April 21, 2009

बिस्थापित हामी

आचार्य प्रभा
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।


April 20, 2009

कस्ता कस्ता छन्


राकेश कार्की
लस् एन्जेलस्

मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्

कोही मुसा बनि पसेर सिँह बनि गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्

फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्

पवित्र नदि नालामा ढल खनाईदिएर
डिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्

के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सी
भो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।


हिड्दै छ पाईला मेट्दै छ

बिजय हाल ईराक
सर्वहारा वर्गको नेतृत्व गर्न क्रान्तिको मैदानमा उत्रीएका नयाँ नेपालका नयाँ अनुहारहरुलाई अहिले आएर जो, हिजो बोलेका भाषाहरु र जनता सामु गरेका बाचाहरु तुईएर अझै पनि भन्ने गर्दछन हामी त क्रान्तिका हिमायातीहरु हौ भनेर अझै पनि भन्ने गर्दैछ परि आएको खण्डमा बन्दुकको नाललाई आफनो प्राईबेट गोजीको पैसा जस्तै गरेर जतिखेर मन लाग्यो त्यतीखेर प्रयोग गर्न सक्ने क्षमता छ हामीसँग भनेर गहकिला भाषणसम्म पछि परेका छैनन् । नयाँ अनुहार रुपी अबसरबादिको सँज्ञा दिन फरक नपर्ने उदाहरणहरु ति नेता भनाउँदाहरुले हरेक क्षेत्रबाट प्रमाणित गर्दै आएका छन् । अनि नेपाली जनताले कसरि नयाँ र सर्बहाराको नेतृत्व गर्ने पार्टि हो भनेर विश्वासको जग बसाल्ने त । गल्ती गर्दै जाने अनि माफि माग्दै जाने त्यस्ता काम त ति पहिलाका देशका शासकहरुले पनि नगरेका त थिएनन् । जे पहिलाकाले गरेका थिए अहिले पनि के कुराको नयाँ प्रर्दुभाव गर्न सकेका छन् ।

देशको मेरुदण्ड भनेको प्रधानमन्त्री हो । मेरुदण्ड जस्तो व्याक्तिले त लाचारी भएर म आफै कमजोरी छु भनेर प्रयाश्चीत गर्न थाले पछि अरु नेता भनाउदाहरुले के नै गर्न र बोल्न बाँकि राख्दछन् । समझदारी र बुदा गत रुपमा देशको ढुकुटीलाई आफनो बाहुपासमा पार्न बागचालको गोटि चाल्न माहिरहरु नयाँ नेपालमा कहिले ३ बुदे त कहिले ९ बुदे र कहिले १२ बुदे सहमतिको सुर्य परावर्तन पारदर्शिताको परिसुचक भएर आफनो भत्ता र सेवा सुबिदाको उपभोग गर्न पल्केका नयाँ नेपालका नयाँ हस्तिहरु अहिले आएर हामीले केहि गर्न सकेका छैनौ र हालको बजेट र कार्य योजना हामीले तय गरेको होईन भन्न समेत पछि पर्न लागेका छैनन् ।

राजनितीमा उतार चढाब भन्ने कुरा हुन अत्यन्त जरुरी छ । तर हाम्रो नयाँ नेपालमा त मुखले राम राम बगलीमा छुरा भन्ने उखानलाई आफनो मागी र ठगि खाने साधनको रुपमा परिणत गर्न तिर लागेर सर्बसाधारण निमुखा जनतालाई बलिको बोका बनाउन खप्पिस भएका छन् नयाँ सोच नयाँ बिचार र नयाँ नेपालको चित्र रेखा बोकेर आएका देश चालकहरुको बिलासबादि नयाँ रणनितीलाई देख्न पाईएका छौ । सडक र सदनमा भन्ने गर्नु हुन्छ हाम्रो एजेण्डा भनेको नयाँ परिवर्तनको जग हालेर हरेक कुराको नयाँ अनुभुती दिन हाम्रो सोच हो अरु कसैसँग छैन नयाँ सोच नयाँ कार्य तालिका भनेर ति जनताको पसिनाले हात्ति पाईला जस्तो रोगले छोएको शरिर देखाएर बिना माईकको सहारामा सडक र सदन थर्काएर भुईचालो गएको कम्पन ल्याउन माहिर ति नयाँ अनुहारहरु गल्ति गर्दै जाने अनि जानेको थिएन अनुभव थिएन र हामीलाइ कसैले सहयोग गरेन भनेर शरण लिएर लाचारी भएर पोशाकको प्रर्दशन गर्न जनता सामु मोडलीङ्गको भुमीका निभाउन समेत पछि परेका छैनन् ।

हिड्दै छ पाईला मेट्दै छ; भन्ने उखान सावित भएको छ ति क्रान्तिकारीको अगाडि आफुले लगाएको पोशाकको पनि अलि कति पनि मान्यता पाउने गरेर लगाउदैन भने के पोशाक लगाएर अरुको अगाडि ठाटिएर हिड्नु । के यो कुरालाई कहिले बिचार गरेको छ त । हिजो जंगली जिवन बिताउदा गरेका र बोलेका सबै कुराहरु केवल साधारण जनतालाई मात्र लाग्ने हो । गाउँघरमा जुवाँ तास र जाँड र_िक्स बनायो भनेर कडा बिरोध गरेर ति जाड रक्सि बनाउनेको घर घरमा गएर भएका भाडा कुडाहरु फुटाउने र जलाउने अनि कडा भन्दा कडा सजाय दिन नचुकेका र तास खेल्यो भनेर तास च्याति दिने र त्यहि तास खेल्ने मानिसलाई तरकारि वनाएर खुवाएको स्मरणहरु आज आएर यति छिटै कसरि भुल्न बाध्य भयो होला । तास जुवाँ खेल्यो भनेर खेल्नेको हातका औलासम्म काट्न पछि परेका थिएन । के त्यो सत्ता पाउनलाई गरेको नाटक मात्र हो कि जनता तसा्रउन गरेका नाटकिय खेल हो । ति कार्य गर्दा सजाय दिनु पर्छ भनेर डाडाँ काडा नै थर्किने गरि भाषण गर्ने व्याक्ति आज क्रान्तिकारि पार्टिको माओवादी टे्र्रड युनियनका अध्यक्ष श्रीमान सालीकराम जमकटेल जी जो सर्वहारा वर्गको नेतृत्वमा अडिक भएर लाग्नु भएको छ र उहाँको नेतृत्वमा कयौ मान्छेलाई तास जुवाँ र जाड रक्सिको कुरालाई लिएर नसिहत दियो होला त्यो कुरा त उहाँलाई नै थाहा होला अबगत गराई रहनु नर्पला ।

हो उहाँको त्यति बेलाको सोचाई र बिचारलाई सहि हो भनेर सारा जनता उहाँको पछाडि लागेर आज ट्रेड युनियन जस्तो गरिमामय पदको अध्यक्षमा समेत पुर्‍याई दिएका छन त्यो कसले त । हिजोका दिनमा तास जुवाँ र जाड रक्सि खानु र खेल्नु भनेको एउटा सभ्य नागरिकले सभ्य समाजलाई असभ्यताको परिचय दिनु हो भनेर भुकम्पको कम्पन उत्पति गराउने गरि चिच्याउने नेताले आज आएर आफनो श्रीमतिलाई नेपालको सभ्य र शिक्षित व्यक्तिको नाताले हो या जानेर हो या नजानेर हो क्यासिनो जस्तो ठाँउमा आफनो परिवारलाई नगदको भण्डार शाखामा हाजिरि दिनु भनेको कत्तिसम्म समानुपातिक र नयाँ नेपालको नयाँ सृजना हो भन्ने हामीले कसरि बुझनु पर्ने हुन्छ । के आज त्यो ठाँउ असभ्य भएन होला । अझै पनि ताजा होला सायद अध्यक्ष ज्यूको ति दिनमा गाउँ गाउँमा गाउलेको अगाडि तास च्याति दिदा आफनो ति कोमल हातका औलाहरुमा भएको दुखाई यति छिटै त भुल्नु नपर्ने हो । उहाँ सधै भरि भन्ने गर्नु हुन्छ हामी भनेको नयाँ क्रान्तिको खाका बोकेर आएका नयाँ ज्वाजल्यमान तारा हौ भनेर के उहाँको अठोट त्यहि हो त आफैले थुकेको र लात हानेको ठाउँलाई सुगन्धित र बिदेसि सोम रसले भरिएको पाटोलाई आफनो सन्तानको कर्म थलोको रुपमा रुपान्तरीत गराउनु भएको कतिसम्म सार्थिक र तार्किक जिवन यापनको मध्य मार्गिको सहकार्य हो त ।

त्यसैले हालका नयाँ सोच नयाँ बिचार लिएर देश निमार्णमा नयाँ उर्जा दिने हस्तिहरुको हविगतलाई हेर्दा नेपाली जनताले फेरि पनि निरास हुने अवश्था आएको छ जस्तो लाग्दछ । अनि हामीले उहाँको सिहको जस्तो गर्जावटलाई हामीले सत्य र पारदर्शि हो भनेर पछि लाग्नु कि हिड्दै छ पाईला मेट्दै छ भनेर भुली दिने त यो त हामी नेपाली जनतालाई बाइ पंखि घोडाको कथा सुनाएको जस्तो हुन गएको होईन त । कि उहाँले भन्दै आउनु भएको छ हामीले नयाँ प्रजातन्त्रको रेखाङकन बोकेर आएका छौ हामी कसैले सृजना गरेको प्रजातन्त्रको पछि लागेर हिड्ने व्याक्तित्व होईन भनेर पनि बारम्बार सडक ताताउन पछि पर्नु भएको छैन के उहाँको नयाँ सोच र ताजा बिचारहरुको भण्डारबाट निस्किएको नयाँपनको खाका मान्नु पर्ने हो कि जुन कुराको जरै देखि उखालेर सन्सारबाटै पार लगाउनु पर्छ भनेर अरुलाई ज्ञान ज्ञुनका कुरा सिकाउने र आफु भने त्यही कुराको बिलासिता उपभोग गर्ने कहाँको यो नयाँ प्रार्दुभाव हो त । नयाँ परिवर्तनमा देश बहाक नेता भनाउदाहरुको मात्र बोल वाला हुने हो त के अरु पनि पर्टिका कार्य कत्र्ता थिएन होला । श्रीमान मन्त्री भयो भने श्रीमतिलाई पनि मन्त्री बनाउने र श्रीमान कुनै पनि सध सस्थ्ााको अध्यक्ष भयो भने उसैको श्रीमति राम्रो ठाउँमा राख्नु पर्ने के यहि हो त नयाँ नेपालमा भएको परिवर्तन । यस्तो काम त पहिला पनि नभएको होईन यो कस्तो खालको क्रम भङ्गको नयाँ पाटो सृजना हुन थाल्यो । जे होस नयाँ नेपालमा नेता भनाउदाहरुलाई आएको छ पुर्णरुपमा परिवर्तन भन्ने पाठ यो क्यासिनोको कहि अंशले पनि दिलाई दिएको छ ।



April 19, 2009

बिडम्बना


अमेरिका - गुरु केदार बराल
हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्

जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।

तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।

बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्



आफ्नै हात नि काट्छ छुराले

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे

स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे

जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे

साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे

गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे


April 18, 2009

जय अखण्ड नेपाल !

उर्वर फाँट , हरियो तराई , टल्केको हिमाल
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा ‍भविष्य हाम्रो हो ।

एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।

देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।

नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।

बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना ‍देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।

तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको

हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- ‍एकलव्य