July 4, 2010

क्रान्तिका फूलहरु

प्रयास, जर्मनी

मेरो देशमा अहिले क्रान्ति उम्रिएको छ मनग्ग्यै
सडक , गल्लि , चोक हरु सबै फूलबारीमा परिणत भएका छन्
छताछुल्ल भएर उम्रिएका छन् त्यहाँ क्रान्तिका फूलहरु
कति टुसाउदै छन् कति झरी सके फक्रिन पनि नपाउदै
समय ले रोपेका हुर्काएका ति अनौठा फूलहरु
कति स्वदेसी बिउ त कति बिदेशी बीउका उन्नत कोपिला हरु
चार छत्तिस वर्ण को फुलवारी ले पुगेन मेरो देशलाई
त्यसैले त जताततै उम्रिएका छन् विभिन्न प्रजातिका फूलहरु
परचक्रिका प्रयासले जन्मिएका अबैध सन्तति पनि थुप्रै छन् यहाँ
रुप, गन्ध, रंगमा कसरि बिभाजन गर्न सकिएला र यिनीहरु लाई
कतै सुनाखरिमा वेसरम जुही फक्रेको छ गचक्क परेर


July 2, 2010

लेन्निसँग एकदिन

नरेन्द्र रौले
"तिम्रो गर्लफ्रेण्ड छैन ?" उसले सोधी
"छैन ।" मैले भनें ।
"रियल्ली ?" फेरी सोधी
"यस् रियल्ली ?" मैले जवाफ दिएँ ।
"तिमी यति हेन्डसम छौ । तिम्रो न कोहि त हुनुपर्छ ।" आशंका ब्यक्त गर्दै उसले थपि ।

लेन्नि कुसेन इन्डोनेसियाली युवति हो । उमेरले ३० बर्षमा पाइलो टेकि । सामाजिक सञ्जाल फेसबुकले हाम्रो भेटको अबसर जुराइदिएको हो । झण्डै दुइ महिना नाघ्यो उ सँग परिचित बनेको । यो छोटो अबधिमा उसले आफ्ना धेरै अनुभुतिहरु म सँग साँटि । प्रेम र जीवनका बारेमा उसले खुलेरै कुरा गरी । यतिबेला मेरो घनिष्ठ साथी बनिसकेकि छे लेन्नि ।

June 29, 2010

गजल

हाम्रो आफ्नो माटो ,आफ्नो गन्धबाट निरन्तर टाढा हुने क्रम
जारी छ। परदेशका कति दु:खद खबरले बेला बेला हाम्रो मन पोल्छ ।
यही पोलेको मनलाई गजलमा भरेको छु

अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु

पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे आगो भित्र बल्यो भन्दिनु

जिर्ण भको कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु

खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु

उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कती थे रे आशाहरु उसै संग जल्यो भन्दिनु

नेपाली माटोका कविता

:-नरेन्द्र रौले

शहरमा त घाम पनि किनेर ताप्नुपर्छ
बाटो पनि साघुरिएर हिंड्नुपर्छ
खुसिमा पनि मान्छे चिनेर हास्नुपर्छ
हाम्रो गाउ ठाउमा जस्तो
छहारीमा घा“सको पुला बिसाएर
बैगुनि मायाको सताइरहने नाउमा
एक मुरली दुखेसो पोख्न पाइन्न

शहरमा चुलिदै गएको महंगी, बढ्दै गएको कृतिमता, हराउदै गएको मानवियता र बन्धुत्वको भाबनाले निकै पिरोलिएका छन् कवि सुरेश हाचेकाली । आफु जन्मि, हुर्केको गाउ, किशोराबस्थामा साथीभाइ सग रमाइलो गरेका क्षण, बयेली खेल्ने गहुबारी, पाखाभरी राताम्य बनेका लालीगुरास, धुपी र सल्लाघारीमा डुल्ने डाफे यतिबेला झझल्को मा आइरहन्छन् । लामो समय शहरमा बस्दा मीठो अतितले एक पल्ट
झस्काएको छ कविलाइ । यिनै विषयवस्तुहरु लाइ जिवन्त रुपमा उतारेका छन्, आफ्नो कविता संग्रह सिमान्त आमाहरु मा कवि सुरेशले ।

काफल पाकेको निम्तो बाड्दै
गाउले छानाहरुमा
उन्मुक्त चरी निर्बिघ्न
उडिरहेकि बेला
जावलाखेलका पिंजरामा
धुइपत्तँल काफलचरी खोजिरहेका हुन्छौं ।


June 28, 2010

वि...च...रा... म

- गणेश खड्का

सुख्खा लागेर धाँजा फाटेको
जिन्दगीको गराबाट
आकाशतिर
आशाको त्यान्द्रो फालिरहेको
सँधियारको रोपो
हरियो फिरिसक्दा पनि
अझै पाल्दै मनभरी
अलिकती आशा, थोरै विश्वास, झिनो भरोसा ...
कतै वृष्टि भैहाल्छ कि ?
माटो भिजीहाल्छ कि ?
जीवन फुलिहाल्छ कि ?

तर खोइ ...?


June 27, 2010

अन्नपूर्ण हिमालमा रगतका बाछिटाहरु

:-नरेन्द्र रौले
केहि बर्ष अघि जर्मनीको प|mर्याङ्र्फटमा शहर बरालिदै पुगेका थिए, कवि युयुत्सु आरडी शर्मा । त्यहाँ पुग्दा उनका एक जना जर्मन फोटोग्राफर साथी एन्डी्रज स्टीम बाट कालो झोला उपहार पाए । त्यो कालो झोला उनको घनिष्ठ साथी बन्यो । जता पुगेपनि कहिल्यै त्यो

झोला साथबाट नछुट्ने । दिनहुँ भिरेका हुन्थे उनले । प्रेमिका जत्तिकै प्यारो बनिसकेको थियो त्यो । यस्तैमा घुमन्ते कवि शर्मा हिंड्न दिएनन् । कालो झोला बोक्ने नै यस अघि बम त्यो कालो झोला बोकेर बेलायत हान्निएका थिए एकपटक । सुरक्षाकर्मीले कसैलाइ पनि कालो झोला वोकेर बिस्फोट गराइएका रहेछन् । यो घटनाले कविले यसलाई आफ्नो स्वतन्त्रता खोसिएको महशुस गरे । आतंकवाद सबै भन्दा निर्किष्ट चिज रहेछ भन्ने उनलाइ लाग्यो । यसै घटनालाइ उनले आफ्नो पुस्तकमा शशक्त ढंगमा समेटे । अंगे्रजी र नेपाली दुबै भाषामा तिखो सँग कलम चलाउन सक्ने लेखक एबं कवि युयुत्सु आरडी शर्माका एक दर्जन कविता संग्रह प्रकाशित छन् यसपाली पहिलो पल्ट गै्रह्र आख्यान कृती अन्नपूर्ण एण्ड स्टेइन्स अफ ब्लड -अन्नपुर्ण हिमालमा रगतका बाछिटाहरु) पाठकमाझ सार्बजनिक गरेका छन् उनले । विशेषगरि युयुत्सु आरडी शर्मा कवि हुन् । तर अब ग्रैह आख्यायनमा पनि आफ्नो दख्खल देखाएका छन् उनले ।