April 30, 2009

मायालुकॊ आङकुसेमा

श्रेष्ठ बिके -ईराक बलाद

पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछ
माया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछ
कसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछ
विश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥
न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछ
अन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछ
समुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछ
उराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥
मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछ
काउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछ
समयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछ
मायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥



पुराना यादहरु

प्रबिण थापा

पुराना यादहरु बल्झी बल्झी फर्कदै छ
आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ

पिडाको भुमरिले शान्ती छैन मनमा
थाहै नपाई अनायसै, आशु दर्कदै छ

अन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ

बरबराउछु पागलसरी एकान्त भित्र पनि
छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ

अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ


फेस बुकका मेरा अल्परिचित मित्र

आचार्य प्रभा
हुनत जुनसुकै कुराको पनि आ -आफ्नो पक्ष हुन्छ, राम्रो नराम्रो, असल कमसल । जहाँ राम्रो हुन्छ त्यहा नराम्रो कुराको पनि बास हुन्छ त र हामीले त्यसलाई पहिला नै आत्मासात गर्न सक्नु पर्दछ । म, यो आइ पर्‍यो भने यसरी यस्लाई समाधान गर्छु अर्थात यसरी यसलाई सुल्झाउछु भन्ने हामीमा अठोट हुनु पर्दछ । तर कहिले काही यस्तो सोच्न नपाई कत्ती कुरा भै दिन्छ कि फुर्सदमा पश्चताप हुन्छ । हो मलाई पनि यो ''फेसबूक''को प्रयोग सम्बन्धमा यस्तै भयो ।

मलाई थाहा सम्म थिएन के हो फेसबूक र यस्मा के हुन्छ ? भनेर । आज भन्दा ४ महिना अघाडी मात्र मैले सिक्ने अवसर पाएँ । मलाई यस्को उपयोग राम्रो पनि लाग्यो किनकी यो एउटा मनको बह बिसाउने चौतारी पनि भएको छ र यस्मा बिभिन्न बौद्धिक कुरा र समाचारहरु पनि पढ्न र जान्न पाइन्छ । यस्लाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन, तर मलाई भने यस्ले धेरै ठुलो सहयोग गरेको महसुश भएको छ । मैले धेरै बर्ष अघाडिदेखी गुमाएका मेरा साहित्यिक, साङीतिक मित्रहरुलाई पाउन सफल भएकी छु । म यत्ती टाढा भए पनि पनि वहाँहरुको समिपताको आभाष गरेकी छु । एकार्कामा आफ्ना भावना र बिचार अनी हौशला पाउने अवसर पाएकी छु । अहिले यो मेरो भावना पोख्ने बिस्कुन भएको छ ।त्यसैले यस्लाई म नकारात्मक दृष्‍टिले भने हेर्न पट्क्क चाहन्न ।

कुनै पनि कुरालाई सहि सदुपयोग गर्न जान्नु पर्दछ । सहि सदुपयोगले नराम्रा कुराबाट पनि फाईदा लिन सकिन्छ भने दुरुपयोगले राम्रा कुराबाट पनि हानी हुन सक्छ । मेरो अर्थमा ''फेसबूक'' नचाहिदो कुरा गर्ने, परिचय गर्ने माध्यम मात्र होइन यस्मा त संसार अटेको हुँदो रहेछ । यो संसारलाई हामीले सहि आँखाले हेरौं । भन्नै पर्दा यस्मा कत्तिको नजर र हेर्ने आँखा भने युवकले युवतिलाई साथी बनाउने । युवतिले युवकलाई साथी बनाउने तर यस्को अर्थ यत्ती मात्र होइन। यस्ले त बिशाल अर्थ पनि दिएको हुन्छ । संसार भरिको समाचारहरु पनि कुनै बौद्धिक बर्गका साथीहरुले राखेका हुन्छन । कत्तिले आफ्ना श्रीजनाहरु पनि राखेका हुन्छन समग्रमा यहाँ धेरै कुराहरु समाहित भएका हुन्छन । खाली यस्लाई मनोरन्जन मात्र सोच्ने हाम्रो प्रवित्तिलाई हामीले हटाउनु पर्दछ ।

मेरो मान्यता यही हो। यहाँहरुलाई पाच्य हुन्छ वा हुँदैन म भन्न सक्दिन । अं... म, यही प्रसँगमा माथि शिर्षकमा लेखिएका मेरा एक मित्रसङको भेट्को थालनि गर्न चाहन्छु । हुनत, धेरै थरिका साथीहरु नभेटेको होइन, कत्ती मेरा रचनाका पाठकहरु छन, कत्ती मेरा शुभचिन्तकहरु छन । कत्ती यसो मित्रताको हात बढाउ भन्ने मात्र पनि छन ति सबैका आ- आफ्ना स्थान त छदैछन् । तर जब मैले फेसबूकको प्रयोग गर्न थालें, मेरो अप्रत्याशीत तरिकाले एक जना मित्रसँग भेट भयो । भर्खर फेसबूक को प्रयोग शुरु भएकोले मैले वहाँसँग कुरा गर्न वाध्य भएँ, मलाई थाहा पनि थिएन कि ''फेसबूक का'' मित्रहरु झुटा पनि हुन्छन भनेर । हाम्रो कुरा भयो । कुराकानी परिचय बाट नै शुरु हुन्छ । वहाँले मेरो बारेमा जे सोध्नु भयो मैले ति सबैका सहि जवाफ दिए । म कहाँ छु के गर्दैछु सबै मैले भने । मेरो पर्श्नमा वहाँले आफु नेपालमा भएको भन्ने बताउनु भयो । मलाई खुशी पनि लाग्यो आफु परदेशमा भएकोले नेपालका मित्र पाउदा म हर्षित भए फेरी वहाँप्रतिको मेरो आकर्षण के भयो भने वहाँ नेपाल आर्मिको अवकाश प्राप्त मान्छे हुनु भएको बताउनु भयो । म पनि नेपाल आर्मिसँग २ / ३ बर्ष आबद्द भएर लेखिकाको काम गरेकिले मेरो आर्मिहरु सँग राम्रो सम्बन्ध थियो त्यसैले पनि म वहाँसँग कुरा गर्न लालायित भए । हाम्रो कुरा हुँदै गैरह्यो । पछीबाट वहाँले मेरो फोन नोम्बर माग्नु भयो । मैले दिए पनि । हाम्रो फोनमा पनि कुरा हुन थाल्यो । मैले आर्मिको ज-जस्को नाम लिन्थे चिनेको बताउनुहुन्थ्यो । मैले वहाँलाई म नेपाल आउँदैछु भन्ने जानकारी दिदा वहाँले आउनुहोस् न तपाईंलाई स्वागत छ । मैले के सहयोग गर्नु पर्छ म पनि गर्छु भन्नु पनि भयो । म विश्वस्त भए ।

हुन त भेट्नै पर्छ भन्ने त केही थिएन, तर म आर्मी हेड्क्वाटर जादा भने भेट्छु भन्ने मनसाय चाँही थियो त्यही बोलाएर । यसरी हाम्रो कुरा भै नै रहन्थ्यो । वहाँले भन्नु हुन्थ्यो । हेर्नुहोस् प्रभा जि, म यत्ती टाढा नेपालबाट पनि तपाईंलाई सम्झेर फोन गर्छु । हुन पनि म सम्झिन्थे हो त नि अहिलेसम्म आफ्नो भन्ने कसैले त एक कल गर्दैन कुरा पनि ठिकै हो भनेर । वहाँको फोन आउँदा जहिल्यै 'अन्नोन 'भनेर आउथ्यो मलाई त केही शंका नै भएन कि यो फोन कहाबाट आएको हो भनेर ?। जब म एक दिन फेरी फेसबूक खोलेर बसेकी थिए । त्यही मित्र अन्लाइन हुनु भयो । खै !मलाई कहाबाट के दिमाग आयो ? मैले वहाँलाई तपाईंको एक दुई वटा फोटोहरु सेन्ड गर्नु त भनेर भने । वहाँले पनि तुरुन्त पठाउनु भयो । मलाई त्यत्रो समय बितिसक्दा त्यो मित्रको फोटो कहिले ठुलो गरेर हेर्ने बुद्धी आएन र म मा त्यस्तो कुनै शंका भए पो मैले सबै खोज तलास गर्नु ?।

अहो !, जब फोटो हेरेँ । म त आश्चर्यचकित भएं । उक्त ब्यक्ती त मैले यही नै देखी रहेको र यहिको मान्छे रहेछ जो हाम्रो रेस्टुराँमा पनि नेपालीहरुको जमघटमा आइरहने तर उक्त ब्यक्तिको हावभाव ज्यादै नै घमण्डी, हतपत्त बोल्न नचाहने । जे होस् मान्छे हेरेर मात्र वहाँले बोली खर्च गर्ने जस्तो स्वाभावको हुनुहुन्थ्यो । मैले पहिलो पटक हाम्रो रेस्टुराँमा आउँदा पनि आर्मिको भनेर बोल्ने प्रयास गरेकी थिए तर वहाँले मलाई एउटी वेटरेस मात्र ठानेर हो वा किन हो बोल्ने मन नै गर्नु भएन वहाँहरु दुई तीन जना नेपालका बरिष्ट् नेतासँग आउनु भएकोले पनि होला त्यता नै ब्यस्त हुनुहुन्थ्यो । समग्रमा भन्दा म उक्त ब्यक्तिलाई रुचाउदिन थिए किन कि मैले पनि धेरै ब्यक्तिहरुसँग संगत गरे किन हो कुन्नी मलाई उक्त ब्यक्ती जस्तो घमण्डी मान्छे कोही लागेन । कत्ती पटक हाम्रो रेस्टुराँमा नेपालीहरुको जमघट हुँदा वहाँलाई मैले ढोकामा गएर स्वागत गर्दै नमस्कार गर्दा पनि वहाँले मलाई वास्ता गर्नु भएको थिएन त्यसैले पनि म वहाँलाई रुचाउदिन थिए र अरु एक दुई जनाको मुखबाट पनि वहाँ घमण्डी भएको कुरा सुने ।

केही समय पछी यहाँ रक्की माउन्टेन को चुनाउको चर्चा शुरु भयो । नेपालीहरु हाम्रो रेस्टुराँ मा जमघट हुन थाले । वहाँको पनि आगमन त्यत्तिकै हुन थाल्यो तर आश्चर्य !, वहाँलाई थाहा भएन कि फेस बुकको मित्र म नै हुं भनेर । मलाई पनि त्यतिजेल सम्म थाहा थिएन । म त वहाँको मुख नै हेर्दिन थिए । त्यत्तिकैमा वहाँको हाम्रै पार्ट्नर सँग समिपता बड्यो । फोनमा कुरा भै रहन्थ्यो वहाँहरुको । म त सिधै भन्थे हेर्नु ''मलाई त्यो मान्छे मनै पर्दैन तपाईंले भने पनि हुन्छ त्यस्तो घमण्डी मान्छे संघ ,संस्थामा लागेर के हुन्छ ? “ । तर अचानक त्यो दिन मेरो फेसबूकको मित्र वहाँ नै हुनु भएकोमा म त छक्क परे र मैले भने तपाईं किन '' फल्ट'' हुनु भएको ? म त तपाईं भनेर जानेको भए कुरा नै गर्दिन थिएँ । मलाई तपाईं पटक्क मन पर्दैन भनेर सबै मलाई लागेका कुरा हरु भने । वहाँले मलाई तुरुन्त फोन गरेर माफि माग्नु भयो । हुन त, मलाई लाग्छ वहाले पनि म त्यही रेस्टुराँको हुं भनेर अवश्य थाहा नभ्एर पनि मित्रताको हात बडाएको हुनु पर्छ। पछी पछी को हाम्रो कुरा कानिमा चाँही मैले तपाईंलाई चिनी सकें तपाईं यस्तो प्रकारको हुनुहुन्छ भनेर भन्न थालनु भएको थ्यो। म त हो न हो आर्मी हेड्क्वाटरमा देख्नु भयो होला भन्थे वहाँको जवाफमा पनि त्यही हुन्थ्यो । यसरी अचानक त्यो मित्र को असली रूप थाहा पाएर म त त्यो दिन किङ्कर्तब्य बिमूढ पनि भए । आश्चर्यको सीमा रहेन ।

त्यो यथार्थ थाहा पाउनु भन्दा दुई दिन अघाडी मात्र पनि उक्त ब्यक्ती सँग मेरो भेट भएकोथियो तर मलाई बोल्न मन लागेन मसँग भएको बहिनी मात्र वहाँ सँग बोलिन । यसरी मलाई मनै नपरेको मान्छे सँग पनि ''फेसबूक'' ले मित्रता गराइ दियो तर मैले वहाँलाई सबै कुरा भने । तपाईं यस्तो घमण्डी हुनु हुन्छ मलाई त तपाईंलाई देख्दा मात्र पनि रिस उठ्छ । यसरी मनमा भएको कुरा सबै मैले पोखें तर वहाँले ज्यादै धैर्यता पूर्वक मेरो कुरा सुन्नु भयो । म प्रती कुनै आक्रोश ब्यक्त गर्नु भएन र वहाँलाई आफ्नो गल्ती सबै महसुश भयो र भन्नु भयो प्रभा जि, वास्तव मा म तपाईंले सोचेको जस्तो गलत मान्छे होइन, म घमण्डी पनि छैन तपाईंलाई त्यस्तो लागेको हुन सक्छ भनेर आफ्नो वास्तविक्ता ओकल्न चाहनु भयो । मैले पनि आत्मासात गरें कि हुन पनि हो मान्छेको आ -आफ्नो बानी हुन्छ सबै एकै प्रकारका हुँदैनन । त्यस्तो ठुलो गल्ती नै के भयो र ?मैले त्यस्तो दुश्मन सम्झिनु पर्ने ? म वहाँलाई बारम्बार यही भन्ने गर्छु मान्छे भएर घमण्डी भयो भने उस्का सारा गुणहरुको केही औचित्य हुँदैन भनेर ।

अहिले हामी एउटै ठाउँमा छौं । मेरो पनि समाजमा केही गरौ, केही श्रीजनात्मक कामहरुमा केही गरौ भन्ने भावना छ तर वहाँमा पनि त्यस्तो भावना रहेछ । अहिले हामीमा त्यस्तो नकारात्मक भावना छैन । कुनै काम पर्‍यो भने वहाँ हाम्रो रेस्टुराँमा आउनु हुन्छ हामीलाई मद्घत माग्नु हुन्छ । हामी पनि सहयोग गर्न तत्पर हुन्छौ । आजकल भने वहाँ हाम्रो रेस्टुराँमा पस्दा पस्दै हँसिलो मुहार बनाएर नमस्कार गर्दै पस्नु हुन्छ यत्ती सम्म कि हाम्रा इम्प्लोइ हरुलाई धरी नमस्कार गर्न चुक्नु हुन्न । त्यस्को अर्थ सबैलाई झुकेर नमस्कार गर्नु पर्छ भनेको हैन तर पनि मान्छेमा अभिमानी भावना कहिल्यै हुनु हुन्न भन्ने सुझाव मात्र मैले दिन खोजेकी हुँ । ''वहाँ सँग भेट हुन साथ म यही भन्ने गर्छु तपाईंले मलाई एउटी वेट्रेस मात्र ठानेर मान्छे नगन्नु भएको हैन?। वहाँको जवाफ यस्तो हुन्छ ''हैन हौ, प्रभा जि मैले तपाईंलाई बल्ल चिन्दैछु । मैले त्यस्तो सोचेको हैन'' भनेर अहिले लाज पचाउन खोज्नु हुन्छ तर पनि मान्छेले मान्छेलाई चिन्न नसके पछी त्यस्तै हुन्छ । अहिले भेट हुँदा मेरो लेखकिय प्रशंसा नगरि बस्न सक्नु हुन्न तर पनि म कहाँ वहाँको प्रशंसामा मक्ख पर्छु र ?। मलाई त जसरी हुन्छ वहाँको बानिलाई परिवर्तन गर्नु छ र भै पनि सकेको छ । अब चाडै भुवन के. सी. को ''म तिमी बिना मरिहाल्छु'' फिल्म को प्रिमियर शोको लागि तयारी हुँदैछ त्यस्मा पनि हामीले मद्घत गर्दैछौ । वहाँले भुवन के. सी. सँग पनि मेरो कुरा गर्नु भयो रे नाम सुनेको हो म अवश्य भेट्छु भनेर भन्नु भएको छ भनेर सुनाउदै हुन्हुन्थयो ।

हेर्नुहोस् पाठक ब्रिन्द, यो लेखले तपाईंहरुलाई कत्तिको असर् पार्छ मलाई थाहा छैन तर यहाँ धेरै कुराको उदाहरण मैले दिन खोजेको के भने मान्छेले कहिले पनि नचाहिने झुठो र थाहा पाइहाल्ने खालको ब्यवहार गर्नु हुन्न र मान्छेमा बर्ग बिभाजन गरेर कहिले ब्यवहार गर्नु हुन्न ।आखिर को मान्छेभित्र कस्तो प्रतिभा छ को मान्छेमा कस्तो गुण भन्ने कुरा अनुहार, जात, उचाइ, रङ हेरेर थाहा हुन्न । कोही आफ्नै बिज्ञापन गरेर खुलस्त भएर चिनिन चाहन्छन भने कोही कामबाट चिनिन चाहन्छन त्यसैले अगाडि देखिएको कुरामा मात्र विश्वस्त हुनु हुन्न । नदेखिएको कुरामा पनि केही गुण लुकेको हुन्छ भन्ने सोँच्नु पर्छ । समुन्द्रमा मोती लुकेको कस्लाई थाहा हुन्छ ? , तर अघाडी देखिएको टल्कने चिजलाई मात्र हीरा ठान्नु हुन्न । बल्ल मेरो मित्रलाई यो कुराको आभाष भएको मलाई महसुश भएको छ । यदी कसैले पनि यस्तो सोंच् राख्नु भएको छ भने कृपया यही कुराहरुलाई ह्रिदयङम गर्नु भए आफ्नो भविश्यमा हुने गल्तीबाट पन्छिन सक्नु हुनेछ । ''फेसबूक'' को सुरुवात अवश्य पनि गलत प्रयोगको लागि भएको हैन न कि खाली बकमफुस्रे गफको लागि तयार गरिएको हो । यस्को सुरुवात को लागि यस्को जन्मदाताले अवश्य दिमाग, समय खर्चेको हुनु पर्छ । त्यसर्थ यस्को सहि सदुपयोग गरौं यसलाई मनोरन्जनमा मात्र निलिउँ । समय र साधनको सहि मुल्याङ्कन गरौ । अस्तु



April 29, 2009

अस्विकृत बुद्ध

शेखर ढुङेल
०५-२९-२००९
तिम्रै देश मा हे बुद्ध!
तिमी अस्विकृत भएका छौ
मुल्युहिन सम्झी मानब चोला
यत्र त्यत्र उस्कै बली
सत्ता ब्यापार मा साटिदै छ
श्रेष्ठ प्राणी भएरै होला
उस्कै रगत घुम्ने कुर्सी चुस्दै छ
हाबा संगै बिलाए
कैयौं मुना चित्कार
खडेरी को जङल सरि
उजाड सिउदो रुदै छ
लालच त्यागी राज पाठ
छोड्ने तिम्रो पवित्र भुमी मा
नयाँ बिहानी संगै
झनै कठोर सत्ता
छाती मा परेड खेल्दै छ
अस्थिर , तरलित मानब
स्वार्थ को बली चढ्दै छ
सपना का शितल सागर
क्रुर चुनामी भए
शान्ती का दुत आशु झार्दै
रणभुमि हेरी रहे
उकुस मुकुश माहौल यो
बुद्ध तिम्रो घर मा
बन्धकी भबिस्य सुस्ताउदै छ
देब तपो भुमी नेपाल मा
आन्दोलन का खेती फस्टायो
तिमी अस्विकृत यो बर्तमान
सन्तति लाई त्रास पस्कदै छ
कोमल मनमा
बित्रिस्णा बिद्रोह पोतियो
समयले बाटो बदल्यो कि ?
खन्डहरको ईतिहास रच्यो
शर्माइ चेतना को प्रकाश
बादल मा मुन्टो छोपी
तिम्रो आगन को बाटो
भुले जस्तो
अमानबियता को राको बोकी
नब जात ब्रीद्ध कोइ नभनी
खाडल मा जोत्ने काम हुँदै छ
बुद्ध तिम्रो आँखामा धुलो छ्याप्ने
धुन्दकारी हरुको मौलायो खेती
मानबता बिरुद्धको अपराध ले
हेर शिखर चुम्दै छ
बिबेक र सदभाब को मस्तिस्क मा
पाषविक दुस्टता भरिदै छ
शान्ती का मलेवा हे बुद्ध
टायर् र बारुद को धुवा मा
कोइ छटपट्टिएर मरे
कोइ बस्ती छोडेर भागे
लठ्ठी भाला र बन्दुक बाहेक
अरु भाषा नबुझ्ने भएका छौ
हे बुद्ध तिम्रै देश मा आज
अस्विकृत भएका छौ तिमी


इमेल ह्याक भएको केस

केही समय पहिला इमेल ह्याक भएको केस भन्ने बिषयमा Dr. RB Kavitaram Shrestha बाट इमेल आयो। मलाइ लाग्यो कसैले इमेल ह्याक गरेर फाइदा उठाए जस्तो लाग्यो। उनलाइ आफ्नो निजकको मित्र साहित्यकार बिजय चालिसे अपरहणमा परेको र तुरुन्त सहयोग गर्ने भनेर याचना गरिएको थियो। हुन त प्राप्त इमेल नै फर्जी हुन सक्छ। इन्टरनेट र इमेल चलाउनुहरुले महशुस गर्नुभएको होला तपाइलाइ दिनहुं कति फर्जी इमेल आउँछन। फर्जी पत्र बनाउनेहरुले कुनै न कुनै नयाँ तरिकाले मान्छेलाइ ठगी राखेका हुन्छन। त्यसैले उनिहरु मान्छे फसाउन कुनै न कुनै रुपमा तपाइ हामीलाइ फर्जी इमेल पठाइरहेका हुन्छन। कैयौं करोड पाउने आशामा थुप्रै नेपाली नाइजेरिया, हंगकंग आदीमा फसेको त सुनेकै छौं। छक्क पर्ने कुरा त के भने चिठ्ठा नै किनेको छैन करोडौंको चिठ्ठा पर्यो भनेर दंग पर्ने हामी कस्ता? । तर ठगहरुले सधै एउटै तरिका अपनाउदैनन।

यस पटकको ठगी भने आफ्नो नजिकको मान्छै अपरहणमा परेको खबर गरिन्छ र बेस्ट्रन युनियन या कुनै तरिका बाट पैसा वायर गर्न लगाइन्छ। यसरी पैसा पठाउँदा पैसा कस्ले बुझ्यो, कांहा पुग्यो पत्तो हुदैन। सके त लाखौं नसके केही सय डलर भए पनि ठगहरुले पैसा फुत्काइ छोड्छन। तपाइहरुले चिन्नु भएको छैन भने त मनि वायर गर्नु हुँदै हुन्न। यस्तो ठगीको समस्या अमेरीकामा पनि छ। वायर गरेको पैसा कता पुग्यो पुलिसले पनि पत्ता लगाउन सक्दैनन। मनि वायरबाट ठग्न एक्दम छिटो हुने र सजिलो तथा बच्न सकिने हुदा ठगहरुको यो निकै लोकप्रिय तरिका हो। पटक पटक नाइजिरियनहरुले यसरी ठग्ने गरेको थाहा पाए पनि नेपाली अपरहणमा परेको जस्तो खबर नेपालकै ठगहरुले गरेको अनुमान गरिएको छ। केही इमेल नेपालीमा लेखीनु, नेपाली मान्छेको नाम,ठेगाना सही तरिकाले लेखीनु र आफ्नै चिन्ने मान्छे अपहरणमा परेको इमेल आउनुले पनि यो ठगीमा नेपालीहरु संलग्न भएको अनुमान गरिएको छ। हुन त इमेल कता बाट आयो थाहा हुन्छ तर पैसा ट्रान्सफर गर्दा कांहा बुझियो थाहा हुदैन। त्यसैले कुनै साइबर क्याफेबाट इमेल पठायो अनि पैसा बुझ्यो, ठगहरुलाइ निकै सजिलो पेशा भएको छ। मान्छे दिन दाहाडै लुटिदा त कारबाही हुदैन अब यस्तो गोप्य तरिकाबाट ठगे हाम्रा पुलिसले कसरी सुइको पाउने? । हुन त ठगहरुले भोली अर्को तरिका अपनाउन सक्छन तर मुख्य कुरो यसरी इमेलमा आएका इमेल फर्जी हो कि होइना या कत्तीको सहि हो इमेल प्रयोग कर्ताले नै बुझ्नु जरुरी छ। इमेलको अंश तल राख्दैछु कतै तपाइलाइ पनि यस्तो इमेल त आएका छैनन?

फर्जी इमेल आएको जानकारी गराउनु हुने Dr. RB Kavitaram Shrestha को इमेल यस प्रकार छ:
सुन्नुहोस त साहित्यकार विजय चालिसेको मलाई एउटा अनौठो चिठी आयो । यो भनेर कि उहाँ नाइजेरियामा हुनुहुन्छ र त्यहाँ हतियारबंद गुण्डाहरुले उहाँका सबै पैसा र कागजपत्र खोसेर लगे अनि उहाँ वेखर्ची हुनुहुन्छ त्यसैले यथासक्य ३००० डलर पठाइदिनु । ठीक यस्तै पत्र मलाई गत वर्ष गोविन्दिसंह राउतको पनि आएको थियो । कुरा के भने तपाईं हामी कसैलाई पनि यस्तो पत्र हामीमध्ये कसैको पनि नामबाट आउन सक्छ । आफैलाई यस्तो आपत्ति परेको भन्दै आफ्नै अर्को इमेल आउंदा छक्क नपरे हुने स्थिति छ । बुझ्नुभो होला यो इमेल ह्याक भएको केस हो । इमेल ह्याकबाट बच्ने उपाय गर्दा गर्दै पनि यस्तोमा फ़स्न बेर लाग्ने छैन । त्यसैले आफ्नो ब्लग हुनु जरुरी लाग्यो । यसबाट कमसेकम साथिभाईलाई को कता भन्ने त थाहा भईरहन्छ ! आजै कुनै न कुनै ब्लगमा भर्ति हुनोस ।
फर्जी इमेल भनेर पठाइएको इमेल यस प्रकार छ:

Hi,
I'm in a hurry writing this mail. I had a trip to Nigeria for a conference. Unfortunately all my money has been stolen at the hotel where I stayed, by some armed robbers and since then I've been without any money and I'm even owing money to the hotel here. So I have only access to my e-mails, my mobile phone can't work here so I didn't bother bringing it along. Please can i get up to $3,000 or any amount you can render for me, so I can return back and settle the hotel bills I will return it back to you as soon as i get home.You can have it sent through money grams or western union. I have already spoken to the hotel manager, please let me hear from you as soon as you receive these mail so that i can collect the Manager's name and address where you can send the money to me.. all i need right now is the money to settle up the bills and leave. i promise to pay back your money as soon as ireturn home please i only hope on you now please understand it very hard for me to explain.Thanks

best regards
Vijaya Chalise



जीवनका बारेमा

गुरु केदार बराल
जीवनका बारेमा कल्पना गरेका हुन्छ।
तर सबैको पुरा भने भएको हुदैन।
बशन्तहरु म बाट टाढिसकेका छन्।
जीवनका विभिन्न उत्तारचढावहरुमा
म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।
चाहना एकातिर अनि यथार्त अर्कोतिर
यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु
साँच्चै जीवन विचित्रकै हुदो रहेछ।
कहिले आफुले जीवनलाई डोराईन्छ
कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो।
सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष छु


April 28, 2009

अनलाईनबाट अल्जिएको माया

विजयकुमार श्रेष्ठ
-हाल ईराक
कुरा धेरै पहिलाको हो । जब म स्कुल सकेर कलेज पढ्ने लहरमा लहरिदै थिए र गाउ छाडेर शहरको रमझममा रमाउन यो मनलाई आतुर भएको थियो । प्रबेशिका परिक्षा पास गरे लगत्तै कलेज कहाँ पढ्ने भनेर सोच्न थाले र यो मनलाई काठमाडौको रमझम हेर्ने धैरै पहिला देखिकै सोख थियो । अब त पुरा हुन्छ कि भन्ने आशा यो मनमा पलाउन थाल्यो । त्यस्ता कुरा आफुले मात्र सोचेर पनि हुदैन थियो नि त, फेरि घरमा बुबा आमा दाजु भाईलाई पनि जानकारि गराउनु पर्ने थियो । यो कुराको बाटो कसरि खोलु भनेर यो मनमा तरङ्गहरु सलबलाउन थालेको थियो । एक दिनको कुरा हो, घरमा पनि मेरो बारेमा कुरा भई नै रहेछ, त्यो कुरा मेरो कानमा पनि पर्न गयो र मलाई स्वरमा स्वर मिलाउन झन सजिलो हुन गयो । मैले पनि त्यसै मौका छोपी आमालाई मेरो कुरा राख्न सफल भए र आमाले यो कुरा बुबासँग गर्नु भएछ । फेरि मेरो पढाई पनि त्यति नराम्रो थिएन र मेरो बुबा सानो सोचाई भएको मानिस पनि हुनुन्थिएन, गाउँको परिवेसमा हुर्केको भए पनि र आफुले मनमा लागे जतिको अध्यायन गर्न नपाएकोमा अलि पछुताउमा हुनु हुन्थ्यो । उहाँले त्यसै भएर पनि मेरो प्रस्तावलाई नकार्नु होला जस्तो मलाई लागेको थिएन । जब बुबाले मेरो कुरा थाहा पाउनु भयो त्यसको भोली पल्ट खाना खाने समयमा मलाई डाकेर सोध्नु भयो । मैले आफुले अध्ययन गर्ने बिषयको बारेमा पनि बुबालाई अबगत गराई दिए र बुवालाई पनि आफनो सन्तानले राम्रो शिक्षा हासिल गरेर देश र जनताको सेवामा लागुन भन्ने ठुलो चाहना थियो । मेरो कलेज पढ्ने चाहना बुबाले पुरा गराई दिने बाचा गर्नु भयो र गाउँ समाजमा घटेका घटनाको पनि अबगत गराउनु भयो । जुन घटना शिक्षित व्यक्तिबाट नै घट्ने गरेको थियो । मैले पनि सबै आफुमा भएको कमि कम्जोरिहरु आमा बुबालाई अबगत गराई दिए र लगनशिलता भएर आफुले दिएको बाचाहरु सहज रुपमा पुरा गर्ने अठोट लिएर काठमाडौमा अध्ययनको लागी जानलाई तयारी तिर लागे । पारिवारिक सरसल्लाह सबै मिले पछि भर्ना हुनु भन्दा पहिला कलेज प्रबेशको लागी परिक्षा दिनु पर्दथ्यो र मैले त्यसको लागी फारम भर्न लगाएर र केही महिना पछि परिक्षा पनि दिए ।  मेरो पहिला लिष्टमा नै नाम निस्कियो र काठमाडौको ठमेल स्थित अमृत साइन्स क्याम्पसमा भर्ना भएर आफनो उच्च शिक्षाको अध्यायन सुरुवात गर्ने अबसर पाउन सफल भए ।

अब मेरो जिवनको गतिको रफ्तार सुरु हुन थाल्यो । आफुलाई किताबी ज्ञान बाहेक अरु कुरामा ज्ञान थिएन । स्कुलले जिवनमा खेलकुद र नाचगानमा त रुचि राख्द थिए । कलेजमा त सबै जना कम्प्युटरको कुरा गर्दो रहेछ । कानो गोरुलाई औशि न पुर्णे भने जस्तै आफु त शहरिया साथि भाईको कुरा सुनेर टवाल्ल परेर सुन्नु सिवाय अरु उपाए थिएन । फेरि मेरो मनमा अर्को जोस जाग्न थाल्यो, त्यो थियो कम्प्युटरको कि बोर्डमा आफना साथिहरुले गरेका कुराहरुको कथाहरु स्वयम आफुले पनि त्यो कि बोर्डमा आफना औलाहरु नचाउने रहर जागेर आयो । कलेजका दिनहरु सुचारु हुन थाल्यो र दिनहरु बित्दै जान थाल्यो । हरेक हप्ताको शनिवार बिदा हुन्थ्यो । आफुलाई पनि कम्प्यूटर सिक्ने जोस जागर वडेको थियो र समय अनुसार नसिकी नहुने थियो । त्यसै क्रममा एक दिन साथिसँग गएर कम्प्यूटर कक्षामा भर्ना भए । आज भोली गर्दा गर्दै कम्प्यूरको ज्ञान पनि केहिहदसम्म त सिक्न सफल भए । जब कम्प्युटरका ज्ञान हासिल गरे आफना सम्पुर्ण विवरणहरु फाईल बनाएर राख्ने बानि बसाले । त्यस्तै क्रमहरु चलि रहेको थियो ।

एकदिनको कुरा हो म साथिसँग साईवरमा गएको थिए । परदेशमा भएको साथिलाई आफनो बारेमा र पारिवारिक खवरहरु मेल मार्फत पठाउन भनी र आफना फाईलहरु पनि हेरु भनेर। त्यसै समयमा साथिसँग कुरा गर्दै थिए भर्खर कम्प्यूटरको ज्ञान हासिल गरेकोले होला साईबरमा बसे पछि त निस्कीन मनले नै मान्दैन जति चलायो त्यति चलाउन मन लागि रहन्थ्यो । अनलाईनबाट साथिसँग कुरा गरेको चार हप्ता हुन लागेको थियो । धेरै कुराको ज्ञान हासिल गरि सकेको थिए । सधै जसरि अनलाईनमा बस्दा एकदिन कताबाट एउटा अपरिचित अनलाईन साथिले हाई भनेर मेरो नामबाट सम्वोधन गर्‍यो कता कता अचम्म पनि लागेर आयो। उ को हो मलाई केहि थाहा थिएन तर पनि मैले उसलाई उत्तर फर्काईदिए र कहाँ कसरी सम्पर्कमा आउनु भयो मसँग भन्ने बारेमा केहि बार्तालाप हुन गयो। त्यो दिन कुरा राम्रा नै भयो र उसले मलाई नजिकबाट चिनेको जसरि कुरामा अनलाईनको सहायताबाट तिमी ‘फलना’ होईन भनेर भन्यो। कता कता मलाई पनि केही जान्ने उत्सुकता जागेर आयो । सुन्ने गरेको त थिए अनलाईनमा बिभिन्न किसिमका समय बिधारक साथिहरुसँग जम्काभेट हुन्छ भन्ने कुरा मलाई पनि त्यो कुराको याद गराई दियो । मसँग अनलाईनमा कुरा गर्ने मेरो घर नजिकको साथि बाहेक अरु थिएन तर पनि बोल्दामा केनै होला र भन्ने उखानलाई सम्झेर उसको उत्तरहरु सहजै तरिकाबाट दिन थाले । त्यस्तो क्रम चल्न सुरु भयो । मेरो अनलाईनको पहिलो अनुभव भनौ वा उत्सुकताले पाएको समय बितारक मित्र भनौ । हामीमा राम्रो मित्रताको प्रर्दुभाव हुन गयो । जो म हप्तामा एक दिन साईवरको खोजी गर्ने मानिस जब अनलाईन मित्रको मधुर ति शब्दहरुको माधुर्यतामा बग्न थाले तब मलाई हरेक दिन अनलाईनमा नबसि नहुनेसम्म बाध्य बनाएर ल्याउन थाल्यो । हामी एक अर्कामा केबल अनलाईनमा मात्रै हो परिचय चिना जानी भएको तर मलाई उसको बारेमा यति मात्र थाहा छ उ मेरो अनलाईन साथि हो भन्ने कुरा मात्र अरु मलाई केही थाहा छैन । हाम्रो समयहरु झन झन नजिक हुदै आयो । केही दिन पछि हामी हेडफोन द्धारा पनि कुरा गर्न तिर लाग्यौ जब उसको स्वर हेडफोन मार्फत सुन्न पाए म त झन नजिक हुन थाले । आफैलाई थाहा छैन किन के भई रहेको छ भन्ने कुरा । कहिले काहि त जो भए पनि मलाई के सरोकार भयो र आखिर मैले के नै नराम्रो काम गरेको छु भन्ने प्रश्न पनि खडा हुने गर्थ्यो मेरो मनमा । उसको ति माधुर्यताले मेरो मन कता कता छोए जस्तो पनि लाग्दथ्यो । बिर्सन्छु भन्दा पनि नसकिने भैसके किन हो किन ।

हाम्रो मित्रताको डोरी गहिरो हुदै गयो । तर हाम्रो भेट भनेको अदृश्य मात्रै भएको थियो, उ कस्तो छ र कहाँको हो के गर्छ भन्ने कुरा केबल अदृश्यमा मात्र ज्ञान भएको थियो मलाई । दिन प्रति दिन हाम्रो अनलाईनमा गहिरो सम्बन्ध बाधिदै गयो र वर्षौसम्म हामी अनलाईन मित्र भन्दा अरु हुन सकेको थिएन । मलाई कहिले भेटॆर एक अर्काको बारेमा जान्न हतार परेर आउन थाल्यो । झन अब त उसलाई सपनाको राजकुमारको दर्जामा स्थान दिन थाले । जब म आफनो ओछयानमा जान्छु उसको छाया रुपी भावनाहरुसँग सँगै भएको पाउने गर्दथे र निदाउन समेत छाड्न बाध्य हुन पुग्थे । अनि आफु एक्लै भित्र भित्रै उससँगको अनलाईनमा पोखेका भावनाहरुमा आफुलाई डुबाउन बाध्य हुन्थ्ये र छटपटि लागेर आउदथ्यो कहिले भेट्ने भन्ने कुराले साह्रै सताएर ल्याउथ्यो । हामीमा सबै कुराको बेली बिस्तार भैसकेको थियो । धेरै प्रयासको सोधाई पछि उसले भन्यो म परदेशमा छु भनेर र स्वादेश फर्कने कुराको प्रसँग चलाउदा खेरिमा उसले एक साल पछाडिमा मात्र फर्कने कुरा सुनायो । उसँग भएका तिता मिठा कुराहरु मेरो मनमा सधै भरि दोहोरिन थाल्यो । जब म एक्लै हुन्छु अनि सुरु हुन्छ अन्तर आत्मामा बगेका भावहरु अनि उसलाई भेट्ने समयको पर्खाईमा हताससम्म हुन पुग्ने रहेछु । आफनो कलेज अध्ययन पनि लगभग लगभग सकिन लाग्यो । हाम्रो गाउँ समाजको चलनले गर्दा आफनो अध्ययन र उमेरको हिसाब गरेर बसेका छन घरमा परिवारहरु आफुलाई नचिने पनि नदेखे पनि त्यही अनलाईन मित्रको अतुलनिय माया र ममतामा बाधिन पुगेको थिए ।

कलेज बिदाको बेलामा घर गएको थिए त्यहि मौकामा आफनो जिम्मेवारीको भार वोकाई दिने कुरा चलाएको रहेछ त्यो कुरालाई नकार्न पनि सक्दिन थिए । तर आफनो अनलाईनको मित्रताको बारेका पनि भन्न म सक्दिन थिए । फेरि उसको परिचय कसरि दिउ म, आफनो परिवारलाई न त आफुले नै प्रत्यक्ष देख्न सकेको थिए । त्यसैले मेरो अनलाईनको माया अनलाईनमा नै सिमीत हुन गयो । आफनो परिवारको स्वीकारोक्तीलाई मध्य नजर राखेर आफनो गन्तव्य पुरा गर्न तिर लागेर पारिवारिक जिवनको शुरुवात तिर बाधिन बाध्य भए र अनि हामीमा भएको मित्रताको धुर्व एक आपसबाट अलग अलग भएर आफना आफना बाटा तिर लागेर अर्कै सँसारमा रमाउन बाध्य भयौ । अदृश्य माया लगाउनुको फल यस्तै हो रहेछ भनेर कहिले काहि आफुलाई झस्काउने गर्दथे तर उ कहाँ पुग्यो र कहाँ थियो भन्ने कुराको ज्ञान हासिल गर्न पाउने मौकाबाट बन्चित हुनु पुगे । अनि हामी दुई धुर्वीय पथ प्रदर्शक भएर आफनो गन्तव्यलाई अँगाल्न सिवाय अरु सामथ्र्य हामीमा थिएन । अदृश्य मायाको प्रतिफल यस्तै रहेछ भन्ने सोच्न थाले त्यसैले धुर्वीय प्रदसक भएर हामी एक अर्कामा विलीन हुन पुगे ॥
समाप्त ॥ ॥