February 7, 2009

माओबादीलाइ जनताले कहिल्यै भुल्ने छैनन

  • संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो।
  • कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?।
  • यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त?।

देशमा धेरै क्रान्ती भए, धेरै शहिद भए तर देश भने ज्युकात्युं। अझ भनौं न, झन झन अधोगती छ। शासक त हामीले मल्ल, राणा, शाह सबै पायौं। तर नेपालमा भन्न लायक लहडे बिकास सिबाय अरु केही छैन। डेढ दशक पहिला सम्म नेपाली गरिब मात्रै थिए तर जब माओबादीले कथित जनयुद्द रच्यो मान्छे अशुरक्षित पनि हुन थाले। त्यो भन्दा पहिला पनि मर्ने मारिने घटना नभएका होइनन तर संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो। उनिहरुलाइ प्रश्न सोध्नुहोस किन मान्छे मरे भनेर"मकै पिन्दा घुनहरु त पिसिन्छ" निकै हलुका उत्तर पाउनुहुन्छ। के नेपाली ज्यान घुन भन्दा पनि सस्तो हो? मानविय जिवनलाइ किरा फट्यांग्रासंग तुलान गर्ने कस्ता राजनितिज्ञ हुन यिनीहरु? अब त माओबादी सरकारमा गइसक्यो। सरकार गिराउन खोज्नेले बन्दुकको गोली पाउने त प्रचण्डले टुडिखेलबाट उदघोष नै गरिसके। अब कांग्रेस र एमालेका नेता पहिला कुम्लाएको सम्पती बोकेर बिदेश पसे हुन्छ। सरकार माओबादीको पन्जाबटा फुत्कनेवाला छैन। पहिला गाउं गाउंमा त्रास फैलाएर माओबादीले देश हल्लाएका थिए अब सरकारमै बसेर देश हल्लाउदै छन। उनिहरुलाइ ‘वाइ.सि.याल’ या अरु कुनै स्यालले मार काट गरेको के मतलब?, बस उनिहरुलाइ जसरी हुन्छ देश आफ्नो मुठ्ठी राखे पुग्छ।

मान्छेलाइ बन्दुकले लुटेर खान सिकाउने यिनै माओबादी हुन। तराइका मान्छेलाइ बिगतमा भारतिय डाकुले लुटेर हैरान पार्थे। फराकीलो जमिन अक्षम नेपाली सुरक्षा, बिचरा तराइबासी टोलको सुरक्षा आंफै गर्थे। अहिले त उनिहरु टाइगर, आगो, ज्वाला आदीका नाममा आफ्नै टोल छिमेकका मान्छेबाट लुटिदै छन। लुटिए त ठिकै थियो, भोलीबाट मिठो पिठो भने पनि खान्थे अब त कमाएर पिठो ख्याउनेलाइ पनि मारिदै छ। कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?

रुकुम,रोल्पा,गोर्खा आदीको त कुरै नगरौं। यती बिकट छ कि मान्छे पखला लागे पनि उपचार नपाएर मर्छन। झन त्यो ठाउं त माओबादीको गुंडनै बन्यो। माओबादी सत्ता हात पारेर काठमान्डौ छिरीसके, अब ति बिकट ठाउंमा पुराना घाउ बाहेक केही छैनन। बिकासको नाममा भएका १-२ वटा हुलाक र हेल्थपोस्ट पनि बन्दुक र बमले उडिसके। देश लोड सेडिंगले आक्रान्त भएको छ, सायद ति गाउंका मान्छेलाइ लोडसेडिगं भनेको के हो नै थाहा छैन होला। हवाइ जहाज उडेको सुन्दा इत्ला कान्लामा दौडि दौडी हेर्दछन, तिनले बिजुलीको मुख कहिले देख्ने?

काठमान्डौको जिबन त झनै कष्टकर छ। देशकको राजधानी, नेपालकै सबै मान्छे यही खनिएर कुरुप बनेको छ। सरकार बनाउने, गिराउने,तस्कर, लुटेरा देखी सिताराम यचुरी सबैको प्रिय स्थल बनेको छ यो कान्तीपुरी नगरी। धान्न त काठमान्डौले धान्ला तर यसको आकर्षण उमेर ढल्केर ३ पत्रो लाली पोतीएकी नागरीक बधुको जस्तै भएको छ। त्याहांका बासिन्दा आफुलाइ सबै भन्दा भाग्यमानी ठान्दा ठान्दै बाइसियल देखी लुटेराको मारमा च्यापिएर निस्सासिन पुगेकाछन। कुनै दिन कुनै ठाउं काठमान्डौमा यस्तो छैन जांहा जाम, टायर बाल्ने आदी अस्त ब्यस्त हुने क्रियाकलाप नभएको होस।

तपाइले सोच्नुभयो होला यो बिना बिषयको ब्लगको तात्पर्य के होला?,  समाचारहरु त तपाइहरुले पत्रपत्रिका देखी ब्लगमा पढिसक्नु भयो होला। हाम्रा पत्रपत्रिकाले घटना भएको मिनेट भरमै ब्रेकिगं न्युज छापिहाल्छन। प्युठानको स्याउलीवांगमा प्रहरी चौकी ससस्त्र समुहले आक्रमण गरेको पनि पक्कै पढ्नु भयो होला। यसरी पहाड तिर आक्रमण गर्ने त माओबादी नै थिए कताबाट आयो यो नया समुह?, माओबादीको नाममा नआए पनि आउन त पक्कै जंगलको कुनैबाट आए होलान। तर यस्को गुरु माओबादी नै हो। चाहे तराइका स-सना समुह हुन या पहाडका मुक्ती मोर्चा, बन्दुकको गोली र कुन्दाले जनतालाइ तर्साउन सिकाउने यिनै माओबादी हुन। यो नेपाल मात्र होइन संसारले नै देखेको कुरा हो।

हामीलाइ ॠषी धमलाका खबरहरुले भन्दा पनि यस्ता खबरले स्तब्ध गराउने गर्छ। ॠषी धमला जस्ता नेपालमा कैयौं छन जुन अकुत सम्पती कुम्लाएर राता रात धनी भएका छन। कोही प्रहरी पोषाकमा लुट्दै छन त कोही मन्त्रिको पोशाकमा। ॠषी पत्रकार भएर लुट्न खोजे। मोबाइल टेक्नोलोजीको बिकासले गर्दा उनका कर्तुत जनता सामु आए। अदालतले दोषी नठराए सम्म त उनी पनि पुलिसको पाहुना मात्रै हुन।

बन्दुकले जनता तर्साउने खेल कहिले सम्म चल्ला?, यो छिटै बन्द हुने वाला छैन। नेपालको भौगोलीक स्थीती देखी निती नियमको काम गराइको तरिकाले यस्ता आतंककारी क्रियाकलापलाइ प्रशय सिवाय केही दिदैन। बन्दुकको र बमको तालिम पाएका स्वांठहरु लुट्न छोडेर पसिना चुहाउदै काम गर्लान त? पक्कै गर्दैनन। यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त? माओबादीको उपहारको यो असर कहिले सम्म रहने हो सम्झदै काहाली लाग्ने अबस्था छ। नेपाललाइ इमान्दारी आंखाले हेर्ने हो भने न त देश समेल्ने कोही छ न त देशको नियममा समालिन चाहाने कोही छ, कसरी चल्छ त यो देश? भगवानसंग प्राथना गरौं नेपाल एसिएको सोमालिया कहिल्यै नबनोस!



पानीको देशमा पानीको हाहाकार

NEW YORK: The United Nations warned that two-thirds of the world's population will face a lack of water in less than 20 years if current trends

in climate change, population growth, rural to urban migration and consumption continue.

Speaking at a high-level symposium on water security here yesterday, UN Dy Secretary-General Asha-Rose Migiro stressed that "if present trends continue, 1.8 billion people will be living in countries or regions with water scarcity by 2025, and two-thirds of the world population could be subject to water stress."


यो माथिको समाचारलाई मैले टाइम्स अफ इण्डियाको आजको वेब संस्करणबाट हुबहु उतारेको हुँ । भर्खरैको नेपाल बसाइबाट फर्कँदा मैले अनुभव गरेको कुरा यही हो कि नेपालमा निकट भविष्यमा भयानक जलसंकट पर्न सक्छ । हुनत म कुनै जलस्रोतविद हैन र मेरो भनाइ केवल भावनात्मक मात्र ठानिन पनि सक्छ । म पनि चाहन्छु, मेरो भावनात्मक डर नेपालको सन्दर्भमा झूटो नै साबित होवस् , तर पनि यसो भन्दैमा मेरो यो विषयको डर पनि मर्ने भने हैन ।

नेपालमा वातावरणिय चेतनाको स्तर हेर्‍यो भने उदेक लाग्दो स्तरको छ र यो केवल केही डलराग्रही एन जी ओको मोहताज बनेर निरिह जीवित छ भन्दा हुन्छ । निर्वाध बिना योजना बढ्दो शहरीकरणको नेपाली विस्तारलाई नियाल्यो भने , सर्वत्र कहालीलाग्दो दृश्य उजागर हुन्छ । काठमाण्डु र देश बाहिरको समेत खाने पानी योजना केवल मन्त्राणी यमी र उनी पछिका उत्तराधिकारीलाई सगोत्री सात पुस्तालाई जागिरोद्दार गर्न बनाइएका अड्डा प्रतित हुन्छन् । मेलम्चीको कथा माओवादीले सरकारी जासूसको आरोप लगाएर भौतिक कारवाहीमा पारी निर्वाध थिलथिलाइएर अर्धमृत बाँच्न वाध्य पारिएको कुनै हिजोको गाउँले कांग्रेसी कार्यकर्ताको दयनीय नियतिमा घर्षणीय बनेको देखिन्छ । काठमाण्डू नामको कंक्रिटको जंगल भित्र बस्ने देशका सेलेक्टेड केहीका लागि अहिले पानी भनेको भूगर्भभित्रबाट अन्धाधुन्द बोरिङ गरी घरेलु मेशिनले तानिएको फिल्टर्ड झोल हो । तीन चौथाइ काठमाण्डुमा खानेपानि संस्थानका पाइप नै पुगेका छैनन् , त्यहाँ या त प्राइभेट ट्यांकरहरूको सेवा वा त जमिन मुनीको पानी थुत्न सिकाउने र उपकरण जडान गर्नेहरूको व्यवसायले मन्त्रालय कायम गरेको जस्तो देखिन्छ । अहिले नै यो जमिन मुनिको पानीको उपलव्धता अलि उच्च स्थानका ठाउँबाट हराइसकेको छ र यो हराउने क्रममा छ । तर यो चिन्ता कसैलाई भएको देखिन्न । यसो कुराकानीको प्रसंगमा एक जाना साथिले भनेथे " देशमा पानी छ क्यारे , अहिलेका सराकारमा बस्नेले गरेनन् भने पनि पछि आउनेले गर्लान नि !" । यस्तो उदासीनता बीचमा पनि बचेको हाम्रो योजना बिहीन शहरीकरणको व्यवसाय, विश्वव्यापी मन्दीको श्वर नै नसुनिकन अग्र गतिमा छलाङ मार्दो छ । "घडेरीको भाउ ३ महिनामा दोब्बर भयो नि !" भन्ने दलालका बोलीले सिर्जना गरेको चासोमा पानीको कथा कतै छैन ।

कथित र र कता कता पढेको कुरा दिमागमा नाचेको नाचै छ । जलस्रोतमा संसारको दोस्रो धनी मानिएको मुलुक आज दैनिक १६ देखि २० घन्टे लोडसेडिङको चचहुइइइ पीङ खेल्दैछ । तर हिजो भौतिक संरचना ध्वंस पारे पछि नया सिर्जना सजिलो हुन्छ भन्नेहरू रगतका कटकटे दाँत ङिच्च देखाएर निर्लज्ज हाँस्दै १० वर्षमा १० हजार मेगावाटको कथा नाङ्लोमा लिएर दक्षीणको दलाल रिझाउन जनतासामु सपना बेच्दै आफ्ना छापामारमाथि देशको बजेट पोषण गर्दैछन् । हिजोका ध्वस्त पारिएका विद्युत योजना मरम्मतको आर्थिक भार जुटाउन नसक्ने , नया योजका लागि वातावारण बनाउन नसक्ने अनि १० हजार मेगावाटको सुनौलो सपना बेचेर अरु दलहरुकै कारणले व्यवधान आयो भन्न तम्तयारयार बनेको राजनीतिको तमाशा भित्र , भूमण्डलीय उष्मीकरणले नेपालमा सिर्जना हुने भयावह ( ग्लोवल वार्मिङको ) भावी चुनौतिको कतै चर्चा नै छैन् । हिजोका ठूला जलासययुक्त कुलेखानी जस्ता भरपर्दा योजनाको सतह पहिरो र भूक्षयले पूरिँदै जानु अनि ती पुराना योजनाको बूढ्यौली नआउँदै नयाले भरथेग गर्न पर्ने उत्तराधिकारको खोजी गर्नै नपर्ने, तर राजनीतिको चर्को भ्यागूते विकासको गफ हाँकेर चमत्कारको रडाको अलाप्नेहरूको माथिंगलमा कतै नेपालमा पनि यो अंग्रेजी ग्लोबल वार्मिङ भन्ने कुरा हुन्छ र भन्ने विष्मय नाचेको त छैन ?

नत्र भने, खै त विश्वभरका पर्यावरणविद हरूले सकेसम्म चर्को श्वरमा चिच्याएर सन् २०२५ सम्ममा हिमालयको हिउँ पूर्णत पग्लिएर , हिमालय पर्वतहरू डरलाग्दा काला चट्टानका पहाडहरूमा रुपान्तरण हुनेछन भनेर भनिरहँदा हाम्रो कानमा त्यसको असर परेको ? के बिना हिमालको आदिम नेपालमा संसारको कुनै पर्यटक डलर खर्च गर्ने पर्यटक बनेर भित्रिएला ? के सदावहार हिमाली नदीको स्रोत मानिएको हिमाल नै नरहेपछि , हाम्रा शाश्वत नद-नदीहरूको कलरवले हिजो जस्तै कतै कसैको ध्यान र मन तान्ला ? अनि के होला पिउने पानी र बिजुली बाल्ने चाहनाको हाम्रो कथा ? २१ औँ शताव्दिको भौतिक चकाचौँधको संसारमा २० घण्टा टुकी बालेर बस्न वाध्य पारिएका हामी नेपालीहरूको खोटो भाग्यमा अब अरू सुख भोग्न प्राकृतिक र मानविय रूपमा लेखेकै छैन त ? खै हाम्रो जलस्रोतको निधिलाई हाम्रा पुस्ता दरपुस्तासम्म जोगाएर प्रयोग गर्ने र गराउने हाम्रो वातावरणीय चेतना ? खै हाम्रो परिचयको हिमाल र हिमाली नदीहरूको अस्तित्व जोगाउनका लागि हाम्रो स्वतस्फूर्त जागृति ?



February 6, 2009

आफ्नो मुलक आफ्नै हुन्छ

हजारौँ बेनियमहरुले नियम बनेर ढलीमली गर्दा
बेथितिले रजगज गरी जीवनमा थितिको भूमिका रोज्दा
जतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनि
हरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ।।

धूवाँ ,धूलो, चोरी , कोलाहल र अपराध आक्रान्त हुँदा पनि
थकान रहित आफ्नै पदचाप र अग्रगमनको चाहना बोकेर
अनि निरापद बन्नै नचाहने जियालोपको अनुभव बाँच्दा
कस्तो अचम्म! तैपनि, हो आफ्नो मुलुक त आफ्नै लाग्छ ।।

आधुनिकता र आदिमताका अनौठो दोसाँधमा उभिए जस्तो
अगाडि बढ्ने पाइलाहरू निरन्तर पछाडि नै हच्किए जस्तो
विचार, व्यवहारमा स्वत्वका पेटाराहरूको भारी टाउकोमा
निर्लज्ज बोकेर आँफै देख्दा पनि , आफ्नै मुलुक आफ्नो लाग्छ।।

कर्म औ व्यवहारका आधारहरू एकातिर मिल्काएर
राजनीति र तिक्डमको वाक्पटुतामा हरेक कुरा सिध्याउने
मनोवृत्ति अनि जीवन पद्दति आफ्नो परिचय बनेको देख्दा पनि
खै कुन्नि के कुराले भन्छ-' हो आफ्नै मुलुक त आफ्नो लाग्छ'।।

प्रविधि, साख्यिकी र नाफा ,नोक्सानको यो भौतिक संसारमा
बाटो भुलेर कतै हराएका अनि गास बास , कपास र जीवनको
सदाबहार माग बोकेर , सदैव क्रान्तिको निर्लज्ज रिहर्सलमा
बाँच्ने 'टाइम वार्प'को कैदी म , तैपनि मुलुक आफ्नो नै राम्रो लाग्छ।। -एकलव्य


Laughter the best medicine

Three Easy Way to Die:

1. Take a Cigar daily-You will die 10 years early.

2. Drink alcohol daily- You will die 20 years early

3. Love someone daily- You will die daily.

***                                ***                                                 ***

One Liner

A foolish man tells a woman to stop talking, but a wise man tells her that she looks extremely beautiful when her lips are closed.

***                                ***                                                ***

The best way to quit alcohol consumption:

Before marriage – drink only when you are sad.

After marriage- drink only when you are happy.

***                                ***                                              ***

Three fastest means of communication

  1. Tele-phone
  2. Tele-vision
  3. Tell-a- woman

Need still faster?, tell her not to tell anyone.

***                              ***                                                ***

Question/ Answer

Q: Why law does not allow a man to marry two women?

A: B’coz you can’t be punished twice for the same mistake.

And finally,

A man was boasting to his friend, “You know, I am a well known collector of antiques”.

His friend replied, “Yes I know, I have seen your wife!”.



गजल: भो तिमीले नै जित्यौ

प्रविण थापा
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो

सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो

अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो

पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो

हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो


February 5, 2009

गजल- ठग्छ भने नियतिले

केशब आचार्य

ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।

कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।

अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।

सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो


सन्दर्भ नयाँ संबिधान --ईतिहास बाट सिकौ र समझदारि मा बढौ


---शेखर ढुङेल
०२-०४-२००९
नेपाल एकिकरण पछी को ईतिहास हेर्दा नेपाल को बिकास नहुनु को मुख्य कारण आपशी बिबाद र षड्यन्त्रको राजनीति नै देखिन्छ । ०७-०१७ को मतभेद, ०१७-०४६ प्रजातन्त्र बादी र पञ्चायत बादी बीच को मतभेद, बहुदल आयो दलहरु कै मतभेदले समय सापेक्ष मानिएको संबिधान को पतन भयो । माओवादी ले सुशासनको लागि लडाईं लड्दा ३० हज्जार नागरिक को मृत्‍यु र २५ खर्ब भन्दा बढि मुल्य को बिकास निर्माण संरचना ध्वस्त भए । बिगत ६० बर्ष क्रान्ति नै क्रान्तिमा बित्यो हाल क्रान्तिले शिखर चुमेको छ । यो बीचमा हामीले जनताको संसदिय ब्यबस्था , राजाको नेत्रृत्वमा निर्दलिय ब्यबस्था, फेरी बहुदलको पुनर्स्थापना हुँदै आज गणतन्त्रमा प्रबेष गरेको ३ बर्ष बितिसकेको छ । तर अझै देशको राजनैतिक् भबिष्य अर्थात प्रजातन्त्र, मानबाधिकार, प्रेस एबं ब्यक्तिगत वाक स्वतन्त्राको ग्यारेन्टि सहितको एक निश्चित ब्यबस्था (प्रणालि), राष्ट्रिय एकता र राष्ट्रिय अस्मिता को सुरक्षीत बाटो पहिल्याउन सकेका छैनौ ।

देश बाद, क्षेत्रियता, जातियता, धार्मिकताका बिबादमा फसी बिभक्त हुँदै गएको छ । यस्तो आपसी मतभेद, दुश्मनी अनी एक-आर्काको अस्तित्व स्विकार नगर्ने मानसिकता बोकेर कुन बाद र सिदान्तले देश बन्द छ त ?। हामी जुन रुपले खन्डित भएर गैराखेका छौ यस्ले कुनै दल वा ब्यबस्था मात्र नभै राष्ट्र नै असफल बन्ने देखिन्छ । यस्तो अवस्थामा एक्लै कसैले यो देशको सार्बभौम सत्ताको रक्षा गर्न नसक्ने हुँदा एकताको सुत्रको लागि समझदारि प्रती सबैको समर्पण अनिबार्य छ । को राजाबादी, को माओवादी र को प्रजातन्त्रबादी ?, हामी सब एक भै बिगतका सबै तिक्तता बिर्सिएर एउटा सकारात्मक् बातावरणको सृजना तयार गर्नु अनिबार्य छ । मेरो गोरुको बाह्रै टक्का भन्ने मानसिकता त्याग्नु जरुरी छ । सबै पक्षको कतै न कतै खोट छ, कमजोरी छ त्यसलाई फ्याकेर सबै को सकारात्मक् पक्ष लाई एकिक्रित गरी नयाँ नेपाल को अबधारणा लेराइ अगाडि बड्नु को बिकल्प छैन । आज हामी ईतिहासकै सम्बेदनशील अवस्थाबाट गुज्रिराखेका छौ । नेपालीको एकता डगमगाएको छ । देशमा बिखण्डनको आशंका बढीराखेको छ । यस्तो अवस्थामा ‘यो’ र ‘उ’ बादी भनी निषेधको होइन कि सहयोगी र सदभाबको बातावरणको राजनीतिमा गंभिर हुनुपरेको छ । त्यस्को लागि छिटो भन्दा छिटो पूर्व राजासहित सबै दल, कानुन बिद, निष्पक्ष र बरीष्ट नागरिक, पूर्व प्रशासक, पत्रकार को राउण्ड टेबुल बार्ता गर्नु उचित हुन्छ र त्यस्ले एउटा श्वेतपत्र जारीगरी संबिधान को खाका तयार पार्ने । हिजो गल्ती सबैबाट भए अछुतो कोइ छैन, बिगतका गल्तीलाई बिर्सदै सबै राजनैतीक सुन्यतामा झंरौ एक पटक । राजा ग्यानेन्द्र, प्रचन्ड, गिरिजा बाबु, खनाल वा नेपाल, नागरिक समाज का अगुवा, पत्रकार, कानुनबिद गोलबद्द भै हात समातेर देश र जनताको लागि एक भएर अगाडि बडने प्रण गरौं । महात्मा गान्धीका छिमेकी र बुद्धका देशका हामीले बिश्‍वलाई फेरी एक पटक शान्ती र एकता को नमुना दिन सक्यौ भने हामी सबै महान बन्ने छौ कि ?

राउण्ड टेबुल बार्ताले दिनु पर्ने सन्देश यस्तो होस --

१ - संघियता को बारेमा
प्रथम त नेपाल ले संघियता थेग्न सक्तैन भनेर बिदेशी कुटनितिज्ञले समेत भन्दै आएका छन । भौगोलिकता कै आधारमा गर्दा पनि बिदेशी आनुदानमा आस्रीत हाम्रो अर्थ ब्यबस्थाले बिकास निर्माण भन्दा प्रशासनिक् खर्च मै अधिक्तम भार बोक्नु पर्दा कालान्तरमै असफलता ब्यहोर्नु पर्ने हुन्छ । आन्तरिक श्रोत र साधन ले धान्न नसक्ने हाम्रो मुलुक को लागि संघियता घातक बन्न जान्छ । त्यस मा पनि मधेस, थारु, जातियताका मागले द्वन्द हिंसा बढाउने र मधेसकै कारण देशले अकल्पनिय क्षती ब्यहोर्नु पर्ने अवस्था आउनेमा सबै सशंकित भैराखेका छन । श्रीलंकाको जस्तो ब्यथा नेपाल को लागि त आत्महत्या सरह नै हुन्छ । त्यस बाट पाठ सिकेर देश लाई बर्बाद हुनबाट बचाउन राष्ट्रिय एकता अनिबार्य छ र संघियतामा गएर देश बलियो हुँदैन । शसक्त बिकेन्द्रिकरण नै उत्तम उपाय हुन्छ ।
२ - सामाजिक रुपान्तरण
दक्षीण एसियामा नेपाल मात्र नभै ६ दशक गणतन्त्रको अभ्यास गरिसकेको भारत लगायत पाकिस्तान, श्रीलंका र बङलादेशमा नेपाल को भन्दा खराब अवस्था छ । यस बाट के स्पष्ट हुन्छ भने गणतन्त्रले मात्र सामाजिक रुपान्तरण गर्न सक्तछ भन्ने तर्क मिथ्या हो । सामाजिक रुपान्तरणको लागि बिबिध नियम कानुन भन्दा समान रुपमा शिक्षा र रोजगारको अबसर पाउने बातावरणको लागि राज्यको दायित्व पुरा भ्एको हुनु पर्दछ । सम-मानबिय मुल्य र मान्यताको अबधारणा लाई व्यबहार मा लागु गर्न , समाजमा ब्याप्त सानो र ठुलोको मतभेदिय सोचलाई अन्त गर्न नयाँ नेपालको लागि तँ, तिमी, तपाईं र हजुरको बदालामा सबले सबलाई तिमी भन्ने नियम लागु गराउन सकिन्छ । सामाजिक रुपान्तरण रातौं रात कुनै राजनैतीक बादले गर्न सक्ने होइन त्यसको लागि शिक्षा संचारको पहुच त्यो क्षेत्र सम्म पुर्याउने काम राज्य को हो त्यसको लागि समय लाग्ने यथार्त लाई बिर्सनु हुन्न ।
३ - सेना सम्बन्ध मा
परम्परागत राष्ट्रिय सेना हुन कि वा बिद्रोही सेना हून त सबै नेपाली । राउण्ड टेबुल बार्ता मार्फत सहमतिमा पुग्न सक्यौ र भोली कुनै पक्षबाट पनि द्वन्दमा जाने अवस्थ को निराकरण भयो भने माओवादी जन सेनाका हथियार सरकारी भन्डार मा राखी तत्कालिन मागको अनुपात र इच्छुकलाई शेना, शसस्त्र प्रहरी, र जनपथ प्रहरी मा नियम पूर्वक समायोजन् गर्न सकिन्छ । नेत्रित्व ले समायोजन भने पनि स्वयम कती जना जनसेना निरन्तर सेवा गर्न चाहन्छन?, इच्छा नहुने लाई आफुखुसी जान दिनु पर्दछ । बाँकी रहेका लाई प्राइभेट सुरक्षा निकायमा भर्न गर्न सकिन्छ । निश्चय पनि कुनै राजनैतीक दल बिशेषको सदस्यको रुपमा सुरक्षा जस्तो सम्बेदनशील निकायमा समुहगत प्रबेश हुनु हुँदैन र माओवादीले पनि त्यो बुझेकै हुनु पर्दछ । आज माओवादीको मात्र सेना छैनन अरु कैयौ छन । राष्ट्रिय सेनालाई राजनीतिको बिबादमा पार्नु हुन्न । सबैले जिम्मेवार भएर सोच्नु पर्दछ।

४ -धार्मिक सम्बेदनशिता
नेपाल बिश्वको एक मात्र हिन्दू राष्ट्र हुनुमा प्रत्यक नेपाली ले गर्ब गर्ने कुरो हो । बिदेशी आइ एन जि ओ र एन जि ओ को दबाब मा परिवर्तन गर्नु उचित होइन । पाकिस्तान, बङलादेश जस्ता ईस्लामिक राष्ट्र घोषणा भएका देशमा पनि हिन्दू धर्म का मठ मन्दिरको अस्तित्व रहे झै नेपालमा पनि रहेको थियो र रहने छ भन्ने बिश्वास हिन्दू इतर धर्म का समुदायलाई बुझाउनु सक्नु पर्दछ । ता कि भोली कुनै दलले त्यसलाई आफ्नो नारा बनाउने मौका नपाउन र फेरी द्वन्द नहोस । तर देशका सम्पूर्ण मठ मन्दिर मा राज्यको संलग्नता हुनु हुँदैन वास्तवमा त्यही नै हो सहि धर्म निरपेक्षता ।

५ - बिस्थापित राजा को बारेमा
नेपालमा धार्मिक, सामाजिक ,र सास्कृतिक को एउटा पाटो भाई सकेको यो संस्थालाई जनता बराबर को कानुनी दायरा मा कायम हुने गरी पूनस्थापन गरेमा देशको सामाजिक सद्भाब खल्बलिने छैन । कुटनैतीक मर्यादा र औपचारिकअता का लागि आलान्कारीक राष्ट्र प्रमुख राजसस्था बनाउन कन्जुस्याइ नगरौं । आगामी दिनमा उठ्न सक्ने बिबाद र द्वन्दको यो अर्को बिषयलाई पनि सहमतिमा लिएर जानु भबिष्यकोलागि हि कर हुन्छ । पूर्व इमान्दार, कर्मठ प्रशासक, सेना प्रमुख, प्रहरी प्रमुख कुटनितिज्ञहरुको अनुभबलाई देशले सदुपयोग गर्नु पर्दछ । राजाबादी भनेर देश को एउटा पक्ष लाई उपेक्षा र निषेधको राजनीतिले देशमा सहमति को राजनीतिको उदेश्य अपुरो नै हून जान्छ । हिजो दुई नाल बन्दुकले जनयुद्ध शुरु गरेको भन्ने माओवादीले र अरुले पनि यो भुल्नु भएन कि राजाबादीहरु सित धेरै बन्दुक र रणनिती छ । यो पक्षलाई साथमा लैजानुमा नै नेपाल को शान्ती प्रकृया को सफल अबतरण हून सक्छ ।
६ --सम्पती को बारे मा
पुरुष र महिला यथार्त छोरा र छोरी लाई समान अंश बितरणको अबधारणाले यसै पनि बिखंडित बन्दै गएको हाम्रो सामुहिक परिवारमा थप दिदी भाई , दाजु बहिनीमा सम्पत्ति सम्बन्धी बिबादले पारिवारिक सद्भाब मा तुषारापात मात्र पार्दैन । यसै पनि अत्यधिक घर जग्गा मुद्धा खेपेका जनताले थप मुद्धा झेल्ने अवस्था को सृजना राज्यले नै गरिदिने ? यो बैज्ञानीक हुँदैन । त्यसैले बिकासीत मुलुकको नियमझै सम्पतिको बितरण अभिबाबककै स्वेच्छा मा छोडिदिने नियम बनाइ दिनु पर्दछ । यसले गर्दा सन्तानमा आत्मनिर्भर भन्ने भावना को बिकास हुन्छ अनी बाबु आमाले पनि राम्रो हेर चाह पाउने वा आफ्नै खुट्टामा निर्भर हुने सम्पत्ति को बचाउ पनि हुन्छ, छोरा छोरी प्रती निर्भर हुने सोचको पनि अंत हुन्छ । शिक्षाको हकमा दुबैलाई समान रुपले १० वा १० प्लस सम्म निशुल्क स्कुलको ब्यबस्था गर्ने काम सरकारको दायित्व हो । महिलालाई समान हक र हित चिताउने हो भने प्रतिस्पर्धी बन्ने बातावरण को बिकास आज को आवश्यकता हो । बाबु आमाको सम्पत्ति को स्वेच्छा बिरुद्ध कसैको मुद्दा नलाग्ने कानुन बनाउनु पर्दछ । यसले गर्दा अदालतको झँझट न्युन हून जान्छ । कसैलाई नतोकिएको सम्पत्ति स्वत: स्थानिय सरकारी स्वामित्वमा जाने र घर बार बिहिन लाई वा कम् आम्दानी हुने परिवारलाई सस्तो मा बेची राजस्व बडाउने वा सामाजिक सेवाका निकायलाई दिनु पर्दछ ।
7 --दलित जनजाती सम्बन्धमा
दलित जनजाती भनी यो बर्गलाई बर्गीकरण गरे पछी सम्म उनीहरुलाई मनोबैज्ञानीक रुपमा हिनता बोध गराइ राख्नु राज्यले मानबता बिरुद्धको काम गर्नु हो । तसर्थ संबिधान वा कानुन बनेको दिन देखी लागु हुने गरी सामाजिक, धार्मिक, राजनैतीक, प्रशासनिक सम्पूर्ण क्षेत्रमा अरु बर्ग झै योग्यताको आधारमा समान प्रतिस्प्रधी बन्न सक्ने बनाउनु पर्दछ । तब मात्र उनीहरुले मानसिक रुप मै आफुलाई समाज को समान सदस्य ठान्न सक्दछन । सम्रक्षण र आरक्षणले त उनीहरुको प्रतिस्प्रधी मानसिकतामा नकारात्मक असार पर्न जान्छ । आजको युगमा राज्यले नै समाजमा मानब बिचमा रेखा कोर्नु न्याय संगत हुँदैन । देशको पिछडिएको भागमा एउटा दलित र उपल्लो जातको मान्छेको जीवन स्तर, शिक्षामा के फरक छ ? समानताको अनुभुती भनेको सबैलाई प्रतिस्पर्धी लायक बनाउनु हो त्यो काम राज्यको हो ।

८ –छुवा-छुत
छुवा-छुत लाई मानबता बिरुद्धको अपराध घोषणा गरी कमसेकम ५ बर्षको जेल सजाय को कानुनी ब्यबस्था गर्नु पर्दछ । धार्मिक, मठ, मन्दिर, सामाजिक सेवा कार्य आदीमा तत्काल देखी नै प्रबेष, पहुँच एबं अनिबार्य समलग्नता गराउन स्थानिय निकायलाई सक्रिय पार्ने ।

९ - नागरिक आचार संहिता
समाज मा सहयोग, सदभाब र समझदारि एबं मानबिय मुल्य र मन्यतालाई आत्मसात गर्ने बातावरण स्रिजना गर्न नागरिक आचार संहिता (सिबिक सेन्स एक्ट )लागु गर्ने, समाजका धुर्त काइते बुद्धी का मनिषा को न्युनिकरन गर्न यो एक्ट जरुरी छ । जापानले यस्तो एक्ट ४० को दशकमा नै लागु गरेको थियो । जब म्म समाजको बहुमत ब्यक्ती को आचारण, व्यबहार सभ्य अनी उधाहरणिय बन्दैन तब सम्म देश बन्दैन ।

१० - आर्थिक मितब्ययिता को सम्बन्धमा
देश आर्थिक जर्जरताबाट गुज्रेको, आन्तरिक स्रोत र साधनको अभाब भएको हाम्रो देशले आर्थिक पराधिनता बाट कहिले मुक्ती पाउने ?सरकार देखी जनता सम्मले कसरी फजुल खर्च रोक्ने एउटा स्वेत पत्र जारी गर्नु पर्दछ । देशको जनसख्याको आधारमा अरु देशको उधाहरण हेर्ने हो भने नेपालमा अधिक्तम १५ सदस्य को भन्दा बढी को मन्त्री मण्डल नबनाउने भनी संबिधानमा नै उल्लेख गर्नु पर्दछ । प्रशासनिक् क्षेत्रमा ठुलो दर्जाको पद लाई न्युनिकरण गर्दै तल्लो पदकाको बृद्धी र सुबिधा बढाउने । समान प्रकृतीका संघ सस्था बिभागलाई एक अर्कामा समायोजन् गर्ने । सरकारी भोज, भत्तेर कम् गर्ने ,सरकारी कर्मचारीको सरुवा लाई भन्दा कार्य दक्षता बढाउन प्रोत्साहन गर्ने ।

११ -चाकरी र सिफारिस लाई अपराध घोषणा गरी दुबै पक्ष लाई सजाय को भागीदार बनाउने ।

१२ -नेपालमा पनि अब अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया आदी देशझै सिमित राजनैतीक दलको मात्र अस्तित्व रहने ब्यबस्था गर्ने । निषेध र तिक्तताको राजनीति धेरै भयो नेपालमा, न त दल बलियो बने, न त राजनीति, न त देश । देश र जनतालाई मात्र केन्द्र मानि राजनीति गर्दा निषेध र तिक्तता नै रहदैन ।
तसर्थ सबै प्रकारका सम्भाबित बिबादलाई संबिधान निर्माण भन्दा अगाडिनै स्वेत पत्र जारी गरी अन्त गर्दै बिबाद रहित संबिधान निरमानमा राष्ट्रिय सहमति र समझदारि अनी एकता देखाउनु आज को आवश्यकता हो ।