे जित
जिन्दगीको चक्र
भेटिन्छ है पौरखले
सफलता को बक्र,

अध्याँरो लाई भत्काएर जुनेलीको जून खुल्ने
संकेत हो कि बाधा बीच जीवनको फुल फुल्ने!



September 17, 2010

सिमा आँफै तिर ढेपिएको छ रे

सुन्दैछु ,मेची र काली पनि चेपिएको छ रे
भुत्ते भो कि गोर्खे खुकुरी नै हेपिएको छ रे

कती धितो राख्नु बिचरो छ सगरमाथा नि
धाक नलगाउ भो लाजले सेपिएको छ रे

हात मुख जोर्न शिप शिल्प पलायन भए
बचेँका पेटमा अझै रिन खेपिएको छ रे

शान्तिको कान्ती नि अटेन रे आँखा भित्र हाम्रा
बुध्दको माटो यो रगतले लेपिएको छ रे


September 14, 2010

क्रान्तिकारी निर्लज्जता !

लाग्छ माओवादीलाई मात्र जे केही भन्ने र लागेको गर्न पाउने छूट छ हाम्रो मुलुकमा । क्रान्तिकारी र आमूल परिवर्तनकामी हुँ भन्ने डाँको डरलाग्दो श्वरमा बोलेपछि , काम जत्रो तुच्छ र निकृष्ट गरेपनि , चल्दो रहेछ ! के गर्ने आफ्ना बलिष्ठ भुस्तिघ्रेले जे भन्दिए पनि पत्याउँछन् र बाँकि नपत्याउने बिरोधीलाई प्रतिगामी भनेर हिंसा र हतियारका मतियारहरूले दनादन दिए भैहाल्यो, कसको के खैरियत ? चमत्कारी गुणडाराजको यो गनतन्त्रमा । कसले रक्षा गर्छ ती असहमत विचारवाला सोझा हतियारबिहीन जनताको यो मुलुकमा ? पुलिस र प्रशासन काम नै गर्दैन , सेनालाई व्यारेक बाहिर निसक्नै अधिकारै छैन । त्यसैले त निर्धक्क छन् ती मत्त साँढे जस्ता जत्थाहरू !


कामरेड प्रचण्डले शक्तिखोर प्रशिक्षणमा राज्यसत्ता कब्जा गर्ने माओवादी राजनीतिको तिकडम कस्तो तरिकाको छ भन्ने पेटारो फोरे , तर त्यत्रो योजना त्यत्रो भीमकाय शरीरधारी जूंगे नेताले भाले हुँदै छताछुल्ल पार्दा पनि हामीलाई माओवादीको कुत्सित नियतमाथि औँला ठड्याउन मन लागेन ! राजाको कथित निरंकूशता बिरुद्ध क्रान्ति गरेर , लोकतन्त्रको उदार राज्यनीतिका मातहतमा स्वतन्त्रता र निर्भिकताको जीवन बाँच्ने हाम्रो सन्तति दरसन्ततिको इच्छामाथि , कामरेड प्रचण्ड मार्काको अधिनायकवादी राजनीतिले डंका मार्न खोज्दा र यिनैका नेताले त्यो योजनाको साखुल्य प्रमाण पेश गर्दा पनि हामीले माओवादीको षडयन्त्रकारी राजनीतिक उद्देश्यमाथि पर्याप्त बिरोध गर्नु पर्ने दरकार नै ठानेनौँ । ज बोले पनि जे गरे पनि माओवादी क्रान्तिकारी नै रहिरह्यो , उसले उही ढर्राको सर्वऔषधीमय राजनीतिक नाच नाची रह्यो र आज पनि उसैको ठूलो डाँको बजेकै छ । उसले जे सोचेर जुन योजना हाकाहाकी सार्वजनिक गरे पनि , जुन नौटंकी नाचे पनि , जुन तानाशाही विचार बोके पनि ; मान्छेहरू यो नै चमत्कारिक राजनीतिको मसिहा नै हो भनेर ह्यामलिनको बाँसुरीवादकका पचाडि लागेका मुसाका झून्ड सरह , गल्छिमा खसेर अन्त्य हुन हतारिएर पछ्याइरहेका देखिन्छन् ।