August 5, 2010

तेस्रो अन्तराषट्रिय नेपाली ब्लगर भेला

दौंतरीमा हरेक छ-छ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरी अगष्ट ७,साउन २२ नेपाली समय अनुसार बिहान ९ बजे ब्लगर भेला गर्नेभएका छौं। पहिले भेला अगष्ट १, २००९ मा भएको थियो,दोस्रो भेला जनवरी ३० २०१० मा भएको थियो। अब तेस्रो भेला नेपाली समय अनुसार अगष्ट ७ शनिबार बिहान ९ बजे हुंदैछ। यस संबन्धी थप जानकारी केही समय पछी राख्नेछौं। हाललाई उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला। साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला।

भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ। थप सामाग्री तथा एजेण्डाहरु भए जानकारी गराउने छौ तथा सुझाबहरु भए यही ब्लगको कमेन्टमा दिनुहोला। साथै तपाई आउने नआउने जानकारी पनि यही ब्लगको कमेन्ट बक्समा दिनुहोला। भेलामा सहभागी हुने ब्लगहरुको नामावली समय समयमा ब्लगमा अपडेट गर्नेछौं।


नयाँ नेपालको यात्रा

नयाँ नेपालको यात्रा (जात्रा )।


(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)

भाग १

झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही
  ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।

मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला,


August 3, 2010

नेपाली नेता

छारो उडन थाल्यो अरे आङ कनायौ कि
नाक थुन्न पर्ने भो रे तिमी गनायौ कि

न बनायौ न सघायौ ओतिनु त पर्छ
भत्काएर आफ्नै घर जात जनायौ कि

च्याखे थापी मनहरु कुन पन जित्यौ
खुशी भनी कतै फेरि शोक मनायौ कि

बलिरछ शान मान खरानी नहोस्
निभाउछु भन्दै फेरि तेल खनायौ कि

आत्मा साक्षी राखी हेर एक चोटि तिमी
तिखारेर कलममा धार बनायौ कि

August 2, 2010

नमस्ते अमेरिका



Globle Bhutanese Community of Colorado को सहयोगार्थ हिजो Auhust 1 का दिन कोलोराडोलाइ नमस्ते अमेरिका सास्कृतिक भ्रमण टोलिले
भरपूर्ण मनोरन्जन दिन सफल भएको छ ।
ब्यबसायी नबराज श्रेष्ठको पहलतामा आयोजित उक्त कार्यक्रमको शुभारम्भमा कलाकारहरुलाई बलिकाहरुद्वारा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो।
सो अबसरमा मोती शिवकोटिले भुटानी शरनार्थीले भोगेका पिडाको स्मरण गराउनु भएको थियो भने G.B.C.C. का अधक्ष्य हरी उप्रेतीले स्वागत मन्तब्य ब्यक्त गर्दै आफ्नो समुदायलाई सबै नेपालीहरुलाई सहयोग गर्न अपिल गर्नु भएको थियो । ४ बजे कार्यक्रम शुरु गरिने जानकारी गराइएता पनि करिब सबा दुई घण्टा ढिला शुरु हुँदा पनि दर्शकहरु निकै संयमित भएर आफ्नो प्रिय कलाकारको गला र कलालाई पर्खि रहेका थिए । लोकल ब्याण्ड लिमिट ३ का बिजय अधिकारीको लोकप्रिय गीतले


August 1, 2010

गफगाफ सँगको रमाइलो गफगाफ

Gufgaf.com

दौँतरीको नियमित स्तम्भ ब्लग भित्र ब्लगमा हामीले विभिन्न नेपाली ब्लगका ब्लगरहरुसँगका कुराकानी राख्दै आएका छौँ । दौँतरी आफैँमा धेरैजना ब्लगरहरुको संयुक्त प्रयास भएकोले समष्टिमा भन्दा नेपाली ब्लगको विकास वा उत्थान नै दौँतरीको पनि विकास र उत्थान हो ।

यसरी नेपाली ब्लगरहरुलाई अझ नजिक ल्याउने र एक-अर्कामा परिचित गराउने क्रममा यस पटक हामीले गफगाफ डट कम लाई निम्त्याएका छौँ । गफगाफका नियमित पाठकहरुलाई सायद थाहा होला, गफगाफ डट कम एउटा सामुहिक ब्लग भए पनि एउटै परिवारका सदस्यद्वारा सञ्चालित छ । यस्तै र अरु रमाइला जानकारी सहितको गफगाफका लागि लागौँ सिधै प्रश्न उत्तरतर्फ:

पहिला त गफगाफ डट कम र यसका सक्षम र कर्मठ सर्जकहरुको परिचयबाटै सुरु गरौं न ?

गफगाफ डट कम मन लागेको कुरा लेख्ने थलो हो । यै क्षेत्र, यै विषय, यै पृष्ठभूमिका बारेमा लेख्नुपर्छ भन्ने बन्देज गरेका छैनौँ । मन लागेका कुरालाई सुन्दर शब्दमा उतार्न सकिन्छ भने त्यो गफगाफ डट कमको सामाग्री बन्छ भन्ने हाम्रो धारणा हो । गफगाफ डट कम मुलत: एक जनाबाट शुरू भएर पछि अरू दुईजना पनि गाँसिएपछि अहिलेको यो रूपसम्म आइपुगेको हो । प्रवेश पौडेल (काठमाण्डौ विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरीङ् पढ्दै), अशेष पौडेल (क्याथफोर्ड कलेजमा बिबिए पढ्दै) अनि सक्षम घिमिरे (हाल अमेरिकामा )को संयुक्त प्रयास नै अहिलेको गफगाफ डट कम हो । हामी अशेष र प्रवेश शब्दको काम गर्छौँ, सक्षमले प्राविधिक कुराहरू मिलाउँछ । कहिलेकाहिँ बुवा अनिल पौडेल अनि सानीमा नम्रता गुरागाईँले पनि सघाउनुहुन्छ ।

एकजना ईन्जिनियरीङ्गको विद्यार्थी, अर्को कमर्शको । दुईजना नेपालमा एकजना विदेशमा । पठन-पाठनको व्यस्तताबीच कसरी ब्लगतर्फ आकर्षण बढ्यो ?



July 31, 2010

भडास ।

निकम्माको हुललाई महायोग्य मान्यौं हाम्ले ।
मुढ, मन्द, बेकार सबलाई अति विज्ञ जान्यौँ हाम्ले ।

कि गाई भा’भे हुन्थ्यो कि साँढे नै सही,
कस्ता-कस्ता नालायक यी गोरुहरु छान्यौँ हाम्ले ।

शान्ति श्वस्ति जप्दै आ’थे अनेकानेक जत्था जब,
स्याल गिद्ध, हुँडार सबै शाकाहारी ठान्यौँ हाम्ले ।



July 27, 2010

गजल एक संक्षिप्त परिचय

आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके
हाल नेपालगञ्ज

उर्दु भाषामा अत्यन्त विकसित , लोकप्रिय र चर्चित भए पनि गजलको जननी भने अरबी भाषा हो र यसको उद्गम भुमी अरब । विस्तारै विस्तारै यो विधाको प्रभाव फारसी , उर्दु, हिन्दी हुंदै नेपाली र अन्य भाषामा विकसित हुदै गएको धेरै सोधकर्ताहरुको एक मत रहेको पाइन्छ । गजलले लगभग आठ नौ सय वर्षो इतिहाँस बोकेको देखिन्छ । यस्तै नेपाली गजल परम्पराको इतिहाँसले सय वर्षपार गरिसकेको छ । मोतीराम भट्टले गजललाई नेपाल प्रवेश गराएको विश्लेशकहरु बताउछन् । मोतीराम
 भट्टकालिन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयमा मोतीमण्डलीका सदस्यहरु भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आईपुगेर वि.सं. २००७ को