August 14, 2010

यो गतिरोध सरकार निर्माणको गणित मात्र हैन ।

-एकलव्य

माधव नेपालको राजीनामा पछि , अर्को सरकार बन्न नसकेको अहिलेको अन्यौलपूर्ण परिस्थितिलाई लिएर धेरै बुज्रुगहरूले आ-आफ्ना तर स्वाभाविक टिप्णीपणीहरू गरिरहेकै छन् । विकल्पमा सरकार बन्न नसकेकोको वर्तमानलाई हेरेर राजनीति गर्नेहरूलाई गाली गर्नु स्वाभाविक पनि हुनसक्छ , तर अहिलेको सरकार बन्न नसकिरहेको स्थिति भने अरू बेलाको भन्दा फरक र गम्भीर प्रकृतिको छ भन्ने कुरा पनि बुझिनु पर्छ । यो सरकार बिघटन, गठन प्रकृया र समीकरणहरू बन्न खोज्ने , भत्किने वा भत्काइने जुन सिलसिला चलेको छ , यो नेपालको राजनीतिक पद्धति भोलिका दिनहरूमा
  कुन बाटोमा अगाडि बढ्ने भन्ने गहन मुद्दासंग बढी सरोकार राख्ने विषय हो न कि तात्कालिक रूपमा सरकार बनाउने वा गिराउने चलखेल मात्र । यसैले सामान्य किसिमले ‘ जाबो सरकार पनि बनाउन सहमति गर्न नसक्ने हुतिहारा नेताहरू ‘ भनेर गरिने सामान्य उपबुज्रुक टिप्पणीहरूले , नेपाली राजनीतिको सबैभन्दा गहन चूरोलाई बुझ्न नसकेको देखिन्छ ।


August 13, 2010

प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !

भन्नलाई राजनैतिक सरगर्मी भन्ने शब्द प्रयोग गरिए पनि नेपालको राजनीति आजकल तात्दा-तात्दै चिस्सिएको छ ।

हरेक बिहान ‘सहमतिको खोजी हुँदै’ भन्ने जस्ता विषयले  भरिने पत्र पत्रिका र खबर जगत साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन्। हरेक सम्बाद विवादमा, भेटघाट मतभेदमा र कुराकानी खिचातानीमा परिणत भइरहेका छन् । त्यसैले नेताहरुको बोली प्रति आम जनताको दृष्टि झनै हल्का र उदासिन हुन थालेका छन् ।

यता, माकुने सरकारले राजीनामा नदिँदासम्म राष्ट्रको प्रमुख समस्या नै माधव कुमार नेपाल भएको र उनले राजीनामा दिनासाथै सब कुरा ठीक हुने दाबी गर्दै हिँडनेहरु अहिले ‘हामीले त्यस्तो भनेका नै थिएनौं’ भन्न थालिए सकेका छन् भने राजीनामा दिएर ‘बाटो खोलीदिएको’ दाबी गर्ने दल पनि तटस्थताको  श्रृंखलाबद्ध  गज्जबको नाटक मञ्चन गरेर बसेका छन् । उता मैदानमा भिडीरहेको र आफूलाई प्रमुख दावेदार जताउँदै आएको अर्को दल पनि लगातार चारौं पटकको हार पछि पनि मैदानमा डटिरहने उद्घोषकासाथ लागेकै छ।

एकातर्फ कामचलाउ सरकारकै नाममै सही, आफ्नो काम चलीरहेकाले न यीनलाई नै कुनै कुराको परवाह भएको देखिन्छ भने अर्कोतर्फ ‘अर्कोपाली त कस्सो नजितिएला’ भन्दै साम, दाम, दण्ड, भेद आदि नीति अख्तियार गर्दै हीँडेका दुवै दललाई पनि कामचलाउ सरकारको डेढ महिना लामो शासन ‘सामान्य’ नै लागेको छ ।



August 9, 2010

तेस्रो अन्तराष्ट्रिय ब्लगर भेला - एक समिक्षा

हरेक छ-छ महिनामा दौंतरीमा हुने अन्तराष्ट्रिय नेपाली ब्लगर भेला यही अगष्ट ७ मा समापन भयो।
  भेलाको समय २ घन्टा रहे पनि भेला हुनु ६ घन्टा अगीबाटै ब्लगहरु दौंतरीमा आएर नेपाली ब्लग सम्बन्धी छलफल गर्नुभएको थियो। साथै भेला समापन पछी पनि ब्लगर मित्रहरुले नेपाली ब्लग सम्बन्धी संबाद कायमनै राख्नुभएको थियो। ब्लगर भेला ब्लगहरुको लागि दशै जस्तै भएको थियो।
भेला नेपाली समय अनुसार बिहान ९ बजे सुरु भएको थियो। नबिन के.एमको अध्क्षतामा रहेको ब्लग भेलामा साधना शर्माले स्वागत भाषण दिनुभएको थियो। भेलाको सुचना अलिक छोटो भएको
 ले कती ब्लगहरुले खबर पाउन ढिला भयो भने केही ब्लगर मित्रहरुलाई समयले साथ नदिएका कारण भेलामा सहभागी हुन सक्नुभएन। यो भेला ग्लोबोल भएका कारण कतै दिन हुंदा कतै रात हुने त कतै बिहान त कतै सांझ हुनेहुंदा केही ब्लगर चाहेर पनि सामेल हुन सक्नुभएन। भेलामा लेखेर संबाद हुने हुंदा कतिपय ब्लगरमित्रहरुलाई प्रतक्ष संबादमा टाइप गर्न अप्ठेरो परेको थियो। पहिलो र दोस्रो भेलाबाट संगालेको अनुभव प्रयोग गर्दै यसपटकको भेला अलि प्रभावकारी पार्न प्रयास गरिएको थियो। बिगतमा प्राय समय परिचयमा खर्चिय पनि यस पटक सके सम्म प्राय समय
 नेपाली ब्लगमै सिमीत रहि संबाद गरिएको थियो। दोस्रो भेलामा सहभागीहरुको समित संख्या भन्दा बढी सहभागी नहुन सक्ने स्थीती यसपटक भने कायम रहेन।


August 5, 2010

तेस्रो अन्तराषट्रिय नेपाली ब्लगर भेला

दौंतरीमा हरेक छ-छ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरी अगष्ट ७,साउन २२ नेपाली समय अनुसार बिहान ९ बजे ब्लगर भेला गर्नेभएका छौं। पहिले भेला अगष्ट १, २००९ मा भएको थियो,दोस्रो भेला जनवरी ३० २०१० मा भएको थियो। अब तेस्रो भेला नेपाली समय अनुसार अगष्ट ७ शनिबार बिहान ९ बजे हुंदैछ। यस संबन्धी थप जानकारी केही समय पछी राख्नेछौं। हाललाई उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला। साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला।

भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ। थप सामाग्री तथा एजेण्डाहरु भए जानकारी गराउने छौ तथा सुझाबहरु भए यही ब्लगको कमेन्टमा दिनुहोला। साथै तपाई आउने नआउने जानकारी पनि यही ब्लगको कमेन्ट बक्समा दिनुहोला। भेलामा सहभागी हुने ब्लगहरुको नामावली समय समयमा ब्लगमा अपडेट गर्नेछौं।


नयाँ नेपालको यात्रा

नयाँ नेपालको यात्रा (जात्रा )।


(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)

भाग १

झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही
  ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।

मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला,


August 3, 2010

नेपाली नेता

छारो उडन थाल्यो अरे आङ कनायौ कि
नाक थुन्न पर्ने भो रे तिमी गनायौ कि

न बनायौ न सघायौ ओतिनु त पर्छ
भत्काएर आफ्नै घर जात जनायौ कि

च्याखे थापी मनहरु कुन पन जित्यौ
खुशी भनी कतै फेरि शोक मनायौ कि

बलिरछ शान मान खरानी नहोस्
निभाउछु भन्दै फेरि तेल खनायौ कि

आत्मा साक्षी राखी हेर एक चोटि तिमी
तिखारेर कलममा धार बनायौ कि

August 2, 2010

नमस्ते अमेरिका



Globle Bhutanese Community of Colorado को सहयोगार्थ हिजो Auhust 1 का दिन कोलोराडोलाइ नमस्ते अमेरिका सास्कृतिक भ्रमण टोलिले
भरपूर्ण मनोरन्जन दिन सफल भएको छ ।
ब्यबसायी नबराज श्रेष्ठको पहलतामा आयोजित उक्त कार्यक्रमको शुभारम्भमा कलाकारहरुलाई बलिकाहरुद्वारा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो।
सो अबसरमा मोती शिवकोटिले भुटानी शरनार्थीले भोगेका पिडाको स्मरण गराउनु भएको थियो भने G.B.C.C. का अधक्ष्य हरी उप्रेतीले स्वागत मन्तब्य ब्यक्त गर्दै आफ्नो समुदायलाई सबै नेपालीहरुलाई सहयोग गर्न अपिल गर्नु भएको थियो । ४ बजे कार्यक्रम शुरु गरिने जानकारी गराइएता पनि करिब सबा दुई घण्टा ढिला शुरु हुँदा पनि दर्शकहरु निकै संयमित भएर आफ्नो प्रिय कलाकारको गला र कलालाई पर्खि रहेका थिए । लोकल ब्याण्ड लिमिट ३ का बिजय अधिकारीको लोकप्रिय गीतले